Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

को-को बन्दैछन् मन्त्री ?

Posted on February 10, 2014February 10, 2014 by Salokya

दोस्रो संविधान सभाको निर्वाचनपछि पहिलो पटक सुशील कोइराला जननिर्वाचित प्रधानमन्त्री भए। सुशील कोइरालाको पक्षमा ४०५ विपक्षमा १४८ मत पर्‍यो। शपथ सुरुमा बुधबार हुने कुरा आए पनि मंगलबारै हुने भनिएको छ। मन्त्रीहरु चाहिँ को-को हुँदैछन् त? मन्त्री हुन चाहनेहरुको लिस्ट लामो छ। तर त्यसमध्ये केही चाहिँ कन्फर्म मन्त्रीको लिस्टमा छन्। मन्त्रालयहरुमा दुई ठूला दलले आधा आधा मन्त्रालय बाँड्ने सहमति भएको रहेछ। सरकारमा सहभागी हुने साना दललाई यी दलले आफ्नो भागमा पर्ने मन्त्रालय दिने रहेछन्।

कन्फर्म मन्त्रीको लिस्टमा दुई उपप्रधानमन्त्रीहरु छन्। एमालेले उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा सरकारमा जाने निर्णय गरिसक्यो। त्यो हिसाबले उनी मन्त्रिमण्डलमा दोस्रो वरियताका साथ गृह मन्त्रालय सम्हाल्ने छन्।

केपी ओलीलाई संसदीय दलको नेता बनाउन उधारो सम्झौता गर्‍यो भनेर उडाउनेहरुले अब उनी गृहमन्त्री बनेको देख्ने छन्। गृह मन्त्रालय आफैसँग राख्ने कांग्रेस को दाउ थियो। तर बार्गेनिङको क्रममा त्यो छाड्नु पर्‍यो।

यसअघि पहिलो संविधान सभाको निर्वाचनपछि पनि प्रचण्ड नेतृत्वको सरकारमा वामदेव दोस्रो वरियताका साथै गृहमन्त्री थिए। त्योभन्दा अघि लोकेन्द्रबहादुर चन्द नेतृत्वको मन्त्रिमण्डलमा पनि उनी उपप्रमसहित गृह मन्त्री थिए।

अर्का कन्फर्म उपप्रधानमन्त्री हुन् नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंह। उनले कुन मन्त्रालय पाउने हो त्यो निश्चित नभए पनि सुशील कोइरालाले उनलाई धेरै अघिदेखि नै उपप्रधानमन्त्री दिने सहमति गरेको भनिन्छ।

अर्का एक जना पनि उपप्रधानमन्त्री बन्ने कुरा छ तर त्यो हुने नहुने संभावना उत्तिकै छ। उनी हुन् फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार। बाबुराम भट्टराईको सरकारमा पनि उपप्रम भइसकेकाले मर्यादाक्रममा उनलाई उपप्रम दिनुपर्ने रे। कुरो मिलेमा उनले उपप्रमसहित मालदार मन्त्रालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाउने छन्। सुशील कोइरालाले स्वच्छ छविकालाई मात्र मन्त्री बनाउने मापदण्ड तोके भने गच्छदार पर्लान् ? [अपडेटः कांग्रेस एमालेले वास्ता नगरेको भन्दै गच्छदारले सुशील कोइरालाको विपक्षमा मतदान गरेका छन्]

कुन मन्त्रालय कसलाई ?
कांग्रेसले कुन कुन पार्टीलाई सरकारमा सहभागी गराउने निर्णय गरिसकेको छैन तर सकेसम्म धेरैलाई सहभागी गराउने भनेको छ। एमालेलाई राष्ट्रपति उपराष्ट्रपतिको चुनावमा फकाउन धेरै समय लगाउनु परेकोले मन्त्रालय बाँडफाँटको टुङ्गो लागिसकेको छैन। तर मोटामोटी सहमति अनुसार कांग्रेस र एमालेलाई यसरी मन्त्रालय भागवण्डा गरिएको छ-

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय- कांग्रेस
रक्षा मन्त्रालय – कांग्रेस
परराष्ट्र मन्त्रालय – कांग्रेस
सूचना तथा संचार मन्त्रालय – एमाले
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय – एमाले
गृह मन्त्रालय- एमाले
वाणिज्य तथा आपूर्ति मन्त्रालय – कांग्रेस
अर्थ मन्त्रालय – कांग्रेस
कानून तथा न्याय मन्त्रालय – कांग्रेस
उर्जा मन्त्रालय – कांग्रेस
सिंचाइ मन्त्रालय – कांग्रेस
संस्कृति पर्यटन नागरिक उड्डयन मन्त्रालय – एमाले
शान्ति तथा पुनर्निर्माण मन्त्रालय – कांग्रेस
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय – एमाले
श्रम तथा रोजगार – एमाले
सामान्य प्रशासन मन्त्रालय – कांग्रेस
भूमिसुधार तथा व्यवस्था मन्त्रालय – एमाले
शिक्षा मन्त्रालय – एमाले
वन तथा भूसंरक्षण मन्त्रालय- एमाले
उद्योग मन्त्रालय – कांग्रेस
कृषि विकास मन्त्रालय – एमाले
भौतिक योजना तथा निर्माण मन्त्रालय – फोरम लोकतान्त्रिक
युवा तथा खेलकुद मन्त्रालय- एमाले
विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय- एमाले
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय- एमाले
सहरी विकास मन्त्रालय- कांग्रेस

यसमा साना दललाई सहभागी गराउन कांग्रेसले ३ र एमालेले ४ मन्त्रालय छाड्ने छन्।

मन्त्री बन्ने चर्चा
मन्त्री बन्न सक्ने भनी चर्चामा आएका कांग्रेसतर्फका नामहरु
रामशरण महत
महेश आचार्य
दिलबहादुर घर्ती
फर्मुल्ला मन्सुर
ह्रदयराम थानी
बद्री पान्डे
धनराज गुरुङ
विमलेन्द्र निधि
पूर्णबहादुर खड्का
ज्ञानेन्द्रबहादुर कार्की
एनपी सावद
प्रकाशशरण महत

24 thoughts on “को-को बन्दैछन् मन्त्री ?”

  1. Bijaya says:
    February 11, 2014 at 12:05 pm

    एक दुइ जना बाहेक पुरानै पटकेहरुको पो नाम छ बा! सुशिलबाले केहि नया गर्लानकी भनेर आश गरेको त्यो नहोला जस्तो पो छ त!

    Reply
  2. kale says:
    February 11, 2014 at 6:58 am

    सुजता,गच्छदार जस्ता लुटेरा चैँ मन्त्री नबनुन।

    Reply
    1. नेपाल बहादुर शिंह says:
      February 11, 2014 at 1:00 pm

      सुजाता र गच्छेद्दार मात्र किन?बले चाहिं कता गए नि ?राम शरण पनि कम छैन !

      Reply
  3. Ranjan,Boston says:
    February 10, 2014 at 8:59 pm

    उर्जा मन्त्रि गोकर्ण विस्टलाइ दिनुपर्ने हो कांग्रेसको भागमा परेछ र गगन थापालाई पनि मन्त्रि बनाउनुपर्छ|

    Reply
    1. Ranjan,Boston says:
      February 11, 2014 at 12:14 am

      Unlike गर्ने साथीहरुले आफ्नो धारणा पनि राखिदिए धेरै राम्रो हुन्थ्यो| गोकर्ण विस्ट उर्जामन्त्रि हुदा गरेका सकारात्मक कामहरुलाइ साथीहरुले बिर्सेका हुन् कि !!

      Reply
  4. dharmendra says:
    February 10, 2014 at 7:27 pm

    बामदेब उपप्रधानमन्त्री ? मोज गर सुन तस्करहो / अब तेस्ता सुनले भरिएको गाडी सिधै जहाज बाट काठमाडौँ विमानस्थल मा कति हो कति /

    Reply
    1. jeevan verma (kaka) says:
      February 11, 2014 at 4:57 am

      ुन त न कनग्रेस्स्सि न एमाले मेरा आमा तिर क न बाबु तिर का तर बामे ले मात्र भ्रस्टाचार गर्छ भनेको सुन्दा कनग्रेस्सि हरु हास्दै होलान| कनग्रेस्सि लाई भस्तचर मा कसै ले पछार्न सक्दैन | हो गुण्ड गर्दी मा भने डा काजु कान्छा (डा. काका ) नै अग्रणी हुनु हुन्छ |

      Reply
  5. abhi says:
    February 10, 2014 at 7:05 pm

    खास खेल यस्तो छ – एमाले संसदीय समितिमा ओली-गौतमको पकड छ र त्यही भएर ओली संसदीय दलको नेता भए. अर्को तर्फ़ केन्द्रिय समितिमा नेपाल-खनालको पकड छ. र ओली प्र.म. होलान् कि भनेर माकुनेले केन्द्रिय समिति बाट एकै रातमा कांग्रेसलाइ सपोर्ट गर्ने निर्णय गराए. नत्र एक दिन अगाडी सम्म राष्ट्रपतिको कुरामा नमानेको एमाले एकै रातमा कसरि उल्टियो?

    Reply
  6. ekraj says:
    February 10, 2014 at 7:05 pm

    सुशील ले स्वोक्ष्य छबि न भएका लाई मन्त्रि न बनाउने कुरा गरेका थिए रे? एदि उनको यो अडान हो भने कांग्रेस र एमाले मा तेस्ता सबासद कहाँ खोज्न जाने? यो ठुलो बिडम्बना हुञ्छ|
    जे होस्, कुजाता जस्ता चरित्र हिन भ्रस्ट र बिजय गच्छादार जस्ता नैतिक नभएको भ्रस्ट औसरबादी हरु मन्त्रि बनेको सुन्नु नपरोस यो कानले| सके इनिहरुलाई जेल हाले हुञ्छ| तेसो गरे भने सुशील को पालोमा अलि अलि भए पनि विधिको बिधान सुरु हुन लग्यो भन्न मिल्थ्यो होला?
    येसो नाम हेर्दा कतिपयेले दोहोरी तेहराई लुट्ने मौका भने पाई सके जस्तो लग्यो|
    सुशील लाई जिबन को उत्तरार्ध मा हरियो काँक्रो पाएकोमा बधाई|

    Reply
  7. mahesh says:
    February 10, 2014 at 6:32 pm

    एउटा मन्त्रि मलाई बनाउन पर्दछ.

    Reply
  8. Sisir says:
    February 10, 2014 at 5:47 pm

    सुशील कोइरालाले स्वच्छ छविकालाई मात्र मन्त्री बनाउने रे !!!
    २०४६ साल सम्म सम्पतिको नाममा सुको दाम कौडी नभएका , मन्त्रि बनेर काठमाडौँ मा घर र पजेरो जोडेका , कमाइको नाममा राजनीति प्रा लि बाहेक कुनै ब्यबसये नभएका , महिनामा लाखौ खर्च गर्न सक्ने बामदेवलाई के भन्ने ??
    वामदेव गौतम गृह मन्त्रि = एरपोर्टबाट सुन तस्करी , सभासद किन्न सुरा र सुन्दरी
    इतिहासले येस्तै भन्छ ..

    Reply
  9. Hari Prasad Lamichhane-Saudi Arab says:
    February 10, 2014 at 5:30 pm

    बिजय कुमार गद्धार मन्त्रि बन्न न सकोस/ नपाओस भनेर सामाजिक संजालमा अभियान चलाउन पर्यो साथि हो |

    Reply
  10. SURENDRA hongkong says:
    February 10, 2014 at 4:44 pm

    खाने परे सबै जना ले भाग बन्डा गरेर /चल्ला नि ४,५ महिना जति यो सरकार पनि /बामदेब सर् गृहमंत्री हुदा राजधानी का रेस्टुरेन्ट लगभग बन्ध हुने भए अब /

    Reply
  11. rajan says:
    February 10, 2014 at 4:44 pm

    मेडिकल माफियाका दिन आए जस्तो छ ….स्वास्थ्य र शिक्षा मन्त्रि दुवै एमाले को पोल्टामा जाने भएपछी राजेन्द्र श्रेष्ट हरु लाइ मालामाल हुने भयो…योजना त यस्तो पनि हुन सक्छ कि राजेन्द्र श्रेष्ठ आफैं शिक्षा मन्त्रि बन्ने अनि आफुले लगानी गरेर खोलेका मेडिकल कलेजलाई मान्यता दिलाउने..हेर्दै जाउँ अगाडी के के हुन्छ, के के देख्न पाइन्छ…..

    Reply
    1. rajan says:
      February 10, 2014 at 4:46 pm

      राजेन्द्र पाण्डे हुनु पर्नेमा राजेन्द्र श्रेष्ठ भएछ..सच्चाएर पढ्नु होला

      Reply
  12. Prabin says:
    February 10, 2014 at 4:42 pm

    बामदेव गौतम ले २०४६ साल मा प्रजातन्त्र पश्चात आफ्ना छोरा लाई सहिद को छोरा छोरि को कोटा मा विदेश मा छात्रवृति दिलाएर पढ्न पठाए भन्ने सुन्यो हो ! यो कति को साचो हो ? येदि साचो हो भने येस्पलि बामदेव गौतम को नाती को पालो हो कि विदेश मा छात्रवृति दिलाएर पढ्ने ?

    Reply
  13. muna kashyap says:
    February 10, 2014 at 4:41 pm

    सुशील कोइराला नेत्रित्वो को सरकार बाट देशमा पूर्ण लोकतान्त्रक संबिधान बन्ने कार्यको थालनी भयको लछ्यन देखा परेको छ , नेपाली जनताले बिगत लामो समय बाट पायको अस्थिरता को अन्त्य होस् भन्ने कामना गरौँ !

    Reply
  14. xyz says:
    February 10, 2014 at 3:47 pm

    मेडिकल माफियाको जगजगी बारे कुरा उठिरहेको सन्दर्भमा शिक्षा मन्त्रालयलाइ कांग्रेस ,एमाले दुबैले नराखी कुनै तेस्रो दलको निस्कलंक छबि भएको व्यक्तिलाई दिनु सबैको हीतमा हुने देख्छु.

    Reply
  15. Shankar says:
    February 10, 2014 at 2:26 pm

    ”घुमी फिरी रुम्जाटार” कुकुर लाइ मासु पैचो दिएर ये अब त् न खाइदेलाकि भनेर पर्खनु पर्ने नेपालीको भाग्य |

    Reply
  16. Rmesh says:
    February 10, 2014 at 2:06 pm

    ् जे होस् जिबन को उतरर्ध तिर प्रधान मन्त्रि बन्न पाए उपचार लागि चै अलि सरल हुन्छ | शुशिल कोइराला को नि सौभाग्य नै भन्नु पर्छ | राज्य ले VIP हरु को उपचार चै राम्ररी गर्न पौने रैछ नेपाल मा |

    बामदेव गृह मन्त्रि बने बने मापसे कर्ता हरु लाइ गारो पर्ला .. डान्स बार को बिसिनेस नि खत्तम होला भन्ने चिन्ता गर्दैछन अर्थविद हरु 🙂

    Reply
  17. sujan joshi says:
    February 10, 2014 at 1:16 pm

    बामदेब फेरि गृहमन्त्री भए त राजधानी ९ बजे नै बन्द गर्ने होला फेरि ….. रेस्टुरेन्त बार वाला हरु अनशन बस्लान है 🙂

    Reply
  18. jiwan says:
    February 10, 2014 at 12:27 pm

    ये प्रभु

    जो भए पनि होउन तर बिन्ति छ यो विजयकुमार गच्छदार लाई मन्त्रि नबनाऊ. यो ढोंगी लाई मन्त्रि सुन्न नपरोस.

    Reply
    1. xyz says:
      February 10, 2014 at 3:05 pm

      What a stupid, he voted against Koirala, how could he be a minister?

      Reply
      1. Hari Prasad Lamichhane-Saudi Arab says:
        February 10, 2014 at 7:07 pm

        bro XYZ it seems you are the only mindful person among mysansar readers !…… if he gets minister, BKG (bijay gachhedar) will join congress party from tomorrow…….. LOL 🙂

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme