Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दुई उपप्रमसहित २१ सदस्यीय मन्त्रिमण्डल, एमालेले बनायो गैरसभासदलाई मन्त्री, अझै मन्त्री थपिन बाँकी

Posted on February 25, 2014February 25, 2014 by Salokya

दुई सातासम्मको लामो पर्खाइपछि आज बल्ल सुशील कोइराला नेतृत्वको मन्त्रिमण्डल विस्तार भएको छ। दोस्रो ठूलो दल एमालेसहितको यो मन्त्रिमण्डलमा दुई उपप्रधानमन्त्रीसहित २० मन्त्री र एक राज्यमन्त्री छन्। साना दलहरुका लागि अझै मन्त्रालय बाँड्न बाँकी छ। त्यसैले यसको आकार अझै बढ्नेछ।

सरकारमा दोस्रो वरियता (अर्थात् प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्री बन्न पाउने) मा रहने गरी गृह मन्त्रालय पाउन सफल भएका छन् वामदेव गौतम। ‘नाइँ मलाई त्यही कुर्सी चाहिन्छ’ भनेर एक जनाले भन्ने र अर्कोले ‘नाइँ म त्यो त दिँदै दिन्न’ भन्ने गर्दागर्दै दुई साता बितेपछि अन्ततः वामदेव विजयी भए।

वामदेव तेस्रो पटक उप प्रधानमन्त्री र शक्तिशाली मानिने गृहमन्त्री बन्न सफल भएका हुन्। पहिलोपटक २०५४ सालमा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा उनी शक्तिशाली उपप्रधानमन्त्री बनेका थिए। चन्दलाई छायामा पारेर उनी शक्तिशाली भएको अनि स्थानीय चुनावमा एमालेलाई विजयी गराएको भन्दै विपक्षीहरु उनीदेखि तर्सिने गरेका छन् रे।

दोस्रो पटक उनी २०६४ मा भाग्यमानी ठहरिएका थिए। चुनावमा हारे पनि पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिमण्डलमा बाबुराम भट्टराईलाई उछिन्दै दोस्रो वरियतासहितको उपप्रम र गृह मन्त्री बन्न उनी सफल भएका थिए।

२००५ साल असार २५ मा दाखाक्वाडी गाविस– १, प्युठानमा उनको जन्म भएको हो। एमाले फुटाएर मालेका महासचिवसमेत बनेका गौतम हाल एमाले उपाध्यक्ष छन्। केपी ओलीसँग गठबन्धन गरेपछि उनले अहिले यो सफलता पाएका हुन्।

मन्त्रिमण्डल यस्तो छ-

प्रधानमन्त्री
1 श्री सुशील कोइराला महिला,बालबालिका तथा समाजकल्याण;रक्षा;वाणिज्य तथा आपूर्ति;विज्ञान,प्रविधि तथा वातावरण;शान्ति तथा पुननिर्माण र सहकारी तथा गरिबी निवारण।  पार्टीः कांग्रेस
उप प्रधानमन्त्री
2 श्री बामदेव गौतम  गृह पार्टीः एमाले
3 श्री प्रकाशमान सिंह सङ्घीय मामिला तथा स्थानीय विकास  पार्टीः कांग्रेस कोइराला पक्ष
 मन्त्री
4 डा. रामशरण महत अर्थ  पार्टीः कांग्रेस  कोइराला पक्ष
5 श्री विमलेन्द्र निधि भौतिक पूर्वाधार तथा यातायात  पार्टीः कांग्रेस  देउवा पक्ष
6 श्री नरहरि आचार्य कानुन,न्याय,संविधानसभा तथा संसदीय मामिला  पार्टीः कांग्रेस  कोइराला पक्ष
7 श्री महेश आचार्य वन तथा भू-संरक्षण  पार्टीः कांग्रेस  कोइराला पक्ष
8 श्रीमती चित्रलेखा यादव शिक्षा  पार्टीः कांग्रेस  देउवा पक्ष
9 डा. मीनेन्द्र रिजाल सूचना तथा सञ्चार  पार्टीः कांग्रेस  कोइराला पक्ष
10 श्री राधाकुमारी ज्ञवाली ऊर्जा  पार्टीः एमाले  खनाल पक्ष
11 श्री नारायणप्रकास साउद सिँचाइ  पार्टीः कांग्रेस  देउवा पक्ष
12 डा. नारायण खड्का सहरी विकास  पार्टीः कांग्रेस  कोइराला पक्ष
13 श्री भीमप्रसाद आचार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन;  पार्टीः एमाले  झलनाथ खनाल पक्ष
14 श्री महेन्द्रबहादुर पाण्डे परराष्ट्र  पार्टीः एमाले  माधव नेपाल पक्ष
15 श्री खगराज अधिकारी स्वास्थ्य तथा जनसङ्ख्या  पार्टीः एमाले  केपी ओली पक्ष
16 श्री लालबाबु पण्डित सामान्य प्रशासन  पार्टीः एमाले  झलनाथ खनाल पक्ष
17 श्री दलबहादुर राना भूमिसुधार तथा व्यवस्था  पार्टीः एमाले  झलनाथ खनाल पक्ष
18 श्री कर्ण बहादुर थापा उद्योग  पार्टीः एमाले  केपी ओली पक्ष
19 श्री हरिप्रसाद पराजुली कृषि विकास  पार्टीः एमाले  झलनाथ खनाल पक्ष
20 श्री पुरुषोत्तम पौडेल युवा तथा खेलकुद  पार्टीः एमाले  झलनाथ खनाल पक्ष
राज्यमन्त्री
21 श्री टेक बहादुर गुरुङ श्रम तथा रोजगार  पार्टीः कांग्रेस  देउवा पक्ष

एमालेको विशेषता
एमालेले मन्त्रिमण्डलमा दुई जना मात्रै पहिले पनि मन्त्री भइसकेका हुन्- वामदेव गौतम र राधा ज्ञवाली। त्यसबाहेक बाँकी ८ जना पहिलो पटक मन्त्री बनेका हुन्। खासमा ज्ञवालीलाई पनि पहिलो पटक मन्त्री बनेको भन्दा हुन्थ्यो तर बाबुराम भट्टराईको प्रधानमन्त्री कालमा उनी १२ दिन ऊर्जा मन्त्री भइसकेको भएर ‘पूर्वमन्त्री’ भन्न कर लाग्छ।

एमालेले ६ जना गैर सभासदलाई मन्त्री बनाएको छ- राधा ज्ञवाली, महेन्द्रबहादुर पाण्डे, खगराज अधिकारी, दलबहादुर राना, हरिप्रसाद पराजुली र लालबहादुर पण्डित।

27 thoughts on “दुई उपप्रमसहित २१ सदस्यीय मन्त्रिमण्डल, एमालेले बनायो गैरसभासदलाई मन्त्री, अझै मन्त्री थपिन बाँकी”

  1. प्रदीप कुँवर says:
    February 28, 2014 at 5:23 pm

    एक सामान्य मान्छे , जो सधै हाम्रो वर पर रह्यो , गाउँ समाजको गतिविधिमा सरिक रह्यो , चुनाव आयो सभासद बनायौं , अनि हामीले बिर्सियौं उ अझै पनि गाउँ र समाजको सेबक हो | उसलाइ एका एक आफ्नो मालिक बनाउने होडमा लाग्यौं | उसलाई सृजनात्मक सुझाब दिनुको सट्टा, उसलाइ नमस्ते गर्न / हात मिलाउन पग्क्तिवद्ध भएर बस्दा आफुलाइ महान सम्झिन थाल्यौं | तिनलाई राजा, महाराजा, वावुसाहेब, मालिक साहेब अथवा श्री ३ या श्री ५ नै बनाउनु तत्पर भयौं |
    अनि ती सामान्य हाम्रा सेबक यत्रो नसोचेको सम्मान पाए पछि, आफु लाई राजा नै सम्झिन थाले | अब राजा नै भई सके पछि दरवार त चाहियो नै, त्यसैले हाम्रा सामान्य सेवकले लाजिम्पाट, बुढानिलकण्ठ, डल्लु, बालकोटमा दरवार निर्माण गरे | अब गल्ति कस्को ? दरवार बनाउने को कि महाराज बनाउने को ? आफ्नो जवाफ दिनु होला ?

    Reply
  2. shersingh Nepali says:
    February 26, 2014 at 9:15 pm

    कांग्रेस र एमालेले यो वा त्यो बहाना गरेर जसरि भएपनि आदिबासी जनजाती मुलबासी , दलित , महिलाहरुलाई पाखा लगाएरै छाडछन् भन्ने कुराको पुष्टि यो मन्त्रिमण्डलको गठनले झनझन स्पष्ट पारेकोछ ! यि एकल जाति समुदायको हालीमुहाली अन्यायि मनपरीतन्त्र तोड्न शसस्त्र जनसंघर्ष बाहेक अर्को बाटो देखिदैन !

    Reply
  3. Sabin says:
    February 26, 2014 at 8:26 pm

    एमालेको धेरैलाई रोजगारी दिने काईदा, बेरोजगारी भन्ने कुरा येसरी नै हट्छ र बल्ल देश उभो लाग्छ | सभासद् को जागिर भएकालाई बित्थामा किन मन्त्रि बनाउनु |

    Reply
  4. रंजन says:
    February 26, 2014 at 6:56 pm

    कोईरालाले भन्ने बेलामा यसो भनेका रहेछन|
    ‘बरु प्रधानमन्त्री छाडिदिन्छु, तर गृह मन्त्राय बुझाउने कुरा हुँदैन’ प्रधानमन्त्री सुशील कोइरालाले महाराजगन्जस्थित आफ्नै निवासमा भन्ने गरेका छन्, ‘प्रधानमन्त्रीय पद्धतिसँग सम्झौता गरेर म सरकारमा बसिराख्नुपर्छ भन्ने लोभ मलाई छैन ।’
    महत र रिजालले ‘एमालेलाई गृह दिने सम्झौता भएकै छैन’ भनेर किटानी गरे|

    ती सबको वावजुद अहिले अर्कै भयो| यो के को नौटंकी हो?
    पदका लागि कति झुटो बोल्न र लचकता अपनाउन सकेका हुन्| भन्देखिन कंहा गयो नैतिकता? यस्ताहरुले देश हाँक्ने भनेदेखिन् हामीलाई गाह्रो हुने भयो|

    Reply
  5. Sisir says:
    February 26, 2014 at 1:53 pm

    चुनाब नजितेका र नलडेकाले नै देशमा साशन गर्ने हो भने २०-३० अरब खर्च गरेर किन चुनाब गर्नु पर्यो ? यो त अलि अति नै भयो l एमालेमा त आधि भन्दा धेरै त चुनाब नजितेका र नलडेका नै मन्त्रि रहेछन .. गजबको लोकतन्त्र ..
    एमालेले(प्रदिप नेपाल मार्फत ) पार्टी निर्णयनै गरेर खुल्ला मन्चमा आमसभा गरेर आफैले देश कै सबै भन्दा भ्रस्ट घोसना गरेको “बामदेव” नै अहिले सरकारमा एमालेको नेत्त्रित्व गर्दैछन , कस्तो बिडम्बना !!
    जनताले खोजेका युवा गोकर्ण बिस्ट, रविन्द्र अधिकारी , गगन थापा, धनराज गुरुङ आदि हरु कता हराए ? येस्तै हो जनताको साशन ? यो भागबन्डाको राजनीति कहिले सम्म ?

    Reply
  6. Himmel Salaka Sherpa says:
    February 26, 2014 at 12:49 pm

    अब बाजेहरु जजमानको सरादे गर्न छोडेर देशकै सरादे गर्न आएछन् ! समावेसीकता भन्ने त टपरीमा हालेर बाग्मातीमा बगाए जस्तो छ बाजेहरूले ! सागारमाथा चढेर हिमाल चढेर देशलाई बिश्वकै सामु नाम चिनाउने हाम्रो शेर्पा समुदायको मान्छे मंत्रीमा खोइ ? नेपाली जनतालाई जवाफ चाहियो !

    Reply
  7. ekraj says:
    February 26, 2014 at 12:01 pm

    अब यी चिरा परिचित स्वाँठहरु लाई अरु लफडा नगरी जनता को लागि केहि काम गरेर देखाउने मौका पाएका छन्| यो मौका लुट्न मै बिताउने हुन् कि केहि गर्छन पनि लौ हेरौं|

    Reply
  8. विकु सिंह says:
    February 26, 2014 at 7:59 am

    आधुनिक चीनका एक सक्छम र महान नेता देङ्ग जाओपिङ्गले भनेका थिए कि “बिरालो कालो होश र सेतो होश तेसले मुसा समात्यो भने त्यो राम्रो बिरालो हो ” |
    अहिले बरखर सरकारले पूर्णता पाएको छ तेसलाई राम्रो कदम मानौ | सरकार बनेको दुइ दिन बाको छैन अहिले नै सबैको परिछा नगरम | माधव कुमार नेपाल प्रधानमन्त्रि हुदा गोकर्ण बिस्ट उर्जा मन्त्रि बनेका थिए, तेती बेला उनि पनि चुनाब हरेका थिए | तर उनले प्रसंसा योग्य काम गरेर देखाए | राम्रो पद्दति बसाउने भन्ने कुरा एक ठाउमा होला तर राम्रो काम गर्नलाई चुनाब लडेकै वा जितेकै हुन पर्छ भन्ने जरुरि छैन | गिरिजाले चुनाब जितेर ६ चोटी प्रधानमन्त्री भएकै हो त, उनले के के गरे भनेर सबैलाई थाहा भएकै कुरा हो |
    जसरि मन्त्रि भए पनि जनताको सेवा गरुन, राम्रो काम गरुन | अहिले धेरै जना पहिलो पटक मन्त्रि भएका हरु छन् तेसैले दुइ तिन महिना हेरम अनि जाच गरौला हामि |
    तर हामी अहिले नै सबैलाई एकै पल्लामा राखेर न जोखौ |
    बजेट कहाँ पोखियो, आफ्नै खल्तीमा न होश !

    Reply
  9. Jeevan Thapa says:
    February 26, 2014 at 7:00 am

    यसपाली २/४ जना मन्त्रि बाट केहि आशा गर्न सकिन्छ यदी पार्टीको कुरा नसुनी काम गरे भने….

    Reply
  10. GURU says:
    February 26, 2014 at 6:04 am

    यो देश किन ओरालो लागेको छ? किन भने जनताले सोचेको कुरा नेता गर्दैनन, नेताले चाहेको कुरा जनताका चाहना र आकान्क्षा हुँदैनन। दुइको तालमेल बिना देश उभो लाग्दै लाग्दैन। उदाहरण हेर्नुस, अहिलेको मन्त्रिपरिशद, खासगरी एमालेको टिम। ब्यक्तिगत टिप्पडी भन्दा पनि काम गर्न सक्ने र काम गरेर पुषटी गरेकाहरु मन्त्रिमन्डलमा किन पर्न सकेनन अचम्म लाग्छ। महाधिबेसन केन्द्रित टिम बनाएको त होइन? मेरो ब्यक्तिगत बिचारमा काङ्रेशबाट रामशरण महत बाहेक अन्य मन्त्रिहरुको चयन ठिकै लागेको छ तर एमालेको मापदन्ड मैले चाँही बुझिन। खोइ कहाँ रह्यो बिशेषग्यता? गैर साम्सदहरु मन्त्री बनाएपछी कमसेकम बिशेषग्य त छान्नु पर्ने हो। नामावली हेर्दा अवसर नपाएकालाई अवसर दिएको कुरा ठिकै होला, तर मन्त्री भनेको अवसर दिने, जागिर दिने ठाउँ होइन, देश र जनताको काम गर्नु पर्ने ठाउँ। महेन्द्र पाण्डे, भिम आचार्य, कर्ण थापा, खगराज अधिकारी र लालबाबु पन्डित बाहेककाहरु मन्त्रालय हाँक्न सक्ने मान्छे हुन जस्तो लाग्दैन। बामदेबको टोली गतिलो लागेन।

    Reply
    1. ANil Pariyar says:
      February 26, 2014 at 1:12 pm

      गुरु जी, हरि पराजुली को मोंसंटो बारे अन्तर्वार्ता सुनेको थिए पोहोर साल. कृषि मा उनको विज्ञता मन्त्रालय को सचिब को भन्दा ज्यादा देखिन्छा. लोकतन्त्र MERIT को व्यवस्था होइन. दलीय व्यवस्था मा दल नै जनताको प्रतिनिधि मान्ने सिस्टम हो यो. नत्र हाम्रो संसद मा नै ३३५ जना अनिर्वाचित र मनोनित संसद को भीड छ. यो सिस्टम नै गलत हो. दल बहादुर
      राना अर्थात् कबि बुन्द राना ले क्रान्तिकारी भूमिसुधार क बारेमा धेरै अनुसन्धन गरेका छन् . त्यसैले टिप्पणी गर्नु अघि सोच्दा राम्रो हुञ्च्च. मान्छे औन पाको छैन गनगन सुरु गर्ने प्रबृत्ति घटक हो.

      Reply
  11. Sanu says:
    February 26, 2014 at 4:16 am

    गैर सभासदलाई मन्त्रीमन्डलमा समाबेश गराउनु नै अहिलेको समाबेशी हो रे ।

    Reply
  12. ROSHAN ARYAL ( SYDNEY, AUSTRALIA ) says:
    February 26, 2014 at 3:41 am

    नमस्कार
    गैर सवासद मन्त्रि ?
    यो पक्का लीलाम मा हुनुपर्छ ? बामदेव पक्का मन्त्रि बिक्रेता हो यस्तो ले देश मा के गर्ला ?
    धन्यवाद

    Reply
  13. Jenish says:
    February 26, 2014 at 12:51 am

    थुक्क तिमीहरुलाइ! देश मा civil war हुन मात्र बाकी छ अब! सबैजना बाहुन र छेत्री मात्त्र!!! खोइ दलित? खोइ राई? खोइ नेवार? समय अयेपचि तिमीहरुलाइ युक्रेन मा जस्तो लखेट्न पार्छ!!!

    Reply
    1. Jeevan Thapa says:
      February 26, 2014 at 6:58 am

      शिह, महत, निधि, गुरुङ , यादब सबै बाहुन छेत्री हुन् र?

      Reply
      1. ANil Pariyar says:
        February 26, 2014 at 1:05 pm

        महिला

        १. चित्र लेखा यादव
        २. राधा ज्ञवाली
        जनजाती:
        १. प्रकाश मन सिंग
        २. टेक बहादुर गुरुङ
        ३. दल बहादुर राना
        मधेसी
        १. बिमलेन्द्र निधि
        २. चित्र लेखा यादव
        ३. लालबाबु पंडित

        दलित

        ०
        प्रतिशत पुगेन भन्नु बेग्लै हो तर प्रधिनिधित्व दलित को चाही नभएको हो. बाकी सब बकवास.

        Reply
      2. Jenish says:
        February 26, 2014 at 6:02 pm

        ९९% बाहुन छेत्त्रि, अनि १% अरु जातिलाइ! धेरै दिन टिक्दैन येनिहरु!

        Reply
    2. Yubraj says:
      February 26, 2014 at 1:43 pm

      जेनिष जी ,
      तपाईको रहर पुरा गर्न सबै देशी विदेशी शक्ति लागि परेका छन् , हामि कामना गर्छौ तपाई को civil war होस् भन्ने चाहना पुरा नहोस हामी सदिऔ देखि मिलेर बसेका सदिऔ सम्म मिलेरै बस्न चाहान्छौ /

      Reply
  14. सुमन घले तामांग says:
    February 26, 2014 at 12:34 am

    यसैले स्पष्ट गराउँछ यही कारणले चाहिएको हो पहिचान सहितको स्वायत्त प्रदेश| जुनै दलको मन्त्रीमंडल आए पनि फेरी फेरि त्यही दुई चार जात मात्रै डाडु पन्यु चलाउने| समावेशीको नाउँमा लैंगिक भनेर घुमाउदै फ़िराउदै उही पहिले मौका पाएका र असफलहरुलाई नै चान्स दिने गरेको देखिन्छ|
    एउटा दुईटा जनजातिलाई रिझाउन मात्र ठाउँ दिने गरिन्छ एउटा सानो चोक्टा फालिदिए जस्तो गरेर| धेरै जसो जनजातिलाई पाखा लाउने नीति जारी छ| जनजातिहरु पनि छन्, उनीहरु पनि यो देशको नागरिक हुन्, योग्य व्यक्तिहरु पनि प्रशस्तै छन् तर यो कुरा कांग्रेस, एमाले र राप्रपाको दिमागमा आउदैनन जब आपसमै भागबन्डामा लाग्छन, आफ्नैभित्रको जातपातको जोड घटाऊ मात्र सोच्छन| माओवादीले पनि खाओवादीहरु जस्तै त्यही नीति अन्तत अपनाएकोले जनजातिको बिश्वास गुमाएको हो|
    कोईराला पार्टी त् जनजाति प्रति चिसो रहेको र चासो नरहेको पहिले नै सावित भएको छ, एमालेको सर्बहारा नीति भनेको सबै आहारा आफ्नै मान्छेको मुखाँ मात्र पारौ भन्ने पनि जगजाहेरै छ| एमाले जनतामुखी होइन नेतामुखी छ| प्रभुको लीला अपरम्पार!
    कसले भन्न सक्छ यौ समावेशी मन्त्रि मन्डल हो भनेर?
    प्रशासन त् भएन भएन, मन्त्रिमन्डल अलि ब्यालेन्स गर्न पर्ने होइन? दुवै राष्ट्रपति र उपराष्ट्र पति मधेसी छन्| अरु जनजातिको प्रतिनिधित्व खै?

    Reply
  15. Rabindra says:
    February 26, 2014 at 12:18 am

    Don’t think these people will bring change. We nepalese can only hope nothing more. We need someone like Jung Bdr..Who does NOT manipulate people, he also deliver something.

    Reply
    1. neerose says:
      February 26, 2014 at 1:14 am

      यिनीहरुले चेन्ज ल्याउला भनेर कसले सोच्लार Dont think भानिराको हो साथीले!
      यी धमिरा हुन् देश खोक्र्यौने, यी ख्याक हुन् जनता तर्साउने! यी सिर्फ बुख्याचा हुन्
      !
      यिनीहरुको परिवर्तन भनेको नाश गर्नु हो समयको नाश देशको सत्यानाश जनताको तहशनाश !
      हे शिव अब हामीले यस्ताहरूबाट आशा गर्नुपर्ने दिन पनि आयो बाबै!
      धिक्कार छ यो देश!

      Reply
  16. dharmendra says:
    February 25, 2014 at 11:29 pm

    एमाले बाट प्राय सबै नया अनुहारहरु रैछन ! कांगेस का पनि दुइ चार जना नया छन् ! तेहिपनि सबैलाई बधाई !
    खान त खान्छौ त्यो हामी सबैलाई थाह छ तर अलि कम् खाओ मोरा हो ! आज भोलि हाजमोला पनि नक्कली आउछ !

    Reply
  17. krish says:
    February 25, 2014 at 11:29 pm

    बल्ल थाहा पाएँ बहु पहिचान सहित को समावेसिता , एक नेवार र एक सेकेन्ड क्लासमा गुरुङ सहित बाँकि क्षेत्री वाहुन / मन वचन र कर्म ले समर्थन गरौँ /

    Reply
    1. aryab man singh basnyat says:
      February 26, 2014 at 12:17 am

      रहर गरेर मात्र हुन्न राजा …. सुन व्यापार गर्न र ब्रिटिस लाहुरे हुन छाडेर राजनीति मा पनि आउनु पर्यो . अहिले कुर्लेर हुन्छ “चिचि पनि पापा पनि” जस्ट किडिंग !!!!

      Reply
      1. हिमाली says:
        February 26, 2014 at 10:14 am

        कतिले गरेका छन् सुन ब्यापार हो साथि र अनेपालीलाई जस्तो गरेर प्रहार गर्ने हिम्मत कस्नुभो? कति गएका छन् गोर्खा भर्तीमा र गएकाहरु पनि देश छाडेर किन जान पर्यो नेपाली भएर त्यसको मर्म बुझे यस्तो फजुल प्रश्न सोध्नै परने थिएन| चिची पापा आफ्नै लागि मात्र राख्ने को हुन् कैले तथ्यांक हेर्ने बानी गर्नुभएको छ?
        घुस खाने र भ्रष्ट अनि लोभी चाप्लुसी, मगन्ते, चाकडीवाज, जदौरे, निकम्मा प्रशासनमा को को बहुसङ्ख्यामा छन्? किन युगौ बित्दा पनि नेपालमा हुनसक्ने प्रगति हुन् सकेन? एउटा एयरपोर्ट जस्तो ठाम समेत किन फोहोर र अव्यवस्थित हुँदै आएको छ, को हुन् राज चलाउनेहरु, कैले गमेर सोच्नु भएको छ?
        हाम्लाई यो देशको माया मुटुमै छ|

        Reply
        1. aryab man singh basnyat says:
          February 26, 2014 at 7:25 pm

          कुरा गरे कुराकै दुख ! जात भात को कुरा नगर्नुस !! नेपाल सबै जातजातिको साझा फुलबारी हो आउनुस सबै मिलि गोडमेल गरौ !!!
          तपाइको प्रश्न : घुस खाने र भ्रष्ट अनि लोभी चाप्लुसी, मगन्ते, चाकडीवाज, जदौरे, निकम्मा प्रशासनमा को को बहुसङ्ख्यामा छन्?
          उत्तर : बाहुन छेत्री छन् तर जनजाती मदेशी पनि तेतिकै छन्. धेप्चो अनुहार परेका जति सोझा हुन्छन भन्ने दिन गैसके मित्र !!!!
          नेपाल ले विकास नगरेको दोष जति सबै बाहुन छेत्रीको टाउकोमा वाह वाह …. देश विकास गर्ने कादमा काद मिलाएर काम गर्ने बेलामा सोल्टिनी सग तिन पानी र जाड को तालमा रोदी नाच्दै ठिक भो अनि पैसा कमौन तस्करी अनि अन्तेमा जेल जिबन .. तथ्यांक हेर्न मन् लागे नेपाली बिदेसी जेल मा सम्पर्क गरे थाहा हुन्छ
          नेपाली जात जति सबै लै बराबर हक अधिकार को लागि लड्ने, माया गर्ने प्रसस्त बाहुन छेत्री यो नेपाल मा भेटिन्छन … दुइ चार जना नेता चोर भयो भन्दैमा सबै बाहुन छेत्री लै एउतै नजरले हेर्नु उचित नहोला मित्र

          Reply
        2. Pratakchya says:
          February 26, 2014 at 9:48 pm

          हिमाली जी, म ब्राह्मण हुँ | तर म तपाई, तपाइँ जस्ता र तपाइँको कुरा प्रति १००% सहमत छु | गाउँमा एउटाले गालि गर्यो भन्दैमा सारा गाउले बदमास हुदैनन् | “हामी मानव, एक” भन्न नसके पनि कम्ति मा “हामी नेपाली, एक” भन्न नसक्ने यी बुद्धि नभएका हरु लाइ क भन्नु र खै!!?? समान समाजको आशा नत्यागौं | नया पुस्ता ले केहि गर्लान कि !

          Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme