Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

वामदेवलाई खुसी नपारी सुख भएन सुशीललाई

Posted on February 24, 2014February 24, 2014 by Salokya

bamdev दुई सातासम्म एक जना बिना विभागीय मन्त्री राखेर २६ वटा मन्त्रालयको भारी आफ्नो टाउकोमा थोपरेर प्रधानमन्त्रीय पद्धतिको वकालत गरिरहेका सुशील कोइराला अन्ततः आफ्नो अडानबाट हट्न बाध्य भए। अरु ‘देव’हरुले साथ नदिएपछि ‘वामदेव’लाई खुसी नपारी सुखै भएन उनलाई। पहिले दिँदै दिन्न भनी अडान राख्दै आए पनि शनिबारदेखि दिन सकिने भन्दै लचिलो भएपछि अरु भागवण्डाका कुरासमेत मिलाएर आज एमाले सुशील नेतृत्वको सरकारमा जाने भएको छ। आजै शपथ ग्रहणपछि सरकारले पूर्णता पाउनेछ। यस्तो गर्नु नै थियो भने आखिर दुई दुई साता किन खेर फाले त प्रधानमन्त्रीले ? सबैले प्रश्न उठाएका छन्।

तर यो लोकसेवा आयोगको परीक्षामा सोधिएको प्रश्न नभएकोले जवाफ दिन बाध्य छैन। तर नेपालको गठबन्धन सरकार चलाउन गृह जस्तो शक्तिशाली मन्त्रालय आफैले राख्न नपाउने ‘परम्परा’ यसपालि पनि कायम रहने भयो।

यस पटक संसदमा कांग्रेसको जति संख्या छ, त्यो भन्दा धेरै अघिल्लो पटक माओवादीको थियो। तर पनि उसले तत्कालीन तेस्रो ठूलो दलका रुपमा एमालेका वामदेवलाई नै वरिष्ठ उपप्रधानमन्त्री तथा गृहमन्त्री दिन बाध्य भएको थियो प्रचण्ड नेतृत्वको सरकारका पालामा।

बाबुराम भट्टराई नेतृत्वको सरकारमा त झन् चौथो ठूलो दल फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदारलाई गृह मन्त्रालय नदिई सरकार बन्ने स्थिति आएन।

सुशील कोइरालाले पनि सुरुमा ‘चट्टानी अडान’ देखाए तर दुई सातामा चट्टानी अडान खरानी भइगयो।

सहमति भएकै हैन भनी कांग्रेसका नेताहरुले जिद्दी गरे। एमाले भने गृह दिने सहमति भएकै हो भन्नेमा लागिरह्यो। बरु सरकारमा नै नजाने अडान लिएर एमाले बसिरह्यो।

एमाले सरकारमा नआए एक्लै भए पनि सरकार विस्तार गर्ने भन्दै लागिपरे पनि पार्टीभित्रै सहमति जुटाउन पनि उनी असफल भए। देउवा पक्षसित कुरा नमिलेपछि बल्ल झस्किन बाध्य भए र लुरुक्क लागेर एमालेका वामदेवलाई नै गृहमन्त्री दिन बाध्य हुनै पर्‍यो।

तेस्रो पटक शक्तिशाली गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न पाउने भए वामदेवले।

सरकारको कुरा बल्ल मिलेको छ। अब फेरि संविधान निर्माणका महत्त्वपूर्ण विषयमा यस्तै बार्गेनिङ हुन बाँकी छ। कांग्रेस र एमालेबीच केही संविधानका सैद्धान्तिक विषयमै मतभेद छ। प्रमुख प्रतिपक्षीलाई सत्ता साझेदार बनाए पनि माओवादी बाँकी छ। त्यसमाथि सुशील कोइरालालाई पार्टीभित्रै ४६ प्रतिशतका प्रतिपक्षी देउवाको चुनौति पनि छ। सरकार चलाउन त्यति सजिलो छैन अझै पनि।

कुन मन्त्रालय कसलाई ?
नेपालमा जम्मा २६ मन्त्रालय छन्। त्यससमध्ये राम्रा मानिएका मन्त्रालयहरु मध्ये कांग्रेसले अर्थ र स्थानीय विकास लिने र एमालेलाई गृह र परराष्ट्र मन्त्रालय दिने भनिएको छ।

कांग्रेसले पाउने :
रक्षा, अर्थ, सञ्चार, सहरी विकास, शिक्षा, स्थानीय विकास, आवास तथा भौतिक योजना, शान्ति तथा पुननिर्माण, स्थानीय विकास, कानून न्याय तथा संसदीय, सिंचाई

एमालेले पाउनेः
गृह, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य, ऊर्जा, पर्यटन, उद्योग, यूवा तथा खेलकुद

२६ मन्त्रालयलाई ठ्याक्क आधा गरी १३-१३ बाँडेर लिने र साना दलका लागि कांग्रेसले दुई र एमालेले तीन मन्त्रालय छाड्ने छन्।
साना दललाई दिने भनिएका मन्त्रालयहरु हाललाई प्रधानमन्त्रीसँगै रहने भनिएको छ।

नेपालमा कुन-कुन मन्त्रालय छन् त ?
1. अर्थ
2. उद्योग
3. ऊर्जा
4. कानुन,न्याय,संविधानसभा तथा संसदीय मामिला
5. कृषि विकास;
6. गृह;
7. परराष्ट्र;
8. भूमिसुधार तथा व्यवस्था;
9. भौतिक पूर्वाधार तथा यातायात;
10. महिला,बालबालिका तथा समाजकल्याण;
11. युवा तथा खेलकुद;
12. रक्षा;
13. वन तथा भू-संरक्षण;
14. वाणिज्य तथा आपूर्ति;
15. विज्ञान, प्रविधि तथा वातावरण;
16. शान्ति तथा पुननिर्माण;
17. शिक्षा;
18. श्रम तथा रोजगार;
19. सङ्घीय मामिला तथा स्थानीय विकास;
20. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन;
21. सहकारी तथा गरिबी निवारण;
22. सहरी विकास;
23. सामान्य प्रशासन;
24. सिँचाइ;
25. सूचना तथा सञ्चार;
26. स्वास्थ्य तथा जनसङ्ख्या

15 thoughts on “वामदेवलाई खुसी नपारी सुख भएन सुशीललाई”

  1. ekraj says:
    February 25, 2014 at 7:37 pm

    घ्यनेशोर बोहरा जी को तल्लो भनाइ
    “मन्त्रालय को भागबन्डा गर्दा बिज्ञान तथा प्रबिधी मन्त्रालय कसैको रोजाइमा परेन । अहिलेको बिज्ञान तथा सुचना प्रबिधी को युगमा जब यसरी बिज्ञान मन्त्रालय सबैभन्दा अन्तिम रोजाइमा पर्छ भने देश कहिले उभो लाग्छ ?”
    नेपाल चोर, फटाहा, भ्रस्ट, हुतिहारा, पाखण्डी, अपराधी, बज्र स्वाँठ, अनपढ, जाली र लुटेरा हरुले राज्य सत्ता चलाएको देश हो भन्ने यो भन्दा ठुलो प्रमाण कहाँ खोज्न जाने?

    Reply
  2. Hillman Myagdi says:
    February 25, 2014 at 5:20 am

    शुशील दा ले त गर्न खोजेकै जस्तो लागो तर देउबा ले टांग आडाई दियेसी के लागोर? बिचरा शुशील दा|

    Reply
  3. गौरव says:
    February 25, 2014 at 12:12 am

    शुरुको गाँसमै ढुंगा चपाउन पर्यो र चपाएर निल्न पनि पर्यो| अब जानाजानी यसो गर्दा पेटमा के रियक्स्न हो त्यो भरे भोलि थाहा हुनेछ|
    देशमा यसरि भागभन्दा खालि एक दुई आफ्नैहरुमा मात्र लगाउँदा खोइ प्रतिक्रिया?
    गाउँमा खसी काटेर केराको पातमा भाग लगाएको जस्तो, कसलाई ह्याकुला र कसलाई खुट्टा र फलमासु? जनता हेर्या हेर्यै|
    लुट लुट देश लुट| लुट कति लुट्छौ| बामदेव हामदेवकै राज छ|
    संबिधान बनाउन सभासद् भएको कि सरकार चलाएर नियुक्ति र सरुवा बढुवा गराउन?
    बामदेव नेम्बाङ्ग सबै पहिले चलाएर पनि फेल भएकाहरु हुन्| चार चार बर्षमा पनि
    एसएलसी पास गर्न नसक्ने सरह हुन्|

    Reply
  4. hemlata says:
    February 24, 2014 at 11:04 pm

    तेसका बाजे हुतीहारहरु के गर्नु लागेका हुन् देश लाई त भागबन्डा नै गरेर संक्ने भए धम्कि घुकी,दौपेज देश सक्ने भए प्रभु यो भन्दा त राजा नै ठिक थियो सय वटा सयल पाल्नु भन्दा त एउटा हात्ती पाल्नु नै बेश होला …
    i

    Reply
  5. Mk says:
    February 24, 2014 at 10:23 pm

    ‘वाम देव’ होइन, यिनी त् ‘हाम देव’ पो रैछ/

    Reply
  6. pawon says:
    February 24, 2014 at 6:57 pm

    सकिन्छ भने राजनीति मा लाग्ने , मन्त्रि बन्ने ,पैसा कमाउने हैन भने अरु ले खाएको रिश नगर्ने.राजनीति मा लागेर पैसा कमाउनु एउटा परम्परा बनि सक्यो .राजनीति भनेको career हो नेपाल मा.जसले sustain गर्यो..पैसा कमायो ..सात पुस्ता को future बनायो… तेई sucessful…भित्रि मन बाट देश को लागि सोच्ने त को होला र./??

    Reply
  7. Gyaneshwar Bohara says:
    February 24, 2014 at 6:57 pm

    मन्त्रालय को भागबन्डा गर्दा बिज्ञान तथा प्रबिधी मन्त्रालय कसैको रोजाइमा परेन । अहिलेको बिज्ञान तथा सुचना प्रबिधी को युगमा जब यसरी बिज्ञान मन्त्रालय सबैभन्दा अन्तिम रोजाइमा पर्छ भने देश कहिले उभो लाग्छ ?

    Reply
  8. brg says:
    February 24, 2014 at 4:03 pm

    आखिर एमालेको अघाडी कांग्रेसले घोडा टेकी छाड्यो यो भन्दा अरु बढी कांग्रेसले आफ्नो शाख कति गिराउने ?

    Reply
    1. ramesh says:
      February 24, 2014 at 10:31 pm

      यो देश मा बाबुराम भट्टराइ बाहेक अरु प्रम हुन् लायक व्यक्ति छैन.

      Reply
      1. neerose says:
        February 25, 2014 at 8:26 pm

        तपाइले जुन हिसाबले भन्नु भयको भयपनी यो भनाइमा म १मिल्लिएन % सहमत हुन्छ!
        किनकि देशको बस्तुनिस्ट यथार्थताको भौगोलिक भूराजनीतिक, आर्थिक, सामाजिक आदि कुराहरुको गहन अध्यायन र सम्भावना आदिको निस्कर्ष सहित देशको परिवर्तन र जनताको सम्ब्रिद्दि स्वोतन्त्रता हेतु कटिबद्द लगनशील राजनीतिमा होमिएको मान्छे कसैले बाबुराम भन्दा अर्को कोहि लाइ इंगित गरि देखाउन कदापि सक्दैन किनकि बाबुरामको हाराहारी अर्को छदै छैन!
        तर यो देश बहुत बिडम्बना युक्त छ! जहा गाइ भन्दा भैसी बढी स्विकारिञ्छन!

        Reply
  9. प्रदीप कुँवर says:
    February 24, 2014 at 1:35 pm

    प्रयास त गरेका हुन् , शुसिल कोइरालाले विवादितलाई मन्त्रि मन्डलमा नल्याउनको लागि तर के गर्नु अडानमा टिक्न दिएनन् / सकेनन |

    एउटा SSP ले नझुकिकन काम गर्नु सक्ने , प्रधानमन्त्रीले चाहि नसक्ने कस्तो खाल शक्ति सन्तुलन हो यो बुझ्नु सकिन |

    Reply
  10. GURU says:
    February 24, 2014 at 1:35 pm

    कोइराला आफ्नै पार्टीभित्र मक्किएका थाङ्ग्रा हुन, यिनलाई उभ्याइराख्न समेत अनेक टेको हाल्नु पर्छ। काङ्रेशको ईतिहासमा सर्बाधिक कमजोर नेत्रिव कोइराला हुन जसको न पार्टीमा नेत्रित्वदायी हैसियत देखिएको छ, न त यिनले अन्य दल सँग समन्वय गर्न सक्ने खुबी देखाउन सकेका छन। कोइराला नेत्रित्वको नाउमा दुई खुट्टा टेकेका मात्र छन, मान्ने नमान्ने, टेर्ने नटेर्ने आफ्नो आफ्नो खुशी छ। सन्सदिय दलमा ५४% मत पाएका कोइराला मन्त्रीमन्डल बिस्तार पछी स्पस्ट रुपमा अल्पमतमा पर्नेछन। त्यसपछी देउबाको स्पस्ट बहुमत सन्सदिय दलमा रहने छ। एस्तो परिस्थितीको सामान्य आकलन गर्न नसक्ने कोइरालाले विश्वस्त र भरपर्दो टेकोबिना खुट्टा टेक्ने दुस्साहस आँफैमा अदुरदर्शी र कच्चा सोचको उपज हो। आफ्नै पार्टीमा होल्ड गुमाएका कोइरालाले सहकर्मी दलसँग पौठेजोरी खेल्न खोज्नु असफल प्रयासकै उपज थियो, त्यसैले कोइरालाले दुइहप्ता नपुग्दै घुँडा टेक्नु परेको हो। अब कोइराला आफु सफल हुन चाहन्छन भने यिनले बलियो र द्रिढ सहकर्मिको चयन गरेर मन्त्रिमन्डल बिस्तार गर्नु पर्छ। कुरा मात्र ठुलो, हिंड्ने बेलामा खुट्टा लुलो पाराले देश हाकिदैन, त्यसमाथी अहिलेको परिस्थिती सामान्य होइन, अनेकन चुनौती आगामी दिनमा तेर्सिने कुरा स्पस्ट छन।

    Reply
  11. sanjay says:
    February 24, 2014 at 12:37 pm

    रातारात अरबपति हुने मन्त्रालय गृह रैछ . कसले लुट्ने भन्ने मा पनि येति ठुलो झगडा. लुट्ने तिमीहरुनै हो पालै पालो लुट न .

    एउटा मात्र बिन्ति छ, तिमीहरु जे गर्ने हो गर, देश लाई जति लुट्ने हो लुट, तर जनता लाई गरेर खान देउ .

    Reply
  12. samrat~ says:
    February 24, 2014 at 11:56 am

    फेरी जसो जसो बाजे तेसो तेसो स्वाहा !! घुमी फिरी रुम्जाटार !! फेरी सुरु हुने भयो लुछाचुर.

    भता भुङ्ग देश को
    लथा लुङ्ग चाला

    जस जस ले लुत्ला
    उस उस ले खाला

    Reply
  13. प्रमोद says:
    February 24, 2014 at 11:43 am

    एमालेका २ वटा मन्त्रालय खै त ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme