Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

धाँधलीको हौवा र माओवादीको बुद्धि

Posted on November 25, 2013November 25, 2013 by Salokya

निर्वाचन प्रक्रियामा धाँधली भएको आरोप लगाउने माओवादीले एकपछि अर्को गल्ती गर्दैछ। यसले माओवादीलाई रुचाउँदै नरुचाउने ‘एलिट’ को जमातलाई त फाइदा पुगेकै छ, अलि अलि सहानुभूति राख्ने समूहबीच पनि बद्‌नामी झन् झन् बढ्दो छ। निर्वाचन प्रक्रियामा धाँधली पक्कै हुन्छ। जसले सक्छ, त्यसले धाँधली गर्ने हो। अमेरिका जस्तो देशमा त सन् २००० मा धाँधली गरेर जर्ज बुसले चुनाव जितेका थिए र अल गोरलाई पराजित गरिएको थियो (लिङ्क हेर्नुस्) भने नेपाल जस्तो देशमा नीलकण्ठ उप्रेतिले धाँधली भएको छैन भन्दा स्वयं नीलकण्ठ भगवान हिमालयमा बसेर हाँसिरहेका होलान्। धाँधली भएको हो र त्यसले ठूलो स्तरमा परिणामलाई नै प्रभावित पार्ने छ भने त्यसको विरोध कानुनी रुपमा गर्ने हो, नत्र त्यसको मान्यता रहँदैन। जसरी ओलीले यसअघिको चुनावमा धाँधली र बलमिच्याइँ गरेर माओवादीले जितेको भनी लगाएको आरोप बोलीमा सीमित भयो, त्यसरी नै माओवादीको आरोप बोलीमा सीमित हुनेछ। ओरालो लागेको मृगलाई बाच्छोले पनि खेद्छ भने झैँ माओवादीले उठाएका कुनै पनि कुरा अहिले ओझेलमा परेको छ। तर आज कान्तिपुरमा छापिएको विद्वान नेताको छवि बनाएका राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीको लेखले समेत माओवादीकै स्वर मिलाएर अझ आफूले माओवादीले भन्दा पहिले नै गणना बहिस्कार गरेको लेखिएको रहेछ।


उनले माओवादीभन्दा पहिले नै मतगणना बहिस्कार गरेको उल्लेख गरेका छन्। उनले निर्वाचन आयोगको नेतृत्व र सरकारलाई चुनौति नै दिएर माथिको भिडियोमा भएको आवाजबारे प्रश्न उठाएका छन्। उनी लेख्छन्-

त्यो टेप कति सत्य हो ? प्रश्न उठ्न सक्छ । तर यसबारे मेरो भनाइ के छ भने टेपको जाँच गरी वैज्ञानिक तरिकाले सम्बन्धित मतदान अधिकृतको आवाज हो या होइन भन्ने यकिन गरियोस् । यो मेरो निर्वाचन आयोग र सरकारलाई चुनौती हो । तर मलाई के थाहा छ भने वर्तमान निर्वाचन आयोगको नेतृत्व र नेपाल सरकारसँग यो टेपबारे अनुसन्धान गर्ने नैतिक हिम्मत छैन । निर्देशित पुतलीजस्तै यी संस्थाहरू कसको स्वार्थमा काम गर्दै छन् भन्ने प्रश्न अब उठ्न थालेको छ । वास्तवमा धाँधली गर्ने अधिकारीले पदोन्नति पाए भने कुनै आश्चर्य हुने छैन ।

उनी अगाडि लेख्छन्-

टेपमा लिखु गाविसमा गएका मतदान अधिकृत केशव तिमिल्सनाले लिखुलगायत थुप्रै गाविसमा कसरी ल्याप्चे लगाई मत बदर गर्नुका साथै अन्य मत कसरी प्रतिस्पर्धी पार्टीका पक्षमा पारियो भन्दै बडो हाँसोका साथ व्याख्या गरिरहेका छन्। नेपाल सरकारका पदाधिकारीले मलाई हराउन र एउटा पार्टी विशेषलाई जिताउन कतिसम्म गरेका रहेछन् भन्ने स्पष्ट भयो । मैले तुरुन्त यो टेप एमालेका केशव पाण्डेलाई पनि सुनाएँ । उनी पनि छक्क परे । हामी दुवैले क्षेत्र नं. १ का निर्वाचन अधिकारीलाई भेट्यौं र निर्वाचनमा स्पष्ट धाँधली भएकाले मतगणना रोक्न अनुरोध गर्‍यौं । गम्भीर भएर टेप सुनेपछि उनले हाम्रो निवेदन पढे र भने, ‘मतपेटिका आइसकेपछि मैले मतगणना केन्द्रबाट रोक नभनुन्जेल गन्नैपर्छ । यद्यपि यो टेपमा सुनेको कुरा गम्भीर छ । म तपाईंहरूको निवेदन केन्द्रमा फ्याक्स गरेर पठाइदिन्छु र उहाँको निर्देशनअनुसार गर्छु । तपाईंहरूले पनि केन्द्रमै सम्पर्क राख्नु पनि हुन्छ।’

वास्तवमा कुरा यही हो। कानुनी प्रक्रिया यही हो। तर उनले केन्द्रमा सम्पर्क राख्दा के भएछ त ?

मैले यसबारे कुरा गर्न प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीजीलाई धेरैपटक फोन गरें। निलकण्ठजीजस्तो
महत्त्वपूर्ण व्यक्तिले मजस्तो साधारण उम्मेदवारसँग कुरा गर्ने समय नपाउनु स्वाभाविकै थियो। केही नलागेर मैले आफ्ना सबै कुरा मोबाइलबाट सन्देश (एसएमएस) का रूपमा पठाएँ । तर कुनै प्रत्युत्तर आएन र राति १ बजे मतगणना सुरु गरियो । धाँधलीपूर्ण चुनाव र यसबारे जानकारी हुँदाहुँदै पनि निर्वाचन आयोगबाट देखाइएको रहस्यपूर्ण मौनताको परिवेशमा मैले मतगणनामा भाग लिनुको औचित्य देखिनँ र मतगणना बहिष्कार गरें । त्यसपछि एमाले र एमाओवादीका उम्मेदवारले पनि मतगणना बहिष्कार गर्नुभएछ ।

अब डा. लोहनीले लेखेका अन्य अंश हेरौँ जुन अलि गम्भीर छ र यसले देशको सेना विवादमा परेको छ-

मतगणना बहिष्कार गरेपछि मलाई धेरै मत आउने मुख्य गाविसका साथीहरूलाई मैले बोलाएँ र मतदानपछि के गरियो भन्ने प्रश्न सोधें । मैले प्रत्यक्ष चुनावमा धेरैपटक भाग लिइसकेको छु र यसबारे मसँग धेरथोर अनुभव पनि छ । पञ्चायतकालदेखि बहुदलीय व्यवस्थासम्म मैले केन्द्रीय व्यवस्थापिकाको चुनाव कम्तीमा सातपटक बेहोरेको छु र जितेको छु । यसअघिका चुनावमा प्रत्येक ‘बुथ’ मा बेलुकी ५ बजे मतदान सकिएपछि प्रत्येक उपस्थित दलले आआपmनो किसिमको लाहाछाप प्रत्येक मतपेटिका बाकसमा लगाउने गरिन्थ्यो । त्यसपछि मतपेटिकासँगै पार्टीका प्रतिनिधिहरू सदरमुकामसम्म प्रहरीसँगै जान्थे । सदरमुकाम पुगेपछि मतपेटिका राख्ने कोठाको भmयाल र ढोकाहरू बन्द गरी प्रत्येक भmयाल-ढोकामा लाहाछाप ‘सिल’ लगाइन्थ्यो । त्यसपछि मत राखेको कोठाबाहिर पार्टीका प्रतिनिधिहरू नेपाल सरकारका सुरक्षाकर्मीसँगै पहरा बस्थे । यो प्रक्रियाको उद्देश्य राज्यशक्तिको दुरुपयोग गरेर मतपेटिका फेर्ने, जित्नेलाई हराउने र हराउनेलाई जित्ने गराउन नसकियोस् भन्ने थियो ।
यसपटक यो सबै प्रक्रियाको ठाडो उल्लंघन भएको रहेछ । थुप्रै गाविसहरूमा प्रहरीले नभई सेनाले मतपेटिकाको जिम्मा लियो । जिम्मा लिनुअगाडि विभिन्न दलका प्रतिनिधिहरूले आआफ्नो हस्ताक्षरको लाहाछाप मतपेटिकामा लगाउन खोज्दा त्यो काम गर्न दिइएन । मतपेटिकासँगै हामीले सदरमुकाम जान पाउनुपर्छ भन्दा ‘धेरै कुरा नगर, नभए सबैलाई सुताइदिन्छु’ भन्ने धम्कीपूर्ण अभिव्यक्तिका कारण कुनै प्रतिनिधिले मतपेटिकासँगै जान पाएनन् । अझ अचम्मको कुरो के छ भने म राजनीतिमा लागेदेखि नै मलाई सबभन्दा बढी मत आउने गरेको मदानपुर गाविसको मतपेटिका बाटामा पर्ने सेनाको गणमा डेढ घन्टा राखियो । त्यहाँ किन राखियो या के गरियो भन्नेबारेमा कुनै पार्टी प्रतिनिधिलाई जानकारी दिइएन । वास्तवमा बाकस सेनाले लिएपछि पार्टीका प्रतिनिधिहरूको कामै बन्द भयो । निश्चित रूपमा हामीले धेरै कुरामा राज्यलाई विश्वास गर्नुपर्छ तर जनताको मतको संरक्षण गर्ने अधिकार खोस्न खोज्नु दुर्भाग्यपूर्ण हो ।
नेपाली सेना हाम्रो राष्ट्र र नेपाली जनताको स्वाभिमान र आत्मसम्मानको रक्षा गर्ने भरपर्दो संस्था भन्ने हाम्रो मनमा छ । मेरो मनमा पनि त्यही विश्वास हो । तर, यसपटक मतपेटिका प्रहरीले लग्न पाएनन् । पार्टीका प्रतिनिधिहरूले मतपेटिकामा लाहाछाप लगाउन पाउने र सबै मतपेटिका मतदान केन्द्रसम्म पुर्‍याउने र त्यसको सुरक्षा पहरा दिन पाउने अधिकार निर्वाचन आयोग र नेपाली सेनाले जनताबाट खोस्नुपर्ने कारण के थियो ? मदानपुरका मेरा साथीहरू आँखामा आँसु राखेर भन्छन् ः हामीले मत खसालेका छौं तर गन्दा हाम्रो मत कहाँ हरायो ? वर्तमान नेपाली राज्यको चरित्र र यसको परराष्ट्र सम्बन्ध तथा यसमा रहेको सेनाको भूमिकाबारे अब स्पष्ट रूपमा धेरै सोच्नुपर्ने र चिन्ता गर्नुपर्ने स्थिति सिर्जना भएको छ ।

त्यो त होला, तर उतिबेला किन सुतेर बसेको?
यो एउटा क्षेत्र विशेषको र एउटा मतदान केन्द्रको कुरा भयो। माओवादीले अहिले देशैभर यस्तो भएको बताइरहेको छ। लोहनीजस्ता विद्वान नेताले हचुवा तालमा त लेख्दैनन् भन्ने ठानी मैले संविधान सभा सदस्य निर्वाचन निर्देशिका २०७० का पानाहरु पल्टाएँ। यसमा मतपेटिका कसरी ल्याउने, कहाँ राख्ने, के गर्ने, मतगणना कसरी गर्ने, प्रयोग नभएको मतपत्र कहाँ राख्ने आदि सम्बन्धमा पूरै व्यवस्था गरिएको छ।

पक्कै पनि डा. लोहनीले भने जस्तो व्यवस्था अहिले पनि छ। निर्देशिकाको बुँदा न‍ं ११५ र ११६ मा यस्तो व्यवस्था छ-
115N116
११५ मा राजनीतिक दलका प्रतिनिधि मतपेटिकासँगै जान पाउने भनिएको छ। जान पाउँदैनौ भनेर रोक्ने अधिकार कसैलाई हुँदैन। रोक्नु कानुन विपरीत हो। त्यसैगरी मतपेटिका संकलन गरेपछि जहाँ राखिन्छ, त्यहाँको झ्यालढोकामा लाहाछाप लगाउनु पर्छ, दलका प्रतिनिधि आफैले पनि आफ्नो लाहाछाप लगाउन पाउँछन्। भोलिपल्ट मत गन्ने भए रातभर मतपेटिका राखेको ठाउँ नजिकै सुत्न चाहे पनि सुत्ने अनुमति दिनु पर्छ।
121n122
सुत्न नदिएको भए कानुन विपरीत हुन्थ्यो र तत्काल विरोध गरेर आवाज उठाउनु पर्थ्यो। कानुनले यत्रो विधि धाँधली हुन नदिन व्यवस्था गरेको भए पनि मतपेटिका एक ठाउँमा लगेर राखेपछि ढुक्कसँग कार्यकर्ता सुतेर बस्ने अनि गनेर हार्न थालेपछि धाँधली भयो भनेर उफ्रेपछि जनताले के सोच्छन् ? हरुवा गोरुको छेरुवा दाउ भन्दैनन्?

त्यसैगरी खसेको मतभन्दा बढी मत मतपेटिकामा भेटिएको भनेर जुन विवाद आएको छ, त्यो पनि सहज समाधान हुने विषय हो। मतदान केन्द्रमा यसरी कर्मचारीहरुले कति महिलाको भोट खस्यो कति पुरुषको भोट खस्यो भनेर टिपेर राखेका हुन्छन्। जुन ठाउँको विवाद भएको हो, त्यो ठाउँको यस्तो कागज खोलेर हेरे भइहाल्यो।
MF
खोल्न मानेनन् भने यो यो बुथको यो यो ठाउँमा खसेको भोटभन्दा बढी मतपत्र भेटियो, यसको छानबिन गरी पाउँ भनेर कानुनी रुपमा उजुरी दिनुपर्‍यो र जनतालाई पनि यसरी यस्तो भयो भनेर प्रमाण देखाउनु पर्‍यो। नत्र मुखले भन्दैमा कसैले पत्याउनेवाला चाहिँ छैनन्। यसले उल्टो माओवादीलाई घाटा हुने काम भइरहेको छ। कांग्रेस वा एमालेले पनि उनीहरुले निवेदन नदिएमा आफैले निवेदन दिएर भए पनि त्यो कागज झिकेर मतपत्र घटबढ भएको छैन भनी माओवादीलाई विश्वास गराइदिए भइगो नि।

IMG_0914

IMG_0913
यसरी दलका प्रतिनिधिकै उपस्थितिमा मतपेटिकामा नम्बरसहेत भएको लाहाछाप लगाइन्छ। अहिले लाहाछाप तोडिएको, मतपेटिका फुटेको, टेप लगाइएको जस्ता कुरा उनीहरुले गरेका छन्। तर त्यस्तो भएको भए गणनास्थलमै आवाज उठाउनु पर्थ्यो। मतगणना रोकी मतपेटिका खोल्नुअघि नै कानुन अनुसार जाँच्नु पर्थ्यो। फुटेको टेप लगाएको भए त्यही अनुसार प्रमाण संकलन गर्नुपर्थ्यो र फुटेको मतपेटिका गन्दैनौँ भन्नुपर्थ्यो। त्यसरी गएको भए कानुनी लडाइँ लड्न र जनतालाई पनि यसरी धाँधली भएको छ भनेर बुझाउन सजिलो हुन्थ्यो, जनता पनि पत्याउँथे। माओवादी भने देशभरबाट मतगणना स्थल नै छाडेर हिँडिदियो। यसरी त उनीहरुकै भाषामा धाँधली भएको हो रहेछ भने पनि प्रमाण झन् नष्ट गर्न वा लुकाउन सजिलो भएन र? ठूलो स्तरमा धाँधली भएको पार्टीलाई शंका लागेको भए प्रमाण संकलन तर्फ जुट्ने कि गणनास्थल छाडेर हिँड्ने ? कसको बुद्धि थियो यो ?

धाँधलीकै बारे वरिष्ठ पत्रकार किशोर नेपालले नयाँ पत्रिकामा लेखेको लेखको एउटा अंश यहाँ उल्लेख गर्नु उपयुक्त हुन्छ-

निश्चय पनि, यति ठूलो चुनावमा मतदान केन्द्रमा धाँधली पक्कै भएको होला । देशको सम्पूर्ण कर्मचारीतन्त्र पार्टी लाइनमा बाँडिएर प्रशासनिक निष्पक्षता शून्य स्थितिमा रहेको देशमा चुनावमा खटिएका कर्मचारीले आ–आफ्ना पार्टीका पक्षमा धाँधली गरेनन् भन्ने पत्याउन कठिन छ । तर, गणितको सामान्य हिसाबले पनि यति धेरै मतदान केन्द्र भएको चुनावमा बाक्लो धाँधलीको सम्भावना क्षीण हुन्छ । चुनावमा हारजित हुन्छ । लोकतान्त्रिक प्रक्रियामा आइसकेपछि हारजितलाई बराबरीमा स्वीकार गर्नुपर्छ ।

भोटको साटो नोट सोहोर्नेमा ध्यान दिएपछि कसरी जितिन्छ?
पक्कै पनि हारको कारण धाँधली मात्रै हैन। हजारौँ मतदान केन्द्रमा केही सयको संख्यामा धाँधली भएकै भए पनि देशैभर माओवादीलाई अघिल्लो पटक जिताएर ठूलो पार्टी बनाएर पनि केही गरेन, उल्टो पार्टी फुटाए, हामीलाई बमको मारमा पारे भनेर आक्रोश फैलिएको देखिएकै हो। यो तथ्यलाई लुकाएर एकोहोरो धाँधलीको आरोप लगाउनु कार्यकर्ता भुलाउने बाटोमात्र हो। तर कार्यकर्ताभन्दा पनि मतदाताको मन रिझाउन सक्नुपर्छ। जसले लौ त नि फेरि एक पटक मौका भन्दै माओवादीलाई यस पटक पनि भोट दिए, उनीहरुले बेकारमा दिएछु भनेर पछुताउनु पर्ने दिन आयो भने माओवादी अझै पनि खुम्चिनु पर्नेछ।

किशोर नेपालको विश्लेषण यस्तो छ-

प्रचण्ड पूर्व–पश्चिम अभियान छाडेर कीर्तिपुरको आफ्नो निर्वाचन क्षेत्रका घरदैलो चारपटक चहारेको भए पनि मत परिणाम फरक आउने थिएन । घरदैलो चहार्दै हिँडेका अरू नेताको अवस्था पनि उस्तै छ। यसको मुख्य कारण एकीकृत माओवादीका कार्यकर्ता नै हुन् । उनीहरू आफ्नो पार्टीको जितमा यति विश्वस्त थिए कि उनीहरूले आफ्नो कार्यक्षेत्रमा भित्रभित्रै के भइरहेको छ भन्ने पत्तो पाउनै सकेनन् । चामत्कारिक नेताको नेतृत्वमा चलेको ‘महान् र गौरवशाली पार्टी’ चुनावमा हार्नै नसक्ने घमन्डमा उनीहरू भोटभन्दा नोट सोहोर्न तल्लीन रहे । भुइँ तहमा व्यापक रहेको माओवादी कार्यकर्ताको त्यही व्यवहारको परिणाम हो यो पराजय ।

फेरि पनि अमेरिकाकै कुरा, सन् २००० को त्यो राष्ट्रपतीय निर्वाचनमा निर्णायक भएको फ्लोरिडाको मतगणनामा रिपब्लिकन सेक्रेटरी अफ स्टेटले आफ्नै पार्टीका जर्ज बुसलाई विजयी भएको घोषणा गरिदिए। खासमा त्यो ठाउँमा डेमोक्रेट उम्मेदवार अल गोरले जितेको र त्यो जितेकोले राष्ट्रपति हुन पाउने भए पनि धाँधली गरेर हराइएको सम्झन्छन् अझै पनि डेमोक्रेटहरु। पार्टीभक्त निर्वाचन अधिकारीहरु नभएको भए र स्वच्छ रुपमा गणना गरिएको भए….भनेर अझै सम्झन्छन् उनीहरु। पछि मिडियाले छानबिन गर्दा सदर हुनुपर्ने कयौँ मत बदर गरिएको पाइएको कुरा पनि आएको थियो। पुनः मतगणना हुनुपर्छ भनेर गरियो। तर उतिबेला त्यहाँका गभर्नर जेब बुस जर्ज बुसका भाइ, सर्वोच्च अदालतमा रिपब्लिकनहरुको बहुमत अनि रिपब्लिकनहरुको मिडियाले स्वच्छ गणना हुन कानुनी रुपमा नै रोकेको आरोप उनीहरु लगाउँछन्। अमेरिका जस्तो देशमा त यति विधि धाँधली हुँदा रहेछन् भने नेपालमा नहुने कुरै छैन। मतगणना भइरहँदा सर्वोच्चले गैर संवैधानिक भन्दै तुरुन्त रोक्ने आदेश दियो। त्यसपछि अल गोरले सर्वोच्चको फैसलाप्रति असहमति जनाए पनि हार स्वीकार्दै एउटा वक्तव्य दिए- “for the sake of our unity as a people and the strength of our democracy, I offer my concession.

“चुनावमा देशैभर धाँधली भएका प्रमाणहरु हामीले भेटेका छौँ। थप प्रमाण पनि हामी जुटाउँदैछौँ। यसले हामीले उठाएका मुद्दाहरुबाट डराएर हामीलाई हराउन लागिपरेको प्रष्ट भएको छ। मतपरिणाममा हामीलाई षड्यन्त्रमूलक ढंगले पछाडि पारिए पनि हामी आफ्नो मुद्दाबाट पछि पर्ने छैनौँ। हाम्रो नैतिक विजय भएको छ। हामीलाई परिणाममा पछाडि पारिएको छ, तर इतिहासको यस विशिष्ट कालखण्डमा देखिएको संक्रमणको अवस्थामा यसलाई चुनौति दिएर जाँदा अझै संकटपूर्ण दिनको सामना गर्नुपर्ने भएकोले वृहत् राष्ट्रिय सहमतिलाई ह्रदयङ्गम गर्दै स्वीकार गर्छौँ। किनभने हामीलाई थाहा छ हाम्रा मुद्दाहरुले नै हामीलाई महान नेपाली जनतासँग नजिक राखिरहनेछ। हामी आगामी संविधान सभामा प्रतिपक्षीको भूमिकामा रही क्षेत्रीय, वर्गीय, लिङ्गीय, उत्पीडित जातजातिको समानताका आवाज अझ सशक्त ढंगले राखिनै रहनेछौँ….” भनेर प्रचण्डले पनि भनेको भए…!

85 thoughts on “धाँधलीको हौवा र माओवादीको बुद्धि”

  1. Manoj says:
    December 4, 2013 at 9:05 pm

    यसै हारियो उस्सै हारियो के गर्ने यार, आफ्ना कार्यकर्ता को मुख बुझो लगाउनु परेन ? बच्न दिन्छन र उनीहरुले ! खोइ कुरा बुझेको !

    Reply
  2. Mahesh Panta says:
    December 4, 2013 at 6:16 am

    I’m just commenting to find why Mysansar hasn’t been updated for this long. I did see a twitter feed from Salokya that was apparently sent from Pokhara, but it’s very surprising to see no updates for such a popular blog without any notice.

    Does anyone have a clue? :-s

    Reply
    1. Salokya says:
      December 4, 2013 at 8:10 am

      ह्या तपाईँ पनि, Ctrl+Alt+Refresh थिच्नुस् न । रिफ्रेस गरेर हेरे पो नयाँ कुरा आउँछ त 🙂

      Reply
  3. rajendra says:
    November 29, 2013 at 9:45 am

    आ-आफ्नो मुखको तीतो पोख्नु अलग्गै कुरो हो तर कतिपय साथीहरुको तेश्रो दर्जाको टिप्पणी र अधुरो प्रमाणको कारण केही लेख्न मनलाग्यो / यो चुनाबमा माओबादीले हारेको अर्को कारण तीजको दर खाने दिनमा नेपाल बन्द गरेर नि हो / भित्री कुरो कम-बढी सबैले बुझेकै छन् , हैन र ??

    Reply
  4. Sukubhatu,Doha says:
    November 26, 2013 at 10:58 am

    महान प्रचंड़का महान पार्टीलाइ हराएर नेपाली जनताले माओबदिलाई एक महान शिछा
    दिएको छ/
    किनकि प्रचण्ड र उनका नेताहरुले भाषण गर्दा नेपाली जनतालाई सधै महान नेपाली जनता भन्छन तर व्यवहारमा चाही एक दास एक भेडालाई जस्तो गर्छन/

    आफु करोडको महलमा बस्छन जनता भोकै मरेको वास्ता छैन/ रास्त्रियताको कुरा धेरै गर्छन तर एक मात्र अन्तरास्ट्रिय विमानस्थल भारतलाई दिन खोज्छन/ सुरुङ्ग युद्ध गर्ने तयारी गर्छन , भारतको हीत मा बाधा गर्दैनौ पनि भन्छन / येस्तै अरु धेरै कारण हरु ले प्रचण्डलाई फेरी भित्ते रास्ट्रपति बनाएको होला /

    जे भए पनि नेपाली जनता अहिले धेरै बुज्ने भैसकेकोमा चाही खुसि लाग्यो/

    Reply
    1. gobinda says:
      November 27, 2013 at 9:39 pm

      जातिय पहिचानको नाराले र संघियतामा १५/१६ प्रदेश भन्ने नाराले माओबादी तेस्रो बन्न पुग्यो , यो ४/५ बर्ष सम्म सत्ताको खेलमा खेलाडी बन्दा-बन्दै grass root मा आफ्ना कार्य कर्ताहरु सबैलाई उर्जागर गर्न छोडेर माओबादी नेताहरु मिठो , मसिनो सुकिलो मुकिलो र रम- रस तिर लागे ,सेना समायोजन जबर्जस्त भयो, कार्यकर्ताहरु को सपना सपना नै रह्यो , पुराउन सक्ने भन्दा धेरै i ठुलो आश देखाए नेताहरुले | देश विदेश र कांग्रेस- ए मा ले पार्टीले प्रचण्डलाई राष्ट्र नेताको उपमा दिएर हावा भरेर बेलुन फुलाए जस्तो फुलाएर राखे , त्यो कुरा प्रचण्डले चालै पाएनन् , बितिसके पछि पूर्व मेची देखि पश्चिम महाकाली सम्म हेलिकोप्टरमा घुम्दै भोट हामीलाई भन्दा के को भोट जनताले दिन्छन , उनैले सिकाएको जनतालाई थाहा छ नि” भोको पेटले देशको सेवा गर्न सकिदैन “पार्टी फुटेर २ चिरा भएको जग-जाहेर नै छ आफु महलमा सुख संयेल संग बस्दा कार्य कर्ताले भोको पेट र दासताको भारि बिसाउन पाएनन् , आफ्नै पार्टी र फुटेर गएको किरण पार्टीका कार्य कर्ताले जमिनमा हिड्न दिएनन् अनि ” प्रचण्ड आकासमा उडदैछन् कार्यकर्ता भोको पेट मिचेर हेर्दैछन ” भन्ने भयो कि भएन ? भोलि पुग्छ कि पुग्दैन -बोलि दियो जनताको माझ ठुला कुरा | यसले एकछिन मुतको न्यानो हुन्छ तर कुरौटे नेताको उपमा पाइन्छ कि पाइन्दैन ? नेता भए पछि जो पुराउनु सकिन्छ त्यति नै बोल अनि पहाड भत्काउनु नै छ भने खन्न नछोड जब सम्म भत्काएर सम्याउदैनौ , जब सम्मिन्छ अनि त्यसलाई स्रिङ्गार -पटार गर अनि मात्र जग दरो हुन्छ | सपना देखाएर मात्र हुन्दैन जनतालाई -बिपनाको आश गर्छन अनि त्यो आश मरे पछि जनताको होइन सपना दिनेको बनबास हुन्छ , जनताको मतको धाँदली भयो भनेको येही हो अनि यो कुरा जनताले नै पहिले थाहा पाउँछन , तिमि भन्दा पहिले जनता सडकमा गएर हामीले दिएको मत काँहा गयो भनेर समुन्द्र भएर बगी सक्थे खै त .. |बरु नेपाली सेनाको मन नदुखाउ , साना तिना कमि कमजोरी भए होलान तर त्यस्तो ठुलो धाँदली भएको संकेत भने खै देखिएन .. जनता चुप-छाप छन् , | अब धैर्य गर , आफ्नो संगठन दरिलो बनाउ , कार्य-कर्ताको घाउमा मलम लगाउ र जनताकै सेवा गर
      see you next time bye bye …….

      Reply
  5. devendra says:
    November 26, 2013 at 10:04 am

    यसपालिको चुनावमा धाँधली, तर नेपाली दिमागले होइन अन्तरास्ट्रिय टेक्निक आइडिया प्रयोग भएको शंका धेरैले गरेको

    Reply
    1. sanu maya says:
      November 26, 2013 at 5:02 pm

      के हो हजुर त्यस्तो अन्तर्राष्ट्रिय तरिका, फिक्शन फिल्म धेरै हेर्नु हुन्छ जस्तो छ नि ? नेपाली दिमाग लाइ नराम्रो ठान्ने अनि बिदेशी दिमाग को चमत्कार सम्झने कस्तो राष्ट्रबादी हो तपाईं? कहिले सेना ले गर्यो भन्ने कहिले के भन्ने यस्तै चल हो भने स्कुले भै हरु ले पनि नापत्यौलन एक दिन प्रचण्ड लाइ !

      Reply
  6. Raj bikram, doha says:
    November 26, 2013 at 9:40 am

    ए माओबादी पार्टी एउटा फोहोर को कन्टिनर हो l माहान नेपाली जनताले सफा गरि दिएको छ l नेपाली जनता लाइ जहिले पनि भाडा को टट्टू नसम्झन सबै राजनीतिक दललाई यो चुनाब एउटा शिक्षा भएको छ l

    Reply
  7. bijay says:
    November 26, 2013 at 6:13 am

    नाङ्गिएर गाको देख्नु छैन । पाजीहरु । सेनामा तिम्रै जर्नेल कर्नेल । पुलिसको हाकिम तिमीले नै नियुक्त गरेको । निर्वाचन आयुक्त तिमीले नै छानेको । वाइसिएल भातमाराहरु तिम्रै । जनता लुटेको सम्पति तिम्रै थुप्रा । अनि कसले गर्यो धाँदली ? मूर्ख देखि दैव डराउँछ । बुझेर पनि जनताको आँखामा धुलो छर्न खोज्छौ मूर्ख हो ??

    Reply
  8. razen says:
    November 26, 2013 at 6:10 am

    येदि येस्पालिको चुनाब धाधली हो भने २०६४ सालको झन् ठुलो धाधली हुनु पर्छ | तर तेतिखेर हार्नेहरुले एस्तो नौटंकी त देखाएनन |

    Reply
  9. Robin says:
    November 26, 2013 at 5:55 am

    मावोबादी ले धादली को प्रमाण भनेर प्रचार गरेको भिडियो कृपया अन्त्य को भाग राम्रो संग सुन्नुस ” record त भयो हैन रे ” ! यो भिडियो आफै ले बनाएर प्रचार गरेको प्रष्ट छ !

    Reply
  10. Krishna Lamsal says:
    November 25, 2013 at 10:48 pm

    मलाइ चाहि के लाग्छ भने अन्त को कुरो छोदिदिउ, कमसे कम काठमाडौँ मा चाहि के भएको थियो, अलि सजिलै संग अनुसन्धान गर्न सकिन्छ जस्तो लाग्छ किन कि माओबादी हरु ले यहाँ पनि धादली भयो भनेका छन्. यो चोटी मत गडना चाहि एक दिन पछि नै सुरु भएको हो. पहिले पहिले काठमाडौँ उपत्यका मा (र हुन सक्छ अन्य सुगम जिल्ला हरुमा पनि) मत पेटिका जम्मा भएको केहि बेर पछि नै मत गन्न सुरु गरिन्थ्यो, मैले चाडो मा सात आठ बजे (राति को) नै मत गन्न सुरु गरेको पनि सम्झेको छु. यो पटक त्यो भएन. तर मैले भन्न खोजेको चुरो कुरो के हो भने, के बानेश्वोर कन्भेन्सन सेन्टर मा पनि माओ बादी ले भने जस्तै भएको हो (मतलब, मतपेटिका जम्मा गरे पछि कोहि पनि दल का नेता/कार्य कत्र हरु बस्न नदिएको/नबसेको अबस्था थियो)? सल्योक्य जी ले यो सम्बन्ध मा आफ्ना पत्रकार मित्र हरु संग को सहयोग मा (बिशेष गरि जो यो चुनाब को रिपोर्टिंग/अनुगमन गरिरहेका थिए) एउटा अनुसधानात्मक लेख प्रस्तुत गरिदिनु भए धेरै नै बिस्वसनिय हुने थियो. मलाइ पनि माओबादि ले भनेको स्केल मा धाधली भयो भन्ने चाहि कुनै पनि हालत मा पत्यार लाग्दैन.

    Reply
    1. sandesh says:
      November 26, 2013 at 10:04 am

      एकदम ठिक कुरो गर्नु भयो | अहिले सम्म कुनै पत्रकारले पनि तेस्तो खोजमुलक समाचार/टिप्पणी गरेको देखिन | उमेश जी ले गर्नु भए त झन् राम्रो | धादली भयो भनेको मद्धे पनि एक ठाउको मात्र पनि सबै घटना, पात्र आदि जान्न पाए धेरै राम्रो हुन्थ्यो |

      Reply
  11. Prashanta says:
    November 25, 2013 at 10:31 pm

    पहिलेका चुनावहरुमा सुगम क्षेत्रहरुमा मतगणना मतदान भएकै राति शुरु गरिन्थ्यो तर यसपटक कतै पनि त्यहि रात मतगणना शुरु गरिएन | यसको चित्तबुझ्दो कारण कसैले बताइदिए म धन्य हुनेथिय |

    Reply
    1. Niraj Gurung says:
      November 26, 2013 at 12:33 am

      त्यसो हैन, पहिले पनि काठमाडौँका केही क्षेत्रको गणना भोलिपल्ट मात्रै भएको थियो । यो पुरानो मतगणनाको ब्लग हेर्नुस्
      http://www.mysansar.com/archives/2008/04/id/2586
      यसपालि वैद्य माओवादीले उपद्रो मच्चाएका कारण मतपेटिकाको सुरक्षाको जिम्मा सेनालाई दिइएको थियो। त्यसैले विशेष सुरक्षाका साथ सेनाले मतपेटिका ओसारेको थियो। वैद्यले एउटा मात्र मतपेटिका खोसे वा फुटाए नराम्रो सन्देश जाने भएकोले विशेष सतर्कता अपनाइएको थियो
      सेनाको आफ्नै नियम हुने हुनाले उसको सुरक्षामा रहँदा दलको प्रतिनिधिलाई सँगै बस्न नदिइएको हुनसक्छ
      सेनाले नै धाँधली गर्यो भन्ने हो भने त्यस्तो आदेश कसले दियो होला ? सेनाले खुरुक्क किन मान्यो होला र ? कुनै दल विशेषलाई जिताएर सेनालाई के फाइदा होला र ? भारतीय डिजाइन भन्ने हो भने मधेसवादी दल नै खुम्चनु पर्ने गरी किन पराजित भए होलान् ?
      त्यसैले प्रोपागन्डामा नफँसौँ, धाँधली त सक्नेले गरेकै हो तर यति वृहत् स्तरको धाँधली भने स‌ंभव छैन । यो कार्यकर्ता उफ्रिएर जितुवा पार्टीतिर नलागुन् भन्ने चाल मात्रै हो

      Reply
  12. madan bajracharya says:
    November 25, 2013 at 10:18 pm

    मावोबादिले जुन स्थानमा जुन जातिकाको नाममा यकल जातीय राज्य बनाउने भनेको छ तेस्तो स्थानहरुमा अरु जातिका नागरिकहरुको बसोबास अत्याधिक रहेकोछ जस्तो काठमान्डू उपत्यका/ मावोबादिहरुले यकल जातीय राज्य बनाउन खोजेको स्थानहरुमा बस्ने अरु जातिका नागरिकहरुलाई आफ्नो बिरोधि बनायो/ यस्तो सबै स्थानहरुमा मावोबादीहारेका छन् भने बहुजातीय पछयधरहरु जितेका छन्/ यस कुराले यसपालिको चुनावमा मावोबादिहरु लज्जास्पस्त तरिकाले हारेको मूल कारण उनीहरुको यकल जातीय राज्य नै भयको देखाउंछ/

    यो बाहेक भ्रस्ट र आचरणहिन नेता तथा दलहरु बात वाक्क र दिक्क मानेको नेपाली नागरिकहरुले मावोबादिहरु कुनै कुना बात पनि फरक भयको देख्न सकेन/ धाँधली भयकै कारणले आफ्नो हार भयको भन्ने मावोबादीको भनाइमा कुनै दम छैन/ प्रथम संबिधान सभाको चुनावमा बाबुरामले पायको मत कुल मतदाताको संख्या भन्दा बढीनै थियो र यसपालिको चुनावमा पनि बाबुराम जितेको स्थानमा धाँधली भयको कुरा उठेकैछ/ त्यो कसरि भयो?

    जसरि जति ठुलो संख्याको फरकमा मावोबादीहरु हारेकोछ तेस्ले मावोबादीहरु नागरिकहरुको सम्पर्कमा नरहेको; मावोबादी जितेमा सुशासन कायम हुने कुरामा नागरिकहरुलाई आस्वस्त गर्न नसकेको तथा नखोजेको देखिन्छ/ मात्र आफ्नै कार्यकर्ताको माझमा रमेको नागरिकहरुलाई रिझाउनु भन्दा आफ्ना कार्यकर्ताहरु रिझाउनुमा व्यस्त साम्म्य्बादी भयर पनि महासामन्ति प्रबितिका आफ्नै नीति र दल सम्हाल्न असफल रहेको मावोबादीका नेताहरुले यसपालिको चुनावमा धाँधली भयको भनेर आरोप लगाउनुको अर्थ मात्र यसपालिको चुनावमा हार्नु कारण उनीहरुको असफल नेतृत्व भयको कुरा धाकछोप गर्न भयको देखिन्छ/

    Reply
  13. Rajesh says:
    November 25, 2013 at 8:50 pm

    निर्वाचनमा साँचै धाँधली भएकै हो भने यो कुरा वर्तमान विश्वको आठौँ आस्चर्य
    हुनेछ l म बिरोधजी र laxmanji को तर्कमा सहमत छु l ५० हजार भन्दा बढी मटपेटिकामा छन् र धाँधली गर्नका लागि हरेक मटपेटिकामा जति मत खसेको छ तेती नै नक्कली मत हाल्नु पर्ने हुन्छ l मतगणना हुँदा दलहरुका सबै प्रतिनिधिले
    मतलाइ केलाएर हेर्ने हुँदा मत पुरै सक्कली जस्तै हुनु पर्नेछ l यसको अर्थ डेढ करोड
    भन्दा बढी नक्कली मतपत्रमा एकैचोटी देशभरि स्वस्तिक छाप लगाउन लाखौं मानिसको आवस्यकता हुन्छ, के यो काम केहि घण्टामा secretely हुन सम्भव छ ? यदि सम्पूर्ण मटपेटिका नै फेरिएको हो भने ती ५०आँ हजार सक्कली मटपेटिका कहाँ हराए त?
    अर्को कुरा, सबै मतदान केन्द्रमा गरि अन्य दलहरुका समेत गरि लाखौ प्रतिनिधि छन् , के उनीहरु कसैले पनि धाँधली हुन लागेको पत्तै पाएनन् त ?
    गजब छ बा, कस्तो अदभूत धाँधली जसको पत्तो माओबादीले मात्रै पाय़ेछन l

    करिब ८० लाख प्रत्यक्ष र ८० लाख समानुपातिक

    १८ हजार कि कति मतदान केन्द्र, ५० हजार भन्दा बढी मतपेटिका र खसेको १ करोड ६० लाख भन्दा बढी मत ( करिब ८० लाख प्रत्यक्ष र ८० लाख समानुपातिक), एकै चोटी एक चुट्कीमा परिवर्तन गर्न सम्भव छ भन्ने त वाइहात आरोप हो – चोर्न पनि क्षमता चाहिन्छ, र यो स्तरमा सुटुक्क धाँधली गर्न सक्ने क्षमता हाम्रो सरकार संग छ भनेर म त मान्न तयार छैन।
    माओबादी मुर्ख हो भन्ने त पहिले नै थाहा थियो अब चै यी पागल नै भएछन / होइन यिनलाई सामान्य गणित पनि आउदैन कि के हो ???? देसभरि १८ हजार मतदान केन्द्रहरु थिए, ति सबैको मतपेटिका संख्या गन्ने हो भने लाखौ हुन्छ, लाखौ मतपेटिका तुरुन्तै साट्नलाइ के मतपेटिका मकैको गेडा हो खल्तीमा हालेर लगेर साट्न मिल्ने ???????? मत पेटिका मात्र साटेर हुन्छ मत संख्या मिल्नु पर्दैन ??????? वैयात !!!

    Reply
    1. Prashanta says:
      November 25, 2013 at 11:02 pm

      राजेशजी,
      क मदन भण्डारी र जीवराज आश्रितको हत्या कसले गर्यो? राजा विरेन्द्रको वंश विनास कस्ले गर्यो ? के नेपाली जनताले यी प्रस्नको जवाफ पाउनेछन ? यसै गरी यसपटकको चुनावमा भएको धाँधली कसरि सम्भव भयो थाहा पाउन सजिलो हुनेछैन | एमाओवादिलाई यसपाली चिप्ल्याएको देखिन्छ | सरकार गठन, निर्वाचन आयोगमा नियुक्ति, चुनावमा सेना परिचालन सबैमा उनीहरुको सहमति तर अन्तमा एकरात भरी मतपेटिका दलका प्रतिनिधिहरुबाट अलग | जब मतगणना शुरु हुन् थाल्छ तबमात्र चेत खुल्यो कसरि चिप्ल्याएछन | किन रोइस मंगले आफ्नै ढंगले !

      Reply
    2. रैथाने says:
      November 26, 2013 at 12:29 am

      अरुलाई मुर्ख भन्दै आफु धेरै विद्वान नबनौ मित्र!
      धाधली देशै भरि गर्नु पर्दैन!
      ८० लाख मत सबै बदल्ने र फेर्ने कुरा होइन!
      यतिमै तपाइको बुद्दि देखि सकियो अब बढी के कुरा गर्नु तै पनि केहि भनौ भनेर मात्र हो!
      बहुत गहन षडयन्त्र सहितको धाधली गर्न एक हप्ता चाहिदैन एक घंटानै काफी छ! देशै भरि सबै बुथको मत फेर्ने होइन कि कुन बुथमा कहा कुन निर्वाचन क्षत्रमा कसले जित्ला जस्तो छ वा कसलाई जिताउनु छ वा कसलाई हराउनु छ भन्ने योजनाका साथ् गरिने धाधली हो!
      बुथ क्याप्चर भनेको निर्वाचनकै समयमा निर्वाचन भयकै बुथमा गरिने कुरा हो तर मत बदल्ने षडयन्त्र को तयारि मतदान हुनु अगाडि देखिकै योजनाबद्दा ढंगले गरिन्छ!
      हजारौ तयार अबस्थामा ठिक्क पारेका मत पेटिका एकाध घन्टाको समयमा बदल्न आइतबार कुर्नु पर्दैन गुरु. बढी जान्ने नहोउ!
      ति बदलियाका मत पेटिकामा खासालियाका मत निर्वाचन आयोगले चुनाबी मतदानको घन्टी ट्याङ्ग ठोकेपछि मात्र खसाल्न सुरु हुने होइन!
      समयले एकदिन सबै देखाउने छ सत्य टालेर तालिने छैन छ्पेर छोपिने छैन ढिलो होला पाप कोक्याउने नै छ अनि कोकसको सहभागितामा जनताको मत माथि गरियको पाप एकदिन वोकालिने छ र तेस्ले कोको जितेकाछन तिनीहरु लाइ पनि यो पापले पोल्ने छ!
      तर कतिपय यी जित्ने उम्मेदवार हरुलाई आफुले यसकारण जितेको छु भनेर थाहा नहुन सक्छ कतिपय त आफुले जितेको मा आफैलाई चिमोट्दै होला सत्य होकी सपना हो भनेर!
      जे होस् निर्वाचन शान्तिपुर्ण सम्पन्न भयको छ तर जनताको मत हरायको छ त्यो जनताले एकदिन खोज्ने छ जब सत्य अगाडि आउने छ तेसबेला को को जना कठाघरामा उभिनु पर्ने छ त्यो हेरौ!
      आशा गरौ तेस्तो दुर्भाग्यपूर्ण दिन न आओस, यो निर्वाचन सत्य थियो अब यो जनादेश र गिन्ती गरेका जनमत पनि सहि र सत्य भै रहोस! देशमा अब कसैले अशान्ति भोग्नु र व्यहोर्नु नपरोस यहि कामना!
      मेरो त चाहना हो स्थापित भैसकेको गणतन्त्र अब सस्थागत होस्!
      देशमा हजारौ बर्ष देखि बसोबास गरि आयका पिछडियका आदिबासी जनजाति हरुले आफ्नो पहिचान पाओस र रास्ट्र निर्माणमा निर्बाध निसर्त सहभागी बन्न पाओस उनीहरुले उनीहरुको हक अधिकार पाओस!
      देश र जनता ले शान्ति पाओस!
      देशले शम्ब्रिद्दि र बिकाश प्राप्त गरोस!
      जनताको मत सदा जनता द्वारानै प्रदान भै गिन्ती होस् र जनमतको कदर होस्!
      माओबादि आओस कांग्रेस आओस एमाले आओस या राप्रपा वा कुनै दल त्यो संग कुनै सरोकार छैन तर देश ले शान्ति सम्ब्रिड्डी र जनताले स्वोतान्त्रता अनि अधिकार पाओस!
      तेत्तिहो कुरा!

      Reply
  14. Sam says:
    November 25, 2013 at 8:09 pm

    मैले नबुझेको एउटा कुरा , कृपया माओबादी साथी हरु कोहि हुनु हुन्छ भने प्रस्ट पारिदिनुस :
    यो चुनाब मा grand Design गरेर माओबादी लाई हरायको रे ? अनि यसको मतलब धादली कसले गरेको ? सरकार ले?? अनि एमाले र कांग्रेस एउटै पार्टी हो र मिलेर धादली गर्न लाई ?
    कांग्रेस ले धादली गरेको भए एमाले पनि उफ्रंत्यो होला अनि एमाले ले गरेको भए कांग्रेस पनि, तपाई हरुको भनाइ अनुसार त एमाले र कांग्रेस एउतै पार्टी हुनु पर्ने हैन ???

    तिम्रो नेता प्रचण्ड लाई एक चड्कन हानेर सोध त सबै कुरा बाहिर आउछ, के कारण ले हरेको भन्ने ???

    लुटेरा हरु को पार्टी, लुटेरा तर्सायर , कुटेर खाने जमात ले जनता बाट भोट पाउछु भनेर कल्पना सम्म पनि कसरि गरेको होला, गज्जब को कुरा ……….

    Reply
    1. Prashanta says:
      November 25, 2013 at 11:52 pm

      Sam जी,
      हुन् त् म एमाओवादी समर्थक पनि होइन तर यसपटकको चुनावमा उनीहरुलाई नराम्ररी चिप्ल्याएको जस्तो लागेको हुनाले दुइ चार शब्द कोर्न बसेको छु, अन्यथा नठान्नु होला |
      सर्वप्रथम, धाँधली हुनसक्ने सम्भावित समय वा अवस्था – मङ्सिर ४ गते मतदान सम्पन्न भएपछी कतिपय मतदान केन्द्रहरुबाट मतपेटिकाहरु सिधै मतगणना केन्द्रमा ल्याएको देखिएन र मतपेटिकासंगै दलका प्रतिनिधिहरु पनि आउन पाएनन र लगभग एक रातभरिनै मतपेटिका सेनाको नियन्त्रनमा रह्यो | एमाओवादिहरुलाइ के लागेको थियो भने सेनाले कुनै पक्ष्यधरता लिनेछैन | यदि धाँधली भएको हो भने त्यहि मङ्सिर ४ को राति भएको हुनुपर्छ, जुनकुरो नभएको भन्न सकिदैन|

      गत चुनावमा जस्तो यसपटक एमाओवादीको पक्ष्यमा लहर उठेको थिएन, यो कुरा कांग्रेस र एमाले बारे पनि सत्य हो | एमाओवादिसंग त्यसको कार्यशैली, त्यसका केहि नेताहरुको भ्रस्टचारी चरित्रबाट जनतालाई खासै आस नभएपनि देशमा गणतन्त्र स्थापना गर्न, धर्मनिरपेक्ष बनाउन र अझैपनि पिछदिएका जातजातिलाई उकास्न परिवर्तनको आवाज उठाउनमा एमाओवादिहरुको भूमिका बिर्सिसकेको अवस्था हो जस्तो लाग्दैन | अर्कोतिर एमाले र कांग्रेसले पनि त्यस्तो जनप्रिय कार्यक्रम र नाराहरु ल्याएको देखिंदैन | त्यसैले एमाओवादिले तेस्रो हुनुपर्ने तथा कांग्रेस र एमाले पहिलो र दोश्रो हुनुपर्ने चित्तबुझ्दो स्थिति थिएन |

      Reply
      1. Rajesh Rai says:
        November 26, 2013 at 1:37 am

        प्रशांत जी
        जे भने पनि तपाई एमाओबादिको पिठ्ठू भन्ने आफ़ैले साबित गरि सक्नु भएको छ । तपाइको माओबदिले हारेकोमा तपाईको दुःख म बुझन सक्छु । तर तपाइले र तपाईको माओबादिले बुझ्नु पर्ने कुरा के हो भने जनताले जातीय राज्य चहेका छैनन । तेहि कारनले माओबादी हारेको हो ।

        Reply
    2. Sunil Shrestha (belgium) says:
      November 26, 2013 at 10:59 am

      Samji तपाइले एकदमै सही लेख्नु भएको छ, एकसमयमा मैले पनी माओबादी लै vote र समर्थन गरेको थिए, तर माओबादी पुरै लुतो बादी र गुण्डागिरी बादी रहिछ, अब पनी प्रचण्डले पाठ नसीके पुरै पतन हुने धेरै समयै लाग्दैन, तेसकारण माओबादीले हारेपनि जनताको मन जित्ने काम गरुन र अर्को चुनाब को लागी अरु पार्टी भन्दा धेरै vote ल्याउने कोशीश गरुन, आफ्नो पार्टीको छबी सुधारोश भनी कामना साथै आसा गर्दा छु

      Reply
  15. ram prasad says:
    November 25, 2013 at 7:43 pm

    मलाई सालोक्य राम्रो पत्रकार जस्तो लाग्थ्यो तर यो उनको पार्टी को बक्तब्य जस्तो देखेपछि उनी पनि कुनै पार्टी को प्रबक्ता भएको थाहा भयो . हरेक घटनामा अदालत नै जाने हो भने आब पत्रकार हरु पनि वकिल बन्न गए भयो. पत्रकारको काम अदालत देखाउने होइन बरु खोजीनिती गर्ने हो . अहिले जित्नेहरुको साथमा सबै छन् . हार्नेलाई सबैले खेदेका छन्. उनीहरु को कुरा हल्का ढंगले लियिएको छ. यस्तो बेलामा सालोक्यले जुन सामग्रीहरु राखे त्यो ठिक गरेनन. हरेक कुरामा अदालत जानु पर्छ भन्ने होइन . राजनीतिक issue मा अदालत भन्दा जनताको अदालत जाने चलन राम्रो हो. त्यो अदालत मा जाने सारथी पत्रकार हुन् . तर पत्रकार नै आफै पार्टी को पत्रकार भए पछि के हुन्छ होला. सालोक्य ले गल्ति सुधारेर भोलिको दिनमा पनि सालोक्य नै रहेको हेर्न चाहन्छु. एस पटक सालोक्य मात्र होइन चुनाब को नतिजा आउन थाले पछि अर्का पत्रकार के पी ढुंगाना पनि येसरी बहकिएको जस्तो लाग्यो . अरु पत्रकार को त के कुरा गर्नु पर्चाकर नै भए सबै.

    Reply
    1. Shyam says:
      November 26, 2013 at 1:13 am

      प्रजातान्त्रिक मुलुकमा अदालत नै अन्तिम हो / मयोबदिले उनीहरुकै तथाकथित युद्धमा पनि तथाकथित जनादलत, जेल राखेका थिए त ???
      उनीहरुको हार भनेको जातीय राज्य कुरा हो, देश टुक्राउने बिचारको हार हो /

      Reply
    2. Krishna Lamsal says:
      November 26, 2013 at 1:55 am

      मलाइ लाग्दैन सालोक्य जी ले कसै को पक्छ्य वा बिपक्छ्या लिने भएको छ यो लेख मा. उहा ले खालि सार्बजनिक भएको केहि घटना हरु लाइ हामि समक्छ्य राखी दिनु भएको हो. उहा लगायत हामि सबै लाइ लागेको एउटा कुरो के हो भने माओ बादी आफुले कहाँ कहाँ के के गल्ति गरियो र जनता चिढिए भनेर आत्मसमिक्छा नगर्ने, खाली बिना प्रमाण धादली धादली भन्ने. अब रह्यो प्रमाण को कुरो…समिक्छ्यक C K लाल को सब्द सापटी लिएर भन्नु पर्दा: यदि ब्यबस्थापकीय धादली भएको हो भने प्रमाण हरु संकलन गर्न सजिलो होला…तर यदि संरचना गत (संस्थापन पक्छ्य ले गरेको सुनियोजित् धादली) हो भने त यो अब इतिहास को गर्ब मै रहन्छ अहिले लाइ…..हुन सक्छ केहि वर्ष वा दशक पछि सत्य/तथ्य बाहिर आउने छन्.

      Reply
    3. Shambhu says:
      November 26, 2013 at 10:06 am

      I think ABC news channel reporters are good for you. People like a Mr Salokya are not good for Nepal and you who is writing true. we are alive people not dead. Donot think always you and your leader Mr.Prachanda can make fool us. Never say people are going wrong way. We are right way. Last time we made maoist big party but what did you do? Please think and you will get answer “gentleman.”

      Reply
  16. Yaman says:
    November 25, 2013 at 7:42 pm

    माओवादी का अन्धभक्तहरु अब त बीऊझे हुन्थ्यो नी!
    तेही रट लगाईरहने हो भने पार्टिमा केही कार्यकर्ता र अधक्छ़्य मात्र बा़की हूने
    मा कुनै स़ंका छैन ।

    Reply
  17. Baglunge Kanchho says:
    November 25, 2013 at 7:41 pm

    यो माओबादीले जानी जानी किन बुझ पचाएको होला ? हार्नुको कारण धाधली होइन माओबादीको आफ्नै नीति हो | अन्तर्जातीय बिबाह, एक जातिको चाडबाडमा अर्को जाति सरिक हुदै जातिय सद्भाव सहित सबै जातिहरु मिलेर बसेको बेलामा बिभिन्न जातिका बिभिन्न राज्य चाहिन्छ भनेर साम्प्रदायीक बिउ रोप्ने अरु कोहि नभएर माओबादी नै हो | यसैले गर्दा माओबादिलाई जनताले लात हानेका हुन् | कांग्रेस एमाले लाइ स्वच्छ छविका गरेर जनताले भोट दिएका होइनन | उनीहरुले जातीय सद्भाव चाहिन्छ जातीय बिभाजन होइन भनेर चुनावमा गए त्यसैले जिते |

    Reply
    1. Desh Bandhu Sharma says:
      November 26, 2013 at 12:12 am

      अति राम्रो कुरा गर्नु भो बाग्लुंगे कान्छो जी । एमाओबादीले हारेको मूल कारण नै उनिहरुले अगाडी सारेको साम्प्रदाइक जातीय राज्यको अबधराणा नै हो। जात पात हटाउन पर्ने बेलामा जातीय साम्प्रदाएकता ल्याएर एमाओबादिले आफ्नो खुत्तामा आफ़ै बन्चरो हान्यो ।

      Reply
  18. rajesh says:
    November 25, 2013 at 6:58 pm

    छोटो र संछेपमा भन्ने हो भने धुर्त र फटाहा प्रचण्डले आफ्नो PRESIDENT पद कायम रही रहन चालेको एउटा राजनैतिक रणनीति हो | चाहे त्यो पार्टी यकता होस् या अन्य नै कुराहरु |

    Reply
  19. बिक्रम नेपालीस्ट says:
    November 25, 2013 at 6:37 pm

    खेलमा हार वा जीत हुनु तब मात्र स्वाभाविक र स्वीकार्य हो जब त्यो खेल फेयर हुन्छ
    ———————————————————-

    एमाओबादीले जति सदासयता र जोखिम मोलेर संविधान सभा २ सम्पन्न गरे, त्यति नै भुँडीमा दाह्रा भएका दुष्ट एमाले कांग्रेसले षड्यन्त्र गरेर जनताको आस्था र विश्वासलाई मटियामेट पारिदिए ! पहिला देखि नै कर्मचारी तन्त्रमा घुश्याहा कर्मचारीको थलो बनाउन सफल एमालेले कर्मचारीले नै चुनाव गराएको अपुताली परेको अपूर्व अवसरलाई भरपुर फाइदा उठाएर जनताको अभिमतलाई चलाखीपूर्ण तरिकाले आफ्नो जीतमा परिणत गरिदिए ! एमाओबादी र जनता हेरेको हेरै भए !!

    कुनै पनि खेल फेयर हुनुपर्छ, अनि मात्र हार र जीतको अर्थ रहन्छ ! यदि खेलमा नियमको धज्जी उडाएर जित्ने नै हो भने त्यस्तो खेल नै किन खेल्ने ?? खालि गोल पोस्टमा आफैंले गोल गरेर विजयी घोषित हुँदा भै हाल्यो नि ! आयोजक आफैंले आफ्नै देशमा आयोजना भएको, आफ्नै कर्मचारी सुरक्षाकर्मी खटिएको भन्दै परिणाम आफ्नै पक्षमा राख्नु हो भने फुटबलको वर्ल्डकप खेल्न समेत को जान्छ ??

    खेलमा हार वा जीत हुनु तब मात्र स्वाभाविक र स्वीकार्य हो जब त्यो खेल फेयर हुन्छ । देश र जनताको लागि ज्यानसम्म अर्पिने क्रान्तिकारीहरु हार संग डराउदैनन, सत्ता र कुर्सीमा लुप्त हुनेहरु मात्र निर्बाचन परिणामले हडबडाउछन । तर जनताको अभिमतलाई यसरी षडयन्त्रपूर्ण तरिकाले आफ्नो पोल्टामा पार्नु कुन हदसम्मको निक्रिस्टता हो ?? के तिमीहरुले तिन करोड नेपालीहरुको पीठमा छुरा घोपेको होइन ?? यसरी जित्नु को के अर्थ ? देशका नागरिकहरुको अभिमतलाई तिमीहरुले आफ्नो स्वार्थको लागि बेचेर वास्तवमा तिमीहरुले मात्र यो जनता धोका दिएका छैनौ यो देशलाई नै वेचेका छौ, यो देशका नागरिकहरु आस्थालाई बेचेका छौ, विश्वासलाई बेचेका छौ ??

    एमाओबादीले हार्नुका अन्य कारण पनि होलान तर त्यसो भन्दैमा तिमीहरुले षडयन्त्र गरेर फोहोरी खेल खेल्न र जनतालाई थाङ्गनामा सुताउने छुट छैन । यसको मूल्य तिमीहरुले चुकाउनै पर्छ, समयले त्यो दिन अवस्य ल्याउने छ – हेक्का राखेस !

    Reply
    1. gobinda says:
      November 26, 2013 at 10:18 pm

      जनताले माओबादीलाई नै जिताउनु मत दिएका भए अहिले माओबादी हार्दा किन जनताको समुन्द्र सडकमा बहेको छैन , सडकमा जनता आउनु पर्ने होइन र आफ्नो मतको सान राख्न ?

      Reply
  20. Shankar says:
    November 25, 2013 at 6:33 pm

    धादली भयो भन्नु हरुवा गोरुको छेरुवा दाउ नै हो | अलि अलि धादली हरेक चुनाब मा , हरेक परिक्ष्या मा , हरेक बिहेबारिमा हुन्छ , सालोक्य जी ले भन्नु भएको देखि सुनी आएको पृथ्बी को यो कुनो देखि त्यो कुनो सम्म को यथार्थता हो |
    आफुले गरिब जनता लाइ रेटेर मार्दा सफाया हुने , आफुले मतदाता भन्दा बढी मत ल्याएर बिजयी बन्दा चलाकी हुने , आफ्नो तल्लो स्तर को हर्कत ले जनाता लाइ वाक्क बनाए पछि
    भोका पाखे उडुस रे छन् जी जन्तु हरु भनेर जनता जनार्दन ले ४७ साल को साइज मा ल्याइदियेपछि धादली भयो भनेर उफ्रनु लाइ कादर खान को डाइलग ”आसमान कि तरफ थुकोगे तो छिट” तुम्हारी मुह पर हि गिरेगा भन्न मात्र सकिन्छ |
    चुनाब को केहि आगड्डी मात्र जसरि भए पनि ,पैसा बाडेर भए पनि चुनाब जित्नु पर्छ भन्ने गैर जिम्बेबार अभिव्यक्ति दिने प्रचण्ड हारे पछि धादली भयो भन्नु हरुवा गोरुको छेरुवा दाउ हो |
    उता एमाले कुनै इति हासिक काम गरेर जनता माझ लोकप्रिय भएर येत्रो मत ल्याएको हैन , मावोबादी प्रति जनताको घृणा अभिव्यक्त भएको मात्र हो |

    Reply
  21. Neupane shree says:
    November 25, 2013 at 6:22 pm

    धाँधली भयो हामि संबिधान सभामा सहभागी हुदैनौ भनेर कसलाई घुर्की लाउन खोजेका हुन् कुन्नि प्रचण्डले , दिमाख खुस्केछ , हुन त पहिला पनि ठिक त कहाँ हो र उनको दिमाख ?
    अब त प्रचण्ड र बाबु रामले एक एक सिट जिते अब त जाने होलान नि त
    पहिला जादैनौ भनेको त सिरहा बाट पनि हारिन्छ भनेर पो जिते पछि त बदलियो नि प्रतिक्रिया

    Reply
  22. Suman says:
    November 25, 2013 at 5:57 pm

    नेपाली जनता धेरै सोजा छन्…..
    यो कुरा कांग्रेस र एमाले ले राम्रारि बुजेका थिए…
    प्रचण्ड ले सबै काम मा हात हाल्नु…. नै ठुलो भुल थियो….र आफ्नो क्षेत्र को जनता लाई time नदिनु मुख्य गल्ति थियो…… जहिले पनि सुसिल कोइराला, माधव Nepal, ओली…. हरु आफ्ना क्षेत्र जान्थे…केहि कार्येक्रम गर्थे… र त्यहाँ को जनता सग घुलमिल गर्थ्य…..नेपाली हरु येसैमा खुसि हुन्छन भन्ने बुजेनन…. ५ वर्ष अगाडी कांग्रेस र एमाले ले बुजिसके थ्यो….
    केहि गर्नु पर्दैन थ्यो…. येसो आफ्नो क्षेत्र मा महिनाको १-२ दिन गए पुग्थ्यो…. नेपाली जनता सोजा छन्, रिजाउन सजिलो छ…..

    Reply
  23. sanu maya says:
    November 25, 2013 at 5:14 pm

    Maoist are losing this election, almost everybody in Nepal knew, except their Mundre cadres. Look some quotations during election campaign:
    1.) Khagendra Sangraula( Leftist writer) in the meeting in Bardibas with Prachanda and Baburam together – “i came here from kathmandu to see that in Kathmandu there is rumours that Nepali Congress is winning this election”.
    2.) Sushil Koirals – “There is a huge trend for Nepali Congress to win like in 2015 BS election”.
    3.) Madhav Nepal – ” Where is UML? Some politicians dont see where is UML, i suggest them to go to Ranchi for treatment.”
    4.) Jhalanath Khanal – Who is SYAAL and who is BAGH you(Prachanda) will know after the election.”
    Whatever Prachanda and Baburam are doing now is to save their shameless faces before their own cadres, nothing else.

    Reply
    1. rosi says:
      November 25, 2013 at 7:01 pm

      Does it mean election was pre-decided to win by congress and UML?

      One thing I dont understand is why they dont have any intelligence gathering unit.even small thing prachanda says is recorded, i even believe that they have footage of prachanda doing something something with someone but Maoist have nothing against congress leader and UML leader.Their organisation seems very weak,

      Reply
    2. mahesh says:
      November 25, 2013 at 8:10 pm

      कांग्रेस एमाले को पक्ष मा चुनावी हावा चलेकै हो, धाधली मात्र निर्णायक होइन(केहि ठाम मा भयो होला) तर यो जनता को अभिमत प्रतिगमन कारी नै हो. जनता को जनमत ले सधै ठिक निर्णय गर्छ भन्ने होइन, एसले के प्रश्न उठायो भने:
      १) ६२-६३ को आन्दोलन ४७ को संबिधान को पुनर्स्थापना को लागि थियो?
      २) संघियाता ठिक छैन?
      ३) परम्परागत संसदीय ब्यबस्था(जुन नेपाली सन्दर्भ मा असफल प्रमाणित भैसक्यो) ठिक हो?
      ४) गणतन्त्र बेठिक हो?
      २०४७ साल को संबिधान उत्क्रिस्ठ भन्ने हरु ले चुनावी अग्रमता प्राप्त गरेको ले ६२-६३ को आन्दोलन को म्यान्डेट को बारे मा प्रश्न उठेको छ, तर माओबादी को हक मा म के भन्छु भने चुनावी प्रक्रिया मा भाग लिए पछि एसको परिदाम स्वीकार्ने पर्दछ.
      समग्र मा चुनावी रिजल्ट भने निराशाजनक र प्रतिगमन उन्मुख नै छ.

      Reply
      1. sanu maya says:
        November 26, 2013 at 10:39 am

        Mahesh ji,
        Your 2nd last sentence is encouraging to write this reply.
        “तर माओबादी को हक मा म के भन्छु भने चुनावी प्रक्रिया मा भाग लिए पछि एसको परिदाम स्वीकार्ने पर्दछ”. If people vote for some party, then how you can say that this is PRATIGAMAN. Do yo think that everyone in Nepal are foolish and only you people are clever. Mahesh ji, people generally feel that who is right and who is wrong with bad agendas. Do you think “EKAL JAtiya Agenda ” by Moist and “EK Madhes Pradesh ” is good for Nepal? Of course not. So people have voted against parties who are carrying these agendas. Remember when before SAMBIDHAN SHABHA dissolved, Prachanda urged JANJATI to go to street and fight for their right with KHAS. Is this correct? And why should people go with such party? Not only educated people Baburam and we are clever, but uneducated people from villages can also be wiser than us. Wisdom and Education is not so related as people think of it. So please respect people’s verdict.

        Reply
  24. बिक्रम नेपालीस्ट says:
    November 25, 2013 at 5:05 pm

    के यहि हो तपाईहरु जस्तो अगुवाहरुको दायित्व ??
    ————————————————-
    सालोक्य जी, प्रचण्डको बुद्धि होइन तपाईंको बुद्धि देखेर पो दया लागेर आयो । तपाईं एक ब्लग्गर मात्रै नभएर पत्रकारको पनि हैसियत राख्नु हुन्छ भने
    चुनावमा धाँधली हुन्छ र हुन् दिनु पर्छ भन्ने कस्तो नजिर स्थापित गर्न लागि रहनु भएको छ ? अनि धाँधलीको मापदण्ड के हो नि ? कुन हदसम्म भएको चाहिं स्वीकार्य, कुन हदसम्म चाही अस्वीकार्य भनेर कसरी नाप्नु हुन्छ ?? कि, ब्यालेट बक्समा यन्त्र घुसाएर पत्तो लाग्छ ??

    एमाओबादीले भलै आफ्नै प्रचार गर्न कै लागि भए नि पुर्व देखि पश्चिमसम्म देश दौडाहामा ज्यानको जोखिम राखेर चुनावी अभियानमा लाग्ने थिएनन होला जसले गर्दा चुनाव सम्भव भयो जुनबेला कांग्रेस एमालेहरु सुनियोजित रुपमा महिनौसम्म लगाएर षडयन्त्रको तानाबुन्दा बुन्दै थिए । अनि, हाम्रो देश जस्तो २०-३० राज्य नै भएको भारत अनि संसारमा अकल्पनीय घटनाहरु घटाउन सफल अमेरिका र यिनीहरुको जन्मजात शत्रु काम्युनिस्टहरुलाई जिताउनु पर्ने कारण के देख्नु भयो ? पुर्व पश्चिम जता सुकै प्रमाणहरु छयास छ्यास्ती भेटिदा पनि तपाईंको कोठे रिसर्चले त्यो असम्भव कसरी लागि रहेको छ ?

    ल मानि लिउँ, एमाओबादी हार्ने कारणहरु त छन् अरे तर यहाँ कांग्रेस र एमालेले जित्नु पर्ने कारण चाही के छन् ? के जनताले २०४७ साल कै संविधान ब्यूताउनु भनेर भोट हालेका हुन्, जुन माकुनेले पुन: पुष्टि गरि सके प्रमाण पत्र लिने बित्तिकै ?

    हैन, युवाहरुको लोकप्रिय ठानिएको तपाईं र रबिन्द्र मिश्र जस्ता पत्राकारहरु के भएका ? “जहाँ जहाँ धाँदली भएको छ त्यहाँ छानविन गरौँ, यो चुनाव संसदीय चुनाव जस्तो होइन, चुनावका हज्जारौं मान्छेले रगत बगाएका छन् त्यसैले पक्षपाती भएको गन्ध आउने बित्तिकै त्यसको छानविन हुनुपर्छ” भन्नुको सट्टा धाँदलीलाई पनि संस्थागत गर्दै एमाओबादीसंग रिस साध्ने काम गरेको जस्तै पो लाग्यो त !

    यहाँ चुनाव जित्नु हार्नुको सरोकार नै भएन । षडयन्त्र भएको थाहा पाई पाई जित्नेलाई के मज्जा ? हार्नेको त कुरा नै छोडौ ! त्यसो हुँदा पत्रकार बन्धुहरुले आफ्नो कलम निस्पक्ष चलाएर सम्भावित दुर्घटनाबाट देशलाई रोक्नुको सट्टा सर्वाङ्ग नाङ्गो भै सकेको तथ्यलाई कितावका पानाहरु जोडेर डाक्नु, के यहि हो, तपाईहरु जस्तो अगुवाहरु दायित्व ??

    Reply
  25. balakji says:
    November 25, 2013 at 3:47 pm

    आगिल्लो चुनाबमा २०० बेखी ३०० जना माओबादीका समर्थक / ycl हरु हाम्रो मतदान केन्द्रमा चहल पहल गरेका देखेर सबै जना तर्सियाका थिय यस पाली जम्मा ३ जना मात्र ( २ जना एजेन्ट १ जना बाहिर) मात्र देखियो /
    त्यसैले चुनाबमा धादली भयको होइन ए नेकपा माओबादीको संगठन धोस्त हुने आटेको हो

    Reply
    1. Sagar Thapa says:
      November 26, 2013 at 9:52 am

      I am agree with you. I have seen at that time maoist one ycl voted 30 times. So now how can they win? Because Nepali people are not stupid. We konw everything. I also gave the vote to maoist at that time to Mr. Krishna bahadur mahara in dang but he supported his comred to collect illegal money. He did not do any thing for people. So he knew this time he will not win from dang and went to rolpa to make a people fool again. If maoist serves the people and country we are with you. Otherwise next time you will be cleaned from your nation.

      Reply
  26. bida says:
    November 25, 2013 at 1:47 pm

    हालै सम्पन्न निर्वाचनमा धादली कतिपनि भएन भन्न त मिल्दैन किनकि गोर्खा को २०-२२ वटा बुथ र प्रचण्ड उठेको सिरहाको क्षेत्र नं ५ का ३ वटा बुथ मा त भयकै हो. सायद धाधली नगरेको भय प्रचण्ड सिरहाको क्षेत्र नं ५ बाट पनि चुनाब हार्ने थिय. मतदान प्रक्रिया चलिरहदा नै नेपाली काँग्रेस, एमाले लगायत दलले माओबादीले बुथ capture गर्यो, पुन मतदान गरियोस् भनेका थिय तर सुनुवाई भएन. त्यहा बाहेक अन्यत्र पनि फाट फुट अनियमता भयका हुनसक्छन्, त्यो कुरा मतगणना सुरु नहुदै उठाउनु पर्थ्यो जसरि गोर्खा र सर्लाहीमा उजुरी परेको थियो यधपि तेस्को सुनुवाई भएन.
    तर जहाँ सम्म मतदान को काम सकेपछि ballot box परिवर्तन गरियो भन्ने छ, त्यो कुरा सरासर गलत, भ्रामक, र अतिबादी कुरा हो. कोहि कसैले त्यो भन्छ भने वा पत्याउछ भने त्यो मान्छे अल्पबुद्दि भयको वा बुद्दिहिन अन्धभक्त लम्पट हो. त्यस्ता को कुरा मा भुल्नु वा क्रिया प्रतिक्रिया गर्नु नि बेकार हो.

    तर जहाँ सम्म मतदान को काम सकेपछि ballot box परिवर्तन गरियो भन्ने छ, त्यो कुरा सरासर गलत, भ्रामक, र अतिबादी कुरा हो. कोहि कसैले त्यो भन्छ भने वा पत्याउछ भने त्यो मान्छे अल्पबुद्दि भयको वा बुद्दिहिन अन्धभक्त लम्पट हो. त्यस्ता को कुरा मा भुल्नु वा क्रिया प्रतिक्रिया गर्नु नि बेकार हो.

    Reply
  27. Basanta says:
    November 25, 2013 at 12:43 pm

    लोकतन्त्र र जनताको अभिमतलाई सम्मान गर्ने हो भने राजनीतिमा धैर्यता र संयम चाहिन्छ । इमान र जमान चाहिन्छ, जुन चिजको एमाओवादी नेताहरुमा अनिकाल देखिन थालेको छ । राजनीतिमा अढाइ सय वर्षको राजतन्त्रले त हार्छ भने लोकतन्त्रमा एउटा दलले पाँच वर्षका लागि हार स्वीकार गर्नु सामान्य विषय हो । एउटा हारबाटै बहुलाउनेहरुको राजनीतिक भविश्य सुरक्षित हुन सक्दैन । त्यसर्थ एमाओवादी नेताहरुले भविश्यलाई सोचेर राजनीति गर्ने हो भने चुनाव बहिस्कार गर्ने र संविधानसभामै नजाने निर्णय फिर्ता लिन जरुरी छ । लेनिनले भनेकै छन्- ‘विजयमा घमण्ड नगर्नू, हारमा विलौना नगर्नू ।’ –

    Reply
  28. Rohini says:
    November 25, 2013 at 12:42 pm

    त्यो मतदान अधिकृतको भनिएको अडियो तेप्को अन्तिमतिर शंकास्पद वार्तालाप छ, त्यो पनि एक पटक सुनौं न राम्रोसंग / त्यो सुन्दा लाग्छ यो अडियो टेप नियोजित थियो / अरुलाई यौटा औंला ठडाउदा आफूतिर ३ वोटा ठडिन्छ भन्ने खै बुझेको?

    Reply
  29. sudeep says:
    November 25, 2013 at 11:27 am

    हार त स्विकार्नै पर्छ, नत्र ब्यालेटबाट बढारिएका माओबादी सडकबाट पनि बढारिने छन्, हेक्का रहोस्।

    Reply
  30. Bijaya says:
    November 25, 2013 at 10:23 am

    चुनाबमा धादली गर्नु भनेको परिक्षामा चिट चोर्नु जस्तै हो सक्नेले चिट चोरेर पनि राम्रो अंक ल्याउँछ | नतिजा निस्के पछि कसले कति चिट चोर्यो भन्ने हेरिन्न खाली को सफल र को विफल भयो भन्ने मात्र मतलब हुन्छ| त्यसको अर्थ चिट चोर्नु वा धादली गर्नु राम्रो हो भन्ने कथापी नलागोस| पंचायत कालदेखि आजसम्मका सबै चुनाबमा हार्नेले धादली भयो भन्ने गरेको सुन्दै आएकोले होला अहिले पनि त्यो सुन्दा सामान्य जस्तै लाग्छ| माओबादीले जित्दा कांग्रेस र एमालेले पनि बल प्रयोग गरेर जित्यो भनेकै थिए अहिले उनीहरुले जित्दा माओबादीले भन्नु कुन ठुलो कुरो हो र! मूल कुरो भनेको कांग्रेस र एमालेले पहिले गरेको गल्ति बाट पाठ लिएर सत्तामोह भन्दा पनि संबिधान लेखन र देश बिकासमा केन्द्रित भएर र माओबादीले पनि सहयोगको भाबना राखेर अगाडी बढ्नु आजको आबस्यकता हो नभए नेपाली जनताले यिनलाई अर्को चुनाबमा राम्रै पाठ सिकाउने छन्|

    Reply
  31. laxman says:
    November 25, 2013 at 10:21 am

    पुष्पकमल दाहाल प्रचण्ड, जो कुनै समय नेपालका राजनीतिक र फौजी सम्भ्रान्तहरूको मुटुमा ढ्यांग्रो ठोक्ने हैसियत राख्थे अहिले तिनै नेता खरबपतिका जस्तो शाही खानदानी जीवनशैली अपनाइरहेका छन्। काठमाडौंको लाजिम्पाटमा रहेको रातो ईंटाको बिलासी घरमा उनी बस्छन्, जहाँ उनका छिमेकी बनेका छन् उनकै पूर्व वर्ग शत्रु जनरल शान्तकुमार मल्ल। अवकाशप्राप्त जनरल मल्ल पूर्वराजा वीरेन्द्रका सैन्य सल्लाहकार हुन्। प्रचण्ड बस्ने घरको कम्पाउण्डभित्र १५ वटा स्वीट रुम, अफिस र पारिवारिक आवासगृह मात्र छैन दशवटा कार अट्ने पार्किङ छ। त्यहीँभित्र ब्याडमिन्टन कोर्ट पनि छ। परिवारका अनुसार त्यो भवन प्रतिमहिना आठसय डलरमा भाडामा लिइएको छ। जुन रकम नेपालीहरूको औसत मासिक कमाई २ सय डलरको चौबर हो।’ यद्यपि त्यो भवन प्रचण्डले किनिसकेको बताइएको छ। त्यसो त श्रीमती सीताको हातमा दुई तोलाभन्दा माथिका सुनका बालाको चर्चा पनि भइरहेको छ। बिलासिता र राम रौसमा प्रचण्डका छोराछोरी पनि कम छैनन्। उनका छोराका तीनवटी श्रीमती मध्ये दुईटी अझै उनैसँग छन्। त्यस्तै कान्छी छोरीले पनि दुईटा श्रीमान बनाइसकेकी छिन्।(वीक्ली नेपाल बाट कपी)

    Reply
  32. ichiro says:
    November 25, 2013 at 9:52 am

    सालोक्य ले टन्न पैसा पाए जस्तो छ | नेपाली सेना उर्फ बाहुन सेनाले निर्वार्चन आचार सह्न्हिता उन्लान्घन गरेकै रहेछ| तपाईहरुलाइ पत्रकार होइन डाकाकार भनेर सम्बोधन गर्दा मिल्ने रहेछ

    Reply
    1. sam says:
      November 25, 2013 at 9:40 pm

      येस्तई बोलि ले गर्दा हामी जनता ले हराको हो प्रचण्ड को पार्टी लाई.

      Reply
    2. Shambhu says:
      November 26, 2013 at 8:07 pm

      Oiii gentleman do you know who is Salokya? First you have to know his past and present and write your comments. Donot worry your leader Mr.Prachanda will not resign from president position because maoist his family party, and how can he leave enjoyable life with whisky, pajero and helicopter. No need to make drama.

      Reply
    3. gobinda says:
      November 26, 2013 at 9:58 pm

      जसले लेखे पनि रातोलाई सेतो र कालोलाई रातो देख्नु भनेको आफ्नो मति बिगार्नु हो , जस्तो देख्नु हुन्छ तयस्तै लेख्नुहोस् , सत्य लेख्नु होस् , सर्ब सत्यमा बिष हुन्छ ,मान्छेलाई पचाउनु गाह्रो हुन्छ तर सत्य सत्य नै हो एकदिन त उर्जागर हुन्छ सत्यको पक्छ्य लिनुहोस्, असलको पछि लाग्नुहोस् , खराबलाई खराब भंदिनुहोस , सत्यमा मात्र दम्ब हुन्छ , झुटोमा लज्जा र सरम हुन्छ |आफ्नो version दिन सक्नु हुन्छ , किन सबैलाई मान्य नहोस , म त भन्छु गणतन्त्र राज्य भयो अनि हुनु पर्छ , धर्म निरपेक्छ्य नै हुनु पर्छ , हो ७५% हिन्दुहरु होलान , म पनि हिन्दु नै हुँ यो बाहेक अरु धर्म मान्नेको पनि त अधिकार हनन हुनु भएन नि अनि हिन्दुहरु धेर भए भन्दैमा अल्प संख्यालाई पेल्नु पनि त भएन कसो ?२०४७ को सम्भिधान मा केहि शब्द परिबर्तन गरेर त्यो राम्रो लोक तान्त्रिक छ भनेर त्यहि संबिधान नेपलिजनातालाई दिएर देशलाई फेरि ०४७ मा फर्काउनुको लागि ए मा ले र कांग्रेसलाई जनताले पक्कै मत दिएका होइनन , यो त माओबादी माथि हुँदा संबिधान बनेन ,मधेस बादी दल हावी भए जो'” एक मदेश एक प्रदेश ” को नाराले देश विखण्डन गर्न चाहान्थे , अनि माओबादीको एकल जाति पहिचान जसलाई उसले नै जनतालाई एस्तो हो एकल जाति पहिचान भनेर ब्याख्या( explanation ) दिन सकेन ,प्रदेशको कुरा मिलेन , मेरो अर्थमा यी कुरा सहि हुन , सबैलाई मान्य हुने हुनु पर्छ |नेपाल र नेपालीको पहिचान भने ‘पहिले नेपाल अनि त्यो देशको बासी नेपाली ” येही हो चार जात छत्तिस बर्ण हामि सबै नेपाली सबै छेत्रको , सबै तप्काको बिकाश समान तरिकाले हुनु पर्छ , कोहि काख कोहि पाखा हुनु हुँदैन , नेपाल र नेपाली संसारमा सान र मान सहित चिनिनु पर्छ सबैले काम, माम दाम ,शिक्षा स्वास्थ्य पाउनु पर्छ जनता पहिले होइन देश पहिले धनि हुनु पर्छ अनि जनता त्यो पछि नेपाल स्वोर्ग हुनु पर्छ | कसैको बिर्ता होइन नेपाल पूर्व मेची देखि पश्चिम महाकाली सम्म फैलिएको नेपालमा बस्ने नेपालीहरुको साझा फुलबारी हो नेपाल बस…| हिन्दुहरु रिसाउलान रिसाए ……|

      Reply
  33. Jeevan Thapa says:
    November 25, 2013 at 9:35 am

    चुनाब मा धाँधली त जुनसुकै देशमा पनि हुन्छ नै र नेपालमा पनि भएकै हो तर धाँधली भयो भनेर गर्न लागेको बिरोध जनभावना बिरोधि देखिन लाग्यो … आशा गरौँ सबै ठिक होस् अनि नेपाली जनताले संबिधान समयमै पाउन सकुन…

    Reply
  34. sham says:
    November 25, 2013 at 9:05 am

    रेखाले ……. हल्लाउदैमा र दारी बुड़ो कुर्लदैमा जनताले भोट दिदैनन….जनता लाटा छैनन् ..चुनावमा त घरदैलो पो गर्ने हेलिकोप्टर मा घुमेर हुन्छ अनि त्यो बहुपत्नी प्रेमी प्रकासे लाइ लिएर किन हिडेको….छोरी उडाइ देला भन्ने कत्रो पिर मतदातालाई …. २०६४ को कुरा छोडौ २०४८ साल मा ९ सिट रहेछ अहिले २५ सिट पाउनु पनि अभुतपुर्व छलाग मार्नु हो कि कसो ….!!!!!

    Reply
  35. raghubir says:
    November 25, 2013 at 8:36 am

    अघिल्लो आफूले जित्दा महान् जनताले महान् पार्टीले माहन् तारिकाले जिताए भन्दै गदगद हुँदै कुम जुरुक जुरुक पार्दै पसन्न मुद्रामा देखिएका पुकदा यसपाला आफू हार्दा र माओबादीले थोरै सिट ल्याउँदा जताततै धाँधली देख्न थालेछन्। १८ हजार कि कति मतदान केन्द्र, ५० हजार भन्दा बढी मतपेटिका र खसेको १ करोड ६० लाख भन्दा बढी मत ( करिब ८० लाख प्रत्यक्ष र ८० लाख समानुपातिक), एकै चोटी एक चुट्कीमा परिवर्तन गर्न सम्भव छ भन्ने त वाइहात आरोप हो – चोर्न पनि क्षमता चाहिन्छ, र यो स्तरमा सुटुक्क धाँधली गर्न सक्ने क्षमता हाम्रो सरकार संग छ भनेर म त मान्न तयार छैन।
    देशैभर माहोल माओ बिरोधी भएको रहेछ, लंठु वाइस्याल कार्यकर्ताले पत्तो नै पाउन सकेनछन् । काठमाडौंमा जित्दैन भन्ने त पक्का पक्की थियो , देखिने गरि माओबादीमा लागेका भन्दा बाहेक एक जनाले पनि माओलाई भोट दिन्छु भन्दैन थे, अझ लहर थियो ‘एक भोट दाई , अर्को भोट गाई’। गाईलाई भोट दिनुको राजनैतिक कारण त भोट दिने जनता नै जानुन, तर जनताले भोट दिइसकेपछि त्यो भोट गन्नै पर्छ , त्यसको सम्मान गर्नैपर्छ, चाहे त्यो भोट गाई लाई होस , चाहे कुकुरलाई।
    अन्त त म जान्दिन , तर काठमाडौंमा माओको प्रचार कस्तो थियो भन्ने त देखियो। पर्चा, पम्प्लेट , पोस्टर, तुल , ब्यानरमा अगाडि , लाखौं करोडौं खर्च गरेको देखियो, आचारसंहिता पुरै उल्लङ्घन गरेर। अनि कार्यकर्ता ? सबै टोलका मुन्द्रे, ट्यापे , झ्यापे के के भन्छन् ती सबै। साँझ परेपछि सबैको भट्टिमा बास, मासु भात र रक्सि फोकटमा ख्वाएका छन्; कुल मिलाएर साह्रै निकृष्ट प्रचार शैली। हुन त बेला बेला ठुला नेता आएर भाषण गर्ने कोण सभा पनि भयो, तर प्रत्येक दिनको दिनचर्या चाहिं त्यहि ट्यापे लगायतको भरमा। सुकिला-मुकिला भनिएका काठमाडौंका मानिसको नजरमा त्यो परेन ? पर्‍यो नि, माओबादी भनेका यस्तै गतिछाडा हुन् भन्ने सबैले बुझे।
    अनि राष्ट्रिय राजनितीमा सम्बिधानमै लेखेर अनन्त काल सम्म जात जात बिच झगडा लगाउने निती, चरम नाताबाद, चरम भ्रष्टाचार र बिलासी जिवन, बहुबिवाह जस्ता नैतिक पतन, घमण्डले बेलुन फुलेको झैं फुल्नु, लगायत कति हो कति कारण छन् जनताले माओलाई भोट नहाल्ने। भोटै नहालेपछि कसरी जितिन्छ हौ कमरेडहरु ? हार त स्विकार्नै पर्छ, नत्र ब्यालेटबाट बढारिएका माओबादी सडकबाट पनि बढारिने छन्, हेक्का रहोस्।
    र अर्को मैले देखेको कुरो चाहिं, मधेशबाट मधेशबादी दल बढारिनुमा जनतामा मधेशबादी दल प्रति रहेको असन्तुष्टि का साथै मधेसबादीको आफ्नै फुट पनि जिम्मेबार रहेछ। कतिपय ठाउँमा एमाले-काँग्रेसले स्थिती सुधारिएको देखिए पनि, कतिपय स्थानमा मधेसबादी-मधेसबादी बिचर मत बिभाजन (भोट काटाकाट) हुँदा फुत्त एमाले-काँग्रेस मध्ये एक अगाडि आएको पनि देखियो, यसर्थमा मधेशबादी आफू आफू नफुटेको भए, पहिले भन्दा थोरै मात्र सिट गुमाऊँथे होलान्, माओबादीको हालत चाहिं हुन्नथ्यो।

    Reply
    1. Laxman Subedi says:
      November 25, 2013 at 11:33 am

      मावोबादी दूध ले नुहाएको चोखो हैन न त अरु मावोबादी भन्दा राम्रो नै छन् तर समग्र मा हेर्दा मावोबादी ले हल्का बुद्दि नापुर्यायेकै हो जितिञ्छ भन्ने ओवर कन्फिदेंस ले पनि कुरा अलि बिग्रेको हो तर धादली त भाको हो नि?
      मेरो विचार मा गगन थापा ले काठमान्डूको जुनै ठाउ बाट पनि जित्ने छेमता राख्चन तैपनि तिन लाइ जिताउन पनि setting मिलाउनु परेको देख्दा लाज लाग्यो . काठमान्डू भित्र अनि मावोबादी ले भन्ने गरेको ताम्सालिंग छेत्र अनि पूर्व का केहि जिल्ला मा जहा बाट मावोबादी क प्रभाब साली हरु उठेको छ अनि जहा पहिचान बादी हरु को दरो पक्कड जमाउन सक्थे तेहा धादली भएको छ . काठमाडौँ मा धादली भाको कुरामा कमल थापाको गाइ लै पनि लिन सकिञ्छ सबै दङ्ग परे बिसेस गरि हाम्रो सालोक्य जी बडी नै रमाको देखियो गाइको भोट आउदा, खैर उहाको आफ्नो आस्था को कुरा होला . महिले विभिन्न मेडिया अनि मुख किताब मा कमेंट्स गर्दा पनि च्यालेन्ज नै गरेको थिए काठमान्डू बाहेक तिम्रो गाइ को समानुपातिक मा कहिँ बडी भोट आउदैन किन भने देसका अन्य जिल्ला हरु छानेर धादली भाको छ भने काठमान्डू को मावोबादी संगठन अलि राम्रो भाको ठाउ मा धादली भाको छ तर एसको असर बिचार एमेलेका राम्रो युवा नेता योगेश भट्टराई लाइ पनि पर्यो त्यो छेत्र यो तालि योगेश ले जित्ने पक्का थियो तर बीच मा कांग्रेसस लाइ ल्याइयो . गगनका बागी सुप्रभा घिमिरे यो भन्दा पहिला १४ हजार भोट ल्याएर बिजयी भाको मान्छे यो तालि कम्तिमा पनि १ हजार भोट खस्नु पर्ने उनको लागि तर खस्यो ९२ पत्याइ नसक्नु कुरो जबकि उनको आफ्नो नाम भएको मतदान गर्ने केन्द्र को भोट गणना गर्दा उनको प्रतिनिधि र उनको भोट तेह हुने पर्ने भो ल ठिक छ प्रतिनिधि ले भोट दिएनन् तर उनले निर्बाचन गरेको उनको बेक्तिगत भोट पनि नहुनु कस्तो बिडम्बना उनकै आफ्नो छेत्र मा उनको भोट ० रे ! कमल थापा एमाले का केहि माथिल्लो लेबल का भारतीय सस्थापन संग निजीक रहेका काँग्रेस का पनि तेस्तै बेक्ती हरु भारत अनि सेनापति मिलेर यो गरेको हुनु पर्छ तर बिरोध गर्ने अधिकार छ बिरोध गर्न पैन्छा सबुत जुटाएर कानुनि लडाई पनि लड्न पाइञ्छ सालोक्य जी ले भने जसरि धादली त भै हाल्छ अमेरिका मा भाको थियो येह पनि हुदा के भयो र भने जसरि छुट दिनु हुदैन तर मेरो बेक्तिगत विचार मा मावोबादी सम्भिदान सभा बित्त्र जानु पर्छ सरकार मा जानु हुदैन आफ्नो एजेण्डा दरो संग उठाउनु पर्छ मावोबादी भित्र थुप्रै बिकृति बिसंगीती देखिएका छन् तेस्लाई सुधार्ने मौका को रुप मा एस्लाई लिनु पर्छ यो खेल कसै को स्वार्थ मा खेलिएको हो धेरै समूह को आफ्नो आफ्नो स्वार्थ मा खेलिएको हुदा सबै सनटुस्ट हुने ठाउ हुदैन र भबिस्यमा चाडैनै तिनीहरुको असन्तुस्टी बड्छ तेस्क्को फाईदा मावोबादी ले उठाउनु पर्छ . प्लान गर्दा प्रतक्छ्यमा काँग्रेस एमाले बाड्ने समानुपातिकमा राप्रपा नेपाललाई दिने अनि मिलेर २०४७ को सम्भिधान जारि गर्ने सहमति भएको हुनु पर्छ तेसैले विभिन्न मिडियाहरुले जानी जानी पहिला नै एक भोट गाइ लाई एक भोट दाइ लाई भनेर प्रचार गरेका हुन् त्यो प्रचार पनि प्लान अन्तर्गत थियो तर जसरि प्लान अनुसार काठमाडौँ भन्दा बाहेक अन्त गाइको समानुपातिक नबढेपछि कमल थापाले फेसबुक मार्फत घुमाउरो पारामा असतुस्टि मात्र पोखेनन घुमाउरो पाराले धादली भाको हो भन्ने किसिमको स्टाटुस लेखेका थिए हेर्नुस २४ नोवेम्बेर को उनको स्टाटुस संसदीय खेल मा आइसके पछि अलि अलि खेल खेल्न जानु पर्छ खाली मै ठुलो भन्ने दम्भ ले मात्र हुदैन भन्ने पाठ एमवोबादी ले सिकेको हुनु पर्छ बैध्य संग एकता को कोसिस गर्नुस अब को बाटो सिदा छैन घुमाउरो छ अफ़्टेरो छ तर भबिस्य उज्जल छ बुद्दि पुर्यायो भने आफ्नो कमजोरी र आन्तरिक अपर्दर्सिता पार्दारसी बनाउ मिहिनेत गर संगठन निर्माण गर जनता को माज मै रमाउने कोसिस गर्न जब सम्म जनता ले तिम्लाई तिनको घर आगन मा देख्ने छन् नजिक मसुस गर्ने छन् तिमीलाई कस्ती मै हुन् भन्ने ले पनि हराउन सक्दैन ढुक्क बन धेरै भर्स्टचारि ले फेरी जितेका छन् चुनाब अगाडी नै देखिने गरि एमेले ले ४ करोर उताको छ त्यो दिने ले ८ करोर नउथाई पक्कै छोड्दैन चनको भएर काम गर मावोबादी अब देस मा धेरै भर्स्टचर हुने वाला छ .

      Reply
  36. sura nepal says:
    November 25, 2013 at 8:31 am

    if this election is fear people take one step front .but election make me fill three step back ,so again corupted situation going to continuous and soverginity and dignity is lossing nepali citizen three more step first . big brother giving permission for them what ever they wants to do pre approved .end of the result they take roalty from nepali congress and CPN UML .so they are filling fear and peace election ,because result is formality only .big brother already management to change ballat and vote .

    Reply
    1. sam says:
      November 25, 2013 at 10:01 pm

      twat खाएर लेखया हो कि तपाई को एङ्ग्लिश तेस्तई हो .
      You have to improve your English first, then we will understand your comments.

      Reply
  37. Babu says:
    November 25, 2013 at 8:04 am

    यो कसैले अभिनय गरेको फेक टेप हो, नपत्याए अडियोको ११ मिनेट १२ सेकेन्ड बाट सुन्नुस, के भन्दैछ
    येसो भन्दैछ, ” एसको कुराकानी सबै यहाँ रेकर्ड भयोता? रेकर्ड भयो है मैले जान्दै जानेन, भयो १७ मिनेट २१ सेकेन्ड एक्जिट गर्दे हुन्छा अब? खै कुनमा रेकर्ड भयो? ये येस्मा ” द इन्ड
    मतलब डाक्टर साबले खर्च गरेरै जाड पानी खिलायेरा यो अडियो रेकर्ड गरेछन, तर चोरले जैलेनी एउटा चिनो छाड्छरे भनेझै टेपको शुरुको ६ मिनेट काटेछा तर अन्तको काटेनाछा अनि पोल खुलिहाल्यो , अब के को बैज्ञानिक परिक्षण, ८० बर्सेको कान लेनि सुन्ने बुझ्ने गरि भानिरछा , अब बरु झुटो प्रमाण देखाएको आरोपमा एस्लाई पक्राउ गरिनु पर्छ!

    Reply
    1. Shree Krishna Bhatta says:
      November 25, 2013 at 10:04 am

      यो स्वर केशब तिमिल्सिना कै हो !

      Reply
    2. bibek says:
      November 26, 2013 at 9:40 am

      यो genuine टेप जस्तो छ! फेक होइन|

      अन्तको बोलि चै लुकेर रेकर्ड गर्नेहरुको हो| जसले पुरै भनिसकेपछि, एक आइमाइले बोलाउछ, अनि जान्छ| त्यसपछि रेकर्ड गर्नेहरुको बोलि सुनिएको हो| यसलाई जोडदार रुपले अनुसन्धान गरिनु पर्दछ| नत्र भने पुरै चुनाबको औचित्य छैन अनि शुरु हुन्छ, गृह युद्द|

      Reply
  38. Prakash Paudel says:
    November 25, 2013 at 7:17 am

    यो process पारदर्शी बनाउने समाधान अब आइन्दा Biometric E-Voting (finger print मा आधारित ) System प्रयोग गर्नुपर्छ । यो कुनै गार्हो चिज हो जस्तो लाग्दैन। त्यसपछि यी सबै भातमाराहरूलाइ थाहा हुन्छ ।

    Reply
  39. Sarad says:
    November 25, 2013 at 6:51 am

    युद्द मैदान बाट भाग्ने बिर, हैन कायर हो |

    Reply
    1. Laxman subedi says:
      November 25, 2013 at 9:19 pm

      युद्द नियेम अनुसार नलड्ने पनि कायेरा भन्दा पनि माहा कायेर हो .

      Reply
      1. prashant says:
        November 27, 2013 at 4:28 pm

        त्यै कुरा ६४ साल तिर लेख्ने बेला कहाँ गको थियेउ नि ! रेखा को डान्स ले भुल्यो होला 😛

        Reply
  40. डिल्ली says:
    November 25, 2013 at 6:01 am

    कानुनी बर्खिलाप गरिएका प्रामाणिक हर्कतहरू थाहा पाउँदा पाउँदै परिणाप पछि मात्र त्यस्तो गहन विषयमा कुरा उठाउनु भनेको सही हैन । हामी सानैमा साथी बीच लाप्पा खेल्दाको कुरा याद आयो । अरुले आफूलाई पछारे आफूले र आफूले अरुलाई पछारे अरुले आ-आफ्नो कम्जोरी लुकाउन खुट्टा चिप्लिएको, अर्कोले पछाडिबाट नदेखिने गरि आएर पछारेको जस्ता बहानाबाजी कुरा गर्थ्यौ । त्यसरी नै मत गणना सकिएपछि दलहरूले शुरूगरेको बहानाबाजी ठान्नु पर्ने हुन्छ ।

    तर यसपटकको मतगणनालाई बुझ्न मलाई अलिक गाह्रो लागिरहेको छ । सधैँका चुनाबमा मतगणना उसै दिन शुरू हुन्थे सुगम स्थानका । तर यस पटक किन धेरै ढिलो गरी शुरू भयो बुझ्न सकिएन । राति १२ बजे देखि नै शुरू गर्ने भनेर भोलिपल्ट विहान ८ बजे पनि शुरू नगर्नुको रहस्य पनि केही छ कि ?

    Reply
  41. Kedar says:
    November 25, 2013 at 4:57 am

    महान गौरबशालि पार्टीको कमाऊ पद अध्यक्ष बाट नैतिकताको नाताले राजिनामा दिनुपर्छ कि भन्ने दरले उब्जाएको सारा बबण्डर हो यो एमओबादिको बहिस्कार !

    Reply
  42. surya kiran says:
    November 25, 2013 at 4:56 am

    मुख्य समस्या भनेको किर्तिपुरको चुनावमा घर दैलो गर्न छोडेर मेचि महाकालि गर्न प्रचण्डलाई केहि बुद्धिजीवि भनाउदाले उक्साए। राजालाई ‘महाराजाधिराज’ (महाराजहरुको पनि राजा रे) भनेर उचाल्ने चाटुकार हरु जस्तै हाम्रा केहि बुद्दिजीवि भनाउँदाले प्रचण्डलाई ‘नेताहरुको पनि नेता’ भनेर उचाले। झल्लु, माधव नेपाल, शुशील कोइरालाहरु चुनाव हार्दै खलि खाएका परे, नउचालिइकन आफ्नो क्षेत्र घर दैलो गरे। प्रचण्ड चाहि हेलिकप्टर चढेर मेचि महाकालि। अनि यि बुद्दिजीवि हरु चाहि त्यसको झन् प्रशन्शा! हेर्नुस् है। क्रिश्ण खनाल ले त अझ घरदैलो गर्ने कुरो राम्रो हैन समेत भने। ए , अमेरिकाको राश्ट्रपति को चुनावमा त घरदैलो गर्छन मान्छेहरु । घर आएर, झुकेर भोट नमागिकन सत्ता पाइने भए के थियो र।

    अर्को कुरो त्यो प्रकाश दहाललाई लिएर किन चुनावमा हिड्नु भनेको? मान्छेले सोच्दा पनि जुनकुरो ‘एकल’ हुनुपर्ने , त्यो बहुल भन्छ (श्रीमति), र जुनकुरो बहु हुनुपर्ने, त्यो एकल भन्छ (राज्य) भन्ने भो। आफ्नो दिमा गको हावा खुस्केको मान्छेले मोटरसाइकलको हावा अरुले खुस्काइदिए भनेर के गर्नु?

    Reply
  43. shersingh Nepali says:
    November 25, 2013 at 4:41 am

    सक्दो धादली गर्न चै मिल्ने बिरोध गर्न चै नमिल्ने भनेर भन्न मिल्छ र सालोक्य भाई ?

    Reply
  44. Birodh says:
    November 25, 2013 at 4:34 am

    ***************************
    माओबादी मुर्ख हो भन्ने त पहिले नै थाहा थियो अब चै यी पागल नै भएछन / होइन यिनलाई सामान्य गणित पनि आउदैन कि के हो ???? देसभरि १८ हजार मतदान केन्द्रहरु थिए, ति सबैको मतपेटिका संख्या गन्ने हो भने लाखौ हुन्छ, लाखौ मतपेटिका तुरुन्तै साट्नलाइ के मतपेटिका मकैको गेडा हो खल्तीमा हालेर लगेर साट्न मिल्ने ???????? मत पेटिका मात्र साटेर हुन्छ मत संख्या मिल्नु पर्दैन ??????? वैयात !!!
    *****************************
    जनतालाई केवल नौला नौला सब्दको भासण मात्र दिने, सधै झुट बोल्ने, पार्टी फुटाउने, जात जात लडाएर आफ्नो स्वार्थ पुरा गर्ने खोज्ने, सहिद परिवारलाइ लात हानेर रातारात नया प्रवेश गर्ने बेमानहरुलाइ टिकेट दिने, विलासीता र भ्रस्ट्राचारमा लिप्त हुने, बाउ, छोरी, बुहारी, भतिजो सबै चुनाबमा उठ्नु पर्ने, जमाना कहाँ पुगी सक्यो तर दारी बुडो र इकु इकु लाइ नचाउदै हिड्ने, लाखौ युवाहरुलाई युद्दमा लगाएर उनीहरूको भाबिश्य अन्धकार बानाइदिने, नाच्न आइ भन्दैमा रेखा थापा लाइ महान योद्धा ठान्ने अनि अहिले हार्यो भनेर २ पैसाको राग आलाप्दै हिड्ने ???? येस्तै ताल हो भने अर्को चुनाब सम्म पुग्दा तिमीहरुले उमेद्वारको प्रस्ताबक र समर्थक पनि पाउन गारो पर्ला विचार गर !!!!

    Reply
    1. cRIS says:
      November 25, 2013 at 10:47 am

      तपाइको तर्क हावादारी लाग्यो! एकदुईजनाले दौड्दै देशभरीका मतपेटिका बदल्ने भन्या जस्तो कुरो गर्नु भो! जुन हास्यास्पद मात्र नभई फितलो तर्क पनि लाग्यो| सैनिक जत्था यसकामका लागि लागी परेको भएमा; यो काम बास्तबमा एक battle logistic भन्दा सजिलो र सरल छ| यसको लागी preplanned and rehearsed plan भए त यो काम गर्न १५ मिनेट भन्दा बढी पनि लाग्दैन| बिचार गर्नु होला| तर यस्तो भएको/नभएको कुरो सतहमा आईसके पछि, निष्पक्ष छानबिन चै हुन पर्छ ता कि जित्नेलाई पनि “तितो” नहोस र हार्नेलाई पनि प्रजातन्त्रको आभाष भयोस| यसले जे गरेर धाँधली गरे पनि हुने रहेछ भन्ने, एक “नजिर” नबसोस भनेर|

      Reply
  45. Umesh Satyal says:
    November 25, 2013 at 4:25 am

    माओबादी ले “जनता को मत अपहरण ” भएको भन्दा पनि गर्न नपाएको हो !

    Reply
  46. rajesh says:
    November 25, 2013 at 3:34 am

    सालोक्यजी को चुनाबी बिस्लेशानात्मक लेखमा कमेन्ट या केहि कुरा राख्नु पर्दा म एक अलिकति खरो र तितो अनि सत्य भन्नु मन लग्यो | नेपालका प्राय सबै कोमुनिस्ट हरु जनता लै झुकयारा राजनीति गर्छन र आफ्नो गल्ति लै घुमायर पनि सुइकर्दैनन | तेस माथि पनि यमओबदी को प्रचण्ड, बाबुराम, अग्नि पोखरेल, लिलामणि, महरा, आदि आदि को त कुरै नगर्दा हुन्छा यो चुनाबी सभामा प्रचण्डको दोस्रो सहभागिता हो पहिलो जस्तै १००००-१००००० हजार अन्तर र जित्नै पर्ने जोइएतिङ्ग्रे अहमले यो समस्या नेपाली समाज र देशमा देखा परेको हो किनकि उसको अहम २०६४ जस्तो बन्दूक र cc चमेराको डर ले जित्ने कोमुनिस्ट सोच थियो | उनलाई थाहा नै छैन भन्दा वा practical नै छैन प्रजातान्त्रिक तरिका मा जनताको अभिमत सधै esthai हुदैन जसले राम्रो काम गर्छ उ सधै पुरस्कृत र नराम्रो गर्ने लै दण्डित गर्छ भन्ने | किनकि माओको बाटो बन्दूक बाट सत्ता थियो उ यो बाट प्रसिछित र उसका कार्यकर्ता पनि तेस्तैमा दौडिने थिय र छन् | समस्याको जड येही हो बिस्तारै यो PRACHAND माओबादी २०४८ सालको ९ सिटमा खुम्चिन्छा अनि बल्ल चाल PAUNECHHA र देशले तेतीबेला सम्म माओबादी कोमुनिस्ट लै बिर्सी सक्नेछन | धन्यवाद

    Reply
  47. मुक्ति says:
    November 25, 2013 at 3:31 am

    सालोक्य जी प्रचण्डको तपैले भनेको जस्तो गरि लेख्ने बुद्धि भएको भए त माओबादीको तेत्रो पत्तासाफ नै हुदैन थियो नि | आफु हार्नुको वास्तविक कारणको छानबिन न गरि अजै प्रोपोगण्डमा लिन हुने , नव सम्ब्रान्त, महाभ्रस्ट, जनहत्यारा, जातिवादको घटिया नारा लगाउने र जनताहरुको एकतालाई भाड्ने अतिबादी हरुको यो संगठित शोरुप यितिहसको कालखण्डमा एउटा कालो धब्बा भएर पतन हुने निश्चित छ |
    – मुक्ति

    Reply
  48. Prakash says:
    November 25, 2013 at 3:19 am

    सालोक्य जी तपाईं को लेख देख्दा मलाई साह्रै हाँसो उठ्यो म माओबादी को समर्थक कदापी हैन तर जब २००० अमेरिका को चुनाब को उदाहारन दिनु भयो अनि मेरो कन्सिरी को रौँ तातेर आयो | येदि धाजाली बाट जितेको चुनाब उल्ट्याउन सकेको भए येत्रो मान्छे मर्थे होला येति धेरै युग्द हुन्थ्यो होला, अमेरिकी हरु येति साह्रै भोकमरी मा बस्नु पर्थ्यो होला? भलै अमेरिका को नीति परिबर्तन हुन्थेन होला तर अबस्य पनि बुश भन्दा एल्गोर युग्द बिरोधि हो | धन्जली बाट जितेको मान्छे ले कहिलै राम्रो गर्दैन भन्ने यो एउटा राम्रो उदाहरण हो | तेसकारण ले येदि धन्जली भएकै हो भने तेस्तो गर्ने पार्टी संस्था व्यक्ति लाइ टिपेरै फ्याक्नु पर्छ सहेर बस्ने हैन
    येदि धन्जली भएको छैन भने तेस्तो आरोप लगाउने लाइ पनि टिपेर फ्याक्नु पर्छ | सचेत नागरिक बनौ

    Reply
    1. Dhan Raj says:
      November 25, 2013 at 4:21 pm

      प्रकाश जी,

      तपाईलाई सालोक्य जी को लेख देख्दा हाँसो लाग्यो – मलाई चाहिं तपाईको धन्जली शब्द (धाँधली हो क्यारे ) देख्दा रुन मन लाग्यो 🙁

      Reply
      1. prakash says:
        November 25, 2013 at 11:32 pm

        हाहा धन राज जी
        typing mistake , तर पनि धेरै धेरै धन्यवाद | नेपाली मा टाइप गर्दा तेस्तै हुन्छ अर्को पटक शुद्द लेख्ने कोशिस गर्दछु

        Reply
  49. शशङ् लामा says:
    November 25, 2013 at 3:05 am

    यसपालिको निर्वाचनलाई लिएर निम्न कुरा भन्न मन लाग्यो :

    -बाघ बुढो र स्याल तन्नेरी मिल्दैन भनेर उहिलेका खुइलेहरुले भन्ने गर्थे, हो र छ हाव ! धांधली गर्नमा पनि जिते !
    -गिरिजा बाबुले संधै ‘ग्र्याण्ड डीजाइन’ भनेर ल्याउनु हुन्थ्यो! यसपाली देखियो नि हाव, त्यो ग्र्याण्ड डिजाइन
    -खुबै बनायौ नि निष्पक्ष कर्मचारीको सरकार ! स्वांक्कै सुंघाई हाल्यो नि !
    -कोहि त भने जहाजमा हररर, कोहि त भने मतपत्र धररर… हाम्रो नेपालमा
    -मतदान नसकिंदै ७०% मतदानमा सहभागी भएको कुरो अहिले पो बुझ्दैछु| त्यो ७०% त पहिल्यै प्रायोजन भएर ल्याइसकेको रहेछ |
    -दरवार हत्याकाण्ड र ०७० को निर्वाचन काण्ड उस्तै उस्तै भएर ल्याएको छ, कसले गर्यो भन्ने थाहा छ, तर प्रमाण छैन!

    Reply
    1. रामेश says:
      November 25, 2013 at 11:46 am

      हैन मैले नबुझेको कुरा | गिरिजा जस्ता खुंखार दिमाग भएका कांग्रेसी ले गर्न नसकेको ग्रान्ड डिजैन को धाजली प्रचन्ड को काठ-पुतली रेग्मी सरकार ले गर्यो भनेर कसरि पत्याउनु ??

      होला केहि ठाउँ मा कांग्रेस ले धांजलि गर्यो होला तर पनि जनता ले माओबादि को डर मान्न छाडेकै हो |

      Reply
    2. Rohan Thapa says:
      November 25, 2013 at 6:12 pm

      कति हास्नु हो पासा . गिरिजा को ग्र्याण्ड डिजाइन रे 😛 तेस्तो भएको भए त २०६४ को निर्बाचन मा नि कांग्रेस ले जित्नु पर्ने हो होइन र 😛

      Reply
      1. sanu maya says:
        November 26, 2013 at 5:17 pm

        मैले बुझे, गिरिजा ले माथि बसेर ग्य्राण्ड डिजाइन गरेक होलान, त्यहाँ बाट सबै १८००० मतदान केन्द्र र मतपेटिका हरु मिलाउन सजिलो जो हुन्छ नपत्याय ओम नम सिवाय वा रामायण सिरिअल हेर्नु नि !

        Reply
  50. महेश लामिछाने says:
    November 25, 2013 at 2:52 am

    “चुनावमा देशैभर धाँधली भएका प्रमाणहरु हामीले भेटेका छौँ। थप प्रमाण पनि हामी जुटाउँदैछौँ। यसले हामीले उठाएका मुद्दाहरुबाट डराएर हामीलाई हराउन लागिपरेको प्रष्ट भएको छ। मतपरिणाममा हामीलाई षड्यन्त्रमूलक ढंगले पछाडि पारिए पनि हामी आफ्नो मुद्दाबाट पछि पर्ने छैनौँ। हाम्रो नैतिक विजय भएको छ। हामीलाई परिणाममा पछाडि पारिएको छ, तर इतिहासको यस विशिष्ट कालखण्डमा देखिएको संक्रमणको अवस्थामा यसलाई चुनौति दिएर जाँदा अझै संकटपूर्ण दिनको सामना गर्नुपर्ने भएकोले वृहत् राष्ट्रिय सहमतिलाई ह्रदयङ्गम गर्दै स्वीकार गर्छौँ। किनभने हामीलाई थाहा छ हाम्रा मुद्दाहरुले नै हामीलाई महान नेपाली जनतासँग नजिक राखिरहनेछ। हामी आगामी संविधान सभामा प्रतिपक्षीको भूमिकामा रही क्षेत्रीय, वर्गीय, लिङ्गीय, उत्पीडित जातजातिको समानताका आवाज अझ सशक्त ढंगले राखिनै रहनेछौँ….” पक्कै भन्नेछन् । प्रचण्डले यसो नभनी सुखै छैन । उनका एजेन्डाहरु यसरी टुहुरो बनाउँने उनलाई हक नै छैन । माने या नमाने, तर राष्ट्रिय एजेन्डा सबै माओवादीको देन हो । बिग्रिदैथियो । अब सप्रिनेछ । र हुनेछ, जसको नीति उसकै नेतृत्व । धन्यवाद

    Reply
    1. Subin Rai says:
      November 25, 2013 at 12:17 pm

      महेशी जी, तपाई त्यहि लुखुरे कार्यकर्ता होकी कि क्या हो नैतिकहिन मुर्ख नेता को आज्ञा पालन गरि दुइचार जना आउरेभाउरे जम्मा गरि पूर्व पश्चिम राजमार्ग बन्द गरि जनता लै सास्ती दिने, आन्दोलन को नाम मा जनताको रगत को होलि खोल्ने, बिदेशमा ठुल्ठुला पार्टीले चुनाब मा लज्जास्पद हार भएमा पार्टी का अध्यक्ष बाट नैतिकताको नाताले तुरुन्तै राजिनामा दिनुपर्छ अनि दिएका छन्, कृपया तपाई को नेताहरु आँखा खोल्ने काम गर्नोस पहिला//

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme