Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रामकृष्ण ढकाललाई ‘ओराली लागेको हरिणको चाल भो’

Posted on June 8, 2014 by Salokya

ऋण तिर्न सहकारीले निकाल्यो फोटोसहितको सूचना

ramkrishna
ओराली लागेको हरिणको चाल भो,
बाँचुन्जेलसम्म पनि मरेकै हाल भो,
छल गर्‍यो मायाले, छल गर्‍यो मायाले

रामकृष्ण ढकालको यो चर्चित गीत अहिले उनकै जीवनमा मिल्ला झैँ भएको छ। एउटा सहकारीले १५ दिनभित्र ऋण तिर्न नभए….भन्दै चेतावनी शैलिमा तीनपुस्ते सहित उनको फोटो पत्रिकामा छापेको छ। उनको मात्र हैन, जमानी बस्ने भन्दै उनकी पत्‍नीको पनि फोटो छापिएको छ।

photo (8)
देशका एक चर्चित गायक आर्थिक रुपमा अलिकति ओराली लागेको बेला हेर्नुस् त सहकारीले पेलेको !

सयौँ सहकारीले लाखौँ ग्राहकले जम्मा गरेको पैसा पच गरेर भागेका छन्। उनीहरुको चाहिँ कसैले पनि पत्रिकामा तीन पुस्ते छाप्दैन।

आखिर ओराली लागेको हरिणको चाल भो रामकृष्णलाई।

28 thoughts on “रामकृष्ण ढकाललाई ‘ओराली लागेको हरिणको चाल भो’”

  1. Deepak Shrestha says:
    June 17, 2014 at 2:34 pm

    घांटी को प्वाल हेरेर हड्डी निल्नुपरने थियो रामकृष्ण ले …..

    Reply
  2. suren gautam says:
    June 12, 2014 at 1:05 pm

    गायक राम कृष्ण ढकाल नेपाली सांगीतिक फाँट का तारा हुन्. त्यसैले एस्तो ऋण को समस्या ले उनको छबि मा केहि फरक पर्ने छैन र पर्न पनि हुदैन. बरु सहकारी ले एकचोटी उनि संग राम्रो तरिकाले कुरा गरेको भए हुनेथियो. He is a real start in the field of Nepali music.

    Reply
  3. pradip says:
    June 10, 2014 at 4:16 pm

    रामकृष्ण कंगाल भएका होइनन. कुरा एती हो कि भएको पैसाको अरु कुनै ठाउँमा घरजग्गा जोडेका होलान. बैंकको ऋण नतिर्नु भनेको कंगाल हुनु होइन. ब्रो अस्ति अस्ट्रेलिया औडा हाता BEER को बोत्तले समातेर घुम्दै थिए BAR मा.

    Reply
  4. Santosh Lamichhane says:
    June 10, 2014 at 3:38 am

    ऋण लागे नडराउनु दिन लागे डराउनु भन्छन्, रामकृष्णले चाडै ऋण तिर्न सकुन्, आर्थिक व्यवस्थापनमा कमजोरी जस्तो देखिएको छ उनको | तर जे सुकै होस् उनले घूस खाएको वा अपराध गरेको त होइन तेसैले उनीप्रतिको अथवा भनौ उनको कामप्रतिको सम्मान उत्तिकै हुनेछ |

    Reply
  5. नवीन रायमाझी says:
    June 9, 2014 at 4:41 pm

    ऋण लिएपछि तिर्नु त् पर्ने हो नि होइन र? राम कृष्ण ढकालले सुरिलो स्वर मा गित गौछां भन्दैमा उनलाई देसको प्रचलित कानुन नलाग्ने त् होइन होला नि!

    Reply
  6. Chandra says:
    June 9, 2014 at 3:32 pm

    तिर्नु पर्ने चै कति रछ कुल मिलार..??

    Reply
    1. xyz says:
      June 10, 2014 at 8:17 am

      It is rumoured the figure is over crore. As per the previous news, he got into financial difficulty after buying a big house in Bhainsepatti with loan money from cooperative.

      Reply
  7. gorkhe says:
    June 9, 2014 at 3:31 pm

    ब्रो को बुद्दि ले त हो नि !! खानदानी बन्ने चक्कर मा …. हामीले माया गर्ने त गायक राम कृष्ण लाइ पो .. रबाफ देखाउने लाइ त के भन्नु खै !

    Reply
  8. Pradeep Meher Shrestha says:
    June 9, 2014 at 11:45 am

    बुझ्न गाह्रो भो, सालोक्य जी को यो लेख राम कृष्ण ढकाल प्रति साहनुभूति हो कि राम कृष्ण ले ऋण तिर्न नसकेको अझ धेरैले थाहा पाउन भन्ने हो????
    जिन्दगीमा यस्तो उकाली ओराली त सबैको आउँछ नै, मात्र बिषय फरक हुन सक्छ, त्यसैले मित्र गायक राम कृष्ण ढकाल को लागि दुख लागेको छ र उक्त ऋण चांडै नै तिर्न सकोस र सबै समस्या समाधान होस् भन्ने कामना गर्दछु ! अनि राम कृष्ण ढकालको गायकी बाट कमायको उ प्रतिको हाम्रो माया सदभाब यो ऋण प्रकरणले कत्ति पनि घट्ने छैन भन्ने विश्वास राख्दछु |

    Reply
    1. Suman Gurung(UK) says:
      June 12, 2014 at 5:29 am

      म पनि केहि लेखम भनेर हेर्दै थिए , जुन कुरा लेख्छु भन्दै थिए ठ्याक्कै बिचार मिलेछ तपाई को मेरो. सहि लेख्नु भयो तपैले.

      Reply
  9. Prakash says:
    June 9, 2014 at 11:38 am

    भगवानले हेरेको हो | भगवानको आशिर्बादको अनि स्रोताको मायाको कदर नगरेपछि के हुन्छ भन्न सकिन्न |

    ” देनेवाला देताहै छप्पर फाड्के तो लेनेवाले लेताहै तो लेताहै सब सोर्सार्के “

    Reply
  10. Hikmat B K says:
    June 9, 2014 at 11:13 am

    साथीहरु हो यो सहकारीबाट ज जसले ऋण लिय पनि हुने हालत यहि हो. बरु सडकमा सुत्नु, सहकारीबाट ऋण लिने कल्पना सम्म नगर्नु. यिनले एक लाख लाई एक बर्समा दसलाख बनैदिञ्छन.नेपालमा यस्ता रामकृष्ण धेरै छन्.

    Reply
  11. Ram Sampang says:
    June 9, 2014 at 10:29 am

    मान्छेहरु पनि अचम्म अचम्मको कमेण्ट लेख्छन, ऋण खाएर नतिरे पछि, सूचनामा भनेकै छ त मौखिक रुपमा भन्दा पनि अटेर गरे पछि, पत्रिकामा नाम निकालेर ऋण तिर्न लगाउनु भनेको उसको ईज्यतमा दाग लगाउनु कदापी हैन, चाहे एउटा किसान होस चाहे मन्त्री वा गायक नै संस्थागत रुपमा ऋण लिएर नतिर्ने हो भने नियमानुसार गर्नै पर्छ । अनि ब्लगर सालोक्यजीलाई पनि किन रामकृष्णको यति धेरै माया लागेको बुझ्न सकिएन, अन्य सहकारीहरु भाग्यो भन्दैमा यो संस्थाले पनि रामकृष्णको ऋण मिनाहा गर्दिनु पर्ने हो कि ? नत्र कानुन अनुसार असुली प्रक्रियामा जाँदा कसैको ईज्यत जान्छ भने त खुरुक्कै ऋण तिर्नु प¥र्यो नि हैन र ?

    Reply
  12. rabin chitrakar says:
    June 9, 2014 at 10:21 am

    गायनमा मौलिकता स्वर नभय पछि को परिणाम यस्तै हुने हो कि ?

    Reply
  13. pushpa says:
    June 9, 2014 at 10:12 am

    मैले सुने को यी एनी ढकाल हुन् जसले एक ताका तिहारमा तास खेल्दा लाखौ हारे भनेर टिवीमा , फुर्ति लगाउदै थिय रे, ऋण लिय र पनि के तास खालेका हुन तनी सोल्टी ले 😉

    Reply
  14. सिताराम says:
    June 9, 2014 at 7:33 am

    कस्तो लाजमर्दो ।
    बैंक बाट ऋण लिएर मोज्मस्ती अनि बैंक चै चुर्लुम्म,
    तेत्रो गीत गायको पैसा चै खोइत? के त्योचै अर्कै बैंक मा बिदेस तिर छ कि कता????????????

    Reply
  15. dev... dubai says:
    June 9, 2014 at 1:30 am

    अम्रेरिका र लण्डन जहिले तहिले गैरहेको हुन्छ कार्यक्रम को लागि. राजा न प्रजा तेर्न पर्यो नि लिए को रकम त. सहकारी बैंक ले नि दुनिया को रकम डुबाए को छ तिनी हरु ले नि जसरि नि तेर्न पर्यो नि लिन सक्ने ले दिन पनि सक्नु पर्छ.

    Reply
  16. ramesh says:
    June 8, 2014 at 11:59 pm

    ऋण लिएको हो भने त जसले भने पनि तिर्नु पर्यो नि, साधारण व्यक्ति वा कुनै सेलेब्रिती लाइ एउतै कानुन हुने नै होइन र कानुनि राज्य भनेको? उनले ले ऋण लिएको हो भने नियमानुसार ब्याज सहित तिर्न पर्यो नि जसरि हामि ले पर्छ.

    Reply
  17. kedar says:
    June 8, 2014 at 10:58 pm

    स्वयम खुद आफैंले खाको ऋण तिन पुस्ते छापिन्जेल सम्म पनी नतिर्ने राम कृष्ण ढकाल लाइ दिन बिग्रेका बेला खेदो गरिएको भन्ने हो भने रमेश खरेलका पालामा भएका कारबाहीहरुलाई पनी गुण्डाहरुको अनाहाकमा दिन बिग्रेको भने भैहालो नि /

    Reply
  18. ashok says:
    June 8, 2014 at 9:01 pm

    कस्तो बिडम्बना: जीवित लोकप्रिय कलाकारको हालत यस्तो, मारीसकेको कलाकार (माइकल ज्याक्सन) को चाही आम्दानीमा डेलीमेलले आजैको पत्रिकामा नौलो रेकर्ड भनेर यस्तो खबर छापेको छ ! बच्नु मात्र पर्छ- नौटंकी त थरि-थरिको देख्न पाइन्छ:

    http://www.dailymail.co.uk/news/article-2651584/How-king-pop-1-5billion-dead-body-Five-years-Michael-Jacksons-posthumous-fortune-broken-records-Now-brilliant-report-asks-IS-making-mint-death.html

    Reply
  19. harka shrestha says:
    June 8, 2014 at 8:02 pm

    के गर्नी सोंजा सजा को दीन गया सर करोडौ होइन अरबौ खायर कति सहकारी भागे तर तीन क ३पुस्ते होइन खाने लै पनि कसले पो के गर्न सकेको छ र .तर अरु ले खायर भागेको छ भन्दै मा लियको ऋण न तिरनी कुरो हुन्न समय दिनु पनि पर्यो समय माग्नु पनि पर्यो अनि गाउन पर्दिन ओराली लागेको हरिणको चाल भो,
    बाँचुन्जेलसम्म पनि मरेकै हाल भो,
    छल गर्‍यो मायाले, छल गर्‍यो मायाले

    Reply
  20. krish says:
    June 8, 2014 at 7:40 pm

    लिएको ऋण सर्त बमोजिम नायक , सहायेक , गाएक सबैले तिर्नु पर्छ ,एस्तो कुरा आपसमा मिलाउनु पर्छ / एस्तो कुरा प्रचारमा आउँदा आफ्नै उचाई घटाउने काम गर्छ /

    Reply
  21. Srijan, USA says:
    June 8, 2014 at 7:33 pm

    सुटुक्क,
    खै यो त अलि पुरानो केस हो जस्तो लाग्छ . आफु युके गएको मौका पारेर बेला व्यक्तिगत मनोमालिन्य का कारण सहकारी ले त्यो सुचना निकालेको हो, अहिले सबै ऋण तिर्दिसके भनेर भन्थे है.

    Reply
  22. राम चन्द्र says:
    June 8, 2014 at 7:30 pm

    कमिंग सडक गोइंग सडक निक्कै थियो तडक भडक

    Reply
    1. Limbu HarataraH, UK says:
      June 8, 2014 at 11:25 pm

      राम-चन्द्र ज्यू, तपाईका कविता नै सबैभन्दा (कमेन्ट) छोटो-मिठो पो लाग्यो! समयसंगै बद्लिदा, हिड्दा भोगेको ढकाल दाइको सांगीतिक आरोह, आग्रह अब अवरोह लागेकोमा मलाई पनि अचम्म भने लागेको छैन है.. ! धेरै-रै-रै देखें, सुनेथेंI ‘अब’ प्रिय गायकले आफ्नै संगीत गाउने हो त्यो कसरि, के भएर, कहाँबाट भयो भनेर थाहै छ क्यारे//

      Reply
  23. suzee says:
    June 8, 2014 at 7:25 pm

    १. सयौँ सहकारीले लाखौँ ग्राहकले जम्मा गरेको पैसा पच गरेर भागेका छन्। उनीहरुको चाहिँ कसैले पनि पत्रिकामा तीन पुस्ते छाप्दैन।
    २. लाखौ गरिब निमुखा जनता लै ठगि गर्दै जरो गाडेर बसेका अनि गरिब जनता को पैसो कुम्ल्याएर गायब भएका दलाल हरु ##म्यान पावोर ##कम्पनि को चोर हरु को चाही सात पुस्ता को फोटो सहित ( सम्भव भएसम्म ) छाप्नु पर्ने हो …

    जहासम्म मेरो व्यक्तिगत नैतिकता ले बुझेको कुरा छ ,
    ३. येसरी रामकृष्ण ढकाल को सिधै बेईज्ज़त गर्न खोजिएको छ , एस्तो समाचार लै प्राथमिकता दिएर मेडिया मा ##अतिरन्जित## गर्नु हुन्न भन्ने मान्यता म राख्दछु ,
    ४. एक मिहिनेती अनि सहृदयी कलाकार लै ईज्ज़त गर्नु हुने सबै महानुभाव हरु ले एस्ता समाचार लै कृपया कुनै पनि SOCIAL MEDIA मा LINK SHARE नगर्ने अनि प्राथमिकता नदिने गर्नु पर्यो , स्मरणt रहोस , येदि यो समाचार लै मेडिया म अतिरन्जित गरियो भने , (ओराली लागेको प्राणी लै कुनी के पनि लाखेतछ भन्ने चरितार्थ नगरम ब्लगर साथी हो ,) फाइदा सिर्फ तेही सहकारी लै मात्र हुनेछ
    जय होसः

    Reply
    1. neerose says:
      June 9, 2014 at 3:20 am

      ढकाल संगै तल अर्को दुइ जनाको पनि छ तिनीहरुको चाहि के नि? तिनीहरु चाहि नेपालि होइनन? तिनीहरुको चाहि इज्जत छैन कि इज्जत जादैन? तिनीहरुले गित नगएको वा गाउन नसकेको ले मानवियताको श्रेणीमा तल परेको हो?
      सयौ सहकारीले लाखौको अरबौ झ्वाम पारेर दम्पच भयको छ भनेर यिनलाई उन्मुक्ति दिनुपर्ने हो?
      ऋण लिएको हो भने तिर्नु पर्छ नभय ऋण तिर्न सकिन मा टाट भयको बेहोरा लेखायर शरण लिनुपर्यो!
      तिरी सकेको रिनालाई बेइज्जति गर्ने हेतु एसो गरियको हो भने कानुनि उपाय अपनाउनुपर्यो!

      Reply
    2. bikash says:
      June 9, 2014 at 3:56 pm

      एउटा ऋणीले नतिर्नु भनेको अर्को बचत कर्ताको पैसा डुब्नु हो. तेसैले सहकारी को कारबाही ठिक हो.

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme