Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कसरी ल्यायो ‘गाई’ले यत्रो सिट ?

Posted on November 29, 2013November 29, 2013 by Salokya

२०६४ मा संविधान सभामा माओवादीले प्रत्यक्षमा १२० र समानुपातिकमा १०० गरी २२० सिट जित्यो पनि। तर यस पटकको चुनावमा ऊ ८० सिटमा खुम्चन पुग्यो। मधेसकेन्द्रित दलहरु पनि खुम्चिए। कांग्रेस र एमालेले अघिल्लो संविधान सभामा भन्दा सिट बढाएर पहिलो र दोस्रो शक्ति बन्न सफल भयो। त्यसबाहेक यस पटक सफल भएको अर्को कोही छ भने त्यो गाई हो। अर्थात् कमल थापाको राप्रपा नेपाल। प्रत्यक्षतर्फ एक सिट पनि जित्न नसकेको राप्रपा नेपालले समानुपातिकबाट २३ सिट जितेको छ। अघिल्लो संविधान सभाको पहिलो बैठकले देशलाई गणतन्त्र घोषणा गर्दा त्यसको विरोध गर्ने जम्मा चार जना सदस्य राप्रपा नेपालका थिए। यस पटक थप १९ सिटका साथ यसको आवाज संविधान सभामा गुञ्जने छ। कसरी ल्यायो त गाईले यत्रो सिट?

चुनावै कमल थापाको एजेन्डा
२०६४ सालको संविधान सभा चुनाव माओवादीको एजेन्डा थियो तर २०७० सालको चुनाव कमल थापाको एजेन्डा हो। संविधानतः दुई वर्षभित्र बनाउनु पर्ने संविधान बनाउन नसकेपछि संविधान संशोधन गर्दै म्याद थप्दा त्यसको विरोध कमल थापाले गरेका थिए। उनले यो संविधान सभाले संविधान बनाउन नसक्ने भएकोले ताजा जनादेश लिन अर्को संविधान सभाको निर्वाचन गर्नुपर्ने माग गरेका थिए। सुरुमा उनको यो मागलाई कसैले वास्ता गरेका थिएनन्। तर कालान्तरमा नयाँ संविधान सभाको निर्वाचन गराउनै पर्ने बाध्यता आइपर्‍यो। संविधान सभाको ५ वर्षका क्रममा दलहरुका गतिविधिमा निराश भएका मतदाताले ‘च्वाइस’ पाउँदा गाईमा छाप हानिदिए।

चलाखीपूर्ण नारा
अघिल्लो चुनावमा सबैलाई हेर्‍यौँ पटकपटक माओवादीलाई हेरौँ यस पटक नारा खुबै बिकेको थियो। यस पटक भने कुनै दलको नाराले कसैलाई तानेको थिएन। बरु राप्रपा नेपालको नारा ‘एक भोट दाइलाई एक भोट गाईलाई’ खुबै चल्यो। तराईतिर ‘एक भोट गाछी (रुख) मेँ, एक भोट बाछी (गाई) मेँ’ नारा चलेको थियो। प्रत्यक्षमा एक सिट पनि नजित्ने थाहा पाएरै कमल थापा स्वयं प्रत्यक्षमा निर्वाचनमा लडेका थिएनन्। मतदाताले दुई वटा भोट दिन पाउँदा एउटा च्वाइसमा प्रमुख दलका गतिविधिबाट वाक्क भएकाहरुलाई तान्न र हिन्दुत्वको कार्ड फ्याँक्न उनले यस्तो नारा दिएका थिए जसमा उनी सफल देखिए।

सबभन्दा बढी भोट काठमाडौँबाट
यस पटकको निर्वाचनमा गाईलाई सबैभन्दा बढी भोट काठमाडौँ उपत्यकाबाट आएको छ। राप्रपा नेपाललाई २३ सिट पुर्‍याउन काठमाडौँ उपत्यकाका मतदाताहरुको ठूलो योगदान छ। काठमाडौँका १० मध्ये सात क्षेत्र र भक्तपुरको एक क्षेत्र र ललितपुरका दुई क्षेत्रबाट प्रत्येक क्षेत्रमा गाईमा १० हजारभन्दा बढी छाप हानिएको छ। काठमाडौँका १० क्षेत्रबाट मात्रै गाईलाई १ लाख ११ हजार ३११ मत गएको छ। ललितपुरका तीन क्षेत्रबाट आएको ३४ हजार ७०७ र भक्तपुरका दुई क्षेत्रबाट आएको १८ हजार ५८५ पनि जोड्ने हो भने उपत्यकाबाट मात्रै गाईले १ लाख ६४ हजार ६०३ मत पाएको छ। गाईले देशभरबाट पाएको भोट भने छ लाख ३० हजार ६९७ हो। अघिल्लो संविधान सभामा यसले देशभरबाट पाएको मत १ लाख १० हजार ५ सय १९ मात्रै थियो। यस पटक काठमाडौँका १० क्षेत्रबाट मात्रै उसले अघिल्लो चुनावमा देशभरबाट पाएको भन्दा बढी मत पायो।

काठमाडौँ ३, ६ र १० बाहेक अरु सात क्षेत्रमा गाईमा १० हजारभन्दा बढी समानुपातिक भोट परेका छन्। १० हजारभन्दा बढी भोट आउने क्षेत्रमा उपत्यकाका ललितपुर २ र ३ अनि भक्तपुर २ पनि पर्छ। काठमाडौँ बाहिर कमल थापाको गृहजिल्ला मकवानपुर ३ र पर्सा १ मा मात्रै गाईमा १० हजारभन्दा बढी भोट आएको छ। हेर्नुस् निर्वाचन आयोगको तथ्याङ्क-

काठमाडौं 1 राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई 11013
काठमाडौं 2 राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई 15058
काठमाडौं 4 राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई 13023
काठमाडौं 5 राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई 13098
काठमाडौं 7 राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई 10147
काठमाडौं 8 राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई 10521
काठमाडौं 9 राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई 12343
भक्तपुर 2 राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई 10944
ललितपुर 2 राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई 10375
ललितपुर 3 राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई 15044
मकवानपुर 3 राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई 13704
पर्सा 1 राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई 11321

ताप्लेजुंग, धनकुटा, ओखलढुंगा, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, धादिंग, रौतहट, गोरखा, लमजुंग, गुल्मी, पाल्पा, अर्घाखांची, मुस्तांग, म्याग्दी, बागलुङ, पर्वत, रुकुम, रोल्पा, प्यूठान, सल्यान, दाङ, मुगु, कालिकोट, जाजरकोट, बाजुरा, अछाम, बझाङ्ग, डोटी र बैतडी जिल्लाका क्षेत्रहरुमा गाईलाई ५०० भन्दा कम मत आएको आयोगको तथ्याङ्कले देखाउँछ। त्यसो भए सचेत वर्ग बस्ने भनिएको राजधानीका लाखौँ जनताले गाईलाई किन मन पराए त ?

१) यहाँका मतदाता लहडी छन्, पञ्चायतकालमा नानिमैयाँ दाहाललाई जिताउने यहीँका मतदाता हुन्। पञ्चायत कालमा अत्यधिक बहुमतले जिताउने पद्मरत्न तुलाधरलाई यहीँका जनताले २०५६ को चुनावमा पञ्चायत कालका प्रधानमन्त्री मरिचमान सिंहभन्दा कम मत दिएर हराएका थिए। यहाँका मतदाताले कृष्णप्रसाद भट्टराई जस्ता नेतालाई दुई पटक पराजित गरेका छन्। यस पटक यहाँका मतदाताले प्रमुख दलका नेताहरुको आक्रोश यसरी पोखेका हुनसक्छन्। अझ रमाइलो त देशका २४० क्षेत्रमध्ये सबैभन्दा बढी समानुपातिक मत गाईमा काठमाडौँ २ बाट आएको छ, जहाँबाट प्रत्यक्षमा माधव नेपाल चुनिएका छन् र जसले सभासदको प्रमाणपत्र लिएपछि २०४७ सालको संविधान राम्रो भएको प्रतिक्रिया दिएर तलाउमा ढुंगा हानी प्रतिक्रिया कस्तो आउने जाँचेका थिए। के यसबाट केही तारतम्य मिलेको तपाईँ देख्नुहुन्छ?

२) जनगणनाको तथ्याङ्कलाई आधार मान्ने हो भने ८० प्रतिशतभन्दा बढी हिन्दु भएको देशमा चुपचाप केही नेताले सुटुक्क धर्म निरपेक्ष घोषणा गरेको हिन्दुहरुलाई भित्रभित्रै मन परेको थिएन। त्यसैले हिन्दुत्वको कुरा उठाउने पार्टीलाई आफ्नो आस्थाको पार्टीलाई एक मत दिएपछि बाँकी रहेको मतले समर्थन गरिदिए। यसमा दलका नेतादेखि वाक्क भएर राजै फर्काउन चाहनेको संख्या पनि होला।

कमल थापालाई चार सिटको पार्टीबाट २३ सिटमा पुर्‍याउन काठमाडौँ उपत्यकाका मतदाताको सबैभन्दा बढी योगदान देखियो। तपाईँलाई के लाग्छ, काठमाडौँका मतदाता किन कमल थापाप्रति आकर्षित भएका होलान् ? आफ्नो विचार तल कमेन्टमा लेख्नुस्।

65 thoughts on “कसरी ल्यायो ‘गाई’ले यत्रो सिट ?”

  1. ashok thapa says:
    December 4, 2013 at 7:48 pm

    .कमल थापा ले जति भोट पाउनु पर्थ्यो तेती पक्कै आएको हैन अब जति आएको छ तेती बाटै नेपाल र नेपाली को अस्तित्वो रहने गरि संबिधान बनाउने काम मा भूमिका निभौना सके राम्रो अझ सकिन्छा भने जनमत संग्रह गरा उन सके कमल थापा को जिम्मेवारी पुरा हुने छ तेस पछि नेपाली जनता ले गर्ने छन् जे गर्ने हो .

    Reply
  2. hikmat Thapa says:
    December 3, 2013 at 11:47 am

    सबै नेताले आफुलाई देसभक्त , सच्चा rasta बादी भन्छन , तर मुखले bhanera मात्र हुदैन नेपाली जनताले अब धेरै कुरा हरु राम्री केलायर फिल्टर गर्न सक्ने भै सके . अझ के हि फिल्टर गर्न समय लाग्ने भयकोले ति झुट्टा फटाहा , देश भक्त्त हरुले भुझने छन्. जहिले पनि सत्ते को बिजय हुन्छा . सबैलाई चेतना भया.

    Reply
  3. devendra says:
    December 3, 2013 at 10:44 am

    काठमाडौँ भेली मा एकदमै महँगो असुविधा भएको कोठाभाडा तिर्ने ति परिश्रमी श्रमजीबीहरु जति पिडित छन् उनीहरुका पसिना पिउने, नपुगे महिनै पिच्छे घरभाडा बढाउने घरबेटी ठालुहरू, बास्तबमा संघियता मनपरौदैनन किनकि उनीहरुको दाना पानीमा कमि आउछ नै, तेसैले देस विकास गर्न, जनताको गास बास कपासको राम्रो बन्दोबस्त मिलाउन बहुजातीय संघिय राज्य हुनुपर्छ

    Reply
  4. shristi shah says:
    December 2, 2013 at 10:01 pm

    नेपाल हिन्दु राष्ट्र हो जसले जे भने पनि धर्म निर्पेक्च्ये देश बनाउनु भन्दा पैले जंगलमा बस्ने जन्गलिलेसोच्नु पर्ने थियो कि जनमत संग्रह को बारेमा/ब्राम्हण भएर गाइ काटेर बाटो बाटोमा लडाएका थ्ये भन्ने सुनिएको थ्यो उतिबेला अहिले देखे नि तेस्को परिणाम/झन्डा फेर्ने, राजाको नाम भएको ठाउको नाम फेर्ने,राजाको शालिक फेर्ने,रास्तिये गान फेर्ने,पैसा को चित्र फेर्ने आदि इत्यादी गरेर १० बर्समा १०० बर्सपछिका पुस्तालाई पुग्ने सम्पति जोडे जन्गलिले/जनताको भोको पेट,नाङ्गो शरीर,शिक्षित बेरोजगारी,एउटा झाडा पखालाले ज्यान जाने गाउ केहि देखेनन्,/तेस्तै ४५/४६ साल तिर होला साएद भारतले नाका बन्दि गर्दा हवाई मार्ग बाट नुन तेल किनेर नेपाली जनता पाल्ने पन्चे पनि जिम्दै होलान र खाने जनतापनिसाएद तेसैले होला /जे होस् नेपाली जनताले सबै २५० दल लाइ एक एक पटक ठुलो दल बनाएर मौका दिने छन् र आफ्नो जीवन भर दुख पाएर छोरा नातिको पालामा त कमसेकम देश ले कोल्टे फेरेर सुख पौलान भन्ने छन्

    Reply
  5. सुमन says:
    December 2, 2013 at 7:57 pm

    त्यसो त् गाउँका शोषक जनयुद्ध ताका राजधानीमा बसाई सरेका छन्| “जनता भांडमे जाए” भन्दै पुस्तौ देखि निष्ठुरी राजाको नुन र गरिबका पसिना खुन खाएकाहरु पनि काठमान्डौमा पनि बग्रेल्तै छन्| जनयुद्ध पछि शान्ति आओस र गाउँ जान पाउँ अनि सम्पति पुन: लिन पाउ भन्ने स्वार्थी अभिप्रायले यस्ता धेरैले संबिधान सभाको पहिलो चुनावमा माओवादीलाई भोट हालेका थिए| यस्ता मध्ये देशमा शान्ति छाओस भन्ने चाहि कमै थिए होला नीजी स्वार्थको अघि| अहिले आएर राजाले जनतालाई सम्झे गाई मार्फत खर्च गरेर?
    यस्तैले हाले भोट गाछी र बाछीलाई, अनि दिए माओवादीलाई लाठी| एमालेलाई किन हाले भन्दा सरकारमा हुँदा एमालेले खालि पार्टी बिस्तार र पार्टी भवन देश भरि बनाउने काम मात्र गर्यो| पुँजीपति र भाटमारा पनि एमाले मै छन्| पुँजीपति राम्रै हो तर भाट मारा चाहि देशलाई अधोगतिमा लैजाने हो|
    हामी जनताको स्मरण शक्ति पनि कति क्षणिक? बाबुरामले राजधानीमा सडक फराकिलो बनाउने एतिहासिक साहसिलो कदम लिए| यसले पनि कति काठमान्डौवासी रिसाए माओवादी संग| त्यो साहसिलो कदमले बहुसंख्यक जनता लाभान्वित भए पनि जसले भत्काएर फराकिलो बनाउन पर्यो उनीहरुले माओवादीलाई बिनाश गरिदिन्छु भनेर तन मन धन दिएर अभियान चलाए| काठमान्डौका जनताले सडक फराकिलो पार्ने कदमको श्रेय बाबुराम र माओवादीलाई दिन होइन बरु दिए लाठी| उपत्यका बाटै लखेटे|
    भोलि जनता मात्र होइन, राष्ट्रपति र प्रधान मन्त्रि त्यो फराकिलो सडकमा गुड्ने हो कि होइन हेरौ है|
    प्रत्यक्ष तर्फ एउटा पनि सीट जित्ने हैसियत नराख्ने बाछी लाछी पार्टीलाई ब्याक डुवर वाट प्रवेश गर्ने निस्कने बानी नारायणहिटी जिउँदो हुँदा देखि कै हो|
    माओवादी हारको मुख्य कारण मध्ये निर्वाचन सम्मुख बैद्य बा को हिँसा र हड्ताल र चेतावनी, अनि माओवादीको राजधानीमा सडक फराकिलो निर्णयले गर्दा पनि हो|
    प्रचण्डको मनोमानी, नवधनाढ्यपनको रजाई, घांटी दुख्दा पनि सिंगापुर जाने, हिसिला म्यामको चन्दा आतंक पनि माओवादीको पराजयको कारणहरु हुन्| जुन सिटवाट र जँहावाट उठे पनि जित्छु र छोरी बुहारी जसलाई उठाए पनि जित्छ भन्ने माओवादी नेताहरुको खुइलिएको मानसिकता, जनजातिलाई ललिपप, मतदाता प्रतिको नजरअन्दाज, बैद्य वा संगको कलह झगडा र जुहारी अनि बैद्यको चुनाव बहिष्कार आदि पनि माओवादीको पराजयका कारण हुन्| अन्तरिम सरकारका गृह, अर्थ र सुचना मन्त्रिहरुले माओवादीलाई हराउन आन्तरिक रुपले तन्मयता देखाएको कुरोलाई पनि बिर्सन सकिदैन| प्रत्यक्षमा जिरो सिट पाउने गाईले पजिटिभ भोट पायो भन्न मिल्दैन|
    तर जसले जातियताले गर्दा माओवादीले हार्यो भन्छ त्यो मुख्य कारण होइन| त्यो पक्षलाई माओवादीका प्रतिद्वन्दी र बिपक्षी अनि बिरोधीहरुले नकारात्मक पाटोमा देखाउन सफलतापुर्बक प्रयोग गरेका हुन्|
    जातीयताको पहिचानको चाहना हिज पनि थियो, आज पनि झन् जीवन्त छ| यो चाहना देश विभाजन गरौ भनेर गरिएको होइन| गणतन्त्रमा समान अधिकारको मांग र चाहना हो| देश विभाजन त् यस्तै एकतर्फी जात जातिको निरन्तरता कायम रही रहने अनि केही जाति बिशेषको मात्र प्रशासन र राजनीतिमा हालीमुहाली हुँदै गयो भने पो हुन्छ|

    Reply
  6. Bina says:
    December 2, 2013 at 7:29 am

    यो पटकको चुनावी परिणामले नेपाली जनताले प्रमुख पार्टीहरुलाई अन्तिम अवसर र चेतावनि दिएजस्तो देखिञ्छ . फेरिपनि जनमुखी काम नभएमा अर्कोपटक राजावादीहरुले जित्न सक्ने संकेत देखिञ्छ. तेसैले बहुदलिए नेताहरु होसियार हुनु अतिनै आवसेक छ.

    Reply
  7. Resham says:
    December 1, 2013 at 12:49 pm

    यहाँ धर्म का कुराहरु धेरै औन थाले ल ल साथीहो अब नेपाल लै पनि पलेस्तिन,इसरैल,मध्ये पुर्बका धेरै देश हरु जस्तै बनौन कसरत गर्दै जानुहोस .

    Reply
  8. Ganesh Dhungana says:
    December 1, 2013 at 9:51 am

    सर्बहाराको प्रतिनिधि भन्दै सनाई फुक्दै हिन्ने तर विलासी जिन्दगी बितौनी ति जंगलीहरुले जंगलबाट ल्याएको काउसोले जनतालाई नराम्रै संग चिलयेछ

    Reply
  9. sam sundar says:
    December 1, 2013 at 3:30 am

    छोटकरी मा भन्दा राजनैतिक उग्रता, उद्दण्डता – सधै नेपाल बन्द , हत्या , अपहरण र घोर गैर जिम्मेवारी पूर्ण राजनीति बाट आजित जनता हरुको देश को राजनीति लै सन्तुलन मा ल्याउन र सबै दाई दल हरुलाई पुर्व चेतावनी पनि हो कि अब पनि संबिधान नबने ४ बाट २४ बाट ४०० पनि हुन सक्छ भन्ने !!

    Reply
  10. manish says:
    November 30, 2013 at 11:54 pm

    धर्म निराप्याक्चाता जसरि नेपाल मा लादियो त्यो त प्रजातन्त्र को कुरा गर्नी हरुको नाम मा कलङ्क हो, बिना जनाधार केहि पस्चिमाली देसको दबाब मा जुन गरियो तेस्को बिरोध को रुप मा पनि हेर्नु पर्चा गाई मा गएको वोटलाई. संसारका कमै राष्ट्र मात्र पूर्ण रुप मा धर्म निर्प्याक्चा छन्. जुन देश मा छन् तिनीहरु पनि नाम को मात्रै छन्. Vatican त धर्म को नाम मै बनेको राष्ट्र नै छन्. पश्चिमा देश मा धर्म प्रति बितृष्णा भए पछि धर्म प्रचारक हरुको आँखा आहिले गरिब देश मा परेको छ, तेसैको नतिजा हो बिना जनमत संग्रह र नारा मै नरहेको र राष्ट्र लाई खासै मतलब नभएको काम माओबादी को पालो मा भयो. पश्चिमा देश मा हेरियो भने धर्म निराप्याक्चा भनेको देश को राष्ट्र प्रमुख त्यहाँ को Church को head पनि हुन्छन. जस्तै UK मा रानी, नर्वे र scandanavian देश हरु मा त्यहाँ का राजाहरु. नेपाल मा धर्म एकदम महातोपुर्ना छ किन भने सबै जनता धर्म मा विश्वास गर्छन (हिन्दु धर्म मात्र हैन अरु पनि), गरिब देश मा धर्म ले मानिस लाई नाजिकौनी काम गर्दछ. नेपाल हुन्दु राष्ट्र हुँदा पनि खासै अरु धर्म लाई समस्या भएको जस्तो लाग्दैन/

    Reply
  11. Man Limbu says:
    November 30, 2013 at 9:12 pm

    यहाँ अचम्म को कुरा भनाउ या बाहुने सोचको उपच

    पहिचानको राजनीतिले देश टुक्रिन्छ भन्नेले धर्मको नाममा राजनीति गरे जो उसले भन्दै आएको आदर्श र सिद्दान्त भन्दा नितान्त बेग्लै थियो
    जातीय वा पहिचान को राजनीतिले देश टुक्रिन्छ भन्ने ले धर्म को राजनीति गर्नु उसको नैतिकताले दिदैन

    जातीय राजनीति भन्दा धार्मिक राजनीति देश मा अशान्ति फैलाउनु र देश टुक्राउनु बढी खतरनाक हुन्छ . राज्यको कुनै एक धर्म हुदैन देश सबैको हो कुनै जाति धर्म को मात्र होइन

    Reply
  12. Sindhulung subha says:
    November 30, 2013 at 8:51 pm

    नेपाली जनता भेडा होइनन रहेछ l किन भने एक भोट गाइलाइ र एक भोट दाइलाई दिएर भिरबाट फाल हानेनन l तर यो छताछुल्ल हुने काइदाले सम्बिधान नबन्ने भयो l आखिर नकाम्लाउने गाइ ब्याउदैन,नब्याउने गाइले गोरस भन्दा धेरै गोबर नै गोब्रायाउछ l

    Reply
  13. indra pd thapa says:
    November 30, 2013 at 7:27 pm

    सरकार र निर्वाचन आयोगले नै योजनाअनुसार ल्याइदिएको हो जस्तो छ है !

    Reply
  14. bibek dhakal says:
    November 30, 2013 at 6:49 pm

    लिंडे र झगडिया गोरुहरु भन्दा गाइ नै ठीक सोचे होलान जनताले !

    Reply
  15. Pratap gyawali says:
    November 30, 2013 at 3:46 pm

    खेल को मैदान मा हार र जित हुनु खेल को नियम हो तर तेहि खेल को मैदान मा हत्या हुनु कुनै पनि खेल को नियम हुन सक्दैन | तर यहाँ निर्बाचन आयूक्त नीलकंठ उप्रेती ज्यु आफै ले घोषणा गरेको भन्दा 13 लाख बढ़ी मत भेटिनु लाई तपाइ हामी हरु ले के भन्ने के यो नेपाली जनताहरुले दिएको अमूल्य वोट को हत्या हैना त ? संपूर्ण नेपाली जनताहरुले उत्तर मागिरहे का छन

    Reply
  16. himal says:
    November 30, 2013 at 3:36 pm

    कमल थापा को भोट हैन, राजा फर्काउने भोट हो !!!! राजा को बारेमा जनमत संग्रह हुनु पर्चा

    Reply
  17. विवरण says:
    November 30, 2013 at 2:58 pm

    राप्रपा नेपालले प्रत्यक्षमा त मत नै मागेको थिएन नि, उसले अरूको लागि मागि दिएको थियो । अझ आकर्षक नारा प्रस्तुत गर्न सकेको भए अझ प्रत्यक्षमा पनि जित्ने थियो होला । करिब २३ सिट त उसले फोकटमा नै काङ्ग्रेसलाई प्रत्यक्षमा दिलाई दियो । समानुपातिकमा यति जित्नेले प्रत्यक्षमा नजित्ने पनि हुन्छ र?, प्रत्यक्षमा उसको हारको कारण आफुलाई मत नमाग्ने नारा नै हो !

    Reply
  18. कविराज says:
    November 30, 2013 at 8:55 am

    म काठमाडौँ को जनताको भोटलाई लहड भन्ने पक्ष्य मा छैन किनकि काठमाडौँ का जनताले अन्त भन्दा बिबेक पूर्ण भोट खसाल्छन किनकि
    १. काठमाडौँकाले माओवादीलाई जिताएर उनीहरुलाई जंगल जान बते रोक्नु थियो.
    २. नानीमैया लाई जिताउनु पंचायतको खिल्ली उडाउनु थियो.
    ३. अहिले गाई लाई भोट दिनु भनेको उच्छ्रिङ्खल राजनीतिलाई समर्थन नगर्नु हो. यो भनेको प्रगतिशील यथास्थिति वाद को नमूना हो. समाजले एकोहोरो परिवर्तन खोज्नु हुदैन. नयाँ कुरा अपनाउदा पुराना कुराको पनि विश्लेषण गर्नु पर्छ. यसै कारणले गाईले भोट पायो. राजनैतिक रूपमा मरिचमान हारे पनि पद्म रत्न भन्दा ठिक हुन्. पद्म रत्न को राजनीति ले के दियो नेपाललाई, उही बिरोधको राजनीति त हो नि, न कुनै जिम्मेवारी न कुनै दर्शन.

    Reply
    1. bibek dhakal says:
      November 30, 2013 at 6:51 pm

      खै मलाइ चाही तेस्तो लाग्दैन! बरु मोफसलका बासिन्दाहरुमा उपत्यकावासी भन्दा राम्रो राजनैतिक चेतना भएको मलाइ लाग्छ – फरक यत्ति हो कि उपत्यकाको चुनाब अरु ठाउँको हेरिकन चर्चित र अनुसाशित भने हुन्छ!

      Reply
  19. Bob binaya says:
    November 30, 2013 at 5:23 am

    बिश्वको करिब १००% जनसंख्या मध्य २५% ले मात्र नेपाल एउटा देश हो भनेर चिन्छन तेस्मा पनि कसैले बुद्ध जन्मेको देश त कसैले सगरमाथा को देश भनेर चिन्छन तेस्भित्र कतिले त हिन्दु राष्ट्र भनेर चिन्ने गर्दछन जुन अब बिस्तारै ३ वटै कुरा बाट बन्चित हुदै छ हिन्दु राष्ट्र त गुमिसकेको छ कालान्तरमा शक्तिसाली भुकम्प बाट सगरमाथा को उचाई गुम्न सक्छ भारत ले बनाएको पर्चारात्मक नब बुद्ध स्थल ले नेपालको लुम्बिनीको इतिहास नेपाल मा मात्रै सिमित रहन सक्छ तर ८०% हिन्दु भएको देश नेपाल लाई जतियेता र अन्य धर्म लाई कुनै आघात नपुग्ने गरि हिन्दु राष्ट्र हिन्दुको सम्रक्षन्को लागि नभई विश्व सामु एउटा भिन्न उधाहरण को रुप मा नेपाल लाई परिचय दिलाउन को लागि पनि हिन्दु राष्ट्र होस् भन्ने अभिप्राय बाट हिन्दु ले मात्र नभई विभिन्न धर्मालम्बी का केहि सिक्षित वर्ग हरुबाट नै पाएको यो परिणाम राप्राप नेपालको हातमा परेको उपलब्धि हो

    Reply
  20. Indrajit says:
    November 30, 2013 at 4:42 am

    Strategy is always based on two elements 1) Structure & 2) Culture.

    We are Nepali and have our own Culture. Culture of a country will change slowly with time not overnight.

    If we talk about RPP/N party political structure, that’s too weak & almost nil in some part of our country. That’s the area they have to work hard in coming days. Our recent election also clearly spoke that part of story.
    Regarding Culture, Most of us are inborn hindu & Nepal has been always sovereign state . Although, we are poorer than our Neighbouring country but still proud on our culture. Organisation like Nepal army, Nepal police and Nepal Armed police culture perfectly aligned with RPP/N culture. Remember that , All of them vote in PR election and not in FPTP

    Reply
  21. sharad bataju says:
    November 30, 2013 at 4:28 am

    सालोक्य जी, मूल लेख मा लेखिएको ८० प्रतिसत हिन्दु चाही सहि हैन कि जस्तो लाग्छ । तेसो त कतिपय प्रकीर्ती पुजकहरुलाई पनि हिन्दु भनेर गणना गरिएको छ । पुरानो तथ्यांक सर्बेक्छ्यनमा अलिक बढी नै बाहुनबाद हाबी भएको देखिन्छ । गुणस्तरीय तथ्यांक संकलनको जरुरि देखिन्छ ।

    Reply
  22. Nik says:
    November 30, 2013 at 1:14 am

    मेरो बिचारमा पार्टी भोट भनेको चै त्यो पार्टीले लिएको अडान माथि जनताले फलो गरेको जनौंछा भने व्यक्तिले पाएको भोट भनेको निजले त्यो भनिएको ठाउँमा गरेको काम र उसको पपुल्यारिती देखाउंछ|यस अर्थमा “गाइ”ले पाएका यत्तिका मतले यति धेरै मान्छेहरु यो पार्टीले लिएको “राजा देखि अभिष्ट माओ-हरु समेत अटाउने, विश्वको एकमात्र सहिष्णु हिन्दु राष्ट्र नेपाल” चाहन्छन भन्ने जनाउँछ|यहिनै हिसाबले भन्ने हो भने यो पार्टीलाई “ठुला” भनिएका पार्टीहरुले नजरअन्दाज गर्न मिल्दैन|फेरी पनि ६२/६३ को जस्तो (जुनबेला मा यो संग जम्मा जम्मी ४ सभाशद थिए) गरे भने र कथाम कदाचित संबिधान बन्न सकेन भने अर्को पटक को चुनाव मा यो पार्टीले सबैलाई हुरीले कशिंगर बढारे जस्तै यी एमान्ग्रेस र अभिष्ट बोकेको माओ लाई बढार्ने कुरो ऐले नै बुझे राम्रो|

    Reply
  23. bipin says:
    November 30, 2013 at 12:17 am

    मलाई त रा प्रा प नेपाल बन्द गर्दिन भन्दा नै राम्रो लागेको हो , यी नेता हरु भन्दा त पहिला कै राजा हरु राम्रो लागेको ले मैले भोट दिएको हो. \

    Reply
    1. दिबेश प्रधान says:
      November 30, 2013 at 11:39 am

      monarchy never be substitute of democracy and democratic practice..

      Reply
  24. Rajan Upriti says:
    November 30, 2013 at 12:01 am

    त्यो २३ भोट राजाबादीको होइन, हिन्दु हरुको हो | राजा र हिन्दु फरक फरक चिज हुन् | राजाले धर्म र मानिसहरुको भावनामा अनुचित राजनिती गर्छन |

    यदी कमल थापाले हिन्दु धर्म को मात्र नारा लिएर “संबैधानिक राजतन्त्रको” को बिन नबजाएको भए राप्रपा-नेपाल को सिट संख्या अवश्य बढ्थ्यो | त्यस्तै यदी कमल ले राजाको मात्र गुण गाएर हिन्दु धर्मको राजनीति नगरेको भए सिट घटेर शुन्य हुन्थ्यो होला | के के न गर्ला भनेको कुल सिट मा जम्मा ४% मात्रै ? थुइक्क ..

    Reply
  25. Shankar says:
    November 29, 2013 at 11:26 pm

    गाइ पुजा गर्ने देश मा २-४ भोट त् गाइ देखेरै दि हाल्छन , कमल थापाको एजेन्डा संबैधानिक राजतन्त्र , हिन्दु रास्ट्र , नो संघियता आदिले ले भूमिका खेलेको हो |

    कमल थापा ले जुन कमाल देखाउने उदघोस गरेका थिए त्यो त् प्रत्यक्ष तिर १ सिट पनि न आएकोले गलत साबित भै नै हाल्यो |
    किन भोट दिए ?

    अरुले सत्तामा पुग्ने अघि बिस्तारबादी भारत सग सुरुङ्ग युद्द लड्ने , बुजुर्बा सिक्ष्या को अन्त, फेसन सो को बिरोध , हिन्दि फिल्म को बिरोध , ह्न्दिभासाको नै बिरोध जस्तो गरि भोट लिए , तर के गरे त् राता रात नोट कमाए , सुटु सुटु दिल्लीको खुफिया भएर काम गरे , अब यो थापा हिजो को प्रतिकुल परिस्तितिमा पनि उही एजेन्डा र आजको परिबेस मा पनि उही |
    भलै एजेन्डा जे सुकै होस् , बोलाइ र गराई त् फरक हुन् भएँन नि |
    राजनीतिक इमान्दारिताको कुरा पनि त् आउछ , तेसैले भोट दिए |

    Reply
    1. रैथाने says:
      December 5, 2013 at 7:05 pm

      यो थापाको पनि एजेण्डा संबिधान सभामा चौथो स्थान प्राप्त गरेसी बदल्लिसक्यो भोले!
      उहाले भन्नु भयो,’राजतन्त्रको विधिवत अन्त्य भैसकेको कारण अब नया सिराबाट सहमति खोजिनु पर्छ साथै राप्रपा नेपाल संबिधान सभाको चौथो स्थानमा भयको ले रास्ट्रपति, उप-रास्ट्रपति, प्रधानमन्त्रि वा सभामुख मध्ये एक पाउनेगरी भागबण्डा गरिनु पर्छ’ रे हाहाहा हा!
      यिनिपानी तेस्तै हो,
      भुइँ मा बसुन्जेल चकटी चाइयो, जब चकटी पाइयो अनि पिर्का खोजि, पिर्का भेटेसि कुर्ची रोजी,
      यो देशमा माओबादि कांग्रेस एमाले ले भन्दा घातक राजनीति कमल थापाको छ!
      बुझौ!

      Reply
  26. dilip gurung says:
    November 29, 2013 at 11:09 pm

    सब राजनीतिक पार्टीहरु गोरु भएपछी गाइले भोट पाउनु स्वाभाविक नै हो|

    Reply
  27. bijay says:
    November 29, 2013 at 10:38 pm

    यो चुनाबमा ” जनता” को चाहना भनेको कुनै दल बिशेषलाइ जिताउनु भन्दा माओबादीलाइ हराउनु थियो र त्यै भयो / माओबादीले “जनता” को नाममा देशमा जातीयताको नाममा बिभाजन पैदा गर्ने काम र सोझा लडाकुको रगतको होलि खेलेर आफ्नो भुडी ठुलो बनाउने काम बाहेक अरु केहि गरेन, त्यसैको फल हो यो /

    Reply
  28. दिप श्रेष्ठ says:
    November 29, 2013 at 10:28 pm

    गाई नै हुन् सबका माता
    अरु बाकी सबै हुन् हुल्याहा हरुको दाता।

    Reply
  29. rohan vicram singh says:
    November 29, 2013 at 10:26 pm

    व्यक्तिगत रुपमा कमल थापा र उनको पार्टीलाई मन पराएर गाईमा छाप हानेको पक्कै होइन कि उनको एजेन्डाको लागि हो!
    राजनीति भनेको राज्य संचालनको निमित्त हो! धर्म भनेको हरेक जात जतिको संस्कार र पहिचान हो!
    क्रान्तिको नाममा र यूरोपियन युनियनको दबाबमा माओबादीले ८०% हिन्दु धर्मालम्बी रहेका नेपाली जनताहरुको अपमान गरेको छ र नेपाली काँग्रेस, एमाले लगाएत अन्य दलहरुले धर्म निर्पक्षेतालाई समर्थन गरेर बसेका छन्!
    धर्म निर्पक्षेताबाट निराश बनेका नेपालीहरुलाई कमल थापाको एजेन्डाले प्रभाब परेको हुनुपर्छ!
    यी ठुला पार्टीहरुले धर्मको सम्बन्धमा सम्बोधन गर्न सकेनन भने धर्मको कार्ड फ्याक्ने कमल थापाहरुलाई पछिल्ला चुनाबहरुमा राम्रै भोट नजाला भन्न सकिन्न!

    Reply
  30. Surya says:
    November 29, 2013 at 8:47 pm

    संघियता र धर्म निरापेक्षता नेपालमा किन लाद्न खोजियो धेरैले बुझ्न सकेको छैन. धर्म निरापेक्षता त छुनै नपर्ने बिषयमा हात हालेको हो. के नेपाल पहिले हिन्दु राष्ट्र हुँदा केहि समस्या थियो र? सबैजना मिलेरै बसेका थिए. यदि नेपालमा ८० प्रतिशतभन्दा बढी हिन्दु छन् भने हिन्दु राष्ट्र भन्नु के गलत भयो र? यसको मतलब अरु धर्म प्रति अबहेलना गर्नु पक्कै होइन र यसबाट त्यस्तो संदेश जाँदैन पनि.

    त्यस्तै जातिय राज्य बनाउनु भनेको नचाहिने विवाद निम्त्याउनु मात्र हो. के नेपालमा कहिल्यै जातीयताको बिषयमा विवाद भएको छ? सबैजना मिलेर बसेको ठाउँमा नचाहिने कुरा गरेर “नयाँ नेपाल” बनाउने निहुमा विवाद सिर्जना गर्ने कुरा मात्र हो यो. दसथरी राज्य बनाएर हरेक राज्यमा सरकार बनाउने? यो त नेता र कार्यकर्तालाइ रोजगारीको अवसर दिने चाल जस्तो लाग्छ मलाई.

    बरु राजतन्त्र नभएनि खासै फरक पर्दैन. पारस राजा हुनु भन्दा त गणतन्त्र नै बेस. तर संघियता र धर्म निरापेक्षता चाहिं आवश्यक छैन.

    तर यदि जनमत संग्रह गरियो भने मेरो बिचारमा अझै पनि राजतन्त्र र हिन्दु अधिराज्यकै पक्षमा जनताले भोट गर्छन जस्तो लाग्छ.

    Reply
  31. Avantika Sara says:
    November 29, 2013 at 8:22 pm

    राजाको एजेन्डा छोडेर जाने हो भने यस पाली नै यो पार्टी ठुलो पर्तिपक्ष हुने रहेछ त्यो राजाको एजेन्डा चैं छोडे भने अर्को पटक सरकार बनाउन बेर छैन ………..

    Reply
  32. Bishnu Nepali says:
    November 29, 2013 at 8:10 pm

    नेपाल धर्म निरपेक्ष होइन , हिन्दु मात्रै पनि होइन तर हिन्दु बुद्धिस्ट हुनु पर्छ |

    Reply
  33. Serenmind says:
    November 29, 2013 at 7:46 pm

    काठमाडौँ का जनतालाइ संघियता, धर्मनिरपेक्छेता वा गणतन्त्र भए पनि नभए पनि बाल छैन . केन्द्रिकृत राज्यसंरचना को सुबिधा भोग्ने अवसर पाएका अनि राजदरबार कै ओरिपरि बस्ने हरुलाई आफ्नो दैनिकी मा आइलागेको अस्थिरता भन्दा पैलेकै ठिक थियो नि भन्ने लहडी मानसिकता ले काम गरेको हो जस्तो मलाई लाग्छ. अगाडी अर्को कुनै राम्रो विकल्प दिने पार्टी नदेखे पछि पछाडी हट्नु नै सजिलो लाग्यो अनि गाइले चान्स पायो.

    Reply
  34. shree says:
    November 29, 2013 at 7:42 pm

    यदि हिन्दु राज्य को कुरा अरु कुनै दल र नेताले पनि उठाएको हुन्थ्यो भने कमल थापा आलु खान्थ्यो
    जनताले भोट न कमले लाई दिए न राप्रपा लाई ,उनीहरुले त बैतर्नी नदि तराउने गाई मा पो छाप ठोके ……..

    Reply
  35. gurungamar says:
    November 29, 2013 at 7:22 pm

    जे गर्यो पैसाले गर्यो , यो पार्टी ले पैसा को आड मा भोट किनेको पक्कै हो ,

    Reply
  36. दिबेश प्रधान says:
    November 29, 2013 at 7:08 pm

    यसपालीको चुनाब को परिणाम हेर्दा मलाई के लागि राखेको छ भने नेपाली जनता अझै खुलेर भन्नु पर्दा काठमाडौँका जनतामा (हुन त म नि काठमाडौँ कै बासिन्दा हो |) पुराना कुराहरुलाई चाडै बिर्सने रोग रहेछ भन्ने प्रस्ट देखियो | यहाँका बासिन्दाले यो देशमा कसले टनकपुर बेच्यो भन्ने नि बिर्से, कसले महाकाली बेच्यो भनेको नि बिर्से, कसले आफ्नो मौलिक हकनै हनन हुने गरि मोबाइ, टिभी अनि पत्रिका नि बन्द गरे त्यो नि बिर्से अनि याद राखे त बस कसले मेरो घर भत्काएर आफु महलमा बसे | नेपाली जनता लाई राष्ट्रिय स्वाधीनताका बिषयमा खासै चासो हुन्न रहेछ आफ्नो ब्यतिगत कुरा को मात्र चासो हुने रहेछ | नेपालको जय होस् ….

    Reply
  37. abhi says:
    November 29, 2013 at 6:54 pm

    कृपया यसरी हल्का तालले नालीऊँ होला काठमान्डूवासीको भोटलाई. उनीहरुले गाईलाइ भोट दिए किनकि उनीहरुलाई उसको नारा र कार्यक्रम मनपर्यो……as simple as that. पछिल्लो पटक माओवादीलाई भोट दिँदा जंगली……ज्यानमारालाइ किन काठमाडौँबासीले भोट दिए भनेर तपाईंले सोध्नु भंएको थियो? पक्कै थिएन…..उनीहरुलाई मन-पर्यो अनि दिए….र जनताको भोटको कदर भयो र प्रचन्डले त्यसपछि बाबुरामले पनि सरकार चलाए. त्यसै गरि उनीहरुलाई यस पालि कमल थापाको सिद्धान्त राम्रो लाग्यो उनलाई भोट दिए. मतलब मान्छे हरु र खास गरि काठमाडौँका मान्छे हरु जातिय संघियता, धर्म निरपेक्षता र राजतन्त्र उन्मुलनको बिपक्षमा छन्. र अर्को कुरा….तपाइँले काठमाडौँका मान्छे लाइ लहडे भन्नु भयो…..त्यो तपाईंको बिचार हो. लहड़े त पहिले राजनीतिक दल पो भए त किनकि उनीहरुले पर्याप्त गृहकार्य (enough homework) बिना नै राजतन्त्र फ्याले. कमसेकम १-२ बर्षको गृहकार्य र रणनीति पछि त्यो काम गरेको भए राजतन्त्रको खालि ठाउँ भर्ने नीति पनि आफसेआफ आउंथ्यो कि ?! रातारात त्यस्तो जरा गाडेर बसेको संस्थालाइ फ्याल्नाले देशमा एक किसिमको छाडापना चाहिं आएकै हो . ठिकै छ…..जे भयो…भै सक्यो…..अब संबिधान बनोस र मेरो बिचारमा राजतन्त्र र हिन्दु राज्यको बारेमा जनमत संग्रह होस्. बिना कुनै प्लान राजतन्त्र फाल्दा अफगानिस्तानलाइ सैयौं गुटले कब्जा गर्न खोजे…..त्यस पछि अमेरिका र रसिया आए……..अनि तालिबान हिज्बुल, हजारा, अल-कायदा र नर्दर्न अलायन्स पनि……अनि देश ध्वस्त भयो. बेलामै सबै कुरा मिलाएर अघि बढ्दा सबैलाई राम्रो हुन्थ्यो.

    Reply
    1. Abhyankar says:
      December 1, 2013 at 2:41 am

      ३० वर्ष राजतन्त्र हेरेकै हो

      Reply
  38. rajendra maharjan says:
    November 29, 2013 at 5:13 pm

    पहिचानको मुद्दालाई जातीय राज्यको नाम दिएर प्रोभोक गर्ने गरेको छ । केहि खस ब्राम्हण एकल जातीय राज्यका पक्षधरहरुले पहिचानको मुद्दालाई वास्तविक मुद्दाबाट अलग्याएको हुनाले गाईको भोट बढी आएको हो।

    Reply
  39. vijay says:
    November 29, 2013 at 4:14 pm

    एउटा भोट गणतन्त्र लाइ, एउटा भोट राजतन्त्रलाइ. के खालको दोधारे चलन हो यो ?

    Reply
  40. YOGEN says:
    November 29, 2013 at 3:11 pm

    कुलङ्घार छोरो भन्दा त दुश्मन नै ठिक भने जस्तो छ जनताले ।

    Reply
  41. mikak says:
    November 29, 2013 at 2:56 pm

    समानुपातिक मत जम्मा ९७५७८४४ झरेको मत मा ६.६ प्रतिशत (६४४०००) मत गाइले प्राप्त गरेको हो . जुन मत हेर्दा त्यति ठुलो परिणाम हैन जुन चुनाव हुनु भन्दा पहिले गरिएको चर्चा थियो. एकल हिन्दु राज्य को माग गर्ने ले यो प्रतिशत मा जनमत बटुल्नु भनेको आम नेपाली को चाहना र जनमत धर्म निरपेक्ष राज्य को पक्षमा हो.
    काठमाण्डौ को सन्दर्भमा
    एक भोट दाइलाई, एक भोट गाईलाई
    पहला भोट भैया पर, दुसरा गैया पर, को प्रभाब हो, उपत्याका मा हिन्दु धर्म र राजसंस्था प्रति आस्था राख्ने हरु को जमात धेरै भएको छ जुन देशका अरु क्षेत्रमा छैनन्, त्यसैको परिणाम हो

    Reply
  42. yogi says:
    November 29, 2013 at 2:31 pm

    स्पस्ट खाका भाको पार्टी र रास्त्रियातामा अलि सजग भाको पार्टी भएको ले काठमाडौँ को भोट पाको हो……पक्कै पनि नेपालको सबै भाग बाट टाठाबाठा काठमाडौँ नै आउने भएको ले तुलनात्मक रुपमा यहाको जनताको सैक्षिक प्रतिशत बढी हुनु कुनै नौलो कुरा होइन…अब यसपछि हुने कुनै पनि निर्बाचनमा रा प्रा पा नेपालले कांग्रेस अनि एमाले को ठाउं लिएमा आस्चर्य नमाने हुन्छ….कमल थापा लाई पनि त एकफेर हेर्ने पर्यो नि ….कि कसो..??

    Reply
  43. राज says:
    November 29, 2013 at 2:23 pm

    पक्का पनी यो बन्द हरताल गर्ने र सधै झगडा लफडा मात्र गर्ने पार्टी हरु देखेर गाई पार्टिलाई प्राथमिकतामा पारेका हुन सक्छ। जे जसरी पनी नेपालीले शान्त देश खोज्या हुन।

    Reply
  44. ramhari says:
    November 29, 2013 at 2:21 pm

    राप्रपा नेपाल ले सचेत र सिचित वर्ग बस्ने ठाउँ बाट बडी भोट पाको छ! फेरी अब पनि चुनाब भएन भने राप्रपा नेपाल ले अर्को चुनाब मा २३ होइन २३० लिऔच.

    Reply
  45. kale krishna says:
    November 29, 2013 at 2:01 pm

    गाईले एति भोट पाउनु चै नेपाली जनता हरु विभिन्न पार्टीमा लाग्नाले हो, नत्र सबै भोट हाल्ने ब्यक्ति जनता मात्रै भएर कुनै पार्टी मा नलागेको भए पक्कै गाई ले एसको ५ गुना बढी मत ल्याऊने थीयो होला!!!

    Reply
  46. suren subba says:
    November 29, 2013 at 1:47 pm

    काठमाडौँ मा सचेत वर्ग बस्छन भन्नु गलत हो दियो सलेदो मा बल्छ जुन काठमाडौँ बाहिर बाट आएका हुन् यहाँ का मानिस त् तेल मात्र हुन् …

    Reply
  47. Aaresh says:
    November 29, 2013 at 1:44 pm

    राप्रपा नेपालले अझै धेरै भोट ल्याउला भन्ने हामीलाई लागेको थियो तर सोचे जति नल्याए पनि पहिलाको भन्दा प्रगति गरेकै हो | यसमा मुख्य कारण भनेको पहिलाको संबिधान सभामा मुख्य भनिएका ४ दलले देशलाई सफलताको उचाइमा पुर्याउनुको साटो झन् दल दलमा धकेली दिए भन्ने हामीलाई लागेको छ | देशमा चरम वाईसिएल गुन्डा गर्दी, जस्तो कि कसैको जग्गामा किचलो पर्यो माओबादी लगाइदिञ्छु भन्या छ | कसैको पैसा उठेन वाएसिएल लगेर जान्छु भन्या छ | यति सम्म कि कसैको घरमा दाजु भाईको झगडा पर्यो भने समेत माओबादीले मिलौने रे | ए बाबा के यो देश माओबादीको बिर्ता हो ? यहाँका जनता माओबादीका रैती हुन् ? राजाको शासन कालमा के हामीले यो सबै भोगेका थियोउ ? म जापानमा बस्छु र पनि अझै जानेर गाईको मासु खाएको छैन | नेपाललाई धर्म निरपेक्ष भनेर घोषणा गर्न के जरुरि थियो ? मैले देखेको धर्मको संसार भनेको , अमेरिकनहरुले यसु धर्म संसार भर बिस्तार गर्न मरिहत्य गरेर लागेका छन् | जुन सुकै देशमा जहाँ तही चर्च बनाएर धर्म प्रचारमा अरबौं डलर खर्च गरिरहेका छन् | उनीहरुका देशमा हाई स्कुल सकेर यसु धर्मको प्रचार गर्न जाने युबाहरु लाखौं छन् | हाम्रो देशमा भने चाही बाजे बराजुको पाला देखि मानिआएको एक मात्र सनातन हिन्दु धर्मलाई नस्ट गर्न नेताहरु लागि परे त्यसमा पनि बिशेष गरेर माओबादीहरु | जुन देशमा हजुर बा हजुर आमा बिहान उठ्ने बितिक्कै राम राम, हरि हरि , कृष्ण कृष्ण , जय पशुपति नाथ भन्दै मनलाई शान्त राख्न र एक दिनभरी राम्रो कार्य गर्न सकू भनेर भज्दै हिड्छन त्यहि देशलाई धर्म निरपेक्ष भन्दै हिन्दु धर्म नास्ने परम्पराको सुरुवात भयो | कमल थापाले जस्तो सुकै विषम र कठिन परिस्थिमा समेत हिन्दु धर्मको साथ् दिए | एकोहोरो एक मात्र हिन्दु धर्म राष्ट नेपाल चाहिन्छ भन्दै लागि रहे यो नै यसपटकको सानो सफलता हो भन्ने हामीलाई लागेको छ |

    Reply
  48. bikash shrestha says:
    November 29, 2013 at 1:20 pm

    गाइ ले घास खान्छ , अब घास खाने ले नै भोट दियो हॉल गाई लाई.

    Reply
  49. Basant says:
    November 29, 2013 at 1:13 pm

    प्याजको भाउ २०० रुपिया किलो हुदा, बिजुली, पानीको अभाब हुदा, ८/१० जना भाडाका गुन्डाले नेपाल बन्द गर्दा, भ्रस्टचारीलाइ अबिर जात्रा गर्दा चुप लागेर बस्ने जनता बेला बेलामा सनाकिपन देखाउनु नौलोकुरा होइन

    Reply
  50. यश चौतारे says:
    November 29, 2013 at 12:59 pm

    सबैलाई थाहा भै सकेको छ ! यो कुराले २०७० सालको संबिधान सभाको चुनाब छर्लंग पारिदिएको छ । सायद यस्तो चुनाव नेपालको इतिहासमा एक पल्ट २०३६ सालमा पनि भएको हुनुपर्छ। “एउटा भोट दाइलाइ अर्को भोट गाईलाई” भन्दै पाएको भनिएको यो भोटले काठमांडू बासिको दिल जितेर पाएको हैन, कसैलाई बिल भरेर पाएको भन्दा न्यायोचित होला। यो काठमान्डू बासि जनताको जनमत खरानी बनाइ पहिले नै तयार गरेर राखिएको दुब्लिकेट मतको परिणाम हो।

    Reply
  51. sundar says:
    November 29, 2013 at 12:50 pm

    कमल थापा राम्रो भएर हैन कि अरु नराम्रो भएर तेती भोट पाको हो छोटकरी मा भन्दा

    Reply
    1. Rai Kanchha says:
      November 29, 2013 at 6:12 pm

      बिभिन्न भाषा,धर्म,संस्कृतिका सयौं जात जाति रहेको देशमा राजनीतिक दलहरु प्रजातन्त्र र लोकतन्त्रको मिठो भाषण गरेर मुखमा रामराम बगलीमा छुरा बोकेर हिन्दु राष्ट्र हुनु पर्छ भन्नु जातिया नारा र जातीय राज्य हो कि होइन?दुइसय अटतीस बर्ष एकल जातीय निरङ्कुश शासन र चौबिस बर्ष निरङ्कुश बाहुनदलिय प्रजातन्त्र र जनैबादी लोकतन्त्र लादेर जनताको आँखामा छारो हालेर यो एक्काइसौं सताब्दिमा बिदेशी दात्री राष्ट्रहरुले दिएको ऋण अनुदान र जनताले बुझाएको करहरु भ्रष्टचार गरेर देश हरिकंगाल बनाउने पिशाच राक्षेशहरुले जनताहरुलाई भ्रम फैलाएर देश र नागरिकलाई अन्धकारमा राख्ने षडयन्त्रको जालो कसरि बुन्न सकेको हो र त्यो षडयन्त्रको जालो भित्र क्षणिक स्वार्थमा फसेर देशर नागरिकको भविश्य अन्धाकार तिर धकेल्ने मुर्खा बिद्द्वानहरुलाइ…………..!
      सयौं थुङ्गा फूलका हामी एऊतै माधव नेपाल
      बहुदलीय जनवादमा ओली,गौतम,खनाल,

      Reply
  52. Rajan Ghimire says:
    November 29, 2013 at 12:36 pm

    राजा चाहियको चैं होइन होला तर संघियता र धर्म निरापेक्ष्यता अनि माओबादी को जातीय राज्य नाचाहियाको चैं मैले नि बुझ्य छु…. न माओबादी जंगल जादा संघियता भनेको थियो न उसबाट जनताले यो आशा गरेका थिय………….. उसको माग भनेको सत्ता कब्जा भन्दा बाहेक केहि पनि थियन…… जनताले हेरम न त हाम्रा लागि यसलाई सत्ता दियो भने के गर्दो रहेछ भनेर देको त….. यस्तो गरिदियो……. बरु उ युद्ध मा हुदा देश मा विकास थियो….. उ सत्तामा आयपछी उसको मात्र विकास भाको देखे जनताले त्यसैले उसलाई हराउन कै लागि बुद्दिजिबिले (अन्य दल को patent voter भन्दा बाहेक) ले गाइ लाई जिताइदिय…

    Reply
  53. LAL B. KC says:
    November 29, 2013 at 12:21 pm

    काठमाडौँका धेरै सचेत वर्ग होइन, पैसा वर्गहो जस्ले पैसा दीयो तेसैलाई VOTE दिएका छन्….. जुनकुरा बुझ्न जरुरि छ /

    Reply
  54. Kumar says:
    November 29, 2013 at 12:14 pm

    People now understood the fact why Hinduism and Monarchy both were abolished in Nepal. In this second CA election, if people did not vote for Congress or UML just to defeat Maobadi to stop Maoist fascism, the votes and figure of RPP- Nepal would have incredibly better and different. RPP did not give up its principle in even worse situation .

    Reply
  55. Ramesh Pokhrel Jorpati Kathmandu says:
    November 29, 2013 at 12:06 pm

    काठमाडौं मा बस्ने धेरै जान्ने बुज्ने छन भनेर बिस्लेसण गर्नु हावा गफ मात्र हो ।

    Reply
    1. kale krishna says:
      November 29, 2013 at 1:54 pm

      जान्ने बुझ्ने मित्र चै कता बाट काठमाडौँ (Jorpati Kathmandu ) मा आउनु भए छ नि??

      Reply
    2. bikash shrestha says:
      November 29, 2013 at 3:33 pm

      सत्ते कुरा हो काठमाडौँ मा जान्ने बुज्ने कोहि छैन सबै काठमाडौँ बाहिर का मात्र जान्ने बुज्ने हुछ . तेसो भए किन काठमाडौँ मा सबै मान्छे हरु ओइरिञ्छ ??????????. सबै लाई काठमाडौँ नै किन चाहियो त???

      Reply
      1. dhan says:
        November 30, 2013 at 9:39 am

        काठमाडौँ रहरले कोहि पनि जादैन मित्र | बाध्यताले मात्रै जानु परेको | तेसैले संघियेता चाइयो भनेको | सानो सानो कामको लागि काठमाडौँ धाउनु पर्ने राज्यको केन्द्रीकरण अन्त्य भए धेरै मान्छे काठमाडौँ जना छोड्ने छन ढुक्क हुनुस !!

        Reply
      2. bibek dhakal says:
        November 30, 2013 at 6:54 pm

        लोक सेवा को नतिजा हेर्नुस, सबै कुरा प्रष्ट हुन्छ : )

        Reply
    3. shyam says:
      December 6, 2013 at 1:28 pm

      नेपालीहरु नेपाल लाई नेपाल नै रहन/ कहलाउन दिनुस| हिन्दुस्तान त हिन्दु राष्ट्र छैन र होइन भने नेपाल नै किन हिन्दु राष्ट्र हुनु पर्ने? कमल थापा ramra भैदिएका ह्बये हिन्दु देवी देवता हरु को मुर्ति चोरहरुलाई नै उसले राजा मानेका? नेपालको नाम बद्नाम गर्ने चेलीबेटी, gai-गोरु, लागु पदार्थ तस्कर हरु किन उसको पार्टी मा हाली मुहाली गरिरहेछन?

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme