Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मेस्सीको गोल बाहेक इरान Vs अर्जेन्टिनामा सम्झन लायकका २० गज्जबका क्षण

Posted on June 22, 2014June 22, 2014 by Salokya

arg5हिजो अर्जेन्टिनाका फ्यानहरु ९० मिनेटसम्म निराशै भइसकेका थिए। जति गर्दा पनि गोल हुनै सकेको थिएन। रातो जर्सीका सबै खेलाडीहरुको डिफेन्स यति कडा थियो कि सबै पर्खाल बनेर गोलपोस्टमा उभिएको, इरानको झण्डा भएको बसै ल्याएर मैदानमा गोलपोस्ट छेकिने गरी राखेको, गोल कुर्दाकुर्दा दर्शक कंकाल बनिसकेको जस्तासम्म व्यङ्ग्य देखिएको थियो सोसल मिडियामा।

अन्ततः इन्जुरी टाइममा आएर बल्ल मेस्सीले इरानी डिफेन्सको चक्रव्युहमा प्वाल भेट्टाए र गज्जबको गोल गरे। यही गोलले अर्जेन्टिना र अर्जेन्टिनी फ्यानहरुको उद्दार गरिदियो। अर्जेन्टिना दोस्रो चरणमा जाने पक्का भयो। तर यो समूहबाट अर्को कुन देश दोस्रो चरणमा जाने भन्ने अझै निर्क्यौल भइसकेको छैन, नाइजेरियाको संभावना धेरै भए पनि इरानको पनि संभावना हराइसकेको छैन। अर्जेन्टिनासँगको खेलमा नाइजेरिया हारेर बोस्नियालाई इरानले जित्यो भने दुवैको अङ्क ४/४ हुन्छ र गोल अन्तर निर्णायक हुन्छ। मेस्सीको गोल बाहेक इरान Vs अर्जेन्टिनाका २० गज्जबका क्षण हेरौँ।

१) निराशाको हद


खेल बल्ल २५ औँ मिनेटमा थियो, गोल गर्न नसकेर अर्जेन्टिनी खेलाडीहरु हैरान भए। निराशाको हद यतिसम्म भयो कि अर्जेन्टिनी खेलाडी Aguero ले कुनामा राखिएको झण्डा भएको लट्ठा नै उखेलेर फ्याले। धन्न सर्बियन रेफ्रीले कुनै कार्ड देखाएनन्। तर उनको यो व्यवहारको आलोचना यसरी भयो-

एक स्पोर्टस् प्रोड्युसरले एगुएरोलाई घाँटी न्याकेर कर्नर फ्ल्याग गाड्न लाउनु पर्ने प्रतिक्रिया दिए-

The ref should have grabbed Aguero by the scruff of the neck, marched him to the corner flag and made him put it back in…

— Adrian Moorhead (@adeymoorhead) June 21, 2014

यी एक जनाले भने रेफ्रीको आलोचना गरे-

Lifting and throwing corner flag is always a card offence for dissent, but Aguero goes unbooked….shame again on the ref #ARGIRN #WorldCup

— Somsubhra Das (@somsubhrad) June 21, 2014

२) रातो पर्खाल

irnvsarg
इरानले यति डिफेन्सिभ खेल्यो कि ५० वर्ष यताका कुनै विश्वकप खेलमा सबैभन्दा कम पास पूरा गर्ने टिम बन्यो। हिजोको खेलमा इरानले ११४ पास पूरा खेलेको थियो भने अर्जेन्टिनाले ५०४।
busiran

३) गोल कुर्दाकुर्दा

मेस्सीले ह्याट्रिक गर्छ, अर्जेन्टिनाले १० गोल ठोक्छ भन्नेहरु हिजोको खेलमा गोल कुर्दाकुर्दा यति हत्तु भए कि यस्तो व्यङ्ग्य समेत देख्न पाइयो
goal

४ देखि २०) फ्यानहरु

यसबाहेक हिजोको खेलमा फ्यानहरु पनि आकर्षणका केन्द्र बने। हेरौँ दुवै टिमका महिला फ्यानहरु-
iran1

arg2

iran2

arg5

iran3

arg1

iran4

arg4

iran5

arg3

iran6

arg6

arg7

arg8

arg9

arg10

arg11

लास्टमा मेस्सीको महान् गोल

मेस्सीको गोलबाहेक भनेर माथि शीर्षकमा लेखे पनि यो गोल कसरी छुटाउन सकिन्छ र। यही त हो गजबको गोल। हेर्नुस् यसरी भएको थियो त्यो गोल-

इएसपिएनका अनुसार ३३ यार्डबाट भएको यो विजयी गोल उनले यो वर्ष सबैभन्दा टाढाबाट गरेको गोल हो-

Lionel Messi's 33-yard game-winning goal was his longest of 2014. #ARGvsIRN #ARG pic.twitter.com/V6eixr8qLH

— ESPN Stats & Info (@ESPNStatsInfo) June 21, 2014

7 thoughts on “मेस्सीको गोल बाहेक इरान Vs अर्जेन्टिनामा सम्झन लायकका २० गज्जबका क्षण”

  1. Gautam gurung says:
    June 22, 2014 at 9:37 pm

    अर्जेन्टिना संग इरानको फुटबल तुलना गर्नत अझै मिल्दैन तर पनि इरानले अर्जेन्टिना बिरुद्दको खेलेको खेलको स्वागत गर्नु पर्छ | खोइ त इरानको पेनाल्टी? यस्तै खेल हो भने अर्जेन्टिनाको लामो यात्रा यो विश्व कप मा हुने छैन

    Reply
  2. Deepak GC, Baglung says:
    June 22, 2014 at 4:12 pm

    खालि इरानको डिफेन्सको कुरा मात्र गरिन्छ तर उनीहरुको काउन्टर अट्याकको कसै ले कुरा गरेको था छैन | भलै ११४ पास मात्र कहले होलान तर उनीहरुले गरेको ५ ओटा काउन्टर अट्याक यो ओर्ल्डकपको उत्कृष्टमध्ये थिए | आफु ले समर्थन गरेको टिमले नराम्रो खेल्दा नराम्रो भन्नुपर्छ | म इटालीको सपोर्ट गर्छु तर कोस्टारिका संग हर्दा मैले एस्तो ट्विट गरेको थिय:
    It was lack of energy, lack of skill, lack of concentration, lack of enthusiasm …it means #Italy was lack of everything. #WorldCup2014

    Reply
  3. Shankar says:
    June 22, 2014 at 3:06 pm

    येस्ता फ्यान हुने हो भने त् नेपाल ले पनि विश्व कप जित्ला कि ? फ्यानै गतिलो न भएर फुटबल मा अगि बढ्न न सकेको जस्तो छ |

    Reply
    1. bibek dhakal says:
      June 22, 2014 at 3:32 pm

      खै अब तपाइंले आफुलाई अगतिलो भन्नु हुन्छ भने त मेरो भन्नु केहि छैन; आफु त गतिलाई फ्यान परियो है 😉

      Reply
  4. chatur rai says:
    June 22, 2014 at 1:57 pm

    फुटबलको दुनियाँमा युरोपियन र अमेरिकी राष्ट्रहरुसंग एशियालिहरुले अहिलेको स्थितिमा टक्कर लिन धेरै गाह्रो छ | तथापी इरानले अर्जेन्टिना बिरुद्द ०-१ परिणाम निकाल्यो यसलाई म सम्मान जनक हारको रुपमा लिन्छु, एडरिनले अर्जेन्टिनी खेलाडी एगुएरो बारेमा जुन कुरा उठायो यो एकदम सहि छ , खेलाडीको काम मैदानमा खेल्ने हो भाडभैलो गर्ने होईन |

    Reply
  5. sagun says:
    June 22, 2014 at 11:55 am

    90 मीनेट सम्म खेलेर सायद मेस्सी जस्तो धुरंदर लै थाहा भैसकेको थीयो की यो रातो वाल किल्ला ठोकेर बिस्तारै प्वाल पर्ने छैन त्यसैले २३ यार्ड टाढा देखी आफ्नो सारा सक्ति नीकालेरा पोस्ट मा हाने र त्यो उत्क्रिस्त गॉल पनि भयो

    इरानले सायदै सोचेको थियो की येति टाढा देखि पनि गॉल हुन्छ भनेर गॉल हुँदा पनि हेर्नुहोस इरानका १० खेलाडी डि-box एरियामा थियो

    Reply
  6. Sandesh says:
    June 22, 2014 at 11:48 am

    Vamos Argentina .. Vamons Messi 😉

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme