Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालमा अन्तर्राष्ट्रिय ब्युटी कन्टेस्ट हुने रे, झुक्याउलान् है!

Posted on April 8, 2014April 8, 2014 by Salokya

crown अनलाइनहरुमा नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय ब्युटी कन्टेस्ट हुने भनेर ठूलै हल्लिखल्ली रहेछ। अनलाइनखबरदेखि लिएर कान्तिपुर, नागरिकन्युजदेखि लिएर रातोपाटी अनि नेपालजापानसम्म पनि यसको चर्चा देखेपछि के रहेछ त भनेर यसो बुझ्न मन लाग्यो।

कुन चैँ अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुन लागेको भनेर सबैभन्दा पहिला बुझ्न मन लाग्यो। समाचारहरुमा आए अनुसार अफ्रिकी देश जिम्बाब्वेको प्रतियोगिता रहेछ यो। ए आम्मै, अफ्रिकादेखि नेपालमा किन आएछन् त यिनीहरु? पहिले कहाँ कहाँ भएको रहेछ यो प्रतियोगिता, त्यो पनि बुझ्न मन लाग्यो।

onlinekhabar
सबैभन्दा पहिला अनलाइनखबरमा पुरानो प्रतियोगिताको फोटोसहित छापिएको रहेछ जानकारी। त्यो फोटो अनुसार खोज्दै गर्दा थाहा भयो, जिम्बाब्वेको त्यो मिस हेरिटेज २०१४ त नेपालमा हैन लेसोथोमा पो हुन लागेको रहेछ।
miss heritage
यो मिस हेरिटेजका अध्यक्ष तारे मुन्जारा रहेछन्। यो प्रतियोगिताको नाम पहिले मिस हेरिटेज वर्ल्ड रहेछ। अहिले रिब्रान्ड गरेर मिस हेरिटेज बनाइएको रहेछ।

पोहोर मिस वर्ल्ड हेरिटेज हुँदा बिजोग भएको रहेछ। खराब व्यवस्थापनका कारण अन्तिम मिनेटमा प्रतियोगिता रद्द गर्नुपरेको थियो। सहभागी सुन्दरीहरुलाई खाना खुवाउने पैसा समेत नभएपछि भोकभोकै बस्नु परेको रहेछ। अनि त असन्तुष्ट भएर कयौँ देशका सुन्दरीहरु बहिस्कार गरेर घर फर्केका रहेछन्। जिम्बाब्वेकै अनलाइनले यो समाचार छापेको छ हेर्नुस्। थप जानकारी यो अर्को अनलाइनमा पनि छ।

यो त भयो मिस हेरिटेजको कुरा। नेपालमा हुन लागेको भनिएको प्रतियोगिता त यो होइन। जिम्बाब्वेमा दुई वटा मिस हेरिटेज हुने रहेछन्। यताका समाचारहरु अनुसार जिम्बाब्वेको सिपिटी मिडियाले आयोजना गर्ने कार्यक्रम रहेछ यो। यसलाई पनि खोजौँ न त भन्दै खोज्दै जाँदा यसको आधिकारिक साइट भेटियो-missheritageinternational.com असाध्यै झुरसँग डिजाइन गरिएको यो साइटमा नेपालमा प्रतियोगिता हुन लागेको बारे उल्लेख रहेछ।

शंकैशंका

वेबसाइटमा यो प्रतियोगिता कहिलेदेखि सुरु भएको, पहिले कहाँ कहाँ भएको थियो आदिबारे कुनै उल्लेख छैन। सामान्यतया सबै मुख्य सौन्दर्य प्रतियोगिताहरुका वेबसाइटमा त्यो उल्लेख हुन्छ। हुनु पनि पर्छ। नागरिकको समाचारमा सन् २०११ देखि यो प्रतियोगिता हुँदै आएको भनिएको छ। तर इन्टरनेटमा खोज्दा यसबारे कतै जानकारी भेटिएन। इन्टरनेटमा खोज्दै नभेटिएको यो कस्तो खालको ‘अन्तर्राष्ट्रिय’ प्रतियोगिता रहेछ कुन्नि ? फलानो गाउँको साइँलोले पल्लो गाउँकी माइलीलाई फकाउन ‘तँ त मिस वर्ल्ड’ भनेर दिएको उपाधि जस्तो हो कि के हो हँ? शंकै लाग्यो त। नभए भेटिनु पर्ने त।

missheritage
अझ मलाई हाँसो उठेको त यो फोटो देखेर हो। हेर्नुस् त कहाँको फोटो ल्याएर नेपाल भनेर हाल्देका!
missheritage1
अनि बाँदर राखेर के बिजोग हो यो !

को हो यसका जिम्मेवार व्यक्ति ?

यो तथाकथित प्रतियोगिताका मुख्य जिम्मेवार व्यक्ति को हो ? साइटमा कसैको पनि नामै देखिँदैन। यसले पनि शंका उब्जने ठाउँ प्रशस्त छ। साइटमा भएको अबाउट अस पेजमा यो प्रतियोगिता पहिले कुन कुन देशमा भएको थियो भन्ने बारे जानकारीसम्म छैन।
aboutus

त्यसैगरी टिममा गएर क्लिक गर्दा पनि कसैको पनि नाम देखिँदैन। किन कुनै पनि जिम्मेवार व्यक्तिको नाम नभएको त ? मिस वर्ल्डमा भए जुलिया मोर्ले, मिस युनिभर्समा भए डोनाल्ड ट्रम्प, ल भैगो जिम्बाब्वेकै मिस हेरिटेजमा भए तारे मुन्जारा सम्बन्धित व्यक्ति भनी नाम त आउँछ। यहाँ त कसैको नामै छैन।
team

नेपालमा आएको समाचारमा यसका आयोजक Sipiti Media भन्ने रहेछ। यसबारे गुगल गर्दा पनि कुनै जानकारी पाइँदैन।

लेखै कपिपेस्ट के देख्नुपरो यस्तो

अझ बिजोगको कुरा त तपाईँलाई भन्नै बाँकी छ। यो तथाकथित इन्टरन्यासनल ब्युटी कन्टेस्टको अफिसियल साइटको न्युज लेखिएको लिङ्कमा क्लिक गर्नुस्। खासमा न्युजमा त यो प्रतियोगिताबारे समाचार राख्नु पर्ने हो नि, त्यहाँ यस्तो राखिएको छ-
news

यो के रहेछ भनेर सोधिखोजी गर्दा International Association for Political Science Students (IAPSS) मा John Raymond Jison ले लेखेको लेखलाई जस्ताको तस्तै स्रोतसमेत नखुलाई कपिपेस्ट हानिएको रहेछ। यहाँ हेर्नुस् वास्तविक लेख। एउटा लेखसमेत आफ्नै मौलिक राख्ने हुति नभएर स्रोत उल्लेखै नगरी चोरेर साइटमा राख्ने संस्थाले अर्काको देशमा आएर इन्टरन्यासनल ब्युटी प्याजेन्ट गर्छु भन्दा तपाईँ पत्याउनु हुन्छ?

ठेगाना कहाँको रहेछ ?

साइटको कन्ट्याक्ट लिङ्कमा क्लिक गर्दा यस्तो देखियो-
Miss Heritage International Pageant
Address: 14432 Seke Road. Saca Complex, Graniteside, Harare, Zimbabwe.
Tel: +263 4 293 3795
Africom: +263 86 44 074100
Email: [email protected],
[email protected]
Director – Culvin +263 774 526 986,
[email protected]

आजभोलि कुनै पनि ठाउँ पत्ता लगाउन त्यो देश गइरहनै पर्दैन, गुगल म्याप जिन्दावाद। त्यहाँ गएर खोजेको त 14432 Seke Road मा यो देखाउने रहेछ-
14432
त्यहाँ वरपर कतै साका कम्प्लेक्स देखिएन। ठेगाना पनि गुगल म्यापमा नभेटिने कम्पनीले नेपालमा इन्टरन्यासनल ब्युटी कन्टेस्ट गर्ने भएछ त्यसो भए।

जिम्बाब्वेबाट पनि दुई हजार चोटी माइसंसार हेरिएको छ। अहिले पनि कोही त्यहाँ हुनुहुन्छ भने यो आयोजक भनिएको सिपिटी मिडिया र यो ठाउँबारे तपाईँले केही थाहा पाउनु भएको भए जानकारी दिनुस् है। त्यतिञ्जेल रमिता हेरेर बस्नुपर्‍यो। गफ त ठूलै दिएका छन्- ४० देशका सुन्दरी आउने रे सहभागी हुन। आए र राम्रोसँग गरे राम्रै हो। त्यो जिम्बाब्वेमै भएको अर्को मिस हेरिटेजको जस्तो सहभागी सुन्दरीहरु भोकभोकै भने नरहून्। यही कामना !

8 thoughts on “नेपालमा अन्तर्राष्ट्रिय ब्युटी कन्टेस्ट हुने रे, झुक्याउलान् है!”

  1. Santosh Raut says:
    April 10, 2014 at 10:35 am

    http://missheritageinternational.com/

    Your Account has been SUSPENDED!!!

    Reply
  2. सिर्जने says:
    April 8, 2014 at 9:35 pm

    प्रतियोगितामा भाग लिन येति यु एस डलर बुझाउन पर्छ भनेर पत्रिकामा सुचना निकाल्ने अनि पैसो आए’सी झ्वाम पार्ने नियत हो जस्तो छ यिनीहरुको / तेइ भएर जिम्बाब्वेको कुन कुनाको हुदै नभाको ठेगाना राख्या होला /

    Reply
  3. Roshan Basnet,Sydney says:
    April 8, 2014 at 7:21 pm

    अब अफ्रिकी मित्रहरु लाई नि भन्न पर्ने भयो …नेपाल बुद्धको देश हो ……. बुद्धुहरुको हैन भनेर !

    Reply
  4. Yogesh says:
    April 8, 2014 at 3:29 pm

    येस्को facebook page 2014 January मा बल्ल बनेको रैच त्यो पनि भखेर सम्म 814 likes छ एस्ता त international रे eheeh
    😉

    Reply
  5. aryan says:
    April 8, 2014 at 2:15 pm

    यो site को डोमेन जम्मा १ महिना अगाडी दर्ता भएको रहेछ .

    Reply
  6. Samjhana says:
    April 8, 2014 at 1:55 pm

    एक त अफ्रिकी मुलुक, जहाँ चोर नै चोर छन्, तेस माथि जिम्बाब्वे ! ओहो…
    ईमेलमा आउने स्क्याम जति सब्बै तेही, नाइजेरिया, बेनिन, गिनी, कुन्नी कता कता बाट येति पैसा, उति के भनेर आउने तेती बाट हो..

    Reply
  7. बशन्त राज says:
    April 8, 2014 at 9:39 am

    शम्भु प्रधान निर्देशित एक नेपाली कथानक चलचित्र “सक्कली नक्कली “को एक गित याद आयो / ” सक्कली नक्कली माया भैजाला चीन्नमा भुल…………………..”

    Reply
  8. Alikhit says:
    April 8, 2014 at 4:17 am

    यो साइट missheritageinternational.com मा गएर हेर्नुस, Follow Us On लेख्नु पर्ने ठाउमा Follow Us No: रे . “फलो गर्नुस न” भन्न खोज्या हो कि ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme