Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अन्तरिक्षमा फहरियो नेपाली झण्डा, बज्यो ‘सयौँ थुङ्गा…’

Posted on May 6, 2014May 6, 2014 by Salokya

space वैशाख १७ गते बुधबारको दिन पृथ्वीबाट ७० हजार फिटमाथि अन्तरिक्षमा नेपालको राष्ट्रिय गान ‘सयौँ थुङ्गा फूलका हामी…’ बज्यो। नेपालको राष्ट्रिय झण्डा चन्द्रसूर्य त्योभन्दा माथि ८० हजार फिटसम्म पुग्यो।

बानेश्वर घर भएका २१ वर्षीय क्षितिजराज लोहनीको प्रयासले यो संभव भएको हो।

हेलियम बेलुनमा राखेर उडाइएको थियो झण्डा र राष्ट्रिय गान बजाउने स्पिकर। बेलुनमा राखिएका क्यामेराहरुले भिडियो र फोटोहरु खिचेका छन्। नेपालको राष्ट्रिय झण्डासहित अन्तरिक्षको दृश्य फोटो र भिडियोमा हेर्दा अलि बेग्लै किसिमको रमाइलो अनुभूति हुने रहेछ। हेरौँ उनले उडाएको बेलुनले खिचेका केही फोटो र भिडियो।
space

क्षितिज अहिले अमेरिकाको बोस्टनमा छन्। नर्थ इस्टर्न युनिभर्सिटीमा फूल स्कलरसिपमा कम्प्युटर इञ्जिनियरिङ पढ्दैछन्।

देशका लागि केही गर्नुपर्छ भन्ने लागेर यो काम गरेको उनले बताए।

‘म टेलिभिजनहरुमा अरु देशका झण्डा, राष्ट्रिय गान चन्द्रमामा, अन्तरिक्ष यानमा बजेको देख्थेँ, मलाई मेरो देशको झण्डा पनि त्यहाँ देख्न मन लाग्थ्यो’, उनले भने, ‘तर म एक्लैको प्रयासले यो संभव हुँदैन थियो। मैले सोचेँ, किन अहिले नै चन्द्रमासम्म पुग्ने त? मेरो देशको झण्डा अहिलेसम्म जेट विमान उड्ने ३५ हजार फिटसम्म पुगेको होला। ३५ बाट ३६ हजार पुर्‍याउन सके पनि माइलस्टोनै हुन्छ नि भन्ने सोचेँ।’

तर उनले अमेरिकाको Fishers, Indianapolis बाट उडाएको बेलुन ३६ हजारमात्रै हैन, ८० हजार फिटमाथिसम्म पुग्न सक्यो। ८० हजार फिटमाथि पुगेर बेलुन पड्कियो। तर उनको टिमले गरेको गणना अनुसार बेलुनमा रहेको क्यामेरासहितका सामाग्री सोचेकै ठाउँमा खस्यो।

क्यामेरामा हेरियो। गजब ! फोटो र भिडियो योजना अनुसार नै रेकर्ड भएका रहेछन्। पृथ्वीको सतहभन्दा धेरै फिटमाथिका दृश्य अनि त्यसमा हाम्रो चन्द्रसूर्य पनि- गजब लाग्छ हेर्दा।

एक घण्टा ५८ मिनेटको यो आकाशे यात्रामा बेलुनले ८० माइलको यात्रा तय गरेको थियो।

space3

space1

space2
तपाईँहरुले नेपालको झण्डामुनि सेतो-सेतो वस्तु याद गर्नुभयो ? त्यो उनले तारा बनाएका रहेछन्। आकाशको तारा झार्ने गफलाई घुमाउरो पाराबाट भए पनि सफल बनाउने ध्येयले। आकाशमा पुगेको तारा उनको हातमा त पुग्यो नि, भलै त्यो आफैले बनाएर धर्तीबाटै उडाएको तारा किन नहोस्। भिडियोमा उनले यसबारे बताएका छन्।

भिडियो हेर्नुस्-

थप फोटो हेर्नुस्-
यी फोटो बेलुनको क्यामेरा नम्बर ३ बाट ७२ हजार फिटभन्दा माथिबाट खिचिएका हुन्।
space10

space4

space5

space6

space7

space8

space9

55 thoughts on “अन्तरिक्षमा फहरियो नेपाली झण्डा, बज्यो ‘सयौँ थुङ्गा…’”

  1. sisam says:
    May 13, 2014 at 4:47 pm

    कमेन्ट गर्नै मन लागेन केहि गर्ने सोच को साथ म पनि अगी बधिराख्छु खै केहि गर्न सकिदैन धन्य हो ग्रान्ड सोल्युत कार्य सफलता को लागि

    Reply
  2. Ram says:
    May 11, 2014 at 12:25 pm

    congratulation lohoni brother , great job keep it up .

    Reply
  3. raju dhakal says:
    May 9, 2014 at 2:57 pm

    so proud to be a Nepal. My heart beholds seeng my great country, Nepal’s flag up in the aerospace. My prde..my Nepal.

    Reply
  4. Ramji Ghimire(georgia , usa) says:
    May 9, 2014 at 6:43 am

    Thanks brother for that.try to continue your project .

    Reply
  5. Iku says:
    May 9, 2014 at 4:43 am

    भाइले आज नेपालको झन्डा र राष्ट्रिय गीत ८० हजार फित माथि पुराउन सफल हुनु भएको छ ! भोलिको दिनमा चन्द्रमामा आफै पुगेर नया काम गर्न सफल हुनुहोस ! शुभ कामना ! ! जय नेपाल ! ! !

    Reply
  6. Ram says:
    May 9, 2014 at 2:38 am

    Very nice!

    Reply
  7. Sagar says:
    May 7, 2014 at 10:26 pm

    Dislike को बर्षा छ,i यस्तै यस्तै खुट्टा तान्ने प्रवृतिका मान्छेहरु नेपालमा भएर नै नेपाल बिकास हुन नसकेको|

    Reply
  8. Anil says:
    May 7, 2014 at 4:30 pm

    कुरो सब ठिक छ, रमाइलो लग्यो, गौरब पनि लग्यो तर अन्तिममा १० बर्ष २० बर्ष ३० बर्ष भन्ने कुरा कतै सुनी राखेको जस्तो लग्यो | 😀 😀

    Reply
  9. Alex says:
    May 7, 2014 at 2:03 pm

    I would like to congratulate you for at least taking this initiative . There are people who likes to talk and do nothing. At least you saw the dream and you worked on it . I totally appreciate what you have done.

    http://www.youtube.com/watch?v=DCX3ZNDZAwY ( Good Song from Beatles to celebrate your dream )

    Reply
  10. Bhola Panta says:
    May 7, 2014 at 10:41 am

    लोहनी जी ले गरेको प्रयत्न सारै प्रसंसयोग्य छ.I म धेरै प्रसंसा गर्छु उहा को यौ ठुलो विचार र स्टेप्स लाई.

    Reply
  11. dor prasad says:
    May 7, 2014 at 8:36 am

    तपाइको देश भक्ति, सोच र बैज्ञानिक सिप लै सलाम !

    Reply
  12. Bishnu Pantha says:
    May 7, 2014 at 8:17 am

    well, he might be a patriot,but I don’t see any point on this except the FUN. what’s benefit of this for NEPAL?? Do something that benefits the country then be proud on what you are doing.It’s just another Bull shit!!

    Reply
  13. samrat~ says:
    May 7, 2014 at 6:09 am

    अब एकदिन नेपालि रकेट आफ्नै स्याटेलाइट लिएर अन्तरिक्छ्ये मा पुग्नेछ . Made in नेपाल. बधाई छ छितिज. Keep up the good work !

    Reply
  14. Rajesh rai says:
    May 7, 2014 at 5:51 am

    congratulation , great job keep it up .

    Reply
  15. Daya Khanal , Virginia says:
    May 7, 2014 at 4:39 am

    नेपाली ले पनि केहि गर्दैछन है भन्ने संदेश

    Reply
  16. प्रवेश लामा says:
    May 7, 2014 at 3:30 am

    प्रगतिको लागि धन्ने बाद फेरि पनि हजुरको कला देख्न पाऊस………

    Reply
  17. Crish bhandari says:
    May 7, 2014 at 2:35 am

    Well done we all proud of you . Keep up the good job …

    Reply
  18. Bhima says:
    May 7, 2014 at 2:15 am

    Well its not space may be it reached upper stratosphere. To call it space is misleading. Any ordinary person can do this with cam and helium ballon. He did something new thats great.

    Reply
    1. gopal adhikari says:
      May 7, 2014 at 12:41 pm

      sakinchha भने आफुले गरेर देखाउनु नि … किन बेकारमा कमेन्ट गर्नु ? नेपालीको जात देखाइहाल्नु पर्छ ?

      Reply
      1. Sagar says:
        May 7, 2014 at 10:18 pm

        यो जन्तुलेआफ्नो जात देखाई हाल्यो
        ,अनि कसरि नेपाल को विकास हुञ्छ?येस्तै खुट्टा तान्ने प्रवृतिका
        जन्तु भएर त हो
        |

        Reply
  19. Chiran says:
    May 7, 2014 at 2:00 am

    यो एउटा राष्ट्र चिनाउने काम हो. नेपालमा प्रतिवाको कमि होइन प्रतिवा को सदुपयोगको कमि हो . धन्यबाद छ

    Reply
  20. Uttam Sharma says:
    May 7, 2014 at 1:59 am

    क्षितिज भाइ लाई अझै धेरै उचाइमा पुग्नसक प्रगतिको कामना
    उत्तम शर्मा

    Reply
  21. Karam gurung says:
    May 6, 2014 at 10:51 pm

    तिमि सानो तारा आशा छ धेरै उचाइमा पुग्न सक छौ प्रगतिको कामना

    Reply
  22. Shishir Boston says:
    May 6, 2014 at 10:35 pm

    Well done Kshitij. Appreciate your work. That was really amazing.
    Best of luck for your incoming projects.
    Jaya Nepal !

    Reply
  23. laxmi says:
    May 6, 2014 at 9:49 pm

    great job , go ahead !!

    Reply
  24. Ramesh babu says:
    May 6, 2014 at 9:34 pm

    Salute chhitij …..

    Reply
  25. Shyam bata says:
    May 6, 2014 at 9:01 pm

    धेरै जना ले भन्ने गर्छन यो देश ले मलाई के दियो . तर छितिज राज लोहनी ले विदेश मा बसेर देश को लागि दिएको यो योगदान बाट हामी सबै ले ठुलो पाठ सिक्नु जरुरि छ . हामीले यो देश को लागि के दियौं ? धन्यवाद छ छितिज हामी गर्ब गर्छौं आज

    Reply
  26. Bishnu Adhikari says:
    May 6, 2014 at 8:57 pm

    येस्ता प्रतिभा हरु देशमा उपयुक्त बाताबरण नभयेपछि बिदेसिन बाध्य छन् / सोचनीय कुरा छ /

    Reply
  27. Bhim Sunar n Yega joshi says:
    May 6, 2014 at 8:48 pm

    Feeling proud to u Chhitij.

    Reply
  28. Bikash Bhandari ( chelsea 2007-20090 says:
    May 6, 2014 at 8:23 pm

    proud to be you friend.. great job and great achievement for Nepal so far. SALUTE

    Reply
  29. Dinesh Dhital says:
    May 6, 2014 at 7:09 pm

    Great job Kshitij , keep up the great job ,

    Reply
  30. Maheswar says:
    May 6, 2014 at 7:09 pm

    It is likely true that 80,000 ft (24.4 km) is the highest altitude the Nepalese flag has ever flown, setting a new milestone but it did not reach the edge of the space (Antariksha) as reported in the news and youtube video. A rough boarder between earth’s atmosphere and outer space is about 100 km (328,000 ft) above the earth surface. That said, the balloon traveled only about 25% of the earth’s atmosphere, NOT to the edge of the space. However, it is indeed an intriguing experiment. Congratulations to Kshitij for the concept and successful experiment. Good job. Keep going.

    Reply
  31. Mukesh Budhathoki says:
    May 6, 2014 at 7:01 pm

    Well done . कीप it up …u have done great job . At least something u tried हार्ड एंड did it . नेपाली छोरोले गरेको हो that matters to us . भाग्यमानी भएस !!!!!

    Salute from सिड्नी }}}}}}}

    Reply
  32. ram says:
    May 6, 2014 at 6:07 pm

    होइन यो सबै कमेन्ट मा dislike गर्ने को को हुन् . कहिले देखि को रिस रहेछ एस्तो काम गर्दा पनि मन नपराउने. आफु ले केहि गर्न नसक्ने अनि अरु ले गरेको पनि देखि नसहने हरु कहिले सिक्ने हुन् ……

    Reply
  33. Madhav Prasad Khadka says:
    May 6, 2014 at 5:44 pm

    गौरबको काम, बधाई छ भाई….

    Reply
  34. PRAYAG RAJ KHANAL says:
    May 6, 2014 at 4:42 pm

    बधाई ६ जय होस्

    Reply
  35. Sagar Tamrakar says:
    May 6, 2014 at 4:15 pm

    सम्पूर्ण नेपाली को तर्फ बाट धन्यवाद तथा बधाई , जय नेपाल

    Reply
  36. Keshav K.C. says:
    May 6, 2014 at 4:13 pm

    जय नेपाल !

    Reply
  37. xyz says:
    May 6, 2014 at 3:42 pm

    Let us have some technical information like:

    1. What is the total cost for this small experiment?
    2. What kind of administrative hassles to be confronted with? The approval required?
    3. What possible misfortunes/accidents can happen and the measures taken to counter them?

    Reply
    1. Ramey says:
      May 7, 2014 at 12:56 am

      The youtube video has answered Q no. 2 and 3. You may want to visit Kshitij’s website for more details. I think that’s a more appropriate place to find an answer than here in mysansar.

      Reply
  38. gayatri rana magar says:
    May 6, 2014 at 3:28 pm

    Congratulations bhai .
    well done bhai

    Reply
  39. gopal thapa says:
    May 6, 2014 at 3:13 pm

    keep it up!

    Reply
  40. Raj baruwal says:
    May 6, 2014 at 3:02 pm

    फेन्तास्तिक जोब यार रेअलली प्रौड ओफ u man .तिमि एक दिन अबस्ये चन्द्र मा नेपाल र नेपाली को बहादुरी को परिचय दिने छौ.सुभ कामना तिमि र तिम्रो सपना ,चाहना, एकछा अबस्ये पुरा होस् . बेस्ट ओफ luck .

    Reply
  41. kumar Gotame says:
    May 6, 2014 at 2:46 pm

    Great, Well done bhai, Jai Nepal.

    Reply
  42. Nita Dhakal says:
    May 6, 2014 at 1:59 pm

    बाबु बधाई नेपाल आमाले गर्व गरन पाईन तपाई जस्तो सन्तान जन्माएर तपाई लाई सलाम छ जय नेपाल

    Reply
  43. Dambar says:
    May 6, 2014 at 1:39 pm

    धेरै लसुन को पोटि खाने, हुने नहुने गरेर नेपाल चिनाउछु भन्ने हरु, सक्छौ भने यस्तो काम गर ताकि हामी पनि गर्व ले छाती फुलाउन पाउँ.. Salute ..

    Reply
  44. kedar adhikari says:
    May 6, 2014 at 1:33 pm

    hi bro you did the job really appreciating .At least you tried and that’s great trial for you and the nation . we all are proud of you

    Reply
  45. Madhusidan Bhandari chhetri says:
    May 6, 2014 at 12:59 pm

    क्षितिज राज लोहनी भाइ लाई सलाम!
    तिमी जस्तो देश को नाम सन्सार मा फैलाउने
    छोरो जन्माउने आमा लाई सलाम!!
    एउटा सच्चा देश भक्त को नेपाल आमा लाई
    खाचो छ,तिम्रो अझै प्रगती को लागि देश पर्ती माया भएका दाजु,भाइ,दिदी,बहिनी हरुको तरफ बाट मुरि मुरी आशिर्वाद छ!!!
    “मधुसुदन भण्डारी क्षेत्री “

    Reply
  46. Dipendra puri says:
    May 6, 2014 at 12:53 pm

    ल बधाई छ आगामी दिन हरुमा पनि येस्तै नया काम गर्दै जनेचन भने आशा लिएका छौ

    Reply
  47. Krishna says:
    May 6, 2014 at 12:42 pm

    केहि हुदै नहुन भन्दा त ठिकै हो……… तर यसलाई मेरी आमै भनेर धेरै हल्ला गर्नु आबशक छैन

    Reply
  48. Keshab says:
    May 6, 2014 at 12:37 pm

    Well done we all are proud of you . Keep up the good job

    Reply
  49. HARI UPRETI says:
    May 6, 2014 at 12:20 pm

    मेरो नेपाल हाम्रो गौरब ,क्षितिजराज लोहनीको यो ठुलो प्रयास लाई म सलाम गर्दछु

    Reply
  50. Keshab says:
    May 6, 2014 at 11:54 am

    Well done we all are proud of you . Keep up the good job .

    Reply
  51. Rukh Gurung says:
    May 6, 2014 at 11:11 am

    यो भाई सानै देखि अर्कै पाराको थियो, लौ नया कुरा गरेछ बदाई छ

    Reply
  52. krishna gopal says:
    May 6, 2014 at 11:04 am

    Great job

    Reply

Leave a Reply to gopal thapa Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme