संविधान सभाको दोस्रो निर्वाचनको नाममा अर्बौँ रुपैयाँ नेपालमा ओइरिएको छ। विदेशी दातृसंस्थाबाट समेत ओइरिएको पैसा सकाउन निर्वाचन आयोगलाई धौ धौ परेको जस्तो छ। त्यसैले त निर्वाचन आयोगले कन्सर्टसमेत गर्न थालेको छ। अनि त्यसका विज्ञापन पत्रिकामा पनि दिन थालेको छ। काठमाडौँका तीन दरबार क्षेत्रमा यी कन्सर्ट गरेवापत् कति रकम सकिएको हो, के निर्वाचन आयोगले यसको पारदर्शी हिसाब देखाउन सक्ला ? अनि अचम्मको कुरा, निर्वाचन आयोगको काम कन्सर्ट गर्दै हिँड्ने हो ?
यो कन्सर्ट गर्न निर्वाचन आयोगले दह्रै सहयोग पाएको छ। विज्ञापनमा घोत्लिएर हेर्नुस् त, गजबका दुई दातृ संस्था पनि यसमा मिसिएका छन्।
तपाईँलाई सजिलो पार्न म त्यो विज्ञापनको एक टुक्रा यहीँ राख्दिन्छु-
हेर्नुस् त, अमेरिकी