Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भिआइपी पछि अब सिआइपी पनि

Posted on January 27, 2014 by Salokya

भिभिआइपी र भिआइपीहरुको बारेमा त तपाईँले सुन्नुभएकै होला, भोग्नुभएकै होला। अब नेपालमा पहिलो पटक सिआइपी पनि भएका छन्। भिआइपी-सिआइपी भनेर लय मिलाइएको हैन। महत्त्वपूर्ण व्यवसायिक व्यक्ति अर्थात् Commercially Important Person (CIP) का रुपमा अब नेपालमा ३४ जना हुनेछन्। राष्ट्रपतिले आज उनीहरुलाई सम्मानसहित प्रमाणपत्र दिए।

के के सुविधा पाउँछन् त सिआइपीहरुले ?
अन्तराष्ट्रिय विमानस्थलमा ‘भिआइपी’हरुले झैँ विशेष लाउन्ज उपयोग गर्न पाउनेछन्।

सिंहदरबार लगायतका महत्वपूर्ण सरकारी कार्यालय प्रवेशमा पनि कुनै रोकटोक हुने छैन।

मन्त्री/प्रधानमन्त्रीहरुसँग भेट गर्न सजिलै पाउने छन्।

नेपाल भ्रमणमा आएका अन्तराष्ट्रिय व्यक्तित्वहरुको भेटमा पनि अग्राधिकार पाउनेछन्।

सार्क क्षेत्रमा बिना अवरोध आवतजावत गर्न मिल्ने सार्क स्टिकर सरकारले दिनेछ।

को को हुन् सिआइपी ?

१. तेस्रो मुलुकतर्फ निकासी हुने प्रमुख ५ बस्तुका सर्वाधिक निकासीकर्ता
क. तेन्जिन सोपा लामा, प्रबन्ध निर्देशक, द सांग्रिला कार्पेट एण्ड ह्यान्डिक्राफ्ट इण्डष्ट्रिज प्रालि (उनी गलैंचा)
ख. हरिप्रसाद भट्ट, प्रबन्ध निर्देशक, नेपाल फेसन प्रालि (तयारी पोशाक)
ग. कर्केनताङबे गुरुङ, प्रबन्ध निर्देशक, एभरेष्ट पश्मिना निट एण्ड वेभिङ इण्डष्ट्रिज (पश्मिना)
घ. वीरेन्द्रकुमार सांघाई, त्रीवेणी दाल तथा आयल इण्डष्ट्रिज प्रालि (मुसुरो दाल)
ङ. हसन अन्सारी, एसियन लेदर इण्डष्ट्रिज प्रालि (छाला)

२. भारततर्फको निर्यातमा रकमको आधारमा अग्रस्थानका उद्यमी
हरकिरत सिंह बेदी, कन्ट्री म्यानेजर, डाबर नेपाल प्रालि

३. हस्तकलाका उत्पादन सबैभन्दा बढि रकमको निर्यात गर्ने उद्यमी
महेश्वर श्रेष्ठ, एभरेष्ट फेसन

४. कृषिजन्य एबं जटिबुटी क्षेत्रका उत्पादन सबै भन्दा बढि रकमको निर्यातकर्ता
कृष्णप्रसाद प्रसाई, इलाम टि प्रोड्युसर प्रालि (चिया)

५. चीनतर्फको निर्यातमा रकमको आधारमा पहिलो र दोस्रो स्थानका निर्यातकर्ता
क. रामप्रसाद श्रेष्ठ, अध्यक्ष, अपि हिमालय इन्टरनेशनल प्रालि
ख. आबिद अली अन्सारी, सञ्चालक, एसियन लेदर इण्डष्ट्रिज

६. सबैभन्दा बढि रकमको निर्यात गर्ने महिला उद्यमी
डोमा लामा, अध्यक्ष, सांग्रिला एग्रो ट्रेडिङ प्रालि

७. नेपालबाट निर्यात हुने मध्ये अग्रस्थानमा रहेका वस्तुका उत्कृष्ठ विदेशी पैठारीकर्ता
क. टी. साइबोर, स्टीभ टि सिभर, अमेरिका (उनी गलैंचा)
ख. ऋषि पुन्नाखर ढकाल, प्रेसिडेन्ट, राइजिङ इन्टरनेशनल इंक, अमेरिका (तयारी पोसाक)
ग. रोकिया, बङ्गलादेश (मुसुरो)
घ. क्रिस्चियन गोल्डम्यान, सिइओ, ओटो जिएमबिएच , जर्मनी (पश्मिना)
ङ. डर्मा एसआरएल, इटली (छाला)

८. रकमको आधारमा नेपाली वस्तुको उत्कृष्ट भारतीय पैठारीकर्ता
क किलसराम कुद्दन चौरासिया, डाबर इन्डिया लिमिटेड
ख भुषण पावर स्टील

९. रकमको आधारमा नेपाली वस्तुको उत्कृष्ट चिनियाँ पैठारीकर्ता
क. बेइजिङ मेडिसिन एण्ड हेल्थ प्रडक्ट कर्पोरेशन
ख. तिब्बत यिन्ताओ ट्रेडिङ कम्पनी, खासा

१०. सबैभन्दा धेरै रोजगारी सिर्जना गर्ने उद्यमी:
राजकुमार गोल्छा, सञ्चालक, अरिहन्त मल्टिफाइबर्स लि. खनार, सुनसरी

११. बैंकिङ प्रणालीमार्फत् सर्वाधिक रेमिट्यान्स भित्र्याउने कम्पनी:
चन्द्रप्रसाद ढकाल, कार्यकारी अध्यक्ष, इन्टरनेशनल मनी ट्रान्सफर (आईएमई)

१२. पर्यटक क्षेत्रमा सबैभन्दा बढी विदेशी मुद्रा भित्राउने होटल
सुरेशलाल श्रेष्ठ, कार्यकारी सञ्चालक, हायात रिजेन्सी प्रालि

१३. तेस्रो मुलुकबाट सर्वाधिक पर्यटक भित्राउने ट्राभल एजेन्सी
सिंहबहादुर बस्नेत, अध्यक्ष, यति ट्राभल्स

१४. सर्वाधिक कर दाखिला गर्ने उद्यमी
अनुपरञ्जन भट्टराई, प्रबन्ध निर्देशक, नेपाल टेलिकम

१५. निर्यात व्यापार तथा बाणिज्य क्षेत्रको प्रबद्र्धनमा योगदान पुर्याएका संघ संस्था तथा अध्यक्ष
क. सुरज बैद्य, अध्यक्ष, नेपाल उद्योग बाणिज्य महासंघ
ख. नरेन्द्रकुमार बस्नेत, अध्यक्ष, नेपाल उद्योग परिसंघ
ग. हेमरत्न शाक्य, अध्यक्ष, नेपाल हस्तकला महासंघ
घ. रीता भण्डारी, अध्यक्ष, महिला उद्यमी महासंघ
ङ. नेपाल चेम्बर अफ कमर्स

च. तेस्रो मुलुक निर्यातमा सर्वाधिक हिस्सा ओगट्ने बस्तुगत संघ र तिनका अध्यक्षः
अ. अनुपबहादुर मल्ल, अध्यक्ष, नेपाल गलैंचा निर्यातकर्ता संघ
आ. सम्बु शेर्पा, अध्यक्ष, केन्द्रीय गलैंचा उद्योग संघ
इ. उदयराज पाण्डे, अध्यक्ष, तयारी पोशाक उद्योग संघ
ई. पुष्पमान श्रेष्ठ, अध्यक्ष, नेपाल पश्मिना उद्योग संघ

32 thoughts on “भिआइपी पछि अब सिआइपी पनि”

  1. Rajendra Giri says:
    February 4, 2014 at 6:45 am

    VIP ….. CIP अब बिरगंज मा त TIP (tap IP) करोडो को रकम ले र टाप…. पनि फेला पर्यो रे…

    Reply
  2. shersingh Nepali says:
    January 29, 2014 at 9:15 pm

    यो गरिबीको बेइजति हो ! श्रमिकलाई भन्दा मालिकलाई सरकारी सुबिधादिने नालायक शासकहरु मुर्दाबाद !

    Reply
  3. Sandesh says:
    January 29, 2014 at 3:02 pm

    लौ अब हेर्दै जाम, यो लिस्ट पनि सहीद हरुको लिस्ट जस्तै हुन बेर छैन – दश बिस जना बाट दश हजार – जसले दबाब दिन सक्यो (वा पैसा पेल्न सक्यो) उही के जाते ‘सी आइ पी’…

    Reply
  4. kusan sharma says:
    January 28, 2014 at 2:40 pm

    अरुलाई सानो देख्ने, अनि सानो बनाउने परम्पराको निरन्तता मात्र हो l

    अझ स्पष्ट भन्दा सुबिधा उपभोग गर्ने अर्को एउटा नया उपाय हो यो,

    नत्र खोइ त नेपालका अति गरिब र कम्जोर ३४ जना छानेर तिनलाई

    केहि सहुलियत दिन सकिदैन ?

    Reply
  5. apurba says:
    January 28, 2014 at 2:29 pm

    RIP रेस्ट इन Peace

    Reply
  6. Shankar says:
    January 28, 2014 at 1:43 pm

    एसले के पुस्टि गर्छ भने अब नेपाल मा पैसा पनि बल हो | पैसा भए सी आइ पी बन , समानुपातिक किन नेतालाई मुट्ठीमा राख |
    एसको नकारात्मक असर भोलि देखिनेछ | हाल लाइ न राम्रो भन्न त् मिल्दैन , बयस्क फिल्म हेर्न १६ बर्स सम्म पर्खेको भए हुने ?

    Reply
  7. surendra subedi says:
    January 28, 2014 at 1:34 pm

    VVIP,VIP, अनि CIP त् बनायो देश ले तर सबै भन्दा बनाउनु अनि सरोकार राख्ने BIP (बेरोजगार इन्तिलिजेन्स पर्सन) पनि बनाउने बेला भएन र?

    Reply
  8. राम मगर says:
    January 28, 2014 at 10:31 am

    यिनीहरु १ नम्बर को कि २ नम्बरको बाटोबाट CIP भए त? यिनीहरूको घिउ निकाल्ने सोझो औँला त छैन ।

    Reply
  9. हरि हर शर्मा says:
    January 28, 2014 at 9:43 am

    मुर्दाबाद, यो ठिक लागेन

    Reply
  10. dil bogati says:
    January 28, 2014 at 9:36 am

    नो नामे ओफ UPENDRA MAHATO ?

    Reply
  11. sushil says:
    January 28, 2014 at 9:16 am

    यो राम्रो कुरा हो . एसका साथै सामाजिक छेत्र मा कम गर्ने राष्ट्रिय बेक्तित्व हरुलाई पनि सोचिअल्ली इम्पोर्तन्त पेर्सोन लै पनि हुनु पर्छ

    Reply
  12. Rajesh rai says:
    January 28, 2014 at 7:34 am

    नाटक हो साथी हो /अर्को चुनाबको लागि अहिलेदेखि नै तयारी /VIP अनि CIP अनि taskar (तस्कर ) important person खोइ त् अब भ्रस्टचारी Important person /भ्रस्टचारी important person हरुलाई पनि सम्मानित गरेमा जनताहरु ढुक्क हुनेछन/

    Reply
  13. eakraj says:
    January 28, 2014 at 7:33 am

    अनुराधा कोइराला, महाबिर पुन , पुस्पा बस्नेत , मेनुका थापा जस्ता लाइ चाही के छ व्यवस्था ???? यिनीहरुलाई त रास्ट्रपति सरहको सम्मान पनि कम हुन्छा अनि उपेन्द्र यादव किन CIP मा परेनन्???

    Reply
    1. Shankar says:
      January 28, 2014 at 2:28 pm

      उपेन्द्र महतो

      Reply
  14. xyz says:
    January 28, 2014 at 7:19 am

    In Category 14, there is no mentioning of individual name but the name of Nepal Chamber of Commerce appears. This is due to litigation that is ongoing between two factions – Suresh Basnet and Rajesh Kazi – taking place inside the organization. The important question to ask is: How could an organization that is dragged into legal controversy be named as commercially important person?

    Reply
  15. shankar says:
    January 28, 2014 at 3:29 am

    remittance भित्र्याउनेलाई काख, remittance पठाउनेलाई पाखा
    यहि हो नेपाल, नेपालीको घर…..

    Reply
  16. neerose says:
    January 28, 2014 at 1:32 am

    कर कति तिर्दो रैछ रास्त्रलाइ त्यो पनि जान्न पाय हुन्थ्यो!
    कि पार्टीका नेतालाई र पार्टीलाई लबी बुझाउने खाले CIP हो!
    RMIP (रास्ट्र मारा IP) पनि दिउन कसैकसैलाई त!

    Reply
  17. Biswash says:
    January 28, 2014 at 1:13 am

    सी आइ पी ….रे .. | दिने पनि त्यस्तै …लिने पनि त्यस्तै | बेस्ट जोक अफ द मन्थ .|

    Reply
  18. suzee says:
    January 28, 2014 at 12:20 am

    अब यो ….IP , नेपाल मा मिस नेपाल बाट सुरु भएर मिस कुनी के कुनी के मिस फलानो ढिस्कानो मिस टोल वडा मिस सासु मिस बुहारी मिस तल्लाघरे मिस माथ्लाघरे भन्या जस्तै हुनेछ …
    उदाहरण को रुप मा
    VIP….
    CIP….
    DIP ..डाका IP
    JIP…ज्यानमारा IP
    MIP…मानवतस्कर IP
    हुदै हुदै ….
    धमला IP…
    अनि अनि अनि ….

    Reply
  19. बशन्त राज says:
    January 27, 2014 at 11:41 pm

    नेपाली कथानक चलचित्र “बलिदान” को एउटा गित याद आयो / “धन हुनेलाई छदैछ चईन चईन, गरिबलाई चमेली लागद्छ अईन…………..” /

    Reply
    1. Dipu says:
      January 28, 2014 at 3:06 am

      बसन्त राज जी
      माथिका मान्छेहरुले मेहेनत गरेर काम गरेको भएर धन भएको हो कि ?, तेसैले चईन पनि भएको होला | कसैको चोरेर धन पक्कै भएको हैन होला कि |

      Reply
      1. बशन्त राज says:
        January 28, 2014 at 9:43 am

        मेहिनेत गरेको होस् कि नहोस नेपाली जनता सबै बराबर हो / कसै संग धन छ भन्दैमा उसलाई राज्यले बिसेस सुबिधा दिनु एकप्रकारको बिभेद नै हो / अर्को कुरा जो मिहिनेत गर्छ उसले बिबेश सुबिधा खोज्दैन यो त चुनाबमा चन्दा दिनेहरुलाई खुसी पर्न गरेको नाटक जस्तो लाग्छ / हरिबंश आचार्यको चिना हरायको मान्छे पद्नुस त्यहा उनलाई गोर्खा दक्षिण बाहु लिन बोलायका त देश रोयको भन्दै उनले लिन नमानेको कुरा बताउनु भाको छ/ नेपालमा सम्मानको नाममा धनिलाई राज्यले त्यो सुबिधा दिनु बेकार छ / अब सी आई पी को नाममा उनीहरु बिना चेक जाच एअरपोर्ट आउजाउ गर्न दीनेहोला / अनि तिनीले २ नन्म्मरि गरेको पनि सी आई पी भन्दै माफ दीनेहोला / उनीहरुले मीहीनेत नै गरेको अनि कमाको भन्ने आधार चै के हो नि ??? चोरले चोरी गरेको सी सी टी भी को रीकार्ड देखाउदा त त्यो म होईन भन्दै निर्दोस प्रमाणित गरौन खोज्छ भने तिनीहरुले राम्रै काम गरेको भन्ने आधार चाहि के हो ?????

        Reply
  20. Mk says:
    January 27, 2014 at 11:20 pm

    हर छेत्रमा राम्रो कामकोलागि इनाम तथा नराम्रोको लागि दण्ड सजाय को बेबस्था हुनु राम्रो एबम समयको माग हो/

    Reply
  21. madan bajracharya says:
    January 27, 2014 at 10:41 pm

    योग्य व्यक्तिलाई “सी आई पी” को सम्मान दिनु त् राम्रै हो तर यो पनि राजनैतिक दलको सिफारिस तथा कोत्ता मा दिने काम चाहि नहोस/ भी आइ पी र सी आई पी भन्दा आम नेपाली समाजमा सामाजिक कार्य गर्ने निस्वार्थं समाजसेवीलाई सम्मान गर्न र प्रेरणा दिनको निमित यस्तै कुनै समान दिने कार्य भय राम्रो हुने जस्तो लाग्छ/

    Reply
  22. कुसुम ज्ञवाली says:
    January 27, 2014 at 10:16 pm

    CIP को अबधारणा राम्रो हो । छान्ने प्रकृयाको पारदर्शिता, अाधार र प्रार्थमिकता निर्धारण भनेका मुद्दा सच्याउन र परिस्कार गर्न सकिने विषय हुन। ब्याबसायीलाइ ज्यादा जवाफदेही बनाउन राज्यले यस्ता कदम लिनु राम्रो हो । यसलाइ मुलुकको स्वार्थले मात्र सन्चालन गरेको र ब्यक्ति, गुट, राजनैतिक दलको वा क्षेत्रको कुनियतले नगाँजेको देख्न पाइयोस । भवतु सब्ब मंगलम् …।

    Reply
  23. Bishwaraj says:
    January 27, 2014 at 10:15 pm

    कसरी छानीए- कसले छाने- यीनीहरू भन्दा राम्रा अरु कोही थीएनन की- की अब जजस्ले प्रमाणपत्र दिए- तीनीहरुकै टाउको दुखाई हुने त हैन..

    Reply
  24. ऋजुएडीएच says:
    January 27, 2014 at 8:55 pm

    राम्रो लाग्यो, उत्प्रेरित गर्ने कुरा । सम्मान दिए पछि जिम्मेवार पनि हुनु पर्छ र जिम्मेवारी बहन नगरे दण्ड पनि CIP सरहकै हुनु पर्छ भन्ने हामीलाई लागेको छ ।

    Reply
  25. Nabin Adhikari says:
    January 27, 2014 at 8:37 pm

    VIP अनि CIP अब TIC (Taskar (तस्कर) important Person) हेर्नबाकी रयो !!

    Reply
    1. suzee says:
      January 28, 2014 at 12:22 am

      TTIP : ताई न तुइ को IP
      BIP : बकम्फुसे IP

      Reply
  26. पारंगत राई says:
    January 27, 2014 at 8:17 pm

    सुरज वैद्य बाहेक कसैलाई चिनिएन त। अनि Forbes का अर्बपति चैँ परेनन् रहेछ?

    Reply
    1. Badri says:
      January 27, 2014 at 11:39 pm

      उहाँ त CVIP नि – Commercially Very Important Person

      Reply
    2. सिर्जने says:
      January 28, 2014 at 12:05 am

      फोर्ब्सका डलरे अरबपतिको भ्याट ठगि (किर्ते कागजात सम्बन्धि) मुद्दा विचाराधीन भा’कोले उनलाई CIP घोसणा गर्न नमिलेर मात्रै हो, उहाको नाम शिफारिस भैसक्या थियो नि …….

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme