Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

शुभकामना नयाँ वर्ष २०७१ !

Posted on April 14, 2014April 15, 2014 by Salokya

passhupati
विक्रम संवत्‌को नयाँ वर्ष २०७१ देशभर मनाइयो। यस पटक नयाँ वर्ष सोमबार परेकोले पनि होला, पशुपतिनाथको मन्दिरमा शिवरात्री र तिजपछिकै ठूलो भिड थियो। मान्छेहरु लामो लाइन बसेर दर्शन गर्न बाध्य भएका थिए। कहीँ स्वास्नी बोक्ने प्रतियोगिता भयो त कहीँ लिङ्गो भाँच्चियो र प्रहरीसँग झडप भयो। कहीँ नन्ददेवरले भाउजुलाई सिस्नो लगाए।

pashupati1
पशुपतिमा नयाँ वर्षको दिन एउटा राम्रो खबर पनि सुन्न पाइयो। मुख्य सचिव लीलामणि पौड्याललगायत सयभन्दा बढीले हप्तौँदेखि अभियान चलाएर सफा पारिएको बागमती नदीमा नुहाए।

भक्तपुरमा लिङ्गो भाँच्चियो, प्रहरीसँग झडप

भक्तपुरको साताव्यापी बिस्केट जात्रा नयाँ वर्षकै समयमा पर्छ। नयाँ वर्षको पूर्वसन्ध्यामा त्यहाँ लिङ्गो ठड्याउने गरिन्छ। यस पटक आइतबार साँझ लिङ्गो उठाउँदै गर्दा बीचबाट लिङ्गो भाँच्चियो। हेर्नुस् यसरी भाँच्चियो लिङ्गो-

यसरी लिङ्गो भाँच्चिदा अपसगुन हुने बताइन्छ। अपसगुन भएको देख्न धेरै समय कुर्न परेन। दोस्रो लिङ्गो ल्याएर उठाउने क्रममा दुई पक्षबीच झडप भयो। त्यसलाई नियन्त्रण गर्ने क्रममा प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुनगयो। प्रहरीले लाठीचार्ज गर्‍यो भने स्थानीयले ढुङ्गामुढा र शिशीले हाने। बाध्य भएर प्रहरीले जात्रास्थल छाडेर गएपछि बल्ल रणभूमि बनेको त्यो ठाउँ शान्त भयो। र, मध्यरातमा लिङ्गो ठड्याइयो। बिस्केट जात्राका बेला अरु दिन झडप भए पनि लिङ्गो ठड्याउने क्रममा झडप भएको ३० वर्षमा यो पहिलो पटक भएको स्थानीय बासिन्दाले बताए। हेर्नुस् यसरी भयो झडप-

तनहुँमा स्वास्नी बोकेर दौड्ने प्रतियोगिता

swasni
विदेशतिर स्वास्नी बोकेर दौड्ने प्रतियोगिताबारे तपाईँले धेरै समाचार हेर्नुभएको होला। नेपालमा पनि पहिलो पटक यस्तो प्रतियोगिता भएको छ। नयाँ वर्षको अवसर पारेर तनहुँको दमौलीमा भएको यो प्रतियोगितामा १३ जोडीले भाग लिएका थिए।
swasni1
स्वास्नी बोकेर १०० मिटर दौड्नु पर्ने यो प्रतियोगिता अर्जुन जिसी र विष्णुमाया जिसीको जोडीले जिते। उनीहरुले पाँच हजार नगद र ट्रफी पुरस्कार पाए।

फोटो र भिडियो सौजन्यः सेतीमादी दैनिक। थप फोटो हेर्न यहाँ क्लिक गर्नुस्। भिडियो हेर्नुस‌्-

newyear
मध्यरात हुनै लाग्दा नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलमा बाक्लै चहलपहल थियो। पहिले भए अङ्ग्रेजी संवत्‌को नयाँ वर्षमा मात्र ठमेलमा यस्तो हुन्थ्यो। अहिले भने विक्रम संवत्‌को नयाँ वर्षमा पनि यस्तो देखिन्छ। त्यसो त ठमेलमा कतै कन्सर्ट, स्ट्रिट फेस्टिभल थिएन। तर पनि रेस्टुरेन्ट, डिस्को आदिमा विशेष कार्यक्रम थिए र सडकमा पनि ठूलै भिड थियो।

newyear1
उता, अछाममा अनौठो किसिमले नयाँ वर्ष मनाइयो। त्यहाँ नयाँ वर्षको दिन बिसु पर्व मनाइन्छ। पर्वको बेला देवर-भाउजु, नन्द- भाउजु र साली-भिनाजुले एकआपसमा सिस्नुले ड्याम कि ड्याम हान्ने गर्छन्। कोही नभए आफैले आफ्नो शरीरमा भए पनि हान्नुपर्छ रे। यो परम्परा सुदूरपश्चिमका सात जिल्लामा रहेछ।


नयाँ वर्षका अवसरमा देशका विभिन्न भागमा कन्सर्ट भयो। यो गोदावरीमा भएको कन्सर्टमा दीपक बज्राचार्यको गीतमा रमिरहेका दर्शक।

6 thoughts on “शुभकामना नयाँ वर्ष २०७१ !”

  1. सिर्जने says:
    April 15, 2014 at 10:31 pm

    सबैलाई मेरो तर्फबाट नेपाली नयाबर्ष २०७१ को शुभकामना / यसरि ग्रेगोरियन नयाबर्ष होइन नेपाली नया वर्ष मनाउने हो भने म स्वास्नी (कसको चै नभनुम होला) मात्रै होइन अरु २-४ जनाको झोला पनि बोक्न तयार छु 🙂

    Reply
  2. Aakar Bhushan Nepali says:
    April 15, 2014 at 11:33 am

    बोक्न चाहिं आ-आफ्नै श्रीमती बोकेका हुन् भन्ने हाम्रो ठमम्याई छ |

    Reply
  3. मित्र says:
    April 15, 2014 at 8:46 am

    लोग्ने अर्जुन जिसी र स्वास्नी विष्णुमाया जीलाई मुरी मुरी बधाई र नया बर्ष २०७१ को शुभकामना सबैलाई !!

    Reply
  4. Suraj Shrestha Maskey says:
    April 15, 2014 at 4:11 am

    नयाँ बर्ष २०७१ को शुभ कामना
    हाम्रो देश र सबैको सुख सम्रिधि र सुस्वास्थको कामना

    सुरज श्रेष्ठ मास्के

    Reply
  5. kedar says:
    April 15, 2014 at 3:42 am

    बल्ल आयौं हामी नेपाली उस पहाड के नीचे | अंग्रेजी बर्षको नयाँ बर्ष लाइ मात्र New Year पर्ब मान्ने हामी नेपाली अब चैं बिक्रम सम्बत र नेपाल सम्बतमा पनी नयाँ बर्षको मज्जा खोज्दैछौं |

    Reply
    1. सिर्जने says:
      April 15, 2014 at 10:36 pm

      केदार जी,
      पहाडै पहाड भा’को नेपा’लाँ बस्ने नेपाली सधैं “पहाडके निचे” नै छन् 🙂 “नेपालीको बुद्धी पछी आउछ” भन्थे अब चै बुद्दि बङारो पलाउन थालेकै हो कि जस्तो लाइरा’च मलाइ’नि।

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme