Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अमेरिकाले बारम्बार डलर दिएर माया गरेकाहरुको सूचि

Posted on May 9, 2014May 13, 2014 by Salokya

confidential
गोप्य कागजातबाट भएको खुलासा-२

अमेरिकी सरकारले आफ्नो स्वार्थका लागि नेपालमा बाँडेको डलरबारे एउटा गोप्य प्रतिवेदनका आधारमा हिजो लेखिएको ब्लग कै निरन्तरता हो यो। प्रतिवेदनमा गोप्य लेखिए पनि त्यहाँको सरकारको पारदर्शिताको नीति अनुसार त्यहाँका जनतालाई खर्चको हिसाब देखाउन सार्वजनिक गर्नुपर्छ। त्यसैले यस्ता गोप्य प्रतिवेदन सुटुक्क इन्टरनेटमा राखिन्छन्, लुकाएर। भन्नलाई इन्टरनेटमा राखेको त हो नि भन्न नि पाइयो। लुकाउनु पर्ने कुरा लुकाउन नि पाइयो (प्रतिवेदनमा धेरै कुरा लुकाइएका पनि छन्। लुकाउनु पर्ने कुरा लुकाएर कानुनी प्रक्रिया पूरा गर्न इन्टरनेटमा राखिएको डकुमेन्ट हो यो)। सर्वसाधारणलाई पत्तै हुन्न यस्ता कुरा। खोज्न सकियो भने इन्टरनेटमा यस्ता धेरै सर्वसाधारणलाई थाहा नभएका कुरा हुन्छन्।

खुलासा शृङ्खला अन्तर्गत आज तीन वर्षको अवधिमा पटक पटक गरी सबैभन्दा धेरै डलर कुम्ल्याउने टप टेनको सूचि पढ्न भित्र आउनुस्।

सबैभन्दा पहिला हिजोकै ब्लगको केही पृष्ठभूमि जानकारी-

अमेरिकाले विदेशी मुलुकलाई सहयोग USAID मार्फत् गर्छ। यही USAID भित्र OTI भनेर एउटा छुट्टै विभाग खोलिएको छ। OTI को पूर्ण रुप Office of Transition Initiatives हो। भन्नलाई अनेक थरिका चिप्ला, राम्रा कुरा भने पनि यसको वास्तविक उद्देश्य अमेरिकाको राष्ट्रिय चासो रहेको देशमा आफ्नो स्वार्थ अनुरुपको ‘हस्तक्षेप’ गर्न ‘वातावरण मिलाउन’ सहयोग गर्ने हो।

यसलाई प्रतिवेदनमै रहेको यो अंशले पनि स्पष्ट पार्छ-
oti_mission

यो सन् २००६ देखि सन् २००९ सम्म OTI को मिसनबारे गरिएको मूल्याङ्कन प्रतिवेदन हो। यति अवधिमा यसले २ करोड अमेरिकी डलर झण्डै ३ सय व्यक्ति/संस्थालाई बाँडेको थियो। यो दुई करोड डलर मिडिया सपोर्ट र नागरिक समाज केन्द्रित कार्यक्रमका लागि छुट्याइएको प्रतिवेदनमा उल्लेख छ।

३ सय व्यक्ति र संस्थामध्ये पनि सबैभन्दा धेरै पटक र धेरै डलर सहयोग पाउने टप टेन सूचि यस्तो छ-
top10

‘भाग्यमानीको भूतै कमारो’
अमेरिका सरकारले आफ्नो स्वार्थ पूरा गराउन गरेको सहयोग कसैले एक पटक मात्र पायो होला, कसैले पटक्कै पाएन होला। तर भाग्यमानीको भूतै कमारो भने झैँ कसैले भने पटक-पटक पाएको माथिको सूचिले देखाउँछ। कसैले १०, कसैले ७, कसैले ६ र कसैले ४ पटकसम्म पाएको देखिन्छ टप टेनको सूचिमा। कूल बाँडिएका डलरमध्ये ३० संस्थाले एक तिहाइ रकम कुम्ल्याएका थिए।

यिनीहरु किन पनि भाग्यमानी हुन् भने यी संस्थाहरुले अरु स्रोतहरुबाट पनि डलर पाउँछन्। तर डलर थाप्नेहरुले लुकाउँदा रहेछन्। लुकाउँदैमा अमेरिकालाई थाहा हुन्न भन्ठान्या होला। प्रतिवेदनमा प्रष्टै लेखिएको छ-

Most of these also receive funds from other sources, which are a point of interface with other donor programs. This is rarely acknowledged by OTI reporting or by the grantees themselves who tend to project a dedication to a single donor and project.

एक एक हिसाब राख्या हुन्छन् नि उनीहरुले पनि। डलर थाप्नेहरुले एक्लो डोनर र एउटै प्रोजेक्टमा दत्तचित्त भएको जस्तो देखाएर अभिनय गरे पनि खासमा उनीहरुको अभिनयलाई राम्रैसँग ‘वाच’ गरिएको रहेछ।

आउनुस् अब यी संस्थाबारे पनि केही जानौँ।

एन्टिना फाउन्डेसन
सबभन्दा भाग्यमानी रहेको छ एन्टिना फाउन्डेसन। यसले १० पटक गरी ५ लाख ८६ हजार २ सय ८० डलर पाएको थियो, जुन स‍ंवैधानिक निकाय निर्वाचन आयोगले पाएको भन्दा बढी हो।

किन त ? यसको के शक्ति छ र यति विधि सहयोग भएको ? ‘अमेरिकी स्वार्थ’लाई यसले कसरी पूरा गर्छ ?

किन गर्छ भने यसको देशभर ठूलो नेटवर्क छ एफएम रेडियोहरुको। यसको वेबसाइटमा राखिएको विवरण अनुसार यसका पार्टनर रेडियोहरु हुन्-

Region

Zone

District

Radio Station

Eastern Mechi Illam Illam FM 93Mhz
Jhapa Kanchanjungha FM 92.6Mhz
Koshi Sankhuwasabha Radio Khadbari 105.8Mhz
Dhankutta Radio Makalu 92.2 Mhz
Morang Koshi FM 94.3Mhz
Sunsari Saptakoshi FM 90Mhz
Sagarmatha Solukhumbu Solu FM 101.2Mhz
Udaypur Radio Triyuga 104 Mhz
Saptari Radio Chinnamasta FM
Siraha Community Radio Samad FM 102.6Mhz
Central Janakpur Dolakha Kalinchok FM 106.4 Mhz
Ramechhap Hajur Ko Radio
Dhanusa Radio Janakpur 97 Mhz
Bagmati Dhading Radio Dhadhing 106Mhz
Nuwakot Radio Nuwakot FM 106.8Mhz
Kathmandu Capital FM
CT FM 98.8Mhz
Lalitpur Headline and Music
Narayani Makwanpur Hetauda FM 96.6Mhz
Radio Palung 107.2Mhz
Rautahat Rauthat FM 90.8Mhz
Parsa Narayani 103.8Mhz,
Chitwan Synergy FM 91.6Mhz,
Western Gandaki Gorkha Radio Gorkha 92.2Mhz
Lamjung Radio Marsyandi 95Mhz
Kaski Machhapuchhre FM 91Mhz
Tanahu Madiseti FM 105.8Mhz
Syanja Radio Aandhikhola 105.4Mhz
Dhaulagiri Myagdi Radio Magdi Kali-88.2Mhz
Baglung Radio Baglung 96.4Mhz
Parwat Radio Parwat 103.6 Mhz
Lumbini Nawalparasi Vijaya FM 101.6Mhz
  Palpa Madanpokhara 106.9Mhz
  Shreenagar FM 93.2 Mhz
  Rupandehi Lumbini FM 96.8Mhz
  Gulmi Radio Resunga 106.2Mhz,
  Arghakhachi Radio Deurali 101 Mhz
Mid-Western Karnali Jumla Radio Karnali 105.2Mhz
Humla Radio Kailash 103.4Mhz
Rapti Pyuthan Radio Pyuthan 102 Mhz
Rolpa Radio Rolpa 93.8Mhz
Rukum Radio Sisne 92.8Mhz
Dang Radio Swargadwari 102.8Mhz
Salyan Radio Rapti 103.8 Mhz
Bheri Dailekha Radio Panchakoshi 104Mhz
  Surkhet Radio Bheri 98.6Mhz
  Banke Radio Bageshwari 94.6Mhz
  Radio Krishnashar
Far-Western Seti Aacham Radio Rama Roshan 92 Mhz
Kailali GhodaGhodi FM 100.4Mhz
Mahakali Darchula Radio Kalapani 102.2Mhz
  Kanchanpur Shuklaphanta FM 99.4Mhz

 

अब तपाईँ आफै सोच्नुस्, तपाईँले भनेको जस्तै काम कसैलाई गराउनु परेको छ भने यति धेरै रेडियोको ठेक्का लिएको एउटैसित ‘डिल’ गर्नुहुन्छ कि हरेकसित छुट्टाछुट्टै ? पक्कै पनि एउटैसित गर्नु नै सजिलो हुन्छ।

के गर्छ त यसले ?
एन्टिना फाउन्डेसन खासमा के हो त ? आफ्नो वेबसाइटमा यसले लेखेको छ-
Antenna Foundation offers “one-stop servicing” for print, radio and television solutions. During more than a decade of service, AFN has worked closely with radio, print and television outlets at all levels, from national networks and top rated major market stations, to targeted stations in small towns and rural remote/underserved/hard to reach areas across the country.

यसले उत्पादन गरेको ‘नेपाल चौतारी’ लगायतका कार्यक्रम पार्टनर एफएमहरुमा प्रसारण हुन्छ। सञ्चार विकेन्द्रिकरणको सिद्धान्त विपरीत हो यस्तो काम। स्थानीय एफएमहरुले स्थानीय सरोकारका विषयमा स्थानीय व्यक्ति, पदाधिकारीसितको विषयमा छलफल गर्नु पर्ने हो। तर त्यसको साटो यसले राजधानीमा ‘एजेन्डा सेट’ गरिएका विषयमा चलाइएको छलफल र बहस सुन्न मेचीदेखि महाकालीसम्मका स्थानीय एफएम रेडियोहरु र त्यहाँका स्रोतालाई बाध्य पार्छ। यसले स्थानीय एफएमहरु परनिर्भर हुन पुग्छन्। स्रोताले के सुन्ने/के नसुन्ने, के विषयमा सोच्ने/के नसोच्ने, केमा बहस गर्ने/नगर्ने जस्ता एजेन्डा राजधानीमा सेट गरिन्छ।
maha
मदनकृष्ण र हरिवंशको मह चौतारी कार्यक्रम पनि यसैबाट प्रसारण भएको थियो। साइटमा मदनकृष्ण, हरिवंशले कार्यक्रम रेकर्ड गर्दै गरेको एउटा फोटो पनि राखिएको छ।

को-को छन् यसमा ?
एन्टिना फाउन्डेसन गैर नाफामूलक एनजिओ हो कि नाफामूलक कम्पनी हो, यसको आधिकारिक वेबसाइटमा खुलाइएको मैले देखिनँ।

त्यसैगरी यो संस्थाका पदाधिकारी को हुन् ? अध्यक्ष को हुन् ? सदस्यहरु को-को हुन् ? यसबारे पनि जानकारी आधिकारिक वेबसाइटमा राखिएको छैन। सुशासन र पारदर्शिताको विषयमा कार्यक्रम चलाउने संस्थाले आफ्नै संस्थाबारे यति जानकारी राख्दा के नै बिग्रन्थ्यो र।

नेपालय

माथिको सूचिमा दोस्रो धेरै डलर कुम्ल्याउने संस्था भने नेपालय हो। यसले ७ पटक गरी ५ लाख ७२ हजार ६ सय ३९ डलर पाएको थियो, जुन संवैधानिक निकाय निर्वाचन आयोगभन्दा धेरै हो। पटकको हिसाबमा भने निर्वाचन आयोगले १० पटक पाएको भएर यो दोस्रो स्थानमा छ तर रकमको आधारमा नेपालय तेस्रो हैन दोस्रो स्थानमा छ।

के हो त नेपालय ?
उसको आधिकारिक वेबसाइटमा यस्तो लेखिएको छ-
nepa~laya manages music, publishes books and produces independent non-fiction films. Developing events around these creations have remained our forte. Our musical concert tours, film screening tours, photo exhibition tours, book tours and football tours have travelled the length and breadth of Nepal. Our focus has been to project artists and authors to a broader mainstream audience and readers within the country and beyond.

अर्थात् यसले सांगीतिक कार्यक्रम, पुस्तक प्रकाशन गर्छ, स्वतन्त्र नन फिक्सन फिल्म बनाउँछ। फोटो प्रदर्शनी यात्रा, पुस्तक यात्रा, फुटबल यात्रा गर्छ।

यो संस्था पनि गैरनाफामुखी एनजिओ हो कि नाफा कमाउने उद्देश्य राखेको कम्पनी हो, वेबसाइटमा प्रष्ट खुलाइएको छैन।

मलाई याद छ, ‘नागरिक’मा काम गर्दाताका नेपालयका समाचारहरु JP भनेर आउने गर्थे डेस्कमा। JP को अर्थ ‘जानै पर्ने’ अर्थात् छाप्नै पर्ने हो। [हाल नागरिक र अन्नपूर्ण पोस्ट दुवैमा आवद्ध नभएकोले यति खोल्दा त अप्ठेरो नपर्ला नि!] अरु पत्रिकाहरुमा पनि तपाईँले ‘नेपालय’ ले आयोजना गर्ने कार्यक्रमको धेरै कभरेज देख्नुभएको होला। यो एक किसिमको सिन्डिकेटको प्रभाव हो।

को-को छन् यसमा ?
एन्टिना फाउन्डेसनले जस्तो यसले आफ्नो टिमको नाम लुकाएको छैन। तर यसले पनि आफ्नो साइटमा पदाधिकारी भनेर नछुट्याई एकमुष्ट टिमको नाम राखेको छ, जुन यस्तो छ-
nepa~laya team
Kiran Krishna Shrestha
Arpan Sharma
Amrit Gurung
Aavaas
Alka Shrestha
Saijan Maskey
Binay Man Singh Pradhan
Pradip Khanal
Sashi Shyam Sharma
Gyanu Shah
Monika Shah
Padam Bajracharya
Niraj Gurung
Sudeep Shrestha
Shree Krishna
Ram Bahadur rai
Santa Bahadur Thami
Ram Maya Maharjan
Gyani
Vidya Chandra
Dana Moyal Kolevzon
Dhurba Lama
Suraj Thapa
Subin Shakya
Shanti Raimajhi

यो सूचिमा भएका मध्ये मैले चिनेकाहरु केही- अमृत गुरुङ नेपथ्य ब्यान्डका गायक हुन्। आभास नेपाल स‍ंगीत नाट्य प्रज्ञा तथा प्रतिष्ठानका पूर्व सदस्य सचिव अच्युत फुँयाल हुन्। २०६८ साल भदौ ९ गते नेकपा (माले)को भागमा परेको संस्कृति मन्त्रालयले उनलाई सदस्य सचिव नियुक्त गरेको थियो। पछि उनले नैतिकताका आधारमा राजीनामा दिए।

सुदीप श्रेष्ठ नारायण वाग्ले सम्पादक हुँदा ‘नागरिक’का एसोसिएट एडिटर थिए। किशोर नेपाल सम्पादक हुँदा राजीनामा दिएका सुदीप केही समय सेतोपाटीमा आवद्ध भए र त्यसपछि फेरि प्रतीक प्रधान सम्पादक भएपछि ‘नागरिक’ मा आवद्ध छन्।

सच्याइएको : पत्रकार सुदीप श्रेष्ठले आफू नेपालयसित आवद्ध नभएको बताएका छन्। उस्तै नाम र उनले लेखेको विनोद चौधरीको आत्मकथा पुस्तक सोही प्रकाशनबाट प्रकाशित भएको कारण उनको प्रसङ्ग उल्लेख हुन जाँदा पर्न गएको असुविधाप्रति माफी माग्दै गल्ती सच्याइएको छ। यसअघि पत्रकार नारायण वाग्लेले पनि सुदीप श्रेष्ठ पत्रकार नभएर अर्कै भएको जानकारी दिएका थिए। तर नेपालयको वेबसाइटमा वाग्लेको नाम नरहेकोले त्यसलाई आधिकारिक भनाईका रुपमा लिन सकिएको थिएन। यद्यपि वाग्लेले आफ्नो फेसबुक स्टायटसमा नेपालयलाई ‘हाम्रो प्रकाशन गृह’ लेखेको पछि मात्रै देखेँ। त्यसमाथि सुदीप आफैले खण्डन गरिसकेपछि गल्ती पुष्टि भएको छ। सच्याइएको छ।

यो संस्थाले तत्कालीन कान्तिपुरका सम्पादक नारायण वाग्लेको ‘पल्पसा क्याफे’ र तत्कालीन नागरिकका सम्पादक रहँदा वाग्ले कै ‘मयुर टाइम्स’ उपन्यास प्रकाशित गरेको थियो। कुन्द दीक्षितको फोटो पुस्तक ‘लडाइँमा जनता’, ‘फेरि यस्तो नहोस्’ र ‘युद्धपछि जनता’ नेपालयबाटै प्रकाशित भएको हो। दीक्षितहरुको आफ्नै पुस्तकसम्बन्धी संस्था हुँदाहुँदै पनि नेपालयबाट यी पुस्तक प्रकाशन हुनुको कारण के होला कुन्नि।

वेबसाइटमा राखिएको जानकारी अनुसार सुदीप श्रेष्ठद्वारा लिखित उद्योगपति विनोद चौधरीको आत्मकथा, रवीन्द्र मिश्रको ‘खान पुगोस् दिन पुगोस्’, नारायण सुवेदीको ‘१०० दिन माओवादी कब्जामा’, नवीन जिरेलको युद्ध संस्मरण ‘भीषण दिनहरु’, राधा पौडेलको आत्मकथा ‘खलंगामा हमला’ आदि पुस्तकको प्रकाशक नेपालय हो।

पत्रकार गिरिश गिरीको चर्चित डकुमेन्ट्री ‘टिम नेपाल’ र अर्को चर्चित डकुमेन्ट्री ‘भेडाको उन जस्तो’ लाई नेपालयको प्रोडक्सन सर्भिस अन्तर्गत वेबसाइटमा राखिएको छ।

टप टेनमा परेका अरु संस्थाबारे अर्को ब्लगमा। माथिका अरु नाम र संस्थाबारे जानकारी भए तल कमेन्टमा लेख्नुहोला वा सुटुक्क भन्ने मन भए यता क्लिक गरेर लेखे हुन्छ।

सम्बन्धित ब्लगहरु
धेरै डलर पाउने टप टेनको सूची – कम्युनिकेसन कर्नर, मह सञ्चार, इक्वेल एक्सेस लगायत (भाग ३)
कुनै प्रतिस्पर्धाबिना खुसुक्क दूतावासमा बोलाएर दिल्ली, बेइजिङ, लण्डन वा वासिङटनको भ्रमण गराउने चलन हिजो पनि थियो, आज पनि छ। यो सेवा–सहुलियतको ‘मज्जा काठमाडौँका केही खास मिडियाकर्मीहरुले लिइरहेकै छन्- सञ्जय घिमिरेको ब्लग

36 thoughts on “अमेरिकाले बारम्बार डलर दिएर माया गरेकाहरुको सूचि”

  1. Bhawani niroula says:
    May 11, 2014 at 12:01 pm

    मह जोडी लाई चाँही please गाली नगरी दिनु होला।।
    आफ्नो जीवन नै हामीलाई मनोरन्जन गराउन खर्चेका छन
    की कलाकार ले भोक भोकै…..उपचार गर्न नपाएर चन्दा मग्दै हीड्नु पो पर्थीयो कि? कलाकार ले देस बेचेको न भनी दिनु कलामात्र बेचेको हो…….

    Reply
  2. विजय says:
    May 10, 2014 at 9:06 pm

    यी दलरमनि र दलरबादिहरुलाइ करको दायराभित्र ल्याउनुपर्यो कुरो त्यहि हो .

    Reply
  3. Jiwan says:
    May 10, 2014 at 8:16 pm

    दिनेले दिएपछि काम गरेर खाए भने र देशलाई नोक्सानी नहने रैछ भने ठिकै छ|
    आम्दामीमा कर तिरेको बिवरण पनि हेर्न पाए हुन्थ्यो|
    नंन प्रफिट भनेर व्यक्तिगत खातामा वा खल्तीमा आम्दामी गर्न मिल्दैन|
    आन्तरिक राजस्वको ध्यान यतातिर जानपर्यो|
    जसले सुशासन र पारदर्शीताको नारा लाउने अगुवा नै बाटो हगुवा|

    Reply
  4. Rabi says:
    May 10, 2014 at 5:45 pm

    Umesh ji,

    This means that If USAID gives $50,000 in grant money to mysansar to publish your blog, you will say NO, right? Dollar “kumlyaunu” ta bhayena ni hoina?

    Reply
  5. V.Bhurtyal says:
    May 10, 2014 at 2:37 pm

    खायो त खायो – तेरो बाउको खाएन ( भारत, चीन र अमरिकाको खायो) ; भोकाहरुले खाए – दिएकोले खाए – चोरेको, मागेको , धम्क्याएर लुटेको होइन क्यारे ! रीत पुर्याएर खाए – तिम्रो के को टाउको दुखाइ ? सक्छौ भने देउ न अझै खान तयार छन् सबै जना ! यस्तो कार्जेमा केको कारबाही ? कसले गर्ने कारबाही ?? आफुलाई र देशलाई बेच्नेहरुलाई के यहा कारबाही हुने गरेको छ ???????? – सक्छौ भने जवाफ दे !

    Reply
  6. Shiba says:
    May 10, 2014 at 1:32 pm

    नेपाल को कलाकार पत्रकार लोकतन्त्र लोकतन्त्र भनेर उफ़्रिन्थे कारण डल्लरले पो उफ्रेको ? अमृत गुरुङ, खुबै देश भरि घुमफिर मा गनिन्छ संगीत बाट जगुरुक ल्याउने रे ….. मह जोडी लोकतन्त्र भन्दै खुल्ला मंच र बसन्तपुर मा कुर्लिने लोकतन्त्रको लागि भन्दै सबै क सबै अरुदेश कै पेशा मा मोज! गज्जब छ नेपाल र नेपाली

    Reply
  7. Basant says:
    May 10, 2014 at 11:23 am

    धेरै धेरै धन्यवाद शालोक्यजी यो प्रतिवेदन सार्वजनिक गरेर मान्छेहरू चिनाइ दिनु भएकोमा यस्मा त धेरै यस्ता छन जो अरूको हिसाब खोज्दै हिड्छन यीनीहरूको हिसाव कस्ले खोज्ने ।

    Reply
  8. श्री says:
    May 10, 2014 at 10:55 am

    – पहिचानसहितको संघियताको समर्थनको लागि पनि बाहिरकै डलर र क्रोनर ?
    – पहिचानसहितको संघियताको बिरोधको लागि पनि बाहिरकै डलर ?
    – लोकतन्त्रको नारा भजाउन पनि बाहिरकै डलर ?
    – माओबादी बिरुद्ध लागिरहन डलर र क्रोनर ?
    – पत्रिका चलाउन पनि डलर र क्रोनर ?
    – समाचार प्रशारण गर्नको लागि पनि डलर ?
    – एन. जी ओ. / आई. एन. जी. ओ. चलाउन पनि डलर , क्रोनर, यूरो ?
    – गणतन्त्र ल्याउन पनि डलर र रूपिया ?
    – पुस्तक प्रकाशन गर्न पनि डलर ?
    – भारतीय रूपियाँ, यूरो को हिसाब कसले गर्ने ?
    – यसरी समाजका बरिष्ठ पत्रकार, लेखक, कलाकार, नागरिक समाज नै डलर को खेति गर्दो रहेछ हामी जस्तो सोझो नेपाली लाई के थाहा ?
    – हेर्दै जानुस अब संबिधान पनि यस्तै डलरवालाले बनाई दिन्छ, ६०१ ले त दायाँ / बायाँ किनारमा सहि ल्याप्चे मात्र ठोक्ने होला जस्तो छ बा.

    खै कसबाट के आश गर्ने नेपाल मा ?????

    Reply
  9. Milan Tamang says:
    May 10, 2014 at 10:14 am

    बिदेशीको ठुलो हात छ भन्थ्यो थाहा भाहीहाल्यो नि ..यस्तो विदेश बाट dollor आउने आउने रहेछ किन नभन्नु

    Reply
  10. raju adkhikari says:
    May 10, 2014 at 6:46 am

    ७~८ वर्ष अगाडी ज्ञानेन्द्र को १०, २०, ५० हजार रुपया खाएका पत्रकार को नाम हेरेर खुब गाली गरिएको थियो| आहिले थाहा भयो सबै पत्रकार खाएका रैछन| यो त USAID को मात्रै List भो, मित्र राष्ट्र भारतले पनि निक्कै दिनु भएको होला| नाम चलेका कलाकार ले त खाएका रैछन, नेता हरु ले झन् कति खाएका होलान | नागरिक समाज ले झन् कति सहयोग पाए होलान| मोज गर बाबा मोज गर| तिमि हरु लाई पो दिने मान्छे छन् दिन्छन| हामीले ८~१० घण्टा दुख गर्नै पर्छ| प्रतेक २~३ वर्ष मा श्रम र मंपोवेर को हण्डर खानै पर्छ|

    Reply
    1. Prakriti says:
      May 10, 2014 at 7:38 am

      बाहिरी आवरण र भित्रि रुप मा धेरै फरक हुन्छ . यी सबै बाहिर देख्दा चिल्ला तर भित्र कुहियाको फर्स्सी परेछन .jai dollor.

      Reply
  11. Derwent says:
    May 9, 2014 at 11:20 pm

    Please write more and allow commentators and readers to share any documents available regarding foreign donor.
    Once we were sovereign nation now we are sponsor in every sector (media, development or what not) by INGOs or other interest groups.
    If this continue we may end as Coca-cola/Pepsi sponsor Nation.

    Reply
  12. ashok says:
    May 9, 2014 at 10:43 pm

    माइसंसार पाठकहरु,

    शालोक्यजीको यो रिपोर्ट पढेर आज मेरो मन एकदम गर्हौ भएर आयो- महाकसम ! पशुपतिनाथको कसम ! हाम्रो समाजसेवी भावनाको घुम्टो यस्तो होला भनेर त मैले कल्पना कहिल्यै पनि गरेको थिइन ! पैसाको लागी हामी जे पनि गर्न सक्ने, नैतिक चरित्र सकिएको, हामी कस्तो नागरिकहरु! थुक्क !

    सानोमा मदनकृष्ण र हरिबंश आचार्यको डाइहार्ट फ्यानहरुमध्ये म पनि एक थिए- अहिले आएर मलाई सबै भन्दा बढी घृणा लाग्ने उनीहरु नै हुन् ! मदन कृष्ण र हरिबंश अहिले बेलायतमा छन् ! बिदेशीको पैसा खाएर पहिचानसहितको संघियताको बिरोधि नाटक देखाइरहेका छन् ! लठुवा नेपालीहरु- कुरा बुझेर मात्र मनोरंजन गर ! हामी दलालहरुले घेरिएका रहेछौ !

    Reply
    1. bibek dhakal says:
      May 10, 2014 at 7:54 am

      तर फेरी जातिय संघियतालाइ छिराएर बर्षौं देखिको एकतालाई चिरा पार्ने काम गर्ने पनि त्यहि “डलर” भित्र्याउने आइ एन जी ओ र दुतावासहरु हून भन्ने खै बुझ्या? टिठ लाग्ने!

      Reply
    2. Sankalpa Pandey says:
      May 10, 2014 at 11:18 am

      संबिधान सभा १ को चुनावमा मदनकृष्ण, हरिबंसलाई करोडौ दिएका बिदेशीले यो पालिको चुनावमा सुको पनि दिएनन् किन ! किनकि यो चुनावको सबै भन्दा प्रमुख एजेन्डा भनेकै संघियता थियो र त्यसमाथि पनि जातीय राज्यको एजेन्डा थियो ! मह दुवै जना संघियता बिरोधि भएकै कारणले विदेसीले एक पैसा पनि दिएनन् यसपाली जनचेतना कार्यक्रम गर्नको लागि ! अब आफै बुझ्नुहोस् न, नेपालीले नस्वीकार्ने, नेपाललाई नचाहेको जातीय संघियताको लागि बिदेशीहरु चाही किन तछाड मछाड गरेका होलान त ?

      Reply
    3. madan bajracharya says:
      May 11, 2014 at 11:03 am

      हरि बंशको बारेमा थाह छैन/ तर मदनकृष्ण २०३० साल तिर संचय कोषको नासु पदमा काम गर्थे/ पंचायत काल सम्म महको ई दुई पात्रहरु साधारण स्थानीय स्वयम् सेवक सांस्कृतिक कलाकार मात्रै थिय/ पंचायत पछि मात्रै ब्यबसाइक सांस्कृतिक कलाकार बनेको हो/ अब उनीहरु अघोसित तरिकाले अरवपतिनै भयको देखिन्छ/ नेपालमा सबैले मन पराउने कलाकारहरु सम्पन्न बन्नु त् खुसीकै कुरा हो/ तर माथिको कुराले उहाहरु सहि तरिकाले सम्पन्न भयको भन्ने कुरामै प्रश्न चिन्ह लगाएको देखियो/

      कसैको पनि सम्पति जायज छ बा छैन भनेर तिरियको आयकरले स्पस्ट देखाउंछ/ दस प्रतिशत आयकर तिर्नु पर्छ भने सय रुपिया कमाउनेको ९० रुपियाको सम्पति मात्रै जायज भयको ठहर हुन्छ/ १०% आयकर तिर्नु पर्ने भयर १० रुपिया मात्रै कर तिर्ने सिट लाख रुपियाको सम्पति भयको देखिय उसको सम्पति सरासर कालो धन हुन् जान्छ/ कालो धन थुपार्नेहरु रास्ट्रको रगत चुस्ने फिटे जुका हो/ महजोडी तेस्तो फिटे जुका नहोस यहि कामना गर्छु/

      Reply
  13. Mk says:
    May 9, 2014 at 9:50 pm

    विदेशीहरु ले नेपाललाई मदत गरुन, तर यसरी छानी छानी नेपाली लाई होइन ; नेपाल सरकारले एसको लागि नियेम कानुन तर्जुमा गरि कडाइका साथ लागु गर्नु पर्यो / सुभस्य : सिघ्रम /

    Reply
  14. कृष्णकुमार केसी says:
    May 9, 2014 at 5:51 pm

    प्रकासक मात्र बन्नु पर्दों रहेछ किताब छाप्नलाई पैसा डलरमा आइहल्दो रहेछ यस्तालाई के का प्रकाश भन्नु खै ? किताब बेच्यो पैसा सोऱ्यो किताब छपाई दियों डलर सोऱ्यो ।

    Reply
  15. rasic says:
    May 9, 2014 at 5:30 pm

    यि भैरे पत्रकारलाई केहि कुरा नभनी रहनै सकिएन, आफ्नो पत्रिकामा काम गर्ने स्ट्रिन्जर, रिर्पोटर, न्यूज रिडर, कार्यक्रम प्रस्तोता वा स्टाफलाई सकेसम्म तलव नदिने, दिइहालेपनि थोरै दिने, त्यै पनि समयमा नदिने । उनीहरु बाच्नकोलागि कामगर्ने दौरान दुइृ चार सय खान्छन पनि । तर, यही आरोपमा जागिरबाट हटाउने, बदनाम गराउनेसम्मको हर्कत गर्छन तथाकथित मालिक र तिनले राखेको सम्पादकले । चाकरी गर्नै ति सम्पादकलाई पनि विभिन्न देश विदेश, फाइव स्टार होटेलमा लगेर ठूलो लेभलका रक्सी र मासुमा आफ्नो बनाउछन । अनि, सम्पादकले आफ्नो इतरको व्यक्ति वा संस्थाको समाचार जे लेखे पनि राम्रो अनि साच्चै राम्रो समाचार खोज्ने पत्रकारलाई सकेसम्म होच्याउने समाचार भएन भनेर गिज्याउने परम्पराले गर्दा हाम्रो नेपाली पत्रकारिता उभो लाग्न नसकेको जस्तो लाग्यो ।

    Reply
  16. Arpan says:
    May 9, 2014 at 3:12 pm

    Umeshji, I have nothing to do with the beneficiaries of the American grant and have goodwill for your hard work. However, as Alexander Pope said, little knowledge is a dangerous thing. I am sorry to say that your understanding of basic English is very limited. I do not want to have a long discussion with you about your misguided perception about grants. But I request you to research about the terms ‘grant’, ‘aid’, ‘assistance’, ‘support’ etc. and also find how the words ‘intervention’ and ‘interest’ are used in English language. Should I add that same word can be used in different contexts for different meanings in English. If you broaden your understanding, you will find out that grant, intervention and interest can have more positive meanings than what you have learnt. I have no qualms about your likely reaction because I have empathy for your ignorance.

    Reply
    1. dol bahadur says:
      May 11, 2014 at 2:54 am

      mr arpan, i have seen the more need is for u to learn the vocabulary meanings instead mr umesh who have publish this article.
      Get better understanding of this article at the same time, and dont just try to act like u the developer of the terminologies. please read the article till u understand and come back for debate with the publisher. keep in mind, i have never know the publisher.

      Reply
      1. bibek dhakal says:
        May 11, 2014 at 2:01 pm

        के यस्तो अलि अलि अंग्रेजी सब्द घोकेको भरमा आफुंलाई ठुलै विद्वान ठान्ने अजासु केटाकेटीको कमेन्टमा रेप्लाई गर्नु मित्रहरु! उसको लेखन शैलीबाट म ठोकुवा गर्छु उसले स्नातक सम्म पास गरेको छैन होला !!!!!

        Reply
    2. bibek says:
      May 11, 2014 at 8:12 am

      Well, you seem to know more indepth about so called “grants”! Why don’t you explain to general mass thoroughly instead of blasting Mysansar and Umesh ji? Our general mass need to know what is happening in their country. Be it a grant for positiveness or negativeness, information re grant should be made public! What’s wrong with that?? Being a transparent body is always a good policy. If these organisations have done anything positive they should come out and let people know about why their “grants” were right and justified. Lets not go personal here.

      Reply
    3. Tangsang says:
      May 11, 2014 at 11:09 am

      Interfare र intervention को अर्थ राजनितिशास्त्रको बिशेष international relations अन्तर्गत परिभाषा हेरे पुग्छ ।

      Reply
    4. roshani says:
      May 26, 2014 at 9:40 pm

      सबैलाई जानकारी होस्, यो कमेन्ट मा ढाटेपनि Arpan नेपालय संस्थाका हर्ताकर्ता हुन् | नेपालय मार्फत हण्डी खाने मा यी सायद kirankrishna पछि दोश्रो नम्बर मा पर्छन | कुनै बेला “शान्ति” को नाममा नेपथ्यको कन्सर्ट गर्दै देश डुलाउदा होस् वा एउटा के नामको सीडी बाड्ने नाममा हो, डलर मणि दिक्षित, किरणकृष्ण र नेपथ्य का अमृत गुरुङ सहित यी Arpan महाशय ले राम्रो डलर कुम्ल्याएका हुन् | सालोक्यलाई कुरी कुरी गर्नु अगाडी आफु नाङ्गै बुङ्गै भुतुङ्गै भएको सोच्न पर्थ्यो कि मित्र |
      अर्को कुरो, “बहस मा उत्रिन चाहन्न ” लेखेको रैछौ | किन उत्रिन्थ्यौ त ? अहिले त नाङ्गै छौ, बहसमै उत्रियौ भने त तिम्रो छाला पनि खुइलिञ्छ भन्ने तिम्लाई थाहै छ नि |

      Reply
  17. सन्तोष says:
    May 9, 2014 at 3:07 pm

    यो सार्वजनिक गरेकोमा mysansar लाई धेरै धेरै धन्यबाद ! संचार जस्तो संबेदनशील र महत्वपुर्ण विषयमा पूर्ण पारदर्शीता र छलफल त पक्कै आवश्यक छ! तर शीर्षक मा “माया गरेका हरु” तथा लेखमा “डलर कुम्ल्याउने” जस्ता शब्द ले यो लेख को आशय लाई बिगारेकोजस्तो लाग्यो – सबैलाई एकैघानमा हालेर भुटया जस्तै ! एउटा स्वच्छ छलफल को गाँसमा किर्किरे ढुंगा जस्तो! तर होइन आसय आरोप-प्रत्यारोप नै हो भने त भन्नु केहि पनि छैन !!!

    Reply
  18. kedar says:
    May 9, 2014 at 2:58 pm

    बाहिर बाहिर हरे राम, भित्र भित्र सबै खाम रहेछन यी गैरसरकारी संस्थाहरु, येसरी नै भण्डाफोर गर्दै जाने हो भने बुद्दिको घैंटाको बिर्को उघ्रेर सुद्ध हावा पसेर बिसुद्ध हुने मौका पाउंथे कि कतै ||

    Reply
  19. श्री says:
    May 9, 2014 at 1:55 pm

    यहि त मैले धेरै पहिला देखि भन्दै आको कुरा फेरि प्रमाणित भयो आज पनि. नेपालमा बाहिर देखिने कुरा, देखाईने कुरा एउटा हुन्छ अनि भित्रि गुदी कुरा अर्कै हुन्छ.
    – भित्रि कुरा, चलखेल, अन्तर्घातको नेपाली जनताले छेउ टुप्पो को चाल नै पाउदैन
    – मुखमा रामराम बगलीमा छुरा !!

    Reply
  20. AFN says:
    May 9, 2014 at 1:53 pm

    Thanks for getting information, since this is NGO, they need to disclose their transaction to public. many of staffs at this organization have work with low salary, Since their management team use to say it’s for the sake of our nation. But, I personally found that, they have created two types of Invoices, One for the staffs and next for the donor agency.

    Specially some of their management team use to visit Casino to spend money they own via cheating creative staffs labor salary. and also cheating donor.

    Actually these types of organization should be effectively monitor by government. If those funds were use for some generating revenue from grass root level that could have some sense. so, donor be careful.

    Reply
  21. Mukesh Budhathoki says:
    May 9, 2014 at 1:48 pm

    ओ माई गड !
    घिच्नु घिचेछन त !!
    नेपालमा नै बसी बसी एत्रो डलर $$$$$$

    Reply
  22. Bhumi Raj Chalise says:
    May 9, 2014 at 1:22 pm

    नेपालीहरुलाई प्रलोभनमा पारि धर्म परिबर्तन गराउने व्यक्ति र संस्था हरुको पनि भण्डाफोर गर्नुभएमा हामीहरु धेरै धेरै आभारी हुनेथियेउ /

    Reply
  23. kusan sharma says:
    May 9, 2014 at 1:12 pm

    मान्छे देखिए जस्ता रहेनछन –

    खोइ कसको पो विश्वास गर्नु l

    दलालनै दलालहरुले भरिएछ हाम्रो देश त l

    सलोक्यजी अझ पर्दा हटाउने होकी ठुलाबडाहरुको l

    Reply
  24. tek raj timalsina says:
    May 9, 2014 at 12:05 pm

    मह संचार ले नि टन्नै डलार पाउने रहेछ त बाबै | पाँच बर्ष मा पांच करोड | फाट्ट फुत्त टेलेफिल्म बनेर कसरि चलाउँदो हो मह संचार भनेर मलाई सन्धी छक्क लाग्थ्यो | यो र येस्तै अरु पो त रहेछन त, आम्दानीको श्रोत त | मह संचार त सबै ले respect गर्ने संस्था हो नि | येसरी पाउने सहयोग कसरि प्रयोग गरियो त मह संचार ले अलि खुलेर भनि दिए राम्रो हुन्थ्यो नि, तेसो गरे कसो होला ?

    अझ अरु संस्था हरु को त नाम नि राम्रो संग सुनेको थिएन | देश गरिब भए नि कसरि काठमाडौँ मा महंगा महंगा गाडी गुड्छन, कसरि मान्छे हरु महंगा बंगलामा बस्छन भन्ने लाग्थ्यो | जागिरे को तलब ले त कहिले तेस्तो गर्न पुग्दैन | कि त ब्यापार गर्नु पर्यो त्यो पनि दुइ तीन नमबरी कि त डलर खेति गर्नु पर्ने रहेछ |

    Reply
    1. rosi says:
      May 10, 2014 at 7:24 pm

      तेही त , ५ बर्समा ५ करोड, अनि आरु देश बाट पनि खाए होलान , म पनि यिनी हरु २-४ ओटा Telefilm बनायारे कसरि त्यस्ता गाडी अनि २ करोड को घर(बलकोट मा ) किनेको होला भनेको त एस्तो धन्दा रहेछ .

      मलाई एउटा कुरा भन्न मन लग्यो, राजा लाई गाली गर्ने जति त सबै बिदेसी को पैसा खाएको रहेछन .

      Reply
  25. yogi says:
    May 9, 2014 at 11:21 am

    मह ले पनि तेसै यो कागे लोकतन्त्र को वकालत गरिरहेको छैन …कारण यहि हो ….सबै आफ्नो फाइदाको लागि देश बेच्ने हो | नत्र किन यतो देशै बिखन्डन को स्थिति आउदा पनि लोकतन्त्र लोकतन्त्र भनि रहन्छ यी मह हरु …व्यक्तिगत रुपमा मा वहाहरु लाई सम्मान गर्छु तर खै यिनीहरुले सिमा मिचेको बारे, नेपाली चेली बलात्कार को बारे कुरागरेको अनि प्रजातन्त्र सहितको राजतन्त्र भन्दा लोक तन्त्र गयागुज्रेपानी लोक तन्त्र को नै वकालत गरेको…कारण यहिहो ….देश यसरी माग्ने हुनु अनि तल झर्नुमा महको पनि ठुलो हात छ….

    Reply
  26. DAYA KHANAL , Virginia says:
    May 9, 2014 at 11:16 am

    लहरो तान्दा पहरो घर्केला जस्तो छ

    Reply

Leave a Reply to bibek dhakal Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme