Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रधानमन्त्री ज्यु, सम्पति ३ वटा मोबाइलमात्रै भनेर ढाँट्ने? त्यो हातका औँठी चाहिँ के त?

Posted on March 19, 2014March 19, 2014 by Salokya

Sushil1
प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो सम्पति विवरण बुझाउँदा तीन वटा मोबाइल मात्र भनेर लेख्नुभएको रहेछ। तर भर्खरै खिचेको फोटोमा भने उहाँको हातका दुई वटा औँलामा औँठी देखिएको छ। हेर्दा त ती औँठी सुनकै जस्तो देखिन्छ। त्यो कसको मागेर लाउनु भएको होला त?
sushil2
यस्तो छ औँलामा देखिएका औँठी।

सम्पति विवरणमा प्रधानमन्त्रीले केही पनि नभएको भनेका छन्।
sushil-1

sushil-2

sushil-3

sushil-4

केही पनि नभएको भए तीन वटा मोबाइल चाहिँ किन लेखिएको होला ? अरु कुनै पनि मन्त्रीले मोबाइल लेखेका छैनन् त। कि अरु मन्त्रीहरुले मोबाइलै बोकेका छैनन् ?

मोबाइल सम्पति हुने हो भने अरु मन्त्रीले पनि त्यो लेख्नु परेन ?

त्यस्तै मोबाइल सम्पति हो भने हातमा लगाइएका औँठी, जुत्ता, लुगा पनि सम्पति हो कि हैन ? मोबाइललाई मान्ने हो भने घडीको पनि लेख्नु पर्थ्यो, औँठी त झन् लेख्नै पर्‍यो। आफैले लाएको औँठी सुनको हो कि हैन थाहा नपाएको भन्ने कूतर्क गरेर कहाँ हुन्छ। थाहा नभए जाँच्नु पर्‍यो। कि मोबाइललाई पनि सम्पति मान्नु भएन। मोबाइललाई मानेपछि त प्रत्येक कुरा सम्पति नै भएन र ?

अनि साँच्ची मोबाइल यत्तिकै त चल्दैन होला। त्यसमा ब्यालेन्स पनि हाल्नै पर्‍यो। त्यो चाहिँ कहाँबाट हाल्ने हुन् होला है !


यो पनि हेर्नुस्
प्रमका मन्त्रीहरु भने कति धनी, सुन र चाँदी नै किलोका किलो

37 thoughts on “प्रधानमन्त्री ज्यु, सम्पति ३ वटा मोबाइलमात्रै भनेर ढाँट्ने? त्यो हातका औँठी चाहिँ के त?”

  1. suman p says:
    March 22, 2014 at 9:34 am

    बाजे अनि त्यो ३ वोटा मोबाएल को बिल चाही कसले र कसरि र कुन सम्पतिको श्रोत ले तिर्ने गरेको छ ? र महिनाको कति बिल आउछ ? त्यो पनि सुन्न पाए हुन्थियो………..

    Reply
  2. Dhan says:
    March 21, 2014 at 6:45 pm

    थुइक्क हाम्रो नेपाल को मन्त्री हरुको सन्किर्न बिचार कोही ३ वटा मोबाईल लाई सम्पत्ति विवरण मा लेख्ने कोही स्वोआर्जन भन्दै करडौ को सम्पत्ति देखौने एस्तो पखन्डी अनी कुपुत्र हरु ले शासन गरे सम्म नेपाल म केही हुनेवला छैन भन्ने हाम्लाई लाइराछ ।

    Reply
  3. ekraj says:
    March 21, 2014 at 6:01 pm

    सुशील प्रधान मन्त्रि त भए र सरलता, गरिबी र हिप्रोक्रेशी परकास्ता नामुमा त भए|
    इनले अरु के गर्न सक्दछन भन्ने हामीलाई केहि थाहा छैन|
    राम सरन जस्ता ब्रह्मलुट मच्चाउने मन्त्रि लै कारबाई गर्न सक्दछन?
    गच्छेदार जस्तो डाँका, गुण्डाको नाइके, भ्रस्ट नेता लै जेल हाल्न सक्दछन?
    कुजता जस्ती कर्म चन्दाल, चरित्रहीन, भ्रस्ट आइमाई लाई कारबाई गर्न सक्दछन?
    एक वर्ष मा संबिधान बनाउने भनेर आएर, सिन्को नाभाची, देश लुट्न को लागि कसले सरकार चलाउने कसले सब भन्दा बडी लुट्ने मन्त्रि लिने भन्ने चोर खेल मै समय बर्बाद गर्ने?
    कप ओली जस्ता जाली फटाहा, गुण्डाको नाइके संग मिलेर ठग को राज नीति मै समय बर्बाद गर्ने?
    यी सब समय बर्बाद गरेर फिता काटेर, लुटेरा खाने धन्दा सिबये केहि हुन्न यी हुतिहारा मरेका लाश हरु बाट|

    Reply
  4. Arjun says:
    March 20, 2014 at 10:50 pm

    ल अब चाही जसरि भए नि ३ टा मोबाइल नकिनी भएन , कोहि छौ साथी हो , ऋण हालिदिने ?
    ३ टा मोबाइल भएसी हुने फाइदा धेरै देखियो – खान , बस्न , सुसारे पाल्न , गाडी चडन, बर्सै पिछे अमेरिका जान , जे चाहनुस तेही मोबाइल ले पुर्याउने रैछ / जब मोबाइल ले नै सबै कुरा पुर्याउछ त किन दुख गर्ने जिबन जिउन , हैन ???

    Reply
  5. गगने says:
    March 20, 2014 at 4:31 am

    सुर्ती खान छाड्याले तिनवोटा मोबाइल सम्पति भयको होला!
    नत्र त,
    तिन प्याकेट बलवान छाप सुर्ती र एक प्याकेट सुख्खा चुना लेखिन्थ्यो होला सम्पति बिबरण.

    Reply
  6. Timsina Dev says:
    March 20, 2014 at 2:01 am

    I know I’m no better than my other Nepalese friends. But, I hate to accept we go this low to make fun and discredit the civilized standard he has been trying to set for corrupted countrymen.

    Why is it that we love so much in belittling others, without realizing we are the one that is lacking moral, ethics, standard, and international norms. There is nothing wrong to learn from other countries if we are not accustomed to certain things. Mobile Phone is indeed a personal property and others should report it too.

    Please be patient and don’t miss judge others, no matter who: either your neighbors or stranger he/she may be. Mistreating other does not make us any better than ungrateful, and stupid. Positive critiquing makes us happier in life. We don’t have to comment on every news we come across if don’t know what the heck is article is about. Just my thoughts!

    Reply
  7. Rabin Gurung says:
    March 19, 2014 at 10:26 pm

    हैन अनि त्यो २०३० सालमा विमान अपहरण गरेर लुटेको ३० लाख आइसी चैँ कता राखेछन् हँ ? त्यसको ब्याज पनि आइराख्नु पर्ने त

    Reply
    1. Suman Bjra. says:
      March 20, 2014 at 10:53 am

      त्यो बेला को कुरा चाहिं बिर्सनुस न प्लने हजैक गरेको किनभने नेपालको कांग्रेसलइ टनकपुर भारत को हात मा सुम्पेको हुनाले भारत र अमेरिका ले आतंक बादी मा गनिनिदैन के / तर अर्थ मन्त्रि र एमाले नेता ब्यर्थ को मन्त्रि होइन र सुन गरगहन एस्तो गरिब देसमा लगानी नगरिकन सुन मा लगानी गरे र पैसा फलउनेहरु अर्थिक रुपमा केहि उन्न्नती नगर्ने हरु ले
      देश बिकाश गर्छु भनेर मन्त्रि बन्नेहरु लै अब देखि जनताले नै बहिसकर गर्नु पर्छ/

      Reply
  8. sbh says:
    March 19, 2014 at 6:56 pm

    With due respect, he is our priminister. Youmay like him or not or agree but please give him his respect while writing as courtesy. Not budha or like that.

    Reply
  9. Gajen Pakhrin says:
    March 19, 2014 at 5:20 pm

    एस्त बेबेक सिद्धेको हरुबाट के आशा गर्नु !

    Reply
  10. केदार अधिकारी says:
    March 19, 2014 at 5:13 pm

    ए चौरासी बुढा मर्ने बेलामा अरुले धर्म कमाएर मर्छन उमेर मा गरेको पाप पनि बुढेसकाल मा आएर धर्म/कर्म गर्न खोज्छन तर तिमी ठिक त्यसको बिपरित छौं कुरा पनि पत्याउनु पर्छ नि तिमीले बोलेको पो कसैले बुझ्दैनन् जे बोल्दा नि हुन्छ तर लेखेको त बुझछन नि लेख्न पायो भनेर जे पनि लेख्ने तिमी ३ ओटा मोबाईल सम्पत्ति विवरण देखाउछौ तर त्यो मोबाईल भन्दा तिमिले लगाएको कोट पाईन्ट को बढी मूल्य परेको छ जस्तो लाग्छ खै त्यसको विवरण यदि त्यो कोट किनेको पैसा जनताको हो भने त्यो पनि त खुलाउन पर्यो नि नत्र फेरी तिमीलाई त्यो महँगो कोट पाईन्ट किन्ने पैसा कहाँ बाट आयो भनेर भ्रस्टचारको अभियोग मा बिपक्षी ले मुद्दा दायर गर्लान नि |

    Reply
  11. Mr. rai says:
    March 19, 2014 at 5:04 pm

    प्रधानमन्त्रीको संकृण मानसिकता वाहेक केही पनि होईन । त्यागी र सादगी नेता हुँ भनेर आफूलाई एक्सपोज गर्दै आम जनताको सहानुभूति बटुल्ने उपाय अपनाएको मात्र हो । यस्तो मानसिकता भएको नेताले पनि काँही देश उभो लगाउँछ र !!!!!!!!!!!!!! वाहियात सस्तो लोकप्रियता

    Reply
  12. Tika says:
    March 19, 2014 at 1:19 pm

    गरीवी र सादगी देखाएर मुलुकका लागि चाँहि केही नगर्ने नालायकीपनले देशको लागि केहि फाइदा हुनेवाला छैन । मुलुकलाई अहिले गति चाहिएको छ, गरीवी देखाएर सादगीपन प्रदर्शन गर्ने दुर्गति हैन ।

    Reply
    1. Yubraj says:
      March 19, 2014 at 3:44 pm

      छिमेकिको प्रभाव हो कि ल हेर !
      बनारसका पाण्डाका जस्ता कुरा !!
      लाखौका पलंगमा सुत्ने सर्वहाराका देवता !
      तिन थान फोन हुने पुजीपतिका नेता !!
      बनारसका पाण्डालाई लगाको कट्टु समेत दान गरे !
      “लगौटी खुद लगाके गया ” भनेर गुनासो गर्छ रे !!
      लेखक महोदय पनि औठी र मुन्द्राका खोजिमा जुटे !
      उता अति क्रान्तिकारीका मसिहा हरुले कति लुटे लुटे !!

      Reply
  13. Nabin says:
    March 19, 2014 at 12:47 pm

    सुशील दा”संग 3 वटा मोबाइल रहेछ, थाहा भो तर त्यस्मा हाल्ने दस्तुर,हरेक साल जीब्रो सेक्न अमृका जाने पैसा,डेरा भाडा,गाडीको तेल र मर्मत,खाना,खाजा खर्च,पीएको तलबचाहिँ कताबाट जुर्द‍‍ो रहेछ नि,जान्न पाइन्थ्यो कि प्रभो !

    Reply
    1. amar says:
      March 20, 2014 at 7:30 am

      सहि कुरा गर्नुभयो नविनजी ले! हैन हाम्रा सबै नेता जिन्दगि भरि काम नगरी पनि खान, बस्न , पिउन पाइहालेत किन चल अचल सम्पति चहियो र? There should be a strong law to forbid using campaign donation money for their personal use!!

      Reply
  14. Rai says:
    March 19, 2014 at 12:09 pm

    सुशीलको सम्पत्ति (विचार)
    डा. प्रदीप भट्टराई
    भन्दा अप्रिय लाग्ला, प्रधानमन्त्री सुशील कोइरालाको तीन थान मोबाइल सम्पत्ति पनि त्यही हिप्पोक्रेसीको चरम प्रदर्शन हो ।
    प्रधानमन्त्री कोइरालाले आफ्नो सम्पत्ति तीन थान मोबाइल भन्नु नै गलत छ । कि उनले मोबाइल सेटलाई सम्पत्ति नै मान्नु हुँदैनथ्यो, मानेको भए घडी औंठी, कोट, जुत्तालगायतका सामानलाई पनि सम्पत्ति मान्नुपथ्र्यो । यसो गर्दा, उनका लुगाफाटा पनि अर्कैका भन्ने अर्थ लाग्छ । यसको अर्थ के हो ? सामान्य भाषामा भन्ने हो भने यो कमन सेन्सको त कुरै छोडौं नन्सेन्स कुरा हो । आफूलाई सादा, त्यागी र लोभ नभएको उदार देखाउने नाममा यति धेरै गर्नु पनि हुँदैन र आवश्यक पनि छैन । कसले पत्याउँछ यस्तो तर्क र तथ्यले कतै नमिल्ने पागल कुरो ? यसैले यो एउटा म्यान बाइट्स डगको चरम नमूना हो । सन्की स्वभावका कोइरालाको कुनै तन्तुले यस्तो अह्राएर त्यसो गरेको भए पनि उनका घोषित अघोषित सल्लाहकारहरुले त्यसो गर्नबाट रोक्नुपर्ने हुन्छ । अझ त्यसमा पनि प्रधानमन्त्रीको सम्पत्ति आर्थिक मामला भएको र त्यसका लागि मुलुकको भण्डारबाटै तलब खाने गरी आर्थिक सल्लाहकारका रुपमा डा. चिरञ्जीवी नेपाल नै सल्लाहकार नियुक्त भएको अवस्था हो मुलुकको । के सम्पत्ति हुने र के नहुने भन्ने बारेमा राम्रै विषयगत जानकारी राख्ने डाक्टर साहेवले प्रधानमन्त्रीलाई नांगेझार पार्ने यस्तो मिथ्यांक बाहिर आउँदा पनि के हेरेर बसे, यो आफैंमा गैरजिम्मेवारीको पराकाष्ठा हो । हिप्पोक्रेसीलाई पाखण्डपनका रुपमा अनुवाद गर्ने हो भने यो चरम पाखण्डपन हो र यस्तो पाखण्डपनको पाठशाला बन्द नगरे मुलुक समृद्धिको बाटोतिर लम्कनै सम्भावनै छैन ।

    प्रधानमन्त्री कोइरालाले सम्पत्ति विवरणको नाममा यस्तो तन्नम मिथ्यांक बाहिर ल्याउनुमा उनको दरिद्र मानसिकता त दोषी छ नै, हाम्रो समाजको दोहोरो चरित्र पनि त्यत्तिकै जिम्मेवार छ । हाम्रो समाजका बहुमत सदस्य आफ्नो लागि एउटा र अर्काका लागि अर्कै मानक स्थापित गरेर व्यवहार गर्छन् । आफ्ना छोराछोरी विदेश पठाएर अर्कालाई राष्ट्प्रेमको नाममा मुलुक छाड्न नहुने उर्दी हाँक्छ समाज । आफ्नी छोरीको विवाह भन्सारका सुव्वासँग गरिदिएर विश्वविद्यालयका प्राध्यापकलाई आदर्श जीवनको गीता सुनाउँछ समाज । वर्षभरि जुन स्रोतको समाचार लेख्छ र अन्तमा त्यही स्रोतबाट सम्मानित भएर समाचार छाप्ने स्तरको रखवारी गर्छ हाम्रो राज्यको चौथों अंग । ल्याजेस्फेयर युगमा बाँचेर गान्धीको आदर्शमा हिड्ने गजवको दाहोरो मानसिकतामा बाँचेको छ समाज । यही हिप्पोक्रेसीका कारण समाजका हरेक क्षेत्रका अगुवाहरुले आफूलाई हुँदै नभएको सादगी देखाउन यस्तै मिथ्यांकको खेती गर्ने गरेका छन् । यसरी बनाइएका तथाकथित गान्धीवादीबाट हामी सबै कुराको आशा गर्छौं, के यो सम्भव छ ?

    हुनुपर्ने त के हो भने ब्लुमोनीले सबै धनी भएको समृद्ध मुलुक बनोस्् । हाम्रा नेताहरुसँग स्रोतले देखाउन मिल्ने अथाह सम्पत्ति होस् ताकि घुस र कमिशन खानु नपरोस् । राम्रा गाडी चढुन्, उपहारको ह्विस्की हैन, आफ्नै कमाइको हिस्की खान पुगोस्, ब्रान्डेड पहिरनमा सजिउन् , हामीले त यस्तै यस्तै समृद्धिको पो कामना गर्नुपर्छ । त्यसो गरेर हामीलाई कुनै नोक्सान हुँदैन । नोक्सान त के मा हुन्छ भने हुँदै नभएको गरीवी र सादगी देखाएर मुलुकका लागि चाँहि केही नगर्ने नालायकीपनबाट हुन्छ । मुलुकलाई अहिले गति चाहिएको छ, गरीवी देखाएर सादगीपन प्रदर्शन गर्ने दुर्गति हैन ।

    मुलुकका प्रधानमन्त्री सुशील कोइरालाको सम्पत्तिका नाममा तीन थान मोबाइल लेखाएर उनलाई तन्नम देखाउँदा कसकसको चित्त बुझ्यो, कसकसलाई हाम्रा त्यागी नेता भनेर आत्मरति मिल्यो ? त्यसको लेखाजोखा उनीहरु नै गरुन्, तर एउटा स्वाभिमानी नेपाली नागरिकलाई आफ्नो मुलुकको प्रधानमन्त्रीलाई तीनथान मोबाइलको धनी बनाएर त्यस्तो मुलुकको नागरिक हुनुमा कत्ति पनि गौरवको अनुभूति हुँदैन र भएको पनि छैन । ल, ठीकै छ उनी यति धेरै त्यागी छन् रे । तर, उनको यो सादगीपनले जनताको दैनिक जीवन र मुलुकको भविष्यका लागि के अर्थ राख्छ ? पानीको, दुधको, इन्धनको भाउ आकासिएर जनता पीडित छ , राहत दिन सकेको भए पो अर्थ राख्छ । चारैतिर लूटतन्त्र छ, त्यसलाई रोक्न सकेको भए पो अर्थ राख्छ । सर्वसाधारण जनता पलपलमा बेथितिको शिकार भएर बाँच्नुपरेको छ, त्यो रोक्न सकेको भए पोे अर्थ राख्छ । संविधानसभाको चुनाव भएको पाँचमहिना बितिसक्यो, त्यतातिर सिन्को भाँच्ने काम भएको छैन, त्यसले गति पाए पो अर्थ राख्छ । हुनुपर्ने त के हो भने, हाम्रो प्रधानमन्त्री धनी बनुन्, कम्तीमा पनि महिनाको पाँचलाख तलव होस्, छुट्टि मनाउन गरीवका घर हैन, रारा र खप्तड जान सक्ने हुन् । तर, यति गरेर पनि मूल कुरो सुशील संक्रमणमा रहेको यो मुलुकको सरकार प्रमुख भएको जनतालाई प्रत्याभूति हुनुपर्यो ।

    धेरै कांग्रेसजनलाई लागेको होला, सुशीलको यो सम्पत्ति विवरण मुलुकको सुशासनको लाइसेन्स हो । तर, त्यस्तो हैन र हुँदैन पनि । गरीवीको बिस्कुन सुकाएर सादगीको प्रमाणपत्र मिल्दैन । यी दुई फरक कुरा हुन् ।
    http://presschautari.com/index.php?action=news&id=281

    Reply
    1. रैथाने says:
      March 20, 2014 at 12:41 am

      एकदम सहि कुरा विचरण गरि लेखिएको लेख हो यो!
      तर यो प्रमा गरिब भयर तिनवोटा मोबाइल देखाको होइन क्या,
      हेपेको हो,
      देशलाई जनतालाई र यहाको पद्दतिलाई हेपेको हो!
      सबैले फ़र्मालिटि पुरागर्ने उत्तरदाइत्वो प्रतिको बेवास्ता हो यो!
      ए, सम्पति बिबरण भर्न पत्र आयको छ भनेर भन्यो! ह्या तेत्रो खोजीनिती गरि भरिरहने झन्झट कसले किन गर्ने?
      लेख्देना ख्यास्सा एउटा केहि भनेर भंग्यो अनि डिठ्ठाले लेखिदियो ‘तिनोटा मोबाइल’ भनेर !
      अरु धेरै कुरा लेखेर सबैलाई टेन्सन सबैलाई दुख!
      हाम्लाइपनि प्रम संग के रहेछ भनेर भंनानी सजिलो सम्झना पनि सझिलो, उनीहरुलाई लेख्न सजिलो प्रमलाई देखाउन सजिलो सबैलाई सजिलो आराम, झमेलै खत्तम!
      आजको युगमा अरुकुरा होस् नहोस भारी खान पाओस नपाओस मोबाइल त चाहियोंई त्यो पनि छैन भन्यो भने कसैले पत्याउन्नन तेसैले सबैभन्दा सजिलो के त भन्दा,
      ठोक्दे मोबाइल छ भनेर, बस् काम खत्तम झमेला खत्तम!
      तिण्टा किन भन्नुहोला,
      एउटा सुशील कोइरालालाई,
      एउटा नेपालि कांग्रेस सभापतिलाई,
      एउटा प्रमलाई!
      चाइएन त?
      दुनिया काँपुगी सक्यो र?

      Reply
  15. कुसुम ज्ञवाली says:
    March 19, 2014 at 11:36 am

    त्यो अैाठी त सुनको होइन नी, दक्षिण तिर छिमेकी गाउँ जाँदा प्रधानमन्त्री ग्रहदशा मिलाउनका लागी लगाइएका अैाठी हुन क्या, मुल्य तोक्नु भएन नेपाली राजनितीका लागी ती अैाठीको अमुल्य हुन्छ भन्या, खै कुरो बुझ्या प्रबुध्द पाठक ज्यूहरूले ।

    Reply
  16. Sam Nepali says:
    March 19, 2014 at 11:27 am

    It is understood that the simple meaning of only three mobile is a sarcastic way of expression that he do not possess any substantial property like houses, land and money deposited in the bank. And the principal of declaration of property is to keep track of his/her property after his/her retirement from the position that there will not be a significant changes over the period. Please encourage those good people with due respect rather than talking nonsense issue of his finger ring, underwear and pant.

    Reply
  17. rabin says:
    March 19, 2014 at 11:20 am

    शुशिल लाई प्र. म कि रुपमा पाउदा हामीलाई गर्ब लागेको छ

    Reply
  18. Ram says:
    March 19, 2014 at 10:23 am

    हो नि त चस्मा, कोट,टोपी, शर्ट, पेन्ट इत्यादी पनि छ किन बिर्सेको हो कुन्नि ?

    Reply
    1. Tenzing Gaba says:
      March 19, 2014 at 12:24 pm

      रामजी को लिस्टाँ कट्टु त् छुटेछ नि ?
      कि लगाउदैनन बुढा ले ?

      Reply
  19. Tulashi Giri says:
    March 19, 2014 at 10:16 am

    सम्पति नै नभई कन यत्रो उमेर सम्म कसरि राजनीति गर्नु भयो त नि त्यो पनि नेपाल को राजनीति मा |

    Reply
  20. shree basanta says:
    March 19, 2014 at 10:13 am

    त्यति सार्हो महँगो औठी होइन होला | तेसो भए कोट सुरुवाल चस्माको पनि मुल्यांकन गर्नु पर्ने हुन्छ | अब बालुवाटार बाट फर्कदाको शुशीलले के लाउछ्न के लैजान्छन त्यो महत्वपूर्ण हुन्छ | माथि मदनजीले भने जस्तो गरौँ गरौँ मूल्यका घडी लाउने, लाखौँ पर्ने पलंगमा सुत्नेको खोइ सम्पति विवरण कता छ ?

    Reply
  21. bidur says:
    March 19, 2014 at 9:49 am

    अब तेसोभए प्रधानमन्त्रिले लगाएको चस्मा, टोपी, जुत्ता अनि लुगाको पनि त विवरण पेश गर्नु पर्ने भयो नि हैन ?

    Reply
  22. मन says:
    March 19, 2014 at 9:41 am

    औंठीको मोल त्यस्तो उल्लेख्य केहि नहुन सक्छ| तर मोवाईल देखाउँदा औंठी देखाउन किन भुलेका हुन्?
    अर्को कुरो, बुझाउने फारममा आफ्नै नाउँ सही गर्दा पनि त्यसको मुनि “सम्म्नानीय” नलेखे पनि हुन्थ्यो होला| मपाई जस्तो देखियो| उनका निजि सचिवले साबिकको तेल घस्ने क्रममा यो पनि बिर्सेका हुन् कि?
    जे होस्, प्र. म. सुशील कोईरालाले पारदर्शीताको शुरुआत गरेर आफ्नो उच्चाई अझ थपेका छन्| ब्युरोक्रेसीले उँहालाई पहिलेका अन्य प्र. म. हरुलाई जस्तै बिस्तारै बिस्तारै लोप्पा ख्वाउन खेल रच्दै होलान| तर मुख्य सचिव लीलामणि सर पनि गतिलै छन्, आमुल सुधार ल्याउँ भन्ने चाहनुहुन्छ| प्र. म. संग पारा मिल्छ होला| यै बेला हो नेपालको प्रशासनलाई पारदर्शी र निष्पक्ष अनि भ्रस्टचार घटाउने|

    Reply
  23. Bishnu Adhikari says:
    March 19, 2014 at 9:19 am

    बुढाको girl friend ले दिएको औठी होलान नि ति तेसैले बुढाले आफ्नो सम्पति विवरण मा नदेखाएका /

    Reply
  24. Jeevan Thapa says:
    March 19, 2014 at 8:56 am

    नेपालका प्रधानमन्त्री को थोत्रो मोबाइल फोन सम्पति मा गनियो रे यो हातको औंठी त सम्पति भित्र परेनछ त? माननीय नेपालको अख्तियार अलि कडा छ है ..टन्न सम्पति हुने लाइ केहि नगर्ने अलि अलि खाने या खान खोज्ने लाइ देखि नसहने ..बेलैमा त्यो औंठी पनि आफ्नो सम्पति हो भनि हालु है नत्र फेरी अख्तियार को आँखा पर्ला नि?

    Reply
  25. त्रिलोक says:
    March 19, 2014 at 8:52 am

    वाह यस्तो पो खबर त। ल है प्रधानमन्त्रि ज्यु , नागरिक र पत्रकार सचेत भैसकेका छन। होसियार।

    Reply
  26. madan bajracharya says:
    March 19, 2014 at 7:55 am

    सुसिलको सम्पति बिबरनमा उहाले लगाउनु भयको औंठी को उल्लेख नहुनु उल्लेखनीय कुरा हो भने सुसिल कै हाराहारीको अर्को पार्टीको महँगो पलंगमा सुत्ने भनेर चर्चित नेताले आफ्नो हातमा लगायको सुनको घडी (नया र सुनकै रोलेक्स हो भने तेस्को बजारमा बिक्रि मोल भन्सार नाजोदिकनै १५ लाख बा सो भन्दा माथि हुने) पनि सम्पति विवरणमा उल्लेख नगरियको बारेमा पनि कुरा उठ्नु पर्छकि/

    Reply
  27. Shankar says:
    March 19, 2014 at 7:27 am

    दक्षिणा चै लुकाए कि जस्तो छ है |

    Reply
  28. gopal says:
    March 19, 2014 at 7:09 am

    राशी अनुसार को ग्रह सान्त गर्नेऒथि
    होलानी बेकारमा पित्री बुढा लाइ मोबाइल आफ्नो पैसा ले किनेको ओउथि
    अरुले दियको

    Reply
  29. shiva says:
    March 19, 2014 at 6:04 am

    जे होस नेपालमा बल्ल सर्बहाराको राज आएछ . एउटा सुकुम्बासी प्रधानमन्त्री हुनसक्ने रहेछ त पुजीबादी पार्टीको नेता हुँदै . किन चाहियो च्याउसरी कम्युनिस्ट पार्टीहरु नेपालमा गरिब तथा सुकुम्बासीहरुको उत्थानको लागि . LOL

    Reply
  30. kedar says:
    March 19, 2014 at 3:47 am

    करोडौं अरबौं को भ्रस्टाचार र कमिसनको खेल रोक्ने काम भन्दा दुइ चार सय डलर आफ्नै भत्ता फिर्ता गर्न सजिलो लागे जस्तै हो तिन वोटा फोन मात्रै मेरो सम्पती हो भन्ने स्वाङ्ग

    Reply
  31. L B Ghising says:
    March 19, 2014 at 3:45 am

    पुजीबादी पार्टीको सर्वहारा नेता. सुन्दै हासो उठ्दो योस्तो पनि काही हुन्छ आफ्नै सिद्धान्तलाइ चुनौती दिने.

    Reply
  32. Thapa Lila says:
    March 19, 2014 at 3:15 am

    हेर्दा त कालो कालो छ रत्न पार्क मा किनेको ५ रुप्पेको होला नि त तेसैले विवरण बुझाउदा जरुरी लागेन

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme