Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बालकृष्ण ढुंगेल कसरी उम्मेदवार?

Posted on October 24, 2013October 24, 2013 by Salokya

dhungel
एमाओवादीले बालकृष्ण ढुंगेललाई खस-आर्यको प्रतिनिधित्व हुने गरी समानुपातिक उम्मेदवार बनाएको छ। अध्यक्ष प्रचण्डद्वारा हस्ताक्षरित एमाओवादी उम्मेदवारको बन्दसूचीको २६५ नम्बरमा ढुंगेलको नाम रहेको छ। ढुंगेल उम्मेदवार बन्न पाउँछन् त ?

नियम अनुसार पाउँदैनन्। बन्दसूचीमा प्रचण्डको हस्ताक्षरमा स्पष्ट रुपमा यस्तो लेखिएको छ-
dhungel1

यसमा प्रचण्डले सबै उम्मेदवार स‌ंविधान सभा निर्वाचन अध्यादेशको दफा १९ अनुसार उम्मेदवार हुन अयोग्य छैनन् भनिएको छ। दफा १९ मा के के छ त ?

dhungel2

दफा १९ को ‘ङ’मा रहेको ‘ज्यान सम्बन्धी मुद्दामा अदालतको अन्तिम फैसलाबाट सर्वस्व सहित जन्मकैद वा जन्मकैदको सजाय पाएको’ व्यक्ति उम्मेदवार हुन योग्य हुँदैनन्।

ढुंगेललाई सर्वोच्च अदालतका न्यायाधीशहरू तपबहादुर मगर र राजेन्द्रप्रसाद कोइरालाको इजलासले २०६६ पुस १९ गते ओखलढुंगास्थित तारबारी गाविसका भुवन भन्ने उज्जनकुमार श्रेष्ठलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। फैसला कार्यान्वयन भने हुन सकेको छैन।

माओवादीले ढुंगेल निर्दोष रहेको जिकिर गर्छ। तर सर्वोच्चले अन्तिम फैसला गरिसकेको हुनाले उनी उम्मेदवार हुन पाउँदैनन्। ढुंगेललाई यसअघि ओखलढुंगा २ बाट प्रत्यक्ष उम्मेदवारै बनाउने तयारी गरिसकिएको थियो। तर न्यायाधीशत्रय गिरिशचन्द्र लाल, सुशीला कार्की र प्रकाश वस्तीको विशेष इजलासले निर्वाचन अध्यादेशको दफा १९ (ङ) बदर गर्न माग गर्दै दायर रिटमा ‘मागबमोजिम अन्तरिम आदेश जारी गर्न नमिल्ने’ फैसला असोज १० मा दिइसकेको छ।

अब के हुन्छ त ?
निर्वाचन आयोगको कार्यक्रम अनुसार उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको उम्मेदवारको योग्यता सम्बन्धमा दावी विरोध गर्न निवेदन दिनका लागि कात्तिक ७ देखि १३ गतेसम्मको समय छ। ढुंगेल लगायत अरु पनि उम्मेदवारको योग्यताबारे प्रश्न भए निवेदन दिइहाल्नुस्। उम्मेदवारको बन्दसूचीमा समावेश उम्मेदवारको योग्यता सम्बन्धी दावी विरोधको निवेदन उपर जाँचवुझ र निर्णय गर्ने समय कात्तिक १४ देखि २० सम्म छ। नाम हटेको सूचना २१ गते प्रकाशन हुनेछ भने अन्तिम बन्दसूची २९ गते प्रकाशन हुनेछ।

45 thoughts on “बालकृष्ण ढुंगेल कसरी उम्मेदवार?”

  1. Pingback: बालकृष्ण ढुंगेलसहित सात उम्मेदवारविरुद्ध उजुरी « Mysansar
  2. chirag nepali bidrum chhetri says:
    October 26, 2013 at 9:36 am

    अप्रासंगिक भए पनि एउटा कुरो: अहिरावण त रावणको भाइ हो, रावणपुत्रहरू:- मेघनाद, योहमोथ्थ, अतिकाय, अक्षयकुमार, देवन्तक, नरन्तक, तृशिर र मन्थ

    Reply
    1. arjun lama says:
      October 26, 2013 at 4:59 pm

      १. गरीबी र अशिक्षाको खेती गरौ,
      क्रान्तिकारि कार्यकर्ता उत्पादन गरौ !
      २. सत्रौ सताब्दी तीर फर्कौ,
      अग्रगमनको यात्रा गरौ ।
      ३. माओबादीको मूल मन्त्र, धम्की, बन्द र
      छाडा तन्त्र ।
      ४. सिध्दान्तको खोल ओढौ, भए भरका संरचना सबै
      तोडौं ।
      ५. आफ्ना छोरा छोरी बिदेशमा पढाऔ,
      जनताका छोराछोरी आपसमा लडाऔ ।
      ६. करोडको काम अरबको कमिसन, पैसा कमाउ
      मोज गर एउटै मात्र मिसन ।
      ७. गाउको झुपडी पार्टीलाई दान, शहरमा महल
      आलिशान ।
      ८. हिसीला मातालाई गड्यौला चढाउ,
      पार्टी भित्र हैसियत बढाउ ।
      ९. शहरलाई गाउ बनाऊ, गाउलाई शहर,
      निरन्तरतामा क्रमभंगता, बुढो गोरूलाई बनाऊ
      बहर ।
      १०.बाहिर बाहिर सुरूङ युद्ध, भित्र भित्र तेल
      मालिस ।
      ११.माओबादीलाई मतदान, आफ्नै
      खुट्टामा बन्चराले हान् ।
      १२.जात जातलाई राज्य बाडौ, वन जोगाउन जंगल
      फाडौ ।
      १३.दूईचार बर्षमा स्वीकारौला गल्ती,
      मौका पाएको बेला भरिहालौ खल्ती ।
      १४.अध्यक्ष लाई हेलिकप्टर, कार्यकर्तालाई पल्सर,
      बाबुरामको कुबुद्दीले देशलाई लागो अल्सर ।
      १५.महलमा काम रिसोर्टमा आराम, चपाउने बैध्य
      देखाउने बाबुराम!!

      Reply
  3. shankar says:
    October 26, 2013 at 12:00 am

    जेठी श्रीमती हुदा हुदै अर्को बिहा गरेर सामाजिक बिचलन ल्याए भनेर उज्जन कुमार श्रेष्ठ लै मारेका हुन् जना युद्ध को नाम मा खस मा निजि दुस्मनी को नाम मा मारे पनि,
    यता प्रचण्ड पुत्र भने स्वास्नी फेर्दै, आफ्नो हुदा हुदा, आफ्नो लै अलपत्र पारेर अर्काकी भगाउने, अनि भाग्ने लाई कंचनपुर को उम्मेदवारी, अनि मार्ने लै समानुपातिक को उम्मेदवारी दिएर पुरस्कृत गर्ने यो खावोबादी प्रचंदेको दोहोरो चरित्र हो,
    फरक छुट्याउनु होस्.
    जुन सुकै बाहन मा नि मान्छे मार्ने, अनि सत्ता कब्जा गर्ने नै प्रचण्ड को एक मात्र उद्यस्य हो,

    Reply
  4. Radheshyam Bogati says:
    October 25, 2013 at 4:09 pm

    कानुन फितलो भो, फासीको सजाय पाउनेले जन्म कैद मात्र पायो, त्यो पनि पुरा हुन पाएको छैन | हामी नेपालीहरु अहिले बिवस छौ तर सधै यस्तो हुदैन | कुनै दिन पापको अन्त अबस्य हुन्छ | धैर्य धारण गरौँ | धैर्यको फल सधै मिठो हुन्छ |

    जय देश जय नेपाल |

    Reply
  5. ram bahadur says:
    October 25, 2013 at 12:11 pm

    कहाँ बाट उठेको हो त्यहाँ को जनताले वोट हाल्न नै हुन्न कुनै पनि पार्टीलाइ…चुनाव बसिह्कर गर्न पर्चा…यो देश मा नेता ले मात्र रमाइलो गर्ने होर..

    Reply
  6. ekraj says:
    October 25, 2013 at 11:44 am

    यो नेपाल क कुयेका स्वघोषित नेताभानौदा को राजनीतिक भ्रस्टाचार, फटाहागिरि; आँफु, पार्टी का भरिबोकने भरिया हरुलाई नियेम र कानुन भन्दा माथि राखेर; उनीहरुले गरेको अपराध मा सजाए भोग्न नपर्ने प्रबिर्टी कायेमै; नेपाल मा कुनै पनि पार्टीले केहि गरेर देखाउने बताबरनै हुदैन|
    कस्तो बिडम्बना जनता लै:
    एमोबदी- ढुंगेल र सापकोटा लागि जोगाउने
    कांग्रेस- खुम बहादुर र कुजता जस्ता भ्रस्ट र चरित्र हिन लै काँध मा बोकेर हिंड्ने
    एमाले- परसुराम बस्नेत र महेश बस्नेत, हरुवा माकुने र फटाहा ओलीहरुकोनै पार्टी बर्चास्ता चल्ने|
    मधेशे पार्टी- सबै भ्रस्ट, डाँका र लुटेरा र देश प्रति बेबफादर

    यस्तालाई पाखा नलागुन्जेल नेपाल मा केहि हुदैन| पाखा लाउने कम छैन धेरै ढिलो भिसाको| विधिको नियेम लगुना नदिने, सबै पार्टी का माथिका तोके फटाहा हरुनै हुन्| यो सबै साबित हुँदा पनि किन इनिहरु जेल मा छैनन् र जनताले दुख पी राखेका छन्?

    Reply
  7. Chandrasurya says:
    October 25, 2013 at 8:11 am

    राज्य संचालन गर्न भन्दा पनि पार्टी संचालन को लागि उमेद्वारको छनोट गरेको जस्तो लग्छ . बक्तिगत कार्यालय संचालन गर्दा पनि यति धरै लापरबाही हुदैन होला. यो चुनाबमा धादली नभएर निस्पक्ष चुनाब हुन पाए यस्ता नौटंकी हरुको तल देखिने थियो .

    जय नेपाल ! यसपाली को चुनाबमा पार्टी संचालन गर्ने नेता होहिन देश संचालन गर्न सक्ने नेताको बिजय होस्.

    Reply
  8. Saroj Rijal says:
    October 25, 2013 at 12:08 am

    दफा १९ (छ) अनुसार त प्रचण्ड लगायत ८०% अयोग्य छन् नि! होइन र?

    Reply
  9. chatur rai says:
    October 24, 2013 at 10:05 pm

    एमाओवादीको पार्टीमा स्पष्ट वा परादर्शिक रुपले हेर्ने हो भने, कुनै नेता निर्दोष छैनन् | अरुले घुस र भ्रस्टचार गरेर खाए ,यिनीहरुले त सिधै जनतालाई नै कुटेर ,लुटेर खाए यसपाली यिनीहरुलाई कहिले नफर्कने गरि जंगलतिर नै खेड्नु पर्दछ |

    Reply
  10. Mohan Pahadi says:
    October 24, 2013 at 8:31 pm

    उही हत्यारा बालकृष्ण ढुंगेल नै हुन् त ? नाम मात्र पो मिल्न गाको हो कि !

    Reply
    1. बेखालाल नेपाल says:
      October 25, 2013 at 12:31 am

      “खस-आर्यको प्रतिनिधि” भने पछि तिनै हुनु पर्छ

      Reply
  11. कृष्ण भारद्वाज says:
    October 24, 2013 at 5:47 pm

    ‘बिग्रेको घरको भत्केको झाय्ल, जता हेर्यो प्वाली प्वाल” — (हाम्रो देश नेपाल)

    Reply
    1. vijay says:
      October 24, 2013 at 11:38 pm

      टाल्नी पनि हो कि प्वाल छ भन्दै रमिता मात्र हेर्नी हो ?

      Reply
  12. Badri says:
    October 24, 2013 at 5:43 pm

    शाशकीय स्वरूप को सम्बन्ध मा काँग्रेस लै यथास्थिति बादी देख्ने हरु ले नेपाल का राजनीतिक दल हरु को पृष्ठभुमि, तिनको दर्शन,अन्तिम अभिस्ट र नेतृत्त्व को चरित्र आदि कुरा को विश्लेषण गर्न नसकेको देखियो /अमेरिका लै हेरेर हुदैन हाम्रो सन्दर्भमा संसद को बहुमत प्राप्त व्यक्ति कार्यकारी PM र सेरोमोनियल राष्ट्र प्रमुख नै सम्भावित अधिनायक बादी बाटो लाई रोक्ने पद्दति हो /

    Reply
  13. Badri says:
    October 24, 2013 at 5:23 pm

    शायद हाम्रो पूर्वीय ग्रन्थ हरु का चरित्र हरु को प्रभाब होला !हामि अशल प्रणाली भन्दा पनि चमत्कारिक व्यक्तित्व को खोजि मा छौ कि जसले यति धेरै शक्ति र क्षमता देखावाश र सब कुरा हामि ले चाहे जसरि ठिक ठाक परि देवश / हामि लाई त्रिलोक जित्ने श्री राम चाहिएको छ अनेक जालझेल र तिकडम का बावजुद पनि महाभारत जित्ने श्री कृष्ण चाहियको छ /अझ हुदा हुँदा अहिले त आफ्नो अभिस्ट पुरागर्न रगत को होलि बाट सत्ता हत्याउने जंग बहादुर वा पराइ को इशारामा दश बर्ष सम्म मुलुक तहश नहाश पार्दै १७८२८ नेपाली ज्यान जाने,१४५२ बेपत्ता हुने,२२८६३ बिस्थापित हुने,९००० महिला को सिन्दुर पुछिने ,५९१२ अपाङ्ग हुने अरबौको देशका संरचना ध्वस्त हुने युद्द का सर्दार प्रचण्ड को चमत्कारिकता ,बिरता र शाहाश ले न पुगेर निर्वाचित हिटलर वा मुशोलिनी खोजि गर्ने हाम्रो अग्र गामी परिवर्तनकारी चाहना बुझी नसक्नु छ /

    Reply
    1. suzee says:
      October 24, 2013 at 8:41 pm

      खतरा को कमेन्ट !!!!

      Reply
  14. Deepak Adhikari says:
    October 24, 2013 at 4:15 pm

    देश दशैको खसी जस्तै भएको छ अनि यी माथिका सभासद्हरु त्यहि खसीको मासुको भाग खानका लागि तोकिएका कंसहरु मात्रै हुन् !! देशको यतिविधि बलात्कार हुँदापनि जनताहरु अझै तेरो र मेरो पार्टी भनेर झन्डा लिएर चुनाबको लागि लडेको देख्दा आँखामा आँसु आँउछ ! देश बिगारेको नेताले होईन बुद्धु जनताले रहेछ !!!!
    दिपक अधिकारी
    जर्मनी

    Reply
  15. Nabin Adhikari says:
    October 24, 2013 at 1:02 pm

    येस्ता हत्याराहरु लाई चुनाब मा हराएमा प्रचंडे हरु को गाला मा ठुलो झापड लाग्ने थीयो||

    Reply
    1. सिर्जने says:
      October 24, 2013 at 10:17 pm

      चुनाब लड्न नगईकन घरपछाडिको दुलो (समानुपातिक) बाट घुस्न खोजेको हुनाले अहिल्यै ठिक पार्नुपर्छ यो हत्यारालाई /

      Reply
    2. bijay says:
      October 24, 2013 at 11:39 pm

      समानुपातिक भनेको चुनाब नलदिकननै सभासद हुने हरु हैन र ? अब यिनीहरुलै कसरि हराउन सकिन्छ र ? बरु प्रचण्डलाइ नै हराउनसके यिनीहरुको बुरुक बुर्रुक उफ्राइ अलि कम हुन्छ / हुन र कांग्रेस र एमालेका उम्मेदवार पनि को नै गतिला छन् र

      Reply
  16. Saroj Dangol says:
    October 24, 2013 at 11:08 am

    यो नेपाल हो नेपाल चोर डाका तथा ज्यानमारा हरु जे पनि गर्न पाउचन !

    Reply
  17. samrat~ says:
    October 24, 2013 at 9:58 am

    प्रचण्ड लाइ म कानुन भन्दा माथि छु भन्ने प्रचण्ड अहम छ. जस्तो उहिले नेपाल को राज परिवार माथि थियो. तेस्ता कानुन माथि छु भनेर अहम गर्ने हरु को हालत त देखि हालियो. अब यो प्रचंडे को हालत पनि समय ले बताउछ.

    Reply
  18. Asshish Rana says:
    October 24, 2013 at 9:50 am

    मावोबादिले ले यश पटक को चुनाब मा बाबु को बिहे को सपना देख्छन जसरि अगाडिको चुनाब मा काँग्रेस र एमालेले देखेका थिए. १ घर परिवार, गाउँ ठाउं शहर देखि राष्ट्र सम्म लुटेका छन् यिनीहरुले. खाली मावो र लेनिनका भासन घोकेर र ठोकेर मात्र हुन्दैन मित्र हो केहि गर्नु पर्छ देश क लागि. पहिला को चुनाबमा सबै भन्दा ठुलो दल भयर पनि कुनै लाचार पाटो नलयको त धेरै नेपाली ले भुलेका छैनन् नि जतिसुकै बालुवाको छारो हाले पनि अब थम्दैना. अरु पनि गतिला पाटी त होइनन तर मावोबादी जस्तो व्यक्त व्यक्ति चै त लुटेका छैनन् हौ. मावोबादी अन्ध मित्र हरुलाई रातो buttom click गर्न स्वागत छ.

    Reply
  19. इश्वर चन्द्र आर. says:
    October 24, 2013 at 9:20 am

    ढुंगेल किन र के का लागि पक्राउ पर्ने ? बेथिति लाइ प्रश्रय हामीले गर्ने – खुमबहादुर जस्ता लाइ १२० किलो को माला हाम्ले लाइदिने अनि ढुंगेल लाइ पक्राउ गर्नुपर्ने भनेर हामि नै भुक्ने ? अदालत समेत को नैतिकता नभएको देश मा अरु लाइ पक्राउ गर्नु पर्ने भनेर हामि कुन नैतिकता ले बोल्न सकेका छोउ ?

    Reply
    1. shiva says:
      October 24, 2013 at 8:01 pm

      इस्वोर जी तपाईं जस्तै कार्यकार्ता पाएर नेपाल मा पार्टी हरुले यो बबनर मच्च्का छन्???सार्बजनिक माध्याम मा एउटा हत्यारालाई किन कारबाही गर्ने त्यो पनि अदालत ले जन्मकैद सुनाको लाइ ..किन कारबाही गर्ने भन लाज लाग्दैन?? तपैन्को घर मा भोलि छोरि भयो भने यो देश मा नियम कानुन की छैन भनेर चुप लागेर बस्नुहुन्छ कि जानुहुन्छा रिपोर्ट गर्न?? न्याय कानुन , सबलाई लाग्नु पर्छ!! एउटा अपराधि भाग्यो भनेर अर्को अपाराधि लाइ कारबाही नगर्ने???

      Reply
    2. Govinda Paudel says:
      October 24, 2013 at 9:02 pm

      त्यो खुम बहादुर ले त कम सेकम अदालत को सजाय त स्वीकार गरे…….मातेको राँगो जस्तो भएर बालकृष्ण झैँ हिडेको त छैन नि

      Reply
      1. इश्वर चन्द्र आर. says:
        October 25, 2013 at 11:56 am

        येति ठुला घघडान साथि हरु लाइ कुरो नबुझेको आक्षेप म तुच्छ जन्तु ले कसरि लाउ र ? ! हामि आफै मानसिक – सामाजिक – पारिवारिक – नैतिक धरातल लाइ आफै ले हत्या गरेका छोउ या ति सबै ले हामि लाइ हत्या गरेका छन् ! तसर्थ हामि पनि ति भन्दा के हि कमि छैनोउ र हामी सम्पूर्ण नेपाली भनौदा हरु को त्यो बोल्ने नैतिक आधार नै भत्किसकेको छ ! त्यो ढुंगेल होस् वा खुमबहादुर होस् ! हेर्दै जानुहोला हामि जति खोके पनि फेरी यिनै लाइ विजय गराएर संबिधान सभा भित्र फुल र दुबो को माला ले हामीले नै भित्रयाउने छुओउ ! एउटा अदालत जसबाट न्याय को अपेक्षा गरिन्छ आज त्येही न्यायलय का न्यायधिस र बरिस्ट वकिल भनाउदा हरु न्याय को ठेली लिएर ठेला मा न्याय बेचिरहेका छन ! तिन ले अरुलाई दिने आदेश कुन न्याय संगत होला र ? सफा टालो ले मैला पुछ्न सक्छ ! जब टालो नै मैला छ भने त्येश ले मैलो पुछ्नु को के अर्थ रहन्छ ?
        यो सन्दर्भ लाइ ढुंगेल संग जोड्ने हो कुरो को मर्म निस्कन्छ !
        तसर्थ नैतिक धरातल बाट पतित् भएका हामीहरु अझै पतित नहोउ !!

        अस्तु : मेरो पहिला को भनाइ को तात्पर्य यत्ति मात्रै थियो !
        अन्त मा : हुदा हुदा ढुंगेल को कार्यकर्ता बनाइदिनु हुने साथि लाइ नि धन्यबाद !

        Reply
    3. ईशान says:
      October 25, 2013 at 12:36 am

      ईश्वर जी,
      कस्तो तर्क हो तपाइको, बुझ्ने नसकिने! एउटा गल्ती भो भनेर सारा जीवन नै गलत बाटो मा लगाउनुपर्ने ? तपाइको कुरो सुन्दा त अब नेपालमा सत्य कुरा बोल्नु र न्याय खोज्नु अनैतिक हुने भो। सेतो लाइ सेतो र कालो लाइ कालो देख्ने/भन्ने नेपाली अझै बाकी छन् देशमा! ढुंगेल ले अपराध गरेका हुन्; र यही कारण उनलाई सजाय दिनुपर्छ। भ्रस्टचारीको पछि लाग्ने भेडा र अपराधीको पछि लाग्ने तपाई जस्तो भेडा नै हो तपाइले भनेको “अनैतिकता”को मुख्य कारण! पहिला आफ्नो “भेडे नैतिकता”को उपचार खोज्नुस अनि अरुको नैतिकता माथि प्रश्न गर्नुस्!

      Reply
      1. इश्वर चन्द्र आर. says:
        October 25, 2013 at 12:04 pm

        कृपया इसान जी,

        तपाई जस्तो ज्ञानी को अगाडी म बोल्नु उही छोटी मुह बडी बात होला ! तर एउटा कुरा याद राख्नु – मेरो लेखाइ को आसय – कुरो ढुंगेल को मात्र नभई – राजस्व झ्वाम बनाउने वकिल – न्यायाधिस सहित को प्रधानमन्त्री खाने प्रधानन्यायधिस देखि लिएर बेथिति फैलाउने सबै लाइ जेल कोच्नु पर्छ अन्यथा – हामीले बोल्ने आवाज होइन भुकाइ मा परिणत हुने छ !

        र अन्त मा जबर्जस्ति ढुंगेल को कार्यकर्ता बनाइदिनु भएको मा नि धन्यबाद छ ! किन कि हामी नेपाली को बैचारिक धरातल कस्तो छ भनेर मलाइ नि थाहा छ !

        Reply
  20. yukta says:
    October 24, 2013 at 9:09 am

    २१ गते नाम हटेको सुचना आए पछि बेईज्जत हुनु अगावै , अहिले नै प्रचण्ड र बाबु राम लाई भो मलाई यो समानुपातिक उम्मेदबार नबनाउनु होला भनि दिए बेस हुने थियो होला !

    Reply
  21. muna says:
    October 24, 2013 at 7:48 am

    हाम्रा प्रचण्ड बा ले हस्ताछार पछि तेस्ता जाबो आदालतको फैसलाको बालै भएननी l

    Reply
  22. Milan says:
    October 24, 2013 at 7:21 am

    सबैले थाहा पाउने सुची लाई किन बन्द सुची भने होला कुन्नी?

    Reply
    1. Tenzing Gaba says:
      October 24, 2013 at 8:41 am

      त्यी List मा भएको सबै जना ” जेल भित्र बन्द गर्न लायक” भएको ले त्येस्लाई बन्द सुची भनेको रे………..!!!!

      Reply
  23. shree basanta says:
    October 24, 2013 at 7:07 am

    हो, अब निर्बाचन आयोगको पनि योग्यताको जांच हुन्छ | नियम पालन गर्नु निर्बाचन आयोगको कर्तब्य हो र यस्ता आपराधिक गतिविधिमा लागेकालाई पाखा लाउनु जरुरि छ येदि पार्टीहरुले पनि निर्बाचन लाई राम्रो उपयोग गर्ने हो भने | बाल कृष्ण ढुंगेललाई सिफारिस गरेर प्रचण्डले ठुलो भुल गरेका हुन् | जनताले भोटको मध्यमबाट जबाफ दिनु पर्छ प्रचण्डलाई पनि | ढुंगेल किन पक्राउ पर्दैनन् र फेरी उमेदबार सम्म हुन् सक्छन भने नेपालको नियम कानूनको ठुलो खिल्ली हो | नियम कानून पार्टीहरुकै पोल्टामा हुन्छ भने जनताको स्थान कहाँ छ दिउसै बत्ति बालेर खोज्नु पर्ने हुन्छ |

    Reply
  24. naba says:
    October 24, 2013 at 6:53 am

    यो त राख्न को लागि राखेको नाम मात्र भयो, यसै पनि ढुंगेल ले सभासद हुन पाँउदैनन, यदि भै हालेछ भने माओवादीले ७५% सिट जित्नु पर्छ, जुन भयो भने कसैले केहि गर्न सक्दैन माओवादी विरुद्ध। उनिहरुकै भाषामा भन्ने हो भने सत्ता कब्जाको स्थिति !!!

    Reply
  25. योगेश आदी says:
    October 24, 2013 at 6:36 am

    मलाई प्रचण्ड १० ओटा टाउकोमा १० थरि अनुहार भएको रावण जस्तै लाग्छ, कुन बेला कुन रुप देखाउँछ पत्तै नहुने !!
    माओबादिले कानूनी राजको धज्जी उडाएको यो पहिलो पटक होइन…

    Reply
    1. Tenzing Gaba says:
      October 24, 2013 at 1:02 pm

      योगेश आदीजी को कमेन्ट पढेर
      रावण ब्रो रिसले मुर्मुरिदै होलान !!!

      Reply
      1. Luna says:
        October 24, 2013 at 4:30 pm

        ~~ 🙂 ~~

        Reply
      2. Shankar says:
        October 24, 2013 at 6:20 pm

        गाबा जी
        रावण ले त् आहिले भ्याउदैन , अहिरावण ले त् पक्कै पढ्छ होला |

        Reply
        1. Tenzing Gaba says:
          October 25, 2013 at 9:57 am

          उनि झन् बिजी छन् होला
          एउटी मात्र भए, पो तीन-तीन वटी छन्

          Reply
      3. राजु says:
        October 24, 2013 at 9:05 pm

        जय होस् !!!
        कहाँ रिसाउनु नि ? , रावण कम्पनी नेपाल शाखा विस्तार र आफु जस्तै अर्को रुप देखेर दङ्ग नि !!!

        Reply
    2. Shankar says:
      October 24, 2013 at 6:18 pm

      संयोग हेर्नुस , दुवै ब्रह्म राक्ष्यास परे |

      Reply
    3. Nik says:
      October 26, 2013 at 1:12 am

      हास्दा हाँस्दा मेरो त पेटै दुख्यो, योगेश जी|

      Reply
    4. गाउँले says:
      October 31, 2013 at 11:02 pm

      नेपालमा राम को पूजा गरेजस्तै south india मा रावण को पूजा गरिन्छ किन कि रावण पनि एउटा विद्वान पण्डित थिए र उनले पनि अफ़्नो परिवार आफन्त मतलब राक्क्षस हरु स्वर्गमा जाउन भनेर राम को हात बाट मर्न को निमित्त तेस्तो जाल रचेका थिए. जो भएपनि मान्छे को खुबी लाइ चै कदर गर्नु पर्छ जस्तो लाग६ प्रचण्ड नै किन नहोस कि कसो मित्र?
      अन्त मा: म कुनै पार्टी को भन्ने भ्रम मा चै नपर्नु होला मित्र हरु 🙂

      Reply

Leave a Reply to कृष्ण भारद्वाज Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme