Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

वामदेवको आलोचना हुँदा शंकर छक्क, ‘वामदेव बचाऊ’ अभियान सुरु

Posted on May 27, 2014 by Salokya

photo (6) सामाजिक सञ्जालमा अरु पार्टीका नेताहरुबारे तीखो विचार राख्ने नेकपा (एमाले) का सचिव शंकर पोखरेललाई यस पटक गृहमन्त्री वामदेव गौतमको आलोचना भएकोमा फिटिक्कै चित्त बुझेको छैन। खासमा शंकर काम्रेड एमालेको गुटबन्दीमा ओली-वामदेव पक्षका हुन्। त्यसैले पनि उनलाई वामदेवको आलोचना सुन्दा चित्त नबुझेको हुनसक्छ।

ट्विटरमा दिनभर ट्विटेहरुले वामदेवलाई उडाएपछि शंकर काम्रेडको पनि तेस्रो नेत्र खुल्यो। राति ११ बजेर १४ मिनेटको साइटमा एउटा ट्विट ठोक्दिए- “जुलुसका कारणले सडक जाम भएको अवस्थामा अाफ्नो गन्तव्यमा पुग्न सडकमै अोर्लिएका गृहमन्त्री बारे नकारात्मक टिप्पणीको बाढी देख्दा अचम्म लाग्यो।” ट्विटे पनि के कम, दिन थालिहाले जवाफ त्यसैमा। ट्विटरमा मात्र हैन, अनलाइनमा समेत वामदेव बचाऊ अभियान सुरु भएको छ।

सबैभन्दा पहिला शंकर काम्रेडको ट्विट हेरौँ-

जुलुसका कारणले सडक जाम भएको अवस्थामा अाफ्नो गन्तव्यमा पुग्न सडकमै अोर्लिएका गृहमन्त्रिका वारे नकारात्मक टिप्पणीको वाढी देख्दा अचम्म लाग्यो ।

— shankar.pokhrel (@shankarpokhrel8) May 26, 2014

यसमा केही ट्विटेहरुको जवाफ हेरौँ

@shankarpokhrel8 गलत कामलाई गलत भन्नुस् कमरेड । नियम तपाईहरुका लागि पनि त होला नि हैन ? कि संविधानमै लेखम्, नेतालाई कानुन लाग्दैन

— Ganesh Karki (@paniphoto) May 26, 2014

@shankarpokhrel8 असाध्यै लाजमर्दो कुरो लेख्नुभो शंकरजी । चरम लज्जा ! सडकमै ओर्लिएपनि बाटो काट्न मिल्ने ठाउँ बनाएका छैनन् सडकमा ?

— शब्दचित्र (@Sabdachittra) May 26, 2014

@shankarpokhrel8 शंकर जि कम्तिमा तपाइबाट यस्तो आशा थिएन। नडराइ भन्नुस, गृहमन्त्रिले गल्ति गर्नु भो।

— Nepal Speaks (@NepalSpeaks) May 26, 2014

@shankarpokhrel8 हो काम्रेड ! १०० किलोको फूलमालाले अबिर जात्रा गर्नु पर्ने वहाँलाई !

— Prakash Pyakurel (@PyakurelPrakash) May 26, 2014

अनलाइन आऊ, वामदेव बचाऊ!

सामाजिक सञ्जाल वामदेवविरुद्ध हुन थालेपछि एमालेले त्यसको प्रतिकार गर्न अनलाइन पोर्टललाई अघि सार्न थालेका छन्। एमाले नेताहरु संलग्न नेपालपाटी अनलाइनमा हिजो वामदेव गौतमलाई ट्राफिक व्यवस्थापन गर्न सडकमा खटिने महान् व्यक्तित्वका रुपमा प्रस्तुत गरिएको थियो। यहाँ क्लिक गरी हेर्नुस्

नेपालपाटीको प्रचारले नपुगेर आज उज्यालो अनलाइन पनि वामदेव बचाऊ अभियानमा सहभागी हुन पुगेको छ। माइसंसारले हिजै वामदेवले किन बाटो काटे भनेर ब्लग लेखिसकेको भए पनि उज्यालोले आज लेखेको छ– गृहमन्त्री गौतमले रत्नपार्कमा किन बाटो काटे भन्ने चाहीँ कसैले भन्न भ्याएका छैनन्।

वामदेवलाई बचाउने हिसाबले लेखिएको उज्यालोको त्यो समाचारमा बेनामी स्रोत उद्‌धृत गरिएको छ। लेखिएको छ ‘रत्नपार्कमा ट्राफिक व्यवस्थापनमा खटिएका एक प्रहरी अधिकृतका अनुसार’।

लौ अब पत्याउने कुरा हो त यो, देशको गृहमन्त्री जस्तोलाई बचाउ गर्ने कुरा अर्थात् चाकडी र प्रमोसनको सुवर्ण अवसर पाउने बेलामा पनि कसैले नाम नलेखिदिनु होला भन्छ होला त ? फेरि समाचारमा नाम बताउन नचाहने ट्राफिक प्रहरी अधिकृत पनि लेखिएको छैन। कि समाचार लेख्ने वा लेख्न लगाउनेलाई को खटिएको थियो नामै थाहा थिएन ?

त्यसरी नामै बिना ‘रत्नपार्कमा ट्राफिक व्यवस्थापनमा खटिएका एक प्रहरी अधिकृतका अनुसार’ लेख्ने हो भने भरे अर्को वामदेवविरोधी अनलाइनले गृहमन्त्रीकै गल्ती हो भन्दै उही ‘रत्नपार्कमा ट्राफिक व्यवस्थापनमा खटिएका एक प्रहरी अधिकृतका अनुसार’ लेखे भने कुन चाहिँले लेखेको सही मान्ने ? पाठकले कसरी बुझ्ने ?

फेरि वामदेवलाई बचाउने नाममा ट्राफिक प्रहरी भनेर लेख्दै अरुको विचार लेख्दा पनि अलि तथ्यपूर्ण लेख्दा त हुन्थ्यो नि। हेर्नुस् त समाचारमा के लेखिएको छ-

‘बीच सडकमा ओर्लिएर जुलुसमा मिसिन डोरी नाघ्नुको अर्को विकल्पै थिएन’ प्रत्यक्षदर्शी ट्राफिक प्रहरीले भने ‘सडक लेन छुट्याउन भोटाहिटी चोकदेखि बागबजार चोकसम्म लमतन्न डोरी टाँगिएको छ । अलि पर डोरी नभएको खाली ठाउँमा पुग्न पनि गाडीको जामले गर्दा सम्भव थिएन ।’

ती ट्राफिक प्रहरीका अनुसार गृहमन्त्री गौतमले नियम अटेर गरेर डोरी नाघ्नुभएको होइन । उनले अझ प्रष्ट्याउँदै भने ‘जुलुसले गर्दा सडक जाम भयो । सबै गाडी रोकिए । उहाँको गाडी पनि रोकियो । गाडी रोकिएपछि उहाँ झर्नुभयो । अनि नजिक रहेका पार्टीका नेता कार्यकर्ता भएको ठाउँमा पुग्नुभयो । कि डोरी काटेर जानुपर्थ्यो, कि नाघ्नुपर्थ्यो । यो त ठूलो कुरा नै होइन । मान्छेलाई नियमित आइपर्ने एउटा बाध्यता जस्तै हो । ढोका बन्द हुँदा जसरी झ्यालबाट निस्कुनपर्थ्यो, गृहमन्त्रीले त्यसै गरेका हुन्।’

लौ को रहेछ यो ट्राफिक प्रहरी, जसलाई कहाँदेखि कहाँसम्म डोरी टाँगिएको नै थाहा छैन। भोटाहिटी चोकदेखि बागबजार चोकसम्म डोरी टाँगिएको भए वीर अस्पतालबाट रानीपोखरी-जमल जानु पर्नेहरु कहाँबाट जाने हुन् ? अनि घण्टाघरतिरबाट बसपार्क-सभागृह पनि कसरी जाने हो?

खासमा कुरा के हो भने वीर अस्पतालतिरबाट आउँदा दुई वटा बाटो हुन्छ विकल्प- एक सीधै दरबार हाइस्कूल-रानीपोखरी हुँदै जाने, अर्को- रत्नपार्कतिर मोड्ने। रत्नपार्कमा रत्नपार्कको गेट पुग्नुअघि नै टेम्पो रोक्ने ठाउँ हुन्छ। त्यहाँ एउटा जेब्रा क्रस छ। त्यहीँ गाडी रोकेर गणेश मन्दिरतिरबाट हिँड्दै शान्तिबाटिका पुग्न सकिन्थ्यो।

अर्को विकल्प चाहिँ रानीपोखरी-घण्टाघर हुँदै महानगरी प्रहरी आयुक्तको कार्यालयअगाडितिरको बाटोबाट घुमेर शान्तिबाटिका पुग्न सकिन्थ्यो।

डेढ सय जति मान्छे भेला भएको त्यो जुलुसले खासै ठूलो जाम भएको पनि होइन। जाम भएको भए पनि पारीपट्टी अर्थात् शान्तिबाटिकाको लेनपट्टी भएको होला, यता रत्नपार्कको गेटपट्टी थिएन, जहाँबाट गृहमन्त्रीले बाटो काट्न खुट्टा उचाल्नुपरेको थियो।

बरु गृहमन्त्रीको गाडी र अगुवा पछुवाहरु रोकिँदा त्यहाँ जाम भएको थियो। गृहमन्त्री वीर अस्पतालतिरबाट रत्नपार्क मोडिनुको
साटो रानीपोखरी-घण्टाघर हुँदै शान्तिबाटिका पुगेको भए यो खुट्टा उचाल्ने झण्झट हुँदैन थियो। दोष गृहमन्त्रीको गाडीको रुट कसले बनायो, त्यसको बढी हो।

यति सजिलो कुरालाई पनि घुमाइफिराई गृहमन्त्री नै सही हो भन्ने गरी ‘वामदेव बचाऊ’ अभियानमा नाम बिनाको ट्राफिक प्रहरीलाई अघि सारेर आफ्नो विचार राख्न जरुरी थियो र ? ट्राफिकले पनि कहीँ नियम उल्लङ्घन गर्नु ठीक हो भनेर मिडियालाई प्रतिक्रिया दिन्छ र ? दिए पनि चाकडीबाजले दिन्छ, जसलाई आफ्नो नाम उल्लेख गर्न कुनै कठिनाइ हुन्न।

यो पनि हेर्नुस् हिजोको ब्लग कहाँ जाँदै थिए डोरी नाघेर गृहमन्त्री वामदेव? त्यो फोटो खिच्ने पत्रकार यसो भन्छन्

उज्यालो किन वामदेव बचाऊ अभियानमा लाग्यो होला त ? किनभने उज्यालोका हर्ताकर्ता गोपाल गुरागाइँ २०४३ सालताका रिपोर्टरका रुपमा कम्युनिस्ट पार्टीको मुखपत्र ‘प्रकाश साप्ताहिक’ मा काम गर्थे। त्यतिबेला उनका समकालीन थिए नारायण ढकाल। उनै ढकालले साझा प्रकाशनद्वारा प्रकाशित आफ्नो पुस्तक ‘तीन संवत्सर’मा त्यतिबेला पत्रिकामा एक जना कर्मचारी घटाउनु पर्दा कसलाई निकाल्ने भन्नेबारे पार्टीले गरेको छलफलमा गुरागाइँ ‘एसएलसी पासमात्र भएकोले अरु पेशामा लागेर आफ्नो परिवार धान्न नसक्ने’ निश्कर्ष निस्किएको पुस्तकमा लेखिएको यसअघिको ब्लगमा लेखिसकिएको छ। छुटाउनु भएको भए यहाँ क्लिक गरी हेर्नुस्।

34 thoughts on “वामदेवको आलोचना हुँदा शंकर छक्क, ‘वामदेव बचाऊ’ अभियान सुरु”

  1. hongchhen says:
    May 29, 2014 at 1:37 pm

    पछाडी को ढोका बन्द भए पो झ्याल बाट भित्र पस्नु अगाडी को ढोका बन्द छ भन्देइ मा तेसो गर्नु पाइन्छ, के पछाडी को ढोका चाही खोया हो??

    Reply
  2. shanti says:
    May 28, 2014 at 4:27 pm

    वामदेवले गरेको गल्ती भन्दा शंकर पोखरेलले गरेको वचाव देखेर लाज लाग्यो ।

    Reply
    1. नेपाल बहादुर शिंह says:
      May 31, 2014 at 1:19 am

      प्युठान बाट बर्दिया झरेर बर्दियाका थारुहरुको जग्गा हडपेर त्यहि थारुलाई कमैया बनाउने
      नक्कली बामपन्थी बामदेब २०४५ साल तिर सुकेको सिन्का जस्तो थियो,आहिले भ्यागुता फुले झैं गजवले फुलेछ ! हुनत नेपालका बामपन्थिहरु २०४६ साल पछि सब गाडीको टायरमा हावा हाले झैं टनक्क टनक्क परेर फुलेको देखेको छु!नाम बामपन्थी,नीति चाहिं खामपंथी,किन भने हिजो बेजोडले भोकाएका थिए नि,
      “तराइको थारुहरुलाई कमैया बनाउने हरु सब धाधिंग,दाङ्ग,प्युठान,लम्जुङ्ग,कास्की,
      भोजपुर,खोटांग रामेछाप,ओखल्दुङ्ग,पाँचथर,डोटी,डडेल्धुरा,सुर्खेत,आदि इत्यादिका बाजेहरू नै बढी मात्रमा छन् !

      Reply
  3. Lal says:
    May 28, 2014 at 4:21 pm

    मा प से = मादक पदार्थ सेवन
    बा मे क्र = बाम देव क्रश …. भनेर ट्राफिकले समाउने title बनाऊन पो तुर्क्याउन pose अवातार लिनु भएको हो | राम्रो काम त गर्न नै नहुने भो …

    Reply
  4. neerose says:
    May 28, 2014 at 3:15 pm

    अलिकति बिबेक चेतना र नैतिकता नभयको यास्ता नाइकेहरु देशमा नेता बनेर उप प्रमा सम्म पुग्दछ!
    धिक्कार छ यो देश, देश भन्दापनि तिनीहरुलाई जसले यस्तालाई नेता मानि नेता बनाउन आफ्नो मत दाङ गरे तिनीहरुलाई धिकार छ!
    थुक्क:!

    Reply
  5. Mr. Poudel says:
    May 28, 2014 at 2:05 pm

    अर्को खबर, प्रधान मंत्रिजिउ भारत भ्रमणमा जानुभएकै दिनमा बामदेवले टिकाभैरवमा ठप्पभएका क्रसर उद्ध्योगहरु अबैधरुपमा संचालनमा ल्याएकाछन् | यसकोकारणले बिशेष गरेर नक्खु जेल देखि एकान्तकुना र नक्खुदोबाटो चोकसम्मको भर्खरै मात्र कालोपत्र गरेको बाटोको हालत नक्खु खोला तरेर आउने सयौं टिप्परहरुले खराब पार्नथालीसके |

    के भन्नेयार यो देशमा…

    Reply
  6. Robin Sharma says:
    May 28, 2014 at 12:42 pm

    अर्को पिता पत्रकारिता को उदाहरण आजको online खबर को article ले बोल्छ !
    http://www.onlinekhabar.com/2014/05/204515/#sthash.eGtSrael.dpuf

    Reply
  7. Ajeya Sharma says:
    May 28, 2014 at 11:36 am

    एउटा राजा गए, अरु महाराजाहरु आए,
    भन्दै थिए सामन्तलाई फाल्नुपर्छ,
    बिडम्बना
    आज आफै महासामन्त भए,

    हग्नेलाइ भन्दा देख्नेलाइ भो लाज,
    थाह छैन कता जादै छ हाम्रो देश आज ..

    Reply
  8. Madan says:
    May 28, 2014 at 11:15 am

    मेरी बास्सै कहाँ बामदेवले डोरी नाघेका हुन् नि ! त्यो त जुलुस मा हिड्दा डोरी मा अल्झेका पो हुन् त ! कि कसो शंकर कामरेड ? नपत्याए ‘रत्नपार्कमा ट्राफिक व्यवस्थापनमा खटिएका एक नाम थाहा नभएका (बेनामी) प्रहरी अधिकृतलाइ’ सोधे भै हाल्यो नि ।

    Reply
  9. Sangam Bhusal says:
    May 28, 2014 at 10:59 am

    शंकर पोख्रेललाइ पनि पार्टीको कुनै पदमा बस्न बामदेवको सहयोग चाहिन्छ | बचाऊनु त पर्यो नि बिचरा | यस्तै हो संसार “ढुंगाको भर माटो माटोको भर ढुङ्गो” ||

    Reply
  10. Jeevan says:
    May 28, 2014 at 10:56 am

    गृह मन्त्रीको नया पत्रिकाको समाचार र फोटो देखें पछी ट्राफिक प्रहरीको हाकीमले नैतिकताको आधारमा राजिनामा दिनु पर्ने ।
    ट्राफिक प्रहरी खाली लाईसेन्स, ब्लुबुक र मापसे मात्रै चेक गरी सर्वसाधारण संग रु १००० जरीमाना गरी १५% कमिसन खाने ???

    Reply
  11. sahid thakuri says:
    May 28, 2014 at 7:49 am

    नेपालमा नेताहरु नियेम कानुन भन्दा माथि छन् . तेसैले बामदेव जी ले गर्नु भए को काम कानुन भमोजीम नै छ. नेता हरुलाई कानुन भन्दा माथि राखने नेपाली हरुलाई बधाई छ.

    Reply
  12. भुवन says:
    May 28, 2014 at 12:08 am

    बामदेव कमरेडले सरासर गल्ति गरेका छन्| गृहका भार सम्हालेका मन्त्रिले यस्तो उदाहरण पेश गर्नु शर्मनाक छ|
    शंकर पोख्रेलले उनको बचावमा ओर्लेर झन् ठुलो गल्ति गरेका छन्|
    एमाले भनेको थर्ड क्लास कम्युनिस्ट हो र पुँजीवादी कम्युनिस्ट हो भनेर भन्थे एकजना पुर्ब कमरेडले| हो क्यारे|

    Reply
  13. rabindra says:
    May 27, 2014 at 9:15 pm

    चोरलाई चोर भन्न नहुने बामदेवले गक्त्तिगर्यो भन्न पनि नहुने कस्तो बिडम्पन्ना हो यो देश कसरि चल्ला

    Reply
  14. Bikash says:
    May 27, 2014 at 8:30 pm

    From now onwards. every pedestrian must carry this picture along with him and cross the road in a similar fashion. If in case any traffic police tries to stop us. we can show the same picture.

    The other scenario can be that we all can send our Home Minister a bouquet of flowers with this photograph on it and ask him to ‘Get well Soon.’

    Reply
  15. kedar says:
    May 27, 2014 at 6:53 pm

    नियम कानुन नामिचिकन र गुण्डा नपालीकन नेता हुने भनेको त आठौँ आश्चर्य हुन भो नेपालमा

    Reply
  16. Maheswor says:
    May 27, 2014 at 5:53 pm

    फोटोग्राफरलाइ मेरो बधाई
    Right time right place and perfect shoot

    Reply
  17. Sarswati Bhusal says:
    May 27, 2014 at 5:31 pm

    फोटोग्रफेर लाई धन्यवाद
    बर्सको सरबोत्क्रिस्ट फोटो

    Reply
  18. Rai, Narhang says:
    May 27, 2014 at 4:57 pm

    शंकर पोख्रेल जी, उच्छ पदमा रहेका जिम्मेवारी महासयहरुमा नैतिकता छ भने तेस्को बचाउ गर्नुस, प्रचलित कानूनको बचाउ गर्नुस र नेपाली जनताको विचार अनि नेपाल राष्ट्राको इज्जतको बचाउ गर्नुस, न कि पदीय नैतिकता, पदीय जिम्मेवारी र पदीय हैसियत पालना नगरी नियम कानून मिच्नेलाई……….

    नियम कानून भन्दा आफूलाई माथि ठान्ने र नियम कानून उल्लंघन गर्नेको बचाउ गर्नु भएको देखेर सम्पूर्ण चेतनशील नेपाली जनता अचम्म मात्र होइन आश्चर्य चकित छन्……….

    Reply
  19. eklavya says:
    May 27, 2014 at 4:38 pm

    आफ्नो घांटीमा आएपछि त जताबाट नि फड्को मार्न तयार यी बामेहरु संबिधान लेख्न नि तेसरी नै हतारिए त हुन्थ्यो …खरेल जस्तोलाइ कारबाही गर्न कत्ति नि धिलोसुस्ती देखाएन कहिले आउला यी बामेहरुलाई देशभक्ति को सानो तृष्णा …

    Reply
  20. Shankar says:
    May 27, 2014 at 4:36 pm

    येस्ता को हात मा नेपाल को सत्ता भएपछी देश को हालत के होला ?

    Reply
  21. LAX from JAPAN says:
    May 27, 2014 at 3:50 pm

    एमालेहरु हाइजम्प गर्न सक्ने यस्ता फुर्तिला वामदेवलाई अदक्ष नबनाएर किन त्यो रोगी ओलीलाई बनाउन लागेका होलान्?

    Reply
    1. Rajesh rai says:
      May 28, 2014 at 9:07 am

      दामी दामी अतिनै दामी तपाइको यो कमेन्ट लै त् १०० मा १५० दिन्छु म / १०० पुर्नांक ५० मेरो तर्फ़ बात बोनस /

      Reply
  22. amir says:
    May 27, 2014 at 3:44 pm

    Shame on this Man!! He is the Home Minister of Nepal. His reluctancy to obey the simple rules of Roads as pedestrian disqualifies him as the leader of this Nation. This is absolutely awful picture of him. Every day i spent around 20-35 minutes of my time to find zebra crossing or over head bridges to cross the road. Even when i am doing right thing my life is at risk because of unethical drivers of this country. Yes that includes a micro bus driver, a black goggled driver in a pimping Range Rover and vehicles of Foreign Consulates with blue Plates. This is beyond my capacity to bring all these unethical junkies to the right path because there are many who feels prestigious to walk towards the path shown by honorable home minister. All i wanted to say is ” A great life is not about huge great things its about small things that makes a difference.” Lets Change ourselves and our habit. Lets find that zebra crossing to cross the road and lets show our power as pedestrian. Together we can bring this change.

    Reply
  23. Dhruba Raj says:
    May 27, 2014 at 3:20 pm

    शंकर जी पुराना पुस्ताको चलखेल सकिए पछि तपाई हरूबाट जनताले केहि हुन्छकी भनेर आस गरेर बसेका थिए यसरि जनताको आशालाई निरासामा नबदलिदिनु हुन् अनुरोध गर्दछु

    Reply
  24. Dhital says:
    May 27, 2014 at 3:13 pm

    हो सबै मिलेर बामदेवलाइ त बचाउनुपर्छ नत्र त त्यो रमेश खरेल भन्नेले अथवा अरु कुनै देशभक्तले भोलि बामदेव सत्तामा नभएको बेलामा कारवाहीको नाममा बामदेव र के पी ओली अनि अरु नेताका गुण्डालाइ सिध्याउन बेर लाउदैनन ! रमेश खरेल त ज्याद्रो पो छ त कसैसंग डग्दैन ! त्यसलाई जहाँ पठाएपनि जे गरेपनी देशभक्ति गर्छ अनि गुण्डा, चोर, डाका अनि देशद्रोहीलाइ त खत्तम नै पो पार्छन त हो !! अब बामदेवलाइ बचाउने अभियान नै चलाउन के के गर्ने हो सार्बजनिक गारिदेओ ! पढेलेखेका बिद्यार्थी टायर बाल्न आउछन !
    जय मेरो देश नेपाल !!!!

    Reply
  25. kumar shrestha says:
    May 27, 2014 at 2:40 pm

    चोरलाई चोर भन्न नहुने बामदेवले गक्त्तिगर्यो भन्न पनि नहुने कस्तो बिडम्पन्ना हो यो देश कसरि चल्ला

    Reply
  26. Madan says:
    May 27, 2014 at 2:06 pm

    त्यो जुलुस कसको हो त ? आफै जुलुस निकालेर सडक जाम बनाउने, अनि जुलुस ले गर्दा नियम मिच्न बाध्य भएको भन्ने ? के त्यसो हो भने सडक जाम भयो भन्दैमा सवारी साधन सडक पेटी बाट चलाउने ?

    खान नपाएर सडक पेटी मा बाध्य भएर पसल थाप्नेलाइ, पार्किंग स्थल नभएर सडक छेउ मा बाध्य भएर पार्किंग गर्नेलाई, वा त्यस्तै त्यस्तै बाध्य भएर नियम मिच्नेलाइ साधारण जनतालाई चाहिं किन कारवाही गर्ने त ?

    Reply
  27. डिल्ली says:
    May 27, 2014 at 1:03 pm

    लाज सरम पचाउनेको बचाउ गर्नु भनेको आफैँ निर्लज्ज हुनु त हो ।

    * कुकुरले तुर्क्याउन ठीक्क परे जस्तो अवस्थामा काम्रेड बामदेव उर्फ दामदेव उर्फ दामरेट !
    * भोटे कुकुर, लुते कुकुर, विदेशी कुकुर भने जस्तो ठ्याक्कै देखिए त दामदेव …… चाहीँ नभनि हालौँ कि ।

    Reply
  28. rabin says:
    May 27, 2014 at 12:59 pm

    ठुला मान्छेले जे गरे पनि हुन्छ . उनिहरुलाई कानुन लाग्दैन . सबै कानुन जनतालाई मात्र हो.

    Reply
  29. Madan Gurung says:
    May 27, 2014 at 12:43 pm

    म त झन् देशका नेता को चर्तिकला देख्दै हर हये,अचम्म त सानो कुरो हो,बामदेव को पुच्छर हरु लै. होइन गल्ति गरेसी सर्बजिक रुपमा माफी माग्नु पर्छ. सानो गल्तीले ट्राफिक नियम को उन्लंगन वायो कि भएन. कारबाही अगाडी बधौनुस .

    Reply
  30. कमल नेपाल says:
    May 27, 2014 at 12:31 pm

    ‘एक लज्जा परित्यज्य, सर्बत्र बिजयी भवत’- अर्थात भएको एउटा लाज पनि त्यागेपछि मानिस सबैतिर बिजयी भएको ठान्दछ — बामदेव शक्ति र पैसाले मात्तिएर, दाम्लोबाट फुत्केको गोरु जस्तै बरालिएर नियम कानुन लाई मिच्दै हिन्दैछन । रमेश खरेल देखि अलिकति डराउथे, अब उनलाई पनि घोक्रेठ्याक लगाईहाले..। अनि शंकर जस्ता लाई खेताला लगाउदैछन …।
    फेरि भन्नै पर्ने हुन्छ..यस्ता नेतालाई भोट हालेर जिताउनु पर्ने हामी नेपालीलाई कुन बाध्यता आइलागेको थियो र मंसिर ४ को चुनाबमा । गल्ती त नेपाली जनताबाट भएकै हो; यस्ता नेताहरु जो सुन तस्करी देखि गुण्डा नाईकेको रुपमा बदनाम थिए, तिनैलाई पुन जिताएर शासन सत्ता सुम्पन पुग्यौ । मंसिर ४ को चुनाब हामी नेपाली जनताको लागि साच्चिकै कालो दिन नै हुने भयो त ?

    Reply
  31. Hari Prasai says:
    May 27, 2014 at 12:14 pm

    All I can say is “He has to learn lot of thing in his life.”

    Reply
  32. Ram Raj says:
    May 27, 2014 at 11:52 am

    नेताका मात्र हैन हामि जनताका पनि चासोका बिसय कति गम्भीर हुदा रैछन भन्ने कुरा आज को बामदेब को “सडक को डोरी नाघेको ” फोटो ले चरितार्थ गरिदिएको छ |

    ..सानु तिनु पो समाचार बन्नु …. ‘भारत मा मोदी प्रधान मन्त्रि बने भन्दा चर्को प्रचार प्रसार छ त लौ .. . 🙂

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme