Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यस्तो हुने रहेछ मतपत्र

Posted on November 6, 2013November 6, 2013 by Salokya

samanu आउँदो मंसिर ४ गते हुन लागेको संविधान सभाको निर्वाचनमा कस्तो मतपत्र प्रयोग होला त ? आउनुस्, निर्वाचन आयोगले उपलब्ध गराएको नमूना मतपत्र हेरौँ।

यस पटक दलहरु बढेकोले समानुपातिकका लागि हल्का रातो रङ्गको मतपत्र निकै ठूलो र लामो हुनेछ। यसमा जम्माजम्मी १२२ वटा दलका चिह्नहरु छन्। प्रत्यक्षमा एक सिट पनि जित्ने हुति नभए पनि विगतमा देशभरबाट साढे २३ हजार भोट ल्याएकै भरमा एक सिट जिती मन्त्री समेत भएको उदाहरण (नेपाल परिवार दल-२३ हजार ५१२ मत) भएकोले यसमा निकै आकर्षण बढेको देखिएको छ। त्यसैले दलहरु पहिलेको निर्वाचनको तुलनामा बढेका छन्।

समानुपातिक निर्वाचनका लागि देश भर एउटै खालको मतपत्र हुनेछ। देशभरलाई एउटै निर्वाचन क्षेत्र मानी पाएको कूल मतको आधारमा समानुपातिक रुपमा धेरै मत ल्याउनेलाई धेरै सिट र थोरै सिट ल्याउनेलाई थोरै सिट वितरण गरिन्छ। विगतको निर्वाचनमा ५४ दलले मात्र मत ल्याएका थिए। ती मध्ये पनि २५ दलले मात्रै सिट जित्न सकेका थिए।

यस पटकको निर्वाचनमा १२२ दल भएकोले मतपत्र र मत खसाल्ने बाकस पनि पहिलेको भन्दा ठूलो बनाउनु परेको छ। मतपत्रमा १८ लहर छन्। एक लहरमा सात वटा चुनाव चिह्न राखिएको छ। १८ औँ लहरमा भने तीन चुनाव चिह्न छन्।

यस्तो हुनेछ समानुपातिकको मतपत्र-
samanupatik

पहिलेको निर्वाचनमा भने यस्तो थियो मतपत्र
Sample_Balllot-(2)

संविधान सभाको निर्वाचनमा एउटा मात्र मतपत्र हैन, दुई वटा मतपत्र हुन्छ। हल्का रातो मतपत्रमा पार्टीलाई मत दिने हो भने अर्को हल्का नीलो मतपत्रमा चाहिँ दलका वा स्वतन्त्र उम्मेदवार चुन्ने हो। हल्का नीलो मतपत्र भने निर्वाचन क्षेत्र अनुसार फरक फरक हुने गर्छ। जुन क्षेत्रमा जति जना उम्मेदवार हुन्छन्, त्यस अनुसार मतपत्र लामो, छोटो हुने गर्छ।

यो मेरो निर्वाचन क्षेत्र काठमाडौँ ९ को मतपत्रको नमूना-
kathmandu9

तपाईँ पनि आफ्नो क्षेत्रको मतपत्रको नमूना हेर्न चाहनुहुन्छ भने तल कमेन्टमा लेख्नुहोला है।

59 thoughts on “यस्तो हुने रहेछ मतपत्र”

  1. babin says:
    November 13, 2013 at 5:02 pm

    काठमाडौँ क्षेत्र न . २ को पनि हाली दिनुहोला

    Reply
  2. Jeevan Thapa says:
    November 11, 2013 at 11:14 am

    १० हजार जनाको signature लिगेर एउटा नयाँ राजनीतिक पार्टी खोल्ने प्राबधान खारेज गरी कम्तिमा १० लाख जना मात्र बनाउन सक्ने हो भने अलिकति भए पनि देशको ढुकुटी बच्ने थियो कि?

    Reply
  3. Sandesh says:
    November 9, 2013 at 4:24 am

    चुनाव चिन्ह randomize गरिनु पर्थ्यो. ठुला ठुला पार्टीको चिन्ह माथि र साना साना तल ! यो त भएन है!

    Reply
  4. manoj gurung says:
    November 8, 2013 at 3:16 pm

    मलाई कास्की क्षेत्र न ३ को को राख्न मिल्छ कि?

    Reply
  5. Paresh says:
    November 8, 2013 at 2:23 pm

    भोजपुर क्षेत्र नं. १ र २ को पनि हेर्न पाए हुन्थ्यो सर ।

    Reply
  6. Laxman Luitel says:
    November 8, 2013 at 1:18 pm

    इलाम क्षेत्र नं. १ को नमुना मतपत्र पठाईदिन मिल्छ?

    Reply
  7. Santosh Paudyal says:
    November 8, 2013 at 1:10 pm

    गुल्मी क्षेत्र नं. १,२,३ को मतपत्रको नमूना छापीदिनु होला

    Reply
  8. Chhabi Luitel says:
    November 8, 2013 at 1:07 pm

    इलाम क्षेत्र नं. ३ को नमुना मतपत्र कृपया पठाईदिनुहोस् ।

    Reply
  9. Bipin Shrestha says:
    November 8, 2013 at 1:04 pm

    बारा जिल्ला क्षेत्र नं। ६ को मतपत्रको नमूना देखाईदिनुस न

    Reply
  10. Laxman Luitel says:
    November 8, 2013 at 12:13 pm

    इलाम जिल्लाको नमुना मतपत्र राखिदिनु हुन अनुरोध गर्दछु ।

    Reply
  11. kiran says:
    November 8, 2013 at 11:52 am

    इलाम -१ को पनि ल उमेश दाई

    Reply
  12. kiran says:
    November 8, 2013 at 11:49 am

    काठमाडौँ -३ को पाऊ न उमेश दाई

    Reply
  13. suman says:
    November 7, 2013 at 10:35 pm

    कास्की चेत्त्र नो. २ को कृपया पठाई दिनुहोस

    Reply
    1. Salokya says:
      November 7, 2013 at 10:46 pm

      kaski2

      Reply
  14. sagar shrestha says:
    November 7, 2013 at 7:23 pm

    पर्बत १ को हालिदिनु न…

    Reply
    1. Salokya says:
      November 7, 2013 at 8:27 pm

      parbat1

      Reply
  15. Kishor Subedi says:
    November 7, 2013 at 7:17 pm

    चितवन क्षेत्र नम्बर ४ को मतपत्र को नमुना

    Reply
    1. Salokya says:
      November 7, 2013 at 8:29 pm

      chitwan4

      Reply
  16. mahendra says:
    November 7, 2013 at 7:06 pm

    स्यांग्जा को छैन मतपत्र उमेश जी

    Reply
    1. Salokya says:
      November 7, 2013 at 8:30 pm

      syangja1
      syangja2
      syangja3

      Reply
  17. ashish says:
    November 7, 2013 at 6:57 pm

    Sunsari 6 ko please.

    Reply
    1. Salokya says:
      November 7, 2013 at 8:31 pm

      sunsari6

      Reply
  18. xyz says:
    November 7, 2013 at 6:07 pm

    Why everybody asking to see the sample of the ballot paper in their constituency? What a stupid question? If literate internet browsers in Nepal are of this quality, imagine the situation with illiterate villagers? सालोक्य ले कट्टु फुकालेर देखाउला होइ होस् गर!

    Reply
  19. balkrishna pantha says:
    November 7, 2013 at 6:06 pm

    तनहुँ को मतपत्र पुन सकिन छ ?

    Reply
    1. Salokya says:
      November 7, 2013 at 8:32 pm

      tanahu1
      tanahu2
      tanahu3

      Reply
  20. मनोज says:
    November 7, 2013 at 5:25 pm

    ललितपुर २ को हेरम् न

    Reply
    1. Salokya says:
      November 7, 2013 at 8:33 pm

      lalitpur2

      Reply
  21. भोला कोइराला says:
    November 7, 2013 at 4:15 pm

    काठमाण्डौ १० को मतपत्र को नमुना पाउन सकिन्छ कि ..?

    Reply
    1. Salokya says:
      November 7, 2013 at 4:58 pm

      kathmandu0

      Reply
  22. prakash says:
    November 7, 2013 at 2:15 pm

    बाग्लुंग क्षेत्र न. १ को मतपत्र नमुना राख्न मिल्ला ??

    Reply
    1. Salokya says:
      November 7, 2013 at 5:00 pm

      baglung1

      Reply
  23. Nabaraj Sapkota says:
    November 7, 2013 at 2:12 pm

    उदयपुर क्षेत्र न‌. १ को हेर्न पाउन सालोक्य ज्यू

    Reply
    1. Salokya says:
      November 7, 2013 at 5:01 pm

      udaypur1

      Reply
  24. Dhruba says:
    November 7, 2013 at 1:52 pm

    स्यांग्जा को मतपत्र हेर्न मन लागेको छ .

    Reply
  25. pukar says:
    November 7, 2013 at 1:38 pm

    रुकुम १ को पनि मतपत्र दिनुस न है.

    Reply
    1. Salokya says:
      November 7, 2013 at 5:06 pm

      rukum1

      Reply
  26. sabu says:
    November 7, 2013 at 1:20 pm

    मतपत्र मा उम्मेदबारको नाम पनि राख्न सके सुन मा सुगन्ध हुन्थ्यो कि ?

    Reply
    1. Tenzing Gaba says:
      November 7, 2013 at 8:36 pm

      के आउथ्यो सुगन्ध
      धेरै जसो को त् नाम सुन्दा नै थुक-खकार-बान्ता पो आउला जस्तो हुन्छ

      Reply
  27. rimesh pandey says:
    November 7, 2013 at 1:02 pm

    नवलपरासी क्षेत्र नम्बर ३ को पनि हेर्न पाए हुन्थ्यो !

    Reply
    1. Salokya says:
      November 7, 2013 at 5:09 pm

      nawalparasi3

      Reply
  28. Indra Lama says:
    November 7, 2013 at 12:44 pm

    मोरंग क्षेत्र न* ९ को मत पत्र राख्न मिल्छ कि?

    Reply
    1. Salokya says:
      November 7, 2013 at 5:10 pm

      morang9

      Reply
  29. sunil says:
    November 7, 2013 at 12:28 pm

    जस्सले दिन्छ नोट, उशैले पाउछ भोट

    Reply
  30. samrat~ says:
    November 7, 2013 at 12:00 pm

    सबै भन्दा उपयुक्त चुनाब चिन्ह उहिले उहिले रेडियो को advertize मा आउने “एक मोहोर को तिन वोटा” बस्तु हुनु पर्ने 🙂
    बुझ्ने लाइ सुन को माला न बुझ्ने लाइ श्री खण्ड !!

    Reply
  31. बिक्रम नेपालीस्ट says:
    November 7, 2013 at 11:50 am

    तपाईं ६२/६३ सालको आन्दोलनले दिएको जनादेशलाई मान्नु हुन्छ कि हुन्न ? परिवर्तनलाई आत्मसाथ गर्न चाहनु हुन्छ कि हुन्न ? अन्तरआत्माले सोच्नुहोस अनि कसले ति परिवर्तनका अजेण्डाहरुलाई आत्मसाथ गरेका छन् तिनलाई भोट हाल्नुहोस, आगे तपाईको मर्जी !

    Reply
  32. Binamra S says:
    November 7, 2013 at 11:02 am

    धादिंग क्षेत्र न. ३ को मतपत्र नमुना राख्न मिल्ला ??

    Reply
    1. Salokya says:
      November 7, 2013 at 11:29 am

      धादिङ ३

      Reply
  33. Tenzing Gaba says:
    November 7, 2013 at 10:51 am

    यसपटकलाई यस्तै भै गो,
    अर्को पटक चाही मतपत्रमा:
    # स्वस्तिक छाप लगाउने खाली ठाउँ “माइ-संसार” मा जस्तै “रातो र हरियो” ( yes or no ) को प्राबधान हुनु पर्यो
    # रातो र हरियो को जोडफल (sum) नै प्राप्त मत को रूपमा लियिनु पर्यो
    # जसले सबै भन्दा बढी ” NO- रातो ” पाउछ निजलाई कम्तिमा १० बर्ष निर्बाचनमा भाग लिन प्रतिबन्ध लगाउनु पर्यो

    गोरखापत्र भन्दा ठुलो मतपत्र छापेर बेकारमा किन हामीले तिरेको करको दुरुपयोग गर्नु ?

    Reply
    1. xyz says:
      November 7, 2013 at 1:28 pm

      It is simple, 19 November is also World Toilet Day, don’t you need extra large toilet paper?

      Reply
  34. Shankar says:
    November 7, 2013 at 10:34 am

    यो गाइ ,सुर्य चिन्ह हुनेलाई धार्मिक आस्था को अधार मा पनि ५०-६० जति भोट पर्न सक्छ | गाइ देख्ना साथ् ”माते ” भन्दै लम्पसार पर्ने , सुर्य देख्ना साथ् नतमस्तक हुने समाज मा येस्ता चिन्ह वितरण न गरिनु पर्ने |

    Reply
    1. bibek dhakal says:
      November 8, 2013 at 9:00 am

      तपाइले भनेजस्तो हुने भए त ऐले कमल थापा प्रधान मन्त्रि भैराका हुन्थे!

      Reply
  35. रबिन्द्र राज गिरी says:
    November 7, 2013 at 10:10 am

    काठमान्डू क्षेत्र न. ९ को मतपत्रको माथि लेखिएको “पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली” भन्ने वाक्यको अर्थ के हो ? मैले त अर्थ बुझ्न सकिन | के यो सुद्द नेपाली लेखाई हो ? यो त हतारमा अंग्रेजीबाट नेपालीमा रुपान्तरण गरिएको जस्तो लाग्यो |

    Reply
  36. योगेश आदी says:
    November 7, 2013 at 10:01 am

    ३१५ मिलियन जनसंख्या भएको, नेपाल भन्दा ६६ गुणा ठुलो देश अमेरिकामा दुइ दल… २८ मिलियन जनसंख्या भएको नेपालमा १२२ दल ? राजनीतिलाई पेशा ठान्नेहरु बिगबिगी बनेको कठै मेरो देश नेपाल !!

    Reply
    1. Subhash Neupane says:
      November 7, 2013 at 12:23 pm

      अलि बुझेर कुरा गरौँ न हजुर, अमेरिकीमा के दुइ दल मात्रै हो त् ? जित्ने दल पो दुइ दल छन् ! राष्ट्रपतिको निर्बाचनमै भाग लिने ४ दल छन् ! फेरी अमेरिकामा कम्युनिस्ट पार्टी देखि नाजी दल सम्म छन् !

      Reply
  37. xyz says:
    November 7, 2013 at 9:11 am

    याद राख्नुस ४ मंगसिर बिस्वो पैखाना दिवोस (World Toilet Day) पनि हो मतपत्र ठुलो आकार को हुनु जरुरि छ

    Reply
  38. shree basanta says:
    November 7, 2013 at 1:19 am

    मेडियाले यसरि जानकारी गराएको एकदम राम्रो | गाउँ घर तिर डमी (नक्कली) पत्र बनाएर शिक्षित गराउनु
    पर्छ एस्तो बेला जुन समयमा गाँजे माझे धेरै कुरो गर्नु पर्ने हुन्छ | सामान्य मान्छेलाई त गार्हो छ समानुपातिकमा
    धेरै मत बदर हुने सम्भावना छ | अझ कसैलाई पनि भोट हाल्दिन भन्ने कोठा परेको रैनछ | कसैलाई त लाग्ला
    नि यी देश भंडुवालाई हाल्दिन तेही गएर यिनको बिरोध गर्छु भन्ने !!!

    Reply
  39. shreesh thapa says:
    November 6, 2013 at 11:55 pm

    पार्टी पनि कति धेरै कन्फ्युज पो हुन्छ होलाई भोट हाल्नेहरु ….

    Reply
  40. सिर्जने says:
    November 6, 2013 at 11:36 pm

    मतपत्रको आकार येत्रै नै हो भने सानु बाकस भित्र छाप हान्दा छापले किनारामा छुनसक्ने धेरै सम्भावना हुन्छ / समानुपातिक को चुनाब चिन्हहरु ‘चर्खा’, गैडा, ‘पानीजहाज’ हलो, हेलिकोप्टर, गदहा, सलाइको बट्टा, गोरुगाडा, ट्याक्टर, हवाईजहाज, गोरुगाडा, हेर्नुस, छाप हान्ने ठाउ साघुरो छ / तेसरी छोएमा मत बदर हुन्छ होइन र? अल्ली हात काप्ने, बुडापाका, वा आखा कम्जोर हुनेहरुको मत धेरै बदर होला जस्तो पो भो त ……..
    अनि बुथ क्याप्चर गरेर ड्याम कि ड्याम छाप हान्ने लाइ’नि गारो हुने भो ………

    Reply
    1. Rabindra Basnet says:
      November 6, 2013 at 11:43 pm

      त्यसैले त यसपालि जुन चिह्न नजिक छाप हानेको छ, त्यसलाई सदर गर्ने कार्यविधि बनाइँदै गरेको समाचार आएको !

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme