सन् २००६ देखि सन् २००९ सम्म ३ वर्षको अवधिमा USAID को OTI मिसन अन्तर्गत बाँडिएका डलरबारे माइसंसारमा तीन वटा ब्लग आएपछि पनि यस विषयमा खासै बहस हुन सकेन। समाजलाई मार्गदर्शन गर्ने ‘ओपनियन लिडर’ बनेका सार्वजनिक व्यक्तिहरु तैँ चुप मै चुप। केहीले इन्टरनेटमा राखिसकेको कुरा राखेको भनेर होच्याए, केहीले ‘मन्द बुद्धि’ भनेर गाली गरे। आज बल्ल नागरिक दैनिकमा सिके लालले एउटा लेखमार्फत् ठूलो आकारको दैनिक पत्रिकामा यो बहस छिराएका छन्।
खासमा किन सब चुप भन्नेबारे उनको एउटा वाक्य बडो घतलाग्दो छ- नाम चलेका धेरै सार्वजनिक व्यक्ति सिसाकै महलमा विराजमान छन्। त्यसैले ढुंगा हिर्काउने त परको कुरा भयो औंलो ठड्याउने आँट जुटाउनसमेत सञ्चारकर्मीहरूलाई अप्ठेरो लागिरहेको हुनुपर्छ। आखिर सबैलाई यही नेपाल खाल्टोभित्र संघर्ष गर्नु छ। पानीका सामान्य जन्तुले गोहीसँग जोरी नखोज्नु नै जाती हुने रहेछ।
उनको लेखका केही अंश पढ्नुस्-
अन्तर्जालमा पूर्वउपलब्ध सामग्रीकै संयोजनमार्फत् माइसंसारमा सालोक्यले ( सायद, उनको वास्तविक नाम अरू नै हो!) अमेरिकी सहयोग अभियान ‘अफिस फर ट्रान्जिसनल इनिसिएटिभ (ओटीआई) द्वारा नेपालमा सञ्चालित गतिविधिबारे सोच्नुपर्ने विषयहरू प्रस्तुत गरेका छन्।
सामान्य अवस्थामा सार्वजनिकरूपमा उपलब्ध सामग्रीको विवरण केलाउन खोजी पत्रकारिता गर्नेहरू कम्मर कसेर लाग्नुपर्ने थियो। तर ओटीआईबारे उपलब्ध अत्यन्त थोरै सामग्री देख्दा पनि लाग्छ, नाम चलेका धेरै सार्वजनिक व्यक्ति सिसाकै महलमा विराजमान छन्। त्यसैले ढुंगा हिर्काउने त परको कुरा भयो औंलो ठड्याउने आँट जुटाउनसमेत सञ्चारकर्मीहरूलाई अप्ठेरो लागिरहेको हुनुपर्छ। आखिर सबैलाई यही नेपाल खाल्टोभित्र संघर्ष गर्नु छ। पानीका सामान्य जन्तुले गोहीसँग जोरी नखोज्नु नै जाती हुने रहेछ।
सर्सती हेर्दा लाग्छ, पुस्तक प्रकाशन, चित्र प्रदर्शनी, रेडियो कार्यक्रम उत्पादन, वितरण एवं प्रसारण, संगीत कार्यक्रम, टेलिभिजन प्रस्तुति, प्रवचन, अन्तर्त्रि्कया तथा युवा सचेतना अभियानजस्ता कुनै पनि काम अमेरिकीहरूको हित सुरक्षा एवं प्रबर्धन अभियानको प्रभावबाट मुक्त रहेनछ। सार्वजनिक भएकै गतिविधि यति व्यापक रहेछन् भने अन्य ‘कामकाज’ कति भएका होलान्?
आजभोलिको इन्टरनेट पत्रकारितामा देखिएको पक्षधरतालाई समेत उल्लेख गर्दै उनले मह जोडीमाथि समेत प्रश्न उठाएका छन्। मह जोडीले पनि लाखौँ डलर ओटिआइबाट पाएको कागजातले देखाएको छ। उनी लेख्छन्-
महजोडीका प्रहसनहरूले समेत कुनचाहिँ राजनीतिक कार्यसूची प्रवर्धन गरिरहेका छन् भन्ने ठम्याउन आमसञ्चार विज्ञ हुनुपर्दैन।
स्पष्ट भए पनि आचार संहिताका बाध्यता एवं लोकलाजले गर्दा मूलधारका सञ्चारकर्मी सामान्यतः हाकाहाकी प्रचारवाजी गर्दैनन्। समाचारको छनोट, प्रस्तुति, भाषा, स्रोत व्यक्तिको उपयोग एवं उद्धरण संयोजनजस्ता कार्यबाट आशय उसै पनि देखिहालिन्छ।
वैकल्पिक पत्रकारिता गर्नेहरू भने सोझै आफ्नो पक्षको हर्षबढाइँ एवं विपक्षको खेदो खन्ने काम गर्न हच्किँदैनन्। अन्तर्जाल पाटीहरू (इन्टरनेट पोर्टल्स) आजभोलि पक्षधर पत्रकारिताका सहज माध्यमका रूपमा देखा पर्दैछन्। पहेँलो, सेतो वा रातोजस्ता रंगहरूको छनोटबाट नै तिनका प्राथमिकता सजिलै ठम्याउन सकिन्छ।
साम्राज्यवादका लागि सांस्कृतिक आधिपत्यता पनि स्थापित गर्नुपर्ने भएकोले अमेरिकाले सन् ५० को दशकमा अमेरिकी गुप्तचर संस्था सीआईएको अग्रसरतामा कांग्रेस फर कल्चरल फ्रिडम (सीएफएफसी) स्थापना गरेको प्रसङ्ग सम्झाउँदै उनले लेखेका छन्-
समूहभन्दा व्यक्तिको स्वतन्त्रता, मुक्तिभन्दा स्वच्छन्दता एवं स्वावलम्बनको साटो निर्बन्ध व्यापारको पक्षमा बौद्धिक जमात तयार गर्नु सीएफसीएफको मुख्य उद्देश्य रहेको थियो। त्यसका लागि थरीथरीका गुठी (फाउन्डेसन) खडा गरिन्थे। फेलोसिप प्रदान गरिन्थ्यो। गोष्ठी, सभा एवं कार्यशाला सञ्चालन हुने गर्थ्यो। सबैभन्दा महत्वपूर्ण त एक से एक पुस्तक एवं पत्रिका प्रकाशित हुन्थे।
सीआईए वर्चस्व निर्माणका लागि बौद्धिक एवं सूचनामूलक विमर्शसँगै सिर्जनात्मक हस्तक्षेप पनि गर्ने गर्थ्यो। भनिन्छ, कलाको क्षितिज विस्तार अभियान स्वच्छन्दताको प्रमुखता स्थापना गर्न सीआईएकै सक्रियतामा प्रवर्धन गरिएको थियो।
नेपालको विकास विमर्शमा अग्रणी भूमिका निर्वाह गरेको सेडा एवं स्थानीय तहसम्म पुर्याइएका पञ्चायत प्रशिक्षण केन्द्रहरूले अमेरिकी विचार प्रचारतन्त्रकै औजारका रूपमा काम गर्थे। अहिले त अमेरिकीहरूलाई झन् सहज भएको छ। अमेरिकी शिक्षा उवं तालिम पाएकाहरूको ठूलै समूह तयार भइसकेको छ।
मन्त्री लालबाबु पण्डितले पीआर र ग्रिनकार्डविरुद्ध जतिसुकै होहल्ला गरे पनि यथार्थ के हो भने नेपालको स्थायी सत्तासँग जोडिएकाहरूमध्ये अधिकांशका हाँगाबिँगा पश्चिमा मुलुकहरूमा फैलिएका छन्। र, सोभियत संघको विघटनपछि कुरा बुझ्न थालेको शिक्षित जमात स्वेच्छाले मानसिकरूपमा अमेरिकी भइसकेको छ। प्रश्न उठ्छ, त्यसो भए ओटीआईले आफ्नो पक्षमा जनमत सिर्जना गर्ने अवधारणा नै लाञ्छनामात्र हो कि? आखिरमा नेपालको हित अमेरिकी स्वार्थसँग जोडिएको छ भन्ने मान्यतामा विश्वास गर्ने शिक्षित एवं सम्पन्नहरूको जमात पनि सानो त छैन। परम्परागत अभिजातका साथै उदीयमान सम्भ्रान्तहरूको सोच निर्माणमा अमेरिकालगायत पश्चिमाहरूले सन् १९९० पछि प्रशस्त लगानी गरेका छन्। शंका के हो भने त्यस्तो संलग्नता आउँदा दिनहरूमा अझ बढ्न सक्छ।
नेपालका बुद्धिजीवीहरुलाई उनले यस्तो भनेका छन्-
अंग्रेजी कवि हम्बर्ट वल्फको एउटा उक्ति प्रचलनमा छ — ‘धन्यभाग बेलायती पत्रकार, तिनलाई लोभ्याउन वा लतार्न सकिँदैन। तर, बिनाप्रलोभन ती जे पनि गर्छन्। रिस्वतको आवश्यकतै पर्दैन। ’ अमेरिकी हित प्रवर्धनका मामिलामा आधिकांश नेपाली बुद्धिजीवीका बारेमा सोही कुरा भन्न सकिन्छ।
एउटा दह्रो दनक पनि दिएका छन् उनले पत्रकारिताको वर्तमान परिप्रेक्ष्यलाई समेट्दै-
सन् १९९० पछि मिसन पत्रकारिताको स्खलन कमिसन पत्रकारितामा भयो।
लेखको अन्त्य उनले एउटा प्रश्न राखेका छन्-
ओआइटी त नेपालबाट गयो। बरु मिनर्वा रिसर्च इनिसिएटिभले भने दक्षिण एसियातिर खुट्टा फैलाउँदै छ कि? उत्तर सजिलै पाइने छैन।
पूरै लेख ‘नागरिक’को अनलाइन संस्करण नागरिकन्युजमा पढ्न सकिन्छ। यहाँ क्लिक गर्नुस्।
mysansar को यो news पड्ने अहिले सम्म ५००० चानचुन रैचन तर सहरे गर्ने ३६ मात्रै.. किन होला हामी एस्तो ( म लगायत ) !!!!!!!!!!!!!!!!!
“दुइ पैसे कुकुर हरु भुक्छन”…”चार पैसे कुकुर” को घाटी मा बेल्ट अनि बेल्ट मा साङ्ग्लो हुन्छ, त्यो साङ्ग्लो को अर्को छेउ मालिक को हात मा हुन्छ, मालिक को अर्को हात मा लौरो हुन्छ “चार पैसे” ठाट् ले हिड्छ मानौ उसले “दुइ पैसे” को भुकाई नै सुनेको छैन तर जुन दिन मालिक को हात बाट त्यो सिक्री फुत्किन्छ नि तेस दिन…………के हुन्छ???”चिना” खोज्न सक्ने हैसियत पनि रहने छैन….
अबको सरकार भनको कमिसन ब्यबव्स्थापिका हुनेछ | हाम्रो मुलुक कुनै देसको दास भयको त थियन, तर यी नेता र बुदीजीबी भनौदा भने दासी बनेका रहेछन | अब तिम्रो नाम भने दासिजिबी हुनत तिमीहरु लै संसारकै जे गाली गरि पनि तिम्रो नैतिकता कहिलै पलाउने भयन , के नाम दीऊ “मिञ्जडा”(बुद्दिहिन)
“हजुर हामीलाई बिदेसी दाताहरु भेटाइ दिनुस न” एउटा गैससको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि हुन जाँदा सो गैससको प्रमुखले भनेको हाम्रो राष्ट्र बैंकका गवर्नर युवराज खतिवडाको अनुभव सुन्न पाइयो | वास्तवमा हाम्रो मानसिकता एक दम दरिद्र भैसकेको छ | नेपालमा नाम चलेका हस्तीहरु सब बिकी सकेका छन् | काठमाडौँको सडकमा हिडीरहदा सामुन्नेको मानिसको अनुहार हेर्दा शंका लाग्छ | अझ पजेरो चढेर हिड्ने त १००% चोर हुन्छन
चिना हराउने र भेटिने हरु को जमात को कठालो समातेर नांगेझार बनाई दे पक्षि कुन इमान ले ओउला ठड्याउने हुन् र ? सालोक्य जी ? “कुन्नि के जाति खबर पत्रिका ……..क्रोनर नखाई सुक्खै छैन” भन्ने क्रोनर पत्रिका मा “चोर को चर्तिकला” हेडिंग साह्रै मनपर्यो ! धेरै थरिका चोर का चर्तिकला हरु पनि धेरै हुन्छन ! आफुलाई तेल चोर भन्दा अलग ठाने कि क्याहो ?
लोटन जी
चिना हराउने हरु जति पाखण्डी एकदमै कम हुन्छन.
तेस्तै हो जब देश बनाउने ठेक्का लिएका नेता, सरकार र उच्च ओहदामा बसेका र संचार माद्यम चलाउनेहरु सबै यस्तै पैसाले पालिएका हुन्छन| यिनीहरुले एक अर्काको सिसाको महल मा ढुंगा किन हान्दठे?
आफ्नो स्वार्थ लिएर आएका आइ एन जियो हरुले माशुजति आफुले खाएर, हड्डी फालेर बौलाहा कुकुरहरुको भुकाई र हड्डीको लागि लडाईं गराइ रहने मा दुबिधा छैन र यो रोकिने भए संचार माद्यम ले ठुलै बिरोद गर्ने थिए होला, त्यो यहाँ देखिएन|
बिरोध भयो भने आइ एन जी ओ र एन जी ओ हरुको दाना पानी नै सुक्ने भए पछि अरु केहि गरेर खान नसक्नी यी दलाल को जमातले के गर्ने भन्ने प्रस्न को उत्तर इनिहरु संग छैन भन्ने प्रस्थ भयो|
अहिले दलरबादिहरुको सरकार भएर चुपलाग्दा पनि भाको छ . भोलि जनताको सरकार आयो भने अनि कर र त्यसको ब्याज समेत तिरौछन .
मुख्य मुख्य बिकृतीहरुलाई डलर मुक्त बहसमा उतारेर निती निर्माता र सरकारको ध्यान येसरी नै खिच्न सक्नु माइसंसारको उपलाभ्दी हो
पोल खुल्ला र फेरि खान नपाउला भनेर खान पल्केकाहरु चुप छन्|
खाएकाहरु कसले कति कर बुझायो भनेर त्यो कोणबाट खोजी गर्न परो|
माईसंसारलाई धन्यवाद|
के रहेछ मिनर्भा रिसर्च इनिस्य्टिभ भन्या?
Thank you taking time to publish this article. I remember one quote and like to share with #Salokya ji “First they ignore you, then they ridicule you, then they fight you, and then you win” – Mohandas Gandhi. Hope one day more and more people will come out and support with you.
I salute your effort to fight with this organized greed peoples and who are in journalism, 4th estate of the government. Keep the fight on, we will support from our level!!
म पत्रकार त् होइन तर यौटा कुरा के जान्न मन लाग्यो भने कतै बाट पनि सहयोग नलिई नेपालमा सहयोगी सस्था खोल्न र जनताहरुलाई राहत दिने कामहरु गर्न कसरि सकिन्छ र? नेपालमा आर्थिक अवस्था राम्रो भयर पनि अझै बढी कमाउन नखोज्नेहरु कमै होलान/ हामी सबैलाई दरिद्रताको रोग लागेको छ/ यो रोगबाट मुक्ति पाउन सारै गारो हुने रहेछ/ आफु सम्पन्न हुदा हुदै पनि निमुखा गरीबहरुको रगत पसिनाको उचित कदर गर्न नसक्नु हामी नेपालीहरुको कमजोरी हो/ अरुको सहयोग बाटै भय पनि नेपालमा कसैले जनताको हितको काम गरेको छ भने म उसको समर्थन गर्नु नै उचित मान्दछु/ हाम्रो इतिहासले हामीलाई के सिकायको छ भने:
भर जन्म घास तिर मन दि धन कमायो/ नाम केहि रहोस पछि भनि कुवा खनायो//
दुखि दरिद्री घरको, घासी भै कन तेस्तो/ म नेपाली धनि भै किन आज एस्तो//
यसै प्रसङ्गम यौटा चेताबनी पनि सिकेकै हो:
म खाऊ, मै लाऊ, सुख सयल वा मोज म गरु/
मै बाचू, मै नाचू, अरु सब मरुन दुर्बलहरू/
भनि दारा धस्ने, अबुझ सठ देखि छक परि/
चिता खित्का छाडी, अभय सित हाँस्यो मरी मरी//
यी पाठहरूबाट हामीहरुले केहि पनि सिकेका छैनौ जस्तो मलाई भान भई रहेकोछ/
सिके लालबाट सिसाको महलमा बस्ने साहुजीहरु र त्यसको चाकडीमा रम्ने पत्रकारबर्गले धेरै कुरा सिके राम्रो हुने थियो कि !
गज्जबको लेख !
डलर काण्ड – बिषय गम्बिर छ. अमेरिकामा कमाउनेले कर तिर्नु पर्छ तर नेपालमा केहि अपबाद बाहेक व्यक्ति अथवा गैर सरकारी संस्थाले कर नतिर्ने भयकोहुनाले शिक्षित र खान्दानी भन्नेहरुले डलरको खेति राम्रोसंग गरेका छन्. अमेरिकामा रक्सि पिउन पनि पैसा माग्न पाइन्छ. दिने न दिने दाताको इछ्या. कुरा के भने रास्ट्रीय हितकोलागि गर्ने काम र प्राप्त रकम पारदर्शी हुनुपर्यो. डलर वा अन्न्य रकम प्राप्त गरेर उपदेश दिनेहरु अहिले आरु चोर बाँदर जस्तो तै चुप मै चुप भयकाछन्. यो बिषयलाई प्राथमिकताकासाथ पटक पटक पस्केकोमा माइसंसारलाइ धन्यबाद.