Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नबिल बैंक हात पार्न चौधरीले फेरि घुमाउरो बाटो रोज्नुपर्ने, ५० प्रतिशत सेयर कसलाई बेच्लान् उनले ?

Posted on March 13, 2014March 13, 2014 by Salokya

mj22dy ‘हो, मैले घुमाउरो बाटो प्रयोग गरेरै नबिल बैँक हात पारेको हुँ’ शैलिमा गर्व देखाएर आत्मकथा लेखेपछि नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी एकपछि अर्को अप्ठेरोमा फँस्ने क्रम जारी छ।

सुरुमा उनले एनबी इन्टरनेशनलको नामबाट नबिल बैँकमा गरेको लगानीवापत् पाउनु पर्ने ६० करोड रूपैयाँ नाफा लैजान दिइएन। अब राष्ट्र बैंकले दिएको नयाँ निर्देशन झन् कडा छ। सोझो हिसाबमा हेर्ने हो भने डेढ वर्षभित्र चौधरीले नबिल बैँकको नियन्त्रण गुमाउने छन्। कानून पूर्ण रुपमा पालन गर्ने हो भने चौधरीको यसमा १५ प्रतिशतभन्दा बढी स्वामित्व हुने ठाउँ नै छैन। अहिले भने बहुमत सेयर चौधरीको नाममा छ। अहिले कसको कति सेयर छ त ?
NB

Nabil Share Structure

आयरल्यान्डको एनबि इन्टरनेसनल लिमिटेडको नाममा सबैभन्दा बढी ५० प्रतिशत सेयर छ। यो के कम्पनी हो, कस्तो कम्पनी हो भन्ने कुरा आजसम्म खुलेको छैन। तर आत्मकथामा र उनैले अन्तर्वार्ताहरुमा स्वीकार्दै हिँडे अनुसार यो उनकै कम्पनी हो, घुमाउरो बाटोबाट लगानी गर्न खोलिएको।

त्यसबाहेक छोराहरु निर्वाणकुमार चौधरी, वरुण चौरी र राहुल चौधरी अनि श्रीमति सारिका चौधरीको गरी कूल ३.११ % सेयर चौधरीको नाममा छ। देखाउनका लागि राखिएको बाहिरी कम्पनी समेत जोड्ने हो भने ५३.११% अर्थात् बहुमत सेयर चौधरीको नियन्त्रणमा छ। जबकि नेपालको कानुनमा एउटा परिवारबाट बैंक तथा वित्तीय संस्थामा १५ प्रतिशतमात्र लगानी गर्न पाउने व्यवस्था छ।

नबिल बैँकमा रहेको ०.५९% सेयर भने अहिले नेपाल ट्रस्टको नाममा छ। यसअघि यो हत्या गरिएका राजा वीरेन्द्रको परिवारको नाममा थियो। राष्ट्रियकरण गर्ने क्रममा अहिले यो ट्रस्टमार्फत् नेपाल सरकारमातहत आइपुगेको हो।

१५ प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने कानुनी व्यवस्थालाई धोती लगाउँदै विदेशी कम्पनीको नामबाट नबिल बैँक हात पार्न सफल भएको सगर्व घोषणा चौधरीले आत्मकथा अनि फोर्ब्स पत्रिकाको अन्तर्वार्तामा गरेपछि यो एनबी इन्टरन्यासनलको विषयमा पहिला स्पष्ट पार्नुपर्ने भन्दै लाभांश लिन रोक लगाइदिएको थियो।

अब हिजो राष्ट्र बैँकले अर्को निर्देशन जारी गरेको छ। यसले त झन् चौधरीलाई संकटमा पारिदिएको छ। यस्तो छ निर्देशन-
A

निर्देशन अनुसार अब नेपालको बैँकमा विदेशी लगानी विदेशी बैङ्क वा वित्तीय संस्थाले मात्र गर्न पाउने छ। यसअघि जुनसुकै विदेशी कम्पनीले गर्न पाउने थियो। कानुनमा रहेको यही ‘जुनसुकै कम्पनी’को व्यवस्थालाई टेकेर आयरल्यान्डको एनबी इन्टरनेसनलको नाममा चौधरीले नबिल बैँक हात पारेका थिए। त्यसलाई उनी आफैले आत्मकथामा घुमाउरो बाटो भन्दै स्वीकार गरेका थिए।

निर्देशन अनुसार २०७२ सालको असार मसान्तसम्ममा विदेशी व्यक्ति वा संस्थाको लगानी विदेशी बैंक, वित्तीय संस्था वा नेपाली
व्यक्ति, संस्थालाई बिक्री गरी नियमित गर्नुपर्ने छ।

यो अनुसार अब चौधरीले एनबी इन्टरन्यासनलको नाममा रहेको आफ्नो ५० प्रतिशत सेयर बेच्नु पर्छ। किनभने एनबी इन्टरन्यासनल भनेको विदेशी बैँक वा वित्तीय संस्था हैन।

नबिल बैँकलाई आफ्नो नियन्त्रणमा राखिरहन अब चौधरीले फेरि एक पटक घुमाउरो बाटो प्रयोग गर्नुपर्ने भएको छ। त्यस अनुसार छोराहरु र श्रीमतीको नाममा रहेको अहिलेको संयुक्त ३.११% सेयरलाई १५% पुर्‍याउन कानुनी अड्चन छैन।

तर बाँकी झण्डै ३८ प्रतिशत सेयर आफ्नै नियन्त्रणमा राख्न घुमाउरो बाटो बाहेक अरु उपाय छैन। चौधरी जस्ता बाठा साहुले पक्कै पनि कुनै न कुनै उपाय खोजिहाल्लान्।

तर विदेशी स्वामित्वमा रहेको सेयर खरिद बिक्री गर्न पनि राष्ट्र बैँकको अनिवार्य स्वीकृतिको प्रावधान राखिएको छ।

२०७२ सालको असार मसान्तअघि उनको सेयर कसले किन्ने हो, त्यो समाचार त आइहाल्ला र हामी थाहा पाइहाल्छौँ भन्ने विश्वास गरौँ। त्यसो त पत्रिका र आजभोलि त केही प्रमुख अनलाइनहरुको मुख समेत त्यहाँका विज्ञापनले थुनिएको अवस्था छ, नआउन पनि सक्छ।

चौधरीले आत्मकथा लेखेकै कारण नेपालको कानुनमा रहेको ‘लुपहोल’ पत्ता लागी राष्ट्र बैँक कडा प्रावधान ल्याउन बाध्य भएको छ। वास्तवमा यही प्रावधान पहिलेदेखि नै ल्याउनु पर्थ्यो।

चौधरी भने पछुताउँदै होलान्, हरे किन लेखेछु मैले आत्मकथामा त्यो प्रसंग ! त्योभन्दा बढी उनी नजिकका सल्लाहकार/पत्रकार पछुताउँदै होलान्- हरे, किन हामीले यो प्रसंग लेखे पनि केही फरक पर्दैन भनेर सल्लाह दिएछौँ नि !

अरु बैँकलाई पनि असर
सबभन्दा बढी असर पर्ने त नबिल बैँकलाई नै हो। किनभने त्यसमा ५० प्रतिशत सेयर विदेशी कम्पनीको नाममा छ। अर्को बैँक एनएमबीको भने १३ प्रतिशत सेयर एउटा मलेसियन रियल स्टेट कम्पनी यङ लियन रियल स्टेटको नाममा छ। अब यो १३ प्रतिशत पनि कि विदेशी बैँक वा वित्तीय संस्थालाई बेच्नु पर्‍यो, कि नेपाली व्यक्ति वा संस्थालाई।

निर्देशनपछि अर्को ठूलो बैँक नेपाल इन्भेस्टमेन्ट बैँकको १० प्रतिशत सेयर सर्वसाधारणलाई खुला गर्नुपर्ने भएको छ। बैँकको ३० प्रतिशत सेयर सर्वसाधारणलाई खुला गर्नुपर्नेमा विदेशी लगानीको भए त्यसमा छुट हुन्थ्यो। तर विदेशीले लगानी फिर्ता लगिसकेको हुनाले इन्भेस्टमेन्ट बैँकले हालको २० प्रतिशतलाई बढाएर ३० प्रतिशत सर्वसाधारणलाई खुला गर्नु पर्ने भएको हो।

26 thoughts on “नबिल बैंक हात पार्न चौधरीले फेरि घुमाउरो बाटो रोज्नुपर्ने, ५० प्रतिशत सेयर कसलाई बेच्लान् उनले ?”

  1. rosan sijapati says:
    March 14, 2014 at 2:40 pm

    बल्ल जानेछन नेपालीहरुले माडेको लुट्न माडवारी हरुले मात्रै कति लुटेको हेरेर बस्नु

    Reply
  2. रबिन says:
    March 14, 2014 at 6:39 am

    VAT र कर छलेर नै यी मारवाडीहरूले पैसा कमाका हुन । कोही राज्यलार्इ ठगेर धनी हुन्छन् भने तीनको के प्रशंसा गर्ने ? रामेश्वर खनालको पालामा निस्केको भ्याट काण्ड कहाँ पुग्यो? तिरे त चैाधरीले राज्यलार्इ छलेको करोडैां भ्याट?

    Reply
  3. Chetan Nepali says:
    March 13, 2014 at 8:14 pm

    चौधरी धनि हुनुमा र प्रचण्ड लगायत खान नपाएका नेताहरु: कोइराला; देउबा; नेपाल; खनाल; गौतम; ओली; थापा; रावल; तिवारी; गछाधार; खड्का; केसी; राना; यमी; आदि इत्यादी धनि हुनु उस्तै उस्तै हो ! सबैले राष्ट्र र जनतालाई नै लुटेरा धनि भएका हुन् !

    Reply
  4. Kumar says:
    March 13, 2014 at 7:55 pm

    नेपाल को नियम कानुन यतै छन् कि पहिला घर अगाडी बाटो आयो भनेर खुसि हुञ्छ/ पछी त्यहि घर २०२७ को नियम लगायर बाटो चौडा को नाममा भत्कौञ्छन/

    Reply
  5. amrit subedi doha says:
    March 13, 2014 at 6:55 pm

    खै साथीहरु मलाई त् चौधरी ग्रुप प्रति गौरब लाग्छ है ! , यहा कतारका प्रर्तेक डीपार्टमेन्ट स्टोर वाई वाई चाउचाउ पाउछ ! नेपाली मात्र हैन अरबी , फिलिपिनो को लागि पनि तेतिकै लोक प्रिय भाको छ हाम्रो वाई वाई ! म सग काम गर्ने श्रीलंकन साथीहरु कोलोम्बो को नम्बर १ होटल नेपाली को हो भन्दा गर्ब महसुस हुन्छ !

    Reply
    1. Vijay says:
      March 14, 2014 at 9:46 am

      तपाईलाइ गौरव लागेछ, त्यो व्यक्तिगत कुरा तर यहाँ कोकसलाई कति गौरव लाग्यो भन्दा पनि कसले गुणस्तरहीन महँगो समान बेचेर ग्राहक ठगेको छ, कसले भ्याट छलेर देशद्रोह गरेको छ भन्ने हो….

      Reply
      1. amrit subedi doha says:
        March 14, 2014 at 11:43 am

        चप्पल लाएर काठमाडौँ छिरेका नेता महलमा सबार भाको देख्दा देख्दै पनि राजनीतिको नाममा तिनै नेता को पिछलग्गु भएर हिड्ने जनता को देस हो नेपाल ! चौधरी त परिबार नै उद्योगी खानदान नै हो नि ! देस मा भन्दा बडी बिदेस मा बिजनेस भाको मान्छे हो ! नेपाल मा ट्याक्स छलेर नै अर्ब पति भको होला र ?

        Reply
  6. achut says:
    March 13, 2014 at 5:23 pm

    जसरि ५०% किनेका थिए तेसरी नै लुकाऊछन केई लछरपाटो लाउदैनन् ‘राष्ट्र बैंक’ नेपाली ‘कानुन’ ले ‘चौधरी द ग्रेट’ लाई….

    Reply
  7. Sunil, London says:
    March 13, 2014 at 3:58 pm

    सबै मान्छेको आ आफ्नो काम हुन्छ , तेसैमा लागिपरेको राम्रो हो , पैसा पनि कमाउनु पर्ने नाम पनि कमाउन खोज्ने को येस्तै हालत हुन्छ ! माथि लेखे अनुसार बिनोद चौधरी ले आफ्नो आत्मकथामा यो कुरा उठाएर आफु लाइ अप्ठ्यारोमा पारेछन! चुप लागेर आफ्नो ब्यबसाय गर्नु नि किन लेखक बन्नु पर्या ? सबै जनाले सबै काम गर्न सक्दैनन् , जबर्जस्ति गर्न खोजे आफैलाई हानी हुन्छ जुन बिनोद चौधरी लाई भयो ! हुन त उनका भाई बसन्त चौधरी पनि कवि , गीतकार र साहित्यकार बनेर इंडिया , अमेरिका र अरु कतिपय राष्ट्र घुम्दैछन रे ! अब कान्छा भाई अरुण चौधरी ले चाही केहि लेख्नु अघि सोच्ने पर्ने बेला आयो है !!!!!!!

    Reply
  8. sajjan sharma says:
    March 13, 2014 at 11:16 am

    चौधरी ले गैर कानूनी त केहि गरेका हैनन्. त्यसबेला कानून ले दिएको कुरो गरेका हुन्. कसैले पैसा कमायो, सफल बिजनेस गर्र्यो भन्दैमा कानूनै फेरेर बाधा अडचन दिने गर्ने हो भने सबै सफल नेपालि लाई भविष्यमा राज्यले यसरि नै दुख दिरहनेछा.

    Reply
    1. Kisan says:
      March 13, 2014 at 1:20 pm

      चौधरीले गैरकानुनी नै गरेका हुन् । कानुनको लुपहोलबाट छिरेर घुमाउरो बाटोबाट नबिल बैँकको नियन्त्रण लिएका हुन् । कानुन अनुसार एउटा बैँकमा एक जनाको १५ प्रतिशतभन्दा बढी सेयर हिस्सा हुनु हुँदैन । यस्तो एक व्यक्ति वा परिवारको नियन्त्रण कुनै निजी बैँकलाई दिनु उपयुक्त पनि हुँदैन । बैँक भनेको चाउचाउ उद्योग हैन, सर्वसाधारणको निक्षेप जम्मा हुने ठाउँ हो । संसारका अधिकांश देशको प्रचलन यही हो ।
      अहिले कानुन फेेरेर बाधा अड्चन दिइएको हैन । फटाहा व्यापारीले लुपहोल पत्ता लगाई घुमाउरो बाटोबाट नियन्त्रण कायम गरेकोले त्यो लुपहोल थुन्ने काम गरेको हो । फटाहाले फेरि अर्कै तपाईँ जस्तो कुनै मान्छेलाई उभ्याएर तपाईँ जस्तो भक्तलाई १५ प्रतिशत सेयर दिएर कुरा मिलाइहाल्छ नि किन चिन्ता गर्नुभएको ?

      Reply
      1. prakash_Edm_Canada says:
        March 14, 2014 at 12:44 am

        कानुन बनाउदा त्यो लुप होल को बारे मा किन न सोचेको त ?

        Reply
      2. Madhu says:
        March 14, 2014 at 3:01 am

        खोइ किसन जी के भन्ने……१५% भन्दा कम शेयर भाका पनि दुबेकै छन्…..जनतालाई दुबाकै छन्……….बैंक नियन्त्रणमा हुनु र नहुनुले आम जनतालाई के नै फरक पर्दो रैछ र….नबिल डुब्ने छेक छन्द छैन क्यारे…..अरु बैंक फाइनान्स डुबेका दुबेइ छन्……तिनी त क डुब्नु र जनताको बिचल्ली परेका छन् नि!

        Reply
      3. sajjan sharma says:
        March 14, 2014 at 10:55 am

        त्यो ‘एक जनाको १५% भन्दा बढि शेयर हुनुहुन्न’ भन्ने कानून कहिले बनेको थियो? त्यो त भर्खर बनेको न हो. त्यसमा पनि बिदेशी कम्पनीको १५% भन्दा बढि हुनुहुन्न भन्ने त थिएन क्यारे . तपाइँ जस्तो न भक्त बाट यस्ता कुरा पनि वर्णन भए हामी आभारी हुने थियौ.

        Reply
        1. Kisan says:
          March 14, 2014 at 11:34 am

          हो र, कहिले बनेको थियो तपाईँलाई थाहा रहेछ मिति पाउँ न ।
          अनि राष्ट्र बैँकका कुन चाहिँ गभर्नरलाई घुस खुवाएर प्रभावित पारी आफू अनुकूल नीति ल्याउन लगाइएको थियो र गभर्नर पदबाट अवकाश पाएपछि पुरस्कार स्वरुप नबिल बैँकको सञ्चालक समितिमा राखिएको थियो त्यो पनि जानकारी पाउँ न ।
          साथमा सर्वोच्चले कहिले यस विषयमा फैसला गरेको थियो त्यो पनि जानकारी पाउँ न ।
          चौधरीभन्दा धनी टाटा, बिड्ला, रिलायन्स, मित्तलजस्ता विश्वकै अग्रणी औद्योगिक घरानाका लागि सीमित पुँजी चाहिने बैँक तथा वित्तीय संस्थाहरू खोल्न खासै गाह्रो पर्दैन । तर, वित्तीय क्षेत्रकै पुँजी औद्योगिक र व्यापारिक क्षेत्रले परिचालन गर्ने हुँदा एउटै घरानाको दुई क्षेत्रमा उपस्थिति व्यावसायिक अभ्यास र अनुशासनका हिसाबले उचित देखिँदैन । त्यही भएर नै भारतका ठूला कम्पनीले वित्तीय क्षेत्रमा हात हालेका छैनन्। भारतको केन्द्रीय बैँकले नै व्यापारिक र औद्योगिक घरानालाई वित्तीय क्षेत्रमा लगानी गर्न नीतिगत रूपमै बन्देज गरेको छ। तर, नेपालमा कसले केन्द्रीय बैँकलाई प्रभावित पारी दबाब दिएर बैँक तथा वित्तीय संस्थामा लगानी खुला भएको हो, त्यो पनि जानकारी पाउँ न । तपाईँ जस्तो छद्म नामबाट चौधरी ग्रुपको डिफेन्ड गर्नेले त्यो काम चौधरी ग्रुपबाट भएको हैन भनेर आत्मकथा भाग २ मा लेख्न लगाउनुस् अथवा प्रेस विज्ञप्ति निकाल्न लगाउनुस्, सक्नुहुन्छ ?

          Reply
          1. sajjan sharma says:
            March 14, 2014 at 11:49 am

            तपाइको त सहि नाम होला हैन. किन त्यसै गल्नुभएको ? म त तर्क मात्र गरिरहेको. अलिकति सफल भयो, पैसा कमायो कि तारो बनाइहाल्ने बानि नगरौ मित्र. तपाइले आरोप लगाएका एक कुरा पनि सहि हैनन्. संसार मा बैंक चलाउने ले व्यवसाय चलाएका पनि थुप्रै उदाहरण छन्. (मेलन, जिआनिनि, रोथ्चाइल्ड आदि हरु) भारत कै मात्र किन उदाहरण दिन पर्र्यो, त्यहि पनि ढिलो चाडो भारत मा पनि बैंक खोल्न दिन्छानै. अलि अलि कुरो बुझेर लेख्नुस. जीवन मा आफु असफल भएको रिस सफल मान्छेहरु संग नापोख्नुस मित्र.

            Reply
            1. Kisan says:
              March 14, 2014 at 12:22 pm

              को गलेको ?
              जवाफ नदिई कूतर्क गर्ने कुरा मोड्ने अनि उल्टै अरुलाई गलेको भन्ने ? आफू छद्म नाम भन्दैमा अरुलाई पनि त्यस्तै सोच्ने ?
              जवाफ देऊ हजुर जवाफ यी प्रश्नको, सारा मान्छे कुरिराछन् । आँट छ भने जवाफ दिन लगाऊ चौधरीको मुखबाट
              हो र, कहिले बनेको थियो तपाईँलाई थाहा रहेछ मिति पाउँ न ।
              अनि राष्ट्र बैँकका कुन चाहिँ गभर्नरलाई घुस खुवाएर प्रभावित पारी आफू अनुकूल नीति ल्याउन लगाइएको थियो र गभर्नर पदबाट अवकाश पाएपछि पुरस्कार स्वरुप नबिल बैँकको सञ्चालक समितिमा राखिएको थियो त्यो पनि जानकारी पाउँ न ।
              साथमा सर्वोच्चले कहिले यस विषयमा फैसला गरेको थियो त्यो पनि जानकारी पाउँ न ।

              Reply
            2. महेन्द्र says:
              March 14, 2014 at 9:02 pm

              आफ्नै छोरालाई होस्टलमा भेट्न त सुरक्षा गार्डलाई घुस खुवाउने ( प्रमाण हेर्नुस् विनोद चौधरीको आत्मकथा) ले धनी बन्न के के मात्र गरेनन् होला ।
              सज्जन शर्मा भन्ने छद्म नाम राखेर जति बचाउ गरे पनि चौधरी दुर्जनै हुन् । यसको पुष्टि गर्न यो एउटा घटना नै काफी छ-
              पाँच वर्ष अघि एभरेष्ट बैंकको टेकु शाखामा १८ करोड रुपैयाँ स्रोत नखुलेको रकम चौधरीका नाममा भेटियो। अनुसन्धान गर्दै जाँदा त्यो रकम चौधरीले भारतमा वाईवाई, डाल्डा घ्यु लगायतका वस्तु बिक्री गरेर ल्याएर राखेको पत्ता लाग्यो। कर र जरिवाना तिरेर झण्डै पाँच करोड रुपैयाँ चौधरीले तिर्नुपर्‍यो। यो मुद्दा उठाउने र कारवाही गर्ने राजस्व अनुसन्धानका हाकिम सुरुमा अर्थमन्त्रालय तानिए त्यसपछि लोकसेवा आयोगमा फालिए। चौधरीको यही बैंक खाताबारेमा गोप्य सूचना दिएका उनका एक कर्मचारी छतबाट खसेर मरे। भन्ने बेलामा यसलाई कानुनी रुपमा ‘आत्महत्या’ भनियो। नेपालको वाणिज्य क्षेत्रमा प्रख्यात रहेको चौधरी ग्रुपले रकम असुल्नका लागि निर्दोष व्यक्तिलाई आफ्नो घरमा बन्दी बनाउने गर्छ भन्दा जो कोहीलाई पत्याउन मुश्किल पर्छ। तर नेपालका ४४ ओटा मानवअधिकारवादी संस्थाको साझा सञ्जाल मानवअधिकार सन्धि अनुगमन समन्वय समितिको स्थलगत अध्ययन टोलीले यससम्बन्धमा गरेको अनुसन्धानपछि यही तथ्य फेला पारेको थियो। चौधरी ग्रुपले एक व्यक्तिलाई ५७ दिनसम्म निजी हिरासतमा राखेका थिए। यसका लागि प्रशासनले समेत सघाएको थियो। थप यहाँ पढे हुन्छ http://www.mysansar.com/archives/2011/04/id/18212

              Reply
  9. Priti Rana says:
    March 13, 2014 at 10:33 am

    रोजगारी दिने मान्छे एक
    दुनिया दारी भन्छन अनेक
    गर्ने सक्नेले गरि देखाउन
    गर्न नसक्ने स्वर्ग जाउन

    Reply
    1. Vijay says:
      March 14, 2014 at 9:49 am

      कहाँ काम गर्छौ – चौधरी ग्रुपमा भन्दा शिर निहुराउनु पर्ने दिन न आओस, जय होस् !!

      Reply
  10. डिल्ली says:
    March 13, 2014 at 4:43 am

    सर्वहारा खर्बपति कामरेड चौधरीले यो चुट्कीकै भरमा गरिदिने छन् । एमालेको सिफारिषका गभर्नर खतिवडा र एमाले सर्वहारा कमरेड चौधरीले त्यो छुट पाउनु अनौठो बन्दैन । यसको पुरानो नजिर पनि जीवित छ । उक्त विषय सर्वहारा खर्बपति कमरेड स्व. मोहनगोपाल खेतानसंग जोडिएको छ । अरुण ३ असफल पार्न पत्र(त्रु)कार गोपाल शिवाकोटी लगायतका खेतान पोषित चौथो अङ्ग कि गुप्ताङ्ग हो प्रयोग हुँदा मिडिया स्क्याण्डल बनेको अरुण तेस्रोबाट खोसिएको कमिसनको ठूलो गड्डिको रिष काँग्रेसले खेतानको सम्पत्तिमा हस्तक्षेप गरेको पोखेको थियो । सर्वहारा कमरेडहरूको झुण्ड एमालेले उक्त रोकिएको सम्पत्ति फुकुवा गरिदिएको थियो त्यसमा “करोडौंको”खेल भएको उही पत्रि(त्रु)काहरूमा आएकै हो । अरुण ३ असफलताको कमिसन रोदन काँग्रेसमा बाँकी छ भने खेतानको ज्याला एमालेमा जीवित छ । त्यसैले चौधरीको ज्यालाको रामवाँणले सर्वहारा खर्वपति कमरेड चौधरीको सम्पत्ति रक्षा गर्नेछ ।

    Reply
  11. kedar always says:
    March 13, 2014 at 3:25 am

    बाठो हुँ भन्ने बाँदर ….डा चेपिएर कसरि मर्छ होला भन्थें, बाँची रहियो भने त येसरी नै देखिँदो रहेछ |

    Reply
  12. दिप श्रेष्ठ says:
    March 13, 2014 at 1:24 am

    ढुक्क हुनुस चौधरीजी तपाइको रौँ पनि हल्लिन यस्ता नियम कानुनले । यो त सबै तपाई अरबपति भएको देखेर र्र्याल चुहाउने हरुले रचेको षड्यन्त्र मात्रै हो । अलिकति हड्डी मात्र फ्याक्नुस नेपालका कर्मचारी र नेताहरु पुच्छर .हल्लाउदै तपाइको पछि लाग्नेछन ।

    Reply
  13. Ram B Adhikari / USA says:
    March 13, 2014 at 1:10 am

    माथि चढेको मान्छेलाई अझ माथि पुग्छकी भनेर खुट्टा तान्ने पर्बिर्ती नेपालमा छ! बास्तवमा भन्ने हो भने उनी एक मात्र सफल Businessman हुन् नेपालको नाम संसारमा चिनाउने|

    Reply
    1. suraj says:
      March 13, 2014 at 11:13 am

      ठिक भन्नु भयो, यिनले पाय भनि नेपाल देशलाई बिदेशमा चिनायार, चाउ चाउको मूल्य मा बेच्न सक्छन, VAT छलेको कसलाई थाहा छैन? यिनका लेगोसा ( लेखा गोप्य साखा) पनि छ भन्ने सबैला थाहा भयकै हो……………….

      Reply
    2. bibek dhakal says:
      March 13, 2014 at 4:06 pm

      Correction : ” एक मात्र सफल Businessman हुन्, VAT छलेर र श्रम सोषण गरेको भरमा नेपालमा खरबपति भइन्छ भनेर संसारलाइ चिनाउने ”
      – यस्तो लेख्न खोज्नु भा होला!

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme