धेरैले मंसिर ४ मा चुनाव हुने ठानेकै थिएनन्। अन्तिम समयसम्म पनि सारिएला कि भन्ने शंका कतिले गरेका थिए। विशेष गरी वैद्य माओवादी नेतृत्वको मोर्चाले गरेको हड्ताल र विस्फोटका घटनाहरुले यो शंकालाई बल पुर्याएको थियो। तर उनीहरुको चुनाव बहिस्कारको आह्वान र आतंकलाई बेवास्ता गर्दै विभिन्न अवरोध छिचोलेर साहसका साथ जनता मतदानका लागि ओइरिए र इतिहासमै सबैभन्दा बढी मत खस्यो। यसले वैद्य माओवादीको राजनीतिक हैसियत प्रष्ट पारिदिएको छ।
निर्वाचन छिटफुट घटनालाई छाडेर समग्रमा शान्तिपूर्ण रुपमा सम्पन्न गरेकोमा यो अन्तरिम गैर दलीय सरकार र यसका नेतृत्वकर्ता खिलराज रेग्मीलाई इतिहासले सँधै सम्झनेछ। गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारको जस्तै चुनौति थियो रेग्मी सरकारलाई। पहिलो संविधान सभा संविधानै नबनाई भंग भएपछि नेपाल राजनीतिक संकटतर्फ होमिएको थियो। अन्तरिम संविधानका अधिकांश धारा खेर गएका थिए, त्यसलाई मिलाउन निर्वाचित संसद पनि थिएन। बाबुराम भट्टराईको सरकारले गराउने चुनाव कांग्रेस एमाले लगायतका विपक्षी दल तयार थिएनन्। कांग्रेस र एमालेको नेतृत्व स्वीकार्न माओवादी तयार थिएन। यसरी मेरो गोरुको बाह्रै टका भइरहेको बेला चुनाव गर्न गैरदलीय सरकार बनाई त्यसको नेतृत्व प्रधान न्यायाधीशलाई गराउने एउटा प्रस्ताव आएको थियो। तर हामीले भनेकै हुनुपर्छ भन्ने केही सनकमानहरुले यसको टुप्पी कसेर विरोध गरे। अभियान चलाए। शितल निवासमा गएर राष्ट्रपतिलाई दबाब दिए। उनीहरुको सनकमा चलेको भए देश अझै पनि त्यही भुमरीमै रुमल्लिइरहन्थ्यो। अब कम्तिमा निर्वाचनपछि जनताको ताजा अभिमत बोकेका प्रतिनिधिहरुसहित एउटा थितिमा, एउटा ट्र्याकमा राजनीति चल्ने भयो। घोषित मितिमै सफलताका साथ निर्वाचन सम्पन्न गरेर सनकवालाहरुलाई पनि दह्रै जवाफ दिएको छ सरकारले।
संविधान सभा भंग भएपछि एक वर्षभन्दा बढी समय जुन रिक्तता भयो, यो समयमा कुनै तानाशाह जन्मन सक्थ्यो। सेनाको शासनको हल्ला पनि फैलियो। केही अविवेकी एलिटहरुले उदार तानाशाहको पक्षमा लेखै छाप्न भ्याए। यिनीहरुले जतिसुकै पक्षमा बोले पनि लोकतन्त्रमा विश्वास गर्नेहरुका लागि तानाशाही व्यवस्था दुर्भाग्य हुन्छ। तानाशाह भनेको तानाशाह नै हुन्छ।
धन्न नेपाल यस्तो दुर्भाग्यबाट बच्दै आएको छ। प्रचण्डले प्रधानमन्त्री पावरमा केही महिना मै अवकाश पाउन लागेका प्रधान सेनापतिलाई हटाउन खोज्दा शक्तिको टकरावले नेपालमा एउटा अकल्पनीय दुर्घटना हुन सक्थ्यो। तर प्रचण्डले प्रधानमन्त्रीको कुर्सी छाडिदिएपछि सामान्य रुपमा त्यो दुर्घटना टर्यो। अर्को माधव नेपालको सरकारका पालामा वैद्यसँग छुट्टिनसकेको माओवादीले गर्न खोजेको सहरी विद्रोहको रुपमा देशभरबाट राजधानीमा कार्यकर्ता थुपारेर गरिएको अनिश्चितकालीन बन्द थियो, जुन तत्कालीन सरकारको संयम, आन्दोलनकारीको शान्तिपूर्ण व्यवहार र जनताको प्रतिरोधले ठूलो दुर्घटना नहुँदै टर्यो। माधव नेपालको सरकारले राजीनामा दिएपछि बाबुराम भट्टराई सरकारको पालामा संविधान बनाउने आधारभूत कुरामा मुख्यतः चार शक्तिबीच सहमति हुननसक्दा संविधानै नबनी संविधान सभा भंग भयो र फेरि अर्को संकट सुरु भयो। माओवादीको सत्ताकब्जादेखि राष्ट्रपति शासनसम्मका कुरा आए। तर यो संकट पनि बाबुरामको राजीनामा र खिलराज रेग्मीको सरकारसँगै आज सम्पन्न भएको निर्वाचनले सहज रुपमा पार लागेको छ।
तर आगामी दिन सहज छैनन्। निर्वाचनले राजनीति ट्रयाकमा ल्याउने भए पनि चुनौति निकै छन्। प्रत्यक्ष र समानुपातिकको जुन अनुपातमा संविधान सभाको संरचना छ त्यसले कसैको पनि बहुमत नआउने निश्चितै छ। यो अनुपातलाई कम गर्ने प्रयास गरिएको भए पनि उपेन्द्र यादव र अशोक राईलाई सहमतिमा ल्याउन ६०१ कै संरचनामा फर्कन चार दल बाध्य भए।
मतगणनाको नतिजा आउनु अगावै बहुमत कसैको नआउने निश्चित देखिन्छ। पहिलेको चुनावमा जस्तो एक पटक माओवादीलाई हेरौँ न त भन्ने आकर्षण नभएकोले माओवादीको सिट घट्ने अनुमान गर्न सकिन्छ। तथापि पहिलो, दोस्रो र तेस्रो स्थानमा पहिलेकै दलहरु तर ती दलका सिटहरुबीच अन्तर कम हुने अनुमान मेरो छ।
पहिलेको चुनावमा त्यस्तो प्रतिकूल अवस्थामा पनि ४ सिट जितेको कमल थापाको राप्रपा नेपालले हिन्दुत्वको मुद्दा र प्रमुख दलको असफलताको फाइदा उठाएर चौथो वा पाँचौँ शक्ति बन्ने अनुमान मैले गरेको छु। संघीयता, गणतन्त्र केही पनि नस्वीकार्ने यो दलको दरिलो उपस्थितिले संविधान सभाको शक्ति संरचनामा कस्तो असर पार्ने हो कुन्नि।
अघिल्लो संविधान सभा भंग हुनुको प्रमुख कारण मध्ये एक संघीयताको पक्षमा वा विपक्षमा कस्तो मत आउँछ, त्यो मलाई अनुमान गर्न गाह्रो भएको छ। मधेसी दलहरु टुक्रिएर चुनावमा गएका कारण उनीहरुको संख्या घट्ला कि भन्ने सामान्य अनुमान हो। त्यसैगरी नयाँ पार्टीमा संघीयता पक्षधर अशोक राईको संघीय समाजवादी र संघीयता विरोधी खस क्षेत्रीहरुको खस समावेशी अनि बाहुनहरुको अखण्ड नेपाल पार्टीले के कस्तो स्थान पाउने हुन्, हेर्न बाँकी छ।
राष्ट्रपति/उपराष्ट्रपति अनि सभामुख निर्वाचन, बहुमत कसैको नआउने भएकोले ३०१ पुर्याएर सरकार गठन गर्न कसरत भइसकेपछि संविधान बनाउन थाली असहमत विषयलाई मतदानले टुङ्गो लगाउने र त्यसले पनि नभए जनमत संग्रहमा जाने बुद्धि दलहरुमा पक्कै आइसकेको हुनुपर्छ। भाषणहरुमा त त्यस्तै सुनिन्थ्यो। यति भइदियो भने संविधान निर्माणको एउटा खड्गो पनि टर्छ। त्यसपछि आवधिक निर्वाचन र स्थानीय निकायको निर्वाचन। बाटो लामो छ तर यो निर्वाचनले यो बाटोको गोरेटो भने कोरिदिएको छ। हामी यसैमा खुसी हुनुपर्छ।
अहिलेलाई भने भावी संविधान सभाको स्वरुप कस्तो बन्छ, जनमत कसको पक्षमा कसरी देखियो हेर्न केही दिनपछि सम्म जारी रहने निर्वाचनका परिणाम कुरौँ।
होइन चार दिन के अस्पताल बसेको थिए, देशबाट त माओवादीलाई बढारेछन् गाँठे । त्यसैले जनता भनेको रहेछ । जनमत ५–५ वर्षमा लिइरहनुपर्छ ताकि दलहरुको हैसियत प्रष्टै थाहा हुँदै जान्छ ।
Regressive forces are dancing with Indian grand design. I will see their dance in making of prime minister. Who will be the prime minister? Sushil Koirala, Sher Bahadur, Ramchandra will fight each other and Jhalanath, K.P. and Madhav will quarrel for the prime minister where a dog fight for a piece of bone. The quarrel will settle through a phone of Indian prime minister.
I have different view from Salokya. most of the political parties which want to make radical changes are seriously defeated. Looking at their early reaction they are likely to create more problems. They will not accept the decision of the UML and NC who are still conservative. NC has very poor leadership and vision. The lost parties will ask for referendum to pass new constitution. I am not optimistic on this constitution assembly. Nepal will have more strikes and Chakkajam. It is misfortune of people. .
अब संविधान निर्माण को जिम्मा कांग्रेस र एमाले को हातमा जाने निश्चितप्राय छ! आशा छ, बिगतजस्तो कुर्सिको खिंचातानीमा नअल्मलिकान संविधान लेखनलाइ प्रमुख प्राथमिकता दिएर उनीहरु लागुन| जनताको अमुल्य भोटको र त्यो भन्दा पनि अमुल्य आशाको सम्मान गरून| आफुलाई चुनाब जिताउने कार्यकर्ताहरुप्रति कृतज्ञ हुनु त स्वभाविक हो तर हरेक कुरामा उनीहरुभन्दा पहिलो स्थान जनतालाई नै दिउन| बिदेशी, बिद्रोही र कुनै पनि अनाधिकारिक शक्तिको दबाब मा नपरून| समावेशी, जातिय, क्षेत्रीय, धार्मिक हरेक पाटो को सम्मान होस् तर हिँसा नाफैलिने र देश नटुक्रिने हिसाबले| देशले निकास पाओस| अर्को संविधान सभा चुनाब असम्भव छ, र जनतालाई संविधानको ब्यग्र प्रतिक्षा छ| कृपया विजयी नेताजनहरु, यो प्रतिक्षालाइ सकेसम्म छोट्याइदिनुहोला!
– एक आशावादी नेपाली
जनता बाठा भयछन- माओबादि हार्नुको मुख्य कारण >
.अत्यधिक हेलिकप्टरको प्रयोग /
.प्रचण्ड छोरा प्रकाशको पारशको जस्तै ब्यबहार /
.आफन्ती र आसेपासे लाइ टिकट /
.प्रचण्डको जे पी टि बोली /
.साम दाम दण्ड भेद बन्ने भी डि ओ /
.नेका ए माले गठबन्धन /
.बैद्ध्य्को सके बहिस्कार नसके प्रचण्ड हराउ अभियान
. मुख्य भाइ फुटे गवार लुटे भो ! यो नौलो हैन , बिगतमा कांग्रेस एमाले ले भोगेकै हो त्यस बाट सिक्नु पर्ने सिकेनन अहिले आयर तत्कालिन बामको छाल भो ! बैद्ध्याको हड्डी हास्ने भो……
क्यास माओबादी , ड्यास माओबादी , एमाओबादी, बैद्य माओबादी, आतंकबादी यी सबै किसिमका माओबादीलाई अहिले नेपाली जनताले कडा झापड दिएका छन् | तर यी धुर्तहरुले आफ्नो हारलाई जनताको जनादेश भनेर सजिलै ग्रहण गर्ने छैनन् | यिनीहरुले मतगणना केन्द्रलाई कब्जामा लिएर मतपत्र जलाई अस्थिरता पैदा गरेर सत्ता क्याप्चर गर्ने दूशाहस गर्न पनि पछी पर्ने छैनन् | त्यसैले सम्पूर्ण सुरक्षा निकायहरु, निर्वाचन आयोग, राजनैतिक दलहरु, नागरिक समाज, बुद्धिजिवीहरु, सरकार , नेपाली जनता सबै सतर्क र सजग हुनु आबश्यक छ |
अब जसले सरकार बनाएपनि ..नो १. देश मा शाति सुर्क्छ्या होस्. जनता को कानुन को राज होस् ..हत्यारा घुसखोरी हरु एक एक लाइ समात्दै कठघरा मा उभ्याओस. आशा गरम प्रचण्ड हिसिला को फाइल लोक मान कार्की ले बेपत्ता बनाएको छैन होला भनेर. कहा जालाश मछलि मेरै धेदूवा !! देश मा शान्ति सुशासन कानुन को राज भए बाहिर बाट रोकी रहेको इन्वेस्त्मेंट हरु आउन सुरु हुन्छ . आशा गरम हामी सबै नेपालि ले नया नेपाल को..चुनाब को एतिहासिक सफलता हामि सबै को सफलता हो. कामना गरम !! धन्येबाद खिरारे र उनको गैर दलिए सरकार लाइ..तिमि हरु लाइ जनता ले इतिहास मा सधै सम्झने छ.
हामी सबै नेपालीलाई बधाई
आउँदो सुखद दिनहरुको लागि शुभ कामना
निर्वाचन छिट पुट हिंसा र अनियमितता बाहेक धेरै राम्रो संग सम्पन्न गरेको मा खिरारे सरकार लै बधाई ! बैध्य जस्ता जडसुत्र नेताहरुको राजनैतिक प्रभाव – ५ बर्ष कि निरिह बालिका लै बम हानेर नेपाली जनता माझ नांगिएको छ – अब हेर्नु छ बास्तव मा नेपाली जनता ले क कसलाई चुनेछन त – दाई लाई भाई लाई कि गाइ लाई ! आशा गरौ अब को दीन मा देशको राजनीति सहि ढंग ले अघि बढी जनताले संबिधान चाडै नै पौछन !
आफुहरु प्रजातान्त्रिक भन्न नथाक्ने तीन प्रमुख दलहरु चुनाब नै गर्न आलटाल गरि राखेका थिए! कांग्रेस पनि तेही द्यांगको मूला भए! गैर दलको सरकार प्रमुख ले गरेर देखी दिए! प्रजातान्त्रिक अभ्यासमा प्रमुख दल धेरै पछि छन्!
बाटो लामो छ तर गोरेटो वनेकोरेको छ. अब बिकाश चाहिएको छ देस मा.
युबराज देवकोटा, कोलोम्बो, श्री लंका.
‘क्यास’ माओबादी एमालीकरण भैसकेको, राजाबादीहरु पनि क्रमश: राजतन्त्रमा भन्दा गणतन्त्र मै आफ्नो भबिष्य देख्न थालेको र जातिय राज्यबाट निम्तनसक्ने दुर्घटना बारे जनता सचेत भैसकेको अहिलेको अवस्थामा उग्रबामपन्थी, उग्रदक्षिणपन्थि र उग्रजातीयबादीहरुको उपस्थिति संबिधानसभा-२ मा कम हुने निश्चित छ | साथै
अन्तरास्ट्रिय शक्तिहरुले पनि लोकतन्त्र मै जोड दिने भएकाले यस्तो स्थितिमा संबिधानसभा-२ ले लोकतान्त्रिक संबिधान दिनसक्ला भन्ने मलाई विश्वास छ |
देश को भबिस्य त तेस्तै हो भोलि बाट ६०१ को भबिस्य बन्नी भयो.
आबुइ कहा हुन्छा, स्थानिय निर्वाचन पनि अब तुरुन्त गरिनु पर्छ. तपाइले त स्थानिय निर्वाचन कति पछि गर्ने कुरो गर्नु भएको?
सालोक्य जी,
यो पनि इतिहासमा लेखिनेछाकी रेग्मी पनि एक प्रमुख काराण हो जसले गर्दा अघिल्लो संबिधान सभाले सफलता पाउन सकेन !
दोस्रो निर्बाचन गराउन लागेको आर्थिक भार तथा भोलिको अनिश्चित संबिधान तथा देशको भविष्यको दुबैको लागि खिलराज रेग्मी व्यक्तिगत तवरले जिम्मेवार रहनेछ नेपालको इतिहासमा !!
”बोतल उही ,रक्सि पुरानै ”
नयाँ के हुनेवाला छ ?
सिबाय खिचातानी ?
म कामना गर्छु मेरो भनाइ गलत साबित होस् |
मैले सुने अनुसार नेपालमा तराइमा ‘एक गाछी, एक बाछि र पहाडतिर ‘एक भोट दाईलाई, एक भोट गाईलाई’ भन्ने नारा थियो रे | यो सुन्दा राप्रपाले केहि बढि सिट ल्याउँछ कि भन्ने छ | तर संघियता नमान्ने, हिन्दु राज्य र राजतन्त्रको वकालत गरेको दलको भूमिका कस्तो हुने हो त्यो चाहिं हेर्ने बाँकि छ |
संबिधानसभाको निर्बाचनले हामी सबैलाई खुशी प्रदान
गरेको छ आशाबादी बनौ नया संबिधान समयमै बनि
देशले स्थायित्तोको खाका कोर्ने छ
श्याम गिरी
बम पड्काउने भाको आफ्नै हातमा पड्क्यो
चुनाब बिथोल्ने भाको आफै लोप्पा खायो
गयो अब तिमीहरुको राजनीति गर्ने दिनहरु
नया काम खोज्न थला भोलि नै देखि भरु
जनताको नाममा धेरै नाटक नगर
जनतालाई बम हान्ने तिमीहरु सबै मर
अजै पुगेकी पुगेन तिमीहरुलाई देश बिगार्न
भरु फेरि जंगल पसे हुन्छ बादरसंग बस्न
जनताको साथले चुनाब सफल भई छाड्यो
यो अन्धकार रास्ट्रमा नया सुर्य उदय भयो
यसपालिको संबिधान सभा धेरै नै सफल होश
हार नेता कै होश, तर संबिधान सभाको नहोश
we should all thanks to ourselves. Well done everyone. I think this in my view was the biggest slap to those who have tried hard to create chaos in our society.
We want to live in peace believing peace will bring development in every corner of our nation.
Some personal predictions:
1. Maoists will bite the dust – this is for sure, watch my words.
2. There will be some surprising results – some big guns will be defeated by unknown figures
3. I do not see Kamal Thapa making quantum jump
4. No will have a majority, it will be a hung parliament like situation
5. Constitution may be drafted (learning lessons from the past) or it may drag on further generating further political turmoil
6. Baidya’s actual fate will be decided by the actions of CA, not by the holding of CA results; by not participating, Baidya has actually been successful saving his face – just watch out for Comrade Prachanda biting the dust.
7. I am worried that with Maoists’ Etihansik Mahan Haar much of Nepal’s future politics revolve around fighting and dispute between Baidya vs Prachanda faction.
नेपाल को इतिहास मा प्रधान न्यादिश लै कार्यकारी प्रमुख बनाएर चुनाव गर्नु दुर्वाग्य पूर्ण थियो. यसले एक त न्याय पालिका र कार्यपालिका को शक्ति बिवाजन मा ठुलो आघात पुराएको छ. अरबौ खर्च गरेर र ठुलो सैन्य शक्ति प्रयोग गरेर चुनाव सम्पन्न त भयो तर नेपाली जनता ले जुन जनमत दिएको देखिन्छ यश बाट देश झन्नै बिवजित देखिएको छ यसले गर्दा आगामी दिन मा सरकार बनाउने र को रास्ट्रपति हुनेमनै झगडा हुने निश्चित छ. अब हाम्रो देश अरु अन्योल मा जाने छ. तर इतिहास मा यस्तै कुरो बत्ती नै एक दिन एउटा समीकरण बन्ने र नया शक्ति को उदय हुने गर्छ. अब हामीले स्थानीय चुनाव को माग गर्नु पर्छ र त्यसबाट स्थानीय विकाश र जनता ले आफ्नो सरकार पौने छ. तर माथि लेखे जस्तै यो चुनाव गरौ भनेर यो सरकार र निक्कामा राजनीतिक पार्टी लै धन्य बाद दिने कुनै जरुरि छैन किनकि गलत बाटो बाट सहि निकाश कहिले पनि औदैना.
कसैको पनि बहुमत नआउने निश्चितै छ ! यस पल्ट को संबिधान सभा मा राजाबादी, संघीयता पक्षधर अशोक राई अनि अरु नामै नसुनेको दल र संघीयता विरोधी खस क्षेत्रीहरुको खस समावेशी अनि बाहुनहरुको अखण्ड नेपाल पार्टीको उपस्तिथी ले गर्दा संबिधान लेखन त्यति सजिलो होला जस्तो लागेन सबै दल ले आफ्नो-आफ्नो अडान पक्का छाड्दैन अनि त्यसको परिणाम के होला ? पहिलो संबिधान सभा मा ४ दल को मात्र हैकमबादी चले जस्तो यस पल्ट चल्ने वाला छैन ! हामि सबै नेपालि जनता को चाहना यस पल्ट जसरि पनि संबिधान बनोस भन्ने छ तर यस पल्ट पनि सबै दल हरु ले नेपाल को संबिधान लेख्न तिर ध्यान नदिएर एक आपस मा सत्ता को लागि हान थाप गर्ने एक अर्का लाई गालि गलौज गर्ने जस्ता क्रियाकलाप तिर ध्यान खर्चियो भने सबै नेपाली जनता हरु सडक मा होइन सदन मा नै आएर कारवाई गर्ने छ र अर्को कुरा जुनसुकै राजनैतिक पार्टी ले गर्ने बन्द हड्ताल जस्ता क्रियाकलाप हरु लाई सरकार ले चाह्यो भने सफल नहुने रहेछ भन्ने यस पल्ट पनि जनता ले देखे ! आगामी दिन हरु मा जसको सरकार बने पनि जस जसले बन्द हड्ताल को आयोजना गरे पनि खिलराज रेग्मी को सरकार ले झैँ कडा रुख अपनाएर असफल गरि नेपालि जनता ले राहत पाउने थियो कि ?