Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दक्षिण एसियाकै महँगो शहर काठमाडौँमा विदेशी पनि माग्दै

Posted on March 25, 2014 by Salokya

photo (7)
काठमाडौँ दक्षिण एसियाकै सबैभन्दा महँगो शहर भएको तथ्याङ्क हालै सार्वजनिक भएको छ। द इकोनोमिस्टको इन्टेलिजेन्स युनिटले विश्वका १३१ शहरहरुको जीवनयापन खर्च विश्लेषण गर्दा विश्वका सबभन्दा सस्ता शहर दक्षिण एसियाका देखिए। तर ती मध्ये सबैभन्दा महँगो भने काठमाडौँ रहेछ। काठमाडौँले भारतको राजधानी नयाँ दिल्ली, पाकिस्तानको कराची र भारतको आर्थिक नगरी मुम्बईलाई समेत उछिनेर महँगो भएको हो। भौतिक पूर्वाधार र सुविधाको हिसाबले यी शहरभन्दा काठमाडौँ निकै पछाडि छ। केही न केही भए पनि बिनसित्तिमा काठमाडौँ दक्षिण एसियाकै महँगो शहर बनेको छ। महँगो भएरै त होला यहाँ विदेशी पनि मागिरहेको देख्न सकिन्छ। माथिको फोटो हेर्नुस्।

photo (6)
केही दिनअघि काठमाडौँको खिचापोखरीस्थित सडक पेटीमा एक जना विदेशी यसरी माग्दै थिए। ऊ नेपालीहरुले नबुझ्ने भाषामा गीत चर्को स्वरमा गाउँदै थियो, गितार बजाउँदै।

उसले आफ्नो गितारको खोल सडकमा बिछ्याएको थियो। त्यसैमा बटुवाहरु उसलाई पैसा राखिदिँदै थिए।

हेर्नुस् कसरी माग्दै थियो विदेशी-

35 thoughts on “दक्षिण एसियाकै महँगो शहर काठमाडौँमा विदेशी पनि माग्दै”

  1. Rosham pun says:
    March 27, 2014 at 10:11 am

    Japanese भाषामा ‘दर्शन नमस्ते’
    भन्दै छ |

    Reply
  2. samrat~ says:
    March 27, 2014 at 9:29 am

    जुन दिन रेमिट्यान्स को भेल रोक्छ तेस्पछि सुरु हुन्छ हाहाकार !! येदि रेमिट्यान्स नआए को खण्ड मा हाम्रो देश उहिले नै ब्यांक रप्ट भै सक्ने थियो. यो सर्बेक्छन ए डी बि र अन्त्रास्त्रिये मुद्रा कोष बाट नै आएको हो किनकि अन्तारास्त्रिये बजार मा हाम्रो निर्यात ठप्प छ आयात को दाजो मा. मजदूर ले विदेश मा रगत पसिना कमाएको पैसा नेपालमा लुटेरा ब्यापारी हरु ले उनीहरु को परिवार बाट मनग्ये लुटेर खाइ रहेको छ जहा बजार भाउ पन पर्दो छ जस लाइ कुनै सरकारी निकाए ले कन्ट्रोल गरेको छैन.

    येदि बेलैमा सरकार ले न सोचेर सरकारी ढुकुटी मा कुहि रहेको पैसा भौतिक infrastructure र देश बिकास को कार्य क्रम मा लगाएर ति उमेर ढल्के पछि फर्केर आउने मजदूर हरु लाइ राहत र काम दिन न सकेको खण्ड मा एउटा बिकराल दुर्घटना निम्त्याउने छ एकदिन.

    Reply
  3. DB Ghising says:
    March 27, 2014 at 12:15 am

    पर्यटक भन्ने बितिकै हरियो डोलर बोकेर नेपालमा दिन औञ्छन भन्ने हाम्रा देशका नीति निर्मतहरुको गीदी भरेको छ | देशलाई कसरि बचाउने भन्ने विचार यीनिहरुको गीदिमा पसेको chain | अरु देशमा कुनैपनि बिदेशी पर्यटक घुम्न जानु भन्दा पहिले, उनीहरुको आर्थिक अबस्ताको जांच हुन्छ त्यसपछि स्वोस्थाको जांच हुन्छ, त्यपछि त्यो व्यक्तिल
    ले होटेल रिजर्व गरेको प्रमाण पेस गरेपछि मात्रै भिसा जारी गरिन्छ |
    हाम्रो तेसो होइन जो आए पनि औ, नानीहरुलाई सिडीमा घुमाउ, देशको बिरोध गरेर बिदेशमा शरर्थी हरुलाई पनि NRN कार्ड बाँडेर चोख्याउ | म हसलाई kathmanduma गएको पुगेको थियो चर्पंच जना गोराहरु कोठा खोज्न आए, तर एक सयमा जांह एक plate मोमोको दम दुइ सय पर्छ भने सय रुपिंमा कोठा खोज्ने पर्यटक कस्तो होला |

    Reply
  4. Gopal Shrestha says:
    March 26, 2014 at 11:14 pm

    We are over flooded with remittance. But we don’t have avenues to invest. As a result we have too many cash in people’s hand. With too many cash, price for goods and services rises. In one hand we have low growth rate, unemployment, and stagnant economy and in other hand we have inflation. I wonder how Rastra Bank and MOF would address these issues.

    Reply
  5. भक्तपुरे says:
    March 26, 2014 at 9:30 pm

    जे होस विदेशी भिखारीलाई नेपालमा राम्रो स्कोप देख्छु म । नेपालीहरुले कमसेकम विदेशी खैरे वा जापानी, कोरीयन जोसुकै भएपनि यस्तालाई पनि दिएको छु भन्ने रेकर्ड राख्न भएपनि १ २ रुपियाँ दिन्छन् । त्यसैले यि महोदय अब पल्किन बेर छैन ।

    फेरी विदेशीले व्यवसायीक वा पेशागत श्रम गर्न पो श्रम अनुमति लिनु पर्छ त, भिख माग्नु लाई व्यवसायीक वा पेशागत श्रममा पारेको छैन क्यारे त ।

    त्यसैले अध्यागमनबाट बच्न भिषा रिन्यु गर्यो । निउरोड तिर बस्यो !!
    क्या फाईदाको काईदा !!!

    Reply
  6. bibek dhakal says:
    March 26, 2014 at 8:45 pm

    केहि दिन अघि ठमेल को एक रेस्टुरेन्टको दृश्य:
    एकजना (झोले!) कुइरे टिल्ल भएर कुर्सिमा सुतेका छन्| आएर बसेको, अझ सुतेको, २ घण्टा हुनलाग्दा पनि ति झल्लु झोले डेग चलेनन| रेस्टुरेन्ट मालिक आएर उठाएर बिल दिन्छन, ति झोले पैसा तिर्न आनाकानी गर्छन र फेरी टेबलमै लडछन्| रेस्टुरेन्ट मालिकले बल्ल तल्ल पैसा खोसेर लिन्छन र ति झोलेलाई बाहिर निकाल्छन|

    भन्ने हो भने पर्यटन नेपालको मेरुदण्ड नै हो| पर्यटनको कारण यहाँ लाखौँले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन्| पर्यटन व्यवसाय मा मोह पनि बढ्दै गएको छ| तर राम्ररि रेगुलेटेड नहुँदा याहाँ गतिला भन्दा पनि बढी झोले टुरिस्टहरुको आगमन हुन थालेको छ| भुटान जस्तो दिनको २०० वा २५० डलर तिरेर रेगुलेट गर्ने अवस्था त छैन तर सरकारले सकेसम्म यी लोनर( एक्लै आउने) र सेल्फ- ट्राभलिङ्ग टुरिस्टहरुलाइ भन्दा जिनुइन र सच्चा टुरिस्टलाइ आकर्षित गर्ने खालको नीति, नियम र कानून लेराउनु पर्छ| अथवा सेल्फ ट्राभल गर्नेहरु ( गाइड वा एजेन्सीको सहयोग बिना) लाई अलि चर्को शुल्क को व्यवस्था गरे माथिको दृश्यमा जस्तो मगन्ते हरु आउने थिएनन कि!

    Reply
  7. ekraj says:
    March 26, 2014 at 8:40 pm

    मलाई त काठमाडौँ दक्षिण एसियाको सबै भन्दा महँगो हुनुमा कुनै अचम्ब लागेन| यसको जम्मा तिनवोटा कारण छन् त्यो सालोक्य जी ले देखाई सक्नु भए छ|
    यो लेख को विश्लेषण गर्दा निम्न तिन कारणले यो राजधानी एस्तो महँगो भएको हो|
    १. यो शहरमा धेरै नियेम नलाग्ने भनौ नियेम तोड्ने लुटेराहरु छन्|
    २. अनि लुटिने पनि उत्तिकै छन्|
    ३.तेस्रो बर्ग भयो मगन्ते को|
    एस्तो सहरमा कसैको पनि बसाई सहज छैन|

    Reply
  8. organicsanu says:
    March 26, 2014 at 8:06 pm

    विदेशमा वाए येसरी मागेर खान पनि नगरपालिकाको स्वीकृति चाहिन्छा. हाम्रो नेपालमा सबथोक फ्री.

    Reply
  9. Suraj Shrestha says:
    March 26, 2014 at 8:04 pm

    मेरो विचारमा काठमाडौँमा मानिस दक्षिण एशिया कै सबैभन्दा सस्तो होला !!!

    सुरज श्रेष्ठ

    Reply
  10. Aakash Sharma says:
    March 26, 2014 at 7:55 pm

    गीत त जापानी हो
    केटो जापानी रहेछ!

    Reply
  11. शरद बाटाजू says:
    March 26, 2014 at 7:37 pm

    बिदेशमा यसरी राम्रा राम्रा कलाकारले पनि सडक किनारमा आफ्नो कलाकरीताको प्रस्तुति गरि रहेका भेटिन्छन, कोहि स्प्र्य पैन्तिंङ् , कोहि विभिन्न थरिका बाजाहरु र कोहि आफ्नो सुरिलो आवाजको जादु प्रदर्शन गरेर मानिसहरुलाई आनन्दित बनाई रहेका हुन्छन | तर उसलाई मगन्तेको रुपमा हेरिदैन र दयाको पात्रको रुपमा पनि हेरिदैन बरु पारखी बटुवाहरु पैसा दिएर आनन्द लिन्छन | हामी कहाँ दुइ नम्बरी आम्दानीलाई सहजताका साथ् लीइन्छ र सम्मान गरिन्छ तर प्रफोर्मिंग आर्टलाई अझै मर्यादा गर्न सकेका छैनौ| सक्कली कामलाई अझै सम्मान गर्न सकेका छैनौ |
    शरद बाटाजू

    Reply
    1. sikshya says:
      March 28, 2014 at 2:48 am

      In some bidesh, I once saw a girl playing violin and asking for money. I asked my colleagues why she was begging as she didn’t look very poor. They were shocked at my thought and my choice of word and they said it was called “busking” and she is just sharing her talent. In return people give her money, which could help her to go to university or for something else. I was embarrassed but glad to learn something new. Later there was a buskers’ festival. That’s something to be respected. We should not refer our “gaine” dais and kids with sarangi as “magne” as well. They are trying to use their skill to earn some money, which we all do.

      Reply
  12. Manav karki says:
    March 26, 2014 at 6:43 pm

    हामी सबै माग्ने नै हौ 🙂 फरक यती मात्र हो गरिब मन्दिर बाहिर माग्छ धनि भित्र .

    Reply
  13. SR Bista says:
    March 26, 2014 at 2:24 pm

    मित्र ले नेपाली exchange रेट हेरेर दङ्ग परे होलान अनि २-४ सय dollar मात्र बोकी नेपाल लम्किदे होलान…मित्र लाई के थाह नेपाल मा हजार को नोट त हात्ती को मुख मा जिरा जस्तो भैसक्यो….अनि बितरो परे ..जे हॊस सभ्य र मनोरन्जनात्मक सैली मा माग्दै छन्…भीक नै भए नि मेहनत त गरे छन्…!!!

    Reply
  14. gurung CB says:
    March 26, 2014 at 1:26 pm

    मेरो विचारमा यो माग्ने मान्छे नभएर कुनै संस्थाको सिआइडी हुनुपर्छ या केहि रिसर्च गर्दै हो

    Reply
  15. Vijay says:
    March 26, 2014 at 1:25 pm

    कस्तो बच्चा जस्तो प्रश्न हो भन्या….ल मान्नुस, तपाई विदेश जानुभयो, दुर्भाग्यवश भएको सबै लुटियो…चिने जानेको कोहि छैनन्, जानेको तपाइले गितार बजाउन मात्र हो भने के गर्नुहुन्छ ? अरुको चोर्नु लुट्नु भन्दा त यसरी भद्र रूपमा आर्जन गर्नु नै ठिक हो नि, हैन त?

    Reply
    1. Kisan says:
      March 26, 2014 at 9:36 pm

      कस्तो बच्चा जस्तो कमेन्ट हो भन्या ? खै प्रश्न ? तेसै प्रश्न भन्ने ?
      कत्ति न तपाई ले थाहा पाए जस्तो लुटियो रे
      झोले tourist चैदैना
      घुम्ने विस लिएर गीत गएर कमौना पाइन्दैन

      Reply
    2. Suman Bjra. says:
      March 27, 2014 at 9:38 am

      बिदेशीले नेपालमा जे गरे पनि राम्रो भन्ने नेपालीहरुको सोचिने तरिकालाइ फेरिनु पर्छ/ सहाएता देखि माग्ने कला समेत / के नेपालीलाइ विदेश जान visa apply गर्न कति किसिम को परखाल बनाएको छ / गृह मन्त्रालय , पररास्ट्र मन्त्रालय को कर्मचारी ले सांचहीनै अन्न खाएर देशको को सेवा गरेको भए देखि एस्तो भारेभुरे tourist यो देशमा हुदैन /

      Reply
    3. Dinesh Baral says:
      March 27, 2014 at 9:43 am

      तेत्रो जापान जस्तो देशको मान्छेले आफ्नो समान लुटिएकै भएर गित गाएर माग्न बसेको होला त ? विदेशको नेपाली दुताबासमा गए त नेपालीहरुले केहि सहयोग पाउछन भने जापानको दुताबासमा गए त उही राखिहल्छ नि !

      Reply
  16. Ajaya Shrestha says:
    March 26, 2014 at 12:40 pm

    ओहो कुन भाषाको गीत हो त थाहा भएन तर केहि जापानिज र कोरियनहरु यसरी मागेर पैसा जम्मा गरेर स्यांग्जा झापा लगायतको गाउबस्तिका स्कूलहरुमा पाठ्य सामाग्रीहरु सहयोग गरि रहेका हुन्छन
    यो गायकको पनि त्यहि लक्ष्यहो भने मेरो सलाम छ

    Reply
  17. रबिन्द्र राज गिरी says:
    March 26, 2014 at 12:38 pm

    कुनै कारणले पैसा सकियो होला | अनि बिचरा के गरोस बिदेशी भूमिमा | चोर्नु र ठग्नु भन्दा त माग्नु नै ठिक हो नि, होइन र ? उसले पेशाको रुपमा माग्न थालेको त पक्कै होइन होला |

    Reply
  18. Sisir says:
    March 26, 2014 at 12:01 pm

    नेपालमा बिदेसी माग्ने कुनै नौलो कुरा होइन … नेपालमा माग्ने संस्कृति विदेशबाटै भित्रेको हो र अझै हजारौ बिदेसी(दक्षिण तिरका ) माग्नेहरु नेपालमा छन् .. माथि देखायिएको द्रिस्य कला प्रदर्सनी हो र येसो गर्नु गैर कानुनी पनि होइन, ठमेल मै हाम्रा गन्धर्ब दाजुहरु सारंगीको मिठो धुनमा धेरैको मनोरंजन गर्दै गरेका हुन्छन .. जोगीले घर घरमा गएर भिक्षा माग्नु पनि हाम्रो कानुनले बर्जित गरेको छैन .. तर ठाउँ बेठाउँ खुट्टा समाएर बिख माग्नु कानुन बिपरित हो ..

    Reply
  19. anuj says:
    March 26, 2014 at 11:53 am

    संसार सबै मगुवा हो
    यो फोटोमा ति युवक guitar बजाएर पैसा मागिरहेछ
    संगै को पसलले सामानको लोभ देखाएर पैसा मागिरहेछ
    mysansar ब्लगले लेखहरु लेखेर हामी viewers को viewership मागिरहेछ
    मैले पनि व्यस्तताको बाबजुद यो कमेन्ट लेखेर तपाइहरुको like मागीरहेछु

    Reply
  20. achut says:
    March 26, 2014 at 11:20 am

    यो गैर कानुनी होइन र भन्या??बिदेसी(भारती बाबा बाहेक) नि नेपाल मा भिक् माग्ने ओहो हामी त धनि पो भएछु कि के हो??

    Reply
  21. jiwan says:
    March 26, 2014 at 10:43 am

    This is called busking.

    Reply
    1. महेन्द्र says:
      March 26, 2014 at 11:51 am

      यसलाई बस्किङ भनोस् कि बक्सिङ मूल विषयमा कुरा गरौँ न । विदेशीलाई पनि जीविका चलाउन गाह्रो भएछ र त यसरी बस्किङ गरेर पैसा उठाउनु पर्‍या छ, काठमाडौँमा महँगी धेरै बढ्यो भन्ने चुरो कुरोमा बहस गरौँ न ।

      Reply
  22. शिव says:
    March 26, 2014 at 10:07 am

    यो गैर कानुनी हो । भिख माग्न लाई भिसा पक्कै पायको हैनहोला ।

    Reply
  23. Rajesh rai says:
    March 26, 2014 at 8:51 am

    चोरेर ,ठगेर,लुटेर खानु भन्दा त् बाटोमा गीत गाएर कला देखायर खानु त् धेरै राम्रो हो नि /
    सिक केहि त्यो गाइने बिदेशी बाट/

    Reply
  24. ashok says:
    March 26, 2014 at 12:23 am

    I am pretty sure that this guy is not a beggar. He must be participating in some survey to find out how the people of Nepal respond their beggar counterparts on streets. Our world has entered a new phase and our society has leaned towards money. If you look at wars, global politics, any forms of social restructures, money comes there first. Ideologies are no longer in function.

    Reply
  25. Santosh khatri says:
    March 26, 2014 at 12:03 am

    जापानिज रहेछ ..यहा जापान मा त प्राएले यसरीनै आफ्नो कला देखाएर माग्ने गर्छन ..अब त हाम्रो देशमा पनि??

    Reply
  26. Ram Adhikari says:
    March 25, 2014 at 11:38 pm

    अब महँगो पनि कसरि नहोस त देश मा स्थिरता छैन , दिनहु जसो सरकार फेरिन्छ , देशमा कुनै ठुला ठुला उधोग हरु छैनन् भएका पनि बन्द हुदै छन् , बाहिर बाट आएका हरेक बस्तु हरुमा चर्को राजस्व तिर्नु पर्छ, पेट्रोलिएम पदार्थमा मूल्य बृदि भएको भएकै छ, हुदा हुदा खाधान्न पनि बाहिर बाट मगाउनु पर्ने अवस्था छ, सरकार लाई हरेक बस्तुको मूल्य निर्धारण गर्ने फुर्सद नै छैन अनि ब्यापारीले मन लाग्दो तरिकाले उपभोक्ता बाट पैसा असुलेका छन् . यस्तो अबस्थामा काठमाडौँ गरिब देशको महँगो शहर नभएर के हुने त?

    Reply
  27. manoj says:
    March 25, 2014 at 11:30 pm

    यो त कलाकरीता को नमुना हो, यसलाई मगन्ते को दर्जा दिन अलि नमिल्ला कि ? विदेश मा यसरि कला प्रस्तुत गरि धेरै ले आफ्नो आबसयक्त लाई पूर्ति गर्ने गर्छन /

    Reply
  28. Nabin Adhikari says:
    March 25, 2014 at 10:31 pm

    हेरत नेपाली ले येसरी मागेको भए काम गरी खान सक्दैन भंचन बिदेशी ले माग्दा नोट त दरो पो झार्दा रहेछन् 😀

    Reply
    1. Vijay says:
      March 26, 2014 at 11:37 am

      सद्दे खुट्टामा पट्टि बाँधेर धुलाम्मे भुइंमा दुर्गति देखाएर माग्नु र आफ्नो कला देखाएर माग्नुको फरक पनि छुट्ट्याउन सक्नुभएन ? फेरी त्यो बिदेशीले गीत गाएको चाही के काम गरेको हैन र? एकजना स्ट्रीट भायोलोनिस्ट ले यस्तै सडकमा बजाउदा बजाउदै मेडियाको अटेन्सन पायो, कति चर्चा भयो…. http://youtu.be/czkJYLqylzs

      Reply
      1. महेन्द्र says:
        March 26, 2014 at 11:50 am

        अनि टुरिस्ट भिसामा आएर त्यसरी ‘काम’ गर्न पाइन्छ त ?

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme