Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

धोका दिने वैज्ञानिकसँग लाखौँ असुल्न बाँकी

Posted on April 17, 2014 by Salokya

narc_logo डिभी र पीआर लिने सरकारी कर्मचारीलाई कारबाही गर्ने कुरा यतिबेला निकै चर्चामा छ। मन्त्रीले डिभी/पीआर लिने सबै नेपालीलाई गाली गरेको हो कि भन्ने भ्रम धेरैमा छ। तर होइन, उनले खाली सरकारी सेवासुविधा पनि लिने अनि विदेशी नागरिक बन्ने प्रक्रियामा पनि सहभागी हुनेलाई कारबाही गर्ने भनेका हुन्। यस्ता कति कर्मचारी त विदा मिलाएर तलबमात्रै यताबाट बुझ्ने गरी उतै बस्ने गरेका छन्। कारबाही त्यस्तोलाई भनिएको हो।

त्यसैगरी पढ्न जान्छु भनी तलबी विदा मिलाएर जाने तर पढाइ र तालिम सकिएपछि नफर्किएर उतै बस्नेहरु पनि टन्नै छन्। भर्खरै महालेखापरीक्षकले राष्ट्रपतिलाई बुझाएको ५१ ‌औँ वार्षिक प्रतिवेदनमा नेपाल कृषि अनुसन्धान परिषद्‌ (नार्क) का त्यस्ता धोका दिने वैज्ञानिकहरुबारे उल्लेख छ। उनीहरुबाट लाखौँ रुपियाँ असुल गर्नुपर्ने सुझाव प्रतिवेदनमा छ।

प्रतिवेदनमा के छ ?

असुल हुनुपर्ने : नेपाल कृषि अनुसन्धान परिषद्का तीन वैज्ञानिक अधिकृत र छ प्राविधिक अधिकृतसमेत नौ कर्मचारीले छात्रवृत्ति
सुविधा पाई तलबी अध्ययन बिदा लिएका थिए। उनीहरुले अध्ययनपश्चात् अध्ययन अवधिको दोब्बर अवधि तथा तालिमको हकमा ६ वर्षसम्म परिषद्‌मा सेवा गर्ने कागज (कबुलियतनामा) गरी तलबी अध्ययन बिदामा बस्ने व्यवस्था रहेको देखिन्छ।

तर विदेशमा गएपछि आफ्नो देश र आफू कार्यरत संस्थालाई लात हाने उनीहरुले।

अध्ययन एव‍ं तालिम समाप्त भएपछि कार्यालयमा हाजिर भई उक्त व्यवस्थाअनुसार सेवा गरेको देखिएन। त्यसैले प्रतिवेदनमा उनीहरुले गरेको कबुलियतनामाअनुसार तलब भत्ताबापतको रु ५५ लाख ८३ हजार असुल हुनुपर्ने भनिएको छ। त्यतिमात्र हैन, जानेआउने भाडा र अन्य सुविधासमेत यकिन गरी असुल गर्नुपर्ने सुझाव दिइएको छ।

पिएचडी वैज्ञानिकलाई ब्याजसहित असुल गर
यस्तै, प्रतिवेदनमा बागबानी महाशाखाका एक वैज्ञानिकको पनि प्रसंग उल्लेख छ। उनले विद्यावारिधि गर्नको लागि २०६७।५।२९ देखि २०७०।५।२८ को बेतलवी बिदा स्वीकृत गराएका थिए।

यो अवधिमा ती वैज्ञानिकलाई नार्कले २ वर्ष ४ महिनासम्मको तलब भत्ता दियो। यो वापत्‌को ५ लाख ९२ हजार ब्याजसहित असुल
हुनुपनेंमा रु १ लाख ३९ हजार असुल गरी दाखिला गरे तापनि रु ४ लाख ५३ हजार बाँकी नै रहेकोले असुल गर्नुपर्ने प्रतिवेदनमा सुझाव छ।

यस्ता धोका दिने वैज्ञानिकहरुलाई तपाईँ के भन्न चाहनुहुन्छ ?

33 thoughts on “धोका दिने वैज्ञानिकसँग लाखौँ असुल्न बाँकी”

  1. Raman Dhakal says:
    April 19, 2014 at 7:21 pm

    राष्ट्र सेवकले देशको नुन पानी खाएर अर्को देशको सेवा गर्नु वा छलछाम गरि उतै बस्ने काम राष्ट्र द्रोह नै हो/ लालबाबु पण्डितहरुलाई यो देशमा काम गर्न नदिने भिषण गिरोहहरु राम शरण हुदै अरु अनेकन शरणहरुकोमा जरा गाडी बसी राखेको देख्दा पिडा बोध भै रहेछ/ डिभी, पिआर, हरियो कार्ड वा तेस्तै अनुमति लिई, नेपालको सरकारी सेवामा रही रहनु राष्ट्र घत नै हो जस्तो लाग्छ मलाई त/ तेस्ता धोकेबाजहरुलाई कारबाही हुनै पर्छ, कारबाही गर्न खोज्दा कानुनी आधार प्रसस्तै भएको कुरा लालबाबु पण्डितले उजागर गरि सक्नु भा छ/ देशभक्त सबैले उनको कदमको समर्थन गरि, राष्ट्र घात गर्ने हरुलाई कडा कारबाही हुनै पर्छ/

    Reply
  2. sanjiv says:
    April 18, 2014 at 11:47 pm

    the main reason is politics in narc….the executive director and administration director are so corrupted….there is frustation in every staff due to politics…one example…recently there was vacancy for promotion in one post..but due to political influence the one who has enough score to get promoted is affected by stopping the result by the other one who has no enough score for promotion but he has political power…so there will be no motivation power for normal staff who do not involve in politics…and will remained in dominated condition…..so every one who goes for study will not return back because there is no up gradation chance in narc …if he is not influenced in politics…..politics is the main reason…

    Reply
    1. dor prasad says:
      April 19, 2014 at 3:59 am

      नार्क मा राजनीति येति हावी छ कि बिदा नपाई कति योग्य, देश भक्त हरु बेदेश जाने बिदा पौदिनन, दिक्क भएर राजिनामा दिएर विदेश पलायन हुन्नछन |

      सोर्स फोर्ष भएका तलबी बिधेश जान्छन तलब खान्छन तर देश फरिकिदैनन | अब तिनकै चर्को स्वोर हुन्छ |

      विदेश जानु अधिकार भएपनि तलबी बिदा मा जाने र नाफरिकिने राम्रो र नैतिक होइन | तेसैले बिदा दिने परम्परा नै बन्द गर्नु पर्छ |

      Reply
  3. Pratik Sharma says:
    April 18, 2014 at 10:02 am

    देशको मानो खाएर बिदेशमा डलर कमाउन पाइन्दैन | गल्तिगर्नेलाई कारवाही हुनुपर्छ | बिदेशमा अध्यनरत रहंदा को सबै तलब ब्याज सहित फिर्ता लिनु पर्छ | त्यसपछि उसलाई विदेश बस्न चाहे रोकतोक गर्नु हुन्दैन | कारवाही को लागि वर्तमान नियमहरुमा तत्काल संसोधन गर्नु पर्ने देखिन्छा | जय देश जय नेपाल |

    Reply
  4. Sudhir Shrestha says:
    April 18, 2014 at 6:53 am

    कर्मचारी लाई मात्र होइन Nepal गोवेर्न्मेंट बाट scholarship लिएर विदेश मा पडन
    गएर तही को PR र chitizenship लिएर बस्ने लाई चै कार्यभई खै ?

    Reply
  5. Shankar says:
    April 17, 2014 at 11:27 pm

    ”धोका न दि कन पैसा को पोका आउदैन ” भन्ने ठा नेछन कि बैज्ञानिक बन्धु हरुले |
    प्रक्रिया पुराएर कारबाही मा जानु राम्रो |

    Reply
  6. Chetan Nepali says:
    April 17, 2014 at 10:33 pm

    देशमा गर्नु पर्ने धेरै छन् तर इमान्दार व्यक्तिहरु खोइ कता छन् ?????

    Reply
  7. mani says:
    April 17, 2014 at 9:41 pm

    मन्त्रि र तपाईं क कुरा गलत हो भनेर भन्ने कमै मात्र होलान, तर येस मा प्रक्रियागत त्रुटी सरकारी कार्यालय बाट नै भएको छ |
    लामो समय बेतलबी बिदा कोष ले सुइक्रिति गरि रा को छ |
    कर्मचारी लामो समय गयल भए उष लै हटाउने प्राभ्धान पनि त छ नि | तलब असुल उपर गर्ने पनि छ| पैले , भै राको कानुन को प्रयोग गर्नु पर्छ न पुगे कानुन को रचना गर्नु पर्छ|
    यो त के भैदियोइ भने “चोर को खुट्टो काट ” भन्ने अनि कोष ले खुट्टा उचाल छ भनेर आग्रिम सूचना प्रभाह गरेर भाग्ने भए भाग भनेको जस्तो भयो|
    साधारन छ , हाजिर कपि हेर्नुस, आइले को नियम ले प्रक्रिया आगि भादौनुस अनि नपुग भएन नया कानुन लौनुस |

    Reply
  8. Ram Sharma says:
    April 17, 2014 at 6:31 pm

    मेरो विचार मा भबिस्यमा तलबी अध्हेयेन बिदा परम्परा लाई बन्द गरिनु पर्छ | कसैले जागिर छोडेर विदेश जान्छ भने जावोस, बरु कोहि विदेश मा फरिकियर आउछ भने तेश लाई फेरि काम मा लगाउने गर्नु पर्छ |

    Reply
  9. Indra Dulal says:
    April 17, 2014 at 6:29 pm

    इ देश मार हरुलाई नेपाल झिकी जेल हाल्नु पर्छ र उनीहरुको सम्पति जफत गर्नु पर्छ

    Reply
  10. Ram Sharma says:
    April 17, 2014 at 5:59 pm

    कानुन अनुसार कारबाही गर्नु पर्छ, कसैले डिवी भरोस, असैलम गरोस वा ग्रीन कार्ड लेवोस कि कुनै अरु देश बसाई सरोस यो बेक्तिगत कुरो हो | कानुन अनुसार एस्तो तलबी बिदा लिने हरुलाई फर्के पछि ५ बर्ष सेबा गर्नु पर्ने कबुलियत गरिएको हुन्छ, न गरे बिदा आबधि को तलब ब्याज सहित फिर्ता गर्नु पर्छ |

    Reply
  11. Thuldai, USA says:
    April 17, 2014 at 5:32 pm

    म पनि 2 बर्षको अध्ययन बिदामा आधा तलब खाने गरि अमेरिका आएँ! अध्ययन पुरा गरि नेपाल फर्के, पछि येसो बिचार गर्दा, नेपाल को एक महिना को तलब बराबर अमेरिकाको एक दिनको कमाई, अफिसका आफु भन्दामुनि र माथि का कर्मचारीहरु पनि किन सन्केको, भन्न थाले, तसर्थ, आफुले खाइ पाई आएको सम्पुर्ण रकम चुक्ता गरि, राजिनामा गरि पुन: अमेरिका फर्के, लक्ष्मी त प्रसन्ननै छिन, तर देशको मायाले, प्रतेक दिन मन रुन्छ! शरीर अमेरिकामा मन नेपाल मा! भौतिक सुबिधा, सबै हुँदा पनि खोइ पैसाले खुशी किन्न सकिदो रहेन छ!

    Reply
  12. abhinav says:
    April 17, 2014 at 5:11 pm

    हेर अध्यनलाई बिदेशिएका कर्मचारीको बिचल्ली
    पद ओगटा रुपी गङ्गटा हरु लाइ विदेशमा र स्वदेशमा मुद्दा हालेर पाता कस्नु पर्छ
    चि चि पनि पापा पनि
    कम्तिमा अर्को बेरोजगारले त जागिर पाउथ्यो

    Reply
  13. kedar says:
    April 17, 2014 at 4:37 pm

    सर्त मानेर सरकारी सुबिधा र धनमा अध्ययन र तालिम लिएर सर्त पुरा नगरी कुलेलाम ठोक्नेलाई आबस्यक कानुन बनाएर भए पनी पाता फर्काउनु पर्छ, येसमा नेपाल बाहिर वा भित्रका सर्बसाधारण नेपालीको दुइमत छंदै छैन |

    तर कसैको एक ढिक्का पनी नुन नखाएका नेपाली बिरुद्ध छाददै हिंड्नु चैं कतै पनी ठिक होइन | बिदेशमा रात दिन घोटिएर कमाए जती सबै स्वदेशमा पठाउने र परिवारको पालन पोषण गर्नेलाई एक पल्ट सोधेर त हेर देशको मायाँ के हुन्छ भनेर ? मन्त्रि र साम्सद हुने वा तिनको अरौटे भरौटे हुन पाउने अन्तिम इच्छा राखेर स्वदेश मै सभा जुलुस हड्तालको नाममा गरिने संघर्ष मात्रै संघर्ष होइनन |

    Reply
  14. Ram says:
    April 17, 2014 at 3:06 pm

    नया पिढी को अवसर निमिट्यान्न पारेर सरकारी पद ओगट्ने अनि बिदेस मा गिरिन कार्ड लिएर बस्ने र राज्य को ढुकुटी रित्तौने यस्ता राष्ट्र घाती कर्मचारी लै एक एक गरेर कारबाही गर्नु पर्छ /

    Reply
  15. Sisir says:
    April 17, 2014 at 1:58 pm

    नेपाली सरकारी सेवामा यो सामान्य कुरा हो .. दोषीलाई ससक्त कारबाही नहुनाले एस्तो हुन गएको हो .. सबै चोरै चोर भएको ठाउमा कसले कसलाई कारबाही गर्ने ? र अर्को कुरा सरकारले दिने तलब सुबिधा पनि कारक हो .. अत्यन्त कम तलब सुविधामा बिसिस्त ज्ञान भएका व्यक्ति राम्रो अबसरको खोजीमा रास्त्रलई गद्दार गरेर पलायन पनि हुन्छन ..
    म. ले.प. को बार्षिक प्रतिबेदनमा सरकारी अड्डामा सधै अरबौको बेरुजु भेटिन्छ खोइ त कसैलाई कारबाही भएको , खर्च गरे पछि हिसाब नबुझाउनु सरासर भ्रस्टाचार हो अनि कारबाही खोइत ? नेपालमा बेथितिको सिमा छैन .. कुनै मन्त्रि बिदेसी पिआर बहाक लाई कारबाही गर्छु भन्छन अर्का बरिस्ठ मन्त्रि यो हुन सक्दैन भन्छन … राष्ट्रिय चिन्तन छैन केवल आफ्नो व्यक्तिगत फाइदा मात्र हेर्ने परिपाटी छ .. तेसै पढेलेखेका, आधुनिक सिक्षा लिएका र आत्मा स्वाभिमान भएका नेपालीहरु सरकारी जागिरमा मोह राख्दैनन् बरु अवसर खोज्दै बिदेस पलाएन हुन्छन र यो क्रम रोकिनेवाला छैन , जब सम्म यो देशको फोहोरी प्रशाशन र राजनीति चलि रहन्छ …

    Reply
  16. डिल्ली says:
    April 17, 2014 at 1:56 pm

    कानुन बमोजिमको कार्यवाही गर्नै पर्छ । पढ्न गए पनि वा सड्न गए पनि । तर यहाँ कुनै दलबाट मन्त्री हुने कार्यवाही गर्छु भन्छन् भने कुनै दलका मन्त्री कार्यवाही गर्न सकिन्न भन्छन् । लालबाबु कार्यवाही गरी छाड्ने, रामशरण महत कार्यवाही गर्न सकिन्न भन्ने ! भगौडा हुनुलाई कानुनले अपराध मानेको हो भने कार्यवाही गर्न सकिन्न भन्ने राज्यकोषको ढुकुटी खाएर मन्त्री हुने नामर्दलाई पनि कार्यवाही त गर्न सक्नै पर्यो !

    बैज्ञानिक, प्राध्यापक, पुलिस-सेना हुन कि कर्मचारी देशको ढुकुटीमा खन्ति हानि रहने, पद ओगटी रहने, हरियो डलरले खल्ति भरिरहने र नागरिकले पाउनु पर्ने परामर्श वा दायित्व विमुख हुनु पर्ने भए पछि यस्ता ठगहरूलाई राज्यले कार्यवाही गर्न सक्नु पर्छ । तर खै दमाहा, मादल, ढोल र च्याब्रुङ बजाए जस्तो ठूलो स्वरको हुइँयाले के कार्यवाही होला र ? उखान नै छ नि भुक्ने कुकुरले टोक्दैन टोक्ने कुकुरले भुक्तैन । खोज्दै जाँदा दलका नेता विदेशी भेटिइ सके । राजदूत पनि शरणार्थी बनि सके । कति मन्त्रीका पिआर र ग्रीन कार्ड होलान् । अनि यो अवस्थामा कार्यवाही हुनेमा पूरा पुर शङ्का छ । भ्रष्टाचारीले घेरिएको कुरा गर्दा कुनै दिन स्व. शैलजा आचार्यले राजिनामा दिनु परेको थियो वन मन्त्रीको पदबाट । अबको कार्यवाही चाहीँ ठगहरूलाई हो कि ठगहरूले लालबाबुलाई गर्ने हुन् हेर्दै जाँदा देखिन्छ होला ।

    Reply
  17. Resham says:
    April 17, 2014 at 12:44 pm

    केहि दिन पहिला विभिन्न छापा हरुमा “नेपाल किन बन्न सकेन ” भन्ने बहस चले जस्तो लाग्छ . एउटा प्रमुख कारण भनेकै यस्तै डाँका हरुको कारणले हो भन्नेमा दुइ मत हुन सक्दैन. हामी सर्बसाधारण ले तिरेको कर बाट कामचोर ठगहरुले देश को ढिकुटी रित्तैरहेकछन . साथै उनीहरु देशको जागिर बाट मफत्मा तलब भत्ता खाने अनि बिदेशमा स्थाई बसोबासको मेसो मिलाउने कहाँसम्म देश प्रति को न्याय हो ? देशमा बेरोजगारीको बिकराल समस्या छ तर एता कुर्सि ओगटेर उता बिदेशमा पैसा कमाउन मरिहत्ते गर्ने कहाँ सम्म उचित हो ? जो विदेश मा स्थाई बसोबास को चाँजो पाँजो मिलौछन उनीहरु पक्कैपनि पहुँचवाला र मध्यम /उच्च बर्गीय होलान यदि उनीहरुले नेपाल को जागिर छोडे पछि कति गरिबका छोरा छोरी हरुले रोजगारी पाउने थिय . हाम्रो सोचाई यत्ति मात्र हो कि जे गरे पनि गर तर एक ठाउँमा गर . धन्यवाद.

    Reply
  18. mahesh says:
    April 17, 2014 at 12:31 pm

    कर्मचारी मात्र होइन देसको ठुलो लगानी मा नेपाल का सरकारी बिस्वबिद्यालय मा सित्तै मा अध्येयन गर्ने अनि डिग्री सकाए पछि विदेश गएर उतै रमाउने लै पनि जरिवाना गर्नुपर्छ. देस ले उनीहरु माथि गरेको लगानी के अमेरिका , क्यानाडा अस्ट्रेलिया लाई फाइदा पुगोस भनेर गर्या हो र .

    Reply
  19. Sakas says:
    April 17, 2014 at 11:07 am

    सरकारी छात्रवृतिमा देश विदेशमा चिकित्सा शास्त्र इन्जिनेरिंग बिषय अध्यन गरि देशलाइ एक सुक्का सम्म सेवा नगरी पहिलो फ्लाइट समाई विदेश तिर ह्युकिने त कति छन् कति!! सबै चोरै चोर धोकेवाजै धोकेवाज नै छन् अनि के गरेर देश उभो लाग्छ !!

    Reply
  20. deepak says:
    April 17, 2014 at 9:51 am

    नैतिक पतन भए पछि कसको के लाग्छ / यस्ताहरु देशको ध्रामिरा फर्किहाले पनि कमाई धन्दामा नै लिप्त हुन्छन/ देश सेवा को आस गर्नु बेकार छ/ सस्तोमै पन्छिए, फर्केको भए कति भर्स्त्ताचार गर्थे होला / भातमाराहरु,

    Reply
  21. कृष्ण says:
    April 17, 2014 at 9:32 am

    एक से एक छन, तिनका नाम सार्बजनिक गर्न परे भन्नु होला, केहि यसप्रकार छन सिद्धिजीवन भुसाल, युबराज कडेल, र राजेन्द्र भन्नेहरु साउथ डकोटा स्टेट युनिभर्सिटीमा त्यसै गरि आका छन उता नार्कको तलब बुझ्ने यता अम्रिकामा असाइलम हाल्ने देखि क्यानडा पिआर लिन कसरी सकिन्छ भनि केहि तिकडम बाकि राखेका भय मरी जाउ, त्यस्ता देशमारा कामचोरहरुलाई कारबाही गर्नु पर्छ र पैसा असुलउपर गर्नु पर्छ। अरु त के भन्नु।

    Reply
    1. dor prasad says:
      April 17, 2014 at 10:25 pm

      कृष्ण जी येस्ता डन को बारेमा तपाई लै त निकै ज्ञान रहेछ … यी डन को बिदा सुकृत गर्ने माहा डन त नेपाल मै छन् नि ! उनीहरु पनि मौका पाए अमेरिका छिर्ने र अनेक तिकडम गरि कुनै बिकसित मुलुक बसाइ सर्ने सुरमा छन् नि | यो त्यो मान्छे भन्नु भन्दा तलबी बिदा दिने प्रक्रिया बन्द गर्नु पर्छ … कसै ले तलबी बिदा लिएर फर्केर सेबा गरेन भने कानुन अनुसार कारबाही हुनु पर्छ … अन्यथा कोहि सरनार्थी बनुन, हरियो कार्ड लिउन, आफ्नो पैसा र बुध्ही मा बिशो घुमुन के टन टन …

      Reply
  22. Chhavi Pandey says:
    April 17, 2014 at 9:25 am

    यो सत्य हो ति कर्मचारी आवश्यक तालिम सकिए पछी जसले पनि तिनी हरु लाई पठाए को हो चाहे नेपाल सरकार या निजि संस्था होस्, समय मा स्वदेश फिर्ता भइ देश को लागि नै आफ्नो सेवा प्रदान गर्नु पर्ने हो, हाम्रो देश को फितलो कानुन जस को वहा हरु ले भरपुर फाइदा लिनुभयो? फेरी पनि एस मामिला मा सरकार को दोष देख्छु किन कि जो जस लाई पनि पठाए को हो सरकार ले उसै समय किन अनुगमन गरेन? के ति कर्मचारी हरु लाई वहा हरु को तत्काल अध्यन बिदा सकिदा नियमानुसार कारबाही गरिने छ भनेर सरकार ले सुचना काट्यो त ?या कुनै आरोप पत्र जारी गर्यो? एस प्रकार को कारबाही समुह रुप मा न भएर जो जसको पनि अध्यन समयाबधि सकिन्थ्यो तेती बेला नै एक एक कर्मचारी को बिरुद्ध कारबाही गर्नु पर्ने थियो, त्यहि बेला नै ति कर्मचारी लाई निलम्बन गर्ने राम्रो मौका थियो जसले गर्दा ति कर्मचारी लाई विदेश का सुनौला भबिष्य का ताना बाना बुन्ने मौका मिल्ने थिएन

    Reply
    1. abhinav says:
      April 17, 2014 at 5:15 pm

      गजब लाग्यो पांडे जी को तर्क पनि
      तपाइको छिमेकी ले ढोका खुल्ला राख्यो भने तपाइँ ले चोर्ने ??
      सरकार ले हेरेन भनेर गलत काम गर्न पाइन्छ त ???

      Reply
      1. सिर्जने says:
        April 17, 2014 at 10:52 pm

        अभीनव जी,
        कागजमा नियम कानुन लेख्दैमा सबैले मान्छन भन्ने छैन/ त्यसो हुदो हो त प्रहरी, अदालत, सेना क्यै चाहिने थिएन/ यी सरकारी कर्मचारीलाइ नियमानुसार कारवाही गर्न नार्क लाइ अधिकार हुदा हुदै किन नार्क किन हातमा दहि जमाएर बस्छ? अहिले महालेखा परिक्षक र रास्ट्रपतिको सम्म किन पुग्नु पर्यो? कारवाही गर्न के ले रोकेको छ र अहिले मन्त्रि स्तरमा हल्ला गर्दै हिड्नु पर्ने?

        Reply
  23. CP says:
    April 17, 2014 at 9:13 am

    नार्क मात्रै हैन त्यसरी सरकारी सुबिधा उपभोग गरि लात हान्ने त्रि.बि.बि. का पनि टन्नै छन् | फर्केर नगएमा खाएको तलब भत्ताको डबल असुल उपर हुनुपर्ने नियम छ भन्ने सुनिएको छ, नतिरेमा जहाँ बसेको हो त्यहिको सरकारको सहयोग लिइ असुल गर्नु पर्यो | ग्रिनकार्ड नलिएसम्म पद ओगट्ने र नया युवाहरुलाई ठाउँ नदिने भ्रस्टहरुलाई कारवाही गर्नु पर्यो |

    Reply
  24. bibek dhakal says:
    April 17, 2014 at 8:20 am

    पछि सम्म एउटा नजिर बसोस, त्यसको लागि पनि यो कारवाही गर्नु जरूरी छ| तर मेरो बिचारमा केहि लाख पैसा असुलेर उन्मुक्ति दिनु काफी छैन – सम्बन्धित देशको इमिग्रशन कार्यालयमा छात्रवृत्तिको प्रमाण सहितको विवरण पठाएर यसरि दुवै देशलाई ठगेको भन्ने चिठी पठाई तुरुन्त डिपोर्ट गर्नलाइ पत्राचार गर्नु पर्छ|
    आफुंलाई उपयुक्त लागेको र आफु र आफ्नो परिवारको भविस्य सुरक्षित हुने ठाउमा बस्न पाउनु अधिकार त हो तर आफ्नै बलबुतामा गएको खण्डमा मात्र| सरकारले जनताको करबाट उठेको पैसा कुनै कर्मचारीलाई “पछि उतै सेटल भएर तिम्लाई सजिलो होस्” भनेर दिने हैन| देशमा एक्स्पर्टिज थपियोस भनेर हो| यसरि विदेशमा पढ्न सरकारले योग्य ठानेर बेहोरेको खर्चलाई कसैले दुरुपयोग गर्छ भने यसलाई भ्रस्टाचार संग तुलना गर्नु अतिसोयक्ति नहोला| त्यसैले अब सरकारले आफ्नो मान्छे पर्छ कि भनेर नहेरेर कडै कदम चालोस र ति “छात्रवृत्ति खर्च मारा” हरुलाई कहिले कुनै पनि विदेश जान योग्य नहुने गरि फिर्ता बोलाओस!

    Reply
  25. Manoj Thapa says:
    April 17, 2014 at 8:16 am

    They have to be formally prosecuted under federal crime in supreme court of Nepal. Nepal government need to request the government of the country where they are currently residing to handover or deport them to Nepal. Nepal government also need to request to the related country to revoke their PR or Green Cards while they are under the criminal investigation. Eventually, they have to pay all the benefits they got illegally back with default interest to the government of Nepal as well as need to serve jail time as required by law. What a shame!!

    Reply
  26. SR Bista says:
    April 17, 2014 at 7:19 am

    के भन्नु नि सबै ओसुल उपर हुनु पर्छ, अनि नेपाल आए/ नआए नि कानून आनुसार को कारवाई नि हुनु पर्छ…यो प्रक्रिया सेलाउनु हुदैन..नत्र हे येस्तै हो , खाली भन्छन कारवाई गर्दैन भनेर आउने पुस्ता ले नि कुकर्म गर्न उत्साहित हुन्छ…देश लाई गलत उपयोग र कमाई खाने भाड़ो मात्र बनाउन दिनु हुदैन…!!!

    Reply
  27. harihar sharma says:
    April 17, 2014 at 7:02 am

    यिनीहरु लाई देस झिकाउने। पुरी पैसा जरिबाना आदी गरेर सर्बस्वो हरण गारे अणि passport नागरिकता जफत गर्ने । अनि देस निकाला गर्ने।

    Reply
    1. bibek dhakal says:
      April 17, 2014 at 8:08 am

      देश झिकाएर फेरी देश निकाला गर्ने भन्या चाही बुझिएन हरिहर जी 😀 !

      Reply
      1. Pukar says:
        April 18, 2014 at 11:18 am

        पासपोर्ट र नागरिकता जफत गरेपछि मान्छे को हो, यसको योग्यता के हो आदि प्रमाणित गर्न सकिदैन, अर्को अर्थमा काम नलाग्ने हुन्छ होइन र?

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme