Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एआइजी बढुवा अदालतले रोक्यो, ब्रिफकेस अन्यौलमा

Posted on June 10, 2014June 10, 2014 by Salokya

nepalpolice एआइजी बढुवाको चलखेलमा सबको ध्यान पुनरावलोकन समितितिर लागिरहेको बेला फ्याट्ट लाएर सोमबार अदालतले बढुवा सिफारिश कार्यान्वयन नगर्न आदेश दिएपछि सब वाल्ल परेका छन्। ब्रिफकेस लिने/दिनेहरु पनि अन्यौलमा परेका छन्।

पुनरावेदन अदालतमा यो मुद्दा परशुराम खत्रीले हालेका थिए। खत्रीले मुद्दा हालेको कसैले सुइँकोसमेत पाएका थिएनन्। अदालतले मुद्दाको अन्तिम किनारा नलागुन्जेल बढुवा गर्ने काम तत्काल नगर्न अन्तरिम आदेश दिएपछि बल्ल पो थाहा पाए। खत्री वरियता क्रममा १० औँ नम्बरमा थिए। यिनी ठमेलको रेस्टुरेन्टमा मापसे गरेर बबाल गर्दा बाउन्सरले बेस्कन चुटेर टाउकोमा १९ टाँका लगाउनु परेका डिआइजी हुन्। उनको यो करामातको खबर गोरखापत्रमा समेत छापिएको थियो।

डीआईजीको मुखमा बाउन्सरको मुक्का
काठमाडौँ, फागुन २९ गते । प्रहरी प्रधान कार्यालय सुरक्षा महाशाखाका प्रहरी नायब महानिरीक्षक (डीआईजी) परशुराम खत्री रेस्टुराँंमा अभद्र व्यवहार गरेका कारण रेस्टुराँंका बाउन्सरको पिटाइबाट घाइते हुनुभएको छ ।
शुक्रबार राति एकजना साथीसहित ठमेलको गामबेसी दोहोरी साँझ रेस्टुराँमा पुगेका डीआईजी खत्रीले मद्यपान गरेर अभद्र व्यवहार गरेपछि रेस्टुराँका सुरक्षागार्ड -बाउन्सर) ले पिट्दा उहाँको टाउकोमा १९ टाँंका लगाउनु पर्‍यो ।
बाउन्सरहरूको कुटपिटबाट डीआईजी खत्रीका साथी झापा स्थायी घर भएका शेखर खड्कासमेत घाइते हुनुभएको छ । कुटाइका कारण सख्त घाइते भएका दुवैजनाको टाउकोमा गम्भीर चोट लागेको न्युरो अस्पतालले जानकारी दिएको छ ।
थप गोरखापत्रमा पढ्नुस्

हाम्रो अदालतको काम कारबाही थाहा छँदैछ। यो मुद्दामा चार महिनाभित्र अन्तिम फैसला भएन भने बढुवा सूचीमा रहेका र नरहेका सबै १३ जना नै घर फर्कने छन्। अर्थात् उनीहरु अवकाशमा जानेछन्।

नेपाल प्रहरीमा जम्मा डिआइजी ३२ जना छन्। ती मध्ये एकै ब्याचका अर्थात् ०४३ साल फागुन ३ गते इन्सपेक्टरबाट सेवामा प्रवेश गरेका १४ जना हुन्। ती मध्ये एक जना उपेन्द्रकान्त अर्याल प्रहरी महानिरीक्षक भइसकेका छन् भने बाँकी १३ जनामध्ये अहिले सात जनाको बढुवाका लागि यो सब लफडा भइरहेको छ। बढुवा हुनेहरु तीन वर्षसम्म पदमा रहनेछन्। नहुने चार महिनामा अवकाश पाएर घर फर्कने छन्।

अब रमाइलो यहाँ हुनेछ। ब्रिफकेसहरु यहाँ पनि चलखेल हुन सक्नेछ। अदालतले मुद्दाको फैसला चार महिनाभित्र गरिदिएन भने १३ जनैले अवकाश पाउने छन्। अनि बढुवा हुने पालो आउनेछ अर्को ब्याचकाहरुको। उनीहरुले पो मुख मिठ्याउन थालिसक्या हुन् कि!

17 thoughts on “एआइजी बढुवा अदालतले रोक्यो, ब्रिफकेस अन्यौलमा”

  1. Rosham says:
    June 13, 2014 at 3:58 am

    बाउन्सर काम नै बाउन्स गर्ने हो
    मज्जाले बाउन्स गरेचन | well done bro haru..

    Reply
  2. Regmi says:
    June 10, 2014 at 11:36 pm

    नेपालमा पत्रिकामा प्रकाशित समाचारकै आधारमा निष्कर्स निकाल्ने अवस्था छैन/
    मापसे गरेर बबाल गर्दा बाउन्सरले चुटेका डिआइजी परशुराम खत्रीले चुपचाप पुनराबेदन अदालतमा हालेको मुद्दाले जे गर्नु गरेको छ अहिले/

    सरकारले गर्ने निर्णय, अदालतले गर्ने फैसला र सम्बधित कार्यालयले गर्ने कारबाही प्रमुख कुरा हो/ यी कार्यहरु समयमा नभय समस्या खडा हुन्छ, जो अहिले एआइजी बढुवाको सिलसिलामा देखियो/ २०४७ सालदेखि प्रजातन्त्रको नाउमा कांग्रेसी र एमाले सरकारले नेपाल प्रहरीमा जुन भांड-भैलो सुरुगरे नतिजा अहिले प्रस्ट देखियको छ/ ब्रिफकेशको ओसार पसार बढे पनि अर्को चार महिनामा अदालती फैशला नभय तेह्र जना डीआईजीले घरमा आराम गर्ने र अन्य डीआईजीहरु एआइजीमा र रमेश खरेलको पो डीआईजी होला जस्तो देखिन्छ/

    प्रधान मन्त्रीको फोक्शोमा दाग देखियो, जांच गर्न अमेरिका जादैछन भनेर चिकित्सकले बि.बि.सी, मा भने/ एआइजी बढुवाको निर्णय के होला कहिले होला/ खै के खै के !

    Reply
  3. Prabin says:
    June 10, 2014 at 4:00 pm

    लौ बर्बाद भो ब्रिफ केस फिर्ता गर्नु पर्दा त गाह्रो पो हुन्छा गाथें! न फिर्ता नदिने पो हुन् कि ? अस्ति बढुवा को सिफारिस त गरेकै हो नि अब अदालत ले रोक्यो त उनको के दोष ?

    Reply
  4. bhakta says:
    June 10, 2014 at 2:36 pm

    रमेश खरेलको सम्मानको लागि भए पनि न्यायालयले १३ जनालाई घर पठाइ दियोस र अशल प्रहरी अफिसरको नियुक्ति थालनी हुनेछ, ब्रिफकेश सिस्टम हट्ने छ…..

    Reply
  5. Dhital says:
    June 10, 2014 at 2:06 pm

    हेर त्यत्रो जोखिम मोलेर कमाएको सम्पत्ति सुटकेस हो कि ब्रिफकेसमा हालेर बिन्ति बिसाउने को बिजोक भो त /
    तर सुटकेस को वोजन नपुगेर फैसला अर्कै भाको हो कि ? अलि कति ( २ ४ करोड अरु) थप् थाप पार्दा सम्ममा त कुरो मिल्ला है / अझै कोसिस जारी राखौ, ठ्याक्कै लाग्यो भने त फेरि जाबो १२ १५ करोड त कमाइ हालिंछ नि हो /
    नत्र त स्वास्नीले नि घर बाट निकाल्न बेर लाउदिन, बिचारा श्रीमतीलाई नि कत्रो पीर बुढो ले दिन रात नभनी कमाएको पैसा सत्यनास हुँदा /

    Reply
  6. kiran says:
    June 10, 2014 at 1:35 pm

    पैसा भनेपछि पशुपति का महादेवको त तीन नेत्र खुल्छरे अदालत का न्यायाधिस र वकिल को के कुरा /

    Reply
    1. bijay says:
      June 10, 2014 at 10:22 pm

      जब सम्म राजनीति गर्ने मान्छेको हातमा देशको सरकारी कर्मचारी तन्त्रमथी खेलबाड गर्ने छुट हुन्छ तबसम्म देशको हालत येस्तै हुनेछ / देशको कुनै पनि सकारी हाँगा बिँगामा राजनीति हाबी भैरहनेछ र राजनीतिको आडमा कार्यालयका कारिन्दाले आफु मातहतका माथिल्लो तहका कर्मचारीको अवज्ञा गर्ने काम भै नै रहने छ/

      There should be a system of check and balance to control this kind of corrupt behaviour and shameless ministers should be held accountable for the dirty culture they leave behind.

      Reply
  7. sapana pariyar says:
    June 10, 2014 at 12:55 pm

    देश को हरेक संयन्त्रमा जानी जानी loopholes कायम गरेर आफु अनुकुल नियम मोड्ने प्रवृतिले देशमा भ्रस्टाचार मौलाएको हो, विकास नभएको हो, गरिबी बढेको हो, माओबादी जन्मिएको हो/ आज सम्म loopholes लाई टाल्ने व्यवस्था नहुनु सरकार मा गएका नेता हरुको नालायकीपन र २ करोड ६० लाख जनता प्रति धोका हो/ यस्तो loopholes टाल्ने व्यवस्था गर्नु आजको आवस्यकता हो र एस्तो व्यवस्था गर्न नसक्ने नेता हरु Fail भएका हुन्/

    Reply
  8. Tenzing Gaba says:
    June 10, 2014 at 11:10 am

    रास्ट्र कै अत्यन्त महत्वपूर्ण निकाय “प्रहरी संगठन ” मा बेथितिको रुप आज घृणित रूपमा पुगिसकेको छ / यो अबस्था आजै जन्मेको भने होइन, त्येस्का लागि नेता र प्रहरीहरु कै कु-योगदान छ / आजको यो बिकराल परिस्थितिको जग हाल्ने को को हुन् तलको घटना क्रम हेरौ

    * २०४७ सालमा ४ बर्षको लागि प्रहरी प्रमुख बनेको “रत्न शम्सेर ज.ब.रा.” लाइ २ बर्षमा नै पदबाट तत्कालिन गृहमन्त्रि “शेर बहादुर देउबा” ले बर्खास्त गरेर “मोतिलाल बोहरा” लाई प्रहरी प्रमुख बनाइयो, त्येसको कारण उनको सेवा अबधि ३० बर्ष पुगिसकेको भनेर भनियो जबकी उक्त समय सम्म ३० बर्ष नै पुगिसकेको लाइ पनि २ बर्ष सेवा अबधि थप गरेर पुरा ४ बर्षे कार्यकाल पुरा गर्न दिने प्रचलन थियो/ “शेर बहादुर” ले “मोतिलाल” लाइ ल्याउनु मा “क्षेत्रीय-राजनीति र आर्थिक” प्रभाब थियो भन्ने सबैले अनुमान गर्न सकिन्छ / (मोतिलाल सु.प्.क्षे. अछाम निवासी हुन्)

    * जुन नियम लगाएर रत्न सम्सेर लाइ बर्खास्त गरिएको थियो (३० बर्षे नियम) त्यो नियम मोतिलाललाइ भने लागेन, उनलाई ३० बर्ष पुरा भैसके पछि पनि २ बर्ष सेवा अबधि थप गरेर ३२ बर्ष नै प्रहरी सेवा मा राखियो /

    * मोतिलाल सेवा निवृत्त भएपछी “अच्युत कृष्ण खरेल” प्रहरी प्रमुख भए तर उनि प्रमुख भएको ३०-३५ दिन मा नै उनलाई तत्कालिन पदबाट हटाएर “ध्रुब बहादुर प्रधान” लाइ प्रहरी प्रमुख बनाइयो /

    * ६-७ महिना प्रहरी प्रमुख भएको प्रधानलाइ पदवाट हटाएर फेरी खरेललाइ नै प्रहरी प्रमुख बनाइयो /

    यस प्रकारले प्रहरी प्रशासनलाई अत्यन्त असम्बेदंशील तवरले चलाएर देशको प्रसासन संयन्त्र चकनाचुर बनाउने को को हुन् सबैलाई चेतना भया !!!

    Reply
  9. samip ghising says:
    June 10, 2014 at 10:29 am

    प्रहरिको बढुवा को निमित्त श्रीमन हरुको बिशेश समिती बनाए भयो, बृफकेश ले पनि दुख पाउदैन, स्टे अर्डर पनि जारी हुँदैन ।

    Reply
  10. Mohan Subba says:
    June 10, 2014 at 10:08 am

    अदालतले ४ महिना सम्म फैसला थाति राखेर ति १३ जनालाई नै बिदा गरे हुन्छा | अनि ब्रिफकेस फोर्दा पनि हुन्छ |

    Reply
  11. Gaurav says:
    June 10, 2014 at 9:24 am

    ब्रिफ्केसको कुरा सुनेर अदालतको पनि आँखा ठुलो भए जस्तो छ

    Reply
  12. Zan Rii says:
    June 10, 2014 at 7:50 am

    अब त्यो ब्रिफकेस को खुट्टा कत्तिको दह्रो छ भन्ने देखिने भो ! पुरै मन्त्रालय गाम घुमी सकेको त्यो ब्रिफकेस, श्रीमान को ठाममा पुग्ला कि नपुग्ला ? समय ले बताउने छ !

    Reply
  13. डिल्ली says:
    June 10, 2014 at 5:04 am

    बाउनसरको कुटाइ खाएर होला उनी हो-हल्ला तिर भन्दा चुपचाप अदालत तिर लागेछन् । राम्रै भो सकारात्मकरुपमा नै लिनु पर्छ । पुलिसले जानेको कटबाँस थियो बर्साउन तर उनले अदालत तिर गएर कटबाँसको लठ्ठी छोडेको सङ्केत गरेछन् । अब सुटकेस बोक्ने नबोक्ने सबै रोकिने पक्का हो । हाम्रो सम्माननीय अदालतले मुद्धाको फैसला २ वर्ष अगाडी गरेको इतिहास कमै छ तर सुट्केसको सवारी त्यता तिर भयो भने चाहीँ “व्याज पण्डित” महेशबहादुर सिँहको जस्तै मध्यरातमै फैसला हुन्छ आज भोली मै ।

    Reply
  14. Santosh Lamichhane says:
    June 10, 2014 at 3:44 am

    मुख त अदालतका न्याधिश, वकिलहरूले पनि मिठ्याए जस्तो छ त !

    Reply
  15. kedar says:
    June 10, 2014 at 3:39 am

    खिचडीकै देश भयो हुन् पनी | हामीले सोचे देखे भन्दा पनी कती टाडा टाडा पुगेको हौ मान्छेहरुको ब्रिफकेसमा आँखा ?

    Reply
  16. ashok says:
    June 10, 2014 at 1:25 am

    यस्ता बौन्शर पो बल्ल बौन्शर …स्याबास …

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme