आज जेठ १९ गते। आजैका दिन नारायणहिटी दरबारमा गोली चलेको थियो र तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएको थियो। यो हत्याकान्डका बिर्सनै नसकिने र हालसम्म अनुत्तरित १० विषयको संगालो पुराना ब्लगहरुबाट यहाँ राख्दैछु।
१) निरीह गिरिजा र नखुलेको ग्रायन्ड डिजाइन
शवयात्राका क्रममा जनताको ढुंगामुढा सहेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि देशवासीका नाममा एउटा वक्तव्य दिएका थिए। वक्तव्य सार्है निरीह किसिमको थियो। घटना कसरी भएको थियो भन्ने बारेमा कुनै पनि जानकारी त्यसमा छैन। संवैधानिक राजतन्त्र भए पछि राजाले गर्ने सबै काम प्रधानमन्त्रीको सल्लाह सुझावमा गर्नुपर्ने भए पनि राजदरबारभित्र भएको त्यस्तो ठूलो घटनाको छानबिन गरिने प्रतिवद्धतासम्म त्यसमा देखाइएको छैन। बरु भनिएको छ- यथार्थ परिस्थिति र घटनाको सत्य-तथ्य विवरण जनसमक्ष आउनेछ भन्ने विश्वास छ। मानौँ, सत्यतथ्य नखोजीकन आफै प्रकट हुनेछ।
हेर्नुस् उक्त शोक सन्देशको पूर्ण विवरण।
पछि उनले पटक पटक ग्रान्ड डिजाइन खोल्दिन्छु भन्दै भाषण गरे। तर नखोलेरै बिते।
२) गोली चलेको सुन्दा एडिसीहरु के गरिरहेका थिए ?
युवराज दीपेन्द्रले मात्र गोली हानी सबैको हत्या गरेका हुन् भने राजपरिवारका एडीसीहरू त्यसबखत कहाँ थिए र के गरिरहेका थिए, डा. शाहीका अनुसार उनले नै एडीसीहरूलाई एम्बुलेन्स र डाक्टर ल्याउन खबर गरेका थिए र त्यसपछि एडीसीहरू उनीहरूलाई ‘बन्द गरिएको’ कोठाको झयालको ऐना फोरेर बाहिर आउन सक्ने तालिम प्राप्त एडीसीहरू गोली चलेको सुन्नासाथ चाहिं किन बाहिर आएनन् – उनीहरू बन्द कोठामा थिए भने कोठा बन्द गर्दा नै किन प्रतिवाद गरेनन् ? हत्याकाण्ड भएको लगत्तै भारतीय प्रधानमन्त्री अटलबिहारी वाजपेयीले यो हत्याकाण्ड षड्यन्त्र होइन भनी किटानीसाथ बोले। साथै भारतीय गृहमन्त्रीले पनि जेठ २७ गते त्यही कुरा दोहोर्याए। प्रधानमन्त्री र गृहराज्यमन्त्री दुवैले यस अवस्थामा नेपालमा राजनीतिक स्थिरताको आवश्यकता छ र त्यसको लागि जुनसुकै हदको सहयोग गर्न पनि भारत तयार रहेको बताए। भारतीय शासकहरूको यो अभिव्यक्तिले के जनाउ“छ ?
(राजदरबार हत्याकाण्डको बारेमा छानविन समिति गठन भएको सर्न्दर्भमा एकता केन्द्रले एक वक्तव्य प्रकाशित गरी सार्वजनिक गर्न माग गरेका प्रश्नहरुबाट। यी प्रश्नहरु आजसम्म पनि अनुत्तरित रहेका छन्। थप प्रश्न थाहा पाउन क्लिक गर्नुस्)
३) डा. पाण्डेसित अरुण सायमिको प्रश्न
मेरो मनमा उठिराखेको तेस्रो प्रश्न म शाही हृदय चिकित्सक डा. मृगेन्द्रराज पाण्डेसँग राख्न चाहन्छु। शाही हृदय चिकित्सक डा. मृगेन्द्रराज पाण्डेको यस प्रसंगमा विशेष महत्त्व छ। उहाँ शाही चिकित्सक मात्र नभएर राजपरिषद्को सदस्य पनि हुनुहुन्छ। सुन्दछु, घाइतेहरूले वीरेन्द्र सैनिक अस्पतालमा ल्याउनासाथ यो हत्या कसले गरेको भनेर चिकित्सकहरूलाई बताइसकेका थिए। जुन बिरामी जीवन र मरणको दोसाँधमा हुन्छ उसले झुटो कुरा कहिल्यै बोल्दैन। एउटा चिकित्सकका अनुसार सायद डाक्टर मृगेन्द्रराज पाण्डेले पनि हत्या कसले गरेको भनेर सुरुमै थाहा पाइसक्नुभएको थियो। यदि हत्या श्री ५ दीपेन्द्रले गरेको भए राजपरिषद्ले हत्यारालाई किन राजा घोषणा गर्नुपर्यो ? चिकित्सक टोलीमा पनि सम्मिलित र राजपरिषद्का पनि सदस्य डा. पाण्डेले हत्यारालाई राजा बनाउँदा किन विरोध गर्नुभएन ? (चिकित्सक अरुण सायमिले हत्यकान्डबारे गरेको प्रश्न। विस्तृत पढ्न यहाँ क्लिक गर्नुस्)
४) प्रतिवेदनमा शंका
घटनाको छानबिन गर्न तत्कालीन प्रधान न्यायाधीश र सभामुखको दुई सदस्यीय उच्चस्तरीय समिति बनाइयो। प्रतिवेदन भन्छ, युवराज दीपेन्द्र आफैँले कन्चटमा पेस्तोल हिर्काएर पुल छेउतिर अचेतावस्थामा लडिबक्सेको थियो।
तर प्रश्न उठेको छ, आफैँले हतियार प्रयोग गरी आफैँ अचेत भएको व्यक्तिको हातबाट पेस्तोल फुत्केर कसरी पोखरीमा पुग्यो ? त्यस्तै घटनास्थलबाट जुन ढंगले सबुत प्रमाण- बन्दुक, गोली, पोशाकहरू ल्याइयो, त्यसमा पनि अपराधशास्त्रीहरूको आपत्ति छ। नेपाल ल क्याम्पसमा अपराधशास्त्रको समेत अध्यापन गर्दै आउनुभएका अधिवक्ता सुशील पन्त भन्नुहुन्छ, ‘घटनास्थलका सबुत प्रमाण नियन्त्रणमा लिँदा, अपराधीले छाडेको निशानाहरू नष्ट नहुन् भनेर हातमा पञ्जा लगाएर प्लाष्टिकले टिप्ने गरिन्छ र पारदर्शी प्लाष्टिकभित्र त्यसलाई सुरक्षित गरी राखिन्छ। तर प्रतिवेदन सार्वजनिक गर्ने दिन सभामुख तारानाथ रानाभाटले हरेक हतियार आफैँले प्रदर्शन गरेर देखाइदिनुभयो।’ यसलाई पनि शंकाले किन हेरिएको छ भने, यदि सबुत प्रमाणहरूले यसपूर्व दोषीको आरोप लाग्दै आएका दीपेन्द्रलाई नै पुष्टि गरेको भए त्यसरी प्रमाण मेटिने र नासिने गरी त्यस्तो उच्च समितिले काम कारवाही गर्नु उचित हुन्थेन।
रानाभाटले दीपेन्द्रले चलाएको भनिएको हतियार देखाउँदै त्यसलाई आफ्नै हातमा लिएर पत्रकारहरुतर्फ सोझ्याउँदै भनेका थिए- हान्दिम् ?
माथिका अंश असार ३, २०५८ मा देशान्तरमा छापिएको समाचारबाट सारिएको हो। पूरा पढ्न यहाँ क्लिक गर्नुस्। यसमा राजदरबार हत्याकाण्डको प्रतिवेदनका सम्बन्धमा गहकिला प्रश्नहरु उठाइएका छन्।
५) चक्र बाँस्तोलाको षड्यन्त्र सिद्धान्त
बजारमा बेच्नलाई राखेको उपन्यासका पात्रले त्यस्तो भनेको भए लौ त भन्नुहुन्थ्यो। तर अहँ, यो कुरा पूर्वमन्त्रीले भनेका हुन्। चक्रप्रसाद बाँस्तोला- जो दरबार हत्याकान्ड हुँदा परराष्ट्र मन्त्री थिए। एक जमानामा उनी भारतका लागि नेपालका राजदूतसमेत थिए। बाँस्तोलाले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १३ औँ दिनको पुण्यतिथिमा नागरिक दैनिकले निकालेको विशेषाङ्कमा भनेका छन् – राजदरबार हत्याकाण्ड भएको बेला म गिरिजाबाबुको मन्त्रिमण्डलमा परराष्ट्र मन्त्री थिएँ। त्यो राजदरबार हत्याकाण्डमा गिरिजाबाबुलाई समेत मार्ने षड्यन्त्र भएको रहेछ भन्ने निष्कर्षमा म पुगेको छु। त्यो भोजमा गिरिजाबाबुलाई पनि बोलाउने प्रस्ताव आएको रहेछ। राजाले ‘फेमिली म्याटर’मा नबोलाऔं। पछि परे बोलाऔंला’ भनेका रहेछन्। अर्को कुरा शवयात्रामा जाँदा शोभा भगवतीमा हामीमाथि ढुंगामुढा भयो। हामी भागेर हिँड्यौं। त्यहाँ ‘फायरिङ’ पनि भएको थियो, गिरिजाबाबुको गाडीमा। यसले के प्रश्न उठाउँछ भने राजदरबार हत्याकाण्डमा ठूलै मञ्चन भएको रहेछ। शाही सदस्यको हत्या गर्नेमात्रै होइन, गिरिजाबाबुलाई समेत मार्ने षड्यन्त्र भएको रहेछ।
त्यसको पछाडि को होला?
राजनीतिले गडफिलिङ भन्छ, सामाजिक अनुसन्धानमा ‘र्यासनल’ चाहिन्छ। मलाई चाहिँ के लाग्छ भने यो भारतीय र अमेरिकीहरूको संयुक्त योजना हो। किनभने, नेपालमा भारतीय संलग्न नभई केही गर्नै सकिँदैन। र, अमेरिका यति ठूलो विश्वशक्ति छ, उसको जानकारीविना केही हुँदैन। त्यसकारण दुवै संलग्न छन्। थप पढ्नुस्
६) त्यो घटनामा कुनै षड्यन्त्र थिएनः डा. उपेन्द्र देवकोटा
१९ जेठ शुक्रबारको राति १० बजेतिर रातो बत्ती पिलिक पिलिक बाल्दै सनसनाएर आएको सेनाको एउटा जीप थापाथलीमा बागमतीको पुलनेर पुगेर नर्भिक (नर्सिङ होम) तिर मोडिन लाग्दा झण्डै दुईवटा मोटरकारसँग ठोक्किएको थियो। सैनिक पोशाकमा आएका एक शाही अङ्गरक्षक जीपबाट हुत्तिँदै निस्केर अस्पतालभित्र पसे र न्यूरोर्सजन डा. उपेन्द्र देवकोटालाई क्लिनिकबाट तानेर बाहिर निकाले। “युवराजलाई गोलीको चोट लागेको छ, हामी छाउनी जाँदैछौँ,” त्यत्तिकै अलमल्ल परेका डाक्टरलाई उनले भने। प्रतिघण्टा असी किलोमिटरसम्मको बेगमा हुइँकिएर थापाथलीबाट छाउनीसम्मको दूरी चार मिनेट पनि नलगाई तय गरेको त्यो जीपलाई बाटो खाली गरिदिन सडकमा हिँडिरहेका कार, मोटरसाईकल र बटुवाहरूलाई हम्मे-हम्मे परेको थियो। प्रस्तुत छ, वीर अस्पताल, न्यूरोर्सजरी विभागका प्रमुख डा. उपेन्द्र देवकोटाले त्यो रात सैनिक अस्पतालको ‘ट्रमा हल’ (गम्भीर चोटपटक लागेका बिरामीहरूलाई उपचार गर्ने कक्ष) मा देखेको अकल्पनीय दृश्य र त्यसपछिका तीन दिनमा गरेको मार्मिक अनुभवको विवरण, उनकै मुखबाटः उपेन्द्र पछि ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा मन्त्री बन्नुभएको थियो। पढ्न क्लिक गर्नुस्
७) दीपेन्द्रलाई राजा बनाउन खोज्दा राजपरिषद्मा विवाद
राजपरिषद् बैठकमा श्री ५ युवराजाधिराजलाई श्री ५ महाराजाधिराज घोषणा गर्नुअघि केही विवाद उत्पन्न भएको थियो। श्री ५ युवराजाधिराज दीपेन्द्रले नै गोली चलाएको भन्ने आधार के हो र यदि गोली चलाएकै हो भने मौसुफलाई कसरी श्री ५ महाराजाधिराज मान्ने भन्ने प्रश्न राजपरिषद्का सदस्यहरूले उठाएका थिए। त्यो दिन गोरखापत्रले छापेको समाचार यस्तो थियो। पढ्न क्लिक गर्नुस्।
८) स्वचालित हतियार आकस्मिक रुपमा पडकेर मरेका रे
अन्ततः शुक्रबार हत्याकाण्ड भए पनि आइतबार रातितिर बल्ल राज्य सहायक ज्ञानेन्द्रले देशवासीका नाममा सन्देश दिए। यो सन्देश सँधै विवादास्पद सन्देशका रुपमा नेपालको इतिहासमा दर्ता हुनेछ। किनभने त्यसमा दरबारमा भएको घटनाका बारेमा ज्यादै हलका रुपमा स्पष्टिकरण दिइएको छ। नागरिकको सूचना पाउने अधिकारलाई खिल्ली उडाउँदै त्यसमा भनिएको छ- आकस्मिक रुपमा स्वचालित हतियार पड्कन गई त्यसो भएको हो। दोष जति त हतियारलाई पो ! हतियार पडकिएर पो भएको रे। अर्थात् हतियारै दोषी। ज्ञानेन्द्रले २०५८ को जेठ २१ गते दिएको सन्देशको पूर्ण विवरण यस्तो छ।
९) राज्यारोहणबाटै विरोध सुरु, चारको मृत्यु, दर्जनौँ घाइते
जेठ २२ गतेका दिन तत्कालीन राजा दीपेन्द्रको निधनपछि ज्ञानेन्द्रको राज्यारोहण भएको थियो। तर त्यति सहज भने भएको थिएन राज्यारोहण। ठाउँठाउँमा उत्तेजक प्रदर्शन, चर्का नाराबाजीका कारण सेनाले बाटो खुलाउँदै राज्यारोहण स्थल हनुमान ढोकाको नासलचोकमा पुर्याएको थियो। अनि त्यहाँबाट पनि त्यसरी नै फर्काइएको थियो। सवारी अगाडि बढ्नासाथ राजधानीका आक्रोशित युवाहरूले हनुमान ढोका परिसरमै नारा लगाएका थिए। हनुमान ढोका क्षेत्रमा चौतर्फी सैनिक सतर्कताअघि बढाइएको र प्रहरीले जनतालाई त्यहाँ प्रवेश गर्न रोक लगाएको थियो। त्यति हुँदाहुँदै पनि सवारी अगाडि बढ्ने बित्तिकै नारा लागेको थियो। सवारीको पछिपछि नारा लगाउँदै युवाहरूको जमातअघि बढेको थियो। उनीहरूले खासगरी ज्ञानेन्द्र र उनका छोरा पारस विरोधी नारा लगाएका थिए। त्यसको लगत्तै नयाँ सडक गेट, वीर अस्पताल, रत्नपार्क, बागजार, दरबारमार्ग, पुतलीसडक, नयाँ बानेश्वर, मैतीदेवी, पुरानो बानेश्वर, चाबहिललगायतका स्थानमा आक्रोशित युवाहरूले विरोध प्रदर्शन गरेका थिए। त्यसैको फलस्वरूप अपरान्ह ४ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यू लगाएर स्थितिलाई नियन्त्रणमा लिन प्रयास गरेको थियो। त्यति हुँदाहुँदै पनि नागरिकहरूले कर्फ्र्यूको अवज्ञा गरेका थिए। विभिन्न स्थानमा सडकमा टायर बालेर विरोध प्रदर्शन गरिएको थियो। उक्त घटना क्रममा केही व्यक्तिहरूको ज्यानसमेत गएको थियो।त्यतिबेलाका पत्रिकामा चार जनाको मृत्षु भएको र दर्जनौँ घाइते भएको बताइएको छ। बिचराहरुको ज्यान यत्तिकै खेर गएको छ। त्यतिबेला कान्तिपुरमा छापिएको समाचार पढ्नुस्
१०) मास्क लगाएकोले हत्या गर्न सक्दैन : विवेक शाह
घटना हुनुको पछाडि के के कारण हुनसक्छन् भन्ने विषयमा विस्तृत छानबिन हुनुपर्ने पूर्व सैनिक सचिव विवेक शाह बताउँछन् आफ्नो पुस्तकमा। यस्तै माग जनताले पनि अनि नेताहरुले पनि वर्षौँदेखि गर्दै आएका हुन्। देशीविदेशी शक्ति केन्द्रको, दीपेन्द्रलाई उकास्ने व्यक्ति, उनलाई लागू पदार्थको कुलतमा फँसाउने गिरोह आदिको अनुत्तरित प्रश्न खोज्नु पर्ने माग उनको पुस्तकमा छ। जनताको भने एउटा अर्को प्रश्न पनि छ- ज्ञानेन्द्रले आफ्नो शासनकालमा गोली चलेको त्रिभुवन सदन किन भत्काउन आदेश दिए ? किन घटनास्थल अहिले भग्नावशेषमा परिणत गराइयो ? पुस्तकमा यसको उत्तर छैन। बरु केही हल्लाको खण्डन गरिएका छन्। मास्क लगाएर अरु कसैले हत्या गरेको होला भन्ने आशंकालाई उनले खण्डन गर्दै दरबारमा कडा सुरक्षा हुने भएकोले (सैनिक सचिव भएकोले उनी सुरक्षाको जिम्मेवारी लिनुपर्ने मानिस हुन्) कोही बाहिरिया मानिस त्यहाँ त्यसरी मास्क लगाएर हतियार ल्याउनै नसक्ने तर्क गर्छन्। तर उनले दरबारभित्र युवराज र अरु राजपरिवारका सदस्यलाई लागू पदार्थ कसरी सप्लाइ हुँदो रहेछ भन्ने बारे केही बताउन सकेका छैनन्। लागू पदार्थ जस्तै हतियार आयो कि ? लागू पदार्थ भित्री मानिसले ल्याए सरह मास्क पनि दरबार भित्रैकाले लगाएर प्रयोग गर्न सक्छन् कि सक्दैनन्- यस्ता प्रश्नको जवाफ पुस्तकमा पाइँदैन। थप पढ्नुस्
हत्याकान्डपछि नारायणहिटी दरबारमा खिचेका केही फोटोहरु हेर्नुस्-
शायद माई संसारले मेरो यो प्रक्रिया छाप्ने छैन, उसलाई पनि भारतको डर लाग्नेछ । तर, एक थोपा रगत रहँदासम्म ब्रिटिश साम्राज्यसँग लडेका नेपालीहरुले अब निर्भिक भएर अगाडि बढ्नु पर्ने बेला आएको छ ।
स्वाभिमानी नेपालीले बुझ्नु पर्ने कुराहरु :– नेपालको इतिहासमा २०२८ सालमा तत्कालिन राजा महेन्द्रको हत्यादेखि यताको सबै घटनाहरुको सुक्ष्म अध्ययन गर्नु आवश्यक छ । मदन भण्डारीको हत्या जीप दुर्घटनामा असम्भव भएजस्तै जेठ १९ को वीरेन्द्रको बंश नास हुने गरी भएको नारायणहिटी हत्या काण्डमा दीपेन्द्रको हात रहेको कुरा असभ्भव हो । बरु भाग्न लागेका दीपेन्द्रलाई निशस्त्र अवस्थामा पक्राउ गरी आत्महत्या गरेको जसरी गोली हानेर भारतीय जासुसी संंस्था रअका अधिकारीहरु भागे । एउटा छोराले घरबार त्यागेर हिड्न सक्छ, तर आफ्नो बाबुआमाको कदापी हत्या गर्न सक्दैन । यस्ता पाङ् न पुच्छरको कुरा नपत्याऔं । नेपाली सञ्चार माध्यमहरु कति भारतभक्त छन् भन्ने कुरा यसबाट पुष्टि हुन्छ । रह्यो कुरा हत्यामा ज्ञानेन्द्र शाहको हात हुनुपर्दछ भन्ने आम मानिसको प्रश्नको । यदि ज्ञानेन्द्र शाह र पारसमा त्यति धेरै योजना, डिजाईन बनाउन सक्ने तागत हुन्थ्यो भने शासन सत्तामा आएको पाँच बर्ष पनि टिक्न नसकी राजतन्त्रको अन्त्य हुने हुने थिएन । जेठ १९ त्यसपछिका धेरै घटनाक्रमहरु जमिम शाहलगायतका घटनाहरुमा भारतको हात छ । बिचरा निर्दोष दीपेन्द्रलाई दोष नदिऔं । २०२८ सालमा तत्कालिन राजा महेन्द्रको हत्या पनि भारतले नै गराएको कुरा नबिर्सौ । त्यो कुरा रत्नलाई सोधे पनि थाहा हुन्छ ।
गिरिजाले राजदरवार काण्डदरवारमा कुनै पनि भेला हुँदा गिरिजा राजदरवार मन्त्री हुँदा पनि त्यहा उपस्थित नहुनु; राजाको बडीगार्ड लगायत सयौं सेनाहरु राजा समेतको हत्याहुन्दा पनि चुप बस्नु आदि बारेमा उठेको प्रश्हरु बाहेक अर्को यौटा अनुतरित प्रश्न; दरवारमा चर्वी लगायत सफाइको काम गर्ने दरवार हत्याकाण्ड हुँदा तेही काम गर्दै गरेको छत्रपाटि ढलको बस्ने यौटा पोदेलाई दरवार हत्याकाण्ड भयको महिनौ पछि उसको पसलमै गोलि हानेर कसले किन मारे?
साथि हरु हो अझै पनि बेबी किङ्ग राखौ र मुलुक लाइ भारत बाट बचाऊ जे हुनु भैहालो नेता ले देस बचाउदैनन येसो गर्दा नै भारत ले केहि गर्न पछि सक्दैन कि नेता ले गर्दा नै बिदेसी लाइ नेपाली नागरिकता दिए र देस क्रिमिया र सिक्किम हुन लागि सको | धन्नेबाद
नेहरु, इन्दिरा गान्धी र राजिव गान्धी ले धेरै प्रयास गर्दापनि नेपालले आफ्नो स्वाभिमान सँधै उच्चो राखिरह्यो यसको श्रेय राजा महेन्द्र र थोरै बिरेन्द्र लाई जान्छ !!!
भारतको गिद्दे दृस्टी नेपालमा धेरै पहिले देखि अहिले सम्म जारी छ र भारतले गरेका हस्तक्षेपमा अमेरिकाले पनि सहमति जनाउदै आएको छ
त्यसैले मदन भण्डारी, राजदरबार हत्या लगायत अन्य धेरै कुरा अनि नेपाल लाई एउटा असफल रास्ट्र बनाउन भारतको महत्व पूर्ण भूमिका छ
दुध को दुध पानि को पानि छ यो कुरा! भारत लाइ नेपाल को प्राकृतिक स्रोत मा कब्जा जमाउनु थियो जुन कुरा राजा बिरेन्द्र बाट अबरोध थियो. जुन कुरा भारत को समर्थक सत्ताधारी हरु ले पुरा गरेरै छोड्यो. जस्तो टनकपु र माहाकाली सन्धि र अझै पनि जनता को दबाब ले भारत ले गर्न चाहेको धेरै कुरा अधुरो नै रहेको छ. अमेरिका लाइ राजा को चिन संग को सप्रदै गरेको राम्रो साइनो पट्ट्कै मन परेको थिएन. राजा बिरेन्द्र ले चिन संग नेपाल मा स्वचालित हतियार बनाउने कारखाना खोल्ने सहमति गरेर आएको एक महिना मै यो घटना घटेको थियो. तिब्बत टुक्राएर चिन लाइ टुक्र्याउने strategic location नेपाल सबै भन्दा राम्रो भू भाग हो. उहिले महेन्द्र को पाला मा पनि खम्पाली हरु लाइ मुस्तांग मा उतारेर तहल्का मचाई सकेको हो सी आइ ए ले. अमेरिका को चिन माथि को भबिस्य को पारदर्शी दृस्टी उही बेला देखि नै नापन सुरु भै सकेको थियो जुन कुरा अहिले आएर सत्य मा परिरत भै सकेको छ. अमेरिका पछि को संसार मा इकोनोमिक पावर हाउस अहिले आएर चिन भै सकेको छ र भबिस्य मा उसलाई उछिन्ने पक्का पक्कि छ. भारत र अमेरिका को जानी दुश्मन चिन. तेसैले त अमेरिका ले भनि दिएको थियो तेसबेला कि ” हामि नेपाल लाइ भारत को आँखा बाट हेर्छम भनेर” अब कस कसलाई संका गर्ने यो हत्या काण्ड मा तपाइँ हरु नै बुझ्नुस. येदि नियालेर खोजि गर्ने हो भने तेस्बाला को केहि ADC हरु र माथिल्लो तह को सैनिक को श्री मति अथवा ADC खुद लाइ DV परेर या पारेर अनि अमेरिका को बैंक मा डलर को खाता खोलेर अमेरिका पलायन भएको पनि भेट्टाउन गार्हो छैन.
खम्पा बिद्रोह राजा बिरेन्द्र को पाला मा हो मित्र
Did anybody listen to BBC radio interview with Ms Ketaki Chester early this morning? There is nothing new but she had some details to talk about on what happened on the Friday night of June 1, 2001.
दरवार हत्याकाण्ड पछिका शुरूवाति दिनहरूमा ज्ञानेन्द्र र पारसकै हात छ भन्ने लागेको थियो । तर क्रमशः यो भ्रमको पर्दा हट्दै गैरहेको छ मेरो मनबाट चाहीँ । वास्तबमा ज्ञानेन्द्र र पारस त बलीका बोका मात्रै हुन् । घटना यसरी घटाइयो कि सबैको चोर औला उनिहरू तिरै तेर्सिउन्। यदि उनिहरूले हत्या गरेका भए पारसले सुरक्षाकै कारणले कहिले बैँकक त कहिले सिंहापुरमा गुमनाम जीउनु पर्ने थिएन । जमीम शाहको हत्या पछि हत्या गरिनु पर्ने मानिसको भारतीय लिस्टमा उनि दरिने थिएनन् । बैँकमा उनलाई मार्न पिछा गरिएको समाचार अन्तरराष्ट्रिय सञ्चार माध्यममा आएकै हुन् । पारसको उद्दण्ड र ज्ञानेन्द्रको द्रव्यमोही अनुदार चरित्रले आम जनताको आरोप उनिहरू तिरै सोझिन्छ भन्ने हत्याराहरूले जानेरै निशाना लगाए । इतिहासको कुनै काल खण्डमा क्यास्ट्रोलाई मार्न सिआइएले कसरी कोशिस गर्यो र किन मार्न सकेन, नेपालकाे राजपरिवार मार्न के गरियो र कसरी मार्न सकियो भन्ने प्रतिवेदन त्यसबेलाका सिआइए र रका प्रमुखहरूले पुस्तककारुपमा छाप्ने छन् । मदन भण्डारी र रापरिवारको वंश नास हुनेगरि हत्याकाण्ड मच्चाउने महानायकहरू उही हुन् । ती महानायकका मतियारहरू एमाले, काँग्रेस र दरवार भित्रै छरिएर रहेकाछन् । भण्डारी हत्याकाण्डका जीवित प्रत्यक्षदर्शी अमर लामा दसीप्रमाण मेटाउन नै मारिए । त्यसै गरि प्रत्यक्षदर्शी दसी-प्रमान नष्ट गर्नै धिरेन्द्रकि जेठी पत्नी प्रेक्षालाई रारा घुमाउने निहुँमा दह भित्र ठेलियो । हेलिकप्टर र पाइलट बेपत्ता, यात्री कोही पानीमा कोही बाहिर राखियो । प्रक्षाको घाँटी निमोठियो । अनुत्तरित प्रश्न र खुल्दुली मेरा पनि रहे ।
१) नेपाली आम जगतले थाहा पाउनु अघि पहिलो समाचार अलइण्डिया रेडियोले कसरी पायो ?
२) दीपेन्द्रलाई किटेरै हत्यारा ठहर्याउदै उसबेलादेखि हालसम्म समाचार संप्रेशण भारतले गरिरहेको छ ।
३) ४ जनासम्म दीपेन्द्र देख्नेहरू पनि जीवितै छन् । पशुपति क्षेत्रका वासिन्दालाई सोधे थाहा होला दिन रात कति शवहरू जले हत्या काण्डका बेला । अरबबाट आएको शब अार्यघाटमा दाह गर्न ३ दिन पर्खिने मलामीहरू जीवितै छन् । सामान्यतया आर्यघाटमा चाहेकै चीतामा जलाउन बाहेक अरुकोलागि पालो पर्खिनै पर्दैन । ३-३ दिनसम्म के जलाइयो र सर्वसाधारणलाई बन्देज लगाइयो ?
४) पौडीखेलको उद्घाटन गर्न सातदोबाटो हिडेका दीपेन्द्र हत्याकाण्ड सुईँको पाएर सुरक्षामाग्न शिवपुरी पुगेको र शिवपुरीमै गोलिहानेर हेलिकप्टरबाट नारायणहिटीमा ल्याइएको हो भन्ने पनि सुनिएको हो ।
what about Madhavrao Scindi ?? he was top politician in india, died in september same year in plane crash, he is mama ko Dibyani whom Dipendra was in love with. i really feel this man could have raised the voice and he too could have been murdered
त्यो घटना घट्दा जो-जो बाँचे मत भन्छु उनीहरुनै हत्यारा हुन् , नत्र उनीहरु पनि मरेको हुन्थ्यो किन मरेनन ? किन कि उनीहरु हत्यारा हुन् ! भलै बुज्दा भो उनीहरु बीच गोलि हान्ने कोहि थिए अनि उनीहरु लाई हानिएँन अनि घटना के हो बाँच्नेहरुबाट लुकाइयो, अनि बाहिरको मान्छेलाई त कसरि थाहा होस् ? बाँच्ने जतिलाई पक्डेर पैतालामा काँटी ठोक्दियो भने खुल्यो को हत्यारा भन्ने ! अनि भनोस न तेस्ले मैले हत्या बारे भने ज्ञानेको सन्तानले मार्ला कि? या नभन्दा काँटी ठोकेरै मार्छ ?
यो कमेन्ट देखेर फेरी गृह मन्त्रिले कारवाही गर्ने होकी मलाई ? हाहा
एउटा पुरा सेनाको पल्टनले घेरेर राखेको राजा रानीको त सुरक्षा नभएको देशमा नागरिक भएर सुरक्षा अनि कानुनीराज्यको के अपेक्ष्या गर्नु !
यो एउटा अचम्भ को कुरा छ जसको सत्य तथ्य बाहिर औन पर्ने हो र किन आएन भन्ने नै जनताको चासो हो|
पारस जिवितै छन्| ज्ञानेन्द्र जिवितै छन्, ति एडीसी हरुपनि जिवितै होलान, उपेन्द्र देवकोटा पनि जिवितै छन्, त्यो बेलाका सेनाका प्रोमुख पनि जिवितै छन्? यिनिहरुसंगा त्यो घटना का अनेक एभिदेंसलै जोगाउने भन्दा एकपछि अर्को सिद्यौने र भ्रममा पार्ने काम कसको निर्देशन मा निर्णय लियिएको थियो त्यो केकोलागी गरिएको हो? त्यो मान्छे अथवा समूह संग केहि त उत्तर होला कि ?
नेपाल का मेडिया, राजनैतिक दल सरकार ले यो घटनाको तथ्य केलौना पछि किन कुनै पहल गरेन?
के कतैबाट ठुलै दबाब अथवा धम्क्याई आइत्रखेको छ कि? कि तेही मसला मा सबैको कुनै न कुनै किसिमको खानी धन्दा चलि राखेको छ?
नेपाल हो यस्तै बिडम्बना मै सधै चलि राख्ने नेपाल को नियेती हो त?
मदन भन्डारीको हत्याकान्डबारे एमालेलाई थाहा छ,राजदरबार हत्याकान्ड बारे पारस र
ज्ञानेन्द्रलाई थाहा छ ! एक अर्काको भेद खोलिन्छ भनेर दुवै चुप छन् अनि चक्र वास्तोला उपेन्द्रको पाउना के चाहियो यो भन्दा
स्व गिरिजा प्रसाद कोइरालाले किन “ग्राण्ड डिजाइन” को भेद खोलेनन् ? राजदरबार हत्याकाण्डमा कसको हात थियो ?
तत्कालिन माओवादीको प्रभाव देखि भयभित भएर भारत र अमेरिका मिलि राजदरबार हत्याकाण्ड मच्चाएका हुन् । स्व. गिरिजाले आफुसंगै लिएर गएको ग्राण्ड डिजाइनको भेद यहि हो । स्व राजा वीरेन्द्रसँग भारत र अमेरिका रुष्ट हुनुको कारण थियो माओवादी प्रति उनको नरम व्यवहार । ज्ञानेन्द्रले यो ग्राण्ड डिजाइन नमानेका थिए भने उनी र उनको परिवार पनि बाँकी रहने थिएनन । एक त बाध्यता अर्कोतिर पुन राजा हुन पाइने महत्वाकांक्षाले ज्ञानेन्द्र पनि ग्राण्ड डिजाइनमा सामेल भए । तर उनी पनि मोहरा मात्र हुन् । मुख्य खेलाडी भारत र अमेरिका हुन । नेपालको राजनीतिमा उथल पुथल ल्याउने, आवश्यक पर्दा ग्राण्ड डिजाइन रच्ने र अकल्पनीय घटना यीनै दुई राष्ट्रको मिलोमतोले घटने गरेको छ ।
पहिलो संविधानसभाबाट जनपक्षीय संविधान जारि गर्नबाट रोक्ने, दोश्रो संविधानसभामा अर्को ग्राण्ड डिजाइन रचेर एमाओबादीको पक्षमा भोट जान नदिने, ब्यालेट बक्स नै गायब गर्ने जस्ता कुटिल षडयन्त्रमा अरु कसैको होइन, मुख्यरुपमा भारत र त्यसमा अमेरिकाको समर्थन छ । यो कुरा नेपालका राजनीतिक पार्टीका शिर्षस्त नेताहरुलाई राम्रोसंग थाहा छ । साथै, उनीहरुलाई यो पनि थाहा छ कि सबैकुरा थाहा पाएर पनि भारत र अमेरिकाको प्रभाव विरुद्द केहि पनि गर्न सकिदैन । कुनै बेला भारतको कडा विरोध गर्ने प्रचण्ड जस्ता नेताहरु अहिले मौन हुनुको कारण पनि उनीहरुलाई दिइएको चेतावनी हो । त्यसै गरि एक समयमा अत्यन्तै लोकप्रिय हुँदै गएका नेता मदन भण्डारीको हत्या गर्नमा पनि भारतीय गुप्तचर संस्था “र” कै हात छ । यो तथ्य प्रचण्ड लगायत एमालेका शिर्षस्थ नेताहरुलाई राम्रोसंग थाहा छ । तर यो भेद खोल्ने हिम्मत कसैको छैन, कारण आफ्नो ज्यानको माया जस्तो सुकै मैं हुँ भन्नेलाई पनि लाग्छ । आखिर आफु रहे त जग रहने हो । यहि कारण थियो, राज दरबार हत्या काण्डको छानविन समितिमा माधव नेपाल बस्नै नमान्नु । किनकी, मदन भण्डारीको हत्याको तथ्य थाहा पाएर सातो गई सकेको अवस्थामा त्यो छानविन समितिमा बस्ने उनले हिम्मत नै जुटाउन सकेनन । बरु कुनै बहानामा उम्किनु नै बुद्धिमानी ठाने जसले गर्दा अहिलेसम्म नेपालको राजनीतिक वृतमा उनी ढलीमलि गर्न पाएका छन् । जबकि सोहि छानविन समितिका प्रमुख तारानाथ रानाभाटले अपत्यारिलो झुटको खेति गरेका कारणले उनको राजनीतिक पत्ता साफ नै भैसकेको अवस्था प्रत्यक्ष देख्न सकिन्छ ।
जघन्य घटनाहरुमा अमेरिकालाई सामान्य जानकारी दिएर र कतिपय अवस्थामा जानकारी नै नदिकन पनि नेपालमा उथल पुथल गराउने भारत नै हो । नेपाललाई अमेरिकाले एक स्वतन्त्र राष्ट्रको रुपमा होइन भारतीय गणराज्यको झैँ हैसियतमा हेर्छ । अमेरिकाका लागि नेपाल भन्दा चीन महत्वपूर्ण भएको हुँदा एक स्वतन्त्र राष्ट्रको अस्तित्वलाई कुटनितिक रुपमा लत्याएर अमेरिकाले सिधै भारतसँग नेपालका बारेमा डिल गर्ने गरेका कतिपय घटनाहरु नियाल्नुहोस अनि बुज्नुहोस हाम्रो हैसियत के हो र हाम्रो प्रभु को हो ?
नेपाललाई भारतले जसरी अघोषित उपनिवेश बनाएको छ, त्यसरी सायद संसारका अन्य कुनै देशको सार्वभौमकतालाई छिमेकी राष्ट्रले चिरहरण गरेको छैन । नेपालको हैसियत र वरियता भुटान, श्रीलंका, बंगलादेश भन्दा धेरै मुनि छ । त्यसैले भविष्यमा पनि यस्ता ग्राण्ड डिजाइन भैरहने रचिरहने छन् । नहोस पनि किन ? नुन देखि सुनसम्म, सियोदेखि पेट्रोलसम्म, गीत सङ्गीतदेखि फिल्मसम्म र अधिकांस नेपालीहरुको गाँस बास कपाससम्मको व्यवस्थाका लागि भारतको मुख ताक्नु पर्ने अवस्था भएपछि आफ्नो सामरिक स्वार्थका लागि भारतले चाहे जस्तो नेपाल नभएमा उसले किन बाँकी राख्छ ? तर यसमा भारतको पनि दोष छैन । दोष हामी नेपालीहरु कै छ । हामी नेपालीहरु दास मानसिकताले ग्रसित छौ । हाम्रो देशका युवाहरु अरु देशका लागि भाँडामा ज्यान दिने सिपाही (गोर्खा भर्ति केन्द्र) हुन् । हाम्रो देश विदेशमा बसेका नेपालीहरुले (नोकर भएर) पठाएको रेमिट्यान्सबाट चलेको छ । यहाँ हरेक ठुला आयोजनाहरु विदेशीहरुको अनुदान र ऋणले मात्र सुरु हुन्छन तर सम्पन्न हुँदैनन् । हामी आफैँ गरेर खाने होइन अरुसंग मागेर जिन्दगी गुजार्ने, अरुको नोकर हुने दास संस्कृतिबाट पले बढेका छौ भने हाम्रो देशको सार्वभौमकता अघोषित रुपमा गुम्नु कसरी अनौठो भो ? हामीलाई नेपाल प्रति माया नै छैन, हाम्रा नेताहरुलाई त झन् हुने कुरै भएन । यो देश हाम्रो हो, हामी स्वाभिमानी हौँ र छौँ, हामीलाई हाम्रो राष्ट्रीयता प्रति माया छ भन्ने भावनाको विकास नहुन्जेलसम्म स्व. गिरिजाले खोल्न नचाहेका ग्राण्ड डिजाइनहरुको भेद खोलिदिदा झन् असहज अवस्था मात्रै हुने छ थाहा पाएर नै उनले मृत्युवरण गर्दासम्म पनि भेद खोलेनन्, सबैलाई चेतना होस् ।
राजदर्बार हत्या काण्ड नजिक बाट हेर्ने अनि बिस्वास गर्न सकिने मान्छे मध्ये प्र.म . गिरिजा प्रशाद कोइराला पनि एक हुन् ! त्यहा भए गरेका सबै प्रमाण हरु नस्ट भै सकेका छन् , अनि गिरिजा बाबु पनि स्वर्गीय भै सकेकाले अब त्यो कुरा पनि कोत् पर्ब र भण्डारखाल पर्ब जस्तै झुटो सत्य हुने ठुलो सम्भावना रहेको देखिन्छ ! राजदरबार को त्यस्तो कठोर सुरक्ष्या मा राजा जस्तो व्यक्तित्व त् सुरक्षित रहन सकेनन अनि अरु को सुरक्छित होला ? भन्ने धेरै खुदुली हरु नेपालि जनमानस मा रहिरहने अबस्था देखिएकाले अरु कोहि जान्ने सुन्ने ( सप्रमाण ) कोहि हुनु भए नेपालिले हृदय देखि धन्यबाद दिने थिए ! नत्र त्यो नर संहार भाबिस्यकै गर्भ भित्र रहन्छ !
Here are more unanswered questions:
1. Why two bullets were fired from the pistol carried by Dipendra? Did he check one before shooting himself?
2. What exactly is this kalo padartha?
3. How could some one inebriated can come down and shoot everybody? Is he just pretending to be drunk?
4. How many bullets were exactly fired from the guns used?
5. Why the bodies were burnt hurriedly? Why no waiting for foreign dignitaries to participate in the royal funeral?
6. Does Dr Upendra Devkota’s “missile wound” explanation enough to prove suicide by Dependra?
यो घटना नेपाल को सार्बभौम अधिकार लाइ इन्डिया को अधिन बनाउन भारतीय जासुसी संस्था ले गराएको कुरा अप्रत्यक्ष्य रुप मा चक्र बास्तोला (तत्कालिन पर रास्ट्र मन्त्रि ) , गिरिजा ( ग्रयाण्ड डिजाइन ) , ज्ञानेन्द्र ले भनि नै सके |
अब घटना उचित छानबिन न भएको कारण ले खालि आफ्नो बिचार राख्ने हो सब ले |
मेरो बिचार मा दिपेन्द्र लाइ नै उचालेर ( किनभने माउबादी हत्या ले देश आक्रान्त थियोर बिहेबारिको बिबाद पनि थियो ) देश लाइ निकास दिनुपर्यो अब भनेर उसैको हात बाट गोलि चलाइयो र पछि उसलाई पनि मारियो |
| तेस्पछि उसलाई राजा बनाउने आस्वासन प्राप्त थियो र कसैले त्यो पुरा गर्न मरणासन्न अबस्था मा उस लाइ राजा बनाएको आभास मिल्छ | इतिहास दोहोरिन्छ भन्छन , रणोद्दीप को हत्या धिर सम्सेर को भाइ छोराले लग्बग उस्तै प्रकृति ले गराएको ले केहि पाठ तेस्ले सिकायो |जब गोलि चल्छ त्याहा अरुको महत्त्वाकाँक्ष्या ले पनि काम
गर्छ . दिपेन्द्र हिरो बन्न खोजेको ठाउमा गुण्डा गर्दिको नाइके जस्तो पारस चै के भजन गाएर बस्यो होला ?
पारस चै सधै नेपाल बाहिर बस्नु को राज के हो ?
दर्बार मा भारतीय स्टाफ पनि काम गर्थे रे , त्रिभुबन को पाला देखि ने उनीहरु त्यहा छन् भन्दा सडयन्त्र जालो बुन्न एसले पनि सघाएको हुन् सक्छ |
ज्ञानेन्द्र मन्दिर गएर राजनीतिक भासन दिदा थर्काउन बाबुराम ले हत्याकाण्ड को छानबिन को कुरा चै गर्छन तर स्वयं प्रधान मन्त्रि हुदा चै पहल गरेनन |
किनकि पर्दा पछाडी ”र” को हात रहेको हुदा र अब नेपाल पुरै उसको चंगुल मा हुदा दर्बार हत्याकाण्ड को छन् बिन भबिस्य मा पनि हुनेछैन |
सारम्स मा दर्बार हत्याकाण्ड राजपुत्र को मुर्खता , ज्ञानेन्द्र को महत्वाकंश्या र ”र” को कुटिल चाल को को संयोग हो |चीन प्रति बफादार नेपालि राजशाही हटाउन सी आइ ये को पनि सहमति र मिलिभगत नकार्न सकिन्न्|
तर ज्ञानेन्द्र चै प्रत्यक्ष्य संलग्न छैन तेसैले छाती फुलाएर ( अब त् बिस्तारै मसल पनि )
नागार्जुन मा छन् , भाजपा सत्ता मा हुदा दर्बार हत्याकाण्ड भएको , उ राजा हुन् पाएको हिसाब ले उसले आजकाल मिठो मिठो सपना देखेको हुन् सक्छ |
ज्ञानेन्द्र अजै राजा भएको भए उनलाई भाइमारा को आरोप सधै भरि लागि रहन्थियो, तर उनि राजा बाट आम आदमी भै सक्दा पनि कुनै माइकालाल ले उनको संग्लंग्नता प्रमाणइत गर्न नसक्नु नै उनको संग्लंग्नता थिएन भन्ने प्रमाण हो,,,,
जसले जे भने पनि यो हत्या भारतीय गुप्तचर संस्था र अमेरिकी गुप्तचर संस्थाको मिलेमतोमा भएको हो ! ज्ञानेन्द्र हत्यारा होइनन् ! सबैलाई हत्या गरे निश्चित रुपमा दोष भारतलाई जान्छ भनेर ज्ञानेन्द्रलाई दोषी देखाउनको लागि ज्ञानेन्द्र को परिवारलाई बचाएर यो हत्या भएको हो ! यो हत्याकाण्डबारे माओवादी र गिरिजालाई पहिला नै थाहा थियो ! राजसंस्था सँग जनताको दुश्मनी बढाएर गणतन्त्र ल्याउने र अन्तमा नेपाललाई नै भारतमा गाभ्ने “ग्रान्ड डिजाइन’ येही हो !
तेइ कुनै रूपमा संलग्न नभएर भएर ज्ञानेन्द्र तेइ बेला काठमान्डू बाहिर भएको, उनको छोरा/छोरी र श्रीमती कसैलाई केहि नभाको होला|
त्यत्रो ग्रयाण्ड डिजाइन गर्ने भारत किन दरवार हत्याकाण्ड पछी आज सम्म हातमा दही जमाएर बसेको होला ? हाम्रो स्मरण शक्ति किन यति कमजोर होला ? हत्याकाण्डमा ज्ञाने को बाहेक सबै राजपरिवारका सदस्य किन एक चिहान भएका होलान ? बाँचेको प्रेक्षा पनि किन रहस्यमय हेलीकप्टर दुर्घटनामा मारीएको होला ? एसो सोचौं न, हत्याकाण्ड पछि त्रिभुवन सदन भत्काउने ज्ञानेले के प्रमाण बाँकी राखेको होला ?
दहि जमाएर बसेको छैन भारत . तेत्रो उत्पात मचायो मधेश टुक्र्याउन. येदि थारु समुदाय को नेपालि छोरो छोरि हरु ले न बचाएको भए अहिले प्रचण्ड जस्ता लेन्न्दुप ले भनेको जस्तै रिफर्यन्दम भोटिंग गरेर भारत मा बिलिन भै सक्ने थियो जस्तो कि हाल क्रिमिया रसिया मा बिलिन भए जस्तै.
“दरबार हत्या काण्डको षडयन्त्र र भारतको भूमिका”
भारतको आरएडब्लू र अमेरिकाको सीआईए मिलेर सफल मञ्चन गरेका दरबार हत्याकाण्ड पश्चात् नेपालीहरु एक्लो र अलग थलग भयका छन् । नेपालीहरु सत्य बोल्न डराउने, आफ्नो सनातन धर्मको रक्षा गर्नुपर्छ भनेर बोल्न नसक्ने अवस्थामा पुगेका छन् । भुटानको जस्तै नेपालको सुरक्षा र परराष्ट्र समन्धी अधिकार आफुमा लिने भारतको योजना चाहिँ अब कहिल्यै पूरा नहुने भएको छ । नेपाल पश्चिमाहरु को बलियो आधार इलाका बन्यो ।
त्यो एक नियोजित षडयन्त्र थियो र त्यसमा विदेशीको हात थियो भन्ने कुरा, घटनाको विवरणहरु माथि सामान्य विवेक प्रयोग गरी हेर्दा थाहाहुन्छ । विश्वको इतिहासमा सत्ताका लागि दाउपेच, छलकपट, लडाइँझगडा र काटमार भएको पाइन्छ । सत्ताको लागि छोराले बाउलाई मारेको, भाइले दाजुलाई मारेका घटना प्रसस्त छन् । नेपालको दरबार हत्या काण्ड पनि कि त छोराले राजा बाउलाइ मारेको हुनुपर्छ, कि त भाइले राजा दाजुलाइ मारेर आफू राजा बनेको हुनुपर्छ । छोराले मारेको थियो भने आफू राजा बन्ने हिसाबले मार्थे । आफ्नो परिवारलाई छानी छनी मार्ने तर काका ज्ञानेन्द्रको परिवारलाई केही नगर्ने हुनसक्दैन । आफू राजा हुने दाउ गर्थ्यो होला । त्यति विघ्न मूर्ख, महामुर्ख र चण्डाल प्रवृत्तिका थिएनन् युवराज दीपेन्द्र । कि मगज बिग्रेको हुनुपर्यो, त्यो पनि हैन । हिन्दू संस्कारमा हुर्केको छोरोले आफ्नो बाउ, आमा, काका, भाई, बहिनी र फुपुहरु को त्यसरी बिना झै झगडा, कुनै एक शब्द नबोलीकन, छानी छानी, खोजी खोजी हत्या गर्न सक्दैन । त्यो सम्भव कुरा हैन ।
घटनामा राजा वीरेन्द्रको पुरै परिवार, तीन भाइ मध्य कान्छा भाइ धीरेन्द्र, राजाका काका वसुन्धराको छोरी, राजाको दुई जना बहिनी र एकजना ज्वाइँ गरी कुल दसजना मारियका थिय । अनुपस्थित भएको कारणले बचेकि कान्छी भाइ बुहारी अधिराजकुमारी प्रेक्षा, दरबार काण्डको साढे पाँच महिनापछि, उनी चढेको हेलिकप्टर रारा तालमा खसेर हारायो, उनी पनि हाराइन् । उक्त दुर्घटनामा को–को बेपत्ता भए, को–को बाँच्न सफल भए र क–कसको मृत्यु भयो भन्ने रिपोर्ट छानबिन समितिले समेत बाहिर ल्याउन सकेन । रारा ताल घटनापछि राजा वीरेन्द्रको पुरै परिवार र कान्छा भाइ धीरेन्द्रको पहिलो पुस्ता सकियो । माइला भाइ ज्ञानेन्द्रको परिवार सबै सकुसल छन् । महिनाको प्रतेक तेश्रो शुक्रबार हुने त्यो पारिवारिक पार्टीको दिन त्यस भवन बाहिर बाटो लगायतका क्षेत्रमा अधिकांस बत्तीहरु निभेका थिए, बाहिर अँध्यारो थियो । (स्रोत : राजा वीरेन्द्रका एडीसी सुन्दर प्रताप शाहले लेखेको किताब ) त्यत्रो विभत्स घटना हुँदा प्रधानमन्त्री, रक्षामन्त्री अथवा राजदरबारको सुरक्षा जिम्मा सम्हालेका सेनाका प्रमुख (जर्नेल केशव राज महत) कसैले पनि नैतिकताका आधारमा राजिनामा दिएनन् , स्पष्टीकरण पनि सोधिएन ।
सामान्य विवेक प्रयोग गर्दा राजाका माइला भाई ज्ञानेन्द्र यो घटनाको मतियार भयर पस्चिमाको प्रस्ताव स्वीकार गरेको बुझिन्छ । ज्ञानेन्द्र, युरोपियन र भारतीय जासुसी संस्था “र” को सहयोगमा अमेरिकाको CIA ले त्यो नाटकीय र अकल्पनीय घटनाका घटाएको हो । त्यस काण्डपछि ज्ञानेन्द्ले राजगद्दी प्राप्त गरेका थिए । ज्ञानेन्द्र राजा भएपछि आफू आफ्ना दाजु दिवंगत राजा वीरेन्द्रभन्दा फरक रहेको स्पष्ट पार्दै नेपाली जनताको दुःखलाई चुपचाप टुलुटुलु हेरेर नबस्ने र्सार्वजनिक रूपमा बताउँन थालेका थिय । उनमा राजनीतिक रूपमा सक्रिय हुने महत्वकांक्षा कति धेरै थियो भन्ने कुराको सङ्केत थियो यो । सवैधानिक राजतन्त्रको व्यवस्था भएको नेपालमा ज्ञानेन्द्र संविधान खारेज गरी प्रत्यक्ष सासन चलाउन चाहान्थे, त्यो चाहना पूरा पनि गरे । सजिलै बुझ्न सकिन्छ कि त्यो हत्या सडयन्त्रमा ज्ञानेन्द्र सहभागी थिए । कमन सेन्स वा विवेक प्रयोग गरी हेर्दा युवराज दीपेन्द्रले त्यो हत्या गरेका हैनन्, उनको मुकुन्डो लगाएका छद्मभेषीले हत्या गरेको हो ।
उच्चस्तरीय जाँच बुझ समितिको प्रतिवेदन
हेरौं र त्यसमा विवेक सम्मत विश्लेषण गरौं ।
…..महाराजाधिराजको त्रिभुवन सदनमा सवारी हुनुभन्दा केही समय अगाडि …. युवराजाधिराज शरीर थाम्न नसकी ढलपल ढलपल गरेको देखी ह्विस्कीको असरले हो कि ? भन्ने सम्झी श्री ५ अधिराजकुमार नीराजन, .. पारस, कुमार गोरख र डा. राजीव समेत चार जना भई युवराज दीपेन्द्रलाई त्रिभुवन सदनभित्र रहेको मौसूफको खोपीमा सवारी चलाएको कुरा बुझिएको प्रत्यक्षदर्शीहरूबाट खुल्न आएको छ । …… ४. ….. राति ८ बजेर १९ मिनेटको समयमा आफ्ना पाश्र्ववर्ती गजेन्द्र बोहरालाई चुरोट ल्याउन मोबाइल फोनबाट ….बमोजिम गजेन्द्र बोहराले यूवराजाधिराजका अर्दली रामकृष्ण केसीलाई आदेश गरे अनुसार निजले विशेष प्रकारको (शिखर चुरोटमा गाँजा र अर्को नाम नखुलेको कालो पदार्थ मिसाई तयार गरिएको) चुरोट विलियार्ड कोठाको पूर्व ढोकामा गई पारस मार्फत जिम्मा दिइआएको भन्ने निज रामकृष्णबाट जानकारी पाइयो । बेहोसीको हालतमा पुग्नु भन्दा 25 मिनेट अगाडि राति ८ बजे युवराजाधिराजले आफ्नो मोटरबाट मुमाबडामहारानी लाई मोटर आफैंले चलाई जमघट स्थान त्रिभुवन सदनमा सवारी चलाइबक्सेको देखिन आयो । (छानविन समितिको रिपोर्ट ) २० देखि २५ मिनेटको छोटो अवधिमा मदिरा वा गाजा सेवनबाट ढल्न सम्भव हुँदैन ।
रिपोर्ट भन्छ …..७. देवयानीले .. गजेन्द्र वोहरालाई फोन गरेपछि र राजु कार्कीले गजेन्द्रलाई फोनबाट सो सम्बन्धी समाचार दिएपछि गजेन्द्रको आदेशानुसार युवराज दीपेन्द्रको अर्दली रामकृष्ण केसी र द्वारे आमा जमुना अधिकारी श्री ५ खोपीमा पुग्दा दीपेन्द्र भुइँमा पल्टिराखिबक्सेको र शरीरको माथिल्लो कपडा फुकाल्न खोजी बक्सेको देखी सो कपडा फुकाल्न निजहरूले सहयोग गरेको र कपडा फुकालीसकेपछि श्री ५ युवराज वाथरूम सवारी होइबक्सेको, वाथरुमभित्र वाक वाक गरिबक्सेको आवाज जमुना अधिकारी समेतले सुनेको र वाथरुमबाट निस्किवक्सेपछि युवराजले ती दुवैजनालाई सुत्न आ–आफ्नो कोठातिर जानू भनी हुकुम भएको भन्ने द्वारे आमा र अर्दली रामकृष्ण केसीको कथन रहेको छ। अर्दली केसीले दिएको चुरोट लिन भने पारस पुगेका थिए । दीपेन्द्रले टेलिफोनबाट मागेको चुरोट किन पारसलाई दिइयो त ? केसी भन्छन्, ‘मैले त्यो जाहेर गर्न मिल्दैन । म सरासर जानलागेको थिएँ, पारस सरकार हाँस्दै सवारीभयो । मैले हातमा लिएको थिएँ, टक्र्याएँ । अनि, पारस सरकारले लिएर सवारी भयो ।’ (प्रतिवेदन, पृष्ठ : ७३) भन्न मिल्दैन भनेको चाहिँ, कुन कुरा रहेछ ? ती अर्दलीले भन्न नमिल्ने कुरा नभनीकन मरेर जालान, अरु साक्षी र गवाह जस्तै ।
देवयानी र दीपेन्द्रका बीच फोनमा के कुरा भएको थियो ? किन देवयानीले पालैपालो एडीसी हरु बोहोरा, कार्की र शाही रक्षक कार्यालयमा आत्तिँदै फोन गरेकी थिइन् ? आसन्न संकटका बारेमा दीपेन्द्रले कुनै संकेत गरेका थिए कि ? त्यसबारेमा पाश्र्ववर्ती तथा निजी सचिवहरूमध्ये कसैलाई सुनाएकी थिइन् कि ?
खासमा दीपेन्द्र जस्तै देखिने छदम्भेसी ( कसैले दुई जना थिए भनी भनेका छन्) ले छानी छानी, चिन्दै, खोज्दै मारेका हुन । तीन पटक त मुख्य हलको बाहिर भित्र गरेका थिए । एक जनाले चार ओटा हतियारबाट एक सय राउण्ड भन्दा बढी गोली चलाए भन्ने विवरणमा छ, जुन पत्यार लाग्दो छैन । जोस र स्फूर्तिका साथ पूरा होस हवासमा बन्दुक चलाउँदै, मान्छे खोज्दै हिनेका थिए ति हत्यारा । र तिनले त्यस अवधिभर कसै सङ्ग केही बोलेनन् । बोलेको भय स्वरबाट मान्छे चिनिने खतरा रहन्थ्यो । दीपेन्द्रसङ्ग हुबहु जिउ डाल मिलाएको र कम्ब्याट ड्रेस लगाएको त्यो हत्यारा को थिय ? अरूले बोकेर सुत्ने कोठामा पुर्याएर आएको भनिएका व्यक्तिले त्यसो गर्न सम्भव हुँदैन । बन्दुक चलाउने व्यक्ति अमेरिकी सेनाले तयार गरेको “नक्कली दीपेन्द्र” थिए । लिस्टमा परेकालाइ खोजी खोजी मार्ने क्रममा ती नक्कली दीपेन्द्र पारस लगायत भएको ठाउँमा पुगी त्यहा रहेकाहरु लाई चिन्न खोजेंको र पारसले चिनाउन खोजेको व्यहोरा पारसको वयानबाट झल्कन्छ । चिनेपछि ती बन्दुकधारी त्यहाँ केही नगरी फर्के । दीपेन्द्र व्हिस्कीले (?) लागेर ढलेकोमा पनि केही कैफियत, कुनै मिसावट हुनसक्थ्यो भन्ने संकाहुन्छ । ज्ञानेन्द्रसँगै चितवन घुम्न गएका राजा वीरेन्द्रका कान्छा छोरा निराजन काठमाण्डौ एयरपोर्ट पुगेपछि उनलाई ज्ञानेन्द्रले त्यसदिन बेलुका हुने पार्टीमा सहभागी हुनैपर्छ भन्दै कर गर्ने र निराजन चाहिँ ज्ञानेन्द सँगै पोखरा जान चाहाने रहेछन् । यो वार्तालाप सुन्ने त्यतिबेलाका निराजनका अङ्गरक्षक, सेनाका लप्टनले बताएको भनी ती अङ्गरक्षकका भिनाजु, पत्रकार पदम ठकुराठीले एउटा अन्तरवार्ताको क्रममा बोलेको youtube video छ । त्यस बखत दरबारको सुरक्षा प्रमुखमा जर्नेल केशव राज महत थिए, त्यसदिन उनी बिदामा बसेका थिए । पछि उनलाई राजा ज्ञानेन्द्रले गोरखा दक्षिणबाहुबाट पुरस्कृत गरेका थिए । रिटायर्ड भएपछि उनको मृत्यु संग्दिग्द तरिकाले अमेरिकामा भयो । उक्त काण्डमा आफ्ना सहोदर दाजु र भाउजु गुमाएका नेपालका वरिष्ट कलाकार निर साहको पछिल्लो सार्वजनिक अभिव्यक्तिले पनि त्यो षडयन्त्र नै थियो भन्ने छ ।
छानबिन आयोगको रिपोर्ट र प्रतछयदर्सीहरु को बयानमा त्यत्रो ठूलो घटनामा दीपेन्द्र एक्लैले गोली चलाएको, एकभन्दा धेरै प्रकृतिका बन्दुक र गोली प्रयोग भएको र अन्त्यमा दीपेन्द्रले आफँैमाथि गोली चलाएको जस्ता विवरणको पर्याप्त आधार र कारण केही कतै भेटिदैन । त्यसमाथि मृतकका शवहरूको पोस्टमार्टम गरिएन । घटना घटेको त्रिभुवन सदन, राजा बनेपछि ज्ञानेन्द्रले तत्कालै भत्काउन लगाए । छानबिन समितिले पाएको कुल सात दिन मध्य मात्र पाँच दिन जति काम गरेको भरमा रिपोर्ट दिने गरी नयाँ राजाबाट आदेश भएको थियो । किन त्यति सीमित समय दिएका थिए नयाँ राजा ज्ञानेन्द्र ले ?
लेफ्टिनेन्ट ल्किन करीको नेतृत्वमा वेलिनाइटिङ्गल योजना अन्तर्गत तीस जना अमेरिकी सेना भक्तपुर अस्पतालको आकस्मिक भवनमा काम गर्न भनी आयका थिए (खोरखापत्र, २० जेठ २०५८) । र तिनीहरू दरबार हत्या काण्डको एकदिन अगाडि काम बीचमा छडेर फर्किएका थिए । त्यो भवन सामान्य खालको र सानो छ । विदेशी सेनाको इन्जिनियरहरु त्याहा बसेर के काम गरे भन्ने प्रष्ट हुँदैन । त्यहाका पुराना कर्मचारीहरु भन्छन कि त्यतिबेला तिनीहरूले नक्कली दीपेन्द्रहरु तयार गर्ने कामगरे । हाल रिटायर्ड भइसकेका ती कर्मचारीहरु को बुझाइमा त्यहा नक्कली दीपेन्द्र बनाउने काम गरियो । जिउ डाल दीपेन्द्रको जत्रै भए पनि तिनीहरू एकैपटक दुईबोरा सिमेन्ट जुरुक्कै पारेर बोक्न सक्थे रे । दीपेन्द्रको कन्चटमा गोली दाहिने पट्टिबाट हानिएको थियो, जबकि उनी देब्रे हाते थिए । दीपेन्द्रको देब्रे हात चल्थ्यो । वीरेन्द्रको बंगस नासगर्नु, ज्ञानेन्द्रको परिवार कसैलाई नछुनु भन्ने आदेश सहित गएका ती विदेशी सैनिक जो दीपेन्द्र जस्तै देखिन्थे, तिनले दीपेन्द्रको देब्रे दाहिने विचार नगरी गोली हाने होलान् । यो नियोजित षड्यन्त्रको सफल मञ्चन हेरेका कतिपयलाइ दीपेन्द्रले गोली चलाएको भान पर्नगयो ।
नेपाली जनताले राजनीतिक दलहरू र तिनका नेताहरू प्रतिको विश्वास गुमाउँदै गइरहेको अवस्था थियो । राजा वीरेन्द्रको चम्किलो मुस्कान र राम्रो व्यक्तित्वका कारण नेपाली जनतालाई उनी र उनका परिवारप्रति विश्वास थियो। नेपाली जनताले उनलाई पिता सरह मानेका थिए जसले नेपाली जनताले माग्दा आफ्ना अधिकार सबै गुमाएर नेपाली जनतालाई दिएका थिए। त्यस दशकमा उनी नेपाली जनताबीच सबैभन्दा बढी लोकप्रिय थिए। तर विश्वास नै गर्न नसक्नेगरी दरबार सकियो, राजतन्त्र मासियो । यो काममा भारतको सहयोग निरन्तर रुपमा पश्चिमाहरु लाई भइरह्यो । नेपालीहरु एक्लो र अलग थलग भय । राजा वीरेन्द्रको तात्कालीन भारतीय प्रम राजीव गान्धी सङ्ग सुरु भएको कटुतापूर्ण सम्बन्धको विकास भयर यस खाले उत्कर्षमा पुग्यो । भारतीय सामु झुक्नुभन्दा आफ्नै जनतासामु झुक्ने प्रतिबद्धतामा कायम रहेर मरे राजा वीरेन्द्र । नेपाललाई पश्चिमाहरु को मुख्य कर्मथलो बनाउने उदेश्य बनाउँदै गर्दा, 1978 मा इरानमा भएको मुस्लिम क्रान्तिको घटना जस्तै सनातन हिन्दू तथा बौद्ध धर्म र तिनमा आधारित संस्कृतिको रक्षा र विदेशी चलखेल बिरुद्द नेपालमा पनि आन्दोलन हुने संका थियो तिनीहरू लाइ । त्यो डर तथा सम्भावना पूर्ण रुपमा खत्तम पार्न पश्चिमाहरु ले भारतको साथ सहयोग लिएर दुई प्रमुख कार्य सफलतापूर्वक सम्पन्न गरेका छन्, दरबार हत्या काण्ड नाम दिईयको राजतन्त्रको सफाया र माओबादी युद्द । केही वर्षको मूल्यांकन पश्चात् माओवादीले राजतन्त्र मास्न नसक्ने ठहर गर्दै पश्चिमी शक्तिहरु भारतसङ्ग मिलेर अमेरिकाको नेतृत्वमा यति क्रूर षडयन्त्र रचेकाहुन् । सार रुपमा नेपालमा राजतन्त्र त्यसैदिन अन्त्य भएको थियो जुनदिन राजा वीरेन्द्रको वंग्स नासभयो ।
यो तथ्य नेपालमा पहिले धेरैलाइ थाहाथियो । ती मध्य केही मरे, बाकी रहेकाहरु डरले कतै केही बोल्न नसक्ने अवस्थामा छन् । पुरानो पुस्ता अब सकिने क्रम मा छ, नयाँ पुस्ताले के बुझ्ने छ ? जुन कुरा उनीहरुलाई पढाइयो त्यही बुझ्ने हो । समय बित्दै गयो , नेपालमा सत्य हराउँदै गयो, झुट स्थापित भयो । राजा बनेका ज्ञानेन्द्रले चाहिँ त्यस हत्याको विषयमा कहिलै कतै केही बोलेनन् । आफू माथि मीडियाबाट उठेका प्रश्नको उत्तर पनि दिएनन् । घटनाको दुई दिन पछि उनले देश बासीका नाममा सम्बोधन गर्दा दरबारमा भएको घटनाका बारेमा ज्यादै हलका रुपमा बोकेका थिय । नागरिकको सूचना पाउने अधिकारलाई खिल्ली उडाउँदै त्यसमा भनिएको छ-आकस्मिक रुपमा स्वचालित हतियार पड्कन गई त्यसो भएको हो।
दरबार हत्याकाण्डका विषयमा समाचार तथा विचार छापेको आरोपमा कान्तिपुर दैनिकका सम्पादक युवराज घिमिरेसहित केही पत्रकार गिरफ्तार भएका थिए ।
मिडियामा प्रकाशित केही तथ्यहरु:
# आफैँले हतियार प्रयोगगरी आफैँ अचेत भएको व्यक्तिको हातबाट पेस्तोल फुत्केर कसरी पोखरीमा पुग्यो ? त्यस्तै घटनास्थलबाट जुन ढंगले सबुत प्रमाण- बन्दुक, गोली, पोशाकहरू ल्याइयो, त्यसमा पनि अपराधशास्त्रीहरूको आपत्ति छ। नेपाल ल क्याम्पसमा अपराधशास्त्रको समेत अध्यापन गर्दै आउनुभएका अधिवक्ता सुशील पन्त भन्नुहुन्छ, ‘घटनास्थलका सबुत प्रमाण नियन्त्रणमा लिँदा, अपराधीले छाडेको निशानाहरू नष्ट नहुन् भनेर हातमा पञ्जा लगाएर प्लाष्टिकले टिप्ने गरिन्छ र पारदर्शी प्लाष्टिकभित्र त्यसलाई सुरक्षित गरी राखिन्छ। तर प्रतिवेदन सार्वजनिक गर्ने दिन सभामुख तारानाथ रानाभाटले हरेक हतियार आफैँले प्रदर्शन गरेर देखाइदिनुभयो।’
# २०७५ जेठ १९ मा अनलाइन खबर पत्रिका लेख्छ : दिपेन्द्रले परिवारका सदस्यहरुलाई गोलीले उडाएको र पछि आफैलाई गोली हानेको भनेर छानविन प्रतिवेदन सार्वजनिक गरिएपनि नेपाली नागरिकहरु ले त्यसको विश्वास गरेका छैनन् ।
# दरबार हत्याकान्ड हुँदा परराष्ट्र मन्त्री चक्र प्रसाद बास्तोला थिए, उनी त्यसअघि भारतका लागि नेपालका राजदूत थिए । गिरिजाप्रसाद कोइरालाको १३ औँ दिनको पुण्यतिथिमा नागरिक दैनिकले निकालेको विशेषाङ्कमा उनले भनेका छन् – त्यो राजदरबार हत्याकाण्डमा गिरिजाबाबुलाई समेत मार्ने षड्यन्त्र भएको रहेछ भन्ने निष्कर्षमा म पुगेको छु। त्यो भोजमा गिरिजाबाबुलाई पनि बोलाउने प्रस्ताव आएको रहेछ। राजाले ‘फेमिली म्याटर’मा नबोलाऔं। पछि परे बोलाऔंला’ भनेका रहेछन्। राजनीतिले गडफिलिङ भन्छ, सामाजिक अनुसन्धानमा ‘र्यासनल’ चाहिन्छ। मलाई चाहिँ के लाग्छ भने यो भारतीय र अमेरिकीहरूको संयुक्त योजना हो। किनभने, नेपालमा भारतीय संलग्न नभई केही गर्नै सकिँदैन। र, अमेरिका यति ठूलो विश्वशक्ति छ, उसको जानकारीविना केही हुँदैन। त्यसकारण दुवै संलग्न छन्।
# नेपालका एक प्रतिष्ठित डाक्टर उपेन्द्र देवकोटाले गम्भीर बिरामी परेर थलिनु अगाडि दिएको एक टेलिभिजन अन्तर्वार्तामा भनेका थिए “मैले एक जिम्मेवार चिकित्सक हुनुको नाताले लुकेर दीपेन्द्र सरकारको रगत परीक्षण गरेको थिएँ, तर हामीलाई रगत परीक्षण नगर्नू भन्ने आदेश थियो । मैले मेरो धर्म छाडिनँ, त्यसबेला दीपेन्द्रको रगतमा कुनै नशालु पदार्थको मात्रा थिएन, तर मैले यो कुरा कसैलाई भन्न पाइनँ ।’ तर, यो विषय सरकारी प्रतिवेदनमा उल्लेख नै थिएन । काठमाडौँको सडकमा दंंगा भड्किन थालेपछि कर्फ्यु आदेश जारीथियो । ‘कसैको पनि रगत परीक्षण नगर्नू भन्ने आदेश थियो तर मैले अचेत अवस्थामा रहेका दीपेन्द्रको रगत सबैलाई झुक्याएर रगत निकालेर राखिसकेको थिएँ,’ उनले भनेका थिए । उनले घटनापछि पानी समेत नपिएको अवस्थामा झिकेको रगतमा कालो पदार्थ अथवा मादक पदार्थ लिएको नभेटिएको बताएका थिए । त्यसोभए किन दीपेन्द्र बेहोस भयर ढलेका थिए त ? कसैले खोजेनन् । दरबार हत्याकाण्ड भएको केही दिनपछि जेष्ठ २१ बाट २४ गतेको बीचमा दीपेन्द्र शाहले चलाइरहेको नम्बरमा देवयानी राणा, राजदरबार मुख्य सचिवालय, सुप्रिया शाह, डेविना मल्लको नाममा रहेको फोनमा संवाद भइरहेको थियो भन्ने तथ्य नेपाली सञ्चारमाध्यममा छापियो । यसबारे छानबिन समिति मौन थियो । बरु युवराज दीपेन्द्रले कालो पदार्थ र अल्कोहल खाएर स्वचालित हतियार चलाएको पुष्टि गर्ने प्रयत्न गरेको समितिलाई छानबिनका क्रममा दीपेन्द्रको टाउकाको शल्यक्रियाका संलग्न सेनाका चिकित्सक सहायक रथी डाक्टर खगेन्द्रबहादुर श्रेष्ठले, अल्कोहलको पार्ट कतै पनि नभेटिएको बताएका थिए । यो तथ्य छानबिन समितिले कतै पनि राखेको थिएन । चिकित्सकहरूले शल्यक्रिया अगाडि गरेको रगत परीक्षणको रिपोर्टसमेत खोज्न नचाहेको समितिले उपचारमा संलग्न डाक्टर उपेन्द्र देवकोटा, डाक्टर श्रेष्ठ, सुशीलकृष्ण शिल्पकार, अच्युत शर्मा र एनेस्थेसियन चिकित्सकसँग मृतक र घाइतेको विषयमा विस्तृत कुरा गरेको थियो । जुन तथ्य प्रतिवेदन तयार पार्दा हटाइएको थियो । यो घटनापछि राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठान को प्रयोगशालालाई समेत घटनास्थलको सबुत प्रमाण परीक्षण, निरीक्षण र पोस्टमार्टमका सन्दर्भमा बेवास्ता गरिएको तत्कालीन अनुसन्धान प्रमुख डाक्टर सेवक राम भण्डारीले गुनासो गरेका थिए । उक्त घटनाको सबै परिक्षण र नियन्त्रण सेनाको घेरामा थियो ।
# नेपालका सञ्चारमाध्यम अथवा तत्कालीन सरकारका प्रमुख गिरिजाप्रसाद कोइरालाले केही कुरा बताउन सकेका थिएनन् । नारायणहिटी दरबार पूरै सेनाको घेरामा थियो, मृतक तथा घाइतेको वरिपरि तोकिएका चिकित्सक र सुरक्षाकर्मी बाहेकको पहुँच थिएन । तर, काठमाडौँको राजदरबारमा राति ८ बजेपछि भएको यो हत्याकाण्डको लगत्तै भोलिपल्ट निस्केका भारतीय अखबारले, ‘युवराज दीपेन्द्रले प्रेमीसँगको विवाह विवादका कारण आफ्नै परिवारलाई मारे’ भन्ने दाबी सहितका खबर प्रकाशन गरिसकेका थिए । घटना भएकै रात छापिएको नवभारत टाइम्स, पञ्जाव केशरी, हिन्दुस्थान टाइम्स तथा सन्डे टाइम्सले आफ्नो समाचार विवरणमा नेपालका युवराज दीपेन्द्रले बाबुआमा तथा परिवारका सदस्यको हत्या गरी श्री ५ महाराजधिराज बन्ने सपना साकार पारे भनेर लेखेका थिए । जबकि, नेपालमा औपचारिक रूपमा यो विभत्स घटनाका विषयमा सरकारले कुनै सूचना दिन सकिरहेको थिएन । भारतीय अखबारहरुले लेखेका थिए, द म्यान हु मे नेभर किङ । अधिकांश भारतीय अखबारले एउटै प्रश्न उठाएका थिए– ‘हु इज दि गर्ल ? दीपेन्द्र इण्डिया कनेक्सन ? जसमा दीपेन्द्रले केही समय पहिले पाकिस्तान भ्रमणका अवसरमा अवलोकन गरेका स्वचालित हतियारको तस्वीर छापिएको थियो र ‘ह्वाई क्वीन स्पिक्ट दीपेन्द्रज् लभ स्टोरी’ भन्ने प्रश्न उठाएका थिए । त्यस्तै सन्डे टेलिग्राफले, युवराजले प्रेमिकाका खातिर दरबारमा हत्याकाण्ड मच्चाए, एक अर्ब हिन्दूका सम्राट मारिए भनेर समाचार प्रकाशन गरेको थियो । यसरी विदेशी सञ्चार माध्यममा एकतर्फी समाचार आइरहँदा काठमाडौँमा जेष्ठ २० गते केही अखबारले भने प्रधानमन्त्री कोइराला र प्रमुख प्रतिपक्षी दलका नेता नेपाललाई सेनाले नजरबन्दमा राख्यो भन्ने अड्कलबाजी मात्रै छापे ।
दरबार हत्या काण्ड पछाडि हालका वर्षहरु मा नेपालको निर्णायक सक्तीको रुपमा पश्चिमाहरु र भारतले खडा गरेका, पालन पोषण गरेको नागरिक समाज, पत्रकार, उच्च अधिकारी र नेताहरु स्थापित भयका छन् । सोझा नेपाली जनतालाई मूर्ख बनाईएको छ भने युवा पलायन तिब्र बनेको छ । भ्रष्टाचार व्यापक बनेर सामाजिक मान्यता प्राप्त गरेको छ र क्रिश्चियन धर्ममा धर्मान्तरण तिब्र भएको छ । एक थोपा रगत रहँदासम्म ब्रिटिश साम्राज्यसँग लडेका नेपालीहरु पहिले जति निर्भिक थिय, 2001 पछिको समयमा त्यसको ठीक उल्टो स्वभाव देखाउन थालेका छन् । मिहिनेती र स्वाभिमानी नेपालीहरु मा त्यसको ठीक विपरीत स्वभाव विकास भएको छ । भारतको कांग्रेस आईको नीतिको कारण नेपालको हिन्दू राजतन्त्र मासियो । धेरै नेपाली मान्दछन् कि यो शडयन्त्रमा भारतले पश्चिमाहरु लाई साथ दिएको थियो । राजा महेन्द्रको कार्यकालपछि राजदरबारको सम्बन्ध चीन सङ्ग राम्रो र भारत सङ्ग नराम्रो थियो । अब सनातन हिन्दू र बौद्ध धर्मका साथ साथै सयौ जनजातिहरु का आ- आफ्ना चाडबाड र मौलिक संस्कृतिहरु पनि मासिँदै गएका छन । यसबाट भविष्यमा भारतवर्षको सुरक्षामा गम्भीर खतरा उत्पन्न हुनसक्ने देखिएको छ ।
अनि भारतले तेस्तो ग्रान्ड डिजाइननै गरेको भए ज्ञानेन्द्र लाइ किन बाँकी राखेको होला ?
आफै हेर्नुस त, बाँकी रह्यो त ज्ञानेन्द्र ? भारतले मार्न पो मारेन त, फेरी सबै मर्दा, दोष भारतलाई नै जान्छ भनेर ! येही काण्डले गर्दा होइन र गणतन्त्र आएको पनि ? राजा बिरेन्द्र नै राजा भएको भए गणतन्त्र आउथ्यो होला त ?
धेरै बिद्द्वान भएकोले र भारत ले बिद्द्वान को कदर गर्ने भएकोले |