Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

समानुपातिकमा ९२ दलको जमानत जफत हुने

Posted on November 27, 2013November 27, 2013 by Salokya


प्रत्यक्षतर्फको मतगणना सकिएर समानुपातिकको गणना अन्तिम चरणमा पुग्दै गर्दा पनि उल्लेख्य मत पाउन नसक्ने ९२ दलको जमानत जफत हुने लगभग निश्चित भएको छ। गन्न बाँकी मतमा उल्लेख्य मत ल्याए भने मात्रै उनीहरु बच्नेछन्। समानुपातिकमा एक सिट पनि नजित्ने दलहरुको जमानत जफत हुने व्यवस्था छ। प्रत्यक्षतर्फ उम्मेदवारले तीन हजार रुपियाँमात्रै धरौटी तिरे पनि हुन्छ तर समानुपातिकका लागि महँगो छ। दलले निर्वाचन आयोगमा बन्दसूचि पेश गर्दा १० हजार रुपियाँ तिर्नुपर्छ। मतदाताहरुलाई ठूलो आकारको पत्रिका (गोरखापत्रजत्रो) मतपत्रको यातना दिने तर देशभरबाट मत ल्याउन नसक्ने यस्ता दललाई खुच्चिङ भन्नु पनि रमाइलै हुन्छ। कुन कुन दलको जमानत जफत हुँदैछ त ?

• पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, रसुवा, धादिङ्ग, नुवाकोट, मनाङ, कास्की, तनहुँ, मुस्ताङ, म्याग्दी, रुकुम, रोल्पा, डोल्पा, हुम्ला, डोटी, दैलेख, खोटाङ, पर्सा, गोरखा, प्यूठान, बर्दिया, बैतडी, ताप्लेजुङ, इलाम, झापा, संखुवासभा, मोरङ, सोलखुम्बु, उदयपुर, दोलखा, रामेछाप, सिन्धुली, भक्तपुर, मकवानपुर, रौतहट, लम्जुङ, स्याङ्जा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, वाग्लुङ, पर्वत, सल्यान, दाङ, जाजरकोट, बाँके, मुगु, अछाम, डडेल्धुरा र कञ्चनपुर गरी मङ्गलबार साँझ ५ बजेसम्म विभिन्न १७३ निर्वाचन क्षेत्रको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ

अघिल्लो निर्वाचनमा ५४ वटा दलले मात्रै भाग लिएको भए पनि यो वर्ष १२२ वटा दल सहभागी भएका थिए। ती मध्ये यी दलले गन्न बाँकी मतमा उल्लेख्य मत नल्याए उनीहरुको जमानत जफत हुनेछ-

1. संघीय गणतान्त्रिक समाजवादी पार्टी, नेपाल
2. खस समावेशी राष्ट्रिय पार्टी
3. देशभक्त पर्यावरणीय सामाजिक (देपसा) मोर्चा
4. नयाँ संघीयता जनधारणा पार्टी
5. नेपाल गणतान्त्रिक एकता पार्टी
6. नेपाली जनता पार्टी
7. संघीय विकासवादी पार्टी नेपाल
8. ॐ सेना नेपाल
9. अखण्ड सुदूरपश्चिम पार्टी नेपाल
10. गरीब एकता समाज पार्टी, नेपाल
11. चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल
12. चुरेभावर राष्ट्रिय पार्टी
13. चुरेभावर लोकतान्त्रिक पार्टी
14. जन प्रजातान्त्रिक पार्टी
15. जनता दल नेपाल
16. जनता दल युनाइटेड
17. जनता दल लोकतान्त्रिक पार्टी
18. जनता पार्टी नेपाल
19. जनतान्त्रिक तराई मधेश मुक्ति टाइगर्स
20. जनमोर्चा नेपाल
21. जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल
22. तराई पहाड हिमाल समाज पार्टी
23. तराई मधेश पहाड हिमाल एकता पार्टी
24. तामाङसालिङ राष्ट्रिय जनएकता पार्टी
25. देशभक्त समाज
26. नयाँ नेपाल राष्ट्रिय पार्टी
27. नव नेपाल निर्माण पार्टी
28. नेपाल कम्युनिष्ट पार्टी (मालेमा) साम्यवादी
29. नेपाल कम्युनिष्ट पार्टी (माले–समाजवादी)
30. नेपाल गौरवशाली पार्टी
31. नेपाल जनता पार्टी
32. नेपाल जनभावना पार्टी
33. नेपाल जनसमावेशी एकता पार्टी
34. नेपाल नागरिक पार्टी
35. नेपाल न्यायिक दल
36. नेपाल मधेशी जनता दल (समाजवादी)
37. नेपाल युवा किसान पार्टी
38. नेपाल राष्ट्रसेवा दल
39. नेपाल राष्ट्रिय यातायात विकास दल
40. नेपाल राष्ट्रिय विकास पार्टी
41. नेपाल लेबर पार्टी
42. नेपाल लोकतान्त्रिक समाजवादी दल
43. नेपाल शान्ति क्षेत्र परिषद्
44. नेपाल श्रमजिवी दल
45. नेपाल सद्भावना पार्टी
46. नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)
47. नेपाल सद्भावना पार्टी (युनाइटेड)
48. नेपाल समाजवादी पार्टी (लोहियावादी)
49. नेपाल समावेशी पार्टी
50. नेपालआमा पार्टी
51. पिछडावर्ग निषाद दलित जनजाति पार्टी
52. बहुजन समाज पार्टी नेपाल
53. मंगोल नेशनल अर्गनाइजेशन
54. मधेश तराई फोरम
55. मधेश समता पार्टी नेपाल
56. मधेशी जनअधिकार फोरम मधेश
57. मातृभूमि नेपाल दल
58. युनाइटेड ग्रीन अर्गनाइजेशन
59. युवा शक्ति नेपाल पार्टी
60. राष्ट्रवादी एकता पार्टी
61. राष्ट्रवादी जनता पार्टी
62. राष्ट्रिय एकता पार्टी
63. राष्ट्रिय चुरेभावर पार्टी
64. राष्ट्रिय जन विकास पार्टी
65. राष्ट्रिय जनता दल नेपाल
66. राष्ट्रिय नागरिक पार्टी
67. राष्ट्रिय मधेश एकता पार्टी, नेपाल
68. राष्ट्रिय मधेश बहुजन समाजवादी पार्टी
69. राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
70. राष्ट्रिय यथार्थवादी पार्टी नेपाल
71. राष्ट्रिय लोकतान्त्रिक युवा पार्टी
72. राष्ट्रिय शिवसेना पार्टी
73. राष्ट्रिय स्वाभिमान पार्टी नेपाल
74. लिग नेपाल शान्ति एकता पार्टी
75. लिबरल डेमोक्रेटिक पार्टी
76. लिम्बुवान मुक्ति मोर्चा
77. लिम्बुवान मुक्ति मोर्चा नेपाल
78. लोक दल
79. लोकतान्त्रिक जनता पार्टी नेपाल
80. लोकतान्त्रिक पार्टी–नेपाल
81. विश्व सत्यवादी पार्टी
82. शान्ति पार्टी नेपाल
83. शिवसेना नेपाल
84. श्रमिक जनता पार्टी–नेपाल
85. संघीय लिम्बुवान राज्य परिषद
86. संघीय समावेशी समाजवादी पार्टी, नेपाल
87. संयुक्त जनमोर्चा
88. संयुक्त राष्ट्रवादी मोर्चा नेपाल
89. सहकारी पार्टी नेपाल
90. सोसल रिपब्लिकन पार्टी
91. हरियाली नेपाल पार्टी
92. हिन्दु प्रजातान्त्रिक पार्टी, नेपाल

(सच्याइएकोः यसअघि ९४ दलको जमानत जफत हुने लेखिए पनि गरिब जनताको क्रान्ति पार्टी र नेपाल प्रजातान्त्रिक प्रगतिशिल पार्टीले भने दल दर्ता गरेर पनि चुनाव लडेका थिएनन्।)

यी दलले भने समानुपातिकमा कम्तिमा एक सिट लिएर संविधान सभामा सहभागिता जनाउने देखिएको छ अहिलेसम्म

नेपाली काँग्रेस
नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले)
एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक)
राष्ट्रिय प्रजातन्त्र पार्टी
मधेशी जनअधिकार फोरम, नेपाल
तराई–मधेश लोकतान्त्रिक पार्टी
सङ्घीय समाजवादी पार्टी, नेपाल
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी)
सद्भावना पार्टी
नेपाल मजदुर किसान पार्टी
राष्ट्रिय जनमोर्चा
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)
थरुहट तराई पार्टी नेपाल
राष्ट्रिय जनमुक्ति पार्टी
नेपाल परिवार दल
तराई मधेश सदभावना पार्टी नेपाल
राष्ट्रिय मधेश समाजवादी पार्टी
दलित जनजाति पार्टी
अखण्ड नेपाल पार्टी
जनजागरण पार्टी नेपाल
नेपाः राष्ट्रिय पार्टी
नेपाली जनता दल
समाजवादी जनता पार्टी
खम्वुवान राष्ट्रिय मोर्चा, नेपाल
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
संघीय सद्भावना पार्टी
नेपाल कम्युनिष्ट पार्टी
मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)

यत्रो थियो समानुपातिकतर्फको मतपत्र-

र, जाँदाजाँदै प्रत्यक्षतर्फको यो बिजोग पनि हेरौँ

#NepalVotes हेर बिजोग !! प्रतक्ष्य निर्वाचनमा शुन्य मत ल्याउने ६१ जना र लगभग १० % उमेद्वारको मत १० भन्दा कम @mysansar pic.twitter.com/6N2XfbJPax

— KP Acharya (@AcharyaKP) November 26, 2013

20 thoughts on “समानुपातिकमा ९२ दलको जमानत जफत हुने”

  1. Shailendra Dhakal (म्याउ ) says:
    November 27, 2013 at 1:29 pm

    कठै बरा मेरा छिमेकी दाइ !!!

    यसपालीको चुनावमा हाम्रा छिमेकी दाइ पनि प्रतक्ष्य तर्फबाट स्वतन्त्र उम्मेद्वार भएर उठ्नु भएको थियो ! उनले जम्मा तीन भोट प्राप्त गरेछन् ! त्यहि तीन भोट नै उनको दाम्पत्य जीवन बन्धनको कैंची नै बन्न पुग्यो !
    कारण:-
    .
    .
    .
    .
    .
    .
    .
    .
    .
    उनको श्रीमतीको उजुरी थियो:- “एक भोट उनि स्वयम् ले हाले, एक भोट मैले पनि हाली दिएँ ! तर यो तेस्रो भोट कहाँ बाट आयो? पक्कै पनि मेरा श्रीमान ले अर्की स्वास्नी ल्याएर बाहिर कतै राखेको हुनुपर्छ ……..

    Reply
  2. jiban says:
    November 27, 2013 at 12:47 pm

    राता रात १०,००० को फर्जी हस्ताक्षर बुझाएर दल दर्ता गरे हेर कन्ता बिजोग कसिंगर सफा गरेकोमा नेपाली जनताहरु लाई मुरी मुरी धन्यवाद !

    Reply
  3. ashok says:
    November 27, 2013 at 12:18 pm

    ठुल्ठुला नेताहरुको जीवन सैली देखेर हो यसो एक सिट जित्न पाउदा बित्तिक्कै मन्त्रि बन्न पाइहलिञ्छकि ..अनि त के मोज मस्ती धन दौलत इज्जत बिना दुख र टेन्सनमा…सोचेर आउने हरु हुन् यिनीहरु …..यस्ता पार्टी र नेताहरुको बर्खास्त र बन्देजको व्यवस्था हुनु अति जरुरि छ …

    Reply
  4. niraj says:
    November 27, 2013 at 11:46 am

    समानुपातिकतर्फ नेका ८७, एमाले ८२ नै होला जस्तो लाग्यो है मलाई त/ अब नेका र एमाले को सत्ता समीकरण को रडाको हेर्न मज्जा हुञ्छ जस्तो छ/ दुवै पार्टी मा ३/३ जना दाबेदार छन्…..बरु कमल थापा लाई पो दिदा हुञ्छ जस्तो छ त………………

    Reply
  5. chirinjeebi says:
    November 27, 2013 at 11:09 am

    मा यौटा कुरा मा चै अचम्म परे ० भोट ६१ जना? ० भोट कसरि आयो उठ्ने उम्मेदबार को त १ भोट भैहल्छा नि कि उसैले पनि आफ्नो भोट आफैले हालेन ? कृपया पूर्ण रुप मा खुलाइदिनु हुन्छा कि?

    Reply
    1. Salokya says:
      November 27, 2013 at 12:14 pm

      जुन क्षेत्रमा मतदाता नामावलीमा नाम छैन त्यहाँ पनि उम्मेदवार बन्न पाइन्छ। त्यसबाहेक ठूला दलले आफ्ना प्रतिनिधि धेरै राख्न डमी उम्मेदवार खडा गर्ने गर्छन्। ० भोट पाउनुको कारण त्यही हुनसक्छ। आखिर उम्मेदवार बन्न धेरै पैसा पनि लाग्ने हैन, धरौटी नै जफत भए पनि मात्र ३ हजार रुपियाँ हो।

      Reply
  6. bijay says:
    November 27, 2013 at 9:52 am

    अघिल्लो संबिधान सभामा १-२ सिट पाउनेले पनि मंत्री पडकाउन पाएकाले यो पाली धेरैले च्याखे थपेका हुन् क्यारे पत्त साफ भो बिचार हरुको l र अब यस्ता दलहरुलाई तुरुन्तै खारेज गर्नु पर्छ र १०००० को हस्ताक्षर होइन १००००० को बनाउनु पर्छ l ओइह्यात मा सबैलाई दुख र खर्च दिने चोरहरु l

    Reply
  7. Jeevan Thapa says:
    November 27, 2013 at 9:42 am

    प्रत्येक उम्मेदवारले ३ हजारको सट्टा ३लाख धरौटी राख्नु पर्ने नियम भएको भए सरकारले राम्रो आम्दानी गर्ने रहेछ कि कसो?

    Reply
  8. shantdil says:
    November 27, 2013 at 9:28 am

    ३% सदर भोट भन्दा कम ल्याउने पार्टीलाई १० वर्ष सम्म पुन: निर्बाचन लड्नलाइ प्रतिबन्ध लगाउनु पर्ने नियम बनाउनु पर्छ.

    Reply
  9. Tikaram Malla Thakuri says:
    November 27, 2013 at 8:17 am

    राता रात १०,००० को फर्जी हस्ताक्षर बुझाएर दल दर्ता गरे हेर कन्ता बिजोग १०० भोट पनि पायो कि पाएन ? लाजै मर्दो

    Reply
  10. Tenzing Gaba says:
    November 27, 2013 at 6:52 am

    रेखा थापा कामरेडको त् लगाई राखेको सप्पै लुगा नै प्याक गर्नु पनि पुग्ने ठुलो मतपत्र छाप्न लगाउने धत्तुरे र पार्टी उम्मेदवारहरुको जमानत जफत भएको मा ……खुच्चिंग !!!

    Reply
  11. Raja says:
    November 27, 2013 at 4:46 am

    कसिंगर सफा गरेकोमा नेपाली जनताहरु लाई मुरी मुरी धन्यवाद !

    Reply
  12. Sam says:
    November 27, 2013 at 4:22 am

    वाहियात यी सबै दललाई अध्यक्ष र मन्त्रि चाहियको
    होला हेर त हरिबिजोक !

    श्याम गिरी

    Reply
  13. Laxman says:
    November 27, 2013 at 3:58 am

    Better to have 2 parties, at most 3 or 4(to represent diversity) . That helps maintain stability and thus progress.

    Reply
  14. हृदय says:
    November 27, 2013 at 2:39 am

    एउटा कुरो नि,
    यो अन्तिम को Pie Chart अनुसार प्रतक्ष्य तर्फ,
    १ भोट ल्याउने = २० जना , (आफै उमेद्वार भएर आफ्नो १ भोट आफैलाई ठोक्ने हरु)
    0 भोट ल्याउने = ६१ जना , (आफै “उमेद्वार” भएर भोट चै कुन “द्वार” लाई हाले होलान हँ !! मल+ द्वार ???) जमानत तिरेर जग हसाउने हरु !!!

    Reply
    1. balakji says:
      November 27, 2013 at 11:54 am

      ० मत ल्याउने कारण चाही ठुला दलहरुले आफ्ना मतदान एजेन्ट हरु बडी राख्न को लागि स्वतन्त्र उमेदबार उठायाकाले हो

      Reply
  15. CP says:
    November 27, 2013 at 2:20 am

    नाम हेर्दा त सबै पार्टी उस्तै लाग्छन | बल्छी हानीहालौ, परिहाल्छ कि भनेर चुनावमा होमिएका होलान, हरिबिजोग भएछ |

    Reply
  16. bikram says:
    November 27, 2013 at 2:13 am

    ठुला पार्टी हरुले चुनाब बुथ मा आफ्नो प्रतिनिधि धेरै पठाउन प्रचार नगरी स्वन्त्र उमेद्वार उठाएको हुन्छन, तेही कारण हुन सक्छ.

    Reply
  17. Basanta says:
    November 27, 2013 at 1:11 am

    जमानत जफत हुने दल खारेज हुनु पर्छ । जस्ले दल खोलेनी हुने प्रथा को अन्त्य हुनु पर्छ ।

    Reply
  18. Albin Shrestha says:
    November 27, 2013 at 1:10 am

    It is a shame we have 122 parties. Why do we need those all? Since people don’t give support and belief to them, at least the parties should be banned which secured less vote than required to save ‘Bail’/Dharauti/ Jamanat. Here I am not telling parties should be control to open. But if a party formed and take part in the election and get less than required vote, that party should be banned.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme