Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दोस्रो दिनमा वैद्यको बन्द

Posted on November 12, 2013November 13, 2013 by Salokya

day2banda6
वैद्य माओवादीले हिजो आम हड्ताल गरेर आज मंगलबारदेखि चुनावको दिनसम्म दिनरात चौबिसै घण्टा यातायात बन्द गर्ने उर्दी जारी गरेको थियो। अनि भनेको थियो रिक्सा, ठेलागाडा र साइकल मात्र चल्न दिन्छौँ। तर हिजोको तुलनामा धेरै सार्वजनिक सवारी साधन समेत चले राजधानीमा। माइक्रोमा पेट्रोल बम हानेर, बाटोमा कागज कोचेको प्रेसर कुकर छाडेर आतंक मच्चाउन खोजे पनि धेरैले बन्दको अवज्ञा गरे। बन्दको दिनसमेत ट्राफिक प्रहरी खटिनु पर्‍यो सवारी व्यवस्थित गर्न।

आज सडकमा के देखियो, भिडियो हेर्नुस्

र, जाँदाजाँदै बन्दको बेला गाडीमात्र हैन, आकाश पनि खुलेछ, हिमाल कति मजाले हाँसेछ। साँझ काठमाडौँको तीनकुनेबाट देखियो यस्तो दृश्य-

1455128_10152081852665962_1027420207_n

7 thoughts on “दोस्रो दिनमा वैद्यको बन्द”

  1. Suyesh Amatya says:
    November 13, 2013 at 5:11 pm

    फोटो प्रधान ब्लगको लै तपाइले प्रयोग गर्नु भएको यो नया लेआउट राम्रो छ…फोटो हरु ठुलो र प्रस्ट देखिन्छ| तर मैले पहिले देखि नोटिस गरेको छु …एस्तो पेजमा अरु पेज मा जस्तै “Next” र “Previous” आर्टिकलको लिंक हुन्न| फेरी फर्केर होम पेज गएर अरु आर्टिकलहरु हेर्न पर्ने हुन्छ| मैले भने जस्तो nagivation link राख्न के तेस्तो technical अप्ठ्यारो छ र ?

    Reply
  2. बेखालाल नेपाल says:
    November 13, 2013 at 3:48 pm

    यो सबै क्यास तथा ड्यास कम्युनिस्टहरुको छलनीति हो

    Reply
  3. dharmendra says:
    November 13, 2013 at 2:48 pm

    दोश्रो दिन पनि बैद्यको दिमाग बन्द ?,????????, कहिले खुल्ने होला एसको दिमागको ताला

    Reply
    1. Tenzing Gaba says:
      November 13, 2013 at 4:37 pm

      दिमाग बन्द भा होइन
      मष्तिस्कघात भा हो,
      यति सजिलै निको हुदैन नि यो रोग,
      कि त् दिल्लीको धामी-झाक्रीले झारफुक गरिदिनु पर्छ
      कि त् पछि यम ब्रो ले भकभकी उम्लिराखेको तेलमा समोसा फ्राई गरेको जस्तै deep fry गरे पछि मात्र ठिक हुन्छ …………जदौ !!!

      Reply
  4. Gajendra says:
    November 13, 2013 at 9:55 am

    क्याश, ड्यास, झ्यास, फ्यास्स, प्यास जे भने नी यो बाजेहरुले बाजेहरुको लागि बाजेहरु द्वारा देश बिकाश होइन तर खत्तम पार्न गरेको कुचक्रे राजनीति हो| एउटा साँचो नेपाली हृदय बोकेकाले बाहिर जे भने नी अन्तरमनले यो स्वीकार नगर्ने कुरै छैन| पूर्वाग्रह नराखी अहिले सम्मको रिकर्ड हेर्दा यस्तै देखिन्छ|
    यो देशको मूल समस्या बढ्दै गएको कारण नै एउटा दुइटा जातहरुको निरन्तर हालीमुहालीले गर्दा हो| जनताको नाउँमा आन्दोलन गरे नी ती एक दुई जातहरुले आफुले खाईपाई आएको कायम राखम भनेर जनताको आँखामा धुलो हालेकोले हो|
    बाबुराम छोराराम प्रचंडे महाचंडे, झलनाथ छलनाथ, असक्षम माकुने, जो आएपनि आखिर परिणाम त्यही हो| देउवा, रामचंद्रे, कोइराला, कमल थापाहरुको कुरै नगरे पनि भयो| मधेसीहरु बिहार स्टाईलमा आपसमा लडे पनि आखिर जो नेता आए पनि मधेसी जनताले फायदा पाएकै छन्|

    Reply
  5. xyz says:
    November 13, 2013 at 5:56 am

    The last picture is amazing not because of majestic Himalayas but because of the plane and the helicopter.

    Reply
  6. ekraj says:
    November 13, 2013 at 4:19 am

    सामाजिक सम्पत्ति नाश पर्ने र जनता लै दुख दिने काम अपराध हो | तेसैले भिधन्स्ग्सकारी का यिजना लाई असफल बनाउनु पर्ने सबैको नैतिक जिम्मेबारी हुन आउछ|
    बन्द सफल नभएको राम्रो भयो|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme