छिमेकी देश भारतमा सर्वोच्च अदालतले समलिङ्गी यौन सम्बन्धलाई गैरकानुनी भन्दै आजिवन कारावाससम्मको सजाय हुने फैसला सुनाएको थियो। अधिकारकर्मीहरुको विरोधपछि सरकारले फैसला पुनरावलोकन गर्न याचिका दायर गर्ने बताएको थियो। हिजो त्यो याचिकालाई पनि सर्वोच्चले अस्वीकार गरिदियो। पश्चिमा धेरै देशमा पनि समलिङ्गी सम्बन्ध र विवाहलाई मान्यता छैन। तर हाम्रो देश नेपाल भने यो मामिलामा निकै अगाडि छ। सर्वोच्चले आजभन्दा ६ वर्षअघि नै समलिङ्गीहरुलाई समान अधिकार दिनुपर्ने फैसला गरेको थियो। अमेरिकी समलिङ्गी जोडीले समेत नेपालको दक्षिणकाली मन्दिरमा हिन्दु परम्परा अनुसार बिहे गर्दा कसैले विरोध गरेन। अहिले त तेस्रो लिङ्गी लेखिएको नागरिकतासमेत दिइन्छ।
गएको वर्ष एउटा अनौठो केसमा पनि सर्वोच्चले समलिङ्गी जोडीलाई सँगै बस्न दिनु पर्ने फैसला गरिदियो। प्रेमकुमारी नेपाली र रजनी शाहीको यो समलिङ्गी जोडीलाई छुट्याउन परिवारले निकै कोशिश गरेको थियो। विवाह भएर एक छोरीकी आमासमेत रहेकी रजनी अहिले सर्वोच्चको फैसला अनुसार परिवार छाडेर समलिङ्गी साथीसँग बसिरहेकी छिन्। समलिङ्गीहरुका लागि निकै महत्व राख्ने यो फैसलामा के छ ? आउनुस् हेरौँ।

यो फैसलामा सेक्स, उदार जीवन शैलि र विवाहसम्बन्धी महत्त्वपूर्ण आदेश दिइएको छ। केही बुँदा यस्ता छन्-
• आफ्नो शरीरको मालिक व्यक्ति आफैँ
आफ्नो शरीरको मालिक व्यक्ति आफैँ हुने र आफ्नो शरीरको उपयोग यौनकृयाको लागि कसरी उपयोग गर्ने भन्ने कुरा पनि व्यक्तिको आफ्नो स्वायत्तताको विषय हुने हुनाले नितान्त वैयक्तिक स्वायत्तताको विषयमा समाज वा राज्यले हस्तक्षेप गरी नियमित गरिरहनु आवश्यक हुँदैन।
आफ्नो अंग र आफ्नो स्वभावहरु आफ्ना निजी वैशिष्ट्य हुने हुनाले तिनले कुनै अयोग्यता सिजना गर्ने नभई तदनुकुल तिनको प्रयोग वा प्रचलन गर्न पाउनु सम्बन्धित व्यक्तिको नैसर्गिक हक हो।
• विवाह गरेपछि पत्नीले पतिसँगै बस्नुपर्दैन
संवैधानिक हकहरुको क्रियाशिलताको सम्बन्धमा महिलाको हकमा विवाह अघि र विवाह पछि कुनै खास शर्त वा बन्देज लगाएको देखिएको छैन।
उल्लिखित संवैधानिक व्यवस्थाको अतिरिक्त वैयक्तिक स्वतन्त्रताको सन्दर्भमा
हेर्दा मुलुकी ऐन, विहावरीको महलमा व्यवस्थित कानूनी व्यवस्था विवाहसँग सम्बन्धित
देखिए पनि विवाह गरेपछि पत्निले पतिसँगै बस्नैपर्ने बाध्यात्मक दायित्व तोकेको देखिँदैन।
• विवाह गरेको आधारमा पत्नीको स्वतन्त्रता पतिले सीमित गर्न पाउँदैन
विवाहको परिभाषा र विधि जात, जाति, धर्म र संस्कृतिअनुसार फरक–फरक हुन सक्दछ।
परन्तु, प्रचलित कानूनअनुसार विवाह गर्नुको अर्थ पति पत्निबीचको सम्बन्ध स्थापना गर्नु हो। त्यसो भनेको वैयक्तिक स्वतन्त्रता संकुचन गर्नु भन्ने होइन।
• विवाह गरी वा नगरी जोसँग पनि बस्ने निर्णय व्यक्तिको हो
विवाह गरी वा नगरी समान लिंग भएकासँग वा विपरीत लिङ्ग भएकासँग पृथकपृथक
रुपमा वा साझेदारको रुपमा जीवनयापन गर्ने भन्ने कुरा व्यक्तिहरुले नै निर्णय गर्ने कुरा
हो।
• विवाह नगरी सँगै बस्न कानुन अभावले रोक्न सकिन्न
विवाह कानूनी विषय भएकोले विवाहित सम्बन्ध कायम राख्न खोजेको भए तत्सम्बन्धी कानूनी शर्तहरु पूरा गर्नुपर्ने हुन्छ भने विवाह नगरेर पनि सँगै बस्नलाई कानूनको अभावले मात्रै रोक्न सक्ने देखिँदैन।
• उमेर पुगेकाले जसरी सेक्स गरे पनि प्रश्न गर्ने अधिकार छैन
यो मान्यतालाई स्वीकार गरी यस अदालतबाट सुनिलवावु पन्त विरुद्ध नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसमेत भएको उत्प्रेषण, परमादेश र प्रतिषेधको रिट निवेदनमा “कानुनले निर्धारण गरेको उमेर पूरा गरेका व्यक्तिहरुले कसरी यौन सम्पर्क (Sexual intercourse) राख्दछन् र त्यस्तो सम्पर्क प्राकृतिक अप्राकृतिक के हो भनी प्रश्न गर्ने अधिकार कसैलाई पनि प्राप्त हुन नहुने” भन्ने सिद्धान्त प्रतिपादन भएको छ। (ने.का.प. २०६५ अंक ४, निर्णय नम्वर ७९५८)
अमेरिकी समलिङ्गी जोडीले काठमाडौँको दक्षिणकाली मन्दिरमा हिन्दु परम्परा अनुसार गरेको बिहे। थप फोटो हेर्न यहाँ क्लिक गर्नुस्।
सर्वोच्चको आदेशको पूर्ण विवरण पढ्नुस्-
सर्वोच्च अदालत
संयुक्त इजलास
माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल
आदेश
विषयः बन्दीप्रत्यक्षीकरण
काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका, वडा नं. १५ स्वयम्भु बस्ने
रजनी शाहीको हकमा काभ्रेपलाञ्चोक जिल्ला, ढुंखर्क गा.वि.स., वडा नं. ८
घर भई हाल काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका, वडा नं. २
लाजिम्पाट बस्ने प्रेमकुमारी नेपाली………………………………………… १
विरुद्ध
राष्ट्रिय महिला आयोग, भद्रकाली प्लाजा, काठमाडौँ ……………………. १
माइती नेपाल, गौशाला पिगलास्थान तिलगंगा, काठमाडौँ ……………… १
काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका, वडा नं १५ स्वयम्भु बडेगाल
बस्ने पदम शाहीको छोरा ऐ.ऐ.बस्ने प्रदिप शाही ……………………….. १
नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(२) बमोजिम यस
अदालतमा दर्ता भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र ठहर निम्नबमोजिम छ : –
म निवेदीकाले आफ्नो यौनिक प्राकृतिक भावना र इच्छालाई व्यक्त गर्न नसक्ने
अवस्थामा नै विपक्षीमध्येको प्रदिप शाहीसँग मेरा घरपरिवारले विवाह गरी दिनुभएको थियो।
निजसँगको वैवाहिक जीवनबाट एक छोरीको समेत जायजन्म भएको छ। मेरो प्राकृतिक
यौनिक मानसिकता कुनै पुरुषसँगको सम्बन्धभन्दा महिलासँगको शारिरीक एवम्
व्यवहारिक सम्बन्धलाई स्थायी एवम् सहजता महशुस गर्दछु। यस प्रकारको मेरो प्राकृतिक
यौनिक मानसिकता एवम् व्यवहारलाई विपक्षी पतिसमक्ष पटक–पटक भन्दा उल्टो
मलाई विभिन्न असामाजिक बोली व्यवहार तथा परम्परागत रुढीवादी उपचारहरुबाट
मानसिक पिडाका साथ राख्दै आउनु भएबाट बाध्य भई विपक्षीसँगको लोग्नेस्वास्नीको
सम्बन्ध विच्छेद गरी पाऊँ भनी काठमाडौँ जिल्ला अदालतमा २०६९।२।२२ मा मुद्दा दायर
गरेको थिएँ।
कानूनी रुपमा सम्बन्ध विच्छेदको निवेदन दायर गरी सकेपछाडि काभ्रेपलाञ्चोक जिल्ला, धुमखर्क गा.वि.स., वडा नं. ८ घर भई काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका, वडा न. २ बस्ने प्रेमकुमारी नेपालीसँग मेरो प्राकृतिक यौनिक इच्छासहितको सम्बन्ध गाँस्नको लागि सम्बन्ध बढाई रहेकोमा विपक्षी पतिको तर्फबाट
विभिन्न किसिमको धाक धम्की भई आफ्नो जीवन सुरक्षाको लागि बाध्य हुँदा मेरो
मानसिकता र व्यवहारलाई संरक्षण गर्ने (समलिंगीहरुको उद्देश्यबाट प्रेरित
भई गैरसरकारी संस्थाको रुपमा कार्यरत मितीनी नेपाल नामक संस्थाको सर्म्पगमा पुगी बसें। सो समयमा विपक्षी पतिले म र संरक्षण दाता मितीनी नेपाल समेतका पदाधिकारी अफिस कार्यालयसमेतमा विभिन्न डर धाक धक्की दिने र प्रहरी प्रशासनसमेत लगाई बस्न हिँडडुल गर्नसमेत ज्यादै कठिनाई भएबाट सम्माानित पुनरावेदन अदालत पाटनमा निषेधाज्ञा सहितको अन्तरिम आदेशको निवेदन गरिएकोमा २०६९।५।१७ मा गैरकानूनी तवरले अनाधिकार थुनछेक र पक्राउ नगर्नु तथा स्वतन्त्रतापूर्वक पेशा व्यवसाय हिँडडुल गर्न दिनु भनी अन्तरिम आदेशसमेत जारी भएको थियो।
विपक्षी पतिसँगको सम्बन्ध विच्छेद मुद्दामा तोकिएको तारेखमा हाजिर हुन जाँदा
विपक्षी पतिले अदालतको ढोकाबाट म निवेदीकालाई अपहरण गरी कब्जामा राखी विभिन्न
मानसिक डर धाक धम्कीसमेत दिई निवेदीकाले स्वतन्त्रपूर्वक हिँडडुल गर्न नपाउने, विपक्षी
पतिसँगै बस्नु पर्ने भनी विपक्षी पतिको तर्फबाट विभिन्न कार्य भइरहेबाट मिति २०६९।५।२२ मा गैरसरकारी संध संस्थाका प्रतिनिधी, मानव अधिकार आयोग, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिसहित विपक्षी महिला आयोगसमेतको संयुक्त बैठक गरी म निवेदीका रजनी शाहीलाई सुरक्षित वासको लागि सुरक्षित आवास गृह काभ्रेमा नेपाल प्रहरीको सुरक्षासहित महिला आयोगले पत्र पठाई दिने भन्ने निर्णय गरी उक्त स्थानमा मलाई बस्नको लागि पठाई केही समय सो स्थानमा बसिआएकोमा विपक्षी महिला आयोगले मलाई विपक्षी माइती नेपालमा राख्ने भनेको हुँदा करिब २ (दुई महिनादेखि सो स्थानमा कसैसँग कुनै प्रकारले भेटघाट कुराकानी सम्पर्क गर्न नदिई मेरो प्राकृतिक यौनिक भावनाबमोजिम जीवनयापन गर्न तथा आफ्नो मौलिक हक एवम् कानूनद्वारा संरक्षण गरिएको कानूनी हक अधिकारको उपभोग गर्नबाट बन्चित गरी बन्दी रुपमा राखिएबाट बाध्य भई यो निवेदन चढाउन आएको छु।
नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) बमोजिम बन्दीप्रत्यक्षीकरण
आदेशबाट निवेदीकालाई छाडी मेरो यौनिक भावनाबमोजिम स्वतन्त्रपूर्वक हिँडडुल तथा बस्न दिनु भनी उपयुक्त आदेशसमेत जारी गरी पाऊँ भन्ने मिति २०६९।७।१४ मा दर्ता भएको रिट निवेदन।
यसमा के कसो भएको हो? निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने
हो? सोको कारण एवं आधारसमेत स्पष्ट गरी मिति २०६९।७।१९ गते बन्दी भए बन्दीसमेत उपस्थित गराई लिखितजवाफ पेश गर्नु भनी विपक्षीहरुका नाउँमा निवेदन एवं प्रस्तुत आदेशको प्रतिलिपीसमेत संलग्न गरी कानूनबमोजिमको म्याद तामेल गरी सोही मिति अर्थात मिति २०६९।७।१९ को पेशी तारेख तोकी नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६९।७।१५ को आदेश।
माइती नेपालको जवाफ
यो संस्था आफैँ समाजमा रहेका गैरकानूनी सामाजिक विकृतीहरुलाई हटाउन, निरुत्साहित गर्न पहल गर्ने संस्था भएकोले यो संस्थाबाट गैरकानूनी कार्य हुन्छ भनी कल्पना गर्न पनि मिल्दैन। विशुद्ध सामाजिक भावनाले उत्प्रेरित भई स्थापित र संचालित संस्थाउपर हचुवा र काल्पनिक तथ्य बुनी पर्न आएको निवेदन प्रारम्भमै खारेजभागी छ। निज रजनी शाहीको घरमा निजको परिवारसँग विवाद बढी निजले राष्ट्रिय महिला आयोग तथा अन्य गैरसरकारी संस्थाहरुमा निवेदन दिएपछि संघ, संस्था र राष्ट्रिय महिला आयोगको प्रतिनिधीहरु, निजको परिवारका सदस्यहरुको बैठकले महिला वालवालिका कार्यालयद्वारा संचालित महिला पुनर्स्थापना केन्द्रमा संरक्षण दिई राखेकोमा सो गृहमा निजलाई आवश्यक परामर्श एवं शान्ति सुरक्षाको व्यवस्था हुन नसकेको भनी निजको आफन्तहरुले राष्ट्रिय महिला आयोगमा जानकारी दिएकोले राष्ट्रिय महिला आयोगको विशेष अनुरोधमा मिति २०६९।५।२७ को राष्ट्रिय महिला आयोगको प.सं.१।०६९।७० च.न. ३५६ अनुसार यस माइती नेपाल संस्थाले संरक्षण दिई आएका हौँ। निज यस संस्थामा बस्न नचाहेको अवस्थामा निजलाई यस संस्थाले जवरजस्तीसँग राख्ने वा निजलाई रोक्ने कुरै आउँदैन।
बन्दीप्रत्यक्षीकरणको रिट जारी हुन गैरकानूनी रुपमा व्यक्तिको इच्छा विपरीत थुनामा
वा नियन्त्रणमा वा कव्जामा राखेको हुनपर्ने अनिवार्यता हो। सो कार्य गैरकानूनी रुपमा
भएको हुनु पर्दछ। यस विवादमा गैरकानूनी रुपमा थुनेको, कब्जामा राखेको भन्न
सक्नुभएको छैन। निज प्रेमकुमारी र रजनीको कस्तो सम्बन्ध छ वा छैन हाम्रो सरोकारको
विषय होइन। हामीले गैरकानूनी थुनामा राखेको पनि छैन, राख्ने उद्देश्य पनि होइन।
यस संस्थाले संवैधानिक आयोगको रुपमा रहेको राष्ट्रिय महिला आयोगको आग्रह र
सिफारीसमा संरक्षण दिएको मात्र हो। यस संस्थामा रजनी शाहीको कुनै पनि मौलिक हक वा मानवोयेक्ति अधिकारको अतिक्रमण भएको छैन। यस संस्थालाई बदनाम गराउने
उद्देश्यले यो निवेदन परेको छ। यस्तो बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुन आवश्यक पर्ने
पूर्वाधार नपुगेकोले मागबमोजिम आदेश जारी हुन नसक्ने हुँदा निवेदन खारेज गरी पाउन
अनुरोध गर्दछौं भन्ने माइती नेपालको तर्फबाट परेको लिखितजवाफ।
महिला आयोगको जवाफ
मिति २०६९।३।२० गते ओरेक नेपालबाट राष्ट्रिय महिला आयोगलाई प्राप्त पत्रमा
काठमाडौँ जिल्ला अदालतमा रजनी शाहीका पति प्रदीप शाहीसँग सम्बन्ध विच्छेदको मुद्दा
दर्ता गरी ओरेक नेपालको पुनर्स्थापना गृहमा बस्दै आएकी रजनी शाहीलाई मिति
२०६९।३।२० का दिन अदालतबाट पहिलो तारेख तोकिएकोमा सोही दिन तारेखमा हाजिर हुने र निज रजनी शाहीका परिवारसँग छलफलसमेत गर्ने कार्यक्रम तय गरिएकोमा छलफल नै नगरी रजनी शाहीलाई अदालत परिसरबाट जवरजस्तीपूर्वक पति तथा माइती पक्षले लगेको सम्बन्धमा निज तथा निजकी छोरीको सुरक्षार्थ र मानव अधिकारको रक्षाका लागि माग गरिएको थियो। मिति २०६९।३।२२ गते महानगरीय प्रहरी परिसर
हनुमानढोकालाई घटनाको सत्य तथ्य बारेमा जानकारी माग गरिएको थियो। यसै क्रममा
मिति २०६९।४।३ गते मितिनी नेपालले यस आयोगमा रजनी शाहीका तर्फबाट गैरकानूनी
कब्जाबाट छुटाई स्वतन्त्रपूर्वक हिँड्ने डुल्ने अवसर दिलाउन माग गर्दै निवेदन दिइएको थियो । निवेदकको मागबमोजिम मिति २०६९।४।११ मा राष्ट्रिय महिला आयोगमा रजनी शाहीका बाबु र काकासँग रजनी शाहीको अवस्थाबारे बुझी मिति २०६९।४।२९ भित्र यस आयोगमा उपस्थित गराउन निजहरुलाई कागज गराइएको थियो। मिति २०६९।४।१० मा प्रहरी परिसर हनुमानढोकाले निज रजनी शाहीलाई निजकै पति प्रदिप शाही र बुबा काकालगायत घर परिवारका मानिसहरुले जिम्मा लिएर लगेको र छलफलका लागि पुनः उपस्थित गराई निज रजनी शाही राजीखुशीले परिवारसँग गएको जानकारी प्रहरीद्वारा पठाइएको पत्रमा उल्लेख छ।
यस आयोगमा निजका बाबु काकाले गरेको कागजअनुसार २०६९।५।७ का दिन रजनी
शाहीलाई यस आयोगमा उपस्थित गराई छलफल गरी आयोगले आवश्यक मनोसामाजिक
परामर्शका लागि सी.एम.सी. नेपाल नामक संस्थ्ाा थापाथलीमा जान सल्लाहसमेत दिएको
थियो। मिति २०६९।५।११ का दिन रजनी शाहीले आफ्नो जीउ ज्यानको सुरक्षा तथा सुरक्षितआवासको व्यवस्था गरिदिनका लागि यस आयोगमा निवेदन दिएकोमा निजको
शान्ति सुरक्षाको व्यवस्था गरिदिनका लागि मिति २०६९।५।१२ मा जिल्ला प्रशासन
कार्यालयलाई पत्राचार गरिएको थियो। साथै प्रहरी, राष्ट्रिय मानव अधिकार आयोग, मानव
अधिकारसम्बन्धी क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाका प्रतिनिधि, रजनी शाही, निजका
परिवार लगायत सम्बद्ध पक्षसँग मिति २०६९।५।२१ र २२ मा बसेको बैठकले
निजलाई पुर्नस्थापना केन्द्र धुलिखेलमा पठाउने निर्णय भएअनुसार पुनर्स्थापना गृह
धुलिखेलमा राखिएको थियो। रजनी शाहीको सुविधा लगायत आयोगबाट समयसमयमा हुने
अनुगमनसमेतलाई ध्यानमा राखी माइती नेपालमा पुनर्स्थापनाको व्यवस्था गरिएको हो।
निजलाई बन्दी गृहमा राखिएको नभई निवेदककै मागबमोजिम निजको जीवन सुरक्षाको
विषयलाई प्राथमिकता दिई निजको सम्बन्ध विच्छेद मुद्दा अदालतमा विचाराधीन रहेको
अवस्था र निजको अन्यत्र वासस्थान नभएको विषयलाई मध्यनजर गरी निजकै हितअनुरुपयस आयोगको पहलमा सुरक्षित आवास गृहको व्यवस्था गरेको हुँदा विपक्षीले लिएको जिकीर बदरभागी छ भन्ने समेत व्यहोराको राष्ट्रिय महिला आयोगको तर्फबाट परेको लिखित जवाफ।
अदालतमा कस्तो बहस भयो ?
विपक्षीमध्येका प्रदिप शाहीको नाममा जारी भएको म्याद लेखिएको वतनमा मानिस
घरद्वारा फेला नपरेकोले तामेल हुन नसकेको भनी तामेलदारको प्रतिवेदन परेको।
नियमबमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिट निवेदनको मिसिल
अध्ययन गरी रिट निवेदकतर्फका विद्वान अधिवक्ताहरु मिलनकुमार राई र हरि फुँयलले बन्दी भनिएकी रजनी शाहीको विपक्षीमध्येका प्रदिप शाहीसँग विवाह भए पनि निजको पुरुषप्रति यौनिक आकर्षण नभएको अवस्था हुँदा निजलाई पुरुष पतिसँग जवरजस्ती बस्न बाध्य गर्न मिल्दैन, सोही कारणबाट निजलाई डर त्राससमेतका आतंकपूर्ण अवस्था सिर्जना गरेबाट लोग्नेसँगको सम्बन्ध विच्छेद गरी पाऊँ भनी काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरी तारीख लिन जाँदा धरपकड गरेबाट मितिनी नामक संस्थ्ाासँग संरक्षण माग गरिएकोमाविपक्षीहरुको मिलेमतोमा राष्ट्रिय महिला आयोगको सिफारीसमा कोही कसैलाई भेट गर्न नदिई माइती नेपाल नामक संस्थामा बन्दीपूर्ण रुपमा राखिएको छ, संरक्षण गर्ने नाममा व्यक्तिको स्वतन्त्रता हनन गर्न मिल्दैन, निज रजनी शाहीलाई माइती नेपालको निगरानीबाट मुक्त गरिनु पर्दछ भन्ने समेत गर्नुभएको बहस सुनियो।
प्रत्यर्थी राष्ट्रिय महिला आयोगको तर्फबाट विद्वान उपन्यायाधिवक्ता सूर्यनाथ प्रकाश
अधिकारीले राष्ट्रिय महिला आयोगले रजनी शाहीकै सुरक्षा र हितको लागि माइती नेपालको पुनर्स्थापना केन्द्रमा राख्न पठाएको हो, निज रजनी शाहीले सम्बन्ध विच्छेद मुद्दामा फैसला नभएसम्म यसै संस्थामा बस्न पाऊँ भनी निवेदनसमेत दिएकी छिन्, निजलाई निजकै इच्छा मुताविक संरक्षणसम्म दिएको हुँदा राष्ट्रिय महिला आयोगले निजलाई बन्दीपूर्ण जीवन बिताउन नपठाएको र माइती नेपालले निजलाई संरक्षणसम्म दिएको हुँदा रिट जारी हुनुपने अवस्था छैन भन्ने समेत बहस गर्नुभयो। विपक्षी माइती नेपालको तर्फबाट विद्वान अधिवक्ताहरु सजनी जोशी र उमा तामाङ्गले रजनी शाहीलाई माइती नेपालले थुनेर राखेको होइन, निजलाई राष्ट्रिय महिला आयोगको अनुरोधमा संरक्षणसम्म दिइएको हो, निजले जे जोसँग भेट गर्न चाहे पनि माइती नेपालले रोकेको छैन, कानूनी प्रक्रिया पूरा गरी निज जुनसुकै अवस्थामा जान सक्ने अवस्था रहेकोले रिट निवेदन जारी हुनुपर्ने अवस्था छैन भन्ने समेत गर्नुभएको बहस सुनियो।
रोजेको साथीसँग बस्न पाउने कि नपाउने ?
दुवै पक्षका तर्फबाट विद्वान अधिवक्ताहरुले गर्नुभएको वहस सुनी मिसिलबाट
देखिएको तथ्यलाई दृष्टिगत गरी प्रस्तुत रिट निवेदनमा मूलतः आफ्नो यौनिक प्राकृतिक
भावना र इच्छालाई व्यक्त गर्न नसक्ने अवस्था मै विपक्षी प्रदिप शाहीसँग परिवारले विवाह गरी दिएकोले एक छोरीको जन्म भए पनि आफ्नो प्राकृतिक यौनिकता पुरुषसँगभन्दा महिलासँग सहजता भएको र पतिले मानसिक पीडाका साथ राख्दै आएकाले सम्बन्ध विच्छेद मुद्दा दर्ता गरी प्रेमकुमारी नेपालीसँग सम्बन्ध बढाई रहेको अवस्थामा सम्बन्ध विच्छेद मुद्दामा तारीख लिन जाँदा विपक्षी पतिले अपहरण गरी धाक धम्की दिएको र पतिसँगै बस्नु पने भनी विभिन्न कारवाही भै मिति २०६९।५।२२ मा विपक्षी महिला आयोगसमेतको संयुक्त बैठकमा सुरक्षित आवास गृह काभ्रेमा पठाए पनि विपक्षी महिला आयोगले दुई महिनादेखि साथीभाई लगायत कसैसँग भेटघाट गर्न नदिई माइती नेपालमा राखेकाले विपक्षीको नाममा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाऊँ भन्ने निवेदन दावी देखिन्छ। साथै आफूले रोजेको महिला साथीसँग बस्न पाउनु पर्ने भनी उल्लेख गरेको समेत देखिएकोले रिट निवेदीकालाई बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी मुक्त गर्नुपनेर् अवस्था रहे नरहेको भन्ने प्रश्नको निराकरण पूर्व निवेदीकालाई निजले रोजेको साथीसँग बस्न दिनु भनी प्रस्तुत रिटबाट आदेश जारी गर्न मिल्ने हो वा होइन भन्ने प्रश्न पनि विचारणीय देखिन आयो।
यस्तो छ अदालतको ठहर
यी बन्दी भनिएकी रजनी शाहीको विपक्षीमध्येका प्रदिप शाहीसँग विवाह भएको भन्ने
तथ्यमा विवाद छैन। निज निवेदीकाले आफ्नो प्राकृतिक यौनिक चाहना पुरुषभन्दा
महिलासँग भएको कारण पतिसँग सम्बन्ध विच्छेद मुद्दा दायर गरेको भन्ने उल्लेख गरेको
देखिन्छ। पुरुष र महिला दुवै मानव भए पनि शारिरीक बनावटमा केही खास भिन्नता रहेकोपनि निर्विवाद छ। विपरित लिङ्गका बीच अर्थात महिला र पुरुषबीच विवाह गरिने र निजहरु बीच हुने यौनिक क्रियाबाटै वंश बुद्धि हुने कुरालाई सर्वत्र स्वीकार गरिएको सामाजिक मान्यता हो। मानव सभ्यता र स्वतन्त्रताको विकाससँगै आधुनिक प्रवृत्ति, मान्यता, व्यवहार तथा संस्कारहरुले क्रमिक रुपमा स्थान पाउँदै गएका पनि छन्। विवाहलाई महिला र पुरुषबीचको जीवनको बन्धनको रुपमा र वंश बृद्धिको माध्यमको रुपमा परम्परागत हिसावले मानिँदै आएको भए पनि अब समान लिङ्गीहरुबीच विवाह गरी वा नगरी साझेदार साथीको रुपमा सँगै बस्ने वा पृथक पृथक बस्ने प्रवृत्तिको पनि विकास भएको पाइन्छ।
आफ्नो शरीरको मालिक व्यक्ति आफैँ
यौनाङ्गको आधारमा जन्मदा पुरुष वा महिलाको रुपमा जन्मेको भए पनि यौनिक
अभिमुखिकरणको हिसावले कतिपय अवस्थामा पुरुष महिलाप्रति आकर्षित हुनुको उपेक्षा पुरुष पुरुषप्रति नै र महिला पुरुषप्रति आकर्षित हुनुको उपेक्षा महिला महिलाप्रति नै आकर्षित हुने र कतिपय अवस्थामा यौनाङ्ग अविकसित भै भिन्न रुपले यौनकार्यमा संलग्न हुने गरेको पाइन्छ। आफ्नो शरीरको मालिक व्यक्ति आफैँ हुने र आफ्नो शरीरको उपयोग यौनकृयाको लागि कसरी उपयोग गर्ने भन्ने कुरा पनि व्यक्तिको आफ्नो स्वायत्तताको विषय हुने हुनाले नितान्त वैयक्तिक स्वायत्तताको विषयमा समाज वा राज्यले हस्तक्षेप गरी नियमित गरिरहनु आवश्यक हुँदैन। त्यस्तो व्यक्तिगत स्वयत्तताको हक उपयोग गर्ने सिलसिलामा अन्य व्यक्तिको हक वा समाजको हितसँग द्वन्द भएको वा हुनसक्ने अवस्थालाई ध्यानमा राखी नियमित र नियन्त्रित गर्ने प्रश्न अर्को हो।
यौनाङ्गको हिसावले शारिरीक रुपको पहिचान एउटा भए पनि यौनिक अभिमुखिकरणको हिसावले शारिरीक पहिचानभन्दा फरक प्रवृत्ति रहेको छ भने त्यस्तो अभिमुखिकरण वा प्रवृति स्वयं निषेध गर्न मिल्ने हुँदैन। कुनै शारिरीक अंग हुनु वा नहुनुले तथा त्यस्तो अंगको प्रवृत्ति एक वा अर्को किसिमको हुनुले मानव हुनुको व्यक्तित्वमा र सो हैसियतले प्राप्त हुने हकहरु र तिनको प्रचलनमा कुनै प्रभाव पार्न सक्तैन।
आफ्नो अंग र आफ्नो स्वभावहरु आफ्ना निजी वैशिष्ट्य हुने हुनाले तिनले कुनै अयोग्यता सिजना गर्ने नभई तदनुकुल तिनको प्रयोग वा प्रचलन गर्न पाउनु सम्बन्धित व्यक्तिको नैसर्गिक हक हो।
यी कुराहरुलाई हृदयंगम गर्दै पछिल्ला दिनहरुमा लिंगमाथिको दृष्टिकोणहरु विभिन्न
देशहरुमा र अन्तर्राष्ट्रिय परिवेशमा नयाँ रुपमा परिमार्जित र प्रतिस्थापित हुँदै आएका पनि छन् र तिनको प्रभाव विभिन्न कानून प्रणालीहरुमा परिरहेको देखिन्छ। कुनै कानून प्रणालीले समलिङ्गीहरुबीचको यौन व्यवहार वा विहेवारीको मान्यता दिएको पाइन्छ भने कुनै त्यस्तो दृष्टिकोणको सामञ्जस्यताको खोजीमा हिँडेको पाइन्छ। ज्ञातत्व के छ भने विवाह सम्बन्ध, यौन अपराध, परिवार प्रणाली आदि कुराहरु राष्ट्रिय कानूनले निर्णय गर्ने कुराहरु भएकोले राष्ट्रिय संस्कृति र सभ्यता अनि विकासस्तर अनुरुप विभिन्न मुलुकमा त्यस्तो समलिङ्गी सम्दर्भमा आधारित परिवार, विवाह वा करणीसम्बन्धी कानूनहरु पनि वर्गिकृत रुपमा विकसित हुँदै गएको पाइन्छ। त्यसो भए पनि यस्तो प्रश्नमा निर्णय गर्नु अघि नेपाल लगायतका मुलुकहरुले अनुमोदन गरेको मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धिहरु एवं घोषणापत्र लगायतका दस्तावेजहरुले अंगिकार गरेको मानव अधिकारको मूल्य र मान्यतालाई नै मापदण्ड बनाएर विभिन्न मुलुकहरुले राष्ट्रिय कानूनको विकास गर्नुपनेर् अनिवार्यता रहन्छ।
अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी महासन्धिहरुले समलिङ्गी वा लैंगिक अभिमुखिकरणको मुद्दाहरुमा कुनै नकारात्मक मापदण्ड निर्धारण नगरेको अवस्थामा राष्ट्रिय कानूनको विकास गर्दा वा तिनको पालना गर्दा मानव अधिकारको मूल्यहरु एवं राष्ट्रिय कानूनको सही र वाञ्छित संयोजन गरी विकास गर्नु आवश्यक हुन आउँछ।
यौन उदारीकरण
समाजमा देखापरेका यौन सम्बन्ध सम्बन्धी दृष्टिकोणको उदारीकरणको प्रवृत्तिको प्रभाव स्वरुप परम्परागत विपरीत लिङ्गी यौन सम्बन्धमा नै पनि व्यापक खुल्लापन आएको देखिन्छ भने समलिङ्गी सम्बन्ध लगायतका नयाँ यौन अभिमुखीकरणका प्रवृत्तिहरुले पनि स्थान पाउँदै गएको र फलस्वरुप पारिवारिक रुपमा वा साझेदारी (पार्टनरसिप) सम्बन्धको रुपमा भए पनि करारीय किसिमले नै निर्वहन गर्ने प्रवृतिले डेरा गर्न खोजेको पाइन्छ।
यो समाजको सीमित भएपनि नौलो र विकसित हुँदै गएको प्रवृत्ति भएकोले राष्ट्रिय कानूनको प्रयोगमा यसको सान्दर्भिकता अब पन्छाउन नसकिने खालको भएको छ।
सबै नागरिक समान
अब नेपालको सन्दर्भमा विचार गरौं। समलिङ्गी भन्न रुचाउनेलाई संविधान तथा प्र
चलित कानूनमा कुनै व्यवधान रहेको छ वा छैन भन्नेतर्फ वर्तमान संवैधानिक व्यवस्था हेर्दा,नेपालको अन्तरिम संविधान, २०६३ ले समलिङ्गी, विपरीत लिङ्गी वा तेस्रो लिङ्गी भनी हक अधिकारको प्रयोगमा नागरिकहरुमा कुनै विभाजन गरेको देखिँदैन। उक्त संविधानको धारा १२ को स्वतन्त्रताको हक अन्तर्गत उपधारा (१) मा प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुने उल्लेख छ भने उपधारा (२) मा कानूनबमोजिम बाहेक कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रता अपहरण नहुने ग्यारेण्टि गरिएको छ। सोही धाराको उपधारा (३) मा प्रत्येक नागरिकलाई देहायको स्वतन्त्रता हुनेछ भन्ने उल्लेख गर्दै देहायका खण्डहरुमा विभिन्न स्वतन्त्रताको उल्लेख गर्दै खण्ड (ङ) मा नेपालको कुनै पनि भागमा आवतजावत र वसोवास गर्ने स्वतन्त्रता रहेको उल्लेख गरिएको छ। त्यसैगरी धारा १३ को समानताको हक अन्तर्गत उपधारा (१) मा सबै नागरिक कानूनको दृष्टिमा समान हुने, कसैलाई पनि कानूनको समान संरक्षणबाट बञ्चित नगरिने र उपधारा (३) मा राज्यले नागरिकहरुका बीच धर्म, वर्ण, जात, जाति, लिङ्ग, उत्पति, भाषा वा वैचारिक आस्था वा तीमध्ये कुनै कुराको आधारमा भेदभाव नगरिने उद्घोष गरिएको छ। उल्लिखित संवैधानिक हकहरुको क्रियाशिलताको सम्बन्धमा महिलाको हकमा विवाह अघि र विवाह पछि कुनै खास शर्त वा बन्देज लगाएको देखिएको छैन।
संविधानले उपलब्ध गराएका हकहरु तेस्रो लिङ्गी वा समलिङ्गीको हकमा आकर्षित नहुने संवैधानिक बन्देज रहेको नदेखिँदा संविधानले उपलब्ध गराएका हकहरु महिला, पुरुष, तेस्रो लिङ्गी वा समलिङ्गी जो सुकैले संविधान र प्रचलित कानूनबमोजिम समान रुपमा उपभोग गर्न सक्ने नै देखिन्छ।
विवाह गरेपछि पत्नीले पतिसँगै बस्नुपर्दैन
उल्लिखित संवैधानिक व्यवस्थाको अतिरिक्त वैयक्तिक स्वतन्त्रताको सन्दर्भमा
हेर्दा मुलुकी ऐन, विहावरीको महलमा व्यवस्थित कानूनी व्यवस्था विवाहसँग सम्बन्धित
देखिए पनि विवाह गरेपछि पत्निले पतिसँगै बस्नैपर्ने बाध्यात्मक दायित्व तोकेको देखिँदैन।
विभिन्न परिस्थितिमा अंश लिई वा नलिई वा सम्बन्ध विच्छेद गरी आफ्नो भावी निजी
जीवनयापन गर्ने तरीकाको बारेमा निर्णय गर्न व्यक्ति स्वतन्त्र नै हुने देखिन्छ। यस
सम्बन्धमा विहावारीसम्बन्धी कानूनका विभिन्न व्यवस्थाहरु क्रियाशिल हुने अवस्था आउँछ।
विवाह गरेको आधारमा पत्नीको स्वतन्त्रता पतिले सीमित गर्न पाउँदैन
विवाहको परिभाषा र विधि जात, जाति, धर्म र संस्कृतिअनुसार फरक–फरक हुन सक्दछ।
परन्तु, प्रचलित कानूनअनुसार विवाह गर्नुको अर्थ पति पत्निबीचको सम्बन्ध स्थापना गर्नु हो। त्यसो भनेको वैयक्तिक स्वतन्त्रता संकुचन गर्नु भन्ने होइन। विवाह गर्नुको उद्देश्य महिला र पुरुषले भावी जीवन सँगै बिताउने भन्ने पनि हो। जब त्यो उद्देश्य अनुरुप महिला र पुरुष सँगै बस्न नसक्ने वा भावी जीवन सँगै बिताउन नसक्ने अवस्था र परिस्थितिहरु उत्पन्न हुन्छन् भने विवाह गरेको भन्ने आधारमा पत्निको वैयक्तिक अधिकार र स्वतन्त्रतालाई सिमित गर्ने अधिकार नितान्त पतिमा निहित हुन्छ भनी कानूनतः भन्न मिल्ने हुँदैन।
परन्तु, प्रचलित कानून तथा सामाजिक शिष्टतालाई अवरोध नपुग्ने गरी एउटा
सावालक व्यक्ति चाहे महिला वा पुरुष नै किन नहोस्, अर्को वालिग व्यक्तिसँग राजीखुसी
सँग स्वतन्त्रपूर्वक हिँडडुल गर्न र बस्न सक्तछ। यो अधिकार संविधानले नै उपलव्ध गराएको संवैधानिक हक हो।
विवाह गरी वा नगरी जोसँग पनि बस्ने निर्णय व्यक्तिको हो
विवाह गरी वा नगरी समान लिंग भएकासँग वा विपरीत लिङ्ग भएकासँग पृथकपृथक
रुपमा वा साझेदारको रुपमा जीवनयापन गर्ने भन्ने कुरा व्यक्तिहरुले नै निर्णय गर्ने कुरा
हो। प्रचलित कानून र परम्परामा विवाह भन्नाले विपरीत लिङ्गी व्यक्तिहरु बीचको
कानूनी सम्बन्धलाई निर्दिष्ट गरेको भए पनि समलिङ्गी सम्बन्धहरुको बारेमा कानूनी व्यवस्थाया त अपर्याप्त छ वा मौन छ। त्यस्तो सम्बन्ध रहेको समयमा एकले अर्काको प्रतिकूलको हक वा उत्तरदायित्व प्राप्त वा ग्रहण गर्नुपर्ने हुन्छ र त्यसको हस्तान्तरण के हुन्छ भन्ने बारेमा कानूनले नै विशद रुपमा स्थान नदिँदासम्म भन्न सकिने अवस्था
छैन। समलिङ्गी सम्बन्धका बारेमा कानून नै उन्नत नभएको अवस्थामा समलिङ्गी व्यक्तिहरुले आफ्नो निर्णयबाट फरक ढंगले जीवनयापन गर्न चाहेको भन्ने अवस्थालाई कसरी सम्वोधन गर्ने र नियमित गर्ने भन्ने प्रश्नमा अब समाजले रचनात्मक समाधान निकाल्ने बेला आएको छ।
राज्यको प्रचलित संविधान तथा कानूनले निषेध नगरेको अवस्थामा परम्परागत रुपमा
रहेको सामाजिक मान्यताभन्दा मानव अधिकारको विषयले प्राथमिकतामा पाउने हुन्छ।
त्यसैगरी प्रचलित कानूनले बर्जित नगरेको र संविधानले उपलब्ध गराएको हकसँग
सादृश्यता राख्ने अधिकारको उपभोगलाई सामाजिक मान्यताको कारणले बञ्चित गर्न पनि
मिल्ने हुँदैन। प्रचलित नेपालको अन्तरिम संविधान, २०६३ले महिला र पुरुष (चाहे
तिनीहरु समलिङ्गी हुन् वा नहुन् लाई समान रुपमा राखेको हुँदा समान रुपमा संवैधानिक
तथा कानूनी अधिकारको उपभोग गर्न सक्तछन्।
उमेर पुगेकाले जसरी सेक्स गरे पनि प्रश्न गर्ने अधिकार छैन
यो मान्यतालाई स्वीकार गरी यस अदालतबाट सुनिलवावु पन्त विरुद्ध नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसमेत भएको उत्प्रेषण, परमादेश र प्रतिषेधको रिट निवेदनमा “कानुनले निर्धारण गरेको उमेर पूरा गरेका व्यक्तिहरुले कसरी यौन सम्पर्क (Sexual intercourse) राख्दछन् र त्यस्तो सम्पर्क प्राकृतिक अप्राकृतिक के हो भनी प्रश्न गर्ने अधिकार कसैलाई पनि प्राप्त हुन नहुने” भन्ने सिद्धान्त प्रतिपादन भएको छ। (ने.का.प. २०६५ अंक ४, निर्णय नम्वर ७९५८)
समलिङ्गी सम्बन्ध रहेका व्यक्तिहरुको निजी जीवनको, निजहरुको गोपनियताको एवं
आत्मसम्मानको हकको बारेमा अरुलाई चासो नरहनु पर्ने हो। तर, त्यो सम्बन्ध स्वेच्छिक छ वा छैन, यौन दुर्व्यवहार वा भेदभाव भएको छ वा छैन र त्यस्तो सम्बन्धकालमा
सहयोग समर्थन भरणपोषणका दायित्वबारेमा एकअर्काप्रति कसरी तोक्ने र निजी वा सयुक्त सम्पत्तिको वितरण कसरी गर्ने भन्ने प्रश्नहरु उठ्छ, तब त्यस्ता प्रश्नहरुको सम्वोधनको लागि आवश्यक कानूनी संयन्त्रको सहयोग आवश्यक हुन आउँछ।
समाजमा एकातिर सार्वजनिक रुपमा अभिलेखबद्ध भएर वा नभएर समलिङ्गी
.साझेदार सम्बन्धको अस्तित्व रहने, त्यसको वैधतालाई चुनौती नदिने अथवा ग्रहण वा
सहन गर्ने, अर्कोतिर त्यस्तो सम्बन्धभित्र विद्यमान हुन सक्ने समस्याहरुको बारेमा बेवास्ता पनि गर्ने कुरा सँगसँगै हुन सक्ने होइनन्। यसमा राज्यले समलिङ्गी सम्बन्धमा हस्तक्षेप गरेको छैन भनेर मात्रै पुग्दैन, त्यस्तो सम्बन्धलाई कानून र नीतिसम्मत ढंगले घोषित रुपमा विस्तृत रुपमा सम्वोधन गर्न सक्नु पर्दछ। हालसम्म परोक्ष रुपमा अस्तित्वमा रही आएको यो वर्गको समस्यालाई एकिकृत रुपमा सम्वोधन गर्नु र यसको वाञ्छित हद कति हो भनी निर्धारण गर्नु जरुरी भै सकेको छ।
नेपालमा वर्तमान अवस्थामा यससम्बन्धी कानूनको विकास नभएको भए पनि व्यक्तिको रुपमा समलिङ्गीले आफ्नो बारेमा आत्म निर्णयको अधिकार प्रयोग गर्न सक्ने नै देखिन्छ र गोपनियता लगायतका तिनीहरुको आधारभूत मौलिक एवं मानव अधिकारको कारणले आन्तरिक सम्बन्धको प्रयोगको प्रकृतिको बारेमा दखल दिनपर्ने कारण राज्यलाई हुनुपर्ने देखिँदैन। त्यसरी हेरिएमा कोसँग कसरी जीवन व्यतित गर्ने भन्ने कुरा व्यक्तिगत निर्णयको विषय देखिन्छ।
विवाह नगरी सँगै बस्न कानुन अभावले रोक्न सकिन्न
विवाह कानूनी विषय भएकोले विवाहित सम्बन्ध कायम राख्न खोजेको भए तत्सम्बन्धी कानूनी शर्तहरु पूरा गर्नुपर्ने हुन्छ भने विवाह नगरेर पनि सँगै बस्नलाई कानूनको अभावले मात्रै रोक्न सक्ने देखिँदैन। विवाहित व्यक्तिहरुले विवाहसम्बन्धी कानूनको उल्लंघन गरेमा त्यसको परिणामहरु स्वतः विद्यमान हुन जान्छन्।
विपरीत लिङ्गींसँग विवाह गर्ने, सो सम्बन्ध वहाल छँदै त्यस्तो सम्बन्धलाई क्रियाशील नराखी समलिङ्गीसँग जीवन विताउन खोजेमा विवाह विच्छेद वा परित्यागको अवस्था सिर्जना हुन सक्ला। तर, हालको परिस्थितिमा वहुविवाह जस्तो अन्य कसूर पनि सिर्जना भै हाल्ने देखिँदैन। तर यस्तो स्थिति नितान्त नौलो तर पेचिलो रुपमा नेपाली समाजमा उत्पन्न हुँदै आएको देखिएकोले नीतिगत बहश र आवश्यक कानूनी संयन्त्र आवश्यक भएकोले यसमा नेपाल सरकारको ध्याकर्षण हुन पर्ने देखिन्छ। यस परिस्थितिमा प्रचलित संवैधानिक तथा कानूनी व्यवस्था र उल्लिखित सिद्धान्तलाई दृष्टिगत गर्दै मानव अधिकारको विषय अन्तरनिहित रहेको अवस्थामा कुनै महिला वा पुरुषले अर्को समलिङ्गी महिला वा पुरुषसँग बस्न वा जीवन बिताउन चाहन्छ भने अदालतले त्यसमा कानूनतः रोक लगाउन सक्ने अवस्था हुँदैन।
प्रस्तुत मुद्दामा निवेदीका पुरुषसँग विवाहित भए पनि निजसँग वैवाहिक जीवनयापन
गर्न नचाही निवेदीकाले आफूखुशी अर्कै व्यक्ति (पुरुष होइन) सँग बस्न चाहेको कारणबाट
वैवाहिक सम्बन्ध क्रियाशिल गराउन र त्यस्तो अर्को व्यक्तिसँगको सम्बन्धबाट अलग
गर्न निवेदीकालाई छुट्याउन सकिन्छ कि सकिँदैन भन्ने पूरक प्रश्न उपस्थित रहेको देखिन्छ।
अब यी बन्दी भनिएकी रजनी शाहीलाई बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी मुक्त
गर्नुपर्ने अवस्था छ,, छैन भन्नेतर्फ हेर्दा, निज रजनी शाही पतिसँगको मनमुटाव र
धरपकडको कारण निजको यौनिक चाहना अनुरुपको गैरसरकारी संस्था मितिनी
नेपालको सम्पर्कमा गएको भन्ने निवेदनबाट देखिन्छ। त्यसैगरी निजको तर्फबाट सो संस्थाले पति तथा माइती पक्षको गैरकानूनी कब्जाबाट छुटाई स्वतन्त्र पूर्वक हिँड्ने डुल्ने अवसर दिलाउन माग गरी राष्ट्रिय महिला आयोगमा निवेदन दिएकोमा २०६९।४।११ मा रजनी शाहीका बाबु र काकालाई कागज गराई मिति २०६९।५।७ मा उपस्थित गराएकोले निजको शान्ति सुरक्षाको व्यवस्था गरिदिन २०६९।५।१२ मा जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरी मिति २०६९।५।२१ र २२ मा बसेको बैठकअनुसार निजलाई पुनर्स्थापना गृह, धुलिखेलमा राख्न पठाएको र तत्पश्चात माइती नेपालमा राख्न पठाएको र हालसम्म सोही संस्थाले राखेको भन्ने राष्ट्रिय महिला आयोगको लिखितजवाफ समेतबाट देखिन आउँछ। बन्दी भनिएकी रजनी शाहीलाई पुनर्स्थापना केन्द्र वा माइती नेपालमा जान पाउन निजले सहमति दिएको भन्ने मिसिलबाट देखिएको छैन। आफैँ जान पाऊँ भनी सहमति नदिएको अवस्थामा सावालक व्यक्तिलाई कहाँ राख्ने भनी वैयक्तिक स्वतन्त्रताको विषयमा अन्य संस्था वा व्यक्तिको छलफल, बैठक वा निर्णयले तात्विक वा अन्तिम महत्व राख्दैन।
एकजना वयस्क महिलालाई निजको माग र सहमतिबिना निजको हितको नाममा अन्यअन्य उपायहरु गरी अरुको संरक्षणमा पुर्याउनु निजलाई नियन्त्रण गर्नुसरह हुन्छ कि हुँदैन भन्ने प्रश्न उपस्थित भएको छ। यद्धपि, माइती नेपालले निज रजनी शाहीलाई थुनाको रुपमा नभै संरक्षण एवम् पुनर्स्थापनाको लागि राखेको र करकाप यातना नदिएको भनेको देखिन्छ। माइती नेपाल थुनामा राख्ने वा थुनासरह नियन्त्रणमा राख्ने ठाउँ होइन भन्ने उक्त संस्थ्ााको लिखितजवाफबाट देखिएको र उक्त संस्थालाई कुनै किसिमले थुना वा सो सरहको नियन्त्रणमा राख्न अख्तियारी रहे भएको पनि देखिँदैन। साथै महिलाकै हकहित र महिलाको विकासमा समर्पित सो संस्थाले कानून विपरीत कार्य गर्दछ भन्ने सोच राख्न सकिने अवस्था पनि रहँदैन। तसर्थ, माइती नेपाल थुनामा राख्ने संस्था नभएको, प्रहरी हिरासत जस्तो गरी थुनामा समेत नराखेको र राष्ट्रिय महिला आयोगको सिफारीसअनुसार संरक्षण र नियन्त्रणमा राखेकोसम्म देखिएको अवस्थामा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्नुपर्ने अवस्था रहे नरहेको भन्ने महत्वपूर्ण प्रश्न उपस्थित भएको देखिन्छ।
बन्दीप्रत्यक्षीकरणको रिटको सम्बन्ध वैयक्तिक स्वतन्त्रतासँग जोडिएको हुनाले यसबाट
वैयक्तिक स्वतन्त्रतालाई कुण्ठित गरी कानून विपरीत बन्दी बनाइएको छ वा छैन भन्ने नै हेरिन्छ। “बन्दी” शब्दले कुनै पनि व्यक्तिलाई प्रचलित संविधान तथा कानूनले उपलब्ध
गराएको वैयक्तिक स्वतन्त्रताको हक उपभोग गर्न नदिई निजलाई नियन्त्रणमा राख्नु भन्ने जनाउँछ। चाहे त्यस्तो नियन्त्रण सुरक्षा निकायको, कुनै संघ संस्थाको वा व्यक्ति विशेषको नै किन नहोस्। यस परिप्रेक्ष्यमा “बन्दी” शब्दको विस्तार प्रहरी हिरासत वा कारागारमा थुनेर राख्नुसम्म मात्र नभई सो शब्दले जुनसुकै प्रकारको कानून विपरीतको वैयक्तिक स्वतन्त्रताको नियन्त्रण र संकुचन गरी बन्दीसरहको अवस्थामा पुर्याएको स्थिति समेत जनाउने हुन्छ। प्रहरी कार्यालय, सरकारी पदाधिकारी, व्यक्ति, कुनै सरकारी वा
गैरसरकारी संस्था वा संगठन नै किन नहोस्, कसैलाई कानून विपरीत नियन्त्रणमा राख्ने
अधिकार हुँदैन। यदि राखेको देखिन्छ भने त्यस्तो अवस्थामा बन्दीप्रत्यक्षीकरणको रिट
निवेदन आकर्षित हुने नै देखिन्छ।
यी बन्दी भनिएकी रजनी शाहीलाई माइती नेपालले आफैँ नियन्त्रणमा राखेको भन्ने
देखिँदैन। राष्ट्रिय महिला आयोगले पत्रसाथ निजलाई माइती नेपालमा पठाएको देखिन्छ।
माइती नेपालले निजलाई सदाशयतापूर्वक नै संरक्षण दिएको र बन्दीको रुपमा व्यवहार
नगरेको भए पनि रजनी शाहीले त्यहाँ बस्न नचाहेको र स्वतन्त्र रुपमा बस्ने इच्छा रहेको
भनी इजलासको जिज्ञासामा आफ्नो भनाई राखेको अवस्था छ। यसबाट माइती नेपालमा
निज रजनी शाहीले निजको बसाईलाई विस्तार गर्न नचाहेको स्पष्ट नै हुँदा निज
स्वतन्त्र र स्वेच्छापूर्ण रुपमा त्यहाँ बसेको र माइती नेपालले सदासयपूर्वक उपलव्ध गराएको सेवालाई निजले सहृदयपूर्वक स्वीकार गरेको भन्न मिल्ने भएन। रजनी शाहीलाई राष्ट्रिय महिला आयोगले नै त्यहाँ राख्न पठाएको भन्ने देखिएको र माइती नेपाललाई नियन्त्रणको माध्यमको रुपमा प्रयोग गरेकोसम्म देखिए पनि त्यो नियन्त्रणको बन्धनबाट मुक्त हुन चाहेको कुरा बन्दी भनिएको व्यक्तिबाटै इजलासले प्रत्यक्ष अनूभूती गरेको छ। निज कुनै प्रकारको मानसिक रोगले ग्रस्त भै वा कुनै कुलतमा लागि निजको सुधार वा उपचार गर्नुपनेर् अवस्था रहेको भन्ने मिसिलबाट देखिएको छैन भने निजलाई कुनै अपराधको अभियोगमा कानूनबमोजिम नियन्त्रणमा राख्नुपर्ने अवस्था पनि देखिएको छैन।
निवेदिकालाई निजको पति वा पतिको परिवारमा बस्ने इच्छा नभएको निजको निवेदन एवं इजलाससमक्ष निजले भनेको कुराबाट बुझिन्छ। निजले चाहेको व्यक्तिसँग बस्ने इच्छा प्रकट भएपश्चात त्यस्तो व्यक्ति रहेको संस्थासँग सम्बद्ध हुन खोजेको पनि देखिन्छ।
त्यस्तो व्यक्ति वा संस्थाबाट बचाउन र पारिवारीक सम्बन्ध निरन्तर गर्न निजका वैवाहिक परिवारले चाहेको देखिन्छ। यहाँसम्म निजहरुको चाहानामा कुनै गैरकानूनी आपत्ति शुरु भएको देखिदैन र सो सिलसिलामा संरक्षणको लागि राष्ट्रिय महिला आयोग एवं माइती नेपाल संस्थासँग संलग्न हुन आएको देखियो।
वैवाहिक सम्बन्ध भनेको एक व्यक्तिको इच्छा वा आवश्यकताको कुरा नभै दुबै पक्षको
इच्छा र आवश्यकताको सम्वोधनबाट टिक्ने संस्था हो। वैवाहिक सम्बन्ध कायम रहेकी
महिला निवेदिका भए पनि त्यसप्रति निजको आकर्षण नरहेको देखिन्छ। यो निजको नितान्त व्यक्तिगत रुची एवं हकको विषय हो। सामाजिक हिसावले त्यस्तो सम्बन्ध निरन्तर गर्नु राम्रो देखिन सक्छ। तर, सम्बन्धित पक्ष अनिच्छुक देखिएमा निजको हितकै लागि भए पनि अन्य व्यक्ति वा संस्थाले कुनै बाध्यता सिर्जना गरी संरक्षण वा पुनर्स्थापनको नाममा हितकारी नियन्त्रणसमेत गर्न मिल्ने देखिँदैन। व्यक्तिले आफ्नो हितको पहिचान गर्न र सोको सम्बर्धनको लागि आवश्यक उपाय गर्न ऊ आफँै स्वतन्त्र र सक्षम मानिन्छ। उसको सहयोगको अपिल भएमा वा उसलाई सहायता दिन पर्ने आवश्यकता भएमा मात्रै अरुले सघाउन सक्तछ। सघाउनु भनेको हस्तक्षेपकारी हुन सक्तैन। कम्तीमा औसत सक्षम र सुझबुझ भएको व्यक्तिको हकमा निजलाई अरुले संरक्षण दिन पर्ने आवश्यकता निजले महशुस नै नगरेको अवस्थामा अरु व्यक्ति वा संस्था, यहाँसम्मकि राष्ट्रिय महिला आयोग वा माइती नेपाल जस्तो संस्थाको संरक्षण र पुनर्स्थापना पनि कति अप्रिय हुँदो रहेछ भन्ने कुरा प्रस्तुत मुद्दाले नै छर्लङ्ग पारेको छ।
नैतिकताको नाममा कुनै कुरा थोपर्न मिल्दैन
व्यक्तिको रुपमा निवेदीकाले लिने निर्णय निजको नितान्त व्यक्तिगत विषय हो।
त्यसबाट उत्खडा गर्ने कानूनी एवं नैतिक समस्याहरु छन् भने पनि तिनका जोखिम निजका आफ्ना हुन्। त्यस्ता निर्णयहरु जानीबुझी गर्न निज स्वतन्त्र छन् र कानूनी वा अन्य परिणामहरु व्यहोर्न पनि निज नै जिम्मेवार हुन्छन्। त्यस्तोमा निजको हितको नाममा वा सामाजिक वा पारिवारिक हित वा नैतिकताको नाममा कुनै कुरा थोपर्न मिल्दैन।
सहयोग सुरक्षा भनेको कुरा उचित भए मात्रै प्रिय र वान्छित हुन्छन्। अन्यथा हस्तक्षेप वा
दवावमा परिणत हुन्छन्, जुन कुरा निवेदिकाले महसुस गरेको देखिन्छ। यो अवस्थामा
राष्ट्रिय महिला आयोग र माइती नेपाल जस्तो संस्थाहरुको नियतमा प्रश्न गर्ने ठाउँ नरहे
पनि निवेदिकाको स्वेच्छाबमोजिम नदेखिएकोले वाञ्छित देखिएन। त्यसैले त्यो नियन्त्रणमुखी नै मान्नुपर्ने हुन आयो। कसैका वैयक्तिक स्वतन्त्रतामा नियन्त्रित गर्ने गरी कुनै पनि असल वा खराब नियतले कुनै रुपमा सीमित गर्न नमिल्ने हुनाले त्यस्तो भौतिक नियन्त्रण पनि बन्दीसरह कै स्थितिमा रहन जाने हुनाले विपक्षी राष्ट्रिय महिला आयोग एवं सो आयोगको पत्रबमोजिम माइती नेपाल संस्थाले राखेको पुनर्स्थापकिय संरक्षणसमेत कानूनसँगत भन्न मिलेन। तसर्थ, त्यस्तो संरक्षणबाट अविलम्ब रिहा दिनु पर्ने देखिन्छ।
यस अदालतबाट रिहाई दिनुको अर्थ निवेदीकालाई निजको वैवाहिक घरमा जान कर
लगाएको भन्ने बु‰न मिल्दैन। माथि नै भनिसकेको छ कि स्वतन्त्र रुपमा निजले भावी
जीवनको जीवनसाथीको रुपमा वा कोसँग के रुपमा कति अवधी कसरी विताउने भन्ने कुरा निजको नितान्त व्यक्तिगत प्रश्न भएकोले समलिङ्गी होस् वा अरु जे होस् त्यसको बारेमा जो चाहिने निर्णय निजले नै लिने हुनाले यो यस्तो सम्बन्धबाट बर्जित गर्नु भनी अदालतले आदेश गर्ने ठाउँ रहँदैन। एउटा स्वतन्त्र व्यक्तिले जे निर्णय लिन्छ त्यही निर्णय लिने हुनाले निजले रोजेको सम्बन्धको बारेमा यो आदेशले कुनै अन्यथा निर्देश गर्नपर्ने देखिँदैन।
अतः माथि विवेचना गरिएबमोजिम बन्दी भनिएकी रजनी शाही माइती नेपालको
नियन्त्रणमा नरही स्वतन्त्रपूर्वक बस्न चाहेको अवस्थामा निजलाई माइती नेपाल वा अन्य
पुनर्स्थापना केन्द्र लगायतमा राखी राख्न पर्ने कानूनबमोजिमको आधार र कारण नदेखिएकोले राष्ट्रिय महिला आयोगको निर्देशनमा माइती नेपालमा दिइएको भनिएको संरक्षण र नियन्त्रणलाई प्रस्तुत रिट निवेदनको सन्दर्भमा निरन्तर गर्न मिल्ने देखिएन। तसर्थ, बन्दीप्रत्यक्षीकरणको आदेशद्वारा निज रजनी शाहीलाई यस अदालतबाट तत्काल रिहाई गरी दिने ठहर्छ। आवश्यक प्रक्रिया पुर्याई निजलाई तत्काल रिहा गरी प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू।
न्यायाधीश
उक्त रायमा म सहमत छु।
न्यायाधीश
इति सम्वत् २०६९ साल कार्तिक २० गते रोज २ शुभम् ……………………..।
[सर्वोच्चको यो आदेशलाई तपाईँले कसरी लिनुभएको छ ? आफ्नो विचार तल कमेन्टमा राख्नुहोला।]
सम्बन्धित लिङ्क
एक ‘लेस्बियन’ जोडीको फिल्मजस्तो प्रेमकथा
Nepal hosts Asia’s first public lesbian marriage
PHOTOS: American couple gives Nepal its first lesbian wedding
Can Nepal Sell Itself as a Gay-Wedding Destination?
Gay sex remains illegal as Supreme Court refuses to review ruling
समलिङ्गी सम्वन्धमा भारत सरकारको याचिका अदालतद्वारा अस्वीकार
Lesbian couple Rajani & Prem Kumari with Laxmi Ghalan & Meera Bajracharya of Nepal (Video)
यो इस्सु नचाहिने रुप ले अति प्रचार गरिय्रको छ
नेपाल मा आज सम्म कुनै मानबसास्त्रि नजन्मेको ले गर्दा एस्तो भयको हो
छिट्टै यो समस्या हल हुन्छ, sociobiology ले भन्छ कि लोग्ने मानिस सधै राम्री केटि को लागि सोची रहनछ र कुनै राम्री केटि देख्यो भने समाज सँग को दर ले मात्र उ समलियाको हुन्छ रे ,
उसो त म अनि मेरा धेरै साथी हरु लाइ पनि महेन्द्र पुलमा कैयुँ पटक राम्रा राम्रा केटि देख्दा च्याप समात्न अनि के के मन लाग्ने कुरा हामी ले share गर्छम त !
के हाम्रो मन मा त्यस्तो interest उत्पन्न हुदा जे मन लग्यो त्यो गर्न मिल्छ त ?
कुनै केटि प्रतिको चाहना उनि सँग को sexual activity पश्चात हराउदै जान्छ यो उसको जिन ले determine गरेको Character हो,
त्यस्तै मैले एउटा Facebook Post save गरेको थिए , जसमा नेपाल को चन्द्र घले जो एक समलिंगी तर ४५ जना सँग सम्वन्ध राख्दा पनि सन्तुस्त हुन नसकेको र “gay life is a hell” यो निस्कर्ष मा पुगेको उनको sex experience ले र अरु यस्तै धेरै कुरा हरु को साथ साथ homosexual couple को satisfaction पनि Instant satisfaction भयको जिकिर गर्दै कुनै हालत मा पनि नेपाल मा homosexuality legalization नहुने मेरो धारणा ब्यक्त गर्दछु / साथै बिगत १० वर्ष देखि को longitudional research जो मैले corlins university मा submit गरि Behavior Science को Doctorate acheive गरेको थिए, तेस्को conclusion and Recommendation नेपाल सरकार अनि सम्माननिय अदालत को लागि important related material हुने छ भने homosexuality लाई prostitution कै case को रुपमा लिएर red light zone को व्यवस्था संगै सजिलै समाधान गराउन सकिने कुरा समेत conclusion and Recommendation मा समाहित गरियको बताउन चाहन्छु.
फोकट का गन्थने कुरा र फैसला गर्छन याहा चर्चा मा आउनको लागि आफ्नो सस्रिर को मालिक आफै भासी यो सरिर लाइ आत्म्महत्य गर्न पनि दिनु पर्यो कानुन ले खुलस्त पारोस
” सन्तान ले डाँडाकाडा ढाकुन ” भन्ने पुरानो आशिरबाद को नया र आधुनिक version
अब ” समलिङ्गी ले डाँडाकाडा ढाकुन ” हुने भयो
There is a saying “we all know how others should live their lives but we don’t know how to live our own”. I just read a news today, where a lesbian girl tells her dad “I’ll marry a man when you do”. It’s as hard for a gay to marry an opposite gender as it is for a straight person to marry their own gender. If we cannot understand them, we should at least let them be. They are not ruining our relationships, why should we ruin theirs?
The tone of this article could have been more supportive. If our society is treating people equally, why make that story a controversy? Though the rules are good, our society needs to show more support to gay and all people who are treated differently (disabled,autistic,poor,castes…etc.)
हो हो!
तेसै त जनसंख्या धेरै भयर धानी नसक्नु हुन लाग्याछ देशमा अनि संसारमा!
यो समलिंगी बिबाह जनसंख्या नियन्त्रण वा घटाउने अचुक औषधि र उपाय हो!
यो अझ चिन र भारतले बैधानिकता दियर लागु गर्नु पर्ने!
अनि समलिंगी बिबाहमा यौन भन्दा पनि प्रेमको प्रयोग बढी हुन्छ तेसीले यसलाई बैधानिकता दिनु नराम्रो मान्दिन म!
तेसमाथि यो कलियुगमा सबै कुराको परिभाषा बदलियर कलियुग सम्मत भयको छ!
समलिंगी विवाहलाई समाजले,
यो यौन र शारिरिक सम्बन्ध भन्दा प्रेम र आत्मिय सम्बन्धमा अेको हुन्छ र तेसैमा अबस्थित हुन्छ भनेर मान्यता दिदै स्विकार्नु उचित हुन्छ! भने
यसलाई कानुनले,
समयको परिवर्तन र यसले जनसंख्या नियन्त्रण गर्दछ, यौन हिंशा नियन्त्रण गरि कमि ल्याउदछ भनेर बैधानिकता दिदै मान्यता दिनु राम्रो हुन्छ!
तर यहा कानुनले जसरि द्रिस्त्रिकोन राखी मान्यता दियको छ त्यो चाहि मन परेन मलाइ त!
जे भयपनी आफूत रैथाने प्राकृतिक प्रेमी परियो भालेसँग जुध्ने त सोच्न पनि सकिदैन, पोथी देख्योभने मन तेसै झंकार बिट मार्दछ गाठे!
अदालतले कानुनको व्याख्या गर्ने हो, न कि कानुन बनाउने / सिरिमानहरु जान्ने पल्टेर नियम कानुन बनाउन थाले, अब नेपालको संबिधान पनि उनैलाई लेख भनेर छोड्नुपर्छ 🙂 न चाहिए सभासद्, न चाहियो महँगो चुनाउ, न चाहियो संबिधान सभा, दुइ माहिनामै तयार: तर खालि सिरिमानहरु को मानसिक फोहोर को थुप्रो मात्रै हात लाग्नेछ /
अनि समलिंगी बिबाहको अर्को उत्पादन (म समलिंगीको बिरोधि पनि होइन समर्थक पनि होइन): सन्तान जन्माउन पाउनुपर्ने (टेस्ट ट्युब बेबी) वा धर्मपुत्र / धर्मपुत्री अपनाउन पाउनुपर्ने माग आयो भने चाही के भन्ने? त्यो त उनीहरुको आफ्नु शरीरको मात्रै कुरा होइन, अर्को व्यक्तिको कुरा हो / बच्चाले ‘मेरो बाबु को हो?’ वा ‘मेरो आमा को हो?’ भनेर भने के गर्ने? बाल मनोविज्ञानका ज्ञाता पनि तिनै सिरिमानहरु हुने हुन् कि त्यतिखेर?
सिर्जनेको कुरा सोह्रै आना सहि छ| कानुन बनाई बनाई sexual perversion लाई बैधानिक मान्यता जो सर्बोच्चले दिने कार्य गरेको छ यो आफ्नो कार्यक्षत्र भन्दा बाहिर गई कार्य गरेको देखिन्छ | सम्पूर्ण मुद्दाको ब्यबस्थापन जनताले चुनेर बनाएको व्यवस्थापिकाले गरे पश्चात परि आउने बिबादमा बल्ल सर्बोच्चले व्यबस्थापिकाको निर्णयसम्मत भयो कि भएन भनि ब्याख्या गर्नु पर्नेमा आफै सर्बे सर्बा भई कानुन पनि आफै बनाउने, व्याख्या पनि आफै गरी कानुनि लोकतान्त्रिक पध्दतीको खिल्ली उडाईएको देखियो|
मैले सुने अनुसार अदालतले कानुनको व्याख्या मात्र गर्दैन , राज्यलाई आवसे कानुन बनौन निर्देशन पनि दिन सक्छ किनकि कानुनी किताबमा सबै कुरा लेखिएका हुदैनन् र समय क्रम अनुसार नया कानून आवसेक परेको खण्डमा तेस्तो आदेश दिन पनि सक्छ ..
यो पुरै प्राकृतिक हो र फरक यति मात्र हो कि तपाइँ बिपरित लिंगीसंग आकर्षित भएजस्तै समलिंगीहरू आफ्नै लिंगका व्यक्तिहरूसित आकर्षित हुन्छन.
कोहि पनि चाहेर समलिंगी हुनसक्दैन. यदि पत्यार लाग्दैन भने देखाईदिनुस समलिंगीहरूलाई कसरि बदलिन सकिन्छ भनेर….सोच्न पनि सक्नु भएन..हो कि होइन?
अमेरिका मा त यो सबाल जिउँ का तिउँ छ….Nepal मा त नेपाली संकृति र सामाजिक गाँठो भत्कौन….बिदेसिले लादेको निर्णय हो…भारतमा त विदेशीले सकेपो नेपाल जस्तो खेलाउन
येदि मानब समाज र सभ्यतालाइ निरन्तरता दिने हो भने पक्कै पनी एउटा सिमा हुन्छ र बनाउनु पर्छ | हामी सर्ब साधारणहरु जसरि सबै मानिस प्राकृतिक नियम अनुसार चलुन भन्ने हुन्छ तेस्तै सबै समलिङ्गीहरु यो संसार समलिङ्गीले ढाकियोस भन्ने हुन्छ | येदि उनीहरुले सोचे जस्तै हुँदै गयो भने यो मानब सभ्यता कहिले सम्म रहला ? सबैभन्दा धेरै आफ्नो इच्छाका मालिक जंगली जनावरहरु त समलिङ्गी भएका प्रमाणहरु छैनन् भने हामी त अनेक दाइत्वहरु बोकेका चेतनशील सभ्य सामाजिक प्राणी हौँ | आ-आफ्नै मन गढ़ंते चाहानाले जन्माइयेका इच्छाहरु अनेक हुन्छ सक्छन के ति सबै इच्छाहरु पुरा गर्न वा स्विकार्न सकिन्छ होला ? सवाल यो हो !
मा…….दी र स्वयम आफ्नै प्रमुखले धोती लगाइसकेका बिबादका भकारी हाम्रा अ……त का त के कुरा गर्नु | धेर जसो निर्णय मौलिकता भन्दा कपि पेस्ट हुन्छन | यिनले हाम्रो मौलिक समाजको रक्षा गर्लान भनेर सोच्नु त धिक्कार छ |
नेपालका अदालतले भरपुर प्रजातन्त्र उपभोग गर्दै छन यो उपभोगले देशलाइ कुन मोड मा लाने हो ठालुहरु नै जान्दछन
अब नेपाल भन्ने देशको पहिचान र अश्तित्व मेटिन धेरै समय लाग्ने छैन , यस्तै बान्कीको फैसला २०५५ देखि अन्नपुर्ण राणा समेतका फैसलाबाट ……..पोपुलिस्ट हुने शोख नेपालका न्यायधीशमा तीव्र गतिमा बढ्दै छ पनि
कलियुग हो कलियुग!
द्वापर युगमै यो युगको परिचय र उद्घोष भैसकेको थियो!
सबै कुरामा आधुनिकताको कुरा फलांकछन् , globalization को कुरा पनि हुङ्कार्छन, पायो भने कुवाको भ्यागुता नबन पनि अरुलाई भन्छन, संकुचित विचार र भावना लिएर नबाँच पनि भन्छन
समय ले फड्को मारी सक्यो पनि भन्छन, आधुनिक जमाना संग सोच र बिचारमा परिवर्तन नगर्नेले
पछुताउनु पर्छ पनि भन्छन /
जब अघिल्लो लेख र यो लेख मा Like र dislike को हिसाबकिताब गर्दा त राते हरुको नै बहुमत देखियो / यसको अर्थ आधुनिकता, globalization , उदार विचार, भावना निहित स्वार्थ अनि आफ्नो दुनो सोझ्यौनको निम्ति मात्र / बधाई छ मित्रहरुलाई तर एउटा कुरा चाहिँ नभुल्नु, ढेर बिरोधको बाबजुद पनि यिनीहरुको जित नै भएका छन्, क्षत्रिय, राष्ट्रिय अनि अन्तरास्ट्रिय स्तरमा,
अनि आउने दिनहरुमा महोदयहरुको बिचारमा सुधार अनि बिकाश नगरेमा, विचार अनि सुझाब चाहिं, सोझै फोहोर recycling केन्द्रमा पुग्नेछन /
यो कथित् तेस्रो लिंगी भनेको एक किसिम को रोग हो ! जो होर्मोने को कमि ले हुन्छा ! यो सर्बोछ अदालत ले पनि तेस्रो लिंगी छ भनेर बैज्ञानिक ले भने भन्दैमा हो मा हो मिलाई हाल्ने ,कस्तो खालको अदालत हो ! भोलि छयरोगि ले चौथो लिंगी भन्दै आवाज उठाए भने त्यो पनि मान्न बेर छैन
पुर्बिय चलन र पश्चिमी चाल चलन नितान्त फरक थिए | पश्चिमा हरुले भौतिक प्रगति के गरे पुर्बिया हरुले हरेक कुरामा उनकै अनुसरण गर्ने नीति लिए |
तेसैले सुन्दै अचम्म लाग्ने येस्ता कुरा हरु आइरहेछन
जस्तो कि ”गे म्यारिज ”, ब्वाई फ्रेन्ड ,गर्ल फ्रेन्ड बस्ने , बिहाह पुर्ब नै यौन सम्बन्द मजा ले राख्ने एसले धेरै सामाजिक समस्या निम्त्याउछ |
कि त् पुरै पश्चिमा जस्तो बन्न सक्न पर्यो एता को कपि ,उताको कपि गर्दा उँट को सिर्जना हुन् बेर छैन |
यी सब प्रकृति को देन नै त हुन्.
जस्तो कि पौराणिक कल देखि नपुंसक (सत्यव्रत/ भिष्म/ शिखण्डी) पैदा हुने गर्छ ; त्यसरी नै यस युगमा समलिंगी , उभयलिंगी , तेस्रोलिंगी आदि जन्म लिने को इच्छा बेगर पैदा हुन्छ. यस्तो अवस्थामा उनीहरुलाई न्याय सम्मत ढंगले समाज र राज्यले व्यवहार गर्नु उचित हुनेछ.यिनीहरुको प्राकृतिक अधिकार को कानूनी रुपले ग्यारन्टी हुनु सामयिक हुनेछ.
साथी सुगतश्री सरन सायद तपाई ले महाभारत राम्रो संग study भयको रहेञ्छ क्यारे , तेसै ले भिस्म जस्तो महान पुरुष लाई नेपाल का ठमेल मा देह व्यापार गर्ने हिच्चाडा हरु संग दाज्नु भयो .
समलिंगीको प्रसङ्गमा केहि धार्मिक प्रसङ्ग उल्लेख गर्न चाहन्छु / कृष्णले आफ्नो किसोरबस्थामा आफ्नो प्रेमीका राधासंग कपडा साटेर लगाएको प्रसंग आउछ /
शिखण्डी एक तेस्रो लिंगी महाभारत एक योद्धा हुन / उनि पूर्व जन्ममा अम्म्बा नाम कि कासीकी राजकुमारी थिईन / यिनी राजा साल्बसंग प्रेम गरि बिबाह गर्ने योजनामा थिईन / तर भिस्म पितामहको कारण ईनको बिबाह साल्ब हुन सकेन / उनले भिस्मलाई बिबाहको प्रस्ताब राखेका थिय तर भिस्मले ब्राम्हचर्या प्रण गरेकाले बिबाह प्रस्ताब अस्वीकार गरेकाले बदला लिन अर्को जन्म शिखण्डी नाममा लीएको हुन /
भगवान बिष्णुको मोहिनी अबतार पनि तेस्रो लिंगी अबतार मानिन्छ / उनले मोहिनी अबतारमा नाच देखाएर देवतालाई अम्रीत अनि असुरलाई मदिरा पिलाएका थिए /
महाभारतको अर्को पत्र अर्जुन बनबासको क्रममा धनुर्बिद्धा सिक्न आफ्नो जैविक पिता इन्द्रकोमा गएका थिय / धनुर बिदधा सकेपछि एकदिन उनका पिताले अप्सरालाई अर्जुनलाई खुसि पर्न अर्जुनकाहा पडाएका थिए / अप्सराले अर्जुनलाई आफुसंग यौनसम्पर्क राक्ख्न अनुरोधगरेका थिए / तर अर्जुनले अस्विकार गरे / उनले तर्कगरे अप्सराले आफ्ना पिता इन्द्रसग पनि यौन सम्पर्क गर्नेहुदा अप्सरा माता समान भएकोले आफु यौन सम्पर्क नगर्ने भनेका हुन / फलत अप्सराले अर्जुनलाई श्राप दीएकोले अर्जुन १ बर्ष तेस्रो लिंगी हुपरेको हो / भगवान शिवले अर्धनारेस्वोर रुपलीएको प्रसंग शिबपुराणमा छ / यो तेस्रो लिंगी सम्बधि पौराणिक प्रसङ्ग हुन समसायमिक लगेर उल्लेख गरेको मात्र हो /
जुन देस मा हिच्चाडाहरु को राज हुन्छा तेस देस मा हिच्चाडा हरु लाई कानुन त बनाउनै पर्यो नि , सरकार , नेता, तथा कति पय जनता पनि हिच्चाडा भय पछि बाल मतलब भयो र ?
एस्त दुइ चार जना पागलहरुलाइ (hormonal imbalance भए त्यो उपचार गर्ने हो फोकटमा चर्चामा आउन जे मन लाग्यो त्यहिँ गर्ने हैन त्यसैले यी पागल हुन् ) लिएर आकाश नै खस्ने हो कि जस्तो न गरौ , यिनको धेरै चर्चा गर्नु भनेको पनि यिनको गतिबिधि लाइ प्रोत्साहन गर्नु हो |
यिनले समाजका अरु मानिसहरु लाइ हानि नोक्सानी नपुर्याउनेहो भने त गे हुन् या लेसबियन के फरक पर्यो र , समाजले यिनलाई जबर्जस्ति अपनौना पर्छ भनेर थोपर्न त मिलेन नि , यिनीहरु समाजबाट आफै प्रगेलिञ्छन|
तपाइँले गे मात्र होइनन मानसिक बिरामी (जसलाई पागल को संज्ञा दियिञ्छ), उनीहरु पनि हामीजस्तै मानिस हुन् भनेर बुझ्न जरुरि छ, र यो विभेदको पर्दा हटाउन जरुरि छ. मा प्रार्थना गर्दछु कि तपाइँ वा तपाइका आफन्त कसैलाई मानसिक रोग ले नछोइकनै तपाइले एसको मर्म बुझ्न सक्नुहोस्.
शिक्षा जी,
तपाईले के बुझ्न जरुरि देखियो भने दुवै मानसिक बिरामीहरु हुन् र दुवैलाई उपचारको खाँचो छ | social decency र individual freedom को बिभाजन बुझ्न जरुरि छ| आवश्यक परे अनुबंशिक तहमा नै पुगौंला, के छ विचार ?
हाहाहा । कुरो पढेर हाँसो थाम्न गाह्रो भो । विविध समस्या जस्तै काम, रोजगारी पढाइ आदिका बाद्यताले घर छोडेर पति पत्नीसँगै बस्न नमिल्ला । यसमा त कानुनी भन्दा भावनात्मक नाता जोडिएको हुन्छ । तर विवाह भनेकै जोइ-पोइसँगै बस्नलाई बाँधिएको समाजिक चलन हैन र ? त्यो पनि सँगै बस्नु पर्ने बाध्यता छैन भन्ने अदालतको बिरोध गर्दा मान हानी होला र मुद्धा चल्ला चुपलाग्नै बेश होला ।
अर्को कुरा नेपाल धेरै कुराकालागि स्वर्ग हो । पर्यटककलागि प्रकृतिको स्वर्ग हो । अपराधिकालागि खुकुलो कानुनको घुस खाने छिद्र स्वर्ग हो । नेताकालागि जनता ढाँट्न ठग्न, लुट्न र ज्यान मार्न स्वर्ग हो । जे मनलाग्यो त्यो लेख्न कानुनले नरोक्ने पत्रुकारकालागि पनि स्वर्ग हो । निमुखा, किसान, कर्मशीलकालागि त नर्क समान हुँदै गैरहेको छ । दैनिक हातमुख जोर्न हिडेका मरुभूमिमा सेरिएर मर्नु पर्ने देशका नागरिकले उपलब्धि बिहीन, गति छाडा कार्यमा सहमतीको “उत्साह बर्धक” तोक कानुनको खुल्ला उपहास भन्न मन लाग्यो ।
धेरैले विपरित लिङ्गिसँगै विहे गर्छन् जाने बुझेसम्म । यो लाखमा २-३ जोडि हुनु भनेको अपवाद पनि प्राकृतिक नै भन्न पनि मिल्ला तर्क गर्दा त कुरो र कुलो जता घुमाए पनि भो खाली कुलामा पानी जाने नजाने मात्रै हो क्यारे । विज्ञानले जनावर वर्गमै वर्गिकृत गरे पनि समाजशास्त्रले जनावर मान्दैन क्यारे मान्छेलाई सामाजिक प्राणी भन्छ क्यारे । भाग्यले ठगिने बाहेक २ बाट ३ बनाउन नसक्ने कर्मले सामाजिक कसरी होला त ?
तर खै बैँसले कुत्कुत्यायो भन्दैमा र आफ्नो शरीर जसरी उपयोग गर्छु भन्न पनि मिल्ने हो भने त कात्तिकका भुसिया कुकुरको दैनिकी र मानिसको लहडमा फरक देखिन्न होला । बेश्यालय खोल्न पनि छुट दिनु पर्यो नि न्यायधिस ज्यु त्यसमा चाहीँ किन बन्देज ? भुसिया कुकुरको जस्तो प्राकृतिक यौन आचरण पनि पालना गर्न दिनु पर्ने पो हो कि ! प्रकृतिले सबैलाई दिएको कुरा के छोप्नु र खुल्लै हिड्न पनि पाउनु पर्यो नि त न्यायधिस ज्युहरू । कसैलाई मनलागेको देखाउन लुगा च्यात्ने टन्टो पनि परेन किन्न नसक्नेलाई लुगा फाट्ने नेन्सन पनि भएन ।
कानून नै नभएपछि “आफ्नो शरीरको मालिक व्यक्ति आफैँ हुने र आफ्नो शरीरको उपयोग यौनकृयाको लागि कसरी उपयोग गर्ने भन्ने कुरा पनि व्यक्तिको आफ्नो स्वायत्तताको विषय हुने” जस्ता विवाद उत्पन्न गर्ने कुरा नलेखेर, यस्ता विषयमा अदालत वा प्रशासनले समेत बोल्न नमिल्ने र कसैले पनि कसैका विरूद्ध जोरजबर्रस्ती गर्न नपाउने व्यहोराको सामान्य फैसला गरिदिए पुग्ने थियो कि ! यस्ता वाक्यांशले त ‘देहव्यापार’ आदिलाई समेत छुट दिएको भान हुन्छ । होइन र ?
यस बारेमा मेरो विचार यस्तो छ , जो नितान्त निजि विचार हो |
सर्ब प्रथम हामी नियम कानून लाई हेरौ | के हुनत नियम कानून भनेका? नियम कानून भनेका प्रकृति को बिरुध्ध नगई मानिस वा प्राणी मात्रको विकास मा सहयोगी कुने कुरा को संकलन हो जसलाई राज्यले मान्यता दिएको हुञ्छ | के कसैलाई लहड चल्यो भन्दै मा हिउद मा पानी पर्ने पर्छ भन्ने कानून बनाउन सक्छौ ? बनाउन त सकीएला तर के तेस्को केहि अर्थ हुन्छ ?
हाम्रा पपम्परा वा प्रचलित कानून कहिले कहिँ र खास गरेर अहिले को बदलिएको परिस्थिति मा मानब हितका लागि लागि बाधक हुन् सक्छन र भए भने त्यस्ता कुरा फेर्नु पर्छ | तर व्यक्तिगत स्वतन्त्रता भनेर प्रकितिले दिएको नियम लई बदल्न खोज्नु के मुर्खता मात्र होइन? के यो मानब सभ्यता को बिरुच्ध्ध पनि होइन ?| के अअब केटा केटा र केटि केटि बिबाह गर्ने दिएर हामी मानब सभ्यता लाई नै नस्ट गर्ने ?
मलाई थाहा नभनेको हुन् सक्छ के सम लिंगी बाट बाछा पैदा हुञ्छ ?
This is an amazing information. If government can’t control it legalize it, its as simple as this. People might have different opinion on gays and lesbians( I am for gays lesbians from my heart). People may think it is against nature even though it is not but I respect their opinion because they have some good points on it. But the bottom line is how on earth can you control it even if it is against the law? Two males or two females can share one room. You can not go to their room with a torch light on your hand to see if they are having sex or not. Can you?
On the other hand, why do you have a problem with something if it doesn’t affect you personally? If you are straight, the law against or for gays doesn’t affect you at all. The law should be made according to the opinion of the group of people directly affected by it. Straight people making decisions for gay people’s marriage is just like you making decision for your neighbor to what to cook for dinner. you don’t eat it so why do you care what they cook? Just close your eyes and imagine yourself being on the other side of the equation. Imagine being forced to marry a gender you don’t want to marry at all. Forcing a gay man to marry a straight woman is as bad as forcing a straight man to marry a man. Its just my personal opinion, I am sorry if I offend someone with it.
दीपकजी, it is a perversion .
Went through one of above link where an would be lesbain says “पढाइमा रुचि नभएपछि आठ कक्षा पढ्दापढ्दै भागेर काठमाडौं आएकी हुँ ” what can one expect from her to a society other than to spoil the society. Her partner was unsatisfied with her husband after having a child. Had she met some reliable male partner she would have gone with a guy as well. Sad to say, Our society is being shaped by these fools. I don’t talk against their right. But i want say that laws and policy should by decided by wise people.While the most of the developed countries are against this relation, Nepal is in lead. Bravo!!! These kind of bull shits happens only in Nepal.
There is a saying ! God Created Adam & Eve not Adam & Steve.
I think Adam and Eve created God not God Created Adam And Eve.
Adam and Eve was created by a tiny group of unicellular (bacteria like) creature.
if u believe that, then does that mean it’s ok to marry ure own family members??
काग बढी बाठो भएपछी “आची” खान्छ भन्ने त उखान नै छ | मलाई चाहिं त्यहि भएको हो भन्ने लाग्छ |
नेपाल समलिंगीका लागि स्वर्ग भनेर भन्नु भन्दा पनि
” समलिंगीका लागि समान मानब अधिकार भएको देश नेपाल ” भन्दा न्यायोचित होला .
जो जसले समलिंगीका कानुनि हकका सबालमा आबाज , उठाए ति धन्यबादका पात्र
हुन् .
हामी सबै मानब एक हौ भने ,
समलिंगी पनि त हामी जस्तै मान्छे हुन् .
जति हामीलाई हाम्रो जिबन जिउने अधिकार छ त्यति समलिंगीलाई पनि छ !
बिश्वकै धेरै देशमा समलिंगी सम्बन्धि कानून न्योचित नभएको अबस्थामा नेपालको
कानूनले न्याय मार्ग देखाउछ भने त्यो सम्पूर्ण बिश्वको लागि मार्ग दर्शक हुने नै छ .
यस बरेम मेरो विचार यस्तो छ , जो नितान्त मेरो मेरो मात्र विचार हो
सर्ब प्रथम हामी नियम कानून लाई हेरौ | के हुनत नियम कानून भनेका प्रकृति को बिरुध्ध नगई मानिस वा प्राणी म्त्रको विकास मा सहयोगी कुने कुरा को संकलन हो? के हामीले हिउद मा पनि पर्ने पर्छ भन्ने कानून बनाउन सक्छौ ?
हाम्रा पपम्परा वा प्रचलित कानून कहिले कहिँ र खास गरेर अहिले को बदलिएको परिस्थिति मा मानब हितका लागि लागि बाधक हा सक्छन त्यस्ता कुरा फेर्नु पर्छ | तर व्यक्ति गर स्वतन्त्रता भनेर प्रकितिले दिएको नियम लाई बदल्न खोज्नु मुर्खता मात्र होइन मानब सभ्यता को बिरुच्ध्ध पनि हो | के अअब केटा केटा र केटि केटि बिबाह गर्ने दिएर हामी मानब सभ्यता लाई नै नस्ट गर्ने ?
प्रकृति पनि आफैमा परिवर्तनशिल छ! त्यस अर्थमा प्रकृतिका नियम हरु पनि समय अनुसार परिवर्तन भयेर नजालान भन्न सकिन्न ! जहाँ सम्म समलिङी विवाह को कुरा छ; एउटा दुइटा घटनाको कारण ले पुरै नियम नै खल्बलियो भन्नू बेकार हो ! नेपाल मा हामिले टाउको दुखाउनुपर्ने अरु धेरै कुरा बाकी नै छन ।
So proud to know that our country respect all people, This is one of the best news I have heard this year so far and thank you for bringing this issue and letting us know. This week in Grammy Award they made 33 couples to get married at the stage and singer Macklemore sang one of his song SAME LOVE, which showed the whole world, we need to change the way we thought about gay people. What a blessing to know that even being way back in development, our country Nepal is a free lad for these awesome gay people.
यत्रो बिधि फलाक्ने सर्बोच्च यौन स्वोतन्त्रता हुदै देह ब्यापार लाइ किन बैध करार गर्दैन त?
त्यो पनि आफ्नो शरीरको मालिक आफै होइन र?
देह ब्यापार लाइ किन छुट गर्दैन त तेसोभय?
आफ्नो शरीरको मालिक आफै र तेस्मा पूर्ण स्वोतन्त्रता भय आफुलाई मन लागेको मान्छेसँग आफुलाई मन लागेको ाउमा शारीरिक सम्बन्ध राख्न किन रोक्दछ?
यो आफैमा द्विबिधायुक्त निर्णय फैसला भयो कि त?
deha byapar is for the monetary propose, while gay marriage is a freedom to love our life the way I want.
व्यक्तिगत स्वतन्त्रताको अर्को पाटो: आत्महत्या / आफ्नु शरीरको मालिक आफु भए’सी आत्महत्या गर्न कानुनि रुपले पाउनुपर्यो नि हैन? (सामाजिक रुपमा नकारात्मक होला, त्यो अर्कै पाटो हो) / देह ब्यापार “ब्यापार” हो तेसैले तेस्मा प्रचलित नियम अनुसार गर्नुपर्छ, तर आत्महत्या त ब्यापार होइन क्यारे?
देह ब्यापार ब्यापार हो र त तेसलाई लाइसेन्स दिनपर्यो आर्थिक तथा कानुनि परिधिमा ल्याउनुपर्यो भन्यानि हाम्ले पनि!
लुकिछिपी मज्जाले चलिराछ त तेसलाई कानुनि परिधिमा ल्यायर चल्न दियामा तेस्ले नकारात्मक भन्दा सकारात्मक प्रभाब दिनेछ!
आखिर यो परिवर्तन ढिलो छिटो हुनेनै छ!
तेही त भन्या| देह ब्यापार पेशा हो| सामाजिक मान्यता पाउनु नपाउनुमा प्राकृतिक/अप्राकृतिक प्रश्न बाधा बन्दैन| समलिंगीको केशमा जहिले पनि decency को बिषय केन्द्र बिन्दुमा मा आउँदछ| को संग यौन क्रिया गर्ने भन्ने सवालमा भोलि बाख्रासंग, गाईसंग, राँगासंग यौन सम्पर्क गर्नु तिनीहरु संग यौनिक आकर्षण भएर हो भन्ने सवाल आएमा मान्यता दिने कि नदिने ? सामाजिक decency को आफ आफ्नै ब्याख्या होला, प्राकृतिक decency को जबाब कसरी दिने ?
एक दम रामो फैसला. गे हुन् वा लेस्बियन हुन्, ति सबै नेपाल आमा का सन्तान हुन्, उनि हरु को हक को सम्मान हो यो! कसै कसै ले प्राकृतिक र अप्राकिर्तिक को बहस गर्न खोज्छन, तर मेरो विचार मा तेस्तो बहस जरुरि नै छैन. तेसो भए त, परिवार नियोजन पनि अप्राकिर्तिक नै हो…तर के तेस को बिरोद गर्न लाएक छ त?