Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एनआरएन आए, भोज खाए, देशको ढुकुटीबाट साढे १३ लाख रुपियाँ रित्याए

Posted on June 5, 2014June 5, 2014 by Salokya

rakam
गैर आवासीय नेपालीहरु त्यो शुद्ध नेपाली शब्द रुचाउँदैनन्। आफूलाई एनआरएन भन्दा र भनाउँदा बढी शान भएको महसूस गर्छन्। दशैँताका एनआरएनहरुको सम्मेलन हुन्छ र यी धनी एनआरएनहरुले गरिब नेपालमा लगानीको खोलो बगाउने गफ सुनिन्छ। यथार्थमा कति लगानी हुन्छ भन्ने त छ-छ वटा विश्व सम्मेलन भइसक्यो, थाहा भइगो नि। यिनीहरु रकम हैन, गफ लगानी गर्छन्। लगानीको कुरै छाडौँ, उल्टो यी आफूलाई धनी भन्ने एनआरएनले गरिब देश नेपालको सरकारबाट २५ लाख रुपियाँ तारे होटलमा सम्मेलन गर्न सहयोगस्वरुप थाप्थे। त्यो २५ लाख रुपियाँको चर्को विरोध भएपछि एनआरएनवालाहरुले अब हामी त्यो लिन्नौँ भनेका थिए। तर सीधा नलिए पनि घुमाउरो तरिकाबाट भने लिन छाडेका रहेनछन्। अर्थ मन्त्रालयबाट प्राप्त एउटा कागजातले गत अक्टोबरमा राजधानी काठमाडौँमा भएको छैटौँ विश्व सम्मेलनका क्रममा एनआरएनहरुले १३ लाख रुपियाँ भन्दा बढी रकमको भोज खाएको र त्यसको बिल सरकारको ढुकुटीबाट भुक्तान भएको देखाएको छ।

NRN1
अर्थ मन्त्रालयले विविध शीर्षकबाट भएको निकासा तथा रकमान्तर विवरण उल्लेख गर्ने क्रममा २०७० सालको फागुन महिनामा भोज वापत्‌को खर्च रकम १३ लाख ६७ हजार ३ सय रुपियाँ भुक्तान भएको देखिएको हो।

नेपाल गरिब छ, यहाँ लगानी भित्र्याउनु पर्छ, हामी यहाँ लगानी गर्न आउँछौँ भन्ने एनआरएनले त्यही गरिब देशले बल्लतल्ल जुटाएर ढुकुटीमा राखेको रु साढे १३ लाखभन्दा बढी रकमको भोज हाम् गर्नु कतिको उचित हो ? सरकारले दिनै खोजे पनि भइगो हजुर, हामीलाई वातावरणमात्र मिलाइदिनुस्, हामी यहाँ लगानी गरेर प्रतिफल लैजान्छौँ, भोज हामी हाम्रै पैसामा खान्छौँ भन्नु पर्ने हैन र ? यो भोज रकम एक नेपालीको दैनिक ‌औसत आय १७१ रुपियाँ हिसाब गर्ने हो भने झण्डै आठ हजार जनाको आम्दानी हो।

विरोध भएपछि सम्मेलन गर्न २५ लाख रुपियाँ लिँदैनौँ भनेर सार्वजनिक घोषणा गर्ने, तर घुमाउरो पाराले भोज खान भने त्यसको आधाभन्दा बढी रकम लिने गज्जबको कलालाई तपाईँ के भन्नुहुन्छ ? जय एनारान !

44 thoughts on “एनआरएन आए, भोज खाए, देशको ढुकुटीबाट साढे १३ लाख रुपियाँ रित्याए”

  1. neden dongala says:
    June 8, 2014 at 5:06 pm

    कुन देशको NRN आएर नेपालको सरकारी सम्पतिको सत्यानास पारेर भोज खाएर पनि जान भ्याउनु भएछ? अमेरिकामा चाही भर्खर यहि जून ४ देखि ९ सम्मको बिधुतिय मतदान शुरु भएको छ तर यहाका पनि केहि उम्मेदवार त्यो ठाउमा पुग्न लायक छैनन् त्यसैले मैले शुरु देखि नै यसबारेमा मेरो status मा केहि लेखि रहेथे तर त्यो कुरा कोहि कोहि “पल्केका स्याल घरि घरि तिल्के” भने झैँ सह्य नभएर मा संग नै जोरी खोज्न थाले किन कि म चाहन्थे यो संस्थामा स्वछ छबि, इंग्लिश र नेपाली दुवै भाषामा अब्बल, अमेरिकामा घरजम भएको,यहाको कानुनलाई अन्धेखा नगर्ने, कुनैपनि नाजायज काम नगरेको, हाम्रो समस्याको समाधानलाई एक बचनमा समाधान गर्न सक्ने व्यक्तित्त्व भएको उम्मेदवारलाई मात्र जिताऊ भनेर तर केहि खातेहरुलाई यो कुरा चित्त बुझेन त्यसैले म लगायत मेरा सबै परिवारबाट यो चुनाब बहिष्कार गरियो! जुन उम्मेदवारको नियतमा खोट छ त्यस्तो उम्मेदवारलाई हामी जानी जानी कसरी जिताऊ यस्तो कार्य गर्न मलाई मेरो धर्मले दिएन किन कि म बुद्धधर्म मान्छु अर्को कुरा म सत्यतामा बिश्वाश गर्छु! हेरौ अब कसले जित्ने हो? भगवान बुद्धसंग प्राथना गर्छु सत्यवादी को मात्र जीत हाशिल होसःयहि छ मेरो शुभकामना उम्मेदवारहरुलाई !!!!!!

    Reply
  2. Laxmi Tamang says:
    June 8, 2014 at 3:16 am

    आहा हामी गैर आवासीय नेपालीहरु कति महान छौ आफ्नै देशको दुकुटी स्वाहा पार्ने विदेशमा बसेर नेपालमा शानमानका साथ पसे पनि |

    Reply
  3. नारायण says:
    June 7, 2014 at 2:08 pm

    एनआरएन बारे यतिका नकारात्मक फिडब्याक आईरहेको बेला तेह्र लाखको कुरो थपिन गयो| देश खाएका र जान्ने बुझ्ने जन्मभूमिको भलो चिताउने भनिने र लगानीकर्ता wannabee एनआरएनले भोज खुवाउन सरकारको ढुकुटीबाट तेह्र लाख नलिएको भए कुरो अर्कै हुने थियो|
    एनआरएनका प्रबक्ताले यसबारे चित्तबुझ्दो स्पष्टिकरण दिनुपर्नेछ|

    Reply
  4. Regmi says:
    June 7, 2014 at 7:21 am

    बिबशज्यु,

    तपाइँ पनि सात समुन्द्रपारिनै बस्नुहुञ्छ जस्तो छ/ मैले भन्न खोजेको “यो पल्ट घुमाउरो पाराले भोज खर्च नेपाल सरकारलाई तिरायपनि आइन्दा त्यस्तो गल्ति नगरुन भन्ने हो/

    धन्यबाद/

    Reply
  5. Kamal says:
    June 7, 2014 at 6:47 am

    याहा कुरा गराई मा निकै चतुर्याई गरेझै गरेको देखिन्छ जब कसैलाई निन्दा गर्ने कुरा आउछ हामि अलि बढीनै आतुर हुने गर्छौ, मेरो भन्नु के छ भने नेपालमा तेस्ता धेरै हाकिम हरुछन जो सधै खोजि खोजि हिडी रहन्छन “के निउ पाम कनिका बुकाम” यो १३ लाख को भोज पनि तेस्तै भएको छैन भनेर भन्न भने मिल्दैन है मित्र हरु, हाकिम हरुको झ्वाम पार्ने उक्ति पैसा त भोजको नाम मा निकास भयो तर कुन कुन हाकिम को खल्तीमा केहि दिन खाजा खाने कार्य भएको पनि त हुन् सक्छ नि हैन र? यसै दोष दिनु पनि त राम्रो कुरा होइन

    म सत प्रतिसत सहमत छु देश बनाउने भन्ने, अनि भोज गरेर १३ लाख रुपैया, झन्डै २०० जनाको महिना को तलब झ्वाम पार्नु कतै बाट पनि उपयुक्त देख्दिन , चाहे जतिसुकै सहयोग भित्र्याउने सन्दर्भमा किन नहोस.

    Reply
  6. Viccky says:
    June 7, 2014 at 1:59 am

    वाहियात! कसैले भोज खुवायो भने पनि खाने मानिस लाइ भन्ने कि खुवाउनेलाइ? अब कुनै बिदेशी मुलुक को प्रेसिडेन्ट वा प्राइम मिनिस्टर आएको बेलामा रात्रि भोज वा दिवाभोज को खर्च पनि उनैलाई तिर भन्ने होला हैन ? खालि सबै कुरामा नेगेटिव हुनु त भएन नि|

    Reply
  7. सुवास says:
    June 6, 2014 at 10:17 am

    अरु देशको बारेमा थाहा भएन,तर खाडी र मलेशियामा भने यो संस्थाको औचित्य छैन।

    Reply
  8. Regmi says:
    June 6, 2014 at 7:35 am

    सित्तैमा खान पाइदैन “No free lunch” भन्ने बुझेका “गैर आवासीय नेपालीहरुले गत अक्टोबरमा राजधानी काठमाडौँमा भएको छैटौँ विश्व सम्मेलनका क्रममा सीधा नलिइ घुमाउरो तरिकाबाट १३ लाख रुपियाँ भन्दा बढी रकमको भोज खाएको र त्यसको बिल सरकारको ढुकुटीबाट भुक्तान भएको” तथ्य प्रस्तुत गरेकोमा माइ संसार लाइ धन्यबाद/ आशा गरौ गैर आवासीय नेपाली संस्थाले आइन्दा यस्तो गल्ति गर्नेछैन/

    नीतिमा भनियको छ ” विद्वानलाइ परदेश र व्यापारीलाई टाढा भन्ने हुँदैन” मौका मिलेमा अध्यन, ब्यापार, काम वा भ्रमणको लागि विदेश जानु नराम्रो पनि होइन/ बिदेशमा गयका नेपालीले सिकेको ज्ञान र कमायको रकमको सदुपयोग देशमा गर्छु भन्नु राम्रो नै हो जस्तो लाग्छ/ त्यसैले गैर आवासीय नेपालीको एकोहोरो खेदो खन्नु “मौका नपायकाहरुले – अंगुर अमिलो छ” भने जस्तै पो हो कि? नेपालको अहिलेको परिस्थितिमा चाहेर पनि योजना संचालन गर्न कति कठिन छ भन्ने कुरो त हामीले राम्ररि बुझेकै छौ/

    Reply
    1. बिबश says:
      June 6, 2014 at 10:28 pm

      भनेपछि रेग्मी ज्यूले त्यो १३ लाख राम्रै कामको लागि भन्दिनु पर्‍यो भन्नखोज्नुभा हो । अलि घुमाउरो पारा पो भयो कि !

      Reply
  9. Dipen says:
    June 6, 2014 at 6:32 am

    एन आर एन भनेको बिदेशमा नोकरी गर्ने सामान्य नेपाली हुन। नोकरी गर्ने केही मानिस हरुबाट नेपाल सरकार, मन्त्रलय र योजना आयोगले गर्ने भन्दा पनि ठुलो आकन्क्ष्या राख्नु आँफैमा मुर्खता होइन र् ? नेपाल सरकारले नोकरी गर्न बिदेसिएका नेपालीलाई आयोजना गरेको भोज को १३ लाख को यती चिन्ता मित्रहरुलाई, देशमा दिनह १३ करोडको भ्रस्टचार को यस्तै चिन्ता गरे देशको मुहार अली फेरिने थियो अनी त एन आर एन हुन कोही पनि जाने थिएन होला ।बिरोध गर्नु त हाम्रो पहिचान नै भयो। देसिय मित्रहरुले देसमा गरेको कुक्रितीको पारीणाम नै एन आर एन हुनुको वाध्यता हो जस्तो लाग्छ मलाई। धन्य छ एन आर एन हरुलाई देशको अर्थतन्त्रको ठुलो हिस्सा ओगटेको रेमिट्यान्स का प्रभाह कर्ता। सबै एन आर एन फर्केर सुशासन सिकाउने बेला आउने छ । नेपाल उल्टो बाट नम्बर वान हुनु पर्ने केही करण खोजऔ मित्र हरु, यो खरो बिरोध गर्ने बानिलाई कम गरेर।

    Reply
    1. Ram Thapa says:
      June 6, 2014 at 10:05 am

      यो मुला दिपेन भन्ने ले पनि बुझेन छ . त्यो भोज खाने भनेको रेमिटान्स पठाउने होइनन ,इ चाइ सिधै नेपाल गएर ठगेर खानु पर्चा भनेर आउने ठग हरु हुन्. यो सम्मेलन गर्ने हरु को त छोरा छोरी बाउ आमा स्वास्नी सबै उतै हुन्छन अनि यहाँ कसलाई पैसा पठाउनु पर्छ र नेपाल मा रेमिटान्स आउने.बिचरा जसले रेमिटान्स पठाउछ उसको दिमाग ले त सोच्न पनि भ्यौदैना होला सम्मेलन गर्ने पैसा खाने भनेर

      Reply
  10. Bishnu says:
    June 6, 2014 at 3:02 am

    श्रमिक भिसामा गएका बाहेक अन्य NRN भनाउदाहरुले नेपालको माया गर्दछन भन्नु फटाहा गफ हो/ नेपालको माया भए राजस्वमा जम्माहुने भिषा शुल्क जति पटक र जति लागेपनि खुशीसाथ थिर्छौ भन्ने थिए नि तर यिनीहरुको त पहिलो काम नै नेपाल प्रबेस गर्दा लाग्ने भिषा शुल्क मिनाहा होस भन्ने माग नेपाल सरकार संग राख्नु थियो/
    हजारौ बिदेशी नागरिकहरुले नेपालमा अरबौ लगानी गरेका छन्, तिनले जे जस्ता सर्त अन्तर्गत लगानी गरेका छन् तथाकथित NRN हरुले किन तिनै सर्त अन्तर्गत लगानी गर्न गर्दैनन्? यिनीहरुलाई भिषा शुल्क मिनाहा चाहिन्छ, निर्माण सामग्रीमा भन्सार छुट चाहिन्छ, आयकर मिनाहा चाहिन्छ, आयको ठूलो हिस्सा डलरमा विदेश लाने सहुलियत चाहिन्छ!
    यिनीहरुले लगानी गरेको जलबिधुत योजनाबाट उत्पादित बिद्युत प्राधिकरणले जनतासंगलिने महशुल भन्दा दोब्बर मूल्यमा किन्न बाध्य छ/ ३५ लाख NRN र ५९ देशमा नेटवर्कको गफ हाक्दै NRN को नाम दुरुपयोग गर्दै केहि ब्यक्ति मिलेर वित्तीय कम्पनि (NRN लगानी कोष) खोल्दछ्न, न NRN संस्थालाई नाम प्रयोग गरेबापत रोयल्टी तिर्दछन, न त लाज नै मान्दछन/ ब्यापार मेलाको नाममा human trafficking गर्दछन, यिनीहरु नेपाललाई दिन हैन नेपालबाट कसरि कमाउने भन्ने ध्याउन्नमा सधै रहन्छन /

    Reply
  11. Narayan G.C. says:
    June 6, 2014 at 1:13 am

    NRN भनेको “नेपाली रजिस्ट्रर नभाको” भन्ने त प्रस्टै शब्दले नै भनि राछ ! कोहि घर भित्रै बाट चुसे कोहि घर बाहिर बाट चुसे देशलाई, यिनीहरुको जमात संसार भरिनै भाइरस झैँ फैलिरहेको छ ! यी देश चुस्ने जुकालाई निमिट्यान्न नपारे सम्म देशलाई यिनीहरुले खेल मैदान बनाई रहन्छ ! त्यसैले यी आर्का प्रजाति हुन् , जसले कन्याई कन्याई तपाइको मृगौला झिक्छन तपाइलाइ पत्तो हुन्न !

    Reply
  12. Ramesh babu says:
    June 5, 2014 at 11:33 pm

    यी सब नौटंकी मात्र हुन् केहि हैन ? बिदेस मा मानब तस्कर , २ नम्बरी , tax छल्ने धुर्त गफाड़े नाटबर्लाल हरु नेपाल सम्म के के न गर्ला झैँ गरि दसैँ मान्न आउछन हात्तीआयो हात्तीआयो फुस्सा भनेझैँ गरि जान्छन ! नेपाल आउदा अन्नपुर्ण कफीसप तिर यिनका रंग बिरंगको चुर्ती फुर्ति देख्न पाइन्छ , घरि यो ब्यापारी संग मीत्तिंग भन्छन घरि कुनदेसको राजदुत संगरे अनि जाबो नेपाली सभासद मन्त्रि हरुत सब यिनका साथीभाई जस्तो के! बिदेसमा स्थानिय संग्सस्था हरुको कार्येक्रम हुदा सिधा साधा जमात अघि स्टेजमा टक्क खादा वोडेर लाटादेसमा गाडा तन्नेरी हुने मात्रहुन अरु केहिहैन! मत पैले देखिनै भन्दै आइरहेको छु के गर्नु हाम्रो देसको नेता जनता सब यी आडम्बरी हरु लाइ भगवान झैँ नै ठानछन् ! २-४ जना सिबाये बाकी सब नटबरलाल मात्र छन्! यिनी हरु लाइत गफदिराको ठाउ मा कालो मोसो दले अलि गफ हान्न छाद्लानकी ?

    Reply
  13. शशङ् लामा, न्युयोर्क says:
    June 5, 2014 at 10:42 pm

    प्रवासी नेपालीले प्रवासमा संगठन चलाउँदा स्वदेशमा रहेका स्वदेशी नेपालीले त्यति साह्रो सत्तोसराप गरेको मलाइ अलि चित्त बुझेन| प्रवासी नेपालीलाई देशीय सुविधाहरु नदिंदा पनि हुन्छ, मरिहत्ते गरेको त छैन होला| बिदेशमा पैसा बनाएकाले स्वदेशमा लगानी गर्छु भन्यो भने त्यस्ता व्यक्तिलाई कानुनसम्मत इजाजत दिंदा के पो बिग्रन्छ र ? बकायदा कर तिर्न लगाउँदा भैहाल्छ| स्वदेशमा लगानी गर्ने स्वदेशीहरुले कर छली उधोग संचालन गरेर कमाएको पैसा बिदेशमा थुपारेको प्रशस्त उदाहरणहरु छन्| एन आर एन ले त त्यसो गरेको छैन| बिदेशमा कमाएको पैसा देशमा भित्रयाउछु भनेको छ| यत्रो बिषबमन किन ? केहि व्यक्तिले उरन्ठेउला काम गर्यो भन्दैमा सम्पुर्ण एन आर एन लाइ नै निकम्मा भन्नु कति तर्क संगत छ| प्रवासी नेपाली देश आउँदा खाली हात आउंदैन, धेरथोर पैसो बोकेर आउँछ र फर्किंदा खाली हात फर्किन्छ| उसले देशमा छोडेको रकमले प्रत्यक्ष अप्रत्यक्ष रुपमा देशलाई फाइदा पुगेको हुन्छ| त्यति साह्रो निष्ठुरी नबनुं न हाव, स्वदेशी हो !

    Reply
    1. गगने says:
      June 6, 2014 at 4:04 pm

      मित्र, तर यो ब्लगले उठायाको कुरा त्,
      “खान्न खान्न लोकाचार, भित्रभित्र खान्छ मानाचार” भन्ने कुरा होइन र?
      हरेक बर्ष दशैमा घर परिवार साथीभाई भेट्ने अनि कर्मड्यता पुरा गर्ने तरिकाले दशैँ मिलाई नेपाल हान्निने अनि तेही मौकामा नेता र सरकार लाइ पनि फुर्तिदिना पाइने सभासम्मेलन गरि वाहावाही बतुल्नापानी पाइने अनि एसो भाजायर सरकानी खानपान मोजमस्ती पनि हुने तेस्को लागि केहि नेता र सरकार लाइ अठ्यायर देशमा लगानी गर्ने सरकार र पार्टी अनि नेतालाई सहयोग गर्ने अनि नेता उताआउदा घुमाइदिने ल्यापटप उपहार दिने आदि जस्ता लोभ देखाइदिने तेसपछी यी हाम्रा पाउदुरे लाक्षी नेताले सरकारी ढिकुटिको रकम यिनीहरुको एइसो आराम मोजमजाको लागि खोलिदिने छ! मोज र भोज खायो अनि एक बर्षलाई टाटा बाइ बाइ गर्यो र बिदेशियो अनि अर्को बर्षको लागि तेस्तै तेस्तै निहु बनाउन तिर लाग्यो!
      यहा सरकार र नेतालाई भाजायर लोभ लालच र पक्षपाति गर्दै गरिब जनताको पसिना संचित ढिकुतिमा मत्ताइयको रमिताको कुराहो त्यो पनि अब नलिने भन्ने तर भित्र भित्र चाहि भित्रभित्र चाहि हुक्का तानिरहने चोथाले पाराको कुरा को बात मार्या हो माइ संसारको यो ब्लगमा!
      लगानी गर्छु भन्ने तर नगर्ने अनेक बाहाना र हत्तो हाल्ने र तेही कुरो गर्दै दशैमा घर जाँदा मोज गर्ने यो जुन तरिका छ त्यो साथै हैन हामि यो सरकार र देशको केहि पनि लिन्नौ बरु दिन्छु भन्ने तर भित्र भित्र पाइप तान्न नछोड्ने!
      यसैले कसैले भन्यो यो,
      एन आर एन भनेको
      नन रिलेभ्याण्ट नेपालि हो रे!
      मलाइनि लाग्छ,
      केहि बिदेशिएर अलिक कमाइ गरेका हरुको देशमा फुर्ति देखाउने माध्याम को संगठन मात्र होकी भनेर!

      Reply
  14. Yubaraj Gurung says:
    June 5, 2014 at 10:18 pm

    नमस्कार सबैलाई । समाचारको शिर्षकले ध्यान खिचे पनि नेपाल सरकारले त्यो रकम गैर आबासिय नेपाली समुदाय सँग सम्मेलन आयोजनाको लागि साझेदारी गरी राज्यले आफ्नो दायित्व निर्बाह मात्र गरेको हो । एन आर एन ले ब्यक्तीगत, संस्थागत र समूहगत रूपमा अल्पकालिन र दिर्घकालिन धेरै परियोजना खास गरी परोपकारी, शिक्षा स्वास्थ्य क्षेत्रमा सहयोग र लगानी गरी रहेको छ । ६९ देशमा सन्जाल बनी सकेको गैर आबासिय नेपाली समुदायलाई राज्यले २ बर्षमा एक पटक गरेको सम्मानलाई सकारात्मक नजरले हेरी दिन सबैमा आग्रह छ ।

    Reply
    1. Ramesh babu says:
      June 5, 2014 at 11:42 pm

      ससांक जी माइसंसार द्वारा मैले तपाइलाई चिनेको ६-७ वर्ष भयो तर आझ पहिलो पल्ट हाम्रो राय बझियोकी झैँ लग्यो? अहिलेको कमेन्टमा के तपाई अलि पक्छेपाति हुनु भएको हो? यो भनाइ भित्र अन्तरआत्मा देखनै आएको होत?

      Reply
  15. भाई says:
    June 5, 2014 at 10:13 pm

    एन आर एन को पुरा अर्थ थाहा थिएन मलाई, तर जे जस्तो भए पनि राम्रै काम गर्नि संस्था होला भन्ने ठान्याथे तर आज थाहा भो, एन आर एन भनेको त नेपाल रित्त्याउनि नेपाली पो र’छ त !

    Reply
  16. Fugyaljen says:
    June 5, 2014 at 10:10 pm

    नेपालीहरुको NRN बाट देशले सहयोग र लगानीको अपेक्षा गनुॅ सिफॅ अकाशको फल हुनेछ। किनभने आहिले बिदेशमा भएको नेपालीहरुको औक़ात उनीहरुको आफनै पेट पाल्नलाई पनि गाह्ो छ।

    Reply
  17. Avaya says:
    June 5, 2014 at 5:07 pm

    हुन त मा पनि NRN को member हो नाम matra को
    भय पनि
    तर , NRN को सम्मेलनको लागि नेपाल सरकारबाट पैसा औछ भन्दा
    अचम्बा अनि नराम्रो लग्यो

    विदेशमा नेपालीलाई बिपत पर्दा कुनै सहयोग नगर्ने नेपाल सरकारको दुताबास ,
    तर तेही नेपाल साकार भात मारा हरु माथि भने खर्च गर्न सक्दो रहेछ

    Reply
  18. Anurodh says:
    June 5, 2014 at 5:05 pm

    यो एनआरएन भन्ने संस्थाको कुनै काम मैले देखेको छैन । देशमा लगानीको वातावरण भए अरबौँ रुपियाँ नेपालमा ल्याउँछौँ भनेर यिनीहरुले भन्न थालेको पनि धेरै वर्षहरु भइसक्यो । यिनीहरु नेपालमा लगानी ल्याउने होइन दोहोरो नागरिकताको विषय ठूलठूलो तरिकाले उठाउँछन् । देशका लागि केही नगर्ने यो एनअारएन भन्ने संस्थाका पदाधिकारीलाई हाम्रो देशका नेताहरुले चाकडी गरेको देखेर छकक् पर्छु ।

    Reply
  19. saagar says:
    June 5, 2014 at 4:54 pm

    यी एनआरएन होइनन ठग हुन् नेपालीले तिरेको करको पैसामा भोज खाने लाज पचेकाहरु, म आफु पनि विदेशमा बस्छु म कहिले यो देश लुट्ने काममा सामेल छैन, यस्ता कार्यको घोर बिरोध गर्छु

    Reply
  20. Shankar says:
    June 5, 2014 at 3:40 pm

    पहिला चिनु को हुन् यी येन आर येन हरु ?
    विदेश जाने नेपालि मध्ये नेतागिरी को हावा नेपाल बाटै बोकेर गएका , नेता नेतृका पुत्र ,पुत्री हरु , बाठा धुर्त हरु हुन्|यी आर्का प्रजाति हुन् , जसले कन्याई कन्याई तपाइको मृगौला झिक्छन तपाइलाइ पत्तो हुन्न||

    हलेदो को बोट मा कतै सुन्तला फलेको सुन्नु भएको छ ?

    Reply
  21. लौटन अवधि says:
    June 5, 2014 at 3:25 pm

    जसरि नेपाल को कानुन, नेपाल सरकार र ब्युरोक्रेट का मान्छे हरु बकम्फुसे छन् त्येसैगरि एन आर एन पनि बकम्फुसे नै हो ! आखिर उही नेपाली का छोरा न परे !
    कानुन किन बकम्फुसे हो भने – त्येहा एकथोक लेखिएको छ – कम्पनि दर्ता गर्न जादा – राजस्व तिर्दा अनेक जाल झेल गरेर – टेबल मुनि बाट नलिई कामै हुन्न ! कि डंगोटे जति ठुलो कम्पनि आउनु पर्यो !

    Reply
  22. Ritesh says:
    June 5, 2014 at 3:21 pm

    देश को बजेट खानी यन.आर. यन . हरु धिकार छ तिमिहरुलाइ |
    positive impression पार्न नसकेनि negative impression त नपार बेमान हो |
    दुइ चार जना NRN टाउके ले गर्दा सब्बै NRN साथीहरु बद्नाम हुन सक्छन |
    खबरदार फेरी पनि एस्तो गर्योउ भनि |

    Reply
  23. D. B. Gurung says:
    June 5, 2014 at 2:39 pm

    मलाई रोजगारको लागि बिदेशिएकालाइ NRN भनेको फिटिक्कै मन पर्दैन.. कसरि NRN जो निश्चित अवधिको सम्झौता गरेर श्रम बेच्न गएको हुन्छ.. जो नागिरकता नै त्यागेर विदेशमा छन् तिनी मात्रै हुन् नि NRN …

    Reply
  24. बले says:
    June 5, 2014 at 1:56 pm

    सित्तै मा दशैं मान्ने दाउ भन्दा बाहेक केहि होइन / कतिपय ले त पैसा समेत कमौदा हुन् /

    बले

    Reply
  25. Ram Thapa says:
    June 5, 2014 at 1:55 pm

    एन आर एन भनेको नेपालको उधोग बाणिज्य संघ जस्तो हो हौ मित्रहरु कुरा मात्र ठुलो गर्ने काम चाही केहि नगर्ने, मुर्ख त हाम्रो नेपाल सरकार नै हो नि किन दिनु पर्यो भोज खर्च .
    बरु त्यो रकम कुनै राम्रो काममा खर्च गरेको भा हुने थियो नि .

    Reply
  26. Ramesh says:
    June 5, 2014 at 1:52 pm

    NRN ले गर्ने नै येत्ति हो, छुट्टीमा नेपाल गयो फुर्ति लगायो, छुट्टी सकियो अनि चुप लगेर बस्यो. रास्ट्र को ढुकुटी फ़ोगटिया पाए पछि किन छोड्नु र तेस्मा नि NRN ले . सम्मेलन रे के को सम्मेलन ?? भुत्रा को :: ? तेसैले मौका मा चौका हान्ने हरुलाई ले किन छक्का नहान्या कुन्नि ??

    Reply
  27. डिल्ली says:
    June 5, 2014 at 11:56 am

    एनआरएनको खोकाइ खै के जाति गराइ भन्दा के जाति गराइ ठूलो भन्थे त्यस्तै हो जस्तो लाग्छ । मौकामा सपरिवार फ्री टिकट बोकेर मुफतको भोजे सम्मेलनमा सुट र टाई झुण्ड्याउनेहरूको झुण्डले देशमा लगानी हैन दशैँको टीका, जमरा, २-४ थाल मासुभात डकारेर चाहीँ उढ्ने हुन । विदेशमा परिश्रम बेच्ने जनको लगानी त उढाउँदै थिए त गरिव देशको पनि उढाउन छोडेका रहेनछन् । घाँटीमा टाई झुण्ड्याउने मोज मस्तिमा पल्केका साँढेहरू बाली चर्न देशमा पनि छिदै रहेछन् ।

    Reply
  28. Prakash says:
    June 5, 2014 at 11:37 am

    होइन , स्वार्थको लागि देश त्यागेर बिदेशमा पलायन हुनेहरु बाट देशले किन यत्ती सारो आश गरेको हो भनेको ? यदि उनीहरु आफ्नो स्वार्थको लागि नभई साच्चैनै देशको बिकाश गर्ने हेतुले भए किन बार्गेनिंग गर्छन ? के एन. आर. एन. सब्बै करोड़पति छन ? अचम्म !!!

    Reply
    1. ramesh says:
      June 5, 2014 at 12:09 pm

      विदेश मा वेटर, चौकीदार, हाउस किपर गरेर बल्ल तल्ल ज्यान धानेका, र सेकेन्ड ह्यान्ड गाडी छाडेर फुर्ति लागाउने बात देश ले के आश गर्नु?

      Reply
  29. बशन्त राज says:
    June 5, 2014 at 11:23 am

    यहाँ मेरो एक जना साथी छ / उसको श्रीमती हालै इसरायल बाट केयर गिभर को भिषामा क्यानाडा गएको रहेछ / उ सधै हामी संग उसको श्रीमती क्यानाडा गई अब म अनि मेरो छोरा छोरी सबैलाई क्यानाडाको रास्त्रीयता लीन पाईने भो भन्दै हामीसंग ठुलो ठुलो कुरा गदै हिडछ/ त्यो मान्छेले एस्तो कुरा गर्छ कि क्यानाडा उसैले गर्दा विकास भाको हो/ यो एन आर एन भनेका पनि मेरो साथी जस्तै कोहि केयर गिभरमा, कोहि सरनार्थीको निबेदन हालेका, त्यहाँ बिथ्यार्थी भिषामा बिदेश (यूरोप र अमेरीका) गएका आदि को जमात हुन/ यिनले देशको विकास गर्ने भन्दै ५ तारे होटेलमा अनेक गफ गरेर सरकरी पैसा उढाउने बाहेक केहि काम गर्न जानेका छैनन / हरेक बर्ष मात्रै बैठक बस्छन अनि कागजमा नेपालमा लगानी गर्ने गफ गर्छन अनि अर्को बर्ष फेरी गफ गर्ने निर्णय गर्दै बैठक सकाउछन/ यो पनि सरकारी रकम दुरुपयोग गर्ने एक नाटक मात्र हो भन्ने हाम्लाईलागिराछ /

    Reply
    1. suzee says:
      June 5, 2014 at 2:40 pm

      NRN मा औला मा गन्न मिल्ने ##कथित ## धनी व्यक्तित्व हरु बाहेक , अरु सबै NRN भनौदा हरु को रामकहानी हेरिन थालियो भने फिस्स हास्दै येस्ता येस्ता हरु त रहेछन NRN भनौदा हरु , अनि किन सरकारी रकम बुत्यौन छोड्थे र भन्ने स्वत प्रमाणित हुन्छ !!

      युरोप तिर बस्न लागि ## खै नेपाल को अलि टाढाको छिमेकी देश को जनता हु आफ्नो देश मा तालिबान ले बस्न खान दिएन भनेर सरनार्थी लिएका ##, अनि कुनै ठुलै NRN भनौदा को दाया बाया लगेर हिडेका हरु को फुर्ति देखेमा के भन्नु हुन्छ होला BLOGGER साथीभाई हो !

      Reply
  30. derwent says:
    June 5, 2014 at 11:17 am

    के भन्नु नि आए एनआरएन (नारायण) गए एनआरएन (नारायण), गरीब देशको १३ लाख भोजमा उंडाए लौ हे नारायण!!!

    Reply
  31. Prakash says:
    June 5, 2014 at 10:46 am

    कता हराए यिनीहरु ? यो समाचारमा यिनीहरुको प्रतिक्रिया सुन्न पाए हुन्थियो l धिक्कार छ यिनीहरुलाई !!! सबै गरिब तथा श्रमजीबी जनताको श्राप लागोस् l

    Reply
  32. HARI PRASAD LAMICHHANE-SAUDI says:
    June 5, 2014 at 10:34 am

    म आफु पनि यन आर यन हु (साउदी को यन आर यन ) रौसी खाएर १३ लाख उडाएको सुनेर लाज लाग्यो |

    Reply
  33. bg pradhan says:
    June 5, 2014 at 10:21 am

    एउटा पार्टी पनि आफ्नो पैसा खर्चेर खान नसक्नेहरुले के लगानी गर्लान र ? हाम्रा नेताहरुलाई उल्लु मात्र बनाएका हुन् /

    Reply
  34. pushpa says:
    June 5, 2014 at 10:13 am

    यन.आर. यन . भनकै नोन राष्ट्र बादी नेपाली हो, एनी हेरु लै के को माया हुन्थ्यो देश को??

    Reply
  35. Myagdeli Magar says:
    June 5, 2014 at 10:03 am

    यसरी देशको नै बिकास गर्छौ भनेर किन खोक्नु पर्‍यो र यहाँ हाम्रो नेताहरु भन्दा एनआरएन नि काम छैन। खोक्नु भन्दा गरेर देखाउ देशको नै किन गर्ने र सक्छौ/साची नै बिकास लगानी गर्ने नै हो भने तिमी आफ्नो पुरानो गाउ (जहाँ तिमीहरु खोकुवा जन्मेको थियो ) तिर केही गरन सानो तिनो गर्न नसक्नेले धेरै नखोकेकै ठीक

    जय नेपाल

    Reply
  36. Shisir says:
    June 5, 2014 at 9:53 am

    नेपालीहरु जहाँ रहेपनि, जे गर्दै गरे पनि, gene कै कारणले हो कि के हो, “गफ” ठुल्ठुला गर्ने र “गफ” लगानी मै नेपालीहरुलाई “गुलियो” चताएर आफ्नो दुनो सोझ्याउने प्रवृति मा सघाउ पुर्याउने पनि नेपाली नै त हुन्, होइन र?
    गफ र सपनाका कुरा भन्दा “concrete, tangible, strategically planned” योजनाहरुमा लगानी गराउन हाम्रा नीतिनिर्माता देखि उपभोक्ता सम्म सचेत हुन ढिला भैसकेको छ, चेतना भया |

    Reply
  37. दीप says:
    June 5, 2014 at 9:44 am

    यता तिर पनि सदस्य बाट पैसो उठायो अनि बेला बेला मस्को , जापान, युरोप तिर सम्मेलन गर्न सपरिवार घुम्न पनि हुने अनि गोष्ठी जस्तो पनि हुने., !! कतिपय त नेपाल दशैँ मा टिका थाप्न जान्छन अनि प्लेन को टिकेट पनि उठ्यो !! तेसैले एसको सदस्य हुन् लाइ पनि ठुलो हानथाप देखिन्छ !! मुख्य कुरो अचेल निर्बाचित, मनोनित भयो भने सपरिवार फ्री मा घुम्न जाने प्रथा बढ्या जस्तो छ !! बिचरा अरब मा २००० जना नेपाली चर्को घाम र काम गर्दा मरे अनि लाखौ को रगत पसिना बाट कर काटेर , रेमित्तंस को पैसो मा १३ लाख NRN ले भोज खानु भनेको ति अरब खाडी मा काम गर्ने गरिब नेपाली को रगत पिउनु होइन र ? धिक्कार छ NRN को नाम मा खाडी मा काम गर्ने को पैसो मा मासु , भात , रक्सि , बियेर खाने लाइ …

    Reply
  38. Hikmat Bishowkarma says:
    June 5, 2014 at 9:34 am

    यो सम्मलेन दशैं मा नेपाल जाने , टिका थाप्ने, आफन्तसग भेटघाट गर्ने , बाकी गफ दिने खेल मात्रै हो. हुनेवाला केहि छैन. आस नगरे उत्तम .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme