Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

महिला दर्शकको सार्वजनिक माग- राजेश हमालज्यु, हामीलाई तपाईँको सन्तान चाहियो-चाहियो!

Posted on October 29, 2013October 29, 2013 by Salokya

rajesh_hamal
नेपाल साहित्य महोत्सवको अन्तिम दिन हिरो राजेश हमाल ‘सेलिब्रिटिङ राजेश हमाल’ शीर्षकको एक सेसनमा अतिथि थिए। उनले विभिन्न विषयमा आफ्ना स्पष्ट धारणा राखे। दर्शक दीर्घाबाट प्रश्न आउने क्रममा एक महिला दर्शकले सबैको ध्यान तान्ने गरी एउटा प्रश्न सोधिन्। म एउटा छोटो, मिठो, रोमान्टिक प्रश्न सोध्छु भन्दै परिचय नखुलाएकी ती महिलाले अन्त्यमा जोस्सिएर माग गरिन्- राजेश हमाल ज्यु, हामीलाई तपाईँको सन्तान चाहियो-चाहियो, कहिले दिनुहुन्छ? दर्शक सब दङ्ग !
IMG_7090
राजेश हमाललाई विवाह नै गर्न जरुरी नभएको, सबै फ्यान नै उनका जीवन साथीको रुपमा रहेको तर्क गर्दै उनले भनिन्- ‘आजभोलिको लिभिङ टुगेडरको जमानामा बिहे नै गर्नुपर्छ भन्ने पनि छैन।’ तर, पुस्ता हस्तान्तरणको महत्व सुनाउँदै उनले सन्तान माग गरिन्।

यसको जवाफ राजेश हमालले कसरी दिए? सुन्नुस्-

rajesh1
कार्यक्रममा उनले विवाहको बारेमा पनि दार्शनिक जवाफ भन्दै कटु सत्य बोले। उनले भने- “तपाईँ आफ्नो जीवन साथीलाई अङ्गाल्नु हुन्छ भने त्यो तपाईँको आवश्यकता हो। किनकि जीवन जिउन सजिलो छैन। म त के भन्छु भने, अलिकति फिलोसफिकली भन्नुपर्दा, विवाह भन्ने जस्तो ढोङ्गी नाता मानव जातिमा अरु छैन। विवाह भनेको सबैभन्दा ठूलो ढोङ्गी नाता हो। किनकि यदि हामी मनुष्यको आफ्नो वास्तविक चरित्र हेर्छौँ, जो कुनै परम्पराबाट प्रभावित छैन, समाजबाट प्रभावित छैन, संस्कृतिबाट प्रभावित छैन, धर्मबाट प्रभावित छैन, आफ्नै नैतिकताबाट पनि प्रभावित छैन, लाई छाडेर विशुद्ध मनुष्य चरित्रलाई मात्रै हामीले हेर्‍यौँ भने एउटा लोग्नेमान्छे र एउटा स्वास्नीमान्छे आजीवन एकापसमा आकर्षित भएर रहिरहन सक्दैसक्दैन। त्यो असंभव छ।” सुन्नुस् उनकै मुखबाट यो भिडियोमा-

कार्यक्रममा राजेश हमालले राखेका अरु विचारहरु अर्को ब्लगमा राख्नेछु। राजेश हमालको धारणामा तपाईँको विचार के छ ? तल कमेन्टमा लेख्नुहोला।

नेपाल साहित्य महोत्सव २०१३ का अन्य अडियो/भिडियो ब्लगहरु-
जीवन्त जोडीः मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य प्रस्तोताः विजय कुमार
जासुस जति सबै सय किलो माला लगाउनेका (अपराध लेखनः एसएसपी रमेश खरेल)
इन्दिरा जोशीले चोलीको हैन राष्ट्रिय गीत गाउँदा..

52 thoughts on “महिला दर्शकको सार्वजनिक माग- राजेश हमालज्यु, हामीलाई तपाईँको सन्तान चाहियो-चाहियो!”

  1. cRIS says:
    October 31, 2013 at 10:19 am

    रजनीसको चेला जस्तो लाग्यो! youtube मा खोजे पनि पाईन्छ, रजनीसले पनि बिहेलाई ढोंगी भन्याथ्यो|

    मानिस र जनवारमा सायद यहि फरक छ| एक जन्तुले मानबिय बस्त्र लाउन थाले पछि त्यो मानब कहलिन्छ! “मानबिय बस्त्र” भित्र “नैतिक, सामाजिक, सांस्कृतिक, भाषिक, बैज्ञानिक, यान्त्रिक, भौगोलिक, प्राकृतिक, वातरणिय, शाश्त्रिय, धार्मिक, आध्यात्मिक र अनुसासित” इत्यादी हुन्छन| जसमा नाता, सम्बन्धन र मित्रताका डोरीले जोडेर राखेका हुन्छन!

    नत्र त एक जन्तु; यान्त्रिक-जन्तु तिर लम्किरहेको आभाष दिन्छ, मान्छेले| शरीर मरेर जान्छ, मानवता बाँची रहनु पर्दछ| किन कि यो बिशुद्द, अलौकिक र पृथक मानबिय आबिस्कार मरेर गएमा प्रिथ्बीमा जन्तुहरु मात्र बाँकी रहनेछन| #मेरो_बिचार 🙂

    Reply
  2. indra pd thapa says:
    October 31, 2013 at 8:30 am

    बिवाह एउटा सामाजिक सम्बन्ध हो जसले महिला र पुरुष बीच सारीरिक ,भावनात्मक र कानूनी सम्बन्ध कायम राख्दछ साथै उनीहरुबाट जन्मेका सन्तानहरुले सामाजिक तथा कानुनि मान्यता पाउन सक्दछन | जैविक दृष्टिले हेर्दा र सामाजिक दृष्टिले हेर्दा बिवाहको अर्थ फरक हुन सक्दछ |तर समाजमा छाडा यौन सम्बन्धलाई प्रश्रय दिन त भएन नि ‘महा नायक’ ज्यु |

    Reply
  3. bibek dhakal says:
    October 31, 2013 at 7:42 am

    हाहा, ” बारनी स्टइन्सन् ” को फ्यान रैछन बुढा पनि ! असम !!!

    Reply
  4. devendra says:
    October 30, 2013 at 4:57 pm

    …..महानायक को बिल्ला भिर्ने को चै ढोंग हो कि?

    Reply
  5. Tenzing Gaba says:
    October 30, 2013 at 9:46 am

    “महानायक” को हालत त् यस्तो छ भने “आते न पाते” कलाकारहरुको हालत के होला ?
    …….. हरेसै लाग्यो बा !!
    ———————————–
    (suzee जी को शब्द copyright बिना नै प्रयोग गरेको मा माफ पाउ है)

    Reply
  6. योगेश आदी says:
    October 30, 2013 at 8:49 am

    मलाई राजेश हमाल हिरो जस्तै लाग्छ !

    Reply
  7. Rajan Upriti says:
    October 30, 2013 at 7:16 am

    बिहे गर्नु, बच्चा पाउनु व्यक्तिगत इच्छा को कुरा हो | त्यस्ता कुरामा कसैलाई कर काप लाउनु हुंदैन भन्छ आधुनिक समाजले | तर समस्त बिवाहिक सम्बन्धलाई हचुवामा ढोंगी भन्नु चाहिं offensive हो, हमाल भाइको असभ्यता हो |

    Reply
  8. asim says:
    October 30, 2013 at 12:51 am

    राजेश हमालप्रतिको मेरो सम्मान यसपछि अझै बढेको छ| Ayn Rand को दर्शनबाट निकै प्रभावित छन् जस्तो लाग्यो| वहाँको बिचारलाई जिस्काउने, व्यक्तिगत रुपमा गिल्ला हान्ने मित्रहरुलाई Ayn Rand वा अरु liberal दार्शनिकहरुको दर्शन पढ्ने सुझाब दिन चाहान्छु|

    जिन्दगी धेरै छोटो छ, अरुले भने अनुसार बाँच्नको लागि!

    Reply
    1. bibek dhakal says:
      October 31, 2013 at 8:09 am

      ayn rand ले राजेशजी जस्तो विवाहलाई ढोंग भनेको जस्तो चाही मलाइ लागेन है – उनको कुनै फिक्शनमा कुनै पात्र ले भनेको भए थाहा छैन. किनकि र्यान्ड आफै विवाहित थियिन… लिबरल धारणा भनेको ” ढोंगी नाता हो ” भन्नु होइन!!! राजेशजीले बरु “गे मेरिज”, “लिभिङ्ग टूगेदर”, ” सुन्यवाद वा अस्तित्ववाद” को वकालत गरेको भए बरु ठीक छ भन्न सकिन्थ्यो तर विवाहपछि एक अर्का प्रतिको वफादारीलाइ ढोंगको संज्ञा दिएको अलि ठीक लागेन!

      Reply
  9. Hari Prasad Lamichhane-Saudi says:
    October 29, 2013 at 11:40 pm

    म त अचम्मै परे यिनको कुरा सुनेर, जता ततै किन चाहर्नु पर्यो र ? येउतै संग पबित्रताका साथ जीवन बिताउने नि | अर्को अर्को खोज्ने मन भए चाही ढोंगी हुन सक्छ है |

    Reply
  10. Dipendra says:
    October 29, 2013 at 9:31 pm

    कठैबरा राजेश हमाल. कतिलाई सन्तान दिएर सकुन? 😀

    Reply
  11. krishna says:
    October 29, 2013 at 7:17 pm

    अंगुर टिप्न नसक्नेका लागि मात्र अमिलो हुन्छ / प्रकृतिले सिर्जेको प्रकिया जो पुर्खाज्ले अपनाउदै पृथिबीलाइ जिबन्त दिदै आएकोमा त्यसको नकारात्मक भाबना जो कोहिमा आउछ भने त्यो ब्यक्ती असाधारण हुन् … बिहे गरेर घरजम बसाउन र सन्तोषको जीबन बिताउन त्यति सजिलो हुन्न र त्यतिखेर पैसाले काम पनि गर्दैन बरु पैसा नभए चल्छ तर पुरुषमा हुनु पर्ने सक्षमता महत्वोपुर्ण हो .. मैले मेरै आखाले देखेको झाई झ्याइ बाजा ठोकेर बिहे गरेको ३ दिन पछि दुलही गर्दुवा सहित जता बात आकी उतै फर्किन अब आफै बुझ्नोस….मलाइ लाग्छ यतिबेला बैबाहिक जीबन ढोगी हुन् सक्छ कसै कसैलाई !

    Reply
  12. रबिन्द्र राज गिरी says:
    October 29, 2013 at 6:35 pm

    “बिबाह एउटा ढोंगी नाता” हो रे ! राजेस हमाल कसरि “महानायक” बनेछन्, मेरो यो बोधो दिमागले बुझ्नै सकेन | यो त सबैभन्दा ठूलो चुनौती हो मानब सभ्यता र समाजको लागि | यदि “बिबाह ढोंगी नाता” हो भने यसको सहि विकल्प के हो त ? म के बोल्दैछु भन्ने नै उनीलाई ख्याल भएन कि कसो? यो त उनको चुकुल खुस्केकै हो |

    Reply
    1. samip says:
      October 31, 2013 at 4:23 am

      “चुकुल खुस्केकै हो” ! सहि 🙂

      Reply
  13. kedar says:
    October 29, 2013 at 5:50 pm

    प्रायश कलाकारहरुमा येस्ता दार्शनिक बिकृती देखिने गर्छन | हलिउड लाइ नै हेरौं न: गर्लफ्रेन्ड र ब्वाईफ्रेन्ड फेर्दा फेर्दा र बारम्बार बिहे गरेर बिपरित लिङ्गप्रती धित मरिसकेकाहरु भित्र भित्रै समलिंगी भएका समाचारहरु सुन्न पाइन्छन |
    नजिकैको बलिवुडमा कुन स्पिडमा गर्लफ्रेन्ड ब्वाईफ्रेन्ड फेरिन्छन त देखिराखेकै हो र यी पनि पछी गएर हालीवुड नै हुने लहडमा छन् |
    कैयौं बैज्ञानिक तथ्यहरु अनुसार हात्ती बाँदर माछा लगाएतका जनावरहरु त श्रीमान श्रीमती जस्ता भएर पारिवारिक रुपमा जिबन बिताउँछन् भने, उनलाई जन्म दिने, हुर्काउने, पढाउने लेखाउने र येतिसम्म बोल्न सक्ने लायक बनाउने बाबु आमा र परिवारको सम्बन्ध नै ढोंगी थियो त ? उनलाई प्रश्न गर्ने महिला लगाएतका उनका सम्पूर्ण नेपाली फ्यान तेही सम्बन्ध कै उपज हुन्, के ति सबै ढोंगी हुन् त ?
    दर्शन छाट्ने भन्दैमा मानब जातिलाई परिवार, संस्कृति, समाज र परम्पराबाट पर राखेर हेर्न र सोच्न थाल्ने हो भने, उनि सहित सबै मान्छे नाङ्गै हिंडे पनि भयो नि हैन र ? जति पत्र कपडाले छोपे पनी आखिर सबैलाई थाहा छंदैछ नि राजेश हमाल सहित सबै मान्छेका अंग गुप्ताङ्ग के के र कहाँ कहाँ छ भनेर, किन पत्रै पत्र कपडाले छोपेर ढोंगी भएर हिड्नु परो | कपडा लगाउने कुरा पनी परिवार, संस्कृति, समाज र परम्परा भित्रैको संस्कृति होइन र ?
    तेसैले बुढा पाकाले भन्छन नि जतिसुकै जान्ने सुन्ने र ठुलो मान्छे भए पनी “थुतुनो र मु…नो जोगायेस” |

    Reply
  14. nimesh, BKK says:
    October 29, 2013 at 5:43 pm

    कठैबरा !!! राजेश हमालले आफु पनि आफ्ना ढोंगी बाबु आमाको सम्बन्धबाट जन्मेको मात्रै नभनेको ? बिचराले आफ्नो उमेर ढल्के पछिको पिडा पोखेको होला .

    Reply
  15. लछुमन says:
    October 29, 2013 at 5:42 pm

    राजेश हमालको भनाई आफ्नो ठाउँमा ठिक छ|
    कुनै चिन्तकले यसरि व्याख्या गर्न समेत छुटेका छैनन-
    “बिहा भनेको सामाजिक वा कानुनी रुपमा जोडीलाई यौन व्यवहार र सन्तान
    पैदा गर्ने लाइसेन्स हो|”
    प्रचलित भनाई पनि छ| “बनारसका लड्डु खाने वाला भी पछ्ताएगा, नही खाने वाला
    भी पछ्ताएगा”
    तर किन हो मलाई यो भनाई चाहि त्यति मन परेन -“दुध बजारमा पाई हाल्छ, किन गाई पाल्ने झन्झट?”
    राजेशजीले ढोंगीको विशेषण घुसाउदा सामाजिक, धार्मिक, संस्कृति, परम्परा इत्यादि इत्यादि बाट प्रभावित भनेर उल्लेख गर्नुभएको छ, र उनको भनाई पढ्दा त्यो नछुटोस है, नत्र अर्थहीन हुन् जान्छ|
    हाम्रा देशका पण्डित, लेखक, दार्शनिक र चिन्तकहरुले हजारौ पृष्ठमा ब्याख्या गरेर पनि बुझाउन र बुझ्न नसकने कुरो सरल रुपमा राजेशजीले एकै लाइनमा छर्लंग पारेका छन| त्यो उनको bujh

    Reply
  16. suzee says:
    October 29, 2013 at 4:15 pm

    हमाल सम्बन्धि ब्लग हेर्नु भन्दा कमेन्ट हेरेर समय को सदुओअयोग गरे मैले त, ब्लग मा हमाल एकजना को विचार बुझ्थे होला त कमेन्ट हेरेर सबैको (धेरैको ) विचार बुझ्न पाएकोमा बरु मा धन्य भए,

    आते न पाते को फिल्म भन्दा मलाई साधारण मानिस को कमेन्ट रुपी सुख्खा/रुखो साहित्यिक सिर्जना को कदर लाग्छ .

    जय होस्

    Reply
  17. ekraj says:
    October 29, 2013 at 2:59 pm

    यो राजेश हमाल ले के भन्न खेजेको भनेर बुझ्न जरुरि छ| कहीं कतै, मत सधै नया र हरियो घाँस मात्र चर्ने विश्वास गर्ने लै सुकेको घाँस मन पर्दैन भनेको त होइन| तेस्मा कुनै सम्बन्ध नै चैदैना र जिम्मेवारी लिन पनि परेन| यसरी स्थाई सम्बन्ध लाई ढोंगी भनेर उदायो| यस्ता हरुले भै रहेको सामाजिक संजाल मा भुमरी ल्याएर, हिरो बाट खस्केर खल नायेकको सब्द बोल्न लागे जस्तो लागो| उनि सछिकै आफ्नो जीवन मा खल नयेकै छन् कि क्याहो?

    Reply
  18. Nabraj says:
    October 29, 2013 at 1:45 pm

    “उनि ले गर्दा मेरो जिबन मा एस्तो भयो उस्तो भयो, उमङ्ग आयो नौलो किरण आयो, अब चै बिहे गर्छु”, भन्थे, भने पछि अब राजेश को ‘ उनि ‘ संग पनि ब्रेअक भयो जस्तो छ l बस्ताब मा राजेश हमाल फिल्मी मात्र न भयर बौदिक मान्छे पनि हुन्, तै भयर बिहे गरुन वा नगरुन तर उनको प्रतिष्ठा छि बढ्दै जोस सुभकामना !!!

    Reply
  19. shyam says:
    October 29, 2013 at 1:03 pm

    धेरै पढेकाले नपढेका कुरा जान्दैनन् भनेको यहि हो ,

    Reply
  20. Tenzing Gaba says:
    October 29, 2013 at 12:45 pm

    साथीहरुको लागि यो हात …….सलाम हो
    दुश्मनहरुको लागि यो हात …..फलाम हो
    ——————————————
    अब त् शरीरको अरु भाग पनि फलाम नै भैसकेछ……………. कठै !!!

    Reply
    1. Rosham says:
      October 31, 2013 at 3:53 am

      छुर्पी चाही पक्कै भयो होला |

      Reply
  21. madan says:
    October 29, 2013 at 11:41 am

    एकदिन राजेश हमाल ट्याकसीमा घर जादै थियो रे अनि आफ्नो घर पुगे पछि, ट्यासीको मीटरमा एक सय पचास रुपया आयो रे | तर हाम्रो राजेश हमालले पचास रुपया मात्र दिएर गयो रे, अनि ट्याक्सीवालाले पनि केहि न भनि हिड्यो रे | कसरि भयो होला ? विचार गर्नुस त ?
    .
    .
    .
    .
    हाम्रो राजेश हमालले पचास!!! पचास!!! पचास!!! गरेर दिनु भयो रे |

    Reply
  22. Sanu Nepali says:
    October 29, 2013 at 11:34 am

    राजेशजी ले जून नारी र पुरुष को प्रेम सम्बन्ध लाइ ढोंगी भन्नु उहा को गल्ति देखिन्छ . नकारात्मक प्रतिक्रिया हेर्दा नै प्रस्ट हुन्छ . उहा को भनाइ ले गर्दा नै उहा एक खुड्किला तल झरेको जस्तो लग्यो मलाई . लोग्ने पुरुष सधै संगै बस्न सक्दैन भन्ने कुरा गलत छ . सरासर गलत छ . एक जना नारी उसको आमा बाबु संग २०, २५ वर्षा बस्छ . बिहा भए पछि नमरुन्जेल लोग्ने संग हुन्छ . अब को संग लामो समय सम्म बस्छ . लोग्ने संग नै हुन्छ . यसकारण नारी पुरुष बिबाह पछि सधै संगै हुन्छ र हुनु पर्छ .

    Reply
    1. gyan says:
      October 31, 2013 at 8:59 pm

      हरुर ले बरु हमाल जी को कुरा राम्रो संग सुन्नु भएन जस्तो छ

      Reply
  23. saroj says:
    October 29, 2013 at 11:30 am

    अर्को कुरा थप्न पर्दा खेरि, बैबाहिक सम्बन्द ढोंगी चाही पक्कै होइन | किन भने त्यो सम्बन्द भनेको तपाइको जस्तो अकर्सनले मात्र बनेको हुदैन | बैबाहिक सम्बन्द बित्र एउटा विश्वास हुन्छ, आसा हुन्छ, संसार हुन्छ, माया हुन्छ | अकर्सनले बनाएको सम्बन्द ढोंगी नै हुन्छ किन भने अर्कर्सन छनिक मात्र हो तर विश्वास, माया, आदर भनेको सधै हुन्छ र हुन पर्छ |
    अनि अर्को कुरा केटि मान्छेमा पनि भर पर्ने कुरा हो | अब केटि हरु नै नक्कली माया गर्ने, फाइदा उठाउने र ढोंगी नै पर्यो भने कसको के लाग्छ र हमाल जी |
    अब बेलैमा बिबाह गर्नु भएन अनि अहिले यो ४९ वर्षमा आएर तपाईले अर्कर्सित केटि कहाँ बेट्नु हुन्छ र ? तेही पनि नेपालमा ? अब तेही आफु भन्दा १५, २० वर्ष कम केटि बिहे गरे मात्र हो नत्र उही हाम्रो अकर्सित अबिबाहित आन्टीहरु संग बिहे गर्न पर्यो |

    Reply
  24. achut says:
    October 29, 2013 at 11:29 am

    ल !कस्तो विचार (कु विचार)पो रेछ हाम्रो मा’नायक को त छि !संस्कार,संस्कृति,नैतिकता, कानुन ,धार्मिक परिधि र बिकाश ले नै मानिस यो जगत को सर्ब श्रेष्ठ प्राणी मा गनिएको हो/नांगै सडक मा किन नहिड्ने??बलात्कार किन नगर्ने??मानिस किन नमार्ने??आफ्ना सन्तान को माया किन गर्ने??बाबु-आमा लाई सम्मान -माया किन गर्ने??आफ्नो कर्तब्य किन सम्झने??देश,समाज,साथी-भाई नाता-गोता किन भन्ने??…???….लाज-घिन-समाज -कानुन-संकृति- धर्म-नैतिकता-अनुसासन ले गर्दा नै हो अब यो कुरा’नै ढोंगी हो भने त ‘कुकुर’ नांगै हिड्छ,गोरु ले बाटो बाटो मा गोब्रौदै हिड्छ,बोका ले आफ्नै जिउ गनाउने हुनुजेल सु-सु गर्छ……..’राजेश हमाल’ लाई कसले रोकेको छ र????

    Reply
  25. पुष्प says:
    October 29, 2013 at 11:11 am

    यस्ता विचार पस्कनेलाई हिन्दीमा ‘सठियाउनु’ भन्छन् । बुढेसकालले चाँडै नै छोएछ ‘महानायक’लाई । हरेक विषयमा दर्शन घुसाउनु उचित होइन । ती महिलाको माग जायज छ । महानायकलाई बिहे नगरे पनि सन्तानको आवश्यकता । बिहेको सही अर्थ सन्तानबाहेक अरु कसैले बुझाउन सक्दैन ।

    Reply
  26. Bharat says:
    October 29, 2013 at 10:59 am

    प्रेमलाई आफ्नो हिसाबले बुझ्नु उनको स्वत्नत्रता हो । तर सार्वजनिक रुपमा प्रेमलाई यसरी परिभाषित गर्नुले उनको भित्री कुरुपताको पर्दाफाँस भएको छ । सरीर प्राप्ती नै प्रेम हो भन्ने बुझेकाले मानिसको हृदय कहिले बुझ्दैनन । चटारिएको गाइ र मजबुत साँढे सृष्टिको उत्कृष्ट प्रेमी प्रेमिका हुन भने जस्तै भएन र !

    Reply
  27. bp kandel says:
    October 29, 2013 at 10:58 am

    फिल्ममा धेरै जसो नायकको भुमिकामा अभिनय गर्ने मेरै जिल्लावासी अभिनयकर्ता राजेश हमालबाट एउटा महिलाले सोधेको प्रश्न राजेश हमाल ज्यु, हामीलाई तपाईँको सन्तान चाहियो-चाहियो, कहिले दिनुहुन्छ? अर्थात पुस्ताहस्तान्तरण सम्बन्धी विषयको जवाफमा उहाँले फिलोसफिकली भन्नुपर्दा, विवाह भन्ने जस्तो ढोङ्गी नाता मानव जातिमा अरु छैन। विवाह भनेको सबैभन्दा ठूलो ढोङ्गी नाता हो। भन्ने जवाफ दिनु भयो भनेर यस वेभसाईटमा उल्लेख गरिएको सत्य हो भने उहाँलाई मेरा केही सुझावहरू छन
    १) निश्चय नै विवाह ढोङ्गी नाता हो किन भने विवाह साँस्कृतिक बन्धन हो, त्यसैले त फरक फरक सम्प्रदायमा विवाहका फरक फरक तरिका हुन्छन । विवाहसम्म पुग्दै पर्दैन ढोंगी व्यवहारको कुरा गर्नलाई, सँस्कृती मानिसले बनाएको हो न की प्राकृतिक हो । त्यसो हो भने जन्म प्राकृतिक हो जन्मदा नाङ्गै जन्मिइन्छ, जन्मेको धेरै पछि मात्र बस्त्र लगाइन्छ, नलगाउन पनि सकिन्छ अफ्रिकन एउटा कविला समुदायमा कपडाको अझै पनि प्रयोग छैन । अर्थात कपडा लगाउनु सँस्कृती हो र सँस्कृती अनुसार फरक फरक बस्त्रका पहिरन पनि हुन्छन किन राजेश हमालले यस्तो मानिसले चलाएको कपडा लगाउने ढोंगी परम्परा मानेको होला कपडा किन लगाएको होला ? अर्थात साँस्कृतिक प्रचलनलाइ ढोंगी मानेकोमा मेरो कुनै विस्मात होइन की जुन जुन कुरा मानिसका मगजले सृजना भएका छन ती सबै ढोंगी हुन त्यसका पछाडी लाग्नु हुदैन जस्ले मानिसलाइ पथभ्रष्ट गर्छ यो सत्य हो अव रह्यो राजेश हमालको कुरा आफुलाइ सहज हुने सबै कुरा ढोंगी नमान्ने तर आफुलाइ सहज नभएको, आफुसँग नभएको र आफुले नगरेको कुरा ढोंगी मान्ने भन्ने सोचले जहिले पनि आफुलाइ मध्यविन्दुमा राखेर फर्काइएको जवाफ हो यस्तो जवाफले नत आफुले आफुलाइ नढाँटेको ठहर्छ नत साँस्कृतिक वन्धनको रूपमा रहेको समाजले यस्ता कुरा स्वीकार गर्छ । अर्थात सत्य नै भए पनि समाजले पचाउँदैन । म ठोकुवा गरेरे लेखिदिन्छु जव सम्म राजेश हमालले म र मेरो भन्ने भावना भन्दा माथि उठेर कुनै काम गर्दैनन तव सम्म उनको न त विवाह हुन्छ न त उनको कम्युनिकेशन ग्यापको कारणबाट आफ्ना पिताको अन्तिम क्षणमा उनले आफै विगारेको आफ्ना पिताको आत्माले उनलाइ स्वावासी दिन्छ ।

    Reply
  28. Toyannath Dahal says:
    October 29, 2013 at 10:50 am

    एक हिसावले हमाल जीको उत्तरमा म सहमत छु तर अर्को हिसावले ती महिलाको माग पनि त्यति नै जायज छ । हमालको उत्तरमा भन्दा महिलाको पुस्ता हस्तान्तरणको मागमा बढी दम छ । विवाह गरेर वा नगरेर राजेशको सन्तान माग्नु उनका फयानहरुको अधिकार पनि हो । जहाँ सम्म हामीले छाडा छोड्ने सम्बन्ध र सतिजाने सम्बन्धबाट मध्यमार्गि सम्बन्ध खोजेको हो भने पनि विवाहले यौन सम्बन्धलाई अनुसाशित बनाउने भएको हमालको उत्तर पनि बुढो कण्डे भन्ने आरोपबाट भाग्ने तर्क मात्र हो की भन्ने लाग्छ ।

    Reply
  29. कृष्ण भरद्वाज, सिडनी ऑस्ट्रेलिया says:
    October 29, 2013 at 10:44 am

    यो यथार्त हो यसले घोच्छ….
    भावना मा बग्ने काम नरम, मुलायामं हुन्छ तर झुट्टा हुन्छ !!!

    Reply
  30. BIjay says:
    October 29, 2013 at 10:38 am

    के राजेश हमाल को बाबु आमा को सम्बन्ध पनि ढोंगी थियो? यदि थियो भने के आज राजेश हमाल यो संसार मा हुने थियो?

    Reply
  31. Jeevan Thapa says:
    October 29, 2013 at 10:16 am

    सबैले राजेश हमाल ..राजेश हमाल भन्छन मलाई त फिटिक्कै मन पर्दैन है राजेश हमाल को फिल्म …खै कुन जमानामा ज्वाला भन्ने फिल्म हेरे जस्तो लाग्छ!!!

    Reply
    1. bipin says:
      October 29, 2013 at 3:50 pm

      सलमानको फ्यान होला अनि कहाँ बाट मन परोस तनि आफ्नो सेलिब्रेटी के हो चिन्नुस मित्र

      Reply
  32. dhan says:
    October 29, 2013 at 9:50 am

    जता राम्री उतै लम्पट पर्ने प्रबिर्ती राजेस हमालको रहेछ भन्ने त यो भिडियोले पुस्टि गर्छ | नपत्याए हेर्नुस येस्मा http://www.youtube.com/watch?v=cMR_clXo-RE
    मानबिय सम्बन्धलाई सेक्स बाहेक अरु नदेख्नेहरुकै कारण हुन् अहिले को बिकृति गे अनि लेस्बियन | किनकि मानिसले अब बिपरित सेक्स प्रतिको आकर्षण पनि गुमाई सके | बिबाह भनेको खाली लोग्ने स्वास्नीको सेक्स मात्र नभई समाज चलाउने निकाए हो भन्ने नबुझेका र अनुभब नगरेकाले येति हल्का कमेन्ट गर्नु तेती सुहाए जस्तो लागेन | उदाहरण कै लागि एक चोटी पश्चिमी समाजको सामाजिक समस्यालाई हेरे हुनेथ्यो जहाँ बिबाह र डिभोर्स भनेको बच्चाको खेल हो र लोग्ने स्वस्निमा सधै बिस्वासको कमि देख्छौ | तेती धेरै पार्टनर फेर्नेहरुको हाम्रो भन्दा ठुलो समस्या र हामी भन्दा बढी स्वार्थी देखिन्चन |तेसैले पढेका हाम्रा नायकको फिलोसोफी सोझै फेल खायो | येसो कुरो बुझ्दा त मलाई आजकल हाम्रा महा नायेक पो ढोंगी र सेक्सका किरा जस्तो लाग्छन त बा !!

    Reply
    1. Manahari Maharjan, Kirtipur says:
      October 29, 2013 at 10:37 am

      धन जी, अझै बिहा भएन अनि अंगुर अमिलो छ भन्नु परेन ? नत्र बिहे नै नभाको मान्छे ले बैबाहिक नाता ढोंगी हो कसरि भन्न सक्छ?

      Reply
  33. Upaman says:
    October 29, 2013 at 8:47 am

    राजेश हमाल सिनेमाका नायक हुन् । महानायाकै चाही हुन् वा होइनन तैपनि उनका सिनेमा मन पर्ने दर्शकहरुले उनलाई दिएको सम्मान होला त्यो महानायकको पदवी । तर महानायक त्यो हो जो खाली व्यवशायिक रुपमा मात्र होइन कि सामाजिक, पारिबारिक, सास्कृतिक अनि येस्तै येस्तै जीवन र जगत संग सम्बधित क्षेत्रहरुमा एउटा अशल उदाहरनको रुपमा समाजमा प्रतिबिम्बित भै राखेको हुन्छ । राजेश हमाल धेरै हदसम्म यो मानेमा नायक नै हुन् । तर उनि आफैमा शिक्षित अनि व्यवशायिक रुपमा सफल भए पनि उनले उनको पारिबारिक जिम्वेवारी उचित समयमा निभाउन नसकेका हुन् कि ? किनभने जे कुराको पनि समय हुन्छ, त्यो कुरा ठिक तेही समयमा गर्दा मात्र राम्रो हुन्छ । ५० वर्ष काटेर २२ बर्षकी भर्भारौदी तरुनी संग बिहे गरेर मात्र उनको पारिवारिक जिम्वेवारी पुरा हुदैन तेस्बाट पैदा हुने सन्तानको पनि ख्याल राख्नु पर्ने हुन्छ ।

    Reply
  34. बिनोद तिमिल्सिना says:
    October 29, 2013 at 8:06 am

    एउटा लोग्नेमान्छे र एउटा स्वास्नीमान्छे एकापसमा आकर्षित नभएका भए यो लोकमा राजेश हमालको अस्तित्व हुन्थ्यो होला त????

    Reply
    1. इश्वर चन्द्र आर. says:
      October 29, 2013 at 10:00 am

      नेपाली समाज नै ढोंगी छ ! उनले बिबाह गरेको नगरेको या छ छ महिना मा डिभोर्स गरेको त्यो उनको व्यक्तिगत मामिला हो ! उनको सन्तान चाहियो भन्ने – नाजायज प्रस्न लाइ राजेश हमाल ले नि नाजायज तर सभ्य सैली मा दिएछन ! बिहे गर्ने या नगर्ने व्यक्तिगत मामिला मा कसैले जहा जसरि र जुन हालत मा नि अनाबस्यक कुरो उठाउछ भने त्यो मानसिक प्रताडना दिएको नै हुन्छ ! येस्ता लाइ कानुनी कारबाही को प्राबधान हुनुपर्छ !

      Reply
    2. Resham says:
      October 29, 2013 at 11:17 am

      राजेश हमालको लागि सहि जवाफ .

      Reply
  35. Bikash Sharma says:
    October 29, 2013 at 7:42 am

    यसलाई अर्कै किसिमले बुझे कसो होला र ?

    मानौ एकजना बिबाहित पुरुषको आँखा एकदमै रुपवती स्त्रीमा पर्यो भने उसलाई हेरु हेरु लाग्छ कि लाग्दैन ? त्यो बेला मन र मस्तिस्कको सायद ठुलै युद्ध चल्छ होला | मनले हेरु हेरु लाग्छ अनि विभिन्न किसिमको इच्छा जाग्छ तर नैतिकता, धर्म, समाजबाट प्रशिक्षित मस्तिस्कले चाही त्यसो गर्नु राम्रो होइन भनेर अनुसाशित बनाउन खोज्छ | अब यो युद्धमा मनले जित्छ कि मस्तिस्कले भन्ने मात्रै हो |

    “किनकि यदि हामी मनुष्यको आफ्नो वास्तविक चरित्र हेर्छौँ, जो कुनै परम्पराबाट प्रभावित छैन, समाजबाट प्रभावित छैन, संस्कृतिबाट प्रभावित छैन, धर्मबाट प्रभावित छैन, आफ्नै नैतिकताबाट पनि प्रभावित छैन, लाई छाडेर विशुद्ध मनुष्य चरित्रलाई मात्रै हामीले हेर्‍यौँ भने एउटा लोग्नेमान्छे र एउटा स्वास्नीमान्छे आजीवन एकापसमा आकर्षित भएर रहिरहन सक्दैसक्दैन। त्यो असंभव छ।”

    Reply
  36. xyz says:
    October 29, 2013 at 5:41 am

    Let me inform this so called mahanayak that (1) if a woman remains single – the society blames for her bad luck; and (2) if a man remains single – he had sexual problem – either he is hizada or have some deep psychological problem. Mr. Hamal’s denunciation of marital life come from his personal problem. Let me also inform Mr. Hamal that the culture of monogamy can be possible only among birds or egg laying creatures. Because with egg laying creatures, the baby can be taken care by either of the parents. With mammals you need to have a mother to nurse a baby. When will this hizada understands the underlying meaning of nature?

    Reply
    1. Surya says:
      October 30, 2013 at 2:26 pm

      Mr. XYZ. Try to understand meaning of monogamy first. Monogamy means act of entering into a marriage with a single partner. If we define it more scientifically then monogamy is relationship between a single male and a single female partner. Bigamy is at a time relationship with two partners. In western countries there are many partners living together and raising children without getting married. So what Rajesh Hamal said is not about getting a baby or nurturing a baby. He meant that marriage is not a solid base for any continuation of any relationships.

      Reply
  37. saroj says:
    October 29, 2013 at 3:05 am

    राजेश हमाल नेपाली सिनेमाको पहिलो माहा नायक हुनुहुन्छ | नेपाली सिनेमामा प्रसस्त फिल्म खेली सक्नु बाको छ | उहाको पेर्सोनालिटी एउटा हिन्दि फिल्मको नायक संग तुलना गर्दा पनि अलि थोरै भयो जस्तो लाग्छ | बिदेशमा आउदा खेरि बिदेशीहरुलाई यो हाम्रो देशको हेरो हो भनेर चिनौदा, खैरेहरु पनि उहाको अंग्रेजी देखेर छक्क पर्छन र हामीलाई पनि एकदम गौरब लाग्छ | राजेश हमाल एउटा ब्रान्ड भई सकेको छ | अब उहाको एउटा दुनियालाई देखौन लायक को चलचित्र हेर्न पायो भने धेरै आनन्द हुन्थियो |

    Reply
    1. जीवन नेपाली says:
      October 29, 2013 at 12:14 pm

      अंग्रेजी बोलेकोमा गर्ब गर्ने स्वभाव हाम्रो. हामीले अझै पनि आफ्नो दास मनोवृत्ति त्याग्न सकेको छैनौ. राजेश हमाल अंग्रेजी बोलेकोले नेपाल र नेपाली माझ परिचित भएका होइनन.

      Reply
  38. माधब पाण्डे says:
    October 29, 2013 at 2:30 am

    लोग्ने स्वास्नीको संबन्धलाई ढोंगी भनेर हमालले दिएको जवाफ आफैमा अति ढोंगी लाग्यो !

    Reply
  39. shree basanta says:
    October 29, 2013 at 2:21 am

    आफ्नो धारणा होला राजेशजिको एउटा लोग्नेमान्छे र एउटा स्वास्नीमान्छे आजीवन एकापसमा आकर्षित भएर रहिरहन सक्दैसक्दैन र त्यो असम्भव पनि छ भन्छन तर उनको धारणा सृष्टिको नियम बिपरित पनि हो | आफ्नो बैबाहिक जीवन अपुरो र अपूर्ण रह्यो भनेर सार्बजनिक तथ्यमाथि नचाहिदो प्रहार हो | येस्तै विकृतिले गर्दा आज भोलि स्वास्नीमान्छे स्वास्नीमान्छे र लोग्नेमान्छे लोग्नेमान्छे बीचको आकर्षण बढेको हुनु पर्छ | एस्तो प्रवृतिले समाजमा स्थान पाउन लागेको छ लोग्ने स्वास्नीको | सदियौ देखिको बैबाहिक सम्बन्ध र आज भोलिको कृत्रिम सम्बन्ध कुन चाही टिकाउ हुन्छ हेर्न त पर्खनु पर्छ | आफ्नो विकृत मानसिकता बाट उब्जेको विकृत बिचार हो राजेशजिको विवाहलाई सबैभन्दा ठूलो ढोङ्गी नाता देखाउने | अर्को कुरा उनले आफ्नो परिवारमा र वरिपरि बैबाहिक सम्बन्धमा मिठास र सुसंस्कार देखेका रहेनछन |

    Reply
    1. Bikash Shrestha says:
      October 29, 2013 at 11:15 am

      राजेश जी को गलत सोचाई हो . मलाई लाग्छ उहा को सोचाई नै ढोंगी जस्तो लाग्छ . पछिमी सोची विचार को जस्तो लाग्छ .

      Reply
  40. Birkhe says:
    October 29, 2013 at 1:54 am

    अब आएर यो मान्छे मलाई ठिक लाग्न छोड्यो है / नारी पुरुष बीचको प्रेममय सम्बन्ध लाई ढोंगी भन्ने, यो मान्छे चाही अलि ढोंगी जस्तो लाग्यो /

    Reply
  41. kedar says:
    October 29, 2013 at 1:28 am

    छालाको स्वाद चाख्न पल्केकाहरुलाई भावनात्मक र पारिवारिक आनन्द त ढोंगी नै हुन्छ नि /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme