अन्ततः ‘नागरिक’ का प्रधान सम्पादकले दिलशोभा श्रेष्ठको समाचारमा क्षमा मागेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले दुई महिना अनुसन्धान गरी तयार पारेको प्रतिवेदनमा ‘अरु आरोप पुष्टि भए पनि यौन दुराचारको आरोप पुष्टि हुन नसकेको’ भन्दै पहिलो पेजमा प्रधान सम्पादकले क्षमा मागेका हुन्। ‘नागरिक’ले समाचार गलत भएकोमा माफी मागेको यो पहिलो अवसर हो। यसअघि डा. भक्तमान श्रेष्ठ अपहरण कान्डमा माओवादी संलग्नता रहेको भन्दै ‘बेपत्ता डाक्टर माओवादी कब्जामा’ शीर्षकमा अपहरणमा छापेको समाचार प्रहरी अनुसन्धानले गलत साबित गरिसक्दा पनि यो समाचार छाप्ने ‘रिपब्लिका’ र ‘नागरिक’ले अहिलेसम्म माफी मागेको छैन। त्यतिबेला दुई पत्रिकाको सम्पादकीय नेतृत्व गर्ने तत्कालीन ‘रिपब्लिका’का सम्पादक अमित ढकाल र ‘नागरिक’का सम्पादक नारायण वाग्लेले अहिलेसम्म यो विषयमा सार्वजनिक रुपमा केही बोलेका छैनन्। ‘काठमाडौँ पोस्ट’मा हुँदा रस्सेन्द्र भट्टराई कान्डमा एक पटक परिसकेका प्रतीक प्रधानले भने यस पटक यो कान्डमा ‘नागरिक’का प्रधानसम्पादकको हैसियतमा माफी मागेर नैतिकता देखाएका छन्। तर उनको नेतृत्व चुकेको छ।
वास्तवमा दिलशोभाको समाचारमा ‘नागरिक’ सुरुदेखि नै चुकेको थियो। ‘नागरिक’को समाचारको शीर्षक र लिडलाइन (समाचारको पहिलो वाक्य) बचाउ गर्न सकिने खालको थिएन। माइसंसारले यससम्बन्धी ब्लगमा जिल्ला प्रशासन कार्यालयमा परेको उजुरीको पूर्ण विवरणसहित ‘आमाघरकी दिलशोभाविरुद्ध गम्भीर आरोप, सिडिओमा उजुरी, बालबालिकालाई सुरक्षित राख्न रेस्क्यु गरिने’ शीर्षकमा ब्लग राखेको थियो। ‘यौन दुराचार’ ‘नागरिक’ले आविस्कार गरेको शब्द थियो। उजुरीमा कतै पनि ‘यौन दुराचार’ लेखिएको थिएन। उजुरीमा बरु ‘अनैतिक काम’ भनिएको छ। तर नागरिकले शीर्षक छाप्यो- दिलशोभालाई ‘यौन दुराचार’को आरोप। त्यसैगरी समाचारको ‘लिड’मा लेखिएको थियो- ‘आमाघर’को नाममा वृद्धा र अनाथ बालबालिकाको स्याहारसुसार गरेर चर्चामा आएकी समाजसेवी दिलशोभा श्रेष्ठ ‘आश्रयको आवरणमा यौन दुराचारका क्रियाकलापमा संलग्न रहेको’ तथ्य फेला परेको छ। उनको आश्रममा वृद्धासहित ५३ बालबालिका छन्। यो ‘तथ्य फेला परेको’ कुरा समाचारमा कतै पनि भेटिँदैन। यसले उजुरीमा उक्त कुरा लेखिएको भन्दा पनि आफैले खोजेर तथ्य फेला परेको जस्तो भान दिन्छ। उजुरीमा रहेका १६ बुँदा नै गम्भीर थिए। ती मध्ये सबैभन्दा कमजोर बुँदालाई ‘नागरिक’ले मुख्य विषय बनाएर उठाउँदा अरु गम्भीर र बलिया बुँदा ओझेलमा परे। पत्रकारितालाई पनि यो ठूलो पाठ हो।
यो प्रकरणबाट पत्रकारले कमजोर बुँदालाई बढी हाइलाइट गर्दा त्यसैमा बहस अल्झिएर बलिया बुँदामा समेत ध्यान कम जाने गरी कमजोर हुने पाठ सिकाएको छ।
त्यो समाचारलाई त्यसरी यौन दुराचार भनेर सेन्सेसनलाइज गर्नुपर्ने जरुरी पनि थिएन। तर ‘डेस्क’ ले बढी सेन्सेनलाइज गर्न खोज्दा चुक्न पुग्यो।
त्यो समाचारमा अवैध रुपमा बालबालिका राखिएको र बाल कल्याण समितिले त्यो दिन रेस्क्यु गर्दैछ भन्ने विषय नै ठूलो इस्यु थियो। मलाई त रेस्क्यु नै ठूलो विषय जस्तो लागेको थियो र त्यही शीर्षक बनाएको थिएँ। ‘अनैतिक काम’को पनि उजुरी छ है भनेर अडियो चाहिँ राखिदिएको थिएँ। माइसंसारले कहिले पनि ‘यौन दुराचारका क्रियाकलापमा संलग्न रहेको तथ्य फेला परेको’ जस्ता शब्द प्रयोग गरेन। बरु उजुरीको पूर्ण विवरण र त्यसैमा संलग्न केही अडियो र भिडियो प्रमाण राखेको थियो।
सुरुको त्यो गल्तीलगत्तै ‘नागरिक’ले ‘यौन दुराचार’को बारेमा अनुसन्धानले पुष्टि नगरुन्जेल शब्दलाई फिर्ता लिँदै अरु विषयमा लगातार फलोअप गर्न सक्नु पर्थ्यो। तर परिवार भएकै घरका बालबालिकालाई अनाथ भनेर त्यहाँ राखिएको, आश्रय दिने भनेर अरुको घरमा काम गर्न पठाएको, बालबालिकामाथि दुर्व्यवहार भएको, विदेश पठाएको, आर्थिक हिनामिना जस्ता विषयलाई पनि उठाउन ‘नागरिक’ चुक्यो।
फोन संवाद कोसित ?
मोबाइलमा रेकर्ड भएको त्यो अडियोमा २०१४ जनवरी १६ (माघ २) को १९:१० को मिति भए पनि प्रहरी प्रतिवेदनले त्यो समयको कल डिटेलमा कुनै फोन सम्पर्क भएको नदेखिएको भन्दै त्यही मितिको आसपासको समयलाई आधार बनाएको छ। त्यो आसपासको समयमा दुई महिला र एक पुरुषसँग सम्पर्क भएको रहेछ। दुई महिला तिनै थिए जसको समाचार यसअघि विभिन्न मिडियामा आइसकेको छ। पुरुषले चाहिँ बयानमा वृद्धालाई राख्न फोन गरेको दावी गरेका रहेछन्। यही आधारमा प्रतिवेदनले त्यो अडियो कालिमाटी निवासी राधिकासित नै भएको निश्कर्ष दिएको छ।
अरु के छ प्रतिवेदनमा ?
यो बाहेक अरु केही गम्भीर विषय भने प्रतिवेदनले पुष्टि गरेको छ। अवैध रूपमा बालगृह सञ्चालन गरेको,आमाघरमा राख्न पठाएका चार बालबालिका फेला नपरेको,संस्थामा आएका सहयोग सामाग्री बेचबिखन हुने गरेको, बालगृहमा राख्न भनी ल्याइएका बालबालिकालाई बाहिर पठाएको,शारीरिक यातना दिने गरेको, म्याद सकिएका अखाद्य तथा गुणस्तरहीन खाना खुवाउने गरेको कुरा अनुसन्धानले पनि देखाएको छ।
यस्ता गम्भीर विषयमा के हुने हो स्पष्ट छैन। ‘नागरिक’ले लेखेको ‘यौन दुराचार’को कुरामा मात्रै ध्यान जाँदा अन्य कुरा ओझेलमा परेका थिए। नागरिकले यसमा गल्ती स्वीकार गरी माफी मागिसकेपछि त्यसमा चित्त नबुझे अब कानुनी रुपमा मानहानीको मुद्दा लगाउने अर्को विकल्प बाँकी नै छ। यसरी नागरिकले बढी जान्ने भएर लेखेको ‘यौन दुराचार’लाई पाखा लगाएपछि त्यसबाहेक प्रतिवेदनले देखाएका अन्य गम्भीर विषयमा ध्यान जानु आवश्यक छ।
घरपरिवार भएकैलाई अनाथ भनी ल्याई विदेशीको डलर झार्ने अरु पनि थुप्रै बालगृह काठमाडौँ र देशभर छन्। त्यसमा ध्यान कसले दिने हो ?
‘नागरिक’को क्षमायाचना
क्षमाप्रार्थी छौं
नागरिक दैनिकले वर्ष ५ अंक ३०१ मा समाजसेवी दिलशोभा श्रेष्ठमाथि परेको उजुरी र त्यसमा लगाइएको आरोपसम्बन्धी समाचार बिनापूर्वाग्रह प्रकाशित गरेको थियो। त्यसमा उनीमाथि नागरिक आफैंले कुनै आरोप नलगाएको भए पनि थुप्रै पाठक, शुभचिन्तक र समीक्षकबाट उक्त समाचारको शीर्षक मर्यादित नभएको र समाजसेवामा समर्पित एक महिलामाथि अन्य निकायले लगाएको आरोपलाई प्रथम पृष्ठमा त्यत्रो महत्त्वसाथ प्रकाशित गरिनु गैरजिम्मेवारपूर्ण देखिएको भन्ने प्रतिक्रिया/आशय प्रकट गरिए।
नागरिक दैनिकले प्रकाशित गर्ने कुनै पनि समाचारले कुनै पनि रूपमा आफ्नो व्यावसायिक मर्यादा नाघ्न नहुनेमा हामी सधैं सचेत र सावधान छौं। तथापि आफ्नो व्यावसायिक धर्म पालना क्रममा श्रेष्ठमाथिको उजरीसम्बन्धी समाचार पाठकलाई अरुचिकर लागेको हामीले त्यतिबेलै महसुस गरेका हौं। तर केन्द्रीय बालकल्याण समिति, जिल्ला प्रशासन कार्यालय र प्रहरीले अनुसन्धान सुरु गरेको विषयमा अनुसन्धान टुंगो नलागुन्जेल थप प्रस्टीकरण दिन हतार गरेनौं। प्रहरीको अनुसन्धान प्रतिवेदनले दिलशोभा श्रेष्ठमाथि लागेका कतिपय आरोप पुष्टि गरे पनि यौन दुराचारको आरोप पुष्टि हुन नसकेको औंल्याएको छ।
नागरिकमा प्रकाशित समाचारबाट उनको मर्यादामा पर्न गएको चोटका लागि हामी जिम्मेवारी महसुस गर्छौं, र यसका लागि क्षमाप्रार्थी छौं।
प्रधान सम्पादक
नागरिकको यो विषयमा समाचार- ‘यौन दुराचार’ पुष्टि भएन
यो विषयमा माइसंसारका ब्लगहरु
आमाघरकी दिलशोभाविरुद्ध गम्भीर आरोप, सिडिओमा उजुरी, बालबालिकालाई सुरक्षित राख्न रेस्क्यु गरिने
यसरी गरियो आमाघरबाट बालबालिकाको उद्दार
किन ‘रेस्क्यु’ गर्यो प्रशासनले आमाघरमा ? उजुरीका थप अडियो र भिडियोसहित
कसरी पठाइन् दिलशोभाले बालबालिकालाई विदेश ?
कोनोर ग्रेन्नान, लिटल प्रिन्सेस र दिलशोभा
दिलशोभा प्रकरण : एक मनोवैज्ञानिक विश्लेषण
क्ष्एतिपुर्ती को लहलह मा लाग्यो भने फेरी पहरो भात्किन सक्छ। एही योन आरोप ले गर्दा अरु लफदा बाट जोगिएको दिल शोव लाई राम्रो ज्ञान भएको हुनु पर्छ। अब यो मामालामा दिल शोभा नि चुप लागेर आफ्नो कमी कम्जोरी सुधारेर काम गरे राम्रो हो। दिल सफा रखेर काम गरे मद्त गर्ने हात थुप्रै छ दिन शोवा लाई।
…….. जसरी पत्रिका र पत्रकारले सुचना र समाचारको नाममा, हट हेडलाइन बनाउनकै लागी बिना कारण र बिना प्रमाण, ठाउँ न कुठाउँ जसको मन लागो उसैको इज्जतको धज्जी उडाउन पाइंदैन
….. तेसरिनै कुनै पनी महिलाले आमाको खोल ओडेर गरिब निमुखा बाबु आमाको बिस्वासमा खेलबाड गरेर ममता खोस्दै, ती बच्चालाई थांगनामा सुताएर र लिस्नो बनाएर सम्पती जोड्न पनी पाइंदैन |
…… कसैले गुण गान नगाए हुन्छ |
What the hell???? This heinous act of “nagarik” can not be justified and left to cool down only because they apologized…!!! Whatever Dilshova Shrestha lost during their so called “Journalism duty” can not be retrieved so easily. This case has enabled people to think twice before giving food to any hungry people and shelter to any homeless. I truly believe Dilshoava Shrestha is a REINCARNATION bcoz no human in our society can have as “BIG HEART” as her.
This “Nagarik” daily must be dragged to court and Dilshova must be compensated.
Dilshova Shrestha is great and will be a “VERY SPECIAL HUMAN BEING”.
बिना प्रमाण, नागरिक पत्रिका ले लगाउने नहुने यौन दुराचारको आरोप लगायो, र अहिले आएर माफी माग्यो !! बिना प्रमाण आरोप लगाउने र पछि माफी माग्दैमा पत्रिकाले माफी पाउने/नपाउने वा गल्तिको छेतिपुर्ती तिर्नपर्ने भन्ने कुराको बहस हुनु जरुरि छ!! त्यो छुटै पाटो हो !!
तर , मैले बुझ्न नसकेको कुरा—- यहाँ माथिका साथीहरुको कमेन्ट हरु हेर्दा त पुरै ले नागरिक र पत्रकार लै गालि गर्दै दिल्सोभा को पक्छे लिएको देखिञ्छ ! तर त्यो झन् खतरा हो !!दिल्सोभा माथि लागेका कौयोउ आरोप मधे यौन दुराचार को आरोप मात्र पुस्टि हुन नसकेको हो !! तर अरु आरोप सत्य साबित भएको जस्तो देखिञ्छ !! गरिब को नाम मा पैसा उठाएर हिनामिना गर्ने र उनीहरुलाई सारीरिक-मानसिक यातना दिने, गरिब को नाममा लत्ता-कपडा, खानेकुरा उठाएर बेच्ने तर उनीहरुलाई अखाध्य खानेकुरा दिने, उनीहरुलाई अरुको घरमा काम गर्न पठाउने, ४-५ जना बालबालिका हरु हराउनु/बिदेसीलाई दिनु/ बेच्नु– तर जवाफदेही नहुनु, अनाथ हरुलाई जबर्जस्ती क्रिस्टियन प्रार्थना गर्न लागाउने / बाइबल पढ्न लागाउदै धर्म परिवर्तन गराउने जस्ता संगिन आरोप पुस्टि भएको हो भने त्यो झन् ठुलो गद्दारी हो !! त्यो आरोप बारे अनुसन्धान गर्नुपर्ने भए अझै गरेर हो हैन हामीले जान्न पाउनु पर्छ !! यौनदुराचार बाहेक अरु संगिन आरोप हरु प्र्मादित भएको हो भने दिल्सोभा र उसका मतियार हरुलाई ठुलो कारबाही र सजाए हुने पर्छ !!
एउटा आरोप पुस्टि भएन भन्दैमा उनलाई पुरै चोख्याएर निर्दोष देखाउने दुश्प्रश नहोस !! आरोप प्रमादित भएको हो भने उसले सजाए पाउने पर्छ !!
नागरिक दैनिक र रिपब्लिक यी दुवै बिदेशी डलर बाट संचालित आवाश गृह को बारेमा केहि देख्दैन!!!तर अफसोच साँचो हृदय ले संचालित तेस्तो पबित्र मन्दिर जस्तो गृहको चाही खेदो नै खन्ने र भिरबाट नै खसाल्न खोज्ने!!यो त येस्को जन्मजात कै गुण हो!!चाहे भक्तमान होस् या परशुराम बस्नेत प्रकरण(गलतै भए पनि अति नै थियो यो प्रकरण पनि),मात्र आफ्नो व्यक्तिगत दुस्मनी साँदना!!र येसैको कडी को रुप मा दिलशोभा प्रकरण!! बेलैमा अघिल्लो प्रकरणहरु मा कारवाही गरेको भए अहिले एस्तो आउने थिएन!!आज पनि गरिएन भने भोलि फेरि अर्को येस्तै उदाहरण नआउल भन्न सकिदैन!! यी झोले र गिलासे पत्रकारहरु लाई मात्र आको छ गणतन्त्र!!!हामी निमुखा जनता लाई त कै न कै!!! माफी नै माग्न परे मेरो आरोप पुष्टि भए पछि मात्र मागौला!! कि कशो साथी हो???
पत्रकारले आफ्नो पत्रिका बिकौन अर्काको जिन्दगि माथि नै खेलबाड गर्यो /सत्य तथ्य नबुझिकन त्यसरी लेख्नु के राम्रो हो त् / येस्ता पत्रिका लै त् कडा भन्दा कडा कारबाही हुनुपर्छ/
के माफी माग्दैमा समस्या समाधान हुन्छ ?नागरिक पत्रिका माफियाबाट चलेको छ भन्दा पत्याउने कि नपत्याउने ?हो त्यसैगरी लेख्नु अगाडी सत्य बुझ्न जरुरि छ/ यसबाट अरु पत्रकारहरुले पनि पाठ सिकोस अनि भविस्यमा त्यस्तो गल्ति नहोस/
यस्तो नि क्षमायाचना हुन्छ?
“त्यसमा उनीमाथि नागरिक आफैंले कुनै आरोप नलगाएको भए पनि थुप्रै पाठक, शुभचिन्तक र समीक्षकबाट उक्त समाचारको शीर्षक मर्यादित नभएको र समाजसेवामा समर्पित एक महिलामाथि अन्य निकायले लगाएको आरोपलाई प्रथम पृष्ठमा त्यत्रो महत्त्वसाथ प्रकाशित गरिनु गैरजिम्मेवारपूर्ण देखिएको भन्ने प्रतिक्रिया/आशय प्रकट गरिए।”
भन्न खोज्या के हो? गलत समाचार भएपछी कुनै पूर्वसर्त बिना गर्नु पर्छ क्षमायाचना| यो चाही झाराटराइ भो|
मैले चाहि दिलशोभा काण्ड पछि नागरिक न्युज नै बाहिस्कार गरेको छु, अनर्गल समाचार छाप्ने पत्रिका किन पढ्ने? त्यो समाचार बिकाउ हिसाबले अतिरन्जित बनाएर छापिएको थियो
छिटै माथि पुग्ने अझ रातारात नाम कमाउने दौडमा जथाभावी कलम चलाउदा कुनै व्यक्तिको चरित्रमाथि कति असर पर्यो / अनि साथै आम जनमानसमा भ्रमको खेति जुन रूपले भयो तेस्को जिम्मेवार क्ष्यमा मागेर सम्पादकीय लेख्दैमा पुरा हुदैन/ तुच्छ पत्रकारिताको अर्को नमुना / येस्तै पत्रकारहरुले गर्दा आज देशमा सत्य घटना भन्दा हल्ला छिटो फैलिन्छ / नेपाल आम सद्बुद्धि देउ यस्ता लाचार पत्रकारहरुलाई/
ए अनि नागरिक लाइ कारबाही नहुनेरे ? माफि मागे पुग्नेरे ? दिल शोभा लाइ पनि बाकि पुस्टि भाको मुद्दा मा कारबाही हुनुपर्छ र नागरिक लाइ बढी भन्दा बढी कारबाही हुनु पर्छ …पत्रकार भए भन्दैमा जता भाबी मान हानि गर्न पाइन्छ ? यूरोप तिर हुन्थ्यो भने नागरिक संग सम्बन्धित सबै पत्रकारको तीन पुस्ते उठ्न नसक्ने गरि सुताई दिन्थ्यो र त पत्रकार बलिया छन् यूरोप तिरका.., पुस्टि नभई लेख्दैनन लेखे पछि सहि ठहर्छं न! यूरोपमा पत्रकारले निकै ठुला पदासिन हरुलाई घोक्रेट्याक र जेल हालेका छन् ..हाम्रो त् ?
पत्रिकाले नजानेर गल्ति गर्यो, तर दिल्शोभाको मन सफा चाही देखिएन ! उनले पनि मागी खाने भाँडोकोरुपमा आफ्नो संस्था चलाएको देखियो !
बिदेशमा प्राय कुनै आरोप गल्ति या दुर्घटना होस् तेस्मा कसैको हात होस् या नहोस तर उनको कार्यसिमा अन्तर्गत पर्न आउछ भने आत्मबोध गरि सोझै राजिनामा या उस्तै परे ठुलो मुद्दा खेप्नुपर्ने हुन्छ शायद नेपाल एकमात्र यस्तो देश होला जहाँ हत्या जस्तो सन्घिन अपराधमा पनि आम माफी जस्तो शब्द प्रयोग गरि दन्दहिन्नताको पराकास्था नाग्छ …उदाहरणको लागि कोरियामा राष्ट्रपतिलाइ भ्रस्ताचार्को महा अभियाग लाग्यो केहि समयपछि आत्महत्या गरे जुन अन्तमा प्रमाणित हुन सकेन अभियोग लगाउनेहरु सार्बजनिक माफी र पदबाट राजिनामा तेस्तै हालै एउटा जहाज डुब्यो कति स्कूलका केटाकेटिहरु मारिए प्रधानमन्त्रिले राजिनामा यहासम्म कि vice principle ले आत्महत्या गरे …यो सबै आत्मबोध र आत्मबिश्लेषणको कुरा हो भन्नुको तात्पर्य आफु जिम्मेवार पदमा बसेपछि पदको दुरुपयोग गर्ने र अन्तमा माफी माग्ने सक्यो अनि तेस्पछि फेरी अर्को …जिम्मेवारीपन खोइ ?आत्मबोध या आत्मग्लानी जस्ता कुराहरु यस्ता बौद्धिक व्यक्तिहरुबाट नभए आम जनताले के अपेछया गर्ने ..जस्तो आफुलाई दुख्छ तेस्तै अरुलाई पनि हुन्छ भन्ने साधारणकुराको पनि आत्मबोध नहुनु निकैनै लज्जास्पद कुरा हो …सम्पादक को मर्यादा र तेस्को जिम्मेवारी को सिमा नाघेर काम गरेपछि केवल माफिले मात्र पुगिन्छ र ????
यो नागरिक पत्रिका नै मिसन पत्रकारितामा छ जस्तो छ / कुनै पार्टीको बिरोध मा एक पक्षीय ढंग बाट प्रोपोगान्डा मच्चाउन यो पत्रिका कसरि लग्छ भन्ने कुरा त भक्तमान प्रकरण मै प्रस्ट भएको छ/ यस्तो पत्रिका बहिस्कार गर्नु नै बेश हुन्छ /
नागरिक दैनिकलाई क्षतिपूर्ति तिराउनु पर्छ / ताकि भविष्यमा यस्तो गल्ती नदोहोरियोस् /
यस बापत को क्ष्यतिपूर्ति कानुनि रुपमा कसरि दिलशोभा ज्युलाई दिलाउन सकिन्छ? मानसिक तनाब, सामाजिक दुर्ब्यबहार, अनाबश्यक लान्छनाले कति पिर्यो होला उहालाई, यसबारे कसैले मुद्दा लडे सायद दिलशोभा जस्तो काण्ड गर्नु अघि पत्रुकारले सयौ पल्ट सोच्नु परोस र हर्जना बराबरको रकमले आमाघरलाइ केहि राहत हुनेथियो|
सुखद समाचार पढ्न पाइयो । यौन दुराचार बाहेकको अरु आरोपहरु दिलशोवा श्रेष्ठले स्विकारेकी छन । केही गल्ती भएको छ भन्ने मा दुइमत छैन । तर मुख्य कुरा भनेको नागरिकको हेडलाइन हो ।
नेपालका पत्रकारहरुको चुरिफुरिलाई पनि एस्तो समाचार ले पाठ सिकाएको छ । भङेराको टाउको जत्रो अक्षरमा समाचार लेख्ने अनी झिङाको टाउकाको
साइजमा क्ष्यमा प्रार्थी छाप्ने नेपाली पत्रकारिताको पुरानो रोगनै हो ।
नागरिकमा समाचार छापिएपछी सम्पादक महोदय प्रतिक प्रधानका इन्टरभ्युहरुमा पाँच हात माथि उफ्रेर आफ्नो समाचार सत्य भएको ढोल पिटेक थिए यिन्ले । थाहा छैन यिन्ले माइसम्सार पढ्छन कि पढ्दैनन । यदी पद्छन र उनमा केही नैतीकता बाँकी छ भने उन्को रजिनामा आउनु पर्छ । तथास्तु
एउटा मान्छेको सामाजिक र मIनसिक बेइज्जत गरिदिने अनी पछी क्षमा प्रार्थी भनेर लेख्दैमा हुने ……..
नेपालको कानुन अनी लाज मर्दो पत्रकारिता ………………………..
यौन दुराचार बाहेक अरु आरोपहरू त लगभग प्रमाणित नै भएछन् । केहीको तथ्य खोजी नगरेको भन्ने सुनियो र पढियो । कलिला बालबालिकालाई बाइबल झोलामा बोकाउने र केहीलाई बिदेश पुर्याउने हर्कतलाई सामान्य भन्न मिल्दैन । “हेलिकप्टर नेता” मगन्ते एक्सपोर्टर एकनाथ ढकाल जस्तै दिलशोभा पनि बाइबलको ठेली बोकेर घोटाला गर्छिन र समाज बद्नियत र बद्नामीत कार्य गर्दैछिन् भन्ने चाहीँ सत्य सावित हुँदैछ । समाज सेवाको आडमा गरिने सामाजिक अपराध अपराध नै हो ।
पत्रिका र त्यसका पत्रकारहरु कुनै पनि व्यक्ति वा सस्थालाई आरोप लगाउने र आफै पुष्टी गर्ने निकायहरु होइनन ,समाजमा भए घटेका कुराहरुलाई सत्य तथ्यहरु आम पाठकसम्म पुर्याउनु उसको पहिलो कर्तब्य हो , त्यसमा नै चुके पछि के भन्ने र ? माफी मागेर मात्र समाधान हुन्न, अब दिलशोभाले क्षति पूर्ति स्वरुप के पाउने त ? मुलत नेपालमा ब्यबसायिक पत्रकारिता त सुरु भो तर पत्रकारितालाई चाही हामीले भुल्यौ , व्यबसाय मात्र बाकी भो I ब्यबसायको धर्म नै यहि हो , जे बिक्छ त्यो बेच्ने धेरै भन्दा धेर नाफा कमाउने I
नागरिकमा आजै पनि घमण्ड छ| लेखे को हेर्नुस ‘अरु आरोप पुष्टि भए पनि ….’ | के नागरिकले आरोप लगाएको जस्तै Front Page मा माफी मागेको छ? दिल्शोवा दिदी ले यिनलाई माफी दिने हैन एकचोटी आदलत जनै पर्ने हो| रित को नियम बसाल्न भए पनि अदालत जानु पर्छ| नभए त पत्रकार ले पहिले पृष्टमा तथानाम लेखियो, आनी बिच को पृष्ट मा सानो font ले माफ पाउ भन्छन| कुरै खतम| तर यहाँ कसैले जिन्दगिभर दुख गरेर कमाएको इज्जत गएको छ, गरीब मान्छे को जागिर गएको छ|
हो दिल्सोभा दिदी बाट गल्ति भएको छ, हामी ले स्विकार्नु पर्छ| तर पढेलेखे का पत्रकार/पत्रिका ले उनलाई गएर ‘दिदी एस्तो एस्तो गल्ति भईराछ छिटो मिलौनुस हैन, तपाई को फुर्षद छैन भने हामी सहयोग गर्छु’ भन्नु पर्ने हैन ? कि समाज का एक्ला बुडा बुडी को जिम्मा दिलशोभा ले मात्रै लिएकी छिन? CG , INGO, NGO को बारे आलिकती नि नबोल्ने र तिनका चाकडी मै रमाउने यी पत्रकार हरु सोझा मान्छे पाए चै खुब हेप्छन|
बधाई छ उमेश !! पहिलो पल्ट नागरिक को गल्ति सच्याएको मा..नागरिक ले अरु पनि सिधा साधा मान्छे को चरित्र हत्या गरेको छ front page मा नाम र फोटो छापेर बिना अनुसन्धान. एकदिन नागरिक लाइ ठुलो मान हानि मुद्दा पर्ने छ जसको पतन निश्चित छ. नागरिक मा ठुला ठाला ब्यापारी हरु ले किनेर राखेको पत्रुकार हरु थुप्रै छ.
The above article seems to be more of skin saving. And you can’t just justify what Pratik Pradhan as an editor in chief did by what Amit Dhakal and Narayan Wagle didn’t do. But the lesson to be learnt from this incident is that, you’ve to be very careful in choosing the right word when you express your views. And it is rather wise to wait than just jump into conclusion and make hot headlines… And I don’t know why mysansar is doing what it is doing now… during that time mysansar was trying its best to bring up evidences after evidences and now it is admitting that they’ve over sensitizing it. I know it is a duty of a journalist to give facts regarding the issues or things happening in the society but during that time mysansar was more of doing advocacy than journalism, I feel. But no matter what went wrong and what had happened, there’s always a room for improvement and mysansar has always been a place where I can read off beat stories including the mainstream news… But my sincere suggestion to mysansar is that it also sensitizes headlines which I feel is unnecessary because mysansar is very popular and has a reputation already in the market. I know it is not a news site but a blog but we have to admit that, may be it has more readership than the online news portals of big media houses… Anyways, my good wishes to mysansar and for this particular story about Dil Shova Shrestha. From the very beginning, I couldn’t believe the story and after I heard the phone conversation, I was shocked how the media reacted. It was too early to come into conclusion…
नेपाली पत्रकारलाइ किन हो “यौन”, “सेक्स”, “बलात्कार” जस्ता सब्द्संग खुब मोह छ| जहाँ पायो त्यहि प्रसङ्ग मिलोस नमिलोस यी सब्द त घुसाउन परिहाल्छ| कुनै युवतीको इन्टरभ्यु लियो भने “सेक्सको अनुभब छ छैन?, बोइफ़्रेण्ड छ छैन? भर्जिन हो कि हैन? सेक्सको बारेमा धारणा के छ?” यस्तै यस्तै प्रस्न मात्र हुन्छन| यो समाचार लेख्दा पनि सायद त्यहि मनोविज्ञानले काम गरेको थियो| मलाई त तेतिबेलाई लागेको थियो त्यो अतिरन्जित हेडलाइनले मुख्य बिसयलाइ ओझेलमा पर्यो भन्ने| अरु पत्रकारले पनि यस घटना बाट पाठ सिकेर “यौन”, “सेक्स” जस्ता सब्दसंगको अनावस्यक मोह त्यागे राम्रो हुन्थ्यो|
साँचो डग्दैन, झुठो टिक्दैन भन्ने कुरो चाहिँ यसपाली चरितार्थ भयो | अरु देशमा भाको भए नचाहिँदो आरोप लगाएर छवी बिगारेकोमा दशौँ लाख रुपयाको क्षतिपूर्ति दावी गर्छन | नेपालमा स्वांक्कै सुँघाउने सिवाय अरु के होला र ? नचाहिने लेख्यो भने पत्रकारलाई पनि पाता कस्ने परिपाटी ल्याउनु पर्छ, नत्रभने पत्रकार पातिन्छन |
त्यत्रो बेइज्जत गरेर ‘सरि’ भन्दैमा हुन्छर ? यो मेरै नेपालको चलन है..! प्राय: हाम्रा पत्रिका वा वेब साइट माथि पत्यार गर्न नसक्ने कुरा यसरि कन्फर्म भएको छ I जसले हल्ला गर्न सक्छ उस्को संसार-बजार भएको कुरा छर्लंग यहाँ पनि भयो I मेडिया साईट केहि परिवर्तनको आशा कसरि गरूँ हौ सथिहो ?