Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पछि पर्न थालेपछि एमाओवादीद्वारा मतगणना बहिस्कार

Posted on November 20, 2013November 21, 2013 by Salokya


अपडेटः (बिहान ४:२४)देशभरका मतगणना भइरहेका ठाउँबाट आएका प्रारम्भिक मतगणना परिणाममा माओवादी तेस्रो स्थानमा रहेको खबर आउँदै गर्दा एमाओवादीले धाँधली र षड्यन्त्र भएको भन्दै २४० क्षेत्रकै मतगणना बहिस्कार गर्ने भन्दै आफ्ना प्रतिनिधिहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ। राति अबेर प्रचण्ड निवासमा बसेको हेडक्वार्टर बैठकले निर्वाचन प्रक्रियामा परिवर्तन र अग्रगमनविरुद्ध व्यापक चलखेल र धाँधली भएको, आफूहरुलाई घेराबन्दीमा पारिएको ठहर गरेको थियो। काठमाडौँ १० मै चार हजार मतले प्रचण्ड पछि परेर हार्ने लगभग निश्चित देखिएको बेला यस्तो निर्णय भएको हो। प्रचण्ड विवेकी र दूरदर्शी नेता हुन् भने हारले अत्तालिएका आफ्ना कार्यकर्तालाई सम्हालेर परिणाम स्वीकार्नु पर्थ्यो। तर एउटा पनि क्षेत्रको परिणाम नआउँदै निर्वाचन परिणामै नमान्ने निर्णय गरेपछि बल्ल राजनीति ट्र्याकमा आउने भो भनेर खुसी भएकाहरु फेरि निराश हुनुपर्ने अवस्था आए। तर निर्वाचन आयोगले माओवादी प्रतिनिधिहरुले बहिस्कार गरे पनि मतगणना जारी राख्ने आदेश दिएपछि मतगणना सुचारु भएको छ।

माओवादीले आवेगमा मात्रै यस्तो निर्णय गरेको हो, यसमा पछि पुनर्विचार गर्लान् भन्ने आशा गरौँ। किनभने बहुदलीय व्यवस्थामा आएपछि हारजित त भइरहन्छ। हार्न पनि सिक्नुपर्छ। जनताको मन रिझाउन सके अर्को पटक फेरि नम्बर एक पार्टी बनिहाल्छ।

यो हारको कारण माओवादीसँगको आश र त्रासबाट जनता मुक्त हुनु हो भन्ने उनीहरुले बुझ्नुपर्छ। के गर्नु त जनताले। लौ गर न त भनेर ठूलो पार्टी बनाइदिएकै हो। प्रत्यक्षतर्फ बहुमत दिएकै हो। अनि बदलामा उनीहरुले के दिए जनतालाई ? संविधान पनि दिन सकेनन्। विलासी जीवन शैलिमा रमाए। भ्रष्टाचारमा लिप्त भए। अझ त्यतिले नपुगेर पार्टीसमेत फुटाए। अनि फुटेको पार्टीले चुनाव बहिस्कार भन्दै बम पड्काएर मान्छे मारे। एक पटकको जनादेशलाई सदाका लागि ठाने। ठूलो पार्टीको दम्भ लिए। जनताको आफूहरुप्रतिको धारणा के छ बुझ्दैनबुझी दुई तिहाई हामीलाई दिनुस्‌ भन्दै चुनावी विज्ञापन बनाए। आत्ममूल्याङ्कन गर्नुपर्छ माओवादीले। र हार स्वीकार गरी लोकतान्त्रिक बन्नुपर्छ। नत्र अब माओवादी लिट्टेपथमा गएर सखाप हुने बाहेक अरु बाटो छैन।

48 thoughts on “पछि पर्न थालेपछि एमाओवादीद्वारा मतगणना बहिस्कार”

  1. Manoj Bohara says:
    November 25, 2013 at 9:00 am

    ए नेकपा माओवादीलाई नखाउँ भने दिनभरिको सिकार खाउँ भने कान्छा बाऊको अनुहार भएको छ । के गर्नु बरा यत्रो जनयुद्ध जो अहिलेको संविधान सभाको चुनावले तुहाइ दिएको छ । माओवादीद्वारा राखिएको मुद्धाहरु संविधानमा नलेखिने पक्का जस्तो भएको छ । यसको कारण माओवादी आफै हो । आफ्नै दम्भ को कारण सत्तामा पुग्दा मनपरि गरेको कारण आफ्नै कारणले पार्टि फुटेको जसले आजको हार ब्यहोरेको हो । झिना मसिना कुरा लिएर चुनाव बहिस्कार हुने संभावना पक्कै छैन । अब न ड्यास सँग मिलेर संविधान सभाको चुनावमा जान सक्छ न संविधानमा लेखिन कुनै कुरा पारित ? भोलीका चुनावहरुमा ए माओवादी र ड्यास माओवादी मिलेर चुनावमा बढी मत ल्याए पनि संविधान बनाउने अधिकार त के पाउँथे र ? खुब गरेका थियौ मनपरितन्त्र अब आया न उँट इस पहाड के निचे ।

    Reply
  2. Bhakta raj bhusal says:
    November 25, 2013 at 3:12 am

    अस्ति भर्खरै को कुरा हो.प्रचण्ड ले बैध्ध्य बा लाइ २६ सिट दिएर मिलाउचु भन्दै चुनाब मा गाको.अहिले २६ सीट आफनै पुगेन यो घमण्ड जनताले चकनाचुर पारे.अझै पनि समय छ .सुधारेर जाउ.

    Reply
  3. Bhakta raj bhusal says:
    November 23, 2013 at 7:42 pm

    जयनेपाल.सम्पूर्ण नेपाल बासि दाजुभाई दिदीबहिनी हरुमा र बिदेसमा बस्ने नेपालीहरुमा.
    म ज्योतिस.भक्त राज भुसाल ले आज भन्दा दुइ महिना अगाडी देखि यो चुनाब को कारण र छबि लाल दाहालको ग्रहको योग ले र नेपालको दसा ले छबि लाल दाहाल को नाम बाट नेपाल ले निकास पाउदैन भनेर बारम्बार लेखेको थिय.चाकडी गर्नेहरु को नाम फलानो ज्योतिस ले उओ भन्यो उ भन्यो भनियो तर मेरो नाम प्रचार भएन फेसबुक मा लाइक मात्र पाए !आखिर छबि लाल जी को नेत्रित्यो ले धोका खायो.
    अब मैले आज अर्को भबिस्य लेख्दैछु.यदि कांग्रेस ले समेट्न नखोज्नु र घमण्ड देखाउने काम गर्ने ,एमाले ले आफ्नो पुरानो चरित्रमा अडिक रहनु परिबर्नत नहुनु उही माओबादीलाई हिजॊ दिएको धोका जस्तै खेल कांग्रेस लाइ दिएर सत्तामा जाने मात्र खेल खेल्ने खेलखेल्यो भने आज निर्बाचित भएकाले पनि सम्बीधान बनाउन सक्दैनन्.कांग्रेस ले नीति ल्याओस एमालेले समर्थन गरोस ल्याएको नीति जनयुध्ध,देखि दरबार ,र संघिए देखि जातिएको मनोकामना पुराहुने खाका हुन पर्छ,धर्म सस्कृति को बारेमा आज भन्दा पहिला गरीयाका धर्म नीरपेछे लाइ हिन्दुत्यो लाइ असर नपर्ने गरि गराउन पर्छ.कुनै जातजातिको धर्म लिङ्ग को नारा बजारमा नजाओस ,नेपाल बन्द नहोस.यी सबै काम गर्ने जिम्मा अरुलाई विश्वास गरेनन जनताले कांग्रेस लाइपुन गरे,यसलाई सम्बोधन होस् !यदि नभए भड्काउमा गया बिबादित बने देखि देसको अर्को योग छ,२०७३ भित्र सम्पूर्ण कुरा मीलाएर नगय इस्थानिए निर्बाचन र पर्लिएमेण्ट को चुनाब सकेर २०७४ भित्र देशलाई बाटो खुलस्त बनाउन पर्छ नगरे के हुन्छ तेसबारे को योग नेपालको दसामा एस्तोछ !
    नेपालमा नया क्रान्तिको सुरु हुन्छ,तेस्को नेत्रित्यो कुनै दल ले गर्न सक्दैनन् !युवाहरु एक ठाउमा जान्छन ,र पार्टी त्याग गर्छन दर्बार हाबिहुञ्छ !र देस फेरी अर्को दुर्घटना मा जान्छ,

    म सबै पार्टी संघ सस्था नागरिक समाज मानब अधिकार बादी सस्था र सम्पूर्ण नेपालि नागरिक मा यो भन्न चाहन्छु कि,अब देशलाई निकास दिने बाटो खुल्यो कसैले पनि त्यो बाटो मा बार लगाउन खोज्यो भने तेस्लाई सहिबाटो मा ल्याई सबैको एक मन एक जुट हुने बाताबरण बनाउन सबैमा अनुरोध गर्दछु.२०७३ सम्म नमिले हामीहरुको हातमा देस रहने छैन !हरी ओम ,

    Reply
  4. अर्जुन कुमार शर्मा says:
    November 23, 2013 at 1:17 pm

    एनेकपा माओबादी जस्तो दुइ दुइ पल्ट राज्यको कार्यकारी प्रमुख भएर देश चलाएको पार्टीले आँफु हार्ने निश्चित भएपछी मतगणना बहिस्कार गर्नु लज्जास्पद क्रियाकलाप हो,बालहठ हो र अझैपनि नेपालभित्र धम्कीको राजनीतिले काम गर्ला कि भन्ने मृग तृष्णा अनि भ्रम हो l
    अनि उसको धम्कि संगसंगै अरु पार्टीका नेताहरुले उसलाई फकाउने अभिव्यक्ति दिनु लाचारीपनको हद हो र कायरता हो l
    ए हजुर यो दुनियामा कहिँ पनि हुनै नसक्ने फजुल तर्क गर्दै आफ्ना नालाएकिपनलाई कति दिन ढाकछोप गर्ने हो ? चुनाबमा आँफु पराजय हुनुको मतलब तिमि आफ्नो क्षेत्रको अभिभावक बन्न लायक छैनौ भन्ने हो,आफ्नो नेत्रित्वोमा चुनाबमा गएको बेला पार्टीले हार्यो भने तिम्रो नेत्रित्वोमा पार्टी चल्न सक्दैन भन्ने हो र कतै बचेखुचेको लाज छ भने नेत्रित्वोबाट बिदा लेउ भन्ने हो l
    झुक्न नजान्नेलाई ठुलो हुने अधिकार हुँदैन तर हेर त ति बाँसका बोटहरु कति सिपालु छन् ,झुक्न जानेका छन् र त लामा लामा छन् l

    Reply
  5. Suman bhote says:
    November 22, 2013 at 10:52 am

    यो परिमाण आउनु राम्रै हो…. माओबादी हारेपनि प्रचण्ड ले जित्नु पर्ने थियो…. यो Nepal को आर्को दुर्भाग्य हो….प्रचण्ड बिनाको संबिधान सभा के संबिधान सभा??? ५ वर्ष पहिले नेपाली काँग्रेस र एमाले का सिर्स नेता हरु हारे….. तिनीहरुले स्वीकारे तर संबिधान बनेन… अब प्रचण्ड ले स्वीकारे नस्विकारे पनि हुने तेही हुने हो…. माओबादी हारे पनि प्रचण्ड ले जित्नुपर्ने थियो……

    Reply
  6. बेखालाल नेपाल says:
    November 22, 2013 at 7:06 am

    काग्रेस र एमाले दुवै संघियताले देस बिखन्डन हुने तर्क दिने पार्टी हो! दुवैको सिट संख्या जोडेर हेर्दा दुइ तिहाई बहुमत स्पस्थ देखिन्छ (अहिले सम्म ९० + ९० =१८०) र जनताको म्यान्डेट पनि येही हो भनेर बुझ्नु पर्छ!

    Reply
  7. बेखालाल नेपाल says:
    November 22, 2013 at 6:36 am

    प्रचंडे भन्दै थियो वैद्य बाजेलाई २६ सरकारी सिट दिएर मनौछु! अहिले आफ्नै २६ सिट नआउने देखिन्छ! गयो प्रचण्डका दिन!

    नेपाली जनतालाई हार्दिक बधाई छ!

    Reply
  8. deepak says:
    November 22, 2013 at 12:19 am

    अब प्रचंडे ले र त्यसका आसेपासे ले देश बेचेर र जनता मारेर देश लुटेर देश बिदेस मा लुकाएर राखेको सम्पति घोकर ठ्यास लगाएर घाटी निचरी निचरी सबै सम्पति देश को ढुकुटी मा फिर्ता ल्याउनु पर्छ ! यो दलाल देश भडुवा,देशद्रोही ,भ्रस्टचारीहरु लाइ त्यसै छोड्नु हुदैन ! इनिहरु ले नेपाल र नेपाली जनता लाइ रगत को आसु रुहाएक छन् !

    Reply
  9. sanu maya says:
    November 21, 2013 at 7:32 pm

    १७००० नेपाली आत्माहरु लाइ आज अलिकति शान्ति मिलेको हुनुपर्छ

    Reply
  10. Bhakta raj bhusal says:
    November 21, 2013 at 7:31 pm

    नेपालमा भैरहेको भोट गन्दै गर्दा तेत्तिकै आफु हार्छु,भन्ने डर ले प्रचण्ड ले जुन बेबहार गरे त्यो रास्ट्र घाती साबित हुनेछ.त्यो बेबहार पत्रकार सम्मेलन ले देसबिदेसमा समेत एमाओबदिको छबि बिग्रने देखिन्छ.नेपालि जनता ले झन् विश्वास गर्ने ठाउँ रहेन.यिनका पनि सिट आउछन,तर हिजो मोजमस्ती मा रहेका सम्पति च्युल्यायाका लाइ मात्र जनता ले फालेको छ !
    हिजो सत्तामा छदा ,नाता बाद कृपा बाद,हैकमबाद ,जमाएर एस आराम गरेका लाइ,जनतालाई झुटो भासन गरेकालाइ मात्र जनताले पनछाउन खोजेको हो.
    बाकी साथीहरु तेहा पनि राम्रा छन् .देस प्रेमी जनता प्रेमी बीकास प्रेमी एमाओबादी का साथीहरु लाइ नागरिक समाजको अनुरोध यो छकी प्रचण्ड को भनाइमा अब नलाग्नुस.यिनले केहि गर्ने वाला छैनन् यिनका दिन गया.तेहाका युबा सक्ति एक ठाउमा हुनुहोस.चुनाब जितेका ले देशलाई निकास दिने बाटो रोज्नुहोस .यहि सुझाब नेपालि जनताको तरफबाट.

    Reply
  11. M P Shrestha says:
    November 21, 2013 at 7:27 pm

    खबरदार !!! कांग्रेसमा फेरि घात प्रतिघातको राजनीति नहोस

    Reply
  12. saroz says:
    November 21, 2013 at 6:57 pm

    अब देशलाई लुट्ने दिन गए तिमीहरुको ा हामी नेपाली को बुधी अन्तत आएरै छोड्यो ा जय नेपाल

    Reply
  13. Bhakta raj bhusal says:
    November 21, 2013 at 6:56 pm

    सम्पूर्ण नेपाली हरुमा खुसीको लहर ,एमाओबादि पनि दुखि बन्न नपर्ने. २०६४ लाइ फर्केर हेर्यो भने अहिलेको दुख सान्त हुने ठाउ प्रसस्त छन्.सधै मेरै गोरुको १२ टक्का भन्दा कहिले कहिँ चिफ़्लिञ्छ ! गिरिजाबाबु को सराप पनि लागेको हुन सक्छ.आफुले दिसा गर्ने बेलामा ठाउँ पत्ता लगायर गरिएन भने सफाई गर्न मस्किल हुन्छ.यसमा कसैको कारण छैन.जनता जनार्धन हुन् भनेर २०६४ मा आफु अगाडी हुदा भनेका सब्द र ६ वर्ष सम्म देशलाई दियको परिछ्या को फल हो.हिजो यहि फल कांग्रेस ले पनि बेहोरेको थियो.अब सानो दल भयपनी देसबिकास मा लागि सम्बीधान बनाउने काम मा इमान्दारी भय जनताले फेरी चुन्नेछन,हारजीत लडाइमा यस्तै हो ,हामिलॆ भन्नु भन्दा एमाओबादि ले लडेर जानेर बुझेर आयकै हो ,

    अरु पार्टी लाइ सल्लाहा सुझाब यो छकी जितेर सरकार बनाउन जसले जिम्मा पाउछ जनताले जसलाई जिम्मा दिन्छ उसले सम्भिधान सभामा आउने सबैलाई मिलायर सरकार गठन गरोस बाहिर बसेका लाइ पनि समाबेस गरोस,कही कसैलाई नछुटाई कन सम्भिधान बनाइ देशलाई इस्थानिया चुनाब र संसदीय चुनाब गराई देस र जनताको बिकासमा अगाडी गैओस यही सल्लाहा दिन चाहन्छु.

    Reply
  14. Gopal Kandel says:
    November 21, 2013 at 6:42 pm

    यीनि हरु १० बर्ष को युद्ध मा जित्न सकेनन अनि मतदान मा पनि , न त यिनी हरुलाई नेपाली जनताले चाहेका थिए , न त चाहेका छन् र न त भविष्यमा नै चाहनेछन. यिनीहरु हरुवा हुन्, छेरुवा हुन् हुदा हुदा चुनाव मा पनि जाने अनि हार पनि स्वीकार नगर्ने यिनीहरु बाँदर हुन् न त घर बनाउछन न त बनाउन दिन्छन ….. जनताको नाममा राजनीति गर्छन अनि जनताकै अभिमतलाई उपेक्षा गर्छन . यिनीहरु अचम्मका प्राणी हुन् त्यो पनि लोप हुन लागेका, अब यिनीहरुको प्रजाति लाइ ZOO लगेर राख्नु पर्छ

    Reply
  15. Dambar says:
    November 21, 2013 at 5:23 pm

    एकादेश मा माओबादी भन्ने पार्टी थियो रे…..मट कटी हासन्या…हा हा हा

    Reply
  16. Subhash Neupane says:
    November 21, 2013 at 4:29 pm

    अब प्रचण्ड-बाबुराम पनि ‘राजा आऊ देश बचाऊ’ भन्दै हिंड्न बेर छैन !

    Reply
  17. madan bajracharya says:
    November 21, 2013 at 3:53 pm

    न्याय नदिने मावोबादिलाई जनताले गज्जवको न्याय दिय
    सामन्तिको साम्यवादी मुकुण्डो जनताले ह्वाङ्ग उघारी दिय

    Reply
  18. sandy says:
    November 21, 2013 at 2:36 pm

    नेपाल देश ईन का बाऊ को हरु बिर्ता हैन जे गर्दा ने हुने..लाज सरम नवाका हरु..आज प्रचण्ड को थुतुनो हेर्न लायक को थ्यो…

    Reply
  19. ram koirala says:
    November 21, 2013 at 2:05 pm

    यस्तो चाला र प्रवृति भयपछि प्रचण्ड तिमि र तिम्रो पार्टीलाई धिकार्नु देखि बाहेक केहि रहेन. मतगणना रद्द गर्ने होइनकि
    तिमीहरुलाई लाखेट्नेहो. तिमीहरु नेपाली कुपुतनै भयोउ कस्तो हाम्रो बिडम्बना

    Reply
  20. Puri says:
    November 21, 2013 at 2:04 pm

    प्रचंडे यस्तो लाछी कुरा नगर, हिम्मत ६ भने अबको संबिधान शभामा partipakcha को भूमिका रचनात्मक तरिकाले पुरा गर आगामी election मा जनताले तिमि हरु लै नै vote दिने छन् होइन भने तिमीहरु को के हालत हुन्छ कसैले भन्न सक्दैन

    Reply
  21. topenath says:
    November 21, 2013 at 1:25 pm

    वैध्ह्य लै माओबादी ले थुक सरि फालेको होइन र? अब फेरि थुक चाट्न जाने जस्तो छ प्रचण्ड त. जाउ जाउ थुक चाट्न जाउ तिमीहरु कसो भनेर जनता ले देखी हाल्यो नि .

    भएको मान पनि चिलिम hahaha

    Reply
  22. Manish says:
    November 21, 2013 at 1:00 pm

    जंगल मा बसेर आएका माओबादी ले आखिर मा आएर जंगली पारा नै देखाए.

    Reply
  23. Sisir says:
    November 21, 2013 at 12:27 pm

    जिते गणतन्त्र , हारे GUNतन्त्र !!!
    एउटा लोकतान्त्रिक बेबस्थामा जनमत भन्दा ठुलो केहि हुदैन र एसको सबैले कदर गर्नु पर्छ ..

    Reply
  24. Sunil says:
    November 21, 2013 at 12:05 pm

    Dhahal now you know how you popular leader, last time me and my family and most peoples gave you votes for you and for your parties, we had so hope that you will do something for our country and nepali but you showed your real character that you are more corrupted and savage leader, You didn’t think about public, so you what are यौ appreciating from people,!!!!!!!!!!!! shame on to you to boycot votes counting and this time we will not let you to be a hilter, forget about your hiltership,do one time disgusting things , we all nepali people drag you on the street and kick you on your ass, now enough is enough. JAI NEPAL

    Reply
  25. Pravat says:
    November 21, 2013 at 11:40 am

    जनता बाठो भाको देखेर एकदम खुसि लाग्यो/

    अब काँग्रेस ले पनि बुझ्न पर्यो कि, जनता बाट पाएको विश्वास माओबादी ले जस्तो घात गर्न हुदैन/
    देशको लागि सोचौ न हो, अरु देश हरु कहाँ पुगिसक्यो, हामी पनि सक्छौ /

    Reply
  26. बिनोद तिमिल्सिना says:
    November 21, 2013 at 10:52 am

    माओवादिहरुको अनुहार देखियो,कुरा सुनियो यिनिहरुको कुराले मलाई मेरो वाल्यकाल याद दिलायो,
    “केटाकेटीमा गुच्चा खेलिन्थ्यो,आफूले जित्दा सम्म ठिकै हुन्थ्यो खेलिन्थ्यो जब हारिन्थ्यो खोपी(गुच्चा खेल्ने ठाँउ) भत्काएर हिडिन्थ्यो”
    प्रचण्ड र बाबुरामको राजनिति त मेरो बाल्यकालको गुच्चा खेल जस्तै रै’छ बा।

    Reply
    1. sanjaya says:
      November 21, 2013 at 1:33 pm

      बिनोदजीको कमेन्टले मलाई पनि बालयेकालको याद आयो
      हामी पनि तेसै गर्दथौ हारे पछि खोपी भत्काउने र अरुले खेलला भनेर पिसाब फेरिदिने र झगडा पनि गर्दथौ

      Reply
  27. Tej(Tj) says:
    November 21, 2013 at 10:45 am

    मन नै गद्गद् भो प्रचण्ड र ए माओबादी को छटपटी देखेर …hahahahahahahahahahahahahahhahahahahahahahahhahaahh प्रचन्दॆ

    Reply
  28. yukta says:
    November 21, 2013 at 10:43 am

    यो ए माओबादि लाई नेपालि जनता ले निर्वाचन मार्फत दिएको गतिलो झापड हो ! मतगणना बहिस्कार गर्नु भनेको लोकतान्त्रिक नमान्नु हो ! बहिस्कार गर्नु भन्दा आफ्नो हार स्वीकारेर आफ्नो कमि कमजोरी हरु लाई सच्याएर अर्को पल्ट फेरि नेपालि जनता सामु जानुस हुन् सक्छ नेपाली जनता हरु ले तपाईं हरु लाई अत्यधिक बहुमत दिएर जिताउने छन् ! अर्को कुरा भाई फुटे गवाँर लुटे भने झैँ बैध माओबादि संग छुट्टिनु नै तपाईं हरु को ठुलो गल्ति थियो ! बैध माओबादि ले जे चाहेको थियो त्यहि भयो वहाँ हरु को ठुलो मिसन नै प्रचण्ड र वहाँ को दल ए माओबादि लाई हराउनु थियो ! १० दिने बन्द हड्ताल खास सफल त भएन तर ए माओबादि लाई हराउने मिसन मा चाहिं वहाँ हरुले सफलता पाउनु भयो !

    Reply
  29. Sandip kharel says:
    November 21, 2013 at 10:36 am

    कांग्रेस ले अब सहि नेतृत्व दिनु पर्छ देशलाई! यो देस लाई निकास दिने भनेको कांग्रेसले नै हो, समय आको छ !

    Reply
  30. इश्वर चन्द्र आर. says:
    November 21, 2013 at 9:49 am

    भने पक्षि – जातिय बिभाजन र जातिय राज्य लाइ जनता ले धुलिसात गरिदिए ! यो माने मा जनता लाइ बधाई छ ! यो निर्बाचन ले के देखाउछ भने नेपाल मा हरेक जात हरेक धर्म र हरेक क्षेत्र अटुट थियो ! छ र रहिरहने छ ! जातीयता को यो देश मा ठाउ छैन ! एमाले र कांग्रेस राम्रा भएर होइन जातियता बाट जोगाउन मात्रै जनता ले भोट दिएको यथार्थता हो !

    Reply
  31. Tenzing Gaba says:
    November 21, 2013 at 9:35 am

    जुँगाको मुठो फुल्दैमा मान्छे पाको हुदैन भन्ने गतिलो उदाहरण दिए प्रचण्डले

    Reply
  32. tank.ojha says:
    November 21, 2013 at 9:32 am

    एमाओवादीले फेरी अफ्नो रुप फेरे | आजको एमाओवादीको मतगणना बहिष्कार गर्ने निर्णयको सिधा अर्थ हो जसरी भएपनि सत्ता हात पार्ने अन्नेथा बहिष्कार तोड फोड, बन्द, हत्त्या, लुटपाट मचाई जनतालाई आतंकित गरि देशलाई अझ द्दुई सय वर्ष पछी धकल्ने | चुनाब मा हार्दा डराएर कातर भइ लुक्ने एमाओवादीले चुनाब मा बहुमत पाए पनि कसरि देश बिकाश गर्दो होला ? आजको एमाओवादीको मतगणना बहिष्कार गर्ने निर्णयले येस्पार्टी को वास्तविक रुप उदाङ्ग भएको छ | अझै पनि बाहुबलले सत्ता कब्जा गर्ने सपना देखि रहेछ | येस्पार्टी का नेताहरुमा सुन्न्ये राजनैतिक संस्कार छ | यिन लाई श्री पशुपति नाथले छिटै सुबुद्दी दिउन |

    Reply
  33. Bhusan says:
    November 20, 2013 at 2:03 pm

    कम्युनिष्ट हरु फुटेरै सक्किनचन भन्थ्ये १००% प्रमाणित भयो ! अनि आफैले संगठित गराएको यो चुनाब आफैले धादली भो भन्नु कहासम्म को लाज मर्दो र बेसरम कुरो हो यो ! माओबादी किन रून, कराउन र अलाप्न सुर गर्दै छ ? kina ROROYEKO…………… PRACHANDE ? yo janatako manded pani accept gardainau bhane timiharu JHUNDIYERA mare pani Janatalai kunai aapatti 6aina !

    Reply
  34. mk says:
    November 20, 2013 at 1:56 pm

    JOKE OF THE YEAR!!!आफुले लगाएको कट्टु खोलेर अनुहार छोप्दैमा कसैले आफ्नो लाज (???) देखेनन् भनेर ठान्ने हरुको उपचार भनेको कि राची कि आर्यघाट हो… अब त सुध्रेलन भनेको के को हुनुनी..

    Reply
    1. kapil says:
      November 21, 2013 at 2:31 pm

      १२ वर्षा ढुंग्रामा राखे पनि कुकुरको पुच्छर बांगाको बांगे हुने हो मित्र तेसैले रोल्पाको जंगलमा सड्नु पर्ने हो अब फेरी सुरु गरिहाल्छन हर्कत

      Reply
  35. shersingh Nepali says:
    November 20, 2013 at 1:38 pm

    हज्जारौ सहिदहरुको बलिदानी रगतले स्थापित माओबादी पार्टीलाई प्रचण्डले सिद्ध्यायो ! सारा मुक्तिकामी जनताको सुनौलो सपना चकनाचुर भयो ! पहिचान , संघियता र धर्मनिरपेक्षता बिरोधिहरुको बिरुद्दमा अब क्रान्ति बाहेक अर्को बिकल्प रहेन ! अग्रगमन बिरोधि प्रतिगमनकारी यथास्थितिबादी ब्राहमणबादी जनविरोधी सामन्तहरुको बिरुद्द सबै न्यायप्रेमी नेपालीहरु एक भएर जनक्रान्तिमा सामेल हौ ! अब शान्तिको माला जपेर बसने बेला छैन !

    Reply
    1. kapil says:
      November 21, 2013 at 2:32 pm

      सपना पुरा भएको हो माओबादी को अब फेरी जुन्गले हुनेछन पेरिस दादा बाट बाटो लागे

      Reply
  36. kusum says:
    November 20, 2013 at 1:30 pm

    म भन्छु, तिम्ले यात्रा वर्ष दिन दहाडै देशलाई बलात्कार गर्दा षड्यन्त्र र धाधली नहुने आज जनताले आफ्नो मत हाल्दा धाधली ???? #माझी आम्ला#

    Reply
  37. Eakraj says:
    November 20, 2013 at 1:22 pm

    ५१ सालको गिरिजा को ताल पो भो त प्रचण्डको त, आत्तिने हैन path सिक्ने बेला हो यो

    Reply
  38. सन्तोष लामिछाने, म्याडिसन, विस्कनसिन says:
    November 20, 2013 at 1:21 pm

    माओबादी, कांग्रेस, एमाले तथा अरू पार्टीलाइ मेरो सल्लाह

    मेरो कुरा कसैले सुन्ला नसुन्ला तर नेपालको नागरिकको नाताले अहिलेको परिवेशमा, माओबादीहरुलाई मेरो सल्लाह यसप्रकार छ |

    १. हारलाई सहर्ष स्वीकार गर | जंगली प्रवृति नदेखाऊ |

    २. फेरिपनि बन्द, तोडफोड, सडक तताउने कुरा नसोच, बैद्यले गर्दाखेरी जसरी कसैले साथ दिएनन्, तिमीहरूले गर्दा पनि अब साथ पाउदैनौ ! नेपालमा अब बन्द हड्ताल गर्नेहरू आफै सकिनेछन! नेपाली जनतलाई तेस्तो मन पर्दैन !

    ३. संबिधान कस्तो बन्छ त्यसमा ध्यान देउ, संबिधान बनाएर चाडै अर्को चुनाब (संबिधान सभाको होइन, संसदीय जस्तो) गर्ने तिर जोड गर |

    कांग्रेस, एमाले तथा अरू पार्टीलाइ मेरो सल्लाह

    १. अझै पनि मिलेर, सहमतिमा (बिशेष त कांग्रेस, एमाले ), सबैलाई समावेश र शक्तिको सन्तुलन हुनेगरि सरकार बनाऊ |

    २. खेल हारिसकेपछी नियम मान्दिन भन्नेहरूलाई तह लगाउन सक्ने नेतृत्व देखाउन सक |

    ३. संबिधानलाइ प्रमुख मुद्धा बनाएर देशलाइ शान्ति र स्थायित्वतिर लग |

    यति गर्न सक्यौ भने नेपाली जनताको धन्यवादको पात्र हुने छौ ! नेपाली जनताले त जित्छन जित्छन , तिमीहरूले पनि फेरि जितौला अहिले हारेकाले पनि अर्को पल्ट जित्ने मौका पाउला |

    Reply
  39. prem sharma says:
    November 20, 2013 at 1:20 pm

    Maoists are in one word collection of mentally paralyzed people. After unexpected victory of maoists party in the last CA election. Prachanda publicly said, “if we do not do good to the people in the future election our position would be like other parties”. I really give him a respect on the fact that what he said five years ago it has come true. We should give him nick name “Fortune reader”.

    Prachanda if you could please use your brain not your egos. I know it must be very hard for you at this point of time. My positive suggestion for your and your followers focus on future and work hard in the name of people not only within your limited interested people. This is an opportunity for your party do good be good and see good time. Work to win the hearts of people and not far away for you to get sweet potatoes on your hand.

    Reply
  40. Pramod Lamichhane says:
    November 20, 2013 at 1:18 pm

    बाबुराम ले फेसबुक मा सान्ति पूर्ण मतदान भन्दै “संविधानसभाको दोश्रो निर्वाचन व्यापक जनसहभागिताका साथ मूलत: शान्तिपूर्ण ढंगले सम्पन्न भएकोमा सबै लाई धेरै बधाइ !” किन लेखेको? हिसिला एमी ले मत गडाना हुदै गर्दा परिणाम स्वीकार्छु किन भनेको? ऐले आएर परिणाम आफ्नो पक्ष्य मा नएंपछी मध्ये रत मा एस्तो निर्णय गर्न पयिन्छा? येइ हो लोक तन्त्र? बिधि को सासन?
    यो video हेरुम प्रचण्ड ले सम्भावित परिणाम बारे के भनेको छ (https://www.facebook.com/photo.php?v=10151803937980875&set=vb.654825874&type=2&theater)? के जनता लै उल्लु सम्झेको? येस्तै हो भने यो पार्टी सकिन्छा! बिधि र कानुन नमान्ने भए किन चुनाब मा अको? हाम्लाई उत्तर दिन सक्छ प्रचण्ड ले?

    Reply
  41. Saroj Rijal says:
    November 20, 2013 at 1:08 pm

    देश डुबाउन जन्मेका दानब हरुले के के पो गर्ने हुन?

    Reply
  42. Abinav says:
    November 20, 2013 at 12:45 pm

    हा हा हा! ड्यास माओबादीको चुनाव बहिस्कार अनी क्यास माओबादीको चुनावको परिनाम बहिस्कार! अब बुझ प्रचन्डे तेरो बोली पीच्छे आउने सब्द मानेको सही अर्थ जनताले बुझी सके। पदम केसीको गालामा झापड अनी जनताको मतको झापड | अझै के के हुन्छ हेर्दै जा ।

    Reply
  43. lekhnath ojha says:
    November 20, 2013 at 12:40 pm

    हारे . पछि केटा केटि जसतै बेबार देखायो माओबादी ले ….नेका र एमाले ले ६४ सालमा hareka होएनन र…तर उनि हरु ले मानेर अगी बढे त ..यो चुनाब ले देसमा जाति बादी हरु बडारिने भए …नेपाली जनता जिन्दा बाद …सहि निर्णय गरेको मा..

    Reply
  44. Abinav says:
    November 20, 2013 at 12:36 pm

    माओबादीले बास्तवीक धरातलको अवुभव गर्न अझै बांकी छ। अब १७००० मानिसको हत्याको अभीयोगमा कठघरामा आयो भने बल्ल ती मरेको आत्माले सान्ती पाउलान। गिरीजाको बेवकुफी, सुजाताको भ्रषटता, देउबाको नालाएकीपन, एमाले नेताहरूको नंपुन्षकता र राजाको अदुरदर्सिताको फाइदाले देस र जनताको सम्पतीमा लुट गरेकाहरूलाई सजायको भागीदार बनाउन जरूरी छ। जय नेपाल ।

    Reply
  45. Raj says:
    November 20, 2013 at 12:28 pm

    थुक्क माओबादी , Sab मोबदिलाई जेल मा कोच्नु पर्छ Ani सडक खनाउनु पर्छ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme