Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘मेरो चोली यति राम्रो छ, झन् भित्र के होला’ गीतमा नाच्नेलाई राष्ट्रपतिले ‘जनसेवाश्री’ मानपदवी दिने

Posted on June 3, 2014June 3, 2014 by Salokya

star-film-poster छेउको कलाकारलाई चिन्नु भो ?

ह्यात्तेरी कस्तो नचिन्नु भा’ त! यो ‘स्टार’ फिल्मको पोस्टर हो। उनलाई अस्ति भर्खरै गणतन्त्र दिवसको दिन राष्ट्रपतिबाट जनसेवाश्री मानपदवी दिने घोषणा भएको छ। यति ठूलो कलाकारलाई नचिन्ने त तपाईँ ?

उनी हुन् सुमिना घिमिरे।

आफै सिफारिश समितिमा बसेर आफैलाई मानपदवी सिफारिश गरेको भनेर विवाद आइरहेको बेला त्यस्तो सूचिमा अटाउने एक मात्र चलचित्र कलाकार हुन् सुमिना घिमिरे। नीर शाहको नाम वरिष्ठ चलचित्रकर्मीका रुपमा छ। उनले अभिनय गरेको ‘मेरो चोली यति राम्रो छ, झन् भित्र के होला’ निकै चर्चित छ।
star-film-poster
तपाईँले छुटाउनु भएको छ कि जनसेवाश्री मानपदवी पाउने हाम्री कलाकार सुमिनाको त्यो गीत ? हेर्नुस्-

कलाको माध्यमबाट जनताको सेवा गरेको भएरै त उनलाई राष्ट्रपतिबाट यस्तो पदवी दिने भएको होला। हेरौँ उनको अर्को गीत ‘लिउँ मजा, लिउँ मजा’

उनको भाषण कला पनि गजब छ। हालैको एउटा फिल्मी अवार्ड कार्यक्रममा उपाधि जितेपछि उनको भाषण-

उनी साहसी पनि छिन्। जथाभावी लेख्ने पत्रकारलाई उनी आफैले तह लगाउन सक्छिन्। अनलाइनखबरका पत्रकारलाई उनले थर्काएको यस्तो अडियो बजारमा आएको थियो-

जनसेवाश्री पदवी पाएकोमा सुमिनालाई बधाई। लोकप्रिय पात्र चयन गरेकोमा सिफारिश समितिलाई पनि धन्यवाद दिनै पर्ला।

अरु क-कसले के मानपदवी पाएका छन्, थाहा पाउन यहाँ क्लिक गर्नुस्।

43 thoughts on “‘मेरो चोली यति राम्रो छ, झन् भित्र के होला’ गीतमा नाच्नेलाई राष्ट्रपतिले ‘जनसेवाश्री’ मानपदवी दिने”

  1. Yatri says:
    July 25, 2014 at 10:26 am

    राष्तपति ज्युले पनि चोली भित्र के छ होला सोचेरै यो पुरस्कार दिन लागेको होलान नि …..कि कसो ……..!

    Reply
  2. cRIS says:
    June 6, 2014 at 1:00 pm

    पत्रकारको रेकोर्डिंग त खासै होइन, बुझ्न सकिन्छ| किन कि त्यो staged (pre-planned) थियो भन्न मिल्यो| किनकि पत्रकारले आफैले रेकोर्ड गर्दा उ आफै सयम्यित भए रे?? video clips पनि film को कथा अनुसार नै होलान रे! तर, तर यिनले राष्ट्रिय पदक पाउन योगदान दिएकी छिन भन्ने चाहि पत्यार मात्र लागेन, तर दिनेहरुको मनसुवा पनि ठिक छैन भन्ने लाग्यो| आफ्नो हात जगन्नाथ!

    Reply
  3. basant bhatta says:
    June 4, 2014 at 8:52 pm

    राष्ट्रपति वा अन्यबाट पदक पाउनुमा मेरो भन्नु केहि छैन तर सुमिनाले आँफु सेलिब्रेटी भएको कुरा बिर्सेर यसरी बोल्नु निश्चय पनि शोभनीय देखिन्न | आशा छ, भविष्यमा सुमिनाले आफुलाई सुधार्ने छिन |

    Reply
  4. alisa says:
    June 4, 2014 at 3:37 pm

    मेरो विचार मा एस्तो गीत देखाउने लाइ अवार्ड हैन censor चाही गर्नु पर्छ… demotivation for truely talented actors and actresses………. 😀

    Reply
  5. मणि says:
    June 4, 2014 at 1:27 pm

    अस्ति कैले “सन्नी लेयोनि” नेपाल आकी थिइन्, सायद जजहरुसंग भेट्न पायिनन क्यारे नत्र ……..

    Reply
  6. Prakash says:
    June 4, 2014 at 12:07 pm

    लाटोको देशमा गांड़ो तन्नेरी भन्ने उक्खान चरितार्थ हुदैछ |

    Reply
  7. Nibedan Baidya says:
    June 4, 2014 at 11:26 am

    हरे शिव…….!!! नेपाल र नेपाल का शाशक दरिद्र नै भाका हुन् जस्तो छ……!!!

    Reply
  8. Pingback: चोलीभित्र के होला गीतमा नाच्नेलाई ‘जनसेवाश्री’ दिने निर्णय कसको? « Mysansar
  9. Dipen Gurra Texas USA says:
    June 4, 2014 at 2:56 am

    यो अर्धनग्न लाइ “जनासेवाश्री” पदक दिनु भनेको अब बिन्दु
    परियार लाइ तिमि टपी देउ भनेर प्रोत्शाहन पुरस्कार हो .यो साल “जनासेवाश्री” पदक अनि अर्को साल पोर्न movie खेले पछि अझ के के श्री पदक पाउने हो कुन्नि ?

    Reply
  10. Shiba says:
    June 4, 2014 at 2:51 am

    यस्तो गीत को लेखकले के सोचेर गीत रचना गर्यो होला अनि संगीतकार अनि गायिकी ले कसरी गयो ! तेस्पछि पो सुमिना लै नचायो लौ गीतकार जो भएनी चोली सारी को गीतमात्र हैन भित्र अंग अंग रंग रंग को गीत रचोस तेही अनुसार को राग होस अंग र रंग देखाउने सुमिनाकै भाग होस

    Reply
  11. shambhu karkee says:
    June 4, 2014 at 2:14 am

    rest in peace your english..

    Reply
  12. गोपी says:
    June 4, 2014 at 12:02 am

    लौ अब कति सक्छौ नाङ्गिए हुन्छ ,
    यो गीतको नृत्य को लागि
    सुमिना ले “जनासेवाश्री” पदक पाउने भाकी छिन रे ,
    रास्ट्रपति ज्युले घोसणा गर्या रे ,,,
    यो अर्धनग्न लाइ दिनुभन्दा बरु बिन्दु
    परियार लाइ देको भा हुन्थ्यो ,,
    उनले त झन् पोर्न मुभी नै खेलेकी छिन ,,
    रास्त्रपतिले चर्चा पाउन हो या भोजपुरे
    बासना को गन्ध देखाका हुन्
    कुरो बुझिसक्नु छैन ,,
    राजतन्त्र, प्रजातन्त्र , लोकतन्त्र , गणतन्त्र
    हुदै अब “घण्टा तन्त्र” तिर प्रबेस गर्दै हाम्रो नेपाल ,,

    Reply
    1. sabin says:
      June 4, 2014 at 11:26 am

      गोपी तिमी racist रहेछौ। भोजपुरे बासना भनेको के हो? तिमी जस्तो मान्छे ले गर्दा नै मधेसी र पहाडे अनि अरु जनजाती मिलेर बस्न सकेका छैनन्। थुक्क बुद्धि।

      Reply
  13. लासाङला आपा says:
    June 3, 2014 at 11:54 pm

    यिनले पाउनु पर्ने एवार्ड पाइन यतिको सम्म त चलि हाल्छ नी साथीहरु,हलिउड र बलिउडमा चै के हुन्छ?निकै सरिप त नबनु है।Best of luck Sumina Ghimire.We are supporting you.

    Reply
  14. suzee says:
    June 3, 2014 at 10:25 pm

    खै के भन्ने , हैन अंग्रेजी मा नै किन ?????????????लौ नारायण !!!!!!!!
    नेपाली फिलिम हेर्ने दर्सक हरु ले त्यो अंग्रेजी बुझे होलान त ????

    यिनी नानी भिम गुरु जी ले अंग्रेजी भाषा पढाएको गुरुप को होलिन /
    P :S : माफ पम भिम जी , गित मा मात्र तेस्तो बोल्नुभाको होला , अंग्रेजी तपाइको राम्रै छ भन्ने मलाई लाग्छ !!तर गुरु जति राम्रो कुन पो चेला हुन्छ र ????

    Reply
  15. derwent says:
    June 3, 2014 at 9:28 pm

    खुबै गणतन्त्र आएपछी के के नै गोघो पाईन्छ भनी लागने हामी जनता को कदर खै क्यै नहुन, सुमिना घिमिरे तेस्तो खुकुलो लाएको भर मा जनसेवाश्री’ मानपदवी पाईन्, कुन दिन बिन्दु परियार ले पनि राष्ट्रपति बाट अझै “नेपाल रत्न” नै मानपदवी पाउने छिन । हाम्रो लागि त यो गणतन्त्र पछी को समय त बिकृती र कुसस्कृती को सर्म्रभर्दन गर्न को लागी जस्तो भो ।

    Reply
  16. pawon says:
    June 3, 2014 at 9:18 pm

    त्यो अवार्ड decide गर्ने चाई को रैछ….akthiar मा मुद्दा हाल्नु पर्ला जस्तो छ मलाई त संका लाग्यो

    Reply
  17. Poban says:
    June 3, 2014 at 8:34 pm

    होइन गाठे,, अंग्रेजी उनको पहिलो भाषा त होइन, किन येति ठुलो इस्यु बनाएको?? स्पेनी र इटालियन ले उनीहरुको आफ्नै लबजमा बोल्दा केहि नहुने अनि हामिले चाही बेलायेती र अम्रिकानेले जस्तो बोल्नु पर्ने??? हो उनलाई त्यो अंग्रेजी भाषा राम्रो संग आउदैन तर नेपाली चाही तपाइको भन्दा अबस्य राम्रो छ | तेसैले सकारात्मक पक्ष्य तिर बढी ध्यान दिने कि ????

    Reply
    1. Dhan says:
      June 4, 2014 at 1:52 pm

      हैन कुरा अंग्रेजी पहिलो भाषा हो या होइन भन्ने प्रश्न होइन. घोकेर आको भन्ने प्रस्ट देखिन्छ. अब नजानेसी बेकारमा सान देखौन आफ्नै बैजत किन गर्ने भनेको !! खै राजेश हमालको अंग्रेजीलै सबैलाई राम्रै भनेका छन् त | उनले पनि खैरे नै जस्तो बोल्दैनन नि | हृशी धमलाको ‘ किर्केट ‘ पाराको अंग्रेजी बोल्नु भन्दा नेपाली नै बोलेको राम्रो नि | बिचारा हृशी धमलाको त बाध्यता पनि बुझ्न सकिन्छ नि ! अहिले सम्म किर्केटको नेपाली अनुबाद पनि त छैन 😀

      Reply
  18. तेज प्रसाद अधिकारी says:
    June 3, 2014 at 7:32 pm

    हा हा हा हा… अब साच्चिकै नेपालको नाम फेरेर हाँडीगाउँ नै राख्नु पर्ला जस्तो छ, कहिँ नहुने जात्रा यहि हुन्छ त्यो पनि बार बार लगातार….

    Reply
  19. Prakash says:
    June 3, 2014 at 7:11 pm

    सन्नी लिओन नेपाल आउदा कसैको आँखामा परेन छ कि क हो ?

    Reply
  20. Dhan says:
    June 3, 2014 at 6:57 pm

    I filling aww-some. Trooli ispichless. When I watch in iis-kool….. Haha lol enjoy the rest by urself.

    Reply
  21. Shankar says:
    June 3, 2014 at 6:56 pm

    यो ” लिउ मजा लिउ मजा , दिउ मजा दिउ मजा ” ले के भन्न खोजेको ?
    एसले नब किसोर किसोरी लाइ के संदेश दिन खोजेको छ ? कोइ कोइ उप बुज्रुक ले ” फुल आँखा मा फुलाई संसार भन्ला ” फेरी | जेसुकै भनोस
    आफ्नो नितम्ब , चाक, बक्श्य्स्थल हल्ल्लायेर अर्ध नग्न भएर , लिउ मजा ,लिउ मजा यो उत्सृन्खालाको चरम सिमा हो |
    ” हाम्रो जिन्दगि पनि एक किसिम को ट्राफिक हो , नियम नमाने , कन्ट्रोल न गरे पाइला पाइला मा दुर्घटना हुन्छ ” तेसैले येस्ता गीत ब्याण्ड गरियोस | नैतिक शिक्स्या दिने गीत बनाएर पनि त् मनोरंजन दिन सकिन्छ |

    Reply
  22. friend_sujan says:
    June 3, 2014 at 6:33 pm

    साला गीत पनि के के हो अब हुदा हुदै चोली भित्र के छ रे, के छ भन्नेले यो छ भनेर देखाउन सक्नु पर्यो, होइन भने के को फुर्तिलाईराको. आज चोली भित्र के छ भन्नेले भोलि कट्टु भित्र के छ भन्ने गित गाउन सक्छन है होसियार.

    Reply
  23. nilam says:
    June 3, 2014 at 6:19 pm

    उर्बसी तिलोत्मा अप्सराहरु ठानेर पदवी दिन परेको होला |
    राजनेता विकास देख्नु भएन रत्नपार्क हो कि बम्बईको ??? बुज्नु भयो होला नि होइन !

    Reply
  24. दिपक खाती says:
    June 3, 2014 at 5:18 pm

    सुमिना घिमिरे संग कुनै रिस छैन कलाकारको सम्मान गर्ने मान्छे हु म पनि तर साच्चै हो भने — मेरो चोली यति राम्रो छ, झन् भित्र के होला’ गीतमा नाच्नेलाई राष्ट्रपतिले ‘जनसेवाश्री’ मानपदवी दिने हो भने अनि गाउनेलाई चाई के लोप्पा? संगीतकारलाई धोका ?पछि मेरो फरिया यति राम्रो छ झन् भित्र के होला भन्ने गित आयो भने को बाट कसलाई कुन मानपदवी दिने ?अन्य कुनै काम को सफलता मा हो कि कलाकारको सम्मानको लागि ?सम्मानकै लागि भए राष्ट्र गीत गाउने वा लेख्ने र नाच्ने को कमि छैन खै सबैलाई ति पदवी मिलेको छ ?आइटम डान्स को येत्रो चर्चा यहाँ ?

    Reply
  25. गगने says:
    June 3, 2014 at 4:54 pm

    लिउ मजा लिउ भन्दै चोली भित्रको कुरासंग पदक सात्या जस्तो पो छ त गाठे!
    जनसेवा पदक दिन चाहि गल्ति भयो, सारा जनताको बेइज्जत हुने गरि जनसेवा पदक दिएर पाप गर्यो रास्त्रपतिले!

    Reply
  26. Sankalpa Pandey says:
    June 3, 2014 at 4:23 pm

    जय गणतन्त्र ! येसकै लागि त आको हो गणतन्त्र ! राष्ट्रपतिले आफ्नै छोरीलाई चाही रित्तै हात पठाएछन् त ?

    Reply
  27. Dhruba Raj says:
    June 3, 2014 at 3:37 pm

    नेपाली भन्न पनि लाज लाग्ने गरि गाली गरिछन छ्या:

    Reply
  28. suresh says:
    June 3, 2014 at 3:08 pm

    OMG !
    R.I.P English……………..

    Reply
  29. Santosh says:
    June 3, 2014 at 1:43 pm

    अरु के भन्नु . एती भन्न सकिञ्छ. हे भगवान …….
    बाच्नु मात्र पर्छ के के सुन्नु पर्छ यो कान ले…..

    Reply
  30. दामोदर says:
    June 3, 2014 at 1:14 pm

    छि नि बाई ! घोकेर भाषण गरेको ! अवार्ड पाउने पहिले नै था रैछ कि क हो र ? कि एआइजीमा जस्तै ब्रिफकेशले किन्या अवार्ड हो र ?

    Reply
  31. Bindu says:
    June 3, 2014 at 1:02 pm

    चोलिके पिछे क्या है मेरा दिल है — उबेला खुबै बज्थ्यो यो हिन्दि गित , त्यै गितको
    शब्द चोरेर अनि ऐलेको त्यो शिला हरु ले कम्मर हल्लाएको कपि गरेर खुबै फ्युजन गरे
    भन्दा हुन् हाम्रा निर्देशक हरु !
    अनि पुरस्कार पनि रे !!!??? ” जनसेवा श्री ” ——————

    नेपालमा गोबर छैन र ? भारतीय गु ले लिप्नै पर्ने ?!

    Reply
  32. कमल थापा says:
    June 3, 2014 at 12:23 pm

    अति राम्रो जनसेवा, जसको कदर साइत मिलाएर गरिएछ i

    Reply
  33. Sisir says:
    June 3, 2014 at 12:21 pm

    ‘मेरो चोली यति राम्रो छ, (अब त बाहिर जनसेवाश्री मानपदवी झुन्डिएको छ) झन् भित्र के होला’ ?
    तर यिनले के तेस्तो जनसेवा गरिन हौ जनसेवाश्री पाउन ?

    Reply
  34. Shree Paudel says:
    June 3, 2014 at 11:40 am

    चपली height को हिरोनी चै छुटिचन उनलाई पनि दिनु पर्ने !

    Reply
  35. Amrit says:
    June 3, 2014 at 11:19 am

    जय देश जय भाग्य !!!!!!!!!

    Reply
  36. Bhim says:
    June 3, 2014 at 11:13 am

    एती भय पुग्यो मलाई अरु लिस्ट पढेर समय खेर फल्न चाहन्न

    Reply
  37. अनिल says:
    June 3, 2014 at 10:27 am

    मलाई इनको अंग्रेजी सार्है दामी लाग्यो 😀

    Reply
  38. sushila says:
    June 3, 2014 at 10:04 am

    छि छि , कस्तो नराम्रो बोलीबचन रहेछ / येस्ता ले नै पाउने रहेछ अवार्ड पनि Nepal मा /

    Reply
  39. sunil nepal says:
    June 3, 2014 at 8:58 am

    >>>>>>>>>>वा रे वा नेपाल<<<<<<<<<

    Reply
  40. Dr. Suman says:
    June 3, 2014 at 8:35 am

    Jesus Christ !!

    Reply
    1. Shankar says:
      June 3, 2014 at 6:59 pm

      सुमिना ले चाक हल्लाएर तपाइलाइ परमेश्वर सम्झन बाध्य पारिछान | धर्म पनि ५० -५०

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme