सञ्चारमा आएको क्रान्तिकारी परिवर्तनका कारण हुलाक सेवा अहिले कम प्रयोगमा आइरहेको छ। देशका ७५ जिल्लामा आजभोलि रोमिङ चार्ज नलागिकन मोबाइलबाट कुरा गर्न सकिन्छ। त्यसैले ‘यहाँ मलाई सञ्चै छ, त्यहाँ तिमीलाई कस्तो छ?’ भनी पत्र लेखिरहनु पर्दैन। तर हुलाकको महत्व र यसको उपयोग कहिल्यै सकिँदैन। त्यसैले त अमेरिका, युरोप जस्तो विकसित देशमा पनि हुलाक अझै कायमै छ। सामानहरु एउटा सहरबाट अर्को सहरमा पार्सल गर्न, आधिकारिक पत्र पठाउन विकसित देशहरुमा यसको उपयोग हुने गरिरहेको छ। नेपालमा भने डुब्न लागेको हुलाक सेवालाई अझै डुबाउन सरकार आफै लागेको प्रमाण भेटिएको छ।
माथिको एउटा बिल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भुक्तानीका लागि प्राप्त बिलको हो।
प्रधानमन्त्री सुशील कोइरालाले कार्यभार सम्हाल्ने बित्तिकै गरेको एउटा राम्रो र प्रशंसनीय निर्णय ५ हजार रुपियाँभन्दा बढीको भुक्तानीका लागि प्राप्त बिल वेबसाइटबाट सार्वजनिक गर्ने भन्ने हो। त्यही निर्णयका कारण आज हामी यस्तो कुरा थाहा पाउन सक्षम भयौँ।
हेर्नुस्,त्यसमा ईगल पिस कुरियर कार्गो तथा एक्सपोर्ट कम्पनी प्रा.लि.ले १ लाख ४५ हजार ९ सय ११ रुपियाँको बिल पेश गरेको लेखिएको छ। किन त ? विवरणमा भनिएको छ – ‘७५ जिल्लामा चिठिपत्र एवं महिला हिंसा सम्वन्धि प्रतिबेदनहरु, बुकलेटहरु कुरियर गरी पठाएको रकम भुक्तानी’
ल अब हेर्नुस् यहाँ, एउटा सरकारी निकायले चिट्ठीपत्र, प्रतिवेदन, पुस्तिका पठाउन निजी कुरियर कम्पनीलाई च्याप्नु पर्ने किन ? त्यो पनि चानचुने रकम हो र, झण्डै डेढ लाख रुपियाँ बराबरको।
जबकि सरकारकै एउटा निकाय त्यस्तो काम गर्नका लागि जिउँदै छ। सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेको हुलाक सेवा विभाग मर्यो र, चिट्ठीपत्र पठाउन पनि लाखौँ रुपियाँ खर्चेर निजी कुरियरको भर पर्नुपर्यो ?
हुलाक सेवाको उपयोग गरेको भए त्यसमा लागेको टिकट खरिद गर्दा राजस्व सरकालाई नै प्राप्त हुन्थ्यो। यहाँ त सीधै निजी कुरियर सेवालाई पोस्ने काम गरिएको छ।
सरकार आफैले सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभर ५ वटा क्षेत्रीय हुलाक निर्देशनालय छन्। यी मध्ये मध्यमाञ्चल बाहेकका ४ वटाले जिल्ला हुलाकको समेत काम गर्छन्। गोश्वारा हुलाक कार्यालय काठमाडौंमा मात्र छ। ७५ जिल्लामा जिल्ला हुलाक कार्यालय छन्। इलाका हुलाक कार्यालयको संख्या ८ सय ४२ छ। यी मध्ये १ सय ७० ओटा हिमाली क्षेत्रमा छन्, ३ सय ७२ पहाडी क्षेत्रमा र ३ सय तराई क्षेत्रमा छन्। देशभर ३ हजार ७४ अतिरिक्त हुलाक कार्यालय छन्। ४ सय ९२ हिमाली क्षेत्रमा, १ हजार ५ सय ४१ पहाडी क्षेत्रमा र १ हजार ४१ अतिरिक्त हुलाक कार्यालय तराई क्षेत्रमा छन्।
अनि चिट्ठीपत्र पठाउन चाहिँ निजी कुरियर चाहिने ?
कानुनमा यस्तो छ
हुलाक ऐन, २०१९ ले यस्तो व्यवस्था गरेको छ-
[तपाईँलाई के लाग्छ, सरकारले चिट्ठीपत्र पठाउन सरकार मातहतको हुलाक नभई निजी कुरियरलाई लाखौँ रुपियाँ खर्च किन गर्यो होला? आफ्नो विचार तल कमेन्टमा लेख्नुस्]
हाम्रो नेपाल सरकार नै लाचारी भैराखेको छ .कुनै चासो धेखाये को छैन .सरकारी खर्च कसरि जोगाउने भन्ने त कता कता उल्टो निजि कम्पनि लै दिएर उल्टो देसको पैसा खर्च गरिरहेको छ .कुनै काम को मतलब छैन .जनताको चासो छैन जनता ले कति दूख पैरखेको छ .कुनै सरकारलाई ठा छैन कसरि हुन्छा आफ्नी पार्टी को डन हरुलाई कसरि जोगौना सकिन्छ कसरि जेल परेको अपराधी लै निकाल्न सकिन्छ त्यो मात्र सरकारको आँखा जान्छ .दुख गर्ने ले राम्रो संग खान पाएको छ कि छैन .त्यो कुनै सरकार लै चासो छैन .एस्तो पाराले कसरि नेपाली जनता ले सरकार को आस गर्ने .त्यो भन्दा त बरु नेपाल छाडेर जादा राम्रो जस्तो लाग्छ
सरकारी हुलाक बाट पठायो अर्को आर्थिक वर्ष सम्म पनि पुग्छ पुग्दैन टुङ्गो छैन , साँपले साँपको खुट्टा देख्छ भने जस्तै सरकारी कर्मचारीले सरकारी अड्डाको राम्रो जानकारी राख्छन .. तर एउटा जिल्लमा सरदार २ हजारको दरले राम्रै पोका पथायेछन .
कर्मचारी काम नगरी तलब खान पल्केका । पठाउँदा ठिकै छ तर उताबाट पठाइएको उपलब्ध सामान र चिठीपत्र च्याँतिच्याँति हेनुपर्ने र जबरजस्ती कुरिअर ट्याक्स तिर्न बाध्य पारि जति मनलाग्यो त्यति पैसा उठाउने । बिल जहिले पनि २ रुपैयाँ बढि (५२, ६२, ४२, ९२) बनाएर चानचुन छैन भनि ८ रुपैयाँ खल्तीमा राख्ने । त्यहि माइनस ८ रुपैयाँको नि जिम्मेवारी पूर्वक काम नगर्ने । बोली पनि गोठालो जादाँ गाइवस्तुले दुःख दिएपछि सरापेको जस्तो बोल्छन् । कब्जीयतको दिर्घरोगीजस्ता ठस्स परेर कनिरहन्छन् । नैतिकता गुमाएर माग्ने कर्मचारी भएको देशमा जनताले दुःख पाइहाल्छ नि ।
सिंगापुरमा SingPost (नेपाल हुलाक सेवा विभाग जस्तै) ले सबै सरकारी कार्यालय र बैकं संग समन्वय गरि बिल र अन्य चिठीपत्र प्रत्येक घरको पोष्टबक्समा पुर्याउँछ । अदालत र करविभागले पनि चिठी काटिएको निश्चित समयसिमा भित्र आवश्यक प्रतिक्रिया नआए कारबाहि सुरु गर्छ ।
हरेक संस्थान र व्यापारिक केन्द्रको काम विश्वसनियता र पैसा संगसंगै कमाउँने कुरो हो, नेपालमा पैसा कमाएर विश्व्सनियता गुमाउँछन् ।
नेपालको हुलाकको कुरा गर्नु हलेदो कोट्याउनु जस्तै हो, हुन त कुन चाहि सरकारी र सार्बजनिक कार्यालय ‘वा हो यस्तो हुनुपर्छ’ भन्नेखालको छ र गाठे!
कर्मचारीहरुलाई सिर्फ समय कटाउनु र तलब पचाउनु सम्म मात्र हो! जाडोमा टन्न घाम तापेर गर्मीमा फ्यान चलायर गफ हाकी बस्ने हो! हुलाकको कर्मचारी हाकिम निर्देशक आदि कसैलाई हुलाकको सेवा कसरि छिटो छरितो भरपर्दो विश्वासिलो बनायर जनताको मनमा मेटिने नसकिने र बिकल्पै नभयको जसरि स्थाइत्वो बनाउने कुरामा कहिल्यै सपनामा पनि सोच्दैनन् यिनीहरु!
नेता र हाकिम निर्देशक विदेश टन्न घुमेर आउछन भत्ता बचायर घर जग्गा किन्छन तर देशको लागि त्यो बिदेशबाट कहिल्यै कुनै कुरा सिकेर अनुसरण गर्दैनन्!
बिदेशी हुलाक सेवा कहापुगि सक्यो, ब्याकं र फाइनान्स लाइ च्यालेन्ज गर्ने भैसक्यो!
देशै भरि प्रत्यक गाविसमा छरिएर रहेको हुलाकले चाहने हो भने के गर्न सक्दैन!
तर बिचार चिन्तन योजना र सोचाइ भयको मान्छेले नेत्रित्वो गर्न पाउदैनन संचार मन्त्रि बन्छ हुलाक र संचार को बारेमा भुटिभाङ्गो पत्तो नभयको खालि नेतागीरिमा लबिङ्ग गर्ने, अनि बनाउचन पनि तेस्तैलाइ!
देश, विदेश,समाज,जनता, अबस्था, आबस्यकता, बिकाश, ब्याबस्थापन आदिको अध्यायन गरेका ज्ञाता व्यक्तिहरु राजनीतिमा पिछाडिञ्छन अनि प्रमा बन्न पुग्छ शुशिल, माकुने,शेरे रामचन्द्रे झाले केपी डाङ्कडर जस्ता मान्छे अनि यिनीहरुले चुन्ने मन्त्रि कस्ता हुन्छन भनेर घोटत्याप्रे घोटी पोल्नु पर्दैन, अनि संस्थान र मन्त्रालयका निर्देशक कर्मचारी हाकिम हरु कस्ता हुन्छन भनेर चपरी उप्काउनु आबस्यक छैन!
यिनीहरु जनतालाई सरकारी सेवा हरु प्रयोग गर्न उत्साहित गर्नु भन्दा दुरुत्साहित गर्ने खालका हुन्छन!
हुलाक सेवालाई सहि ढंगले सहि प्रयोग गर्न सकेमा देश र जनताको सुरक्षा देखि जनता व्यक्तिगत व्यापारिक साथै नागरिकको विश्वासनियता आदिको हुबहु रेकर्ड राखेर ब्यक्तिब्यक्तिको सहि पहिचान र परिचय स्थापना गर्न सकिन्छ!
आबस्यक परे हुलाक सेवाको बिकाश र ब्याबस्थापन साथै बिहत्तर सम्भावना आदिको बारेमा तेस्का मन्त्रि सहायक मन्त्रि निर्देशक हाकिम लगायत हल्काराहरुलाइ दुइ दिने गोस्टि दिएर तिनीहरुको दिमागमा गिदी छट्काउन सक्छु मा गगने,
ल च्यालेञ्ज भो,
तिन बर्ष मलाइ हुलाकको ब्याबस्थापन र निर्बाध निर्देशन गर्न दिने हो भने, हरेक व्यक्तिको मन मस्तिकमा हुलाकको विश्वासनियता जगाउदै अमिट हुनेगरी हुलाक लाइ स्थापित गरिदिन सकिन भने टुण्डिखेलमा झुण्ड्याइदे हुन्छ!
जमानामा एक पटक आफुले चिनेको गाउकै हुलाकको हाकिम संग सानो छेडखानी भयको थियो तेतिबेला मैले उहालाई भनेको थिए तर उहा भन्नुहुन्थ्यो ‘हामीले गर्ने के माथिकै व्यक्तिहरु संग न सोचाइ छ न उपाय न अध्यायन र क्षमता, जे छ त्यो कसरि तलब भत्ता र कमिशन पकाउने कसरि गुट्क्याउने भन्ने मात्र छ, यो बिकाश ब्याबस्थापन भन्नेकुरा तेस्तै हो बाबु, त आयपनी तेस्तै हो मा आयपनी तेस्तै हो!’
सच्चि यो देशमा मन्त्रि के आधारमा बन्छन र के आधारमा छानिञ्छन गाठे, भुटिभाङ्गो दिमाग बिचार सोचाइ चेतना योजना अनि बिकाश र परिवर्तनको रत्तिभर बिन्दु नभयको व्यक्तिहरु राजनीति गर्छन मन्त्रि बन्छन तेस्तै लाइ बनाउछन!
मन्त्रि बनाउनु अगाडी मन्त्रि बन्न चाहने व्यक्तिसंग उसले चाहेको मन्त्रालयको बारेमा सोचाइ बिकाश र योजना अनि कार्यान्वायानको लागि लगाब के छ कसरि भनेर एक शब्द सोधिदैन!
ए एल्लाई यो मन्त्रि बनाइदे, ओ के त यो मन्त्रि त त्यो मन्त्रि जा गाडिमा झनडाहालेर घुम तलब भत्ता पचा आफ्नो कसकसलाई जागिर लगाउनु छ लगा, कमिशन आयोभाने एतापनि भाग लगाउन नभुल!
हस!
यहिँ हो यो देशको तरिका,
अनि देश यत्रो बन्छ!
मज्जा लागयो अनि केहि लेख्न मन लाग्यो। म अहिले जाम्वियामा छु। यहाँ आएको हेहि समयमा मैले नेपाल पैसा पठाउनु पर्ने भयो। त्यसको लाीग वेस्टर्न युनियन खोज्दै गएको त त्यो त यहाँको पोस्ट अफिस अर्थात हुलाक कार्यालयमा पो रहेछ । यति मात्र हैन, मैले चलाउने इण्टरनेटको डंगोल (मोडेम) र डाटा सिम पनि हुलाक कार्यालयले नै वेच्दोरहेछ । हुलाक कार्यालय यति मात्र हैन, मोवाईल वैकिंगको काम पनि गर्दोरहेछ। हाम्रो देशमा पनि हुलाकले दिने सेवा सुविधाहरुलाई विकेन्द्रित गरियो भने पक्कै पनि हामीलाई फाईदा नै हुने थियो ।
अस्तिको दिन मात्र नागरिक समाचारमा हुलाक सेवाको बर्तमान अवस्थाको बारेमा समाचार पढेको थिएँ / इन्टरनेट अनि हात हातमा मोबाइल पुगेकोले हुलाक सेवाको प्रयोग हुन् छोड्यो भनेर लेखिएको थियो /
५ बर्ष अघि मैले युरोप बाट नेपाल आफ्नो घर पठाएको पत्र आज सम्म पुगेको छैन / त्यसमा मेरो फोटो हरु अनि केहि सामान्य महत्वका कागज हरु थियो / खोजि गर्दा काठमाडौँ सम्म पुगेको प्रमाण पाएको थिएँ / तर त्यो मेरो घर गाउँ पुग्न सकेन / त्यस घटना यता नेपाल पत्र पठाउने प्रयास गरिन किनकि नेपालको हुलाक सेवाले मेरो बिश्वास गुमाइसकेको थियो /
आधुनिक प्रविधि प्रयोग नगरेर वा गर्न नसकेर अनि इन्टरनेटले असर गरेको भन्ने तर्क वाईयात हो /
युरोप को बसाइको मेरो अनुभवमा इन्टरनेटले कुनै हुलाक सेवालाई असर गर्नको साटो मद्दत गर्न सक्छ / घरमा बसी बसी आफुले पठाएको पत्र कहाँ कुन समय पुगेको छ अनि कुन ठाउँको वितरण केन्द्रमा पुगेको छ भन्ने ट्रयाक गर्न सकिने सेवा इन्टरनेट को माध्यमबाट युरोपियन देशहरुमा छ / अनि यहाँको हुलाक मा सधैं मानिस हरुको लामो लाइन देख्न मिल्छ /
विश्वासिलो सेवा दिन सक्ने जुनै पनि व्यवसाय, संस्थान राम्ररी चल्न सक्छ /
के गर्ने जे गरे नि हुन्छ भन्ने धारणा जब सम्म रहन्छ , यस्तै देख्न र सुन्न पाइन्छ / कडाइका साथ नियम पालन हुन नसके सम्म यस्तै हो ll
खुल्ला प्रतिस्पर्धा को आधारमा सबैभन्दा सस्तो कम्पनी प्रयोग हुनु पर्छ | सरकारी सेवा हो भन्दै मा महँगो प्रयोग गर्नु उचित छैन |
नेपालमा कुन सेवा प्रदायक सरकारी छ र सरकारको विकास गर्नका लागी? सरकारी अफिसले निजी बैंकमा पैसा राखेर ब्याज हाकिमले खान्छन्, सवारी साधन सबै निजी-जसले जे गरे पनि भएकै छ, संचारसेवा प्रदायक निजी, महंगो शुल्क लिए पनि प्रयोग गर्नेै पर्छ, सरकारी अस्पतालमा चिकित्सक छैनन, सरकारी स्कूलमा शिक्षकलाई पढाउनु भन्दा राजनिती गर्नमा व्यस्त छन्, सरकारी आयल निगम घाटामा गए पनि कर्मचारीले बोनश पाएकै छन्, विदेशबाट सामान आयता गरेर भन्सार असुलिदर बढ्दा सरकार खुसी हुन्छ। यस्तो लथालिङ्ग देशमा जे गरे पनि भएकै छ क्यारे!!
इन्टरनेट तथा प्रबिधि ले मात्रै हुलाक नचल्ने भन्ने हुन्न ,बिकशित देश हरुको उधरहण हेर्ने हो भने त्यहाको हुलाक अझै पनि १ आम्दानी को मुख्य स्रोत रहेको छ,सरकारी काम तथा अन्य अत्ति आवस्यक काम हुलाक बाट नै गर्ने गरियो भने हुलाक अझै पनि चल्छ भन्ने मलाई लाग्द छ,राम्रो कुरा को त बिकशित देश को सिको गर्नु नि खाली नराम्रो कुराको मात्रै सिको गर्छन हाम्रो नेताहरु क गर्नु बिग्र्या घर को भत्केको छाल भन्ते तेस्तै होला सायद हाम्रो नेपाल………..
समय अनुकुल आफुलाई परिबर्तन गर्दै लान सकिएन भने आजको गतिशील युगमा अस्तित्व जोगाउनु गार्हो पर्छ, आधुनीक सुचना प्रविधिले सबै भन्दा बढी प्रहार गरेको हुलाक त्येसैको परिणाम बाट जोगिन नसकेको सबैले देखेकै हो, सुचना प्रबिधिले हाम्रोमा भन्दा पहिले अनि धेरै नै प्रगति गरेको परदेश तिर हुलाक अझै जीवित नै छ
कसरि ?
उत्तर……..कार्यक्षेत्र को पुनर्संयोजन
मैले देखेको हुलाकको रुपान्तरण
१.परम्परागत हुलाक सेवा सहित कुरियर सेवा(fedex DHL जस्तो ) सेवा उपलब्ध गराउने
२.सम्पूर्ण सरकारी अर्ध-सरकारी कर-महशुल (पानि, बत्ति, फोन, मालपोत,वा सबै खालको सरकारी कर ) संकलन केन्द्र को रूपमा सेवा प्रदान गर्ने
ति सेवाहरु संचालन गरे नागरिकले पनि सुबिधा पाउछ हुलाक पनि जोगिन्छ /
त्येतातिर सोचेको खै हुलाकी ब्रो हरु, कि टासेको टिकट उप्काउदै फुर्सद छैन?
१४ वर्ष अघि को कुरा हो काठमाडौँ बाट बाके जिल्ला पठाएको चिट्ठी छुट्टी मा घर गएर काठमाडौँ फर्किदा सम्म पुगेको थिएन ! हुलाक भन्दा बित्तिकै त्यो चिट्ठी को याद आइ रहन्छ !!!
तथ्यपरक, खोजमुलक र दबाबमूलक पत्रकारिताको उत्तकृष्ट नमुना !
धन्यवाद छ पत्रकार/ ब्लगर उमेश श्रेष्ठलाई
एस्तो सार्बजनिक चासोको सानो तर महत्वपुर्ण बिषयलाई सप्रमाण निष्पक्ष्य ढंगले उजागर गरेकोमा !
समय परिबर्तन संगै आफुलाई परिबर्तन गराउन नसक्नु नै नेपाल सरकारका सबै भन्दा ठुला कमीकमजोरी हरु हुन् …
सञ्चारमा जस्तो सुकै क्रान्तिकारी परिवर्तन आए पनि चिठी पत्रको आफ्नै बिसेसता छ. अमेरिका जहाँ internet र wifi जहाँ सुकै उपलब्ध भएता पनि यहाँ UPS, USPS ले लाखौ लाख चिठीपत्र ऒसरिरहेका छन्. यसलाई राम्ररी सुदुपयोग गर्न सक्नु पर्छ.
1. डेलीभरि गर्ने ठाउँ कति हुन् ? डेलीभारी गर्ने समान कति सय किलोग्राम हो ? सामान कति दिन भित्र बुझाई सक्नु पर्ने हो ? थाहा नपाई हुलाक संग के तुलना गर्नु ? हाम्रा हुलाक का कर्मचारी जिम्मेवार छैनन् ,समान बेलामा नपुगे ,पठाए जति नपुगे , बिग्रे भत्के वा च्यातिएर पुगे , वा चोरेर नपुगे हरयेछ भनि दिन्छन , कसैलाई केहि कार्यवाही हुदैन , नबुझाएको सामान पठाउने को मा फिर्ता पनि हुदैन / 2. कुरियेर बाट भनेकै समय र भनेजति ठाउँमा पुग्न सक्छ ,सरकारले पनि काम त छिटो र जिम्मेवारिकासाथ गर्नै पर्यो , बुझ्ने नभेटिए सामान फिर्ता आउँछ / अर्कोकुरा पठाउनेले 20-25% जति नजराना क्यास व्यक पाउने सर्त हुन सक्छ र बिल अलिक ठुलो देखिन्छ /
सरकारी कर्मचारीकै निजि कम्पनि त हैन कतै ? कि त कुनै लिंक छ, कमिशन छ । यस्ता कुराहरुको वाचडग होला नि हाम्रो देशमा ।