Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मधेसी-माओवादीको चियर्स

Posted on January 28, 2014January 28, 2014 by Salokya

gupta
जेपी गुप्ताले आज सार्वजनिक गरेका दुई फोटो फेसबुकमा निकै चर्चित भएको छ।

गुप्ताले लेखेका छन्-
डा. बाबुराम भटराइ नेतृत्वमा मधेसी–माओवादीको संयुक्त सरकार गठन सम्बन्धि सहमति हुंदाको बखतको तस्विर । सहमति अनि चीयर्स । गहिरो गरी जान्नेहरू भन्छन, यही घटनापछि मलाई समाप्त पार्ने काल जन्मियो । कहीँ कतै, अरू कोही संग नभएको यो तस्विर अब सबैका लागि सार्वजनिक भयो ।
gupta11

gupta22

२०४८ सालमा उनी प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका सल्लाहकार बने। २०५४ सालमा सञ्चार राज्यमन्त्री, ५५ सालमा सञ्चार मन्त्री अनि ५६ सालमा कृषि मन्त्री बने। २०५८ सालमा फेरि सूचना मन्त्री बने। यी सब मन्त्री पद उनले काँग्रेस भएर पाएका हुन्। ६२/६३ को जनआन्दोलनपछि भएको मधेस विद्रोहपछि उनी उपेन्द्र यादवको फोरममा लागे। पछि फोरम टुक्राएर फोरम गणतान्त्रिक बनाउँदै बाबुराम भट्टराईको सरकारमा पनि सूचना मन्त्री बने।

बाबुराम भट्टराईकै मन्त्रिमण्डलमा सूचना तथा सञ्चार मन्त्री भएको अवस्थामा उनलाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद र ८४ लाख जरिवाना र त्यति नै सम्पति जफत गर्न आदेश दिएको थियो। फैसला भएलगत्तै आत्मसमर्पण गरी २५ प्रतिशत डिस्काउन्टका साथ सजाय काटेर उनी अहिले छुटिसकेका छन्। नैतिक पतन देखिने सजाय पाएका कारण उनी अब सार्वजनिक पदमा रहन पाउँदैनन्। त्यसैले पनि होला, यस्ता गजबका फोटो सार्वजनिक गरिरहेका छन्।

19 thoughts on “मधेसी-माओवादीको चियर्स”

  1. Himan Gaunle says:
    February 3, 2014 at 5:42 am

    आ-आफ्नो स्वार्थका लागि तेतिबेल जनताले चाल पुलन कि भनि ठुला-ठुला होटेल अनि अति गोप्य ठाउं खोज्दै हिंड्ने र अहिले आफुले भने जस्तो भयन भनेर आफ्नै पोल खुल्ने गरि फोटो सार्बजनिक गराउनु ठुलो काम नभई, निच र निकम्मा भित्र पर्छ l जे जसरी माने पनि आखिर जनतालाई खाल्टोमा र आफुहरुको पोल्टामा राख्ने यत्रा खेल र पार्टी त् मानियछ नि!!

    Reply
  2. madan bajracharya says:
    February 1, 2014 at 8:35 am

    मधेशबादी र मधेश्बादिलाइ खै के भन्ने हेर्दा सुन्दा इनिहरु “दाइ भाइ” जस्तो पनि देखिन्छ/ तर अस्ति भर्खरै मावोबादिले मधेशबादी सिट लभ परेको भने पछि उनीहरु “जोई पोई” जस्तो पनि देखिन्छ/ मात्र कुरा यति हो कि कुन जोई हो कुन पोई हो त्यो ठम्याउन सकियन सायद समलिंगी हरु हुन् कि/ तर इनिहरु जो कोहि भयपनी इनिहरु बिचको चियर्स उनीहरुको कोठे कुरा चाहिं पक्कै हो/ नेपालीलाई तिनीहरु बिचको कुरा बाल मतलब नभयको चुनाव को नतिजाले देखाइनै सक्यो/

    Reply
  3. devendra says:
    January 30, 2014 at 9:58 am

    …काले काले मिलेर, खाए रक्सि भाले……

    Reply
  4. shersingh Nepali says:
    January 29, 2014 at 9:30 pm

    सहमति सम्झौता गरेर खुसि मनाउन नराम्रो हो भनेर भन्न त मिलेन , तर सालेहरुले हाम्रो सुन्दर देशलाई बर्बाद पारेको देख्दा भने धेरै चित्त दुखेर आउछ ! डाकाहरु !!!

    Reply
  5. RB kc says:
    January 29, 2014 at 4:49 pm

    चियर्स गर्नु नराम्रो र अनौठो होइन, तर यो चियर्स माओबादी र मधेशबादी दुवै लाइ सिध्याउने चियर्स बन्यो.

    Reply
  6. Paul says:
    January 29, 2014 at 10:15 am

    आफ्नो मुख पनि त देखिएको छ नि गुप्ता ब्रो !!!

    Reply
  7. neeraj says:
    January 29, 2014 at 8:15 am

    धन्न चुनाब पछि फोटो सार्बजनिक गरेछ, चुनाब अघि गरेको भए भोट हैन लात पाउथे होला …….तर अझ के के होला भित्र भित्रै ……….. सार्बजनिक गरेर मात्र के गर्नु ……. नराम्रो काम गर्छस भन्दै कसैले येसो कोर्रा लगाउने काम गरे कति खुसि भयेन्थ्यो होला हो ……….

    Reply
  8. Jeevan says:
    January 29, 2014 at 1:32 am

    यस्ता जड्या हरु ले के देश हाक्छन .. देश अधो गति मा गा को गइ छ .. नेपाल ले उच्च आदर्श, नैतिकता र निस्वार्थ भावना बोकेको नेता कहिले पाउँने होला !! जुन समाजमा लोक लाज र मर्यादाको डर हुँदैन त्यो समाजमा उच्च नैतिकता बोक्ने नेता को जन्म पनि हुँदैन, यस्ता जड्या हरु लाई ठिकै हो भन्नु नेता हरु लाई स्तर बाट तल झर्नुमा मद्दत गर्नु मात्र हो |

    Reply
  9. बशन्त राज says:
    January 29, 2014 at 12:53 am

    प्रचण्डको नाम प्रकाण्ड हुनु पर्ने / कहीले प्रचण्डको भिडियो सार्बजनिक हुने अनि भिडीयो काण्ड मच्चीने / त्यस पछि प्रचण्डको पुत्रले घरमा श्रीमती हुदा हुदै आफ्नो महिला कार्यकर्ता लीयर दिल्लिभाग्ने अनि पुत्रको काण्डमा फस्ने / त्यस पछि लाजिम्पाट दरबार अनि महँगो पलंग काण्ड / अनि बाबुराम प्रधानमन्त्री हुदा प्रचण्ड पुत्र सरकारी खर्चमा सगरमाथाबाट सान्ति ल्याउने भन्ने अर्को काण्ड / अब फेरी चीयरस फोटो काण्ड /सच्चाई प्रचण्ड महान नेपाली जनताका महान नेता हुन भन्ने हाम्लाई लगिरछ /

    Reply
  10. aryab man singh basnyat says:
    January 29, 2014 at 12:10 am

    “छुचुन्द्रो को मुखमा चमेलीको तेल ” भनेको यहिँ हो बाबै, बिदेशी दलालहरुको नया राजनैतिक हातेमालो अब को को सकिने हुन् !! आखिर मा नेपाली गरिब जनता त होलानि मारमा… ल गरि खाओ !!!!

    Reply
  11. भोला कोइराला says:
    January 28, 2014 at 11:21 pm

    घुस खाने बेलामा आँखा देखेनन जय गुप्ताले,अहिले आएर तेहि जाड खाएर षडयन्त्र भएको रे…होइन आफै सुचना मन्त्री हुने तर आफैलाई जेल हाल्दैँछन भन्ने सुचना नपाउने कस्तो बेबकुफ नेता रैछन त…….फेरी यो फोटोमा के तेस्तो गुप्त कुरा छ र…..बाबुराम प्रम बन्ने बेलामा मधेषी मोर्चा सँग ४ बुदे सहमति भाकै हो सबलाई थाहा छ त्यो कुरो…..
    अनि खरदारमा नाम निकाल्नेले त मस्तको जाड पार्टी गर्छन यहा, प्रम हुने नै भएपछि जाड पार्टी त सामन्य कुरा हो नि………अति भ्रष्टाचार गरेपछि अन्टसन्ट बोल्छन\गर्छन भन्थे हो रहेछ…..

    Reply
  12. Mahesh says:
    January 28, 2014 at 10:59 pm

    कुनै कुरा को सहमती हुनु, अनी खान पिन गर्नु , पिउनु अगी cheers गर्नु ति समान्ये कुरा हुन। देश को के के खाइ सके अब नेता ले रक्सी खाए भनेर गुनासो गर्नु जरुरी छैन। गुप्ता ले एस्ता साधारण फोटो सार्वजनिक गर्नु को सत्ता ति नेता हरु को कालो धन , भ्रस्ताचार को सबुत सार्वजनिक गरे बरु केही बजन हुन्थ्यो।

    Reply
  13. Anil Chaudhary says:
    January 28, 2014 at 9:38 pm

    जे हुन्छ यहाँ पर्दा पछाडी नै हुन्छ !
    बाहिर त सब देखावटी हुन्छ , हाम्रो राजनीति मा /
    साला HYpocrite हरु ! Transparency भन्ने कुरो कहाँ छ ? हाम्रो लोकतात्रिक अभ्यासमा …….Cheers !

    Reply
  14. dharmendra says:
    January 28, 2014 at 9:24 pm

    कति गोप्य थियो होला यो cheers कार्यक्रम ? एकपल्ट ध्यान दिनुस्त / सधै रिसोर्ट धाउनु पर्ने हरु एउटा सानो कोठा मा छन् / पर्दा पनि अति राम्रो संग लागिएको छ र ढोकाको चुकल पनि हर्नुस /
    मलाई त यो फोटोहरु हेर्दा फोटो १ मा लुट्ने योजना बुन्दै छन् र दोस्रोमा लुट सफल भएपछी cheers गर्दै छ

    Reply
  15. Shankar says:
    January 28, 2014 at 8:44 pm

    नेताहरु सहमति पछि चियर्स गर्छन , गीत गाउलान , नाच्लान धन्न त्यो चै गरेको देखिएन |
    सहमति जे मा होस् , त्यो तेसै लख काट्ने कुरा आएँन | तर गुप्ता ले यो चियर्स गर्ने म मात्रै जेल गइ अरु गएनन् भन्न खोजेको हो कि ?
    गलत काम गरेको जो प्रमाणित हुन्छ त्यो जेल जान्छ , बा कचा खेलाडीले फुटबल ( राजनीति ) खेल्दा बल सोझै मुख मा लागेर ढल्न सक्छ |

    अब बाबुराम र प्रचण्ड ले मधेसी नेता सग गुप्त साठ ,गाठ गरे , रक्सि पिए भन्न खोजेको हो कि ?
    कि तराइ नेपाल को हैन भन्न सक्नु पर्यो , मधेसी नेपालि हैनन् भन्न सक्नु पर्यो न भए एक नेपालि आर्को नेपालि सग कुरा गरे ,चियर्स गरे त् यो गुप्तालाई किन अचम्म लाग्यो ?
    अझै बडीबार्ता गर्नु ,अझै बडी घुल मेल हुनु जरुरि छ , समय को माग हो हिमाल ,तराइ , पहाड लाइ एउतै डोरीले कस्नु पर्छ |
    भारतीय बिस्तारबाद को बिरोध गर्ने , सुरुङ्ग युद्द गर्ने भन्ने हरुले झन मधेस सग चियर्स गर्छ त् राम्रै कुरा हो | बरु आजकाल सिमाना मिचेको , बिस्तारबाद को बिरोध गरेको सुनिएन र पो मार्यो |

    Reply
  16. avash rimal says:
    January 28, 2014 at 8:18 pm

    नेपाली राजनीतिको भित्रि पाटो यही नै हो .. देशको मतलब हुदैन आफ्नो पार्टी मात्र ठुलो !!! चीयर्स क. प्रचण्ड !!!

    Reply
  17. dharmendra says:
    January 28, 2014 at 8:00 pm

    सत्ताको लागि cheers
    पैसाको लागि cheers
    सर्बहाराको नाममा cheers
    रगतको खोला बगाउने सहिद हरुको नाममा cheers …………
    क्या छ नेताहरुको जिन्दगि …..

    Reply
  18. neerose says:
    January 28, 2014 at 6:55 pm

    अनि यो फोटो देखायर यसले भन्न खोजेको चाहि के हो त?

    Reply
    1. aryab man singh basnyat says:
      January 29, 2014 at 1:33 am

      हामी फरक फरक डयांगका मुल भएपनि बिउ चाही एउतैहो भन्न खोजेको हो कि मित्र !!!!

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme