Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विष्णुमतिको बिजोग

Posted on March 23, 2014March 23, 2014 by Salokya

bishnumati दायाँ छेउमा तपाईँले जे देखिरहनुभएको छ, वास्तवमा त्यहाँ पानी बग्नु पर्ने हो।

पवित्र विष्णुमति नदीको पानी।

तर अहिले पानी परिरहेको बेलामा यो नदीमा पानी हैन, फोहर जम्मा भएको छ। बगेको छैन, स्थिर छ।

कालिमाटीको पुलबाट टंकेश्वरतिर हेर्दा यस्तो देखिएको हो।

त्यसो त पुलको अर्को पट्टी नयाँ पुल बनाउने काम भइरहेको हुनाले नदीको पानीलाई एक छेउबाट मात्र बग्न दिइएकोले यस्तो भएको हुनसक्छ। तर यसले हाम्रो नदीमा पानीमात्र हैन, प्लास्टिक लगायतका फोहर कति धेरै फ्याँकिदो रहेछ भन्ने पनि प्रष्ट हुन्छ। आँट छ तपाईँलाई यो बिजोग हेर्ने ? भित्र छ ठूलो फोटो। 

bishnumati

bishnumati1

bishnumati2

19 thoughts on “विष्णुमतिको बिजोग”

  1. bibek says:
    March 27, 2014 at 11:21 am

    नेपाली जताजता छन्, त्यहाँको प्रचलन र प्रकृतिलाई नै कुरुप पारेर आफु जस्तै बनाउछन! भन्ने प्रमाण हो यो| त्यसको एक हिस्सा म आफै पनि हो| (काम चलि नै रहेको छ, अरु बालमतलब! भनेकै यहि हो|)

    Reply
  2. Suman Bhote says:
    March 26, 2014 at 9:14 am

    बागमती पछि बिस्नुमति पस्नुपर्यो नेताहरु सफा गर्न….. खोइ बाबुराम?

    Reply
  3. रैथाने says:
    March 24, 2014 at 8:05 pm

    त्यै त क्यार्नु,
    प्रागको भ्लाताभा, लण्डनको थेम्स, पेरिसको लासिने, जस्तै यो विष्णुमति र त्यो बागमती सलल र कलल स्वोच्छ हिमाली मुलको पानि बगेको अनि तेहा सानातिना डुङ्गा चलायर तरेको छेउ दुबैतिरे सरर एकतर्फी बाटो र बीच बिचमा पुल अनि पैदल यात्रीको लागि झोलुङ्गे पुल साथै कलात्मक पुल अनि बाटो पारि दुबैतिर नेपालि शैली झल्काउने कलात्मक घर र मन्दिर हरु ठाउ ठाउमा बिहान घामताप्दै नदीमा बगेको रंगी बिरंगी छाल र छाल हेर्दै चिया कफीको सुर्को तान्ने र बेलुकी साझामा नदि किनारमा मेच राखेर ट्याक्क गर्मीमा चिसो बिएर र जाडोमा झ्याप्प रंकोदिने नेपालि लोकल ब्राण्ड तान्ने सपना देखेको पनि बर्षौ भयो तर के गर्ने त्यो माम्पाखाहरुले सपनामा ख्वात्ता ढल खन्याइदेर पो ट्!
    धेरै दिन भाछैन केहि अघि मात्र हो एउटा मापाको बज्याले बिएर तुन्न खाएर क्यान चाहि फ्वात्ता मेरो बिश्णुमतिमा फालेको देखेर ‘ओ भाइ, के गर्या यार कमसेकम सफा गर्न नासकेनी फोहोर त नगर्न, तेसैता पानि अण्डग्राउण्ड भै सक्यो तिमि एस्तो बिएर किन्न खान सक्ने मान्छेले सोच्नुपर्यो नि हाम्रो नदि सफा बनाएर पानि बगेको हेर्न पाय कस्तो हुन्थ्यो झन् उ त यसरि बिएरको क्यान बोत्तर फाल्ने हो त? उ तेहा तिन राख्द्या छनी फोहोर फाल्न!’
    भनेको त,
    अर्को क्यानापानी झन् ‘यी ला तेरो खोला सफागर, जा बाबुरामलाई भन्न उसले गर्दिन्छानी सफा, तिमरु राजनीति गर्ने समाजसेवा गर्नेको काम के हो त्’ भन्दै , आधा बिएरै समेत फुत्त फाल्छा बाबै, मापाखा मलाइ त झोक चलेर टिपेर मान्छेलाई नै तेही बिश्णुमतिमा फाल्दिउ जस्तो!
    अनि मैले, ‘ ओ भाई, हैन जादा लाग्या हो कि दिमागनै तेस्तो हो?’
    मात्र भन्या ठे झन्नै मार्या गाठे, मा त भागे त्याटि,
    पाच छ जना मान्छे रमिता हेरी बस्यो ति केटा रक्सि र बिएर ले फ़िट्टु दुइ जना थिए!
    मा त लुसुक्क ताप!

    विष्णुमति भन्दा पहिले हाम्रो काठमाण्डौ बासीको मति सफा गर्नु पर्छ भन्या!

    Reply
  4. Suman Bjra. says:
    March 24, 2014 at 3:52 pm

    सभ्य नागरिकक ब्यापारीहरु ले एस्तो फोहर गर्दैन होला / जो अनागरिकछन् सभ्यता भनेको थाहानै छैन केवल पैसा देखे पछि जे पनि गर्ने / देवी र देअवतको मुर्ति बनाएर नदि मा लगेर फाले पनि केहि भनन सक्द्दैन यो गर्नु हुदन भनेर , तेही समाजका कुसंसाकारेल गर्ने व्यक्तिहरुले नदि नाला फोहर गरेको हो / तेही जल पशिपति नाथलाइ चडाएर दंग हुने समाज हो /

    Reply
  5. suman p says:
    March 24, 2014 at 10:08 am

    चेतना नभएको मानब बस्ति को उदाहरण हो यो, फोहर आफैले गर्दा हुन्छ भन्ने चेतना यो बस्तीमा बस्ने मानब हरुलाई कहिले आउने होला हे दैब ? श्री पशुपति नाथ को गेदोले हामी सबैको रछ्या गरुन त भन्नुनै परो अब त.

    Reply
  6. Bindu says:
    March 24, 2014 at 7:42 am

    म संग एउटा एकदमै सरल तरिका छ बिष्णुमति नदीहरु सफा बनाउने ,
    हाम्रा सबै धनि नेताहरुको निबास स्थान नदिको छेउमा बसाउने नियम ( संबिधान ) बनाउने .
    उदाहरणको लागि अस्तिनै सर्बहारा बर्गका महान नेता प्रचण्ड जी बालाजुको बिष्णु मति नजिक बस्नु हुँदा बालाजु नजिकको बिष्णुमति खोलाको सरसफाई
    हुन्थ्यो —-

    अब अर्को जटिल तर आबश्यक उपाय :
    काठमान्डूका सबै घरलाई फोहोर फाल्ने ५-६ थरिका भाडो उपलब्ध गराउने , बापतमा कर लिने .
    उक्त ५-६ थरिका फोहोर ( कागज – प्लास्टिक – कपडा – धातु – ब्याट्री – खाध्य प्रदार्थ आदि फरक फरक बस्तु ) बाट मोहोर बनाउने —
    हरेक टोल – चोकमा सार्बजनिक भाँडो राख्ने फोहोर फाल्न .
    नदि खोलामा मिसाईएका ढल आदिलाई तुरुन्त हटाउने उपाय निकाल्ने . आदि —
    घर घर बाटै फोहोर उठाउने र त्यै फोहोर रिसाकिलिंग गर्ने उपाय नै दिर्घ कालिन उपाय हुने छ —

    यसो नगरे बागमती सरसफाई अभियान चै हरेक बर्ष चालु भईरहन्छ — सरसफाई गर्दै गर्दा देखैऐएको फोटो अखबारमा आईरहनछ —

    Reply
  7. मन says:
    March 24, 2014 at 6:49 am

    मैले त् संधै भनिरहेकै छु| हाम्रो नेपालमा एकमात्र अन्तराष्ट्रिय एयरपोर्टको बाथरुम सफा राख्ने योद्धा अहिले सम्म देखिएको छैन| देशको प्रशासन र राजनीतिमा सलग्न उच्च पदका व्यक्तिहरु अमेरिका, युरोप, सिंगापुर आदि देशहरुमा भ्रमण र अध्यन गर्नेहरुको गन्ती छैन तर व्यवस्थापन भन्ने चिज छैन| एक क्षण सफा गरिदिन्छ फेरी जस्ताको तस्तै| पानी छैन, टोइलेट पेपर छैन, धारा वा सिंक चुहने, खिया र संधै तरिका संग सफा नगरेर कटकटिएको फोहोर देखिने, ढोका राम्ररी बन्द नहुने, इत्यादि इत्यादि | त्यही टोइलेट एयरपोर्टको बिजनेस क्लास लौन्जमा ठिकै राखेका हुन्छ| हजारौ यात्रुहरु ओहोर दोहोर गर्ने ठाउँमा हरेक दश मिनटमा टोइलेट सफा राख्ने व्यवस्था गरिनु पर्ने हो| अराइभल र डोमेसटिक कक्षको कुरै नगरे पनि हुन्छ| यात्रुलाई सहयोग गर्नु छैन, उल्टो कर्मचारी र पोर्टरहरु हाकिम हुन्छन, चुरोट मुखमा लिएर कुरा गर्छन| खुट्टा बांगेको र फोहोर ट्रली हुन्छन त्यो पनि समयमा उपलब्ध गराउदैनन| नेपालमा पहिलो चोटी आउने आगन्तुकको मनमा कस्तो छाप पर्ला यी सब देखेर, सोच्न सक्नुहुन्छ|
    पहुँचवाला भए वा तपाईको कोहि चिनजान छन् भने साधारण यात्रुले ब्योहोर्न पर्ने दुख गरि रहनै पर्दैन| अध्यागमन र भन्सार सबै पार गरेर अरुको पालो काटेर गरेर लग्छन जुन मैले धेरै पल्ट आउँदाजाँदा देखेको छु|
    हाकिमहरु बैठक कोठा सफा भए पुग्छ| स्वास्थ्य मन्त्रालयको तल्लो तलाबाट एकचोटी माथिल्लो तला जाँदा पिशाब गनाएर नाकै भाँचेला जस्तो दुर्गन्ध आएको थियो| एकजना नेपालमा कामगर्ने बिदेशी सल्लाहकारले मन्त्रालयका हाकिमहरुलाई यो जति भने पनि सुन्ने र टेर्ने कसैले होइन भनेर आफ्नो लाचारीपन व्यक्त गरेका थिए| धेरैले प्रयोग गर्ने टोइलेट दिनमा दुईचोटी वा तीन चोटी मात्र सफा गरेर हुने होईन|
    सफाई भन्ने चिज आफ्नो प्राथमिकतामा नराख्ने मानसिकता लिएका हाकिमहरुका हातमा डाडु पन्यु रहदै आएका छन्| त्यस्ताहरुले विष्णुमतिको सफाईमा ध्यान देला जस्तो लाग्दैन| ध्यान दिए पनि यो एक दिनलाई दिएर हुने होइन, दीगो व्यवस्थापनको परम्परा स्थापना गरिन पर्छ|
    तर लाग्छ शहर सफा राख्ने र यसलाई उचित व्यवस्थापन गरेर जनचेतना जागरण गरेर वा जनतालाई सहभागी गराई व्यवस्थापनलाई स्थायित्व दिने क्षमता त् नभनौ तर इच्छा शक्ति चाँहि हाम्रा डाडुपन्यु हातमा भएकाहरुका डीएनए मै छैन कि के हो?
    अमेरिका, युरोप, अष्ट्रेलिया आदि देशमा घुमेर गफ दिन मात्र जानेको छ तर फर्केर एयरपोर्ट पसेपछि सबै बिर्सदो हो|
    प्रशासन र महा नगरपालिकामा राज गर्ने हाकिमहरुले विष्णुमति र बागमतीका किनारावाट मोटरमा गुड्दा त्यतातिर आँखा दौडाउदैनन् होला|

    Reply
  8. suman says:
    March 23, 2014 at 9:56 pm

    सबैले एक चोटी सत्य मेव जयेते … हेर्न जरुरि छ !! साथै ब्यबहारमा लागु गर्नु पर्छ !!
    we can bring it it’s in original condition within 6-12 months.

    Reply
  9. kedar says:
    March 23, 2014 at 8:14 pm

    जस्ता नेता उस्तै देश;जस्तो देश उस्तै विष्णुमति प्रदेश!
    घाँस खानेहरुको बीचबाट बग्ने नदीको हाल यस्तो नभएर अरु कस्तो होस् त?

    Reply
  10. Suraj Shrestha says:
    March 23, 2014 at 7:42 pm

    हाम्रो नयाँ नेपाल को आधुनिक सभ्यता !!!

    सुरज श्रेष्ठ

    Reply
  11. ramesh says:
    March 23, 2014 at 7:08 pm

    नेपाली हरु फोहोरी असभ्य हुन्छन भन्ने प्रमाण.

    Reply
  12. harkaman shahi says:
    March 23, 2014 at 6:25 pm

    कुरा गर्न छाडी काम को पछि सबै जनता लाग्ने हो भने सबै कुरा सहि हुन्छ, माइसंसार मा यस्ता तथ्यांक राख्नु उचित कुरा हो तर बुझ्ने कसले?

    Reply
  13. Deepak says:
    March 23, 2014 at 5:02 pm

    विष्णुमति र बागमती बनाउने योजनाको पैसाले बिदेशीको बैंक भरिएको छ, नेतामा चेतनाको कमि र जनता अन्धा हुनु नै अबिकसिताको मल हो ! नेताले पैसा थुपार्दा न त देशमा लगानी हुन पाएको छ, न युवाले रोजगार नै पाएका छन् अनि न त देशको बिकास नै हुन पाएको छ ! यिनै नेताको लागि मर्न र मार्न तैयार रहने जनता कस्ता होलान ??
    दिपक अधिकारी
    जर्मनी

    Reply
  14. dev says:
    March 23, 2014 at 4:23 pm

    बाबुराम त्यहा पसेन कि क्या हो सफा गर्न ?

    Reply
    1. Jeevan Thapa says:
      March 23, 2014 at 8:17 pm

      बाबुराम नै पस्नु पर्छ भन्ने त छैन नि मित्र ..सफा गर्ने चाहना भएका जो सुकै जनता पसे नि हुन्छ !!!

      Reply
  15. puspa nepali says:
    March 23, 2014 at 3:02 pm

    हाम्रो नेपालमा यस्तो फोहोरलाई बिदेसमा जस्तै (रि-साइकल)गर्ने प्रणाली कहिले आउने होला खै !

    Reply
  16. रामचन्द्र says:
    March 23, 2014 at 2:32 pm

    चेतनाको कमी र असभ्यताको राम्रो प्रमाण !

    Reply
  17. shailen says:
    March 23, 2014 at 1:24 pm

    बेशरमी नेपालीहरु!!!

    Reply
    1. Shankar says:
      March 23, 2014 at 7:14 pm

      बिदेसी नागरिकता आइसक्यो ?

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected]ar.com मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme