Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सीमा मिचियो! सीमा मिचियो!! तर नेपालको मिचिएको हैन, भारतको सीमा नेपालले मिचेको रे

Posted on June 9, 2014June 9, 2014 by Salokya

dna सँधै भारतले नेपालको सीमा मिचेको भन्ने खबरमात्र सुनेर दिक्क भएकाहरुले आज भारतीय मिडियाको एउटा समाचार देखेर छक्कै परे होलान्।

समाचारमा भनिएको छ- नेपालले भारतको सीमा मिच्यो।

भारतको डिएनए न्युज एजेन्सीले लेखेको खबरमा नेपालले सीमा मिचेपछि एकताका डेढ सय विद्यार्थी हुने एउटा स्कूल अहिले खाली भएको उल्लेख छ।

अहो, सुशील कोइराला सरकारले यसलाई उपलब्धिको सूचीमा राख्न बेर छैन। नेपाल जस्तो देशले भारत जस्तो महाशक्तिको पो सीमा मिच्न थालेछ नि बाब्बै।

भारतीय मिडियाले नेपालले मिचेको भनेको ठाउँ सुस्ता रहेछ। त्यही ठाउँमा नेपालले पनि भारतले सीमा मिच्यो भन्ने बारम्बार खबर आइरहन्छ।

समाचार अनुसार नेपालले हजारौँ हेक्टर कब्जा गरेको छ। अझ अगाडि बढ्दै भारतीय गाउँसम्म आइपुग्न लाग्या छन् रे।

त्यहाँका सामाजिक कार्यकर्ता जलिल अन्सारीलाई उद्‍धृत गर्दै समाचारमा भनिएको छ- गण्डक नदीको पारीपट्टी नेपालले साढे दुई किलोमिटर जमिन कब्जा गरिसक्यो। हाम्रो सरकार किन चूप छ ?

त्यतिमात्र हैन, नेपालले भारतको जंगल भएको जमिन पनि मिच्न थालिसक्यो रे।

नेपालले भारतको सीमा मिचेको यो खबर यहांँ क्लिक गरी पढ्नुस्

15 thoughts on “सीमा मिचियो! सीमा मिचियो!! तर नेपालको मिचिएको हैन, भारतको सीमा नेपालले मिचेको रे”

  1. harka shrestha says:
    June 10, 2014 at 8:13 pm

    इन्डियन बिस्तारबाद मुर्दर्बाद यो कुरा सबै दल का नेता लै चेतना भया!!!

    Reply
  2. mani says:
    June 10, 2014 at 4:27 am

    घर भित्रै को ले देसै लुटी रा छन् अब के भारत ले भारत ले भनेर कराउने. चांड.. र मंड ले कति लुटे आइले आर भारत भनेर करौचन………कुन चै चामल को भात खाऊ अनि कुन पाचक ले पचाउ भनेर सोड़ने प्रभुलाई इनै त हुन्.,

    Reply
  3. Bindu says:
    June 9, 2014 at 6:41 pm

    हामी नेपालीले पो बुझ्छ नेपालले भारतीय जमिन मिच्न सक्तैन भनेर ,
    तर बिदेशीहरुले त बुझ्दैनन् नि ,
    यस्ता हेडलाईन राखेर अन्त्रास्त्रिया जगतमा नेपालको बदनाम गर्ने नियत हुनसक्छ —
    नेपाल सरकारले तु एक्सन लिन सक्नु पर्ने हो ——- खै !

    Reply
  4. रैथाने says:
    June 9, 2014 at 4:33 pm

    झुठै भयपनी खुशीको कुरा सुन्न पाइयो गाठे!
    ल बधाई छ हामीलाई! अनि त्यो समाचार लेख्ने इण्डियनलाइ धन्यबाद!

    Reply
  5. ramesh says:
    June 9, 2014 at 4:16 pm

    यो सरकार ले सिमा मिच्दै, मिच्दै सुगौली सन्धि मा गुमाएको भूभाग फिर्ता गर्ला जस्तो छ है!

    Reply
  6. Kusum Sharma says:
    June 9, 2014 at 3:11 pm

    समाचार त गजबकाे पाे रहेछ त !
    डिएनए न्यूज एजेन्सीकाे साइटमा गएर हेर्दा समाचार बनाउन केही मेहेनत गरेकाे देखिन्छ, प्रपोगाण्डा फैलाउने हिसावले ।

    तर मलाई सीमाना मिचिएकाे भनेर अाउने समाचार सुन्दा र पढ्दा सँधै अचम्म लाग्ने गर्दछ । किनकी हिजाेअाज १ मिलीमिटर सम्म तलमाथि नहुने गरी सर्भे गर्नसक्ने सर्भे मेसिनहरु बजारमा उपलब्ध छन् । तिनकाे प्रयाेग गरेर एकपटक सीमा अद्यावधिक गर्याे भने त त्यसपछिका दिनहरुमा यस्ता समाचारहरु सुन्न नै पर्दैनन् ।

    सरकारकाे ध्यान त्यता पट्टि किन नगएकाे हाेला ?

    Reply
  7. RB Baniya says:
    June 9, 2014 at 2:43 pm

    हसायो भैयाहरुले ………………………………………

    Reply
  8. Nepali Thito says:
    June 9, 2014 at 1:41 pm

    नाम नै जलिल रे तेस्का बाउ को ,, यो भन्दा जलिल हर्कत अर्को के गर्थ्यो र ?
    हाम्रा येताका घुस खोर पाखे र मधिसे नेता हरुको सहयोग हो यो !

    Reply
  9. Sisir says:
    June 9, 2014 at 12:32 pm

    हसायो भैयाहरुले ..संखा छैन यो प्रायोजित समाचार हो .. भारतीय मिडियाका समाचार भन्दा त चिया र पान पसल तिरका बकम्फुसे गफ नै बिस्वासनिय हुन्छन .. एउटा उदाहरण :
    २-४ वर्ष पहिले आफुलाई एक नम्बर भन्ने मिडियाले भारत अबको ८-१० वर्षमा संसार कै एक नम्बर सुपर पावर हुन्छ भन्दै खोकेको थियो with visual graphics. अमेरिका, चाइना, रसिया लगाएत संग तुलना गरेको थियो .. ये बाबा जुन देशले एउतै गतिलो हतियार र लडाकु जहाज बनौन सकेको छैन र तिनै देशको हतियार र जहाज किन्छा त्यो कसरि एक नम्बरको महा सक्ति हुन्छ ? आफु भन्दा क्षेत्रफल र जनसंख्यामा १५० गुना सानो इजरेल संग लड्ने क्षमता छैन होला गफ भने कति ठुला ..

    Reply
    1. xyz says:
      June 9, 2014 at 1:10 pm

      Mr Sisir, I am not a fan of India but your anti-India comments sounds like you are living in a land of cokoos. If you do not believe me just read magize The Economist First week of June and figure out yourself what is happening inside India. Nepali haru kuwako byaguta ho.

      Reply
      1. Tenzing Gaba says:
        June 9, 2014 at 2:01 pm

        The Economist ले जे सुकै लेखे पनि
        मुम्बई सहरमा मात्रै ५०,००,००० (पचास लाख) भन्दा बढी जनताको घरमा चर्पी छैन
        —————————————————————————————
        (मुम्बईको ५० लाख जनताले हग्दै – हग्दैनन होला, त्यो कुरा नेपाली कुवाको भ्यागुतोले कसरि थाहा पाउनु )

        Reply
      2. Sisir says:
        June 10, 2014 at 11:32 am

        Mr XYZ, ha ha ha
        My comment is not about anti india or pro-india. Whether you digest it or not what i mentioned is based on the fact that was broadcast in that tv channel . You are talking about what is written in the economist but have you gone thro what is not mentioned there ?
        Tenzing Gaba जी को कमेन्ट नै सटिक र काफी थियो तैपनि व्यक्तिगत आरोपको (तर्क होइन )जवाफ दिनु पर्ने ठानेर यो प्रतिक्रिया लेख्दै छु . प्रथम त सत्य लेख्दा कोहि कसैको बिरोधि भयो भन्ने सोच आफैमा सकारात्मक टिप्पणी होइन .. मैले आग्राको कुरा गर्दा तपाईले गाग्र तिरको गवाफ दिनु भो .. प्रसङ्ग मिडियाको थियो भारतीय अर्थतन्त्रको होइन .
        हो भारतमा धेरै कुराहरु हुदै छन् तेस्लाई नकार्नु पर्ने कुनै कारण छैन, यहाँ मैले भारतीय मिडियाको कुरा गर्न खोजेको थिए.. के त्यो मिडियाले भने जस्तो भारत ८-१० वर्षमा संसार कै एक नम्बर सुपर पावर हुन्छ त ? संसारका आधि गरिब भारतमा बस्छन, दिनको २० रुपिया भारुमा बाच्ने २० करोड छन् , दिनको ५० रुपियामा बाच्ने ४० करोड छन् ..रेल्वे platform मा अरुले भोमित गरेको खान पनि हारालुछ गरेको “मुम्बई”(भारतको आर्थिक राजधानी) को CST टर्मिनलमा आफ्नै आखाले देखेको छु . दिल्लीमा आधि जनतालाई खाने पानीको सुबिधा छैन.. कोलकातामा मान्छेले मान्छेलाई गोरु जसरि ठेलामा तान्छन.
        कुरै गर्ने हो भने अबको केहि वर्ष मै चिनिया अर्थतन्त्रले अमेरिकालाई उछिनेर एक नम्बरमा पुग्छ तर तेस्को ५० बर्समा पनि चीनको मानब बिकाश क्रम र जीवन स्तर अमेरिकाको जस्तो हुने छैन, भारत त कता हो कता.. सरकार र केहि व्यक्ति असाध्यै धनि हुन सक्छन तर समग्र जनता र देशनै बिकसित हुनु भनेको कुरा अलग हो ..
        अन्त्यमा, नेपालीहरु कुवाका भ्यागुता कसरि भए , तपाईले मात्र देश बिदेस सयर गर्नु भाको र बिदेसी पत्रपत्रिका अध्यन गर्नु हुन्छ भन्ने भ्रममा चाही नबस्नु होला .. अस्तु .

        Reply
    2. Gautam says:
      June 10, 2014 at 5:34 am

      My dear Friend,, For your kind information ,, India also is super power for atleast Nepal,, because I don’t think India has any other country with strong command control than Nepal has. Nepalese are anti Indian but Nepalese leaders act is pro India that means whatever india bashing done in blogs will only be on blogs and nohthing will happen because Nepal has a very poor emune system of politics. It is much better that Nepalese live in reality of Nepal rather talking about India ,,
      The major example is all the time,, Nepalese talk about India and Indian people about bad things and India hardly notice Nepal in any positive or nagative aspects that means Nepal is lacking something not India.

      Reply
  10. Zan Rii says:
    June 9, 2014 at 11:59 am

    जाबो भारतीय प्रभुलाइ दर्शन नगरी चिनियाहरु संग हात मिलाउन पनि डराउने नाथेले सिमा मिचे भनेर भन्छ भन्ने कल्पना पनि नगरौ होला…..कुन्मिन जानु पहिले मोदीको सपथमा निम्तो आएर सत्र परया न हो नत्र के चीन जान सक्थे??

    Reply
  11. purna prasad khatiwada says:
    June 9, 2014 at 11:48 am

    कहिले सुन्न पाइयला नेपाली जनता हरुले भारत को जमिन मिचेको समाचार नेपाली मिडिया बाट

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme