Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सुशीलको शपथमा ‘सूर्य’ ग्रहण : एमालेद्वारा शपथ बहिस्कार, सरकारमा पनि नजाने

Posted on February 11, 2014February 11, 2014 by Salokya

sushilkoiralaगृह मन्त्रालय दिने मौखिक सहमति कार्यान्वयन नभएको भन्दै दोस्रो ठूलो दल नेकपा एमालेले सरकारमा नजाने निर्णय गरेको छ। एमाले स्थायी कमिटीको बैठकले कोइरालाको शपथ ग्रहण कार्यक्रमलाई पनि बहिस्कार गर्ने निर्णय गरेको छ। यसले कोइराला सरकार गठनै नभई संकटमा परेको छ। खोलो तरेर लौरो बिर्से संसद सजग हुन्छ भनी ओलीले हिजै चेतावनी दिएको भए पनि तत्काल कोइराला सरकार ढल्नेसम्मको संकट भने हुँदैन। यो खाने कुरामा बार्गेनिङको प्रयासमात्र हो।

खाने कुरामा त यस्तो मिल्दैन भने संविधान निर्माणमा के गर्ने हुन् ?

एमाले र कांग्रेसबीच शासकीय स्वरुप लगायत संविधानका सैद्धान्तिक पक्षमा मतभेद छ।

प्रमुख साझेदार एमाले सरकारमा नआए पनि कोइरालाको शपथ म‌ंगलबार हुँदैछ।

तपाईँलाई के लाग्छ कांग्रेसले गृह मन्त्रालय एमालेलाई देला ? गृह मन्त्रालय नलिई एमाले सरकारमा सहभागी होला ? आफ्नो विचार तल कमेन्टमा लेख्नुस्।

रेग्मीको राजीनामा

दलहरु पदका लागि लुछाचुँडी गर्दैगर्दा राष्ट्रका नाममा अन्तिम सम्बोधन गरेका अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आफू सर्वोच्चमा नफर्कने घोषणा गरे। उनले प्रधान न्यायाधीश पदबाट आजैका मितिदेखि लागू हुने गरी राजीनामा दिइसकेको बताए।

कठिन परिस्थितिमा कार्यकारी प्रमुख बनेका रेग्मीले आफ्नो नेतृत्वमा संविधान सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएर आफ्नो उचाइ बढाइसकेका थिए। कार्यकारी प्रमुखबाट हटेपछि सर्वोच्चमा नफर्कने घोषणा गरेर उनले पदको लागि लडिरहेकाहरुलाई व्यङ्ग्य पनि गरे। यद्यपि शक्ति पृथक्कीकरणको सिद्धान्त अनुसार दुई पदमा सुरुमा नै नबसेको भए उनी त्यतिबेला पनि आलोचित हुँदैन थिए। जे भए पनि नेपालको इतिहासमा रेग्मीको नाम एउटा विशिष्ट अवस्थाको संक्रमणलाई सफलतापूर्वक पार गर्ने व्यक्तिको रुपमा सदा अंकित हुनेछ।

31 thoughts on “सुशीलको शपथमा ‘सूर्य’ ग्रहण : एमालेद्वारा शपथ बहिस्कार, सरकारमा पनि नजाने”

  1. akash says:
    February 12, 2014 at 11:44 pm

    केपी ओली को प्रधानमन्त्री पद नपाउदा, राष्ट्र प्रमुख हुने जुक्ति हो यो अरु केहि हैन, सत्ता को मोह हाम्रो देश लाइ निकै नै भरि पर्छ आउने भविस्य मा. यो एक वर्ष मा constituition न बने रगत बग्छ नेपालमा. राजाको सान्त स्वभाब र सेना को मौनता लाइ गम्भीरता पुर्वक लिन एकदम जरुरि छ. येही ताल कायम रहेमा नेपालि जनता अवस्य पनि अराब स्प्रिङ्ग आन्दोलन को बाटो उन्मुलन गर्न बाध्य हुने छन्.

    Reply
  2. Janak Bikram says:
    February 12, 2014 at 10:43 am

    खोलो तरे पछि लट्ठी किन चाहियो भन्ने प्रबृति धेरैमा भएकोले नेपालको बिकाश रा संबिधान समय मा हुदैन.

    Reply
  3. GURU says:
    February 12, 2014 at 9:38 am

    आफ्नै पार्टी मुतको पहिरो बनेको शुशिल कोइरालाको प्रम हुन जुन खालको सोच, कार्यनिती र तयारी चाहिन्थ्यो त्यो कही कतै भेटिएन। लाटोलाई बिहेको माला भिराइदिदा दङ परेको झै गरेर देशको प्रमुख कार्यकारी पद हाकिदैन। त्यसको निम्ती अहोरात्र खटिनु पर्छ, दिनै सयौ चुनौतिसँग जुध्नु पर्छ। एमालेको गृह मन्त्रालयको बिषयमा सरकारमा नजाने निर्णयलाई परै राखौ, शुशिलको आफ्नो पार्टीका आधा दर्जन नेता उपप्रम नपाए शुशिलको मन्त्रिमन्डलमा नजाने भनेर सपथ लिन मानेनन। प्रकाशमानले बिबिशिमा त सिधै भने उपप्रम नपाए सरकारमा जान्न। रामशरण यही कारण सपथ लिन मानेका थिएनन, पछी बिना बिभागीय मन्त्रीको सपथ लिदै उपप्रम बन्न पाईन्छ कि भन्ने आशा राखेर सपथ लिये। सिटौलाको चाहना पनि त्यस्तै छ, सकेसम्म उपप्रम सहित गृह मन्त्रालय लिने भनेर ताकेर बसेका छन। रामचन्द्र पौडेल र देउबा काङ्रेश एमाले गठबन्धन टुटोस र शुशिल सरकारबाट बाहिरिउन, त्यसपछी शुशिलले अन्य दललाई मिलाएर सरकार निर्माण गर्न नसकेको नाममा आफुले मिलाउने भन्दै प्रम तत्काल बन्न पाइयोस। शुशिल कोइरालाको यो निरिहताले चुनौतिको पहाड फुट्ने कुनै सम्भावना नदेखिने लक्षण देखापरिसकेका छन, यध्धपी जानकारहरुले पहिलापनी शुशिलको कार्यशैली प्रती पर्याप्त शन्का नगरेका होइनन। शुशिल आँफै खराब छन भन्ने लाग्दैन, तर उनी एस्ता प्रब्रित्तिले घेरिएका छन कि शुशिललाई लामो सास फेर्न समेत तिनले स्वतन्त्र ढंगले दिदैनन। शुशिल आँफै चाँही सानो झुन्ड भन्दा बाहिर गएर राजनीति हाँक्न सक्दैनन भन्ने कुरा उनको पार्टी भित्रको जात्राले प्रस्ट परेकाइ छ। कोइरालालाई सरकार सन्चालन गर्न निर्बिघ्न र मजबूत ब्याकअपको जरुरत रहन्थ्यो जुन एमालेको समर्थन र साथ बिना बिकल्प उपलब्ध छैन। यतिबेला शुशिललाई एमाले मिलाएर सरकार सन्चालन गर्नु जती चुनौती छ, त्यस भन्दा बढी उनको आफ्नै दलबाट बिशाल चुनौती छन।

    एमालेलाई गृह सहितका मन्त्रालय दिने र १३-१३ मन्त्रालय बाडफाड गर्ने कुरा लगभग सम्पूर्ण छापाहरुले बाहिर ल्याएका थिए। त्यतिन्जेल काङ्रेशका नेताहरु चुइक्क बोलेनन यदी बिषय गलत ढंगले सम्प्रेसन भएको थियो भने। तर जव शुशिल प्रम निर्वाचित भये अनी त्यसको ३० मिनट भित्र गृह मन्त्रालयलाई लिएर शुशिल कोइरालाको हुर्मत लिने काम पौडेल लगायत देउबा पक्षका नेताहरुले गरे। कती हास्यास्पद र जालसाझीपूर्ण तर्क अघी सरेका छन काङ्रेशका नेताहरुले भने त्यस्तो सहमती भएको भये ०७ बुन्देमा उल्लेख हुने थियो। कती कुरा लिखित हुन्छन कती अलिखित हुन्छन; कसलाई कुन मन्त्रालय दिने जस्तो बिषय लिखित अभिलेख राख्ने काम सामान्य मर्यादा अनुरुप समेत हुँदैन भन्ने सामान्य चेत नभएको त नहुनु पर्ने हो। काङ्रेशले आफुले चाहेको मन्त्रालय राखेर बाँकी मात्र अरुलाई दिने हैसियत छ काङ्रेशको? समर्थन फिर्ता लिएको १ सेकेन्डमा शुशिल कोइरालाको सरकार ढल्छ। अब एमालेले काङ्रेश भित्रको गुटसँग खेल्न चाह्यो भने कहाँ पुग्छ नेपाली काङ्रेश? ताजुब त के लाग्छ भने जसलाई ठगिएको छ, जसमाथी जालसाझी गरिएको छ उसैलाई दोश दिने काम हुँदैछ। लचकता देखाउदा ढुलमुले अनी अडान राख्दा बखेडा झिकेको भनेर आरोप लाउनेहरुले चाहेको के हो बुझ्न सकिदैन। काङ्रेश विश्वाश गर्न सकिने राजनीतिक शक्ती कहिले थिएन र होइन तर सम्सदको सम्रचनालेनै उसलाई शन्का सहित विश्वाश गर्नु पर्ने बाध्यताले प्रतिस्पर्धी दल बिच सहकार्य गर्नु परेको हो। नत्र भने काङ्रेश भ्रस्टचारिहरु जन्माउने झुन्डहरुको समुह हो। यसलाई स्वतन्त्र छोड्ने हो भने कुशासन र भ्रस्टाचार बाहेक केही प्राप्त हुँदैन भन्ने कुरा ईतिहास साक्षी छ। काङ्रेशको समाजबाद भनेको पञ्चायतमा बहुदल थपेर उसलाई सत्तामा लुट गर्न छोडेपछी पुरा हुन्छ। महत जस्ताको आर्थिक निती, देउबाको जस्तो शासन यसको उदाहरण हो।

    अब हेर्नुछ एमाले हुँडार जस्ता काङ्रेशी झुन्डहरुको अघी ढाडै भाचिनेगरी लचक हुन्छ वा राजनीतिक नैतीकता प्रदर्शन गर्छ।

    Reply
  4. Mk says:
    February 12, 2014 at 12:06 am

    बिचरा, सुशिल्दा २टा सुर्य हरु (१.सु ब था २. सुर्य चिन्ह को एमाले ) को बीच चेपुवा मा परेछन , अब भस्मै हुने हो कि, बाउको साथै आफ्नै बिहा के देखने हुन्, हेर्न बाकी छ/

    Reply
  5. krish says:
    February 11, 2014 at 9:41 pm

    कृषि प्रधान देशमा कृषि,उधोग,जलबिधुत मन्त्रालय कांग्रेश र एमाले को प्राथमिकतामा नपर्नु तर मालदार भनिएका मन्त्रालय मात्र रोज्नु भ्रस्ताचारको लागि तयारी गर्नु हो /

    Reply
  6. Raj says:
    February 11, 2014 at 8:26 pm

    नेपाली जनता जनार्दन लाइ पनि यी नेताहरु को सहि मुल्यांकन गर्ने पशुपतिनाथ ले सद्बुद्धि दिउन |

    Reply
  7. neerose says:
    February 11, 2014 at 8:23 pm

    गृह मन्त्रालय प्रधानमन्त्रि आफै वा सरकारको नेत्रित्वो गर्ने पार्टीको हुन्छ!
    यो एमाले बखेडा गर्दछ तात्तो न छारो!
    फेरी नेपालि कांग्रेसको सरकार बन्दा गृह र अर्थ मन्त्रालय कहिले अर्को पार्टीलाई दियको छ र गाठे!
    संबिधान बनाउन को लागि बनायको सरकारमा केको गृह र अर्थ भनेर बखेडा गरिरहेको हो खुरुक्क जुनजुन दिन्छ त्यो नसमातेर !
    एमाले एउटा बखेडा पार्टी र झन तेस्को ओली घामड नेता, अनि अहिले तिनैको हात माथि!
    अब यत्रो बन्छ संबिधान र भुत्रो बन्छ देश!

    Reply
    1. suzee says:
      February 12, 2014 at 3:18 pm

      बेहोस हुने गरि हासियो, उ जमाना को याद आयो ..यत्रो…….भुत्रो
      कुरो ठिक हो …….
      अब यत्रो बन्छ संबिधान र भुत्रो बन्छ देश!

      न बनि पो हाल्छ कि एउटा दरो संबिधान !!! के को यत्रो…….भुत्रो …नि ???????

      Reply
  8. chatur rai says:
    February 11, 2014 at 7:30 pm

    यसो नहुनु पर्ने हो , सानो र ठुलो भागको लागि लुछाचुडी ,

    Reply
  9. dharmendra says:
    February 11, 2014 at 7:02 pm

    कुनै बेला एक जना डाक्टर भनौदाले ” लिंग नभाको पार्टी ” भनेथे ! साच्चै जस्तो लाग्यो! तेत्रो अनाबस्यक मन्त्रालयहरु भाको देशमा एमाले लागि को फेरी एउटा ” नपुंसक तथा तेर्सो लिंगी कल्याण ” मन्त्रालय स्थापना गर्न के ठुलो कुरा भो र ?

    Reply
  10. Abhinav says:
    February 11, 2014 at 6:39 pm

    होइन हो यो नेपाली जनता कैले सम्म भ्रममा बस्ने हो
    था छ कि यिनी कुहिएका आलु हरुबाट नेपालि जनताका सपना पुरा हुँदैनन्
    फेरी पनि घुमाइ फिराइ यिनै कुहिएका आलु हरु किन ?
    गोकर्ण- गगन हरुको पछि लागौं
    यिनी माथिल्ला नेता लाइ बोल्नै नमिल्ने रोग लागे मात्र यिनीहरु पाखा लाग्छन
    देशको त बलात्कार नै गर्ने भए यिनी हरुले

    Reply
  11. aryab man singh basnyat says:
    February 11, 2014 at 6:37 pm

    होइन हो यो नेताहरु त स्कूलमा ससाना केटाकेटी झगडा गरेको जस्तो प गर्छन त … के सारो बिग्रेका !!! अब त हग्नेलाई भन्दा देख्नेलाई लाज भनेको जस्तो … हामी नेपाली जनतालाई पो लाज लाग्न थाली सक्यो !!! के अब संबिधान बन्छ त ? देश र जनता ले निकासा पाउनु भनेको नमरी स्वर्ग जानु जस्तै भो अब !!!

    Reply
  12. Shankar says:
    February 11, 2014 at 5:54 pm

    यो एमाले ,कांग्रेस ले जनता लाइ वाक्क ,ब्याकक लाग्ने सिबाय केहि काम गर्दैन | ४६ साल तिर अति भएपछी जनता फेरी राजतन्त्र सक्रिय भैदे हुन्थ्यो भन्ने अवस्थामा पुगेको थियो |
    ज्ञानेन्द्र ले तेसै बाट केहि फाइदा लिएका थिए |
    फेरी रक्सि पुरानै बोतल फरक भनेजस्तो हो | खेल उही हो |
    अफिस , बिश्वबिद्द्यलय मा आफ्नो कार्यकर्ता भर्ने , तरुण दल, तरुनी दल , युथ फोर्स ,सक्रिय हुने , भ्रास्ताचार ले सगरमाथा आरोहण गर्ने आदि आदि |
    आम जनता पहिले राजा पट्टि फर्कने अप्सन थ्यो , अब त्यो पनि रहेन |
    मावोबादी , मधेसी दल तिर मुख फर्काउ चोर लाइ छोडेर डाका समाए जस्तो |
    उनीहरुले आर्को १० बर्ष पुग्ने गरि आफ्नो पहिचान बनाइसके |
    भनेपछि कांग्रेस , एमाले बाहेक आगामी दिन मा अरु कसैको नाच देख्न न पाइने भो |

    Reply
  13. Baburam says:
    February 11, 2014 at 5:38 pm

    सम्मानीय पूर्व प्रधान न्यायधिश श्री खिलराज रेग्मी बाट सिक नेता हो कति दुनिया हसौचौ .

    Reply
  14. Janak Bikram says:
    February 11, 2014 at 5:31 pm

    सहमति गरेको हो भन्ने पालना गर्नै पर्छ! त्यों जस्ले जो संग गरेको भएपनि!

    Reply
  15. ashok says:
    February 11, 2014 at 5:22 pm

    साथीहरु ….नेपालमा गणतन्त्र आए पश्चात परधान्मंत्रिको
    सफत संगै पदको भागबन्डामा हरेकपल्ट झगडा हुञ्छ..सत्ता पक्क्क्ष्यले तिकाउन खोज्छ बिपक्छले ढाल्न खोज्छ ..अनि यहिँ सृन्खाला चल्दा चल्दै समय.बितेको थाहै पाउदैनन अनि सम्भिधान र सान्ति ओझेलमा परिसकेको हुञ्छ ..यसको मुख्य कारण भारतीय ” र ” जासुशिको हात हो .गोरु नेताहरु आपसमा मिल्न सक्दैनन् विदेशीले हड्डी फ़ाल्दिञ्छ..झगडा गराइदियो.अशान्ति मच्चाइदियो राजनीति सधै अस्थिरता बनाइदियो..अनि आफ्नो स्वार्थ लुट्यो .हामीले भोट दिई पर्तिनिधी बनाइ माथि पठायो धोतीको ताङ्गमुनि खै के रहेछ त्याहाँ त दुर्गन्धित हुन पर्ने तर ..हाम्रा नेताहरु नतमस्तक भैदिञ्छन ..यसचोटी एमालेको ओली लाइ पनि तेस्तै भएछ .ओम शान्ति ..शान्ति ..

    Reply
  16. prakash says:
    February 11, 2014 at 5:15 pm

    सत्ता का लागि जे पनि गर्ने, दौडन खोज्ने तर हिड्न पनि नसक्ने तेस्रो लिंगी पार्टी हो यो एमाले | हैन अलि कति लाज त लग्नु पर्छ नि गाँठे, कांग्रेस एस्तो छ भने थाहा पाए पछि किन लिखित सहमति नगरी प्रधानमन्त्री मा समर्थन गर्नु ? एस्तो पार्टी समर्थन गर्ने अनि एसको पछि लगेर हिड्ने हरु को चाला देखेर मलाई त अचम्म लगेर आउछ थुक्क !!!

    Reply
  17. Dhital Oasis says:
    February 11, 2014 at 4:55 pm

    एमाले को दरिद्र औकात हेर्दा माया लाग्छ यार,,,,,३४ सिट जित्दा पनि २-२ जना प्रधानमन्त्रि,,,के गरेओ….अब गृह नपाय सरकार मा नजानी रे…..फेरि काँग्रेस का भ्रस्ट हरु को मति किन बिग्रियो…..बाबुराम प्रधानमन्त्रि हुदा फोरम लाई गृह देकै हो नि…….भ्रस्ट हरु लै जनता र संबिधान को माया छ र……..उही अब गृह १ महिना काँग्रेस र फेरि अर्को महिना बाट एमाले को बैक मा transfer गर्नी होला नि……….मोज भोज सब छ नि यिनी हरु लै…….रत्नपार्क मा बुद्धि किन्न पाउनि भय पनि २-४ पैसा खर्च गरेर बुद्धि हालिदिनु हुनी थीओ के गर्नु नपौनि

    Reply
  18. कृष्ण भरद्वाज, सिडनी ऑस्ट्रेलिया says:
    February 11, 2014 at 4:51 pm

    जे सुकै गरुन, जनता नै भेडा हुन् एस्ता लाई किन चुनाब जिताउनु ??

    Reply
  19. mahesh says:
    February 11, 2014 at 4:25 pm

    कांग्रेस संग उधारो सहमति गर्ने अनि धोका खाने अनि अन्तिम मा तेसै मा घिसरिने त एमाले को पहिचान नै हो नि.

    Reply
  20. bibek dhakal says:
    February 11, 2014 at 4:04 pm

    जनताहरु हामि सारै सहनसिल भयौं | देश बिदेशमा बगेको हाम्रो रगत,पसिना, समय बाट जम्मा भएको ढुकुटी रित्याएर हाम्लाई १ बर्षमा संबिधान दिन्छु भनेर बाचा गैर भोट मागेका नेताहरुले बिदेशीको निर्देशनमा चलिरहेको नाटक हाम्रो अगाडी मन्चन गर्दा, गोलि हान्नुपर्ने यस्ता नौतनकिहरुलाइ हामि गोलभेंडा समेत हान्न सकिरहेका छैनम| लौन जनताहो अब त जागम, कि यिनलाई हामि सबै मिलि लखेट्नु पर्यो नसके लेखेट्न खोज्नेहरुलाई सहयोग गर्नुपर्यो ( लखेट्नु को अर्थ धेरै लाग्छ, मेटाफोरिकल्लि बुझ्नु होला !)

    Reply
  21. sagar rijal says:
    February 11, 2014 at 3:39 pm

    नेपाली कांग्रेश अहिलेसम्ममा सबैभन्दा बढी सत्ताको भोगी पार्टी हो , एमालेलाई यसरी बेकुपनै बनाउनु नपर्ने , एमालेले सत्ताको लागि र मन्त्रालयको लागी धेरै बार्गेनिङ्ग गर्‍यो , एमालेलाई संबिधान भन्दा सत्ता प्यारो छ………. आदी आरोप लगाए , हामी जनता जब सत्ताको कुरा आउछ , हो मा हो भनि हाल्छौ । यसलाई राम्रो सँग क्यास गर्छ कांग्रेश । तर, एमालेको सहयोगमै सत्तामा पुगेको कांग्रेशले आफू बाहेक अन्य दल , बिषेशगरी एमालेलाई पङगु बनाउन खोज्छ भने कांग्रेश साँच्चै संबिधान बनाउन तयार छ भन्नेमा शँका छ ।

    Reply
  22. ekraj says:
    February 11, 2014 at 3:26 pm

    यी ब्वाँसा र स्यालहरु संबिधान लेख्न गएका होइनन, इनिहरु त लुट्न गएका हुन्| तेसैले बौलाहा कुकुर जस्तै गरि अरुलाई टोक्ने र हड्डी खोसा खोस मै इनिहरुले जीवन बिताए| सत्य कुरा गर्नेहो भने त्यो भन्दा बडी यी मुर्ख स्वाँठहरुले जानेका पनि के छन् र ?

    Reply
  23. हरि हर शर्मा says:
    February 11, 2014 at 2:20 pm

    गृह नै चाहियो को मतब त केहि त गडबडी छ /

    Reply
  24. dk says:
    February 11, 2014 at 2:12 pm

    एमाले भनेको जहिले पनि सत्ताको नजिक बस्ने पार्टी हो, सत्तामोह एमालेको राम्रो गुण, संबिधान त फगत बहाना हो ,

    Reply
    1. Sabin says:
      February 12, 2014 at 12:04 am

      बिजुक्छे र चित्र बहादुर का पार्टी बाहेक सबै सत्तामोह भएका पार्टी हुन्, के एमाले मात्र भन्या मित्र ? अबस्य एमाले पनि सत्तामोह भएको पार्टी हो |

      Reply
  25. Baburam says:
    February 11, 2014 at 2:09 pm

    हड्डी को कुकुरहरु लड्दै छन् हरौउ कसले जित्ने हो

    Reply
  26. Bhola Koirala says:
    February 11, 2014 at 1:57 pm

    हेर्दै जानु होला…..फेरि कुनै मालदार मन्त्रालय पाए पछि यो एमाले भन्ने दल मन्त्री खान हामफाल्दै जान्छ….यस्ला खाली माल भए पुग्छ….देश र जनताको केहि वास्ता छैन एमालेलाई….

    Reply
    1. Basant says:
      February 11, 2014 at 4:04 pm

      एस्ता पार्टीलाई भोट हाली दोस्रो ठुलो दल बनाउने बन्धु हरुलाई धेरै धेरै धन्यबाद अझ पनि बुद्धिको बिर्को खुलेको छैन होला क्यारे

      Reply
  27. लौटन अवधि says:
    February 11, 2014 at 1:53 pm

    मैले यो भन्दा अघि कै लेख मा भन्या हो साथि हरु ले लाइक भन्दा डिस लाइक धेरै गर्नु भाको थ्यो !

    “एमाले पार्टी आफु रछ्यान मा बसेको छ जो हात मिलाउन जान्छ त्येश लाइ तानेर रछ्यान मै ल्याउछ ! हिजो माओबादीलाई रछ्यान मा हाल्यो अब कांग्रेस लाइ हाल्दै छ ! कमल थापा को सब्द सापटी मा “बिचरा” सुशील कोइराला लाइ नि रछ्यान मै हालेर छाड्ने छ एमाले ले !!!

    Reply
  28. avash rimal says:
    February 11, 2014 at 1:49 pm

    संविधान बनाउने मुख्य काम हो यी दलका नेताहरुको .. देशको लागि सक्छौ भने केहि गर सक्दैनौ भने झगडा नगर … कुर्सि को लागि राजनीति नगर बरु घरको सोफामा लडेर बसे बेस !!! जय देश !!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme