Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘एकचोटीलाई छाडिदिनुस्, कमेन्टमै स्पष्टिकरण दिन्छु भन्दा पनि एसपी सा’ब मान्नुभएन, थुन्दे भन्नुभो’

Posted on June 22, 2014June 22, 2014 by Salokya

फेसबुकमा कमेन्ट लेखेकै आधारमा २० दिन थुनिएका रहमानको पीडा

rahaman मेरो नाम अब्दुल रहमान हो। मलाई मुन्ना नामले पनि चिन्छन्। मेरो घर सप्तरीको पोर्ताहा गाविस १ मा हो। पसल छ हाम्रो। खुद्रा व्यापार गर्छौँ। अहिले म पसलबाट तपाईँसँग बोलिरहेको छु। २० दिन पसल बन्द भयो, व्यापारमा असर पर्नु त छँदैछ, कहिल्यै यस्तो झमेलामा नफँसेका हामी जस्ता सोझालाई कम्ता मानसिक यातना भएन।

सप्तरीको सुरक्षा व्यवस्था सुध्रिरहेको भनी समाचार देखेपछि मैले हाम्रै गाउँको छिमेकी साथीले आफ्नै बाइक फिर्ता लिन ५० हजार रुपियाँ तिर्नुपरेको कुरा कमेन्टमा लेखेको थिएँ। कमेन्ट लेखेर केही गल्ती गरे जस्तो, पछुतो लागेकै छैन। खासमा पत्रकार साथीहरुलाई पनि यस्तो भइरहेको छ भनी थाहा होस् भनेर यो कमेन्ट लेखेको थिएँ।

राति कमेन्ट लेखेको थिएँ, भोलिपल्ट दिउँसो केही प्रहरीहरु आएर अब्दुल रहमान भनेको तपाईँ हो भनेर सोधे। हो भनेपछि एसपी सा’ब (सप्तरी प्रहरी प्रमुख दिनेश अमात्य) ले बोलाउनु भएको छ, जाउँ भनेर भने। केही कामले बोलाउनुभएको होला भन्ठानेर म उनीहरुसँगै लागेँ।

सप्तरी प्रहरी प्रमुख एसपी दिनेश अमात्य। फोटो साभारः द क्राइम रिपोर्टर
सप्तरी प्रहरी प्रमुख एसपी दिनेश अमात्य। फोटो साभारः द क्राइम रिपोर्टर
जिल्ला प्रहरी कार्यालय पुगेपछि मलाई एसपी सा’बले फेसबुकमा कमेन्ट लेख्ने तिमी नै हौ भनेर सोधे।

मैले हो भनेँ।

किन त्यस्तो लेखेको, को पुलिसलाई पैसा बुझाएको देखाऊ भन्नुभयो।

मैले कुनै प्रहरी प्रशासनलाई इंगित गरेकै छैन, यस्तो भइरहेको छ भनेर जानकारी मात्र गराउन खोजेको हुँ भनेँ। प्रहरी प्रशासनविरुद्धको कमेन्ट हुँदै होइन भनेर स्पष्ट पार्न खोजेँ।

तर एसपी सा’ब मान्दै मान्नुभएन। पुलिस देखा कि देखा भन्नुभो। ‘देखाउन नसके लगेर थुन्दे’ भन्नुभो।

मैले हामी व्यापारी मान्छे प्रहरी प्रशासनविरुद्ध जान सक्दैनौँ। मैले त्यही कमेन्टमुनि मैले प्रहरी प्रशासनलाई इङ्गित गरेको होइन भनेर स्पष्ट पारेर अर्को कमेन्ट लेखिदिन तयार छु, एक पटकलाई छाडिदिनुस् भन्दा पनि एसपी साब मान्दै मान्नुभएन। लगेर थुन्दे भन्नुभयो।

त्यसपछि मलाई हिरासतमा राखियो। हिरासतमा त्यस्तो नराम्रो व्यवहार, पिट्ने वर्ने काम त भएन तर यस्तो मुद्दामामिलाको झमेलामा नफँसेको हामी जस्तो साधारण मान्छेलाई निकै तनाव भयो।

२४ घण्टापछि मलाई सप्तरीको जिल्ला अदालतमा लगेर म्याद थपियो। मेरो बयान लिइयो। मैले त्यही कुरा भनेँ। मुद्दाको कागज हेरेँ, मलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको कसूर गरेको अभियोग लगाइएको थियो। म्याद थपेपछि मलाई अझै लामै समयसम्म हिरासतमै राखियो।

१८ औँ दिन मलाई काठमाडौँ पठाइयो। काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइए पनि त्यो दिन सुनुवाई भएन। भोलिपल्ट सुनुवाई हुँदा न्यायाधीशले ठीक छ एक पटकलाई चान्स दिन्छु भन्नुभयो। ५ हजार रुपियाँ धरौटी लिएर मलाई छाड्ने आदेश अदालतले दियो।

अहिलेलाई मलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको हो। मविरुद्ध राज्यले लगाएको मुद्दा जारी छ। अब १९ गते पेशी छ। हेर्नुस् न हाम्रो घर टाढा छ। आउन जान गाह्रो हुन्छ। व्यापार डामाडोल हुन्छ। तर के गर्नु, आउनै पर्ने हुन्छ। सामान्य र साँचो कुरा लेख्दा पनि मलाई राज्यले बित्थामा दुःख दिइरहेको छ।

(आज बिहान अब्दुल रहमानसित मोबाइलमा भएको कुराकानीमा आधारित)

चरम शक्ति दुरुपयोगको नमूना

राज्यको प्रतिनिधित्व गर्ने सप्तरी प्रहरी प्रमुख दिनेश अमात्यले गरेको चरम शक्ति दुरुपयोगको नमूनाका रुपमा यो घटनालाई लिन सकिन्छ। रहमानले प्रहरीलाई भनेको होइन भनेर स्पष्टिकरण लेखिदिन्छु, एक पटकलाई छाडिदिनुस् भन्दाभन्दै पनि प्रहरी अनावश्यक रुपमा कठोर भएर मुद्दाको प्रक्रियामा गएको देखिन्छ।

तर प्रहरी प्रक्रियामा भने चुकेको छ। प्रहरीले नियन्त्रणमा लिएको २४ घण्टाभित्र जे विषयमा मुद्दा चलाउने हो, त्यसको क्षेत्राधिकार भएको अदालतबाट न्यायिक हिरासतमा राख्ने अनुमति लिनुपर्छ। तर सप्तरी प्रहरीले सप्तरीको जिल्ला अदालतमा उपस्थित गराएर अनुमति लियो। आइसिटी मुद्दाका दख्खल राख्ने अधिवक्ता बाबुराम अर्यालका अनुसार विद्युतीय कारोबार ऐनसम्बन्धी मुद्दा हेर्ने क्षेत्राधिकार काठमाडौँ जिल्ला अदालतलाई मात्र छ। त्यसैले न्यायिक हिरासतमा राख्ने/नराख्ने अनुमति पनि सप्तरी, पाटन, भक्तपुर, कास्की आदि जिल्लाका अदालतले दिन मिल्दैन। काठमाडौँ जिल्ला अदालतले मात्र दिन मिल्छ।

सामान्य कमेन्ट गरेको आधारमा २०/२० दिन थुनामा राखेर हामीले कस्तो लोकतन्त्रको परिभाषा दिँदैछौँ ? के प्रहरी राज्य बनेको हो नेपाल ? फेसबुकले ठालुहरुको यस्तो टाउको दुखाउँछ भने चीन र उत्तरकोरियामा जस्तो बन्द गरिदिए भइगो नि, किन बेकारमा चलाउन दिनु !

के नागरिकको करबाट पालिएका नागरिकलाई सुरक्षा गर्न खटाइएका प्रहरीको काम फेसबुकमा आफूविरुद्ध कमेन्ट लेख्नेहरुलाई खोज्दै मुद्दा लगाउँदै थुन्नु हो ? के नागरिकको करबाट पालिने सरकारी वकिलहरुको काम कुनै प्रहरी अधिकारीले सनकको भरमा फेसबुकमा कमेन्ट लेखेकाविरुद्ध लगाइएको मुद्दाको बहस गर्ने हो ? फेसबुकमा लाखौँ त्यस्ता कमेन्ट होलान्, अब सरकारी वकिलहरुले ज्यानमारा र अरु गम्भीर अपराधका मुद्दामा बहस गर्न छाडेर राज्यले फेसबुकेहरुलाई लगाएको कमेन्टका आधारमा दोषी ठहर गर्नुपर्छ, पाँच वर्ष थुन्नुपर्छ भन्दै बहस गर्दै बस्ने हो ? विद्युतीय कारोबार ऐनले व्यवस्था गरे अनुसारको आइटी ट्रिब्युनल गठन हुने कहिले हो कहिले, के अब के काठमाडौँ जिल्ला अदालतको काम अब फेसबुकेहरुको मुद्दामा मात्र सुनुवाई गर्दै बस्ने हो ? राज्यले तुरुन्त यो मुद्दा फिर्ता लिनुपर्छ। तर किन कोही बोल्दैनन् सामान्य नागरिक पीडामा पर्दा ?

यो पनि हेर्नुस्-
फेसबुकमा कमेन्ट लेख्दा १८ दिन थुनामा राखिएका रहमानलाई धरौटीमा छाड्न अदालतको आदेश
फेसबुकमा कमेन्ट लेख्नेलाई १८ दिन थुन्नु राज्य तानाशाहीतर्फ लाग्ने संकेत
घुस खानेलाई भन्दा फेसबुकमा लेख्नेलाई बढी सजाय

46 thoughts on “‘एकचोटीलाई छाडिदिनुस्, कमेन्टमै स्पष्टिकरण दिन्छु भन्दा पनि एसपी सा’ब मान्नुभएन, थुन्दे भन्नुभो’”

  1. Pingback: समाचार बनाउनु पर्ने मान्छे आफै समाचार बन्दा… – MySansar
  2. Pingback: फेसबुक कमेन्ट मुद्दामा प्रहरीलाई अदालतको आदेश – जथाभावी मुद्दा नलगाउनू « Mysansar
  3. Pingback: फेसबुक कमेन्ट ‘लाइक’ गर्नेलाई पनि बयान लिइयो « Mysansar
  4. उज्ज्वल पौडेल, भरतपुर १०- चितवन, नहर पारीको तेस्रो घर says:
    June 24, 2014 at 9:20 pm

    कानुन यसरी चल्न पर्ने हो | अंग्रेजीमा भंचन नि “नट गिल्टी अन्लेस प्रुभन ” | हाम्रो रहमान ब्रो ले “मैले प्रहरी प्रशासनलाई भनेको होइन” भनेर प्रमाणित गर्नु पर्ने होइन कि प्रहरी ले ” तैंले प्रहरीलाई नै भनेको होस्” भनेर प्रमाणित गरेपछी बल्ल कारबाही अगाडी बढाउने हो | हत्यारालाई नै पनि सुनुवाई र फैसला नभएसम्म सामान्य निर्दोष व्यक्ति सरह ब्यबहार गरिनुपर्छ | नेपालका प्रहरीको ट्रेनिंगमा नासिकाई नहुने कुरा हो यो |

    Reply
  5. Pingback: रहमान प्रकरण : सक्छौ भने सबै नेपालीलाई जेल हाल « Mysansar
  6. इलामे काहिलो says:
    June 23, 2014 at 8:19 pm

    बाघ भालु कराए सुनिन्छ मान्छे कराए थुनिन्छ
    ————————————————-
    जसो जसो बराजु उसै उसै नाति के फरक हुन्छ अनि के को डर हुन्छ र एक दुइ ओटा मान्छेलाई बिना कसूर थुन्दा कसले के नाप्छ आखिर यो पनि त जंगल राज नै हो बाघ भालु कराए सुनिन्छ मान्छे कराए थुनिन्छ ! सर्दार को मति राम्रो भए पनि खेताला ठिक हुन्छन ! अनि ति खाता कलम र मुखमा माइक झुण्डाएर हिड्ने साथीहरु चै कता लागेछन हौ कि पसे डरले दुला तिर ……

    Reply
  7. Pradeep Meher Shrestha says:
    June 23, 2014 at 10:53 am

    बधाई छ सालोक्य जी, कि सप्तरी सुरक्छ्या व्यबस्था अहिले सम्म तपाईंको घर पसेको छैन ! नत्र विद्युतीय कारोवार ऐन अन्तर्गत अहिले सम्म सालोक्य जी लगाएत कयौं अरु कमेन्ट कारी साथि हरुलाई मुद्दा चलाउनु पर्ने पो भैसक्यो त !!! कहीं नभएको ……हाम्रो नेपाल मा, क्यार्नु???

    Reply
  8. सुदर्शन says:
    June 23, 2014 at 10:06 am

    सप्तरी प्रहरी प्रमुख दिनेश अमात्यको फेसबुक प्रोफाईल
    https://www.facebook.com/dinesh.amatya.5?fref=photo
    सभ्य भाषामा म्यासेज पठाएर गलत कामको बिरोध गर्ने पो हो कि साथीहरु !!!

    Reply
  9. saagar sharma says:
    June 23, 2014 at 7:59 am

    त्यो Sp ले कहाँ कहाँ Posting हुद्दा कति पैसा खाको छ त्यो कुरा पत्ता लगाहुने काम सप्तरी जिल्ला बाट सुरु गर्नु पर्छ

    Reply
  10. Bishnu Pantha says:
    June 23, 2014 at 6:44 am

    डाँकाहरु बर्दीको आडमा घुश्कोरी गर्छन आफै, अझ प्रशासनको बिरुद्दमा लाग्यो भनेर थुन्ने? यो पुलिश्हरुले जे गरे पनि मिल्छ भन्ने सोचेको छ??? होश गर दरिद्र हो ,सिधा सोझा मान्छे लै अनाबस्येक कारबाही गरेर आपराधि बन्न बाध्य नबानाओ/ जब मान्छेलाई अत्ति हुञ्छ अनि जे पनि गर्न तयार हुञ्छ,अनि त्येसको जिम्मेबारी पुलिश प्रशासनले लिन्छ??

    Reply
  11. punya hawaii says:
    June 23, 2014 at 4:58 am

    साथि हो! कालोलाई कालो भन्यो भने अचाक्लि रिस उठ्छ तर सेतोलाई कालो भन्यो भने कहिल्यै रिसाउदैन।त्यसैले त चोरलाई चौतारो साधुलाई सूलि भन्ने उखान चलेको।

    Reply
  12. samrat~ says:
    June 23, 2014 at 4:49 am

    sp अमात्य लाइ पो कारवाई गर्नु पर्ने जस्तो देखियो. आफु ले आफु लाइ सप्तरी को राजा भन्न ठानेको छ को क्या हो तेस्ले . कुर्सि को दुरू पयोग.

    Reply
  13. Rekha Ghale says:
    June 23, 2014 at 2:00 am

    जो चोर उसकै ठुलो स्वोर
    राज्यमा बस्ने सबै चोर
    अब फेरी नागरिक बाट
    रैती नै भैयो नेपाली

    Reply
  14. कुसुम ज्ञवाली says:
    June 23, 2014 at 1:37 am

    कुरा विचारको स्वतन्त्रताको हो, अभिब्यक्तिको स्वतन्त्रताको हो । लोकतन्त्रमा विश्वास गर्नेहरूले यसलाइ विरोध गर्नुपर्छ । यस्ता गलत काम गर्नेलाइ कुनै “देव”ले पनि बचाउन सक्ने छैनन् ।

    Reply
  15. dor prasad says:
    June 23, 2014 at 12:08 am

    कहिले कहिँ गलत सुचाना र अनुसन्धान को कमीले मनिष ले गलत बोल्न र लेख्न सक्छ … बोल्ने र लेख्ने लोकतान्त्रिक देश मा मा मूल भुत अधिकार हो … बोल्ने र लेखेने बन्दै मा गाली गलोज गर्ने अधिकार चाही होइन …. रहमान ले तेस्तो गरे जस्तो लागेन … उनले गल्ति स्वीकार गरेर अर्खो कमेन्ट लेख्ने कुरा गरेर थुन्नु भेनेको “दालमे कुच्छ काला हे ” भने जस्तो छ … प्रहरी ले साछी कतै एस्तो धन्दा गरेको तै छैन ????

    Reply
  16. Mohan says:
    June 22, 2014 at 11:42 pm

    फ़ेसबुकमा कमेन्ट लेख्दा १७ दिन अदालत नलगी थुनामा पर्ने रहमानको मानब आधिकार को लागी बिदहरूले पहल गर्लान ? #डलरबादी

    Reply
  17. Kamal bishwokarma says:
    June 22, 2014 at 9:45 pm

    राज्यले सक्छ भने रहमान मात्र हैन त्यो ५०,००० को बारेमा नि सिध्खोज हर्न पर्यो , नत्र fake id बनेर साइबर बात पनि त जनता ले लेख्न सक्छन नि!

    Reply
  18. Hreetu says:
    June 22, 2014 at 8:21 pm

    तपाईं हरुलाई पञ्चायत् काल मा फेरी पनि स्वागत छ धन्यवाद।

    Reply
  19. kedar says:
    June 22, 2014 at 8:06 pm

    दिनेश अमात्यहरु जस्ता पट…. हरु हुन् खरेलहरुलाई बद्नाम गर्ने | पुलिस भएपछि सुन्ने भन्दा धेर भुक्ने, जोगाउने भन्दा धेर ठोक्ने चरम मानसिकताको उपज हो, जो अझै पनी केही पुलिसमा बिद्ध्यमान छ |

    Reply
  20. Biplav says:
    June 22, 2014 at 8:02 pm

    कमेन्ट सिदै मैले गरेको हो भनेर भन्दा नि यी सुपर एसपी लै २० दिन लागो अनुसन्धान गर्न / फलानोले बयिक चोरेकै हो भन्दा त जीवनभरी अनुसन्धान गर्ने रान नि यिनले त अनि मुद्दा हाल्दा त यिनको नातिको पालामा मात्र पो दर्ता हुने र६अ त / कति क्यापेबल एस पी – ईईईईईईईईईईईईस …….पी . लु जाआआअ !!!!!!!!!!!

    Reply
  21. Prasanta Sharma says:
    June 22, 2014 at 7:54 pm

    बिष्णु नेपाली को कमेन्टमा लाईक ठोकियो…….अब हामी १६८ ( अहिले सम्मको) जनालाइ कारवाही पो हुने हो कि?

    Reply
  22. Manoj says:
    June 22, 2014 at 7:53 pm

    न्याय प्रेमी वकिलले रहमानको तर्फबाट सर्बोच्मा रीट हाल्दा राम्रो हुन्थ्यो.
    सप्तरी प्रहरीले गर्यो गर्यो, काठमाडौँ कोर्टको फैसला पनि बुझ्न गार्हो.
    नेपालको कानुन दैवले पनि नजान्ने भो.

    Reply
  23. Manu Chhetri says:
    June 22, 2014 at 7:31 pm

    मुख्य कुरो त जनताको सेवा गर्न बसेका जनताको कर बाट तलब भत्ता बुज्ने जनताका सेबक बाट जनता नै प्रताडित हुनु कतिको जाहेज हो लोकतन्त्रमा जनता मालिक र कर्मचारी प्रशासक राजनीतिज्ञ सबै जनताका सेबक हुन् भन्ने ज्ञान र चेतना सबैमा हुन जरुरि छ, खोइ आज कहा छन् यौटा निर्धो नागरिकको पक्ष्यमा बोलि दिने खोइ कता गयो नागरिक समाज र सप्तरीमा पत्रकार संघ, मानब आधिकार बादीहरु न्याय कानुन छैन?
    यसरि गैर कानुन ढंगले थुनामा राखेकोमा रहमान बन्धुलाई हर्जाना दिन पर्छ,

    Reply
  24. alam rai says:
    June 22, 2014 at 6:58 pm

    सप्तरी प्रहरी प्रमुख दिनेश अमात्य जीउ अझै ५०हजार लिने हो कि? रामो काम गरेर एस एस पीमा बढुवा हुने हो /नत्र सिदा सदा जनता लाई किन? जेल मा हाल्ने दम छ भने ,बाल कृष्ण ढुंगेल लाई समातेर धेखाउनु होश ?.म ग्रान्ड सलोट गर्छु ! नत्र म सप्तकोशी तिर लागे माछा मार्नु हेहेहेहे ;!

    Reply
  25. बासु says:
    June 22, 2014 at 6:53 pm

    बोल्नु र लेख्नु भनेको दुइ फरक कुरा हुन् | बोलेको रेकर्ड भएको छैन भने त्यो प्रमाण हुन्न | तर लेखन एउटा प्रमाण हो | त्यसकारण बोलेको जस्तै लेख्नपनि खोज्दा ध्यान पुर्याउनै पर्छ | सुनेको भरमा लेखेकोले रहमानले अमात्यलाई केहि प्रमाण दिन देखाउन सकेनन | यो उनको गल्ति नै हो |
    त्यसो भनेर प्रहरीले गरेको व्यवहारको म समर्थकपनि होइन | तर कुरा चाहिं के हो भने रहमानले आवेगमा आएर लिखितमा भनेको भनाइले प्रहरीलाई प्रोभोक चाहिं गरेकै हो | त्यै कुरा बोलेकोमात्र भए प्रहरीको क्यै लाग्दैनथ्यो | फेसबुक हो भन्दैमा मनलागी बोल्नु हुन्न भनेर सबै चेतनशील भया |

    Reply
    1. suman p says:
      June 23, 2014 at 4:56 am

      हा हा हा बाशु जी घुष खाएको प्रमाण ? हा ह़ा हा , तपाई हा हा हा , कुन चाहीले प्रमाण दीई घुष लिन्छ ? हा हा हा पेट दुखाउनु भो बाशु जी ले .

      Reply
    2. निर्मल says:
      June 23, 2014 at 5:42 pm

      अनि के त् प्रोभोक गर्यो भन्दैमा २० दिन थुनिदिने?
      तो बाईक फर्काउँदा के भयो र को को जिम्मेवार थिए भनेर अनुसन्धान गर्नु छैन उल्टो थुनामा हालिदिने? साधारण जनता कसैले आफ्नो चोरी भएको समान फिर्ता लिन जाँदा पुलिसलाई पैसा नबुझाई कोही आएको छ?
      आफुलाई जानेको बुझेको भन्नेहरुले नै यस्तो असन्तुलित कमेन्ट दिन थाले पछि कि मस्तिष्कमा पूर्वाग्रहको जड बलियै रहेछ भन्नपरो कि गंगा उल्टो बग्न थालेको हो?

      Reply
  26. dawadorje yolmo kashey. says:
    June 22, 2014 at 6:39 pm

    चोर को खुट्टा झिक भन्दा खुट्टा लुकाउने यो एस पी भनौदो दिनेश आमात्य को ब्यबहार ले देखायो पुलिस को अफिसर भयो भन्दै मा साधारण सोझा जनता लाइ दुख दिनु कहाँ सम्म जायेज छ ? अनि यो नेपाल को कस्तो अदालत हो जुन एउटा साधारण कमेन्ट गर्दा पनि २०-२० दिन सम्म हिरासत मा राख्ने ? फेरी धरौटी मा रिहा गर्ने, बिधुतिये ऐन रे …होइन नेपाल पुलिस कहाँ सम्म को रहेछ भन्ने यहाँ बाट थाहा हुन्छा काम को बेला मा इन्टरनेट फेसबुक चलाएर बस्ने अफिसर माथि के कारवाही हुन्छा?नेपाल सरकार ले काम को बेला मा फेस बुक चलाऊ सोझा साझा जनता लाइ आफु बिरुद्ध लेख्ने लाइ १८-१८ दिन सम्म थुना मा राख भनेर जागिर दिएको हो?चरम शक्ति को दुरपयोग गर्ने लाइ के कारवाही हुन्छा नेपाल सरकार बाट?हेर्न बाकि छ मलाई त यो आमात्य भन्ने मान्छे बामदेव को साडु भाइ जस्तो लाग्यो गृहमन्त्रि बन्ने बित्तिकै एस पी खरेल पछि लाग्यो इमान्दार पुलिस अफिसर लाइ सरुवा सम्म गर्ने खेल खेल्यो,बामदेव ले यस्तो आमात्य जस्तो पुलिस अफिसर खोजेको रहेछ अहिले थाहा हुँदै छ ,देश को गृहमन्त्रि बामदेव जस्तो र पुलिस अफिसर चै आमात्य जस्तो भए देश मा गुण्डा राज बाहेक केहि हुने वाला छैन,के जनता ले खोजेको नया नेपाल को मन्त्रि पुलिस अफिसर हरु यस्तै हो?…

    Reply
    1. bijay says:
      June 22, 2014 at 9:40 pm

      कुनै प्रहरी प्रसासनका कर्मचारीबाट आफ्नो सक्तिको दुरुपयोग हुन्छ भने उसलाई पनि कारवाहीको भागीदार बनाउनु पर्छ / यो काण्डमा दिनेस आमात्यले आफ्नो सक्तिको दुरुपयोग गरेको कुरामा कुनै दुइमत हुन सक्दैन जस्तो लाग्छ/ त्यसैले उस्लाइपनि सार्बजनिक अपराधमा कारबाही हुनु पर्छ / अनि मात्र पुलिसले सधै “डण्डा घुमाएर” काम चल्दैन भनेर प्रहरी प्रसासनलाइ संदेश जानेछ/ नत्र नेपालको प्रजातन्त्र उत्तर कोरियाको प्रजातन्त्र भन्दा केहि फरक हुने छैन /
      अहिले त खाली नेता, पुलिस, गुन्डा र नेताको पैताला चाट्ने कार्यकर्तालाई मात्र प्रजातन्त्र आएको छ नेपालमा /

      Reply
  27. देवेन्द्र says:
    June 22, 2014 at 6:34 pm

    सानालाई ऐन ठुलालाई चयन भएको देशमा यस्तो घटना हुनु कुनै नया होइन हजुर| राम राज्यमा सत्यको जीत हुन्थ्यो अहिले त दामदेव राज्य छ चलि रहेको छ| यस्तो राज्यमा के राम्रो कुराको आशा राख्नु र? सक्षम र योग्य प्रशासकलाई त घर बिदामा बस्न बाध्य बनाइने मुलुकमा भ्रस्ट र नालायक हरुकै हाली मुहाली छ देशमा|

    Reply
  28. बल बहादुर says:
    June 22, 2014 at 6:25 pm

    त्यति लेख्दैमा २०/२० दिन थुनामा र शास्ती?
    पुलिस राज्य छ कि के हो? हाकिम बामदेवले के भन्ने हुन्?
    खोइ कता गयो नागरिक समाज र सप्तरीमा पत्रकार संघ र न्याय कानुन छैन?
    यसरि गैर कानुन ढंगले थुनामा राखेकोमा रहमान बन्धुलाई हर्जाना दिन पर्छ, एस पी साब को तलबबाट कट्टा हुने गरेर|
    सिङ्ग पल्हाएको पंचायत राजमा जस्तो थानामा बोलायो भनेछी आफ्नु मान्छे ठाउँमा छैन भने कसैको केहि चल्दैनथ्यो| त्यसैले पंचायत धराशायी भयो, राजतन्त्र धराशायी भयो|
    खोजबीन गर्नपर्यो कसले बाइक फर्काउँदा ५० हजार लिएका वा मागेका रैछन|
    चोरीको साइकल फर्काउन छैन पुलिसले सेतो रंग लाएर चढेको सबैलाई थाहा छ|
    धन्य माईसंसारले यो मुद्दा जीवन्त गराएछन, नत्र हराएर जाने थियो अनि एउटा नेपालीले न्याय पाउन बाट बन्चित हुनेथियो|
    रहमान बन्धुलाई न्याय हुनपर्छ|

    Reply
  29. utsav says:
    June 22, 2014 at 6:08 pm

    मा त my संसार रेगुलर पढ्ने मान्छे , अब दार लग्न थालेको छ कतै फटाहा र छट्टु नेता र राज्य का संयन्त्र मा बसेर अनुचित लाब लियका हरु my संसार का बिरुद्ध मा लाग्ने हुन् कि भनेर, बामदेव गौतम को बारेमा समाचार औडा एक पटक हल्ला पनि चलायो , my संसार बन्द गर्दियो भनेर, धन्न भाको रहय्नाचा,

    Reply
  30. Bibash says:
    June 22, 2014 at 5:52 pm

    Is he SP or DON.

    Reply
  31. neden dongala says:
    June 22, 2014 at 5:21 pm

    हाम्रो देशको बिडम्बना हो यो! सोझा साझा जनतालाई दु:ख सजाय दिईन्छ, फटाहा जाली गुन्डाहरुद्वारा खुलेआम दीन दहाडै डकैति, बलात्कार हत्या जे गरे पनि भोलि पल्ट जेलबाट निकाली हाल्छन अथवा जेल चलान हुन दिदैनन बिचारा हामी नेपाली र हाम्रो नेपाल! कहिले सुधारिने हो नेताहरु द्वारा?

    Reply
  32. बिबश says:
    June 22, 2014 at 5:17 pm

    सहि कुरा गर्नुभयो बिस्नु जि ले नत्र त्यसलाई त्यत्रो के को आपत्ती । बाइक फिर्ता गर्न पैसा तिरेकै हैन भन्ने बनाउन खोजेको हो कि के खोजेको हो । भुत्राको आइ टि मुद्दा हुन्छ यस्तो । सर्बसाधारणलाई दु:ख देर कानुन मानेको छु भन्न खोज्छ । अागो बालेर पानी छ्याप्ने हैन डि एस पी आगो बल्नै नदिने हो ।

    Reply
  33. Anand says:
    June 22, 2014 at 5:09 pm

    “जनता संग प्रहरी”, “मुस्कान सहितको प्रहरी सेवा’ जस्ता अभियान चलाउने अनि यथार्थमा जनताकै घाटी च्याप्ने | यस्ता घटनाहरुले जनता र प्रहरी को बिचमा कहिलेपनि बिश्वासको वातावरण बन्न सक्दैन| यो त सरासर पद र सक्तिको दुरुपयोग हो | आफ्नो विचार पनि राख्न नपाउने कस्तो खालको लोकतन्त्र हो यो ?

    Reply
  34. Bindu says:
    June 22, 2014 at 5:06 pm

    रहमान जी
    तपाईको गाउँको कुन व्यक्तिले ( व्यक्तिको नाम प्रस्ट लेख्नुस ) आफ्नै हराएको ( चोरी भएको ) बाईक फिर्ता लिन ” पचास हजार ” रु तिर्नु पर्यो ? कसलाई तिर्नु पर्यो ? कसको हातमा परेको थियो रु पचास हजार ? यदि यो कुरा सत्य हो भने त अति भो नि !!!
    यो प्रकरण अभियान नै बन्ने छ न्यायिक आवाजको लागि .
    तर यदि तपाईले हावामा गोलि हान्नु भएको हो भने त्यो गोलि तपाईलाई लाग्नु स्वभाबिक
    नै हो —-
    यदि कुरा सत्य हो भने कृपया नडराउनुहोस ! मिडिया जगत देखि लिएर सम्पूर्ण सचेत
    नागरिक तपाइकै पक्ष्यमा बोल्ने छन् . २० औ दिन थुनिनु भएको तपाईले न्याय पाउनै
    पर्छ ! तपाईको ब्यापार घाटा राज्यले ( प्रहरी प्रशासन मार्फत ) व्यहोर्नु पर्छ !!!

    Reply
    1. achut says:
      June 23, 2014 at 11:30 am

      धेरै गफ नदिनुस् बिन्दु जी जसलाई पिडा भाको छ उसले मात्र भोग्ने हो तेस माथि हाम्रो नेपाल मा, एक दिन उचाली दिन्छन मिडिया अनि हामी जस्ता कुर्सि मा बसेर कमेन्ट गर्ने हरु ले/म ठोकेर भन्न सक्छु रहमान जी ले त्यो बाईक को बारे बोले भने तिनलाई नै चोर साबित गर्दिन्छन/दिन-दहाड ठमेल को त्रिदेवी मार्ग मा एउटा भिक्षु लाई गोलि हान्दै लछार- पछार गर्दै उसको झोला खोस्ने क्रम ५ मिनेट भन्दा बढी छायो तर एक जना ले भिक्षु लाई बचाउने प्रयास गरेनन बरु भिक्षु आफ्नो पसल तिर आउदा पसल बन्द गर्न तम्सिए….यो घटना मैले हावा मा गोलि हानेको हैन मिडिया मा आएकै हो/७ जना भगौडा पुलिस हरु हात मा उखु का लाक्रा हल्लाउदै ट्याक्सी फूटाउदै पसल पसल मा हान्दै बागबजार देखि पुतलीसडक सम्म का ५०औ पसल बन्द, गाडी बन्द गरीदिए मानिस हरु पसल बन्द गर्न हतारिए गाडी ब्याक गरेर भगाए, भागाभाग भो, बजार सुनसान भो तर ति ७ जना लाई समाउने, आफ्नो क्षति भराउने आट कसैको भएन..यो चै मेरो आखा अगाडी भएको हो/हामी एस्तो समाज मा बाचेका छौ बिन्दु जी कि न्याय को लागि कि त सरकार को मान्छे को हुनु पर्यो कि त नेता को अथवा बामदेव अनि अमात्य हुनु पर्यो…लोकतन्त्र को नाम मा हामी ले ‘पंचायत ‘फ़र्काएछौ जस्तो लाग्न थाल्यो…..

      Reply
  35. Tilak Pokharel says:
    June 22, 2014 at 4:17 pm

    हो मैले नि पत्याए – सप्तरीमा त नेपालभरीका राम्राा प्रहरी मात्रै खटाइएका रहेछन ! अझ अमात्य सा’ब त झन आँखामा राखे नि नबिझाउने जस्तो लाग्यो है मलाई त । मलाई नि पुर्जी काट्नु होला है सा’ब, मैले त राम्राा कुरा मात्रै लेख्या छु नि ।

    Reply
  36. Nibedan Baidya says:
    June 22, 2014 at 3:52 pm

    गालि गलौज बाहेक फेसबुक को कमेन्ट को आधार मा मुद्दा चलाउन नपाउने बेबस्था गर्नु पर्यो…….!!! कम्तिमा आफ्नो आक्रोश पोख्ने ठाउँ त हामीलाई पनि चाहियो नि……कि त बन्द हड्ताल नै गर्नु पर्यो तेस्को सट्टा त सोसल मिडियामा पोखेको त ठिकै त हो नि, बरु राज्य ले त तेस्तो कमेन्ट लाइ फीडब्याक को रूपमा लिएर जनता लाइ प्रताडित नगरी सेवा सुधार तिर लागे पो नयाँ नेपाल को अनुभूति होला हामि सबैलाई………!!!

    Reply
  37. zhalakachan Khadka says:
    June 22, 2014 at 3:24 pm

    तेहा कमेन्ट मा रहमान ले पुलिस लै इंगित गरेर कमेन्ट गरेको भए ठिक छ. समातेर ल कुन पुलिस ले लियो देखा भन्न सुहौअछ तर तेस कमेन्ट इंगित नगरिएको खण्ड मा. यो मैले पुलिस लाई होइन भन्दा र फेरी कमेन्ट मा मैले त्यही कमेन्टमुनि मैले प्रहरी प्रशासनलाई इङ्गित गरेको होइन भनेर स्पष्ट पारेर अर्को कमेन्ट लेखिदिन तयार छु. भन्दा.
    रहमान लाई येत्रो दिन हिरासत मा राख्नु मेरो विचार मा अलि हद हो जस्तो लाग्छा.

    Reply
  38. bibek says:
    June 22, 2014 at 2:55 pm

    तेस्तै हो हजुर नेपालमा ठुला आपराध गर्नेलाई केहिगर्न सक्दैन….हामी जस्तो साधारणले सानो केहि गल्ति गरे पनि दिनु दुख दिन६ …….. जय नेपाल……

    Reply
  39. गगने says:
    June 22, 2014 at 2:44 pm

    यी बन्धुको कमेन्ट पढेसि ति प्रहरी अधिकृत अब आफ्नो पोल खोलिन्छ भनेर हतास्सिएको मानाशिकता पोखिएको जस्तो लाग्यो!
    अब थर्कायर यसलाई चुप गराउछु भनठान्याहोला!
    यस्ता पशुबुद्दि बध्ययुगिन बर्बर मानाशिकता बोकेको व्यक्तिहरुलाई तुरुन्त कारबाही गरि ठेगान लगाउ शुशिल जी, अब बामदेब लाइ त के भन्ने र उ त झन् आफै त्यो प्रहरी भन्दा पनि तल्लो मानाशिकता बोकेको मान्छे परो!
    यो देशको बिडम्बना यस्ता यस्ता मान्छेहरु सरकार र प्रसाशन मा हाबी छन् अनि जनताले दुख नपायर के!

    Reply
  40. Bishnu Nepali says:
    June 22, 2014 at 2:36 pm

    त्यो पचास हजार त्यहि एसपी ले लिएको हो जस्तो लाग्यो मलाई त है ! तपाई हरुलाई कस्तो लाग्छ !

    Reply
    1. jeevan verma says:
      June 22, 2014 at 10:30 pm

      तेस्मा पनि केहि शंका गर्न पर्छ र ? रमेश खरेल ले बदुवामा पैसाको खेले होला होशियार भन्दा अहिले जागिर वाटनै निकाल्ने प्रयत्न भै रहेछ | नेपालका नेता लै भ्रस्टचारी मैत्री पुलिस प्रसाशन र भ्रस्ट न्याधिस चाहिन्छ |

      बम देव कस्तो छहा भनेर अरु लै सोद्नै पर्दैन एमाले आफैले वर्ष को ओर नेपाल कै सभन्दा भ्रस्ट चारी भनेको घोसित गरेको थियो | नेपाली कांग्रेस मा स्वच्छ छबि भएको मानिने नरहरि ले गरेको न्यायाधिस नियुक्ति नै सबै कुरा भन्छ | नेपाल मा सब नैतिकता र डकैति नगर्ने नेता, पुपिस एंड न्यायाधी छैनन् | बाकी रह्यो राज्यको चौथो अंग भनिने पत्रका हरु जसका मुख्य पात्र हरु कुन क्रोनर मणि दिक्षित र शिशि धमला |

      Reply
    2. madan bajracharya says:
      June 23, 2014 at 11:00 am

      मलाइ पनि तेस्तै लाग्छ/ मित्रहरु के हामि सबैले यो मुद्दाको बारेमा सबै सांसदहरु मन्त्रीहरु र रास्त्रपतिको ध्यान आकर्षण गर्न सकिन्छ?

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme