Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फेसबुक कमेन्ट ‘लाइक’ गर्नेलाई पनि बयान लिइयो

Posted on June 29, 2014June 29, 2014 by Salokya

5-Facebook-Crimes-that-Led-to-Severe-Fines-or-Jail-Time-2 सप्तरीको फेसबुक कमेन्ट प्रकरण अझै पनि सेलाएको छैन। एउटा सामान्य कमेन्टलाई इगोको रुपमा लिँदै प्रहरीले ठूलै अपराध अनुसन्धान गरे जसरी त्यो कमेन्टलाई क-कसले लाइक गर्छ र थप क-कसले कमेन्ट गर्छ चियोचर्चो गरिरहेको जस्तो देखिएको छ।

कमेन्ट लेखेकै कारण सप्तरीको पोर्ताहा गाविसका अब्दुल रहमानलाई २० दिनसम्म थुनामा राखेर पछि काठमाडौँ जिल्ला अदालतले धरौटीमा छाडेको थियो। यही विषयमा प्रहरीले दुई जना सञ्चारकर्मी समेतलाई मानसिक तनाव दिएको नेपाल पत्रकार महासंघ सप्तरी शाखाले जनाएको छ।

प्रेस चौतारी नेपाल सप्तरीकी कोषाध्यक्ष तथा क्रियाशिल पत्रकार महिलाका सचिव पुनम पोखरेलले रहमानले लेखेको कमेन्टलाई लाइक गरेका थिए। पोखरेलसँग जिल्ला प्रहरी कार्यालय सप्तरीले लाइक गरेकै आधारमा बयान लिएको शाखाद्वारा प्रकाशित वक्तव्यमा जनाइएको छ।

manohar
मनोहरको कमेन्ट

त्यसैगरी सप्तरी प्रहरीले पत्रकार महासंघका पार्षद् मनोहर पोखरेललाई मानसिक तनाव दिएको शाखाले जनाएको छ। पोखरलेले त्यो स्टायटसमा थप कमेन्ट गरेका थिए। यसका आधारमा उनलाई अपराधी सरह तत्काल जिल्ला प्रहरी कार्यालयमा हाजिर हुन दबाव सिर्जना गरी मानसिक तनाव दिएको शाखाले जनाएको छ।

शाखाले समाचारको विषयलाई लिएर पत्रकारको निगरानी गर्ने मानसिक तनाव उत्पन्न हुने गरी औपचारिक अनौपचारिक टिका टिप्पणी गर्ने, प्रशंसाका समाचार लेखाउने प्रयत्न गर्ने र असहमत रहनेहरुप्रति बदनियत राख्ने जस्ता कामहरु भइरहेको महसुस भएको जनाएको छ ।

त्यसको पछिल्लो घटनाको रुपमा फेसबुक प्रकरणलाई लिएको उल्लेख गर्दै महासंघले विज्ञप्ती मार्फत भनेको छ, ‘अदालतमा विचाराधिन रहेको उक्त फेसबुक बिषयप्रति हाम्रौ कुनै टिप्पणी छैन तर फेसबुकमा ‘लाइक’ गरेकै कारण पोखरेलद्वयलाई मानसक तनाव दिएको छ ।’’ महासंघका अध्यक्ष प्रकाश खतिवडाले जारी गरेको बिज्ञप्तीमा प्रहरी कार्यालयबाट भएको उक्त कार्यको भर्त्सना गर्दै खेद ब्यक्त गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘शान्ति सुरक्षाको बिषय हाम्रो पनि गम्भीर बिषय हो । शान्ति सुरक्षाको प्रश्नमा जुनसुकै सहयोग गर्न हामी तयार छौं । तर, शान्ति सुरक्षाकै सबाललाई लिएर अभिब्यक्ति स्तन्त्रता, स्वतन्त्र प्रेस र पत्रकारहरुले स्वतन्त्रतापूर्वक लेख्ने र बाँच्न पाउने अधिकार कहिँ कतैबाट कुण्ठित गरिने कुरा हामीलाई मान्य हुने छैन ।’’ पत्रकारसँग सम्बन्धित कुराहरु संस्थागत सहकार्यमा निरुपण गर्न र यस्ता घटनाहरुप्रति तत्काल क्षमायाचना विज्ञप्तिमा माग गरिएको छ।

यो फेसबुक कमेन्टमा लाइक गर्नेको संख्या ३८० पुगिसकेको छ। तपाईँ पनि लाइक गर्ने भए यहाँ क्लिक गर्नुस्
comment

विज्ञप्ति पढ्नुस्-

Post by Sanjeeb Bikram Shah.

केही कुरा
– रहमानले कमेन्ट आफैले गरेको हुँ भनेका थिए। आफैले कमेन्ट गरेको भनेपछि किन १८/१८ दिन थुनामा राखियो? १८ दिनसम्म के विषयमा अनुसन्धान गरियो ?
-सप्तरी अदालतले क्षेत्राधिकारै नभएको विद्युतीय कारोबार ऐनमा अनुसन्धानका लागि हिरासतमा राख्न किन र कुन कानुनको आधारमा प्रहरीलाई अनुमति दियो ? स्मरण रहोस्, यो ऐन अन्तर्गतको सम्पूर्ण कारोबारको क्षेत्राधिकार काठमाडौँ जिल्ला अदालतलाई मात्र छ, अरु अदालतले यो ऐनको विषयमा छानबिन गर्न हिरासतमा राख्न अनुमति दिन नसक्ने कानुन व्यवसायी बताउँछन्। थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोला।
– यस्तो सामान्य कुरामा पनि काठमाडौँ जिल्ला अदालतले धरौटी लिएर तारेखमा छाड्ने निर्णय गरेछ।

केही समाचार
दुई अर्ब अपचलन गर्नेलाई सर्वोच्चले छाडिदियो
अवैध हतियार र चर्को ब्याजको अभियोग लागेका अदालतबाट छुटे

यो पनि हेर्नुस्-
‘एकचोटीलाई छाडिदिनुस्, कमेन्टमै स्पष्टिकरण दिन्छु भन्दा पनि एसपी सा’ब मान्नुभएन, थुन्दे भन्नुभो’
फेसबुकमा कमेन्ट लेख्नेलाई १८ दिन थुन्नु राज्य तानाशाहीतर्फ लाग्ने संकेत
घुस खानेलाई भन्दा फेसबुकमा लेख्नेलाई बढी सजाय

18 thoughts on “फेसबुक कमेन्ट ‘लाइक’ गर्नेलाई पनि बयान लिइयो”

  1. Pingback: फेसबुक कमेन्ट मुद्दामा प्रहरीलाई अदालतको आदेश – जथाभावी मुद्दा नलगाउनू « Mysansar
  2. shristi shah says:
    June 30, 2014 at 1:51 pm

    थुक्क नेपाली पुलिस इंडिया को सबै ब्लाक लिस्ट को गुन्डा नेपाल हुलिस/छाती फुलाएर हिद्द्छन/सिमा मिचिएको,इन्डियन पुलिस को गाडी नेपालगंज मा खुले आम घुमेको,छोरि चेलीको बेइज्जत सबै टुलु टुलु हेर्छस/जाबो फेस बुक को कमेन्ट मा चै तेरो तेत्त्रो ध्यान????तपुलिस पनि फेस बुक मा राम्री राम्री संग च्याट गर्दा गर्दा दिक्क भएर अरुको कमेन्ट तिर अख लागको होलस नि हैन??भात मारा/जनताको कर ले विदेश मा पसिना बगौनेको रेमिट्यान्स ले पलियेर साढे भाको छस/सक्छस भने इराक र अफगानिस्तान मा अलपत्त्र परेका माथि द्यानाकर्सन गर बामे र नेपाली पुलिस

    Reply
  3. Markib says:
    June 30, 2014 at 5:07 am

    बामदेवको राजमा यो भन्दा बढी के नै अपेक्छ्या गर्न सकिन्छ र?

    Reply
  4. Shahil Gurung says:
    June 29, 2014 at 8:28 pm

    अपराध हुने बेलामा चाहिं पुलिस बाटोमा नै भुलिस बिचार सोझा-साझा निमुखालाई समात्न चै २ कदम अगाडी भनेको पिअस दिन नसक्नेलाई वहियत् आरोपमा चोर डाँकाको अगाडी चाहिं भिजेको मुसा जस्तो हुन्छ गरिब इमान्दारको अगाडी चाहिं बाघ हुन्छ खातेहरु जति पनि इज्ज़त नभएको पुलिसको कानुन भेडा बाख्राले जानुन

    Reply
  5. Rajesh rai says:
    June 29, 2014 at 7:01 pm

    अनुसासन र सुशासन हुनुपर्ने ठाउमा कुशासन भयपछि के गर्ने र / आखिर मर्ने त् साधारण जनता नै हो नि /

    Reply
  6. Pushpa says:
    June 29, 2014 at 6:32 pm

    बाल बालिका हरु माथि लाठी प्रहार गर्ने, बुडा बुडी लाइ लखेट्ने, जनता को टाउको फुटाउने काम बाहेक के नै गर्न जानेको छ र नेपाल प्रहरी ले? मलाइ अजै याद छ, मेरो साथी लाइ संकट काल को बेला अबेर सम्म पसल खोल्यो भनेर समातेर लागेको, अनि म बुज्न जादा मलाई ‘त जान्ने बनछस राडी को छोरा’ रे त्यो पनि गेट मा बस्ने पाले पुलिस ले….भित्र जान नै डर लग्यो मा फर्केर घर गए, के पुलिस भनेको मान्छे तर्साउन राख्या हो र राज्य ले? हो नेपाल मा हुदा मलाइ यस्तै लग्थिओ, तर विदेश आए पछि थाहा पाए पुलिस पनि अरु कार्यालय मा काम गर्ने कर्मचारी जस्तै पो रहेछन, यहाँ त कैले काही पुलिस हरु ले ट्रेन स्टेशन तिर नानी हरु बोकी ट्रेन मा चढाई मान्छे हरु को सहयोग गरेको देख्दा टाउको मा हात राखेर सोच्छु कैले हाम्रो पुलिस हरुले यस्तो राम्रो ब्यवार गर्लान सर्बसाधारण माथि भनेर !!!

    Reply
  7. kedar says:
    June 29, 2014 at 4:18 pm

    बामदेब दाहिने भाका बेला सबैलाई ठिक पार्छु भन्ने मानसिकताका रहेछन एस. पी. साहेब | हैन यो ठाउँ न कुठाउँ पावरको पोज पनी कति चैं देखाको हौ ?

    Reply
  8. Kale says:
    June 29, 2014 at 4:06 pm

    ,मैले नि कमेन्टमा लाईक गरेको छु,के मलाई पनि बयानमा बोलाउने हो नेपाल पुलिस? अरु केही काम छैन र यो काममा लागेको? कि अमात्य सरलाई पनि सेलिब्रेटी हुने भुत चढेको ? सेलिब्रेटि त भयौ तर भिलेन। काम गरेर देखाउ,दुख दिएर हैन। रमेस खरेल हुने रहर चढ्या भए,अरुले घोडा चढ्दैमा आफुले धुरी चढ्ने रहर गर्नु हुँदैन भन्ने उखान सम्झ।

    Reply
  9. kiran says:
    June 29, 2014 at 2:49 pm

    बामदेव को राज मा सामान्य तानाशाही चल्न पनि न पाउनु के कुरा गर्छौ /

    Reply
  10. Bindu says:
    June 29, 2014 at 2:05 pm

    छोरी कुटेर बुहारी तर्साउने उखान झैँ के हो यस्तो यो यति सामान्य कुरामा ( जुन
    नाभईरा’को हो र हाम्रो नेपालमा ? ) यस्तरी दुख दिईराख्ने सर्बसाधारणलाई ?!

    उ त्यो भुटान भन्ने राज्यमा त्यहाको सरकारले असाध्यै ख्याल राख्छ रे जनताको व्यक्तिगत
    बाकस्ब्तान्त्र्ता प्रति ———- !!! अब हाम्रा शासक पनि त्यसरी नै जनतालाई माया गर्न
    लागि परेका त हैनन् ? —

    Reply
  11. अनोज शाक्य says:
    June 29, 2014 at 1:40 pm

    आफुहरुको गल्ति देखिएको होइन / सर्वसाधारणहरुलाइ सानो सानो कुरामा निहु खोजेर दु:ख दिन यो सरकारले जनताहरुलाइ ढुंगा नै सम्झेको छ कि क्या हो ?

    Reply
  12. अनिल says:
    June 29, 2014 at 1:03 pm

    प्रजातन्त्र लोकतन्त्र गणतन्त्र देखि जोकतन्त्र सम्म पुगेम हामी वीर नेपाली

    Reply
    1. Kale says:
      June 29, 2014 at 4:08 pm

      अहिले त निमुखा ठोकतन्त्र पनि।

      Reply
  13. Santosh says:
    June 29, 2014 at 12:48 pm

    पी एम देशमा नभएको मौका पारेर मनपरी गरिराछन | उनलाई फर्किन दिउम अनि देखाउने छन् |

    Reply
  14. निर says:
    June 29, 2014 at 12:15 pm

    मैले पनि त्यो कमेन्ट लाइक गरेकोछु। के बयान लिन आउछन् ति पुलिस, ल हेरुंला।

    Reply
    1. Nischal says:
      June 29, 2014 at 9:24 pm

      निर जी, तपाई ठुला ठुला मन्त्रि क मान्छे भए सलाम गर्न आउलन ! तर हामी जस्तै सर्बसाधारण भए दुख दिन आउलान.

      Reply
  15. bishal says:
    June 29, 2014 at 11:23 am

    कस्तो पंचायेती सैलिको बाटो पो हिड्न थाल्योता सरकार,देश २०५२ साल मा फेरी फर्क्यो भनेर नमज्जा लागि राको थियो होइन रहेछ २०४६ भन्दा पनि पछाडी फर्केको रहेछ,हामी संसार कै गरिब जनताहरुले अझै के के भोग्नु पर्ने हो समझदा पनि कहाली लगेर आउच ,

    Reply
    1. bibek dhakal says:
      June 29, 2014 at 12:49 pm

      (सु)अनुशाशन को कुरामा ४६ साल अगाडी फर्के त धेरै राम्रो हुन्थ्यो नि … तर यस्तो कु(अनुशाशन) को मामला मा चाही राणा शाशन को शैली छ!

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme