रिडर्स डाइजेस्ट म्यागेजिनले एउटा गजबको सामाजिक सर्वेक्षण गरेको छ। अलिकति पैसा, परिवारका फोटो र सम्पर्क ठेगानासमेत राखिएको पर्स विश्वका १६ देशका शहरका प्रमुख स्थानमा छाडियो। कुन कुन ठाउँका बासिन्दाले त्यो टिपेर त्यहाँ भएको ठेगानामा सम्पर्क गरी फिर्ता दिए, त्यसैलाई इमान्दारिताको आधार बनाइयो। यो सर्वेक्षणमा नेपालका कुनै पनि शहरलाई समावेश गरिएको थिएन। हाम्रोमा बसमा भेट्टाएको लाखौँ रुपियाँ फिर्ता दिने अनुजा बानियाँ जस्ता ‘बेइमान इमान्दार’ को चर्चा प्रशस्त भए पनि हराएका सामान फिर्ता दिएका केही घटना पनि समाचारमा नआएका भने हैनन्। विदेशी पत्रिकाको यो सर्वेक्षणले सबैभन्दा इमान्दार भने फिन्ल्यान्डको हेल्सिन्कीलाई देखाएको छ। त्यसपछि छिमेकी देश भारतको मुम्बई र हङ्गेरीको बुडापेस्ट देखियो।
हेल्सिन्कीमा गज्जबै भएको रहेछ। त्यहाँ १२ वटा पर्समा ११ वटा फिर्ता भएको रहेछ।
फिनल्यान्डको इमान्दारीबारे चार वर्षअघि साक्षात सुशीलले माइसंसारमा यस्तो लेखेका थिए-
एकदिन म हेल्सिन्कीको माल्मीस्थित प्रहरी थाना जाँदा रेलमा मेरो मोबाइल छुटेछ । फेला पर्ने आशा त थिएन तैपनि साथीको मोबाइलबाट फोन गरेँ । कसैले उठाएनन् । एक छिनपछि हराएको मोबाइलबाट साथीको मोबाइलमा फोन आयो । एउटा केटी सुरुमा फिन्निश र पछि ईंग्लिशमा बोलिन् र भनिन् ” यो मोबाइल रेलमा भेटेको हुँ । लिनको लागि फिल्म टाउन नामको पसलमा आउनू म त्यही छोड्दिन्छु । ” मैले सधन्यवाद हुन्छ भनेँ र गुमिसकेको मोबाइल फिर्ता पाएँ ।
मलाई जस्तै घटना अर्को एक जना नेपाली मित्रलाई पनि परेको रहेछ । बिकेश साप्कोटा (नाम परिवर्तन)को पेन ड्राइभ काइभो पुइस्तो नामको स्थानमा खसेको रहेछ । एउटा फिन्निशले फेला पारेछन र पेन ड्राइभ भित्रको फाइलमा उनको नाम खोजेर फेसबुकमा खोजेर मेसेज पठाएछन्- “पेन ड्राइभ लिन आऊ।”
खै किन हो ? फिन्निशहरु आर्थिक रुपमा सम्पन्न भएर हो अथवा अरुको खानु हुन्न भन्ने चेतना भएर हो । यस्ता यस्ता घटना सुन्न पाइन्छ । आफ्नो केही हरायो भने प्रहरी थानामा आइपुगेको छ कि भनेर बुझ्न गइन्छ।
म्यागेजनिको अक्टोबर अङ्कमा छापिने यो अध्ययनको नतिजामा ठाउँ धनी छ कि गरिबले पर्स फिर्ता हुन्छ कि हुँदैन भन्नेमा कुनै असर नपारेको देखाएको छ। हामीले फिल्म र समाचारहरु हेरेर नकारात्मक छाप बनाएको छिमेकी देश भारतको मुम्बई सहर यो अध्ययनको मामिलामा दोस्रो इमान्दार सहरका रुपमा देखा परेको छ। त्यहाँ राखिएका १२ वटा पर्समध्ये ९ वटा फिर्ता भएछन्। जबकि धनी देश स्विट्जरल्यान्डको ज्युरिचमा १२ मा चार वटा पर्समात्रै फिर्ता भए।
रमाइला रमाइला घटना पनि भएछन् नि। त्यही ज्युरिचमा राखिएको एउटा पर्स एक जना ट्राम ड्राइभरले टिपेछन् र फर्काएनछन्। जबकि त्यहाँको ट्राम सिस्टममा शहरव्यापी हराएको-पाएको (लस्ट एन्ड फाउन्ड) सर्भिस छ।
अझ एउटा अर्को घटना, एक जनाले ठ्याक्कसँग पर्स बाटोमा देखेछन्। ट्याक्कसँग टिपेछन्। त्यसपछि के गरेछन् थाहा छ ? सुटुक्कसँग फ्ल्यास माज्दा गाडी चढेछन् र हुइँय हुइँकिएछन् आफ्नो बाटोतर्फ।
न्युयोर्कको एउटा केटाले पर्सभित्र पैसा भेटाएपछि सिधै पसलमा गएर चुरोट किनेछन्।
आम्सटरडाममा एक जना बूढाले पर्स भेट्टाएका थिए। बूढा त खुइँखुइँ रक्सी पसलतिर पो अघि बढ्छन् त। रिपोर्टरहरु पछि पछि लागे। अनि पो थाहा भयो, बूढाले त पर्समा भएको फोन नम्बरमा फोन गर्न पो त्यो पसलमा गएका रहेछन् त। फोन गरेर बूढाले पर्स फिर्ता दिए।
एउटा मात्र पर्स फिर्ता आएको ठाउँ लिस्बन थियो। तर त्यो फिर्ता दिने पनि त्यही शहरका बासिन्दा भने थिएनन्, नेदरल्यान्डस्बाट छुट्टी मनाउन आएका बूढाबूढीले पो भेट्टाएर फिर्ता गरेका रहेछन्।
तपाईँको पनि माथिका कुनै शहरबारे आफ्नो अनुभव छ कि ? अथवा जुनै ठाउँमा बसे पनि तपाईँको कुनै सामान हराएको र फिर्ता पाएको अनुभव छ ? तल कमेन्टमा बाँड्न सक्नुहुन्छ।
इन्डियनले त मुम्बईमा यस्तो गर्दैछ भन्ने पहिल्यै थाहा पाएर, उ गरेर उ गरिसक्या’थ्यो रे त !!
ठाउँ हेरेर हुन्छ होला सायद …… बेलायत को ब्राआईज नोर्टन एअरपोर्ट मा मेरो $२८००.०० फिर्ता पाएको थिएँ …..
ठाउँ हेरी हुन्छ होला,, ती सर्वेछनको १२ ठाउँ कस्तो थियो भनेर, न्यु योर्कको manhattan मै मेरो एउटा साथीको बोकेर हिडेको छाता काले हप्सी डदेको लप्सीले बढो सानको साथ खोसेर लागे छ,, अब अलि-अलि पैसा संगै पैसा राख्ने झोला भेटाउन्दा एस्तो ठाउँमा कसले फिर्ता गर्छ होला,,
३ टा उदाहारण
१. लगभग ५०/५१ साल तिर को कुरा हो – मेरो बुबा को पर्स सहित ३५००० कोइ एक आफन्त को मा खस्यो . अरु मान्छे पनि थिए. थाह पाएर खोज तलासी गर्दा आधी घन्टामै झ्याम . कहिले नि भेटिएन . आजकल नि सम्झना औंचा – त्यो बेलाको अति नै धेरै रकम हो त्यो .
२. हाल मा क्यानाडामा छु . एक पल्ट स्विमिङ्ग पुल गको, क्यामेरा त्यही छोडेर (प्रतिक्षालयमा) ३ घण्टा स्विमिङ्ग गरीएछ. पछि पो याद आयो – खोजतलास गरेको भेतिएन . आस मारेर स्विम्मिंग हल बाट बाहिर निस्कने बेलामा एसो कुर्ची मा हेरेको त क्यामेरा त्यही पो रच . (मन मन सोचे – धन्न यो ठाउँ मा भारतीय मुलका – भारतीय, बंगाली, श्रीलंकन, पाकिस्तानी – नआउने रैचन भनेर)
३. क्यानाडामै – सुपरस्टोर मा चाबी खसालेछु . पैसा तिर्ने बेलामा पो याद आयो . पैसा तिरेर सामान तेत्तिकै एकातिर थनक्यारे – हिडे चापी खोज्न . आधि घण्टा सम्म खोजेर नभेटेर ग्राहक सेवा केन्द्र मा गको – कसै ले त्यही लएर छोडेको रैछ. फर्केर आउदा मेरो सामान जहाँ को त्यही थियो.
आफु त अहिले सम्म बिदेशतिर त गईएको छैन त्यसैले बिदेशमा पर्श हराउने कुरै भएन तर नेपालमा चाही दुई तिन चोटी हराएको छ । एक चोटि म बनेपाबाट काठमाडौं आउदा गाडिमा पर्स खसेछ र म बसपार्कमा झरिसके पछी खलासीले देखेर कस्को भनेर सोध्दा अर्कै एकजनाले त्यसको हो भनेर लिएर गएछ । एक छिन पछि म त्याँहा पुग्दा मैले खलासीलाई सोधे र खलासीले त्यो मान्छे यहि थियो भनेर खोज्दा त्यो त गायव ……… यस्तो छ नेपालमा
बास्तबमा यो सबै सस्कार को कुरा हो. १० वा बिस हजारले मान्छे धनि हुने होइन. चोरेको सामानले मान्छेले काम नगरी खान पनि पुग्ने होइन. मलाई त लाग्छ हामीले लोवी पापी संस्कार राखे सम्म हराउने र चोर्ने क्रम रही रहन्छ.
मुखे कुरचाई संसार मा खराब मान्छे धेरैनै कम हुन्छन. जहाँ खराब संस्कार छ त्यो खराव संस्कार ले मान्छेलाई खराब बनौचा.
नेपाल मा छदा कसै को ठुलो सामान भेटेको याद छैन . तर US आएर साढे पाच वर्ष मा चार जनाको सामान फर्काको छु.
कलेज पढ्दा, एक दिन लाइब्रेरी जादै थिए. पार्किंग लटमा एउटा ब्रान्ड न्यु iphone भेटे. स्क्रीन लक् पनि रहेनछ. लाइब्रेरी पुगेर फोन खोले र इमेल पत्ता लगाए, र इमेल गरे. मेरै apartment को नजिकै बस्ने एउटी गोरी को रैछ. भोलि पल्ट मेरो कोठामा आएर फोन लागि.
दोश्रो पल्ट, एक दिन बिहान दौडने क्रममा apartment बाट बाहिर निस्केर पार्किंग लट मा हिड्दै थिए, एउटा कार को passenger साइड मा एउटा Kindle fire थिओ. कोठा मा फर्केर गएर एउटा चिटमा मेरो सम्पर्क इमेल र चिट लेख्नु को कारण लेखेर छोडे. एउटा इथियोपिया कि महिला को रैछ. २ दिन पछि सम्पर्क भयो, र फिर्ता दिए.
फेरि, एक पटक walmart गा को थिए, एउटा गूगल फोन भेटे पार्किंग लट मा. एक छिन मा एउटा फोन आयो, मा साथीको को मा जादै थिय, साथीको मा नै फोन धनि आएर लागे .
अर्को पटक, चिठी check गर्न apartment भित्रै को हुलाक घर जादै थिए. Amazon .com बाट मैले नचिनेको नेपालीको नाम मा आको एउटा प्याकेज लावारिस लडी र थ्यो. मलाइ त्यो उठाउ कि न उठाउ भो. नेपाली को नाम देखेर उठाए. ३० मिनेट खोज्दा पनि त्यो ठेगाना भेटिन. पछि राम्रो संग ठेगाना पढ्दा था भो त्यो mero बाटो परि पट्टि रैछ . साथीको कोठाको ढोकामा एउटा चिट छोडे, साथीले बेलुका फोन गरेर सामान लिगेर गए.
मलाइ पनि अमेरिका मा कसैले निकै ठुलो गुन लागाको छ.महिना दिन मा नै आउनु पर्ने हरियो पत्ता १२ महिना मा नि आएन. USCIS ले “तेरो कुनै रेकर्ड नै छैन, कसरि आइस अमेरिका भन्छ . ” तर पासपोर्ट मा भाको छापको आधार मा USCIS ले हरियो पत्ता को काम बढाई रा थ्यो, एकदिन USCIS कै San Antonio office मा पासपोर्ट हराएछु. निकै आपत मा परे. मसंग म अमेरिका मा लिगल्ली छु भन्ने ठोस प्रमाण नै थिएन . तर तेस्त्रो दिनमा पासपोर्ट भेट्ने कसैले त्यही office मा फिर्ता दिए छन्. त्यो व्यक्ति जो भए पनि धेरै धेरै साधुबाद.
नेपाल मा छदा कसै को ठुलो सामान भेटेको याद छैन . तर US आएर साढे पाच वर्ष मा चार जनाको सामान फर्काको छु.
कलेज पढ्दा, एक दिन लाइब्रेरी जादै थिए. पार्किंग लटमा एउटा ब्रान्ड न्यु iphone भेटे. स्क्रीन लक् पनि रहेनछ. लाइब्रेरी पुगेर फोन खोले र इमेल पत्ता लगाए, र इमेल गरे. मेरै apartment को नजिकै बस्ने एउटी गोरी को रैछ. भोलि पल्ट मेरो कोठामा आएर फोन लागि.
दोश्रो पल्ट, एक दिन बिहान दौडने क्रममा apartment बाट बाहिर निस्केर पार्किंग लट मा हिड्दै थिए, एउटा कार को passenger साइड मा एउटा Kindle fire थिओ. कोठा मा फर्केर गएर एउटा चिटमा मेरो सम्पर्क इमेल र चिट लेख्नु को कारण लेखेर छोडे. एउटा इथियोपिया कि महिला को रैछ. २ दिन पछि सम्पर्क भयो, र फिर्ता दिए.
फेरि, एक पटक walmart गा को थिए, एउटा गूगल फोन भेटे पार्किंग लट मा. एक छिन मा एउटा फोन आयो, मा साथीको को मा जादै थिय, साथीको मा नै फोन धनि आएर लागे .
अर्को पटक, चिठी check गर्न apartment भित्रै को हुलाक घर जादै थिए. Amazon .com बाट मैले नचिनेको नेपालीको नाम मा आको एउटा प्याकेज लावारिस लडी र थ्यो. मलाइ त्यो उठाउ कि न उठाउ भो. नेपाली को नाम देखेर utha
हिजो को कुरा हो (२४/०९/२०१३) म सिटी मा गाडी पार्किंग गरेर काम मा जादै गर्दा एउटा महिला ले पछाडी बाट मज्जा ले मलाई तान्नु भयो . she told me , I was calling you from long time , you drooped your parking ticket , I am sorry , I garbed your T-shirt
हिजो म सग पार्किंग ticket नभयको भए Maximum hour parking $३५ तिर्नु पर्थ्यो !
Place: Hobart, Tasmania , Australia .
लास्ट वर्ष मा नेपाल मा गएको थिए मिक्रो बस मा मेरो छेउमा बस्ने बदमास केटा ले मेरो पाकेट बाट iphone छोरि गरेछ दस मिनेट पछि मेरो नम्बेर मा फोन गरेको फोन बन्द होसियार काठमाडौँ मा
अमेरिका आउन भनि घरबाट औपचारिक रुपमा बिदावारी भएर भरतपुर बाट अग्नि यातायातको बस मा दाजु भाइ चढ्यौ . हातमा एउटा हाते ब्याग र अरु २/३ ओटा ठुला ब्यागहरु थिय. सानो ब्याग मा २/3 थान जिन्स प्यान्ट, २/3 ओट टि-सर्ट, चार/पाच (अहिले ठयाक्कै याद भएन) हजार नगद, अनि पासपोर्ट र प्लेन टिकट बाहेकको महत्वपुर्ण कागजात थियो. पासपोर्ट र टिकट एउटा ठुलो ब्याग मा राखेको थिए. धेरै झोला हरु भएकोले सानो चाहि सिट माथि को लगेज राख्ने ठाउमा राखेको थिए. झर्ने बेलामा ध्यान जति पासपोर्ट र टिकट मा मात्रै परेछ. माथिको सानो झोलो त दाजु भाइ नै बिर्सेछौ. किर्तिपुर पुगेर सामान सबै राखे पछि मात्रै सानो झोलाको याद आयो.
अनि अग्नि यातायातलाई कलंकी अफिसको नम्बरमा फोन गरे. बस त नगढुङ्गाको ग्यारेज पुगिसकेछ. किर्तिपुर बाट कुद्दै नागढुङ्गा पुगे. बसको खलासी एउटा सानो भाइ थिए. उसलाई ग्यारेज मै भेटे. त्यो भाइले मलाई चिनिहाले र भने “दाइ, तपाइको ब्याग म संग छ. मैले केहि पनि निकालेको छैन.” भन्दै एउटा झुपडी जस्तो चिया पसलबाट ब्याग निकालेर आए. सबै समान रैछ ब्याग भित्र.
मेरो ब्यागमा कम्तिमा पनि दस हजार को समान (नगद र जिन्सी गरेर) थ्यो होला. मलाइ सामान फिर्ता पाउछु भन्ने रति भर विश्वास थिएन. तर सबै समान जस्ता को तस्तै देख्दा त्यो भाइ प्रति निकै सम्मान जाग्यो. अलि कति पैसा दिन खोजेको मानेन. मसंग २ देखि ३ सय ( अहिले याद आएन) चानचुन रकम थियो, सबै दिए. तर “येति धेरै पैसा त लिनुहुन्न दाइ” भन्दै उ लिन मान्दैन.
अन्त्यमा “मलाई तिमीले दाइ भनेको छौ. त्यसैले दाइले भाइ लाइ एउटा टि-सर्ट किन्न दे को पैसा सम्झेर लिग” भनेर थमाए.
इमान्दारिताको कुरा गर्दा मलाइ त्यै भाइको याद आउछ.
म एकदिन कामबाट फर्कदै थिए, बसको सिट को कुनातिर एउटा लेडिज पर्स भेटे खोले हेरे, बैंक कार्ड त्यो पनि थरीथरी का, driving licence , फोटो,केहि पैसा, थुप्रै सदस्यता कार्ड ले भरिएको थियो, driver लाइ दिउ! पाउने ले पाउला नपाउला भन्ने लाग्यो, आफै संगै लिए अनि फेसबुक मा खोजे, कस्तो संयोग ठ्याक्कै उही मुहार को केटि भेटे, मेसेज पठाए, जवाफ आएन, भोलि पल्ट बैंक मा गए, फोन गरिदिन आग्रह गरे, कुरा भयो, कुनै ठाउ मा भेट्ने ठेगान भयो, भेट भयो दिए, खुसि ले गद्गद् थि ऊ. नेपाली को नाम राखे जस्तै लग्यो, मन को शान्ति मिल्यो.
नेपाली हरु पनि धेरै होनेस्त हुन्छन येस्तै ८ वर्ष aagadi मेरो सम्सुंग को फोन bike चलाउदा कलंकी मा खसेको रहेछ त्यो पनि राम्रू खल को २५००० त्यो बेलामा नै पछि घर आउदा पो taha भयॊ फोन त हराए छ हतार हतार मैले मेरो no मा फोन garee यौटा सज्जन बक्क्ति ले फोन उठाउनु भयॊ मैले उहा लै यो मेरो फोन भने उहा दिन ready हुनु भयॊ मलाई उहा लै कलंकी चोक मा भेट्न बोलाउनु भयॊ र फोन दिनु भयॊ तेस्को बपद मैले १००० रुपिया दिए but उहा ले लिनु भएन so मा आजपनि त्यो महा पुरुष लै थान्क यौ भन्न चाहन्छु
मेरो एउटा सानो सस्तोखालको फ्लिपफोन ललितपुरको पार्कमा खासालेछु. फोन गरे कसैले उठाउदैंन, एक किसिमले मैले फिर्ता पाउने आशा त्यागी दिए भने पनि हुन्छा. तर कता हो कता कसैले फोन गर्छ कि भनेर आशा पनि लाग्थ्यो. साच्चीनै एकछिन पछि जहाँबाट फोन गरेको थिए त्यहि फोनमा एउटा कल आयो, अनि एउटा युबकले बाटोमा हिडेकी एउटा महिलाले फोन भेटेको तर चलाउन नआउने भएकोले रिङ्ग बज्दा पनि फोन उठाउन नमिलेको, अनि उनले सहयोग गरेको भनेर बताए, मैले दुवैलाइ पार्कमा बोलाएर धन्यबाद सहित केहि पुरस्कार पनि दिए. सार्है खुशी लाग्यो उनीहरुको इमान्दारिता देखेर ! नेपालमा अझ पनि इमादार मान्छेको कमी छैन.
मुम्बई दोस्रो इमान्दार शहर भनिएकामा मलाई पनि चित्त बुझेन।मैले धेरै पहिले सुनेको यथार्थ(?) घटनालाई शेयर गर्न मन लाग्यो–एक जना नेपालीले १० हजार बोकेर त्यसबेलाको बम्बै गएको रेलमा पकेटमारले पछ्याउन थालेछ तर तुरुन्तै पकेट मार्न नसक्ने भएपछि र पछ्याउँन झ्याउ लागेर होला बीचबाटामा पुगेपछि बम्बैतिरकै पकेटमारालाई जिम्मा लगाउँदै उसले भनेछ-“यस मान्छेसँग १० हजार रुपियाँ छ; मलाई दुइहजार दे,तँ नै यसको पछाडि लाग” बम्बैवालाले दुइ हजारमा त्यस नेपालीलाई किनेर पछाडि लागेछ।तर नेपाली साह्रै चलाख भएकाले बम्बै पुगुन्जेल पनि पकेटमाराले पैसा हत्याउन सकेन।अनि हतास भएर तर धम्कीपूर्ण भाषामा पकेटमाराले भनेछ-“तपाईसँग १० हजार रुपियाँ छ; मैले तपाईलाई दुइ हजारमा किनेको छु;दिने भए तीन हजार दिनुस् नत्रभने सबै लुट्छु।” नेपालीले-” मेरो पैसा तँलाई किन दिने? ल लुट्त पुलिस बोलाउँछु” भनेर हल्ला खल्लागर्न थालेपछि पकेटमारा भागेको थियो रे । यस्तो बम्बै ‘मुम्बै’ भएपछि सुध्रेको भए कुन्नि नत्र …..!
हामी कलेज पढ्दा इंडिया टुर मा सन् १९९६ मा बम्बै (मुम्बई) पुगेका थियौ / हाम्रै एक जना साथीको ३,००० रुपया भा रु बाटोमा हिड्दा हिड्दै लुटिएको थियो, दिउसै, त्यो पनि धेरै टुरिस्ट हुने बजारमा / अहिले मुम्बई २ नम्बर मा भने’सी मुम्बई ले पर्गती गरेछ / दुइ नम्बरी जो परे ……..
फेरि सन् १९९८ मा चिन जादा बजारमा समान किन्दै गर्दा मेरो पर्स हरायो (वा चोरि भयो?) प्रहरीलाइ खवर गरे, तर भेटिएन (भेटिने आशा थिएन पनि) / अहिले चिन कति नम्बरमा पर्दो हो खुल्दुली छ मलाइ / रिडर्स डाइजेस्ट संग अरु १२ वटा पर्स छन् भने पुरै चिन भरि छर्न भनुम न साथिहो!
मलाइ रिडर्स डाइजेस्ट भन्ने पत्रिका नेपाल को युबामंच जस्तै लाग्छ, तपाईहरुले दुइटै पढ़नुभा’को छ भने बुझ्नुभो होला मैले भन्न खोजेको कुरा / कुरो बुझ्नुमा छ क्या …….
स्कुलमा हुँदा एक दिन बाटोमा कुनै एक जनाको परिचय पत्र भेटेको थिए । मेरो स्कुल नजिक हुलाक भएकोले मैले त्यही परिचय पत्रमा भएको ठेगानामा पठाइ दिएको थिए । पछी ठुलो भये पछी पो लाग्यो जाबो काम गर्ने ठाउँको परिचय पत्र त जती नि बनाउन सक्दो रहेछ 🙂
कुरा ३/४ वर्ष अगाडी को कुरा हो मा नेपाल बाट छुट्टी सकेर दुवै जादा , एरपोर्ट मा पुगेर पठान को taxi मा आफ्नो रूम जाँदा मेरो dell को कम्प्युटर पछाडी सिट मा छुट्यो र मसंगै एक जना सेक्युरिटी दै पनि हामी सेर गरेर आएका थियेउ. मा पहिले उत्रे अनि दै आफ्नो बस्ने ठाउँ तिर तेही लाग्नु भो , पछि पो थाहा पाए मेरो कम्प्युटर त छुट्यो , अब के गर्ने? म वोली पल्ट एरपोर्ट मा गएर फेरी खोजे तर एउटा taxi driver ले हामीलाई चिन्यो किनकि हामीले त्यो taxi महँगो भएर त्यो पठान को taxi लिएको थियेउ. उसले द्रिवर को नाम र नुम्बेर दियो , फोन गरे पछि उसले भन्यो त्यो पछादि सिट मा बस्ने ले दिन्छु भनेर लिएको थियो . एक महिना सम्म पठन को मोबाइल अफ्फ़ . पाकिस्तान गएको रहेछ फेरी फोन गरे उठ्यो अनि उसले मलाई त्यो नेपाली लाइ drop गरेको ठाउँ मा लगेर देखायो ( मैले नचिनेको नेपाली).
त्यो सेकुरिटी हरु बस्ने आवश रहेछ. पछि गएर सोध्दा छैन पठन ले झुट बोलेको भन्नु भयो . किनकि पथ taxi मा थियो , मैले उसलाई बोलाए , taxi driver ले नेपाली दाईलै चिन्यो तर दाइले चिनेन.
आँखिर taxi driver ले धम्कि दियो येदि छैन भने मा पुलिस लै इन्फोर्म गर्छु भन्यो. नेपाली देले मलाई नेपाली मा भनि हाल्नु भो भाइ मैले त्यो कम्प्युटर बेची दि सके बरु मा त्यो पैसा तपाइलाई दिन्छु एस्लाई पठाई दिनुस भन्नु भो. मैले ल दाई हुन्छा भनेर taxi driver लै पैसा दिएर पठाए भाडा .
कुरा त के पैसा अहिले सम्म पाको छैन.
जे होस् दुख लग्यो तर मेरो आमा को भिडिओ थियो , (आज हुनुहुन्न ) दुख लाग्दा हेर्न मन लग्छ तर हेर्न पौदीना …
money is not everything,
but its something,
you cant buy happiness by money
but you can buy the things that makes you happy.
that’s why integrity is attitude , its may be nothing for who founds it but it was my emotional attachment with my AAMA.
माथि उल्लेखित शहर हरु त होइन तर अमेरिकाको मायामी शहरका बारेमा मेरो एउटा अनुभब छ | सन् २००८ को अगष्ट महिनाको कुरा हो | म भर्खर अमेरिका गएको थिए | अग्ला अग्ला नरिवल का रुख हरुले मायामिको आकासलाई उचालिरहेका थिए | उत्ताउलो गर्मि थियो | आन्ध्र महासागर को चिसो पानीमा डुबुल्की मारेर त्यो गर्मीलाई जबाफ दिने लालसा थियो | हामि गाडी मा हुइकिदैथियौ मायामी बीच तिर | बाटोमा एउटा ढाट थियो | त्यहाँ पैसा तिर्नु पर्दो रहेछ | पैसा तिर्ने क्रममा एउटा १० डलर को नोट बाहिर खसेछ भुइमा | भरे फर्केर त्यहि बाटो आइयो | अलिक पर एकजना मानिस हस्याङ्ग फस्यांग गर्दै हामि तिरै दौडिरहेको देखियो | हामीले गाडीको गति कम गर्यौ | उनले १० डलरको नोट हामीतिर दिदै आफुले अघि नै त्यो पैसा दिन गाडी लाई निकै बेर पछ्याएको तर हामीले नदेखिकन अघि बढे पछि ४ घण्टा सम्म पर्खेर बसेको बताएपछि उनको इमान्दारिता प्रति हामि नतमस्तक भयौ
म चाही सुन्धाराकै कुरा गर्न मनलाग्यो किनकि यहाँ जिन्दगीमा बिर्सनै नसक्ने घटना भएको छ| कुरा ५० साल तिरको हो| म पोखरामा कम गर्थे| काठमाडौँबाट बिहे गरेर श्रीमती सहित केहि समान (दुइ चार पोका) लिएर त्यसबेलाको बेलुकीको साझा चडेर पोखरा जादै थिए| थानकोट पुगेपछि टिकट देखाउना खल्ती छाम्दा टिकट सहितको पर्स गायब, कहिले पकेटमारले खल्ती साफ बनाई सकेछ| कन्डक्टर ले उसको लग्बुक्मा नाम भएकोले त्यति किचकिच गरेन| मुग्लिनमा सबै खान खान ओर्लिए| आफुसंग त फुटेको कौडी बाकी थिएन| चिसो हावा खान भनेर बाहिर निस्कियौ दुवै| म बगरमा बस्थे| बस महेन्द्रपुल हुलाकमा डाक बुझाएर बाग्लुंग बसपार्कमा जान्थ्यो | महेन्द्रपुलमा ओर्लिनु पर्यो भनेको त कन्डक्टरको सामानको भाडा दे भन्दै सारै नराम्रो बोलि सुन्नु पर्यो| पर्स हराएको तपैल्लाई थाहा छ नि भन्दा नाटक गर्छस भने| यति बेलासम्म दुलही चाही रोडको छेउमा बसेर रुन थाली सकिन| मेरो अझै समस्या सकिएको थिएन| समान बोक्ने मान्छे खोज्नु थियो| बस रोकिएपछि भरिबोक्नेको भिड त थियो नै| केहि संग कुरा गरे| एउटा बुडा-बुडा जस्ता दाईले मान्ने भैसकेको थिए समान पुर्याएर पैसा लिन, अरु चाही उनलाई भद्कौछन त| बल्लबल्ल माने| बाटोमा गफ गर्दै जाऊ भनेर मलाई किन विश्वास गर्नु नभएको; म पुगेर अरु संग मागेर भएनी दि हाल्छु नि भनेको त झन् म यहि बाट फर्किन्छु भन्दै रिसौछां| फेरी सम्झाए| मेरो डेरामा जान एउटा hair सैलुन भएको बाटोबाट छिर्नु पर्थ्यो| उनीलाई त्यहींको ठकुर संग केहि पैसा मागेर दिएँ तुरुन्तै| ठाकुरले आदर गरेको देखे पछि अनि बल्ल नरम भएर कुरा गरे| यो मेरो देसको संस्कार यस्तो छ| खै कहिले हेलसिन्की बन्ने होला हाम्रो नेपाल?
A local Norwegian bank decided to test the honesty of Oslo residents by dropping 10 wallets full of cash and credit cards around the capital last autumn. All 10 of them were returned intact.
http://www.newsinenglish.no/2012/01/05/oslo-residents-pass-an-honesty-test/
सवैले सुनाए म के सुनाउ त !
म र एकजना साथी घुम्न निस्केका थियौं । मैले साथीलाई चुईंगम खान दिएँ । साथीले चुईंगम मुखमा हालेर भुत्ला भूईंमा फ्याँकेछ, पछाडि एकजना केटी हाम्रै पछिपछि आईरहेकी रहिछे । उसले जापानी भाषामा तपाईहरूको सामान खस्यो भनेर साथीले फालेको चुईंगमको भुत्ला टिपेर ल्याएर दिई हामी साथी र म एकआपसमा हेराहेर भयौं ।
लम्जुङ्ग घर भइ हाल गोंगबु को आत्मज्ञान को भबन नजिकै पसल गरेर बस्ने अर्जुन कार्की नाम को दाई ले मेरो घर बाट आउँदा नौबिसे मा खसेको पर्स फिर्ता गरेर मलाई ठुलो गुन लगाउनु भएको छ / अर्जुनदाई ले पर्स फिर्ता नगर्नु भएको भए मेरो दुइ तिन हजार पैसा त ठुलो कुरो भएन , मलाई लाइसेन्स र तिन वटा ए टि एम कार्ड बनाउन निकै झन्झट हुन्थ्यो / यो कमेन्ट पढ्ने कोहि मित्रले वहाँ लाई चिन्नु हुन्छ भने फेरी मेरो कृतज्ञता सुनाईदिनुहोला /
दश वर्षे द्वन्द काल ताकाको कुरो हो l दिउँसो १२ बजे तिर पानीपोखरी महाराजगंज पेट्रोल पम्पमा मोटर साइकलमा पेट्रोल भरेर ठमेलमा रहेको कार्यलसम्म जादा मेरो वालेट छैन l जिउ नै गलेर आयो l वालेटमा नागरिकता (जसको प्रतिलिपि लिन ओखलढुंगा जानु पर्थ्यो), सवारीचालक अनुमति पत्र, अमेरिकन डलर ८०० जति र नेपाली रुपैया पनि ३/४ हजार जति र परिचय पत्र थियो l तुरुन्त फर्केर पेट्रोल पम्प सम्म गएँ l पेट्रोल पम्पका कर्मचारीलाई सोधें पम्प छेउ छाउ खसेछ कि भनेर के खस्थ्यो l
पैसो भने पछि महादेव को त तिन नेत्र, भेटे पनि कसले देला र भेने l ब्यस्त समयको बेलामा नागरिकता र लाइसेन्स बनाउने झंजत दिमाग भरि आइरह्यो l भोलि पल्ट बिहान मोबाइलमा अपरिचित व्यक्तिको फोन आयो तपाइको नाम फलाना हो ? मैले हो भने पछि तपाइको केहि समान हराको छ भनेर सोधे l मैले हराको समान र समयको बेली विस्तार लगाए पछि भने ” हेर्नुस म बिसेष प्रहरीको असई फलानो हु l तपाइको वालेट मैले भारतीय दुतावास जाने बाटोमा फोहर फाल्ने छेउमा पाए, त्यसमा नागरिकता, लाइसेन्स र परिचय पत्र रहेछ तर तपाइले भनेको जस्तो डलर र रुपैया केहि थिएन l नागरिकता, लाइसेन्स परिचय पत्र तपाइको लागि महत्वपुर्ण भएकोले भोलि बिहान म तपाइको कार्यालयमा दिन आउछु , मलाई यसो हेरिदिनु पर्छ” भन्यो l परेन फसाद l वालेटमा भाको $८००+ , नेपाली रुपैया त लग्यो लग्यो अझ हेरिदिनु पर्छ भन्यो (नगद जति झिकेर फालेको वालेट मात्र त पक्कै भेटको हैन होला ) l ल हुन्छ भन्दिए l
भोलिपल्ट बिहान आएर बिसेष प्रहरीको असई साबले वालेट दिए , मैले ५०० भा रु तथा ३०० ने रु दिए l केहि काम पर्यो भने सम्झनुस भनेर पेजर र मोबाइल नम्बर दिएर गए l अब त्यो असई साबलाइ म बेइमान भानुम कि इमान्दार तपाईहरु आफै भन्नुस l
नेपालमा जस्को जस्तो अनुभब भए पनि गएको सेप्टेम्बर मा मेरो अनी बुढी को २ वटा ल्यापटप पास्पोर्ट शहित महत्यपूर्ण काग्जाज बुटवल बस मै छुटेछ पछी ट्रावल को संपर्क नम्बर मा संपर्क गरेको सुरक्छित छ भैरहवा मा गएर लिनु भने म आँफै ट्याक्सी चढेर भैरहवा पुगेर लिए। एती खुशी लाग्यो कि सिमाना नै छैन अझै पनि भन्न मन लाग्छ धन्यवाद साकुरा ट्रावल !
मुम्बई दोस्रो ? यो चाही अति नै भयो / २ करोड भन्दा बडी मान्छे हरु बस्ने ठाउँ मा १२ ओटा पर्स राखेर सर्वेछान / सायद पर्स पौने हरु सबै इमान्दार परे होलान नत्र मुम्बई मा समान फिर्ता हुने ? सम्भब नै छैन /
एउटाले मेरो मोबाइल भन्दै हातबाट थुत्यो, सामान्य शिष्टचार प्रदर्सन गर्नसकेन त्यो उसको स्वभाव चरित्र को कुरा हो, तर सिम फ्याँकेर बेची खाने चिन्तनले कस्तो इमान्दारिता दर्शाउँछ ,इमान्दारिता त आफ्नो अन्तस्करण बाट उत्पन्न हुने हो न कि अर्काको स्वभाव संग दाँजेर गरिने कुरा /
२००८ मा बैदेशिक रोजगारीको लागि interview दिन लागि काठमाडौँ गएको थिए | Interview पछि फर्कने क्रम मा म night bus मा म निदाएछु | मेरो सिट को दाया पट्टि एकजना भद्र जस्ता देखिने महानुभाब बस्नु भएको थ्यो | यात्राको क्रम मा सामान्य कुराकानी भए पछि बीच बाटोमा सर्लाही को कुन ठाउँ ठ्याक्क थाहा भएन, उनि ओर्लिएछन् | लहान पुगी सके पछि मा बिउझियेर यसो ब्याग हेर्दा त छैन अनि उनको ब्याग छोडिएको रहेछ | उनको बाग खोलेर हेर्दा एउटा त्रोउसेर अनि tooth brush मात्र थ्यो… मेरो ब्याग जो उनले लागेका थिए जसमा मेरो सम्पूर्ण Certificates थिए (SLC & Intermediate ).. अरु सामान त केहि पनि थिएन तेस्तो तर पनि आश गरेको थिए कि ति मान्छे ले मेरो Certificates मेरो चोल्लेगे को ठेगाना मा पठाई दिन्छन कि भनेर तर पठाई नै दिएनन् | थाहा छैन उनले मेरो certificates के प्रयोग को लागि राखी रहेका छन् !
मेरो अनुभब चाहि एक बर्ष अघि ६९ भदौ २८ गते मेरो भाई पसलको सामान लिन हेटौडा बाट बिरगंज तर्फ जांदा बाटोमा मोटर साईकल दुर्घटना भयो । बाईकमा दुईजना थिए दुबै जनाको देहान्त भयो । साथमा भएको करिब एकलाख रुपैयां मा जम्मा ६ हजार जति मात्र देखायो । सिमारा बाट पुलिस खट्टीएको थियो । यहां सम्म ग-यो कि दुर्घटना भएको बाईक को पेट्रोल एक मिलि पनि बांकि नराखि निकाले छन् र ईन्जिन साट्न तयारि गर्दै रहेछन् ।
एकचोटी मा गाउँजाने कलंकीमा बसमा बसेको थिए | बस नया मान्छे भर्ने र “कलंकी बाट चढ्छु” भन्नेहरुलाइ पर्खि रहेको थ्यो | मेरो सीट अघाडीको मान्छे झ्यालनजिक बसेर, मोबाइलमा कुरा गर्दै थ्यो- आफ्नो साथि लाइ “बस सीता पेट्रोल पम्पमा छ, छिट्टो आऊ” भन्न खोज्दै थ्यो | यत्तिकैमा बसको झ्यालबाहिर बाट एउटा मान्छे ले उसले कुरा गर्दै को मोबाइल खोस्यो र भाग्यो 😀
यो चाहि हाम्रो नेपालको कुरा हो, तपाइँ बाटोमा भेटिएको पर्स को कुरा गर्नु हुन्छ यार | हि हि हि …..
मुम्बई कसरि दोस्रो मा आयो?
अरुको खल्ती बाटै झ्याप्प पर्ने ठाउँ पर्यो त्यो.
लिस्बोन बेइमनको सुचिमा आएको पनि बिश्वास लागेन .
तेहको मान्छे हरु कति सहयोगी छ.
मा लिस्बोनमा गयको बेलामा होटेलको बाटो भुलेर अर्कै बाटो गएको थिए .
अंग्रेजी पनि राम्रो नबुझ्ने त्यो ठाउमा होटेलको ठेगाना देखाएर सोधे कता हो भनेर ?
उसले खरररारा पोर्त्सुगिज भाषामा बतायो . मा नबुझेर ट्वाल्ल परेर हेरिरहेको देखेर बोलाएर लगभग ५ मिनेट भन्दा बढी हिडेर मेरो होटलमै पुर्याएर छोडिदियो.
अब तेस्त ठाउको मान्छे एक्नाम्बर बेइमान भएको चै पत्तयौना गार्हो पर्यो.
५-७ वर्ष पहिले काठमाडौँ सुन्धारा नजिकै बाट माइक्रो बस चड्दा भिडभाडको मौका छोपी एक जना पाकेटमारले मेरो पर्स/वाल्लेट भेटाएछन् / ४-५ दिन त्यो एरिया धाउदा धाउदा बल्ल बल्ल पर्स मा भएको ID CARDS सम्म लिन सकियो / १५०० जति तिरेर राम्रै पाठ पनि सिकियो /
COPENHAGEN – got back phone i lost two times. lost a wallet on the street, i got back it in my postbox.
यो सर्बेछेन रमाइलो भए पनि बैज्ञानिक भएन, करोडौं मनिष बस्ने ठाउमा १२ वटा मात्र पर्स ले निस्कर्स निकाल्न सकिदैन …. सहर को पनि कुन भागमा पर्स राखिए को थियो जस्ता अनेकौ कुरा ले नतिजा मा प्रभाब पार्छ .
मैले पनि धेरै चोटी एस्तो समान हरु फेला पारेर फिर्ता गरेको छु, एक चोटी आफ्नै काम को चाबी हराएर, भेट्टैदिने व्यक्तिलाई १२ वोटा LAPIN KULTA बियर उपहार दिए,, तर धेरै समानहरु जड्याहा हरु छोद्छन, पछि पछि चै सारै दिक्क लगेर, जहाँ छ टिपेर अलि देखिने ठाउमा लगेर राखिदिन्थे, अर्को ले लगेर पोलिस लाइ बुझाइदिहल्छ नि हाहा
मा त भेटे पनि फिर्ता दिन्न/ किनकि लगभग एक वर्ष भयो होला मा भक्तपुर को क्यान्सर अस्पताल मा एउटा निकै महँगो mobile भेटेको थिए र मैले त्यहि mobile बाट त्यहि dial भएको number मा फोन गरे र एकजना पुरुषले फोन उठायो, मैले यो फोन भेटेको हो तपाई यो फोन को मालिक को हो भनेर सोधे? उसले जवाफ दियो मा उसको काका हो भन्यो, त्यसपछि उसले खबर गरेछ फोन धनीलाई / एकछिन पछि त्यो फोन धनि ले call back गर्यो/ त्यो धनि त म नजिकै थियो रहेछ, अनि एकासी यो फोन मेरो हो, यता दिनुहोस भनेर थुतेर लग्यो रिसाहा अनहार बनाएर धन्यबाद त कता हो कता उल्टै मलाई चोर जस्तो पो ब्यबहार गर्यो/ त्यसको ब्यबहार देखेर मलाई पछुतो लाग्यो, थुइक्क !!! म मुर्ख, यस्तो फोन गरि गरि फोन फिर्ता दिनुभन्दा सिम फालेर बेचेको भए ३०, ३५ हजार त आउथ्यो/ बुढापाकाले भन्थे अहिले सत्यजुग होइन बाबु, हो र’छ /
तपैँको रिस स्वभाविक हो तर विचार गर्नुस तः के तपाईले त्यो मोबाईल त्यो मान्छेले धन्यवाद देला, तारिफ गर्ला, इनाम देला भनेर फिर्ता गर्नु आँट्नु भाको हो र ? तपाईलेत आफ्नै विवेक र सत्कर्मको सिद्धान्त अनुसार फिर्ता गर्नु आँट्नु भाको हो, निस्वार्थी भावले । त्यसैले, तपाई आफ्नो कर्मामा सफल हुनुभयो, खुसीहुनुस् , संसारमा विचित्र विचित्रका मान्छे हुन्छन्, तिनीहरूको कारणले आफ्नो धारण नबदल्नुस् । दया त मलाई त्यो मान्छे प्रति लागेर आयो ।
जय तपाईको इमान्दारिता ।
पेरिसको ब्यस्त रेल स्टेसनमा म अलि हतारमा थिएँ, एउटी केटि मेरो पछि पछि आइ मैले सोचेको थिएँ लाइटर माग्न आएकी होलि किनकि उनको ओठमा नसल्काइएको चुरोट थ्यो , जब मैले पछाडी हेरें उनले हात उठाई म चकित परें मेरो पर्स उनको हातमा थ्यो जो मैले स्टेसनमा खसाएको रहेछु मेरो सम्पूर्ण अत्यावस्यक कागज पत्र र केहि पैसा थ्यो, मैले कागज निकालेर केहि पैसा दिएर धन्यबाद टक्र्याउन खोजें, उनले धन्यबाद काफी छ भनि पैसा लिन इन्कार गरि, मैले सोचें संसारमा मान्छे अझै पनि बाँकी छन्
Fortunately they didn’t choose Sydney for survey,Otherwise they wouldn’t have found 12 out of 12. Once I forgot my Nokia N 96 in toilet and came back to check within 5 minutes in my workplace; I couldn’t find. Second time I forgot my wallet in a taxi which contained Nepalese lisense, Australian lisense Nepalese bank card and international bank card was not returned. Third time, I left my back pack in train of Stdney city rail which contained many important things including my house keys, left forever!!!
However, I had found a lady bag on the seat of city rail was beautiful contained Buber if bank cards, jwelleries, cash and cosmetic I gave to the city rail staff and they returned it to the owner!!!
मित्र तिमि त होस् प्रसादको पनि बाउ निस्कियौ ! 😀
मैले १,५०० मा किनेको आलुसँग साट्दा फरक नपर्ने पूरानो मोवाइल हराएको थियो । १५ मिनेट पछि घरबाट फोन गर्दा फोन काटिदियो । मलाइ लाग्छ काठमाडाैमा १२ होइन १०० वटा सामान हरायो भने मुस्किलले एउटा फेला पर्ला ।
फिनिश हरु नियम कानुन को केसमा धेरै नै संवेदनशील छन् ! सायद चिसो वातावरण को असर पनि होला, मान्छे हरु त्यति नै ‘कुल’ भेटिन्छन ! मैले नि धेरै पटक पेनड्राइभ, चस्मा र मोबाइल क्याम्पसको लाइब्ररीमा भुल्ने गर्छु तर ढुक्क संग ‘इन्फो’ मा खोज्न गए हुन्छ, भेटिन्छ !!
तर मुम्बई २ नम्बर मा परेको त पत्याउन गाह्रो पर्यो….गर्मि ठाउं अनि राजनीति प्रतिको आक्रोश को परिणाम पनि होला, दक्षिण एशियाका हामी वासिन्दामा इमान्दारिता अलिक कम र आक्रोश अलिक बढी नै भेटिने गर्छ !
मेरो इंगलैंड मा ३ चोटी पर्स हरैसक्यो , तर तिनै चोटी मेरो बसेको ठाउँ पता लगाएर घरमै पुगायेर गए. पर्स मलाई न दीउन्जेल निन्द्रा पनि लागेन भनेर ४० mile मेरो पर्स पुगौना आए एकजना . मैले नि केही दिन अगाडी Iphone ५ बाटो मा भेटे पतालागयेरा mobile धनि लै नै दिए. किस पो गरि नकली ले mobile पाएपछि. आफ्नै mobile नि दिउ दिउ जस्तो लग्यो तिम्रो हराएको mobile भनेर.
Mac Book Pro नै भेट्नु भएको भए के हुन्थ्यो होला?
एकपटक सहयोगी नगर बाट बानेश्वर जादा माइक्रोमा चेल्सी कलेजमा पड्ने राम्री नानी साइडमा थिइन !पहिले बानेश्वर मा ति नानि झरिन, झर्ने बेला मा उनको रातो स्टिकट ले भरिएको मोबाइल पनि झर्यो सिट मा, मैले मोबाइल लिए र ए बैनी ए बैनी भनेर कराए ! उनले सुनिनन ! उनि क्रिकेटको बल को स्पीडमा कुद्दै थिन, म झर्नु पर्ने ह्वाइट हाउस थ्यो, म पनि झरे बानेश्वोर मै, अनि पछि लागे ! राम पान भण्डार नेर मैले उनलाई भेटे अनि जिस्काउने सुरमा मैले भने तपाई को फोन बजेको छ, उनले आफ्नो मोबाइल चेक गरिन पेन्टको पकेटमा ! उनि केहि नबोली फेरी क्रिकेट बल को स्पीडमा कुदीन माइक्रो तिर, मलाई पनि कुदाइन पछि पछी, तर माइक्रो पनि कुध्यो ! उनि जिल्ल ! उनि आतिदै भनिन दाइ i lost my cell on that micro , प्लिज एकपटक कल गरौ न मेरो मोबाइलमा !!!! ल गर्नुहोस भन्दै उनको आफ्नै मोबाइल उनको हातमा दिए ! उनले झन्डै मलाई फिलिम स्टाइलमा हग गर्नै लागेकी, तर आफै समालिन आफैलाई !
म जापान बसेको झन्डै १५ वर्ष भयो निकै पटक रेलमा वा पार्क मा तेस्ता पर्स या अन्य समान भेटे तर किन किन मलाई त टिप्नै डर लाग्छ
पुलिश को मा नपुग्दै अर्को पुलिश ले फलो गरे र केहि गर्ला कि , मैले टिप्दै गर्दा अरुले देखे भने के सोच्ने हुन् जस्तो लागेर अझ सम्म टिपेको छैन
अरुको समान हेर्दै नहेरो हाईसंच
एक पटक क्रेडिट कार्ड हरायो , तुरुन्दै फोन गरे र सर्बिस बन्द गरे अनि खोज्न पनि जान परे न .
Most of the people in Finland have positive experiences about finding the lost items. I lost my hand carry bag in the first day of arrival in Helsinki Airport and found it just after a couple of hours. Forgot calculator in the university in Tampere but got it in same place in the classroom after 2 days. And approximately two months before, the lost wallet with all my cards including ATM, RP card, bus cards and others and few money but found from Lost and Found office after two days. Really proud of honesty of Finnish people. 🙂
खुशी लाग्यो budapest second मा आयेछ ! सुन्दर सहर पनि हो यो.
आफ्नो अनुभव को कुरा गर्ने हो भने चाही विदेश को visa लागेको passport kathmandu को आफ्नै टोल मा हरौदा नि निकै दिन पछि फिर्ता पायीयो. त्यो पनि फोन मा मोलामलाई गरेर “पुरस्कार” दिए पछि.
अर्को घटना चाही मा मेरो original certificate university ले गलत wrong post box number मा पठाई दियेछ. सहि फोन number नि लेख्देको रैछ तर मलाई phone गरेर फिर्ता दिने कस्ट गरिदिनु भएन महानुभाव ले . पछि university र नेपाल हुलाक कार्यालय संग समन्वय गरि post box number धनि लै हात जोडी original certificate फिर्ता पाए. Packet खोलेर हेरेका रैछ, खाम बाहिरै फोने थियो येस्सो फोन गर्दिनु भएको भए हुने नि भन्दा “हामि लै के मतलब, चोरेको हैन क्यारे रे.”
Sorry , Budapest third ma आ रैछ
.
एकचोटी नारायणघाट जाने क्रममा माइक्रोमा मेरो मोबिले खसेछ पत्ता नै paiyena . पछी काठमाडौँ फर्के. ३/४ दिन पछि फोन आयो तपाई को फोन पाएको छु म काठमाडौँ आउदा तपाइलाई बुझाउने छु भनि भन्यो . मैले उसलाई धेरै धेरै धन्न्यबाद दिए अनि फोन पाउने भयो भनि ढुक्क भए तर अहिले करिब ६ महिना भन्दा पनि बढी हुन लग्ग्यो उसले सम्पर्क गरेको छैन .
ब्याट्री सिद्धियो होला तपाइको मोबाइलमा, चार्ज गर्दैहोला त्यो गफाडी-मान्दार अब ६ महिना पछि “लोडशेदिंग ले गर्दा चार्ज गर्न येत्रो समय लाग्यो” भनेर फोन आउछ पर्खनुस मित्र | 😉
एकपटक चड्न लागेको taxiमा पर्स फेला पर्यो ,लाइसेन्स रहेछ,तेस्मा फोन नुम्बेर थियो , फोन गरिदिए, फोन उठाउने लाई पर्स भेटेको र म जाने पुग्ने ठाउमा (Everest hospital न्यु बनेशोर) उक्त पर्स लिन आउन भने, उ पुरानो बनेशोर बाट आउनुपर्ने १:३० घण्टा सम्म पनि न आए पछि छिटो आउनु नत्र म जान्छु भनेर फोन गरेको त पर्स मालिकले उल्टै थर्कायो म को हो चिनेको छस ?
त्यो लिस्टमा जापान छुटेछ, शायद भएको भए १२ ओटा मध्य १२ ओटा नै पर्स फिर्ता पाएर १ नम्बरमा पर्ने थियो। मेरो आफ्नै पर्स २५,०००/- जति पैसा र क्रेडिट कार्ड र अन्य महत्वपुर्ण कार्डसहित हराएको पर्स भोलिपल्ट नै पुलिस मार्फत फिर्ता पाँए। यस्तो उदारहण हरु त याँहा धेरै नै भेटिन्छन। म पढ्ने युनिभर्रसिटी डेढ बर्षको अबधिमा ५ जना जति साथीहरुको पर्स पैसा सहित फिर्ता पाएको थाहा छ मलाइ जस्मा बढिमा ५०,०००/- सम्म पैसा र क्रेडिट कार्ड सहित अन्य कागाजात हरु थिए।
ज्ञानेश्वरमा रहेको जर्मन एम्बेस्सी पुगेर फर्किदा मैले आफ्नो पासपोर्ट लगायत महत्वपूर्ण कागज भएको फाइल हराए । बेलुका घर पुगे पछी बल्ल होस भयो । पछी जर्मन एम्बेस्सीको अगाडि रहेको क्याफेमा काम गर्ने एक जना भाईले भेटेर सुरक्षित राखिदिनु भएको रहेछ, मैले त्यही दिन पाए। उहाको नाम राम रहेछ, नाम अनुसारको मनिष हुनुहुदो रहेछ । घटना शुक्रबारको थियो शनिबार सार्वजनिक बिदा अनी आईतवार बिहान १० बजे उड्नु पर्ने थियो, सम्झिदा अझै डर लाग्छ । यो घटना पछी मैले महसुस गरे अझै पनि राम जस्ता असल मनिषहरु हाम्रो समाजमा छन ।
नेपाल मा हुँदा मेरो purse कतै खसेछ. पछि मोबैलमा फोन आयो. Purse दिन्छु तर १००० पैसा चाही दिन्न. Purse लिन टेकु फोरे मैला डिपो तिर बोलायो.
म संग टाढाबाट mobile मा सम्पर्क गरेर Purse त्यो ढुंगा मुनि छ भनेर टाप कस्यो.
हेलसिन्की मात्र हैन, फिनल्याण्ड भरि नै हराएको समान भेटिन्छ! म अहिले फिनल्याण्डमै बस्छु! मैले पनि एक पटक वाल्लेट र बाग नै भेटेको थिए काम म हुँदा …त्यो वाल्लेट मा ५०० यूरो क्याश पनि थियो अनि बैंक कार्ड र पिन कोडहरु पनि तर पनि मैले पुलिसमा लगेर बुझाइदिए! पछि त्यो मान्छेले मलाई रीवार्ड २०० यूरो पनि दियो! अनि अर्को कुरा हारको समान भेटिने भन्दा नि कहाँ बढी चोर छ भनेर लिस्ट बनको भए चै मुम्बई 1st पोजिशनमा हुन्थ्यो! अनि तेस्पछि स्पेन र रसिया! फिनल्याण्डमा पनि चोर को कुरा गर्ने हो भने साइकल चै छोरि हुन्छ कैले कै ! तर खोजि गर्यो भने १-२ दिनमा भेटिन्छ पनि!!!!
मलाई त नेपालमा १२ वटामा एउटा मात्र पनि कसैले फर्काउला भन्ने कुरामा शंका छ। मेरो दुईवटा मोबाइल फोन हरायो, फोन हराएको २/३ मिनटमा नै सिम कार्ड निकालेर स्वीच अफ गरेछन्।
तिन घटना ; बेल्जियम को ;
एक;
मेरो स्मार्ट फोन कुरा गरेर ट्रेन को टेबल मै छोडेछु, घर आएर फोन गरेर उठेन, फेरि १ घण्टा पछि फोन गरेको ट्रेन को Lost and Found section मा पुगेछ ; ५ यूरो तिरेर पछि फिर्ता पाय;
दुइ;
ब्रुस्सेल एरपोर्ट बाट बाहिर जादा सेकुरिटी चेक मा Laptop नै छोडेछु , पछि गन्तब्य मा पुगे पछि झोला खोल्छु त लापटोप नै छैन; LOST FOUND section फोन गरे छैन; Online फर्म भरेर पठाए ; ३ दिन पछि found भनेर इमेल पाय; पछि फर्कदा लिएर गया;
तिन;
अर्को यूरोप को देश बाट साथीहरु घुम्न अको थिए, ब्रुस्सेल्स घुम्दा tram मा एउटा साथी को साइड को सानो पकेट ब्याग बाट एउटी ले पकेट मार्दिये छ; त्यो साथी ले ठ्याक tram रोकिए पछि थाहा पयेछा , केटि त वोर्लियर बेपत्ता ;
एकै ठाउँ फरकफरक अनुभव , ठाउँ भन्दा नि कस्ता को हात मा पर्ने ; तेस्मा भर पर्छ; तुलानतम रुपमा यूरोप मा हराएको समान पैन्छा भन्छन अरु हरु ले पनि :
मुख्य कुरो यहाँ तेसै अर्काको कुरो खान हुन्न भन्ने सोच भएका मान्छे धेरै छन्
खल्तिबाटै २ पटक पर्स र १ पटक मोबाइल चोरी भएको थियो कुनै भेटिएन तर एक दिन कीर्तिपुर नयाँबजारमा बाइक चलाउँदै गर्दा खसेर हराएको मोबाइल भने एक जना विद्यार्थी बहिनीले हराएको २ घण्टा भित्रै फिर्ता गरिदिनुभएको थियो ।
म ABU DHABI NATIONAL OIL COMPANY मा कार्यरत छु। एक दिन म दुबई घुम्न जाने क्रममा ट्याक्सीमा मोबाईल भेटाए, मैले तेस्मा भएको मिसकलमा फोन गरेर लिन भने। तर मोबाईल धनी टाढा भएकोले घरमा पुर्याईदिन भने, तर मैले आफु घुम्न आएको र पुर्याउन नसक्ने भन्दै मोबाईल आफु सँगै अबुधाबी लिएर आए। त्यस पछी मैले मोबाईल धनीको ठेगाना लिएर DHL बाट कुरिएर गरिदिए। पछी मोबाईल धनीले मलाई मनी ट्रन्स्फरबाट दुई सय धिराम (करिब पाँचहजार नेपाली) पठाइदिए।
त्यस्तै एक दिन पैसा पठाउन म मनी ट्रन्स्फरमा गएको थिए, त्यहा भुईमा पाँच हजार धिराम (करिब एक लाख पच्चिस हजार नेपाली) भेटाए, मनी ट्रन्स्फरको मान्छे लाई यो पैसा कस्को हो भन्दा पनि थाहा नभएको भने, केही समय पछी एउटा मान्छे आत्तिदै आए र पैसा खसेको भने मैले पैसा फिर्ता गरिदिए।
त्यस्तै फेरी एक दिन मैले मेरो मैले काम गर्ने ग्यास स्टेसनमा दुई हजार धिराम (करिब पचास हजार नेपाली) भेटाए। तर त्यो पैसाको धनी मैले फेला पार्न सकिन। वास्तव त्यो पैसा मेरो कमाइ थिएन र मेरो आफ्नो हकको पनि थिएन र मलाई जसरी भए पनि फिर्ता दिन मन थिए। तर आसपासको मान्छेलाई सोधेँ पनि तर कसैले आफ्नो भनी दाबी गरेन। आफुलाई अरबिक भाषा धेरै नआउने भएकोले पुलिसलाई खबर गर्दा भाषिक समस्या हुने डरले पुलिसलाई खबर गरिन। पछी केही पैसा आफ्नो कम्पनीमा काम गर्ने cleaner लाई दिएँ र बाँकी पैसा आफु सँगइ राख्न वाध्य भएँ। 🙁
यू ए ईलाई हालै केही समय अगाडि एक सर्बेक्षणले कानुन पालनाको हिसाबले पाँचऔ नम्बरमा भएको देखाएको थियो। यहाँको पुलिस प्रशासन एक दम चुस्त छ। तपाईंलाई केही समस्या पर्यो पुलिसलाई खबर गर्नुस् तुरुन्तै सहयोग पाउनुहुन्छ। तपाईं बिरामी हुनु भयो पुलिसलाई खबर गर्नुस् पुलिसको आफ्नै मेडिकल टोली तपाईं भएको ठाउँमा केही समयमा नै अैइपुग्छ। तपाईंको गाडी बिग्र्यो भने पुलिसलाई खबर गर्नुस् तुरुन्तै पुलिस आईपुग्छ। तर हामी बिदेशबाट गएको हरुलाई चाँही अली भाषिक समस्या हुनु सोवाभिक हो। यहाँको पुलिस प्रशासनले जनतालाई गर्ने सहयोगको कारण पनि यहाँका सबै जनता पुलिस प्रशासनलाई पनि धेरै माया र इज्जत गर्छन्। 🙂
श्यामजीको अलि धेरै गफ जस्तो लाग्यो, भेटिने कुरा भनेको तलब जस्तो बार बार आउदैन, कुनै दिन कतै भेटिन्छ बेग्लै कुरा हो तर हजुर त भेट्टाएर बुझाउनै जन्मे जस्तो गफ दिनु हुन्छ त बा 😛
राम जि मैले एकै दिनमा भेटाएको त कहाँ हो र करिब चार बर्ष भयो नि Abu dhabi national oil company मा काम गर्न थालेको। चार बर्षमा तीन पटक भेट्टाए अली महँगो चिज। दुई पटक चाँही फिर्ता गरे तर एक पटकको दुई हजर धिराम ( करिब पचास हजर नेपाली) चाँही हकवला फेला नपरेर आँफै सँग राखेको छु। तर एउटा साँचो कुरा चाँही खोली हालौ यहाँ नेर , पहिला नेपालमा हुँदा पनि म धेरै थोक भेट्टाउथेँ तर मलाई याद भए अनुसार थोरै चिज मात्र फर्काएको छु। मेरो भन्नुको तार्त्पर्य चाँही सामाजिक माहोल जस्तो छ आफु पनि त्यस्तै हुदो रहेछ। नेपालमा सामाजिक माहोल अरुको लुट्ने खाने भएकोले शायद त्यो समयमा मेरो बिचार पनि त्यस्तै थियो। तर अहिले म यू ए ईमा छु यहाँ को सामाजिक बातावरण अरुको खानु हुन्न अरुलाई दु:ख दिनु हुन्न। यहाँको भाषामा एसलाई हराम भनिन्छ। यस्तो गर्नु हराम हो भन्ने भावना मान्छेमा छ। यहाँ सयौ देशका मान्छे काम गर्न आएका छन तर एक अर्का प्रतीको सद्बाब देख्दा नेपालीमा नेपाली नेपाली बिचमा सद्बाब खड्किएको महसुस हुन्छ। 🙁 यहाँ तपाईं आफ्नो काममा सिधा भएर हिंड्नुस् तपाईं कसैले छुन सक्दैन। यहाँको माहोल नै यस्तै छ रामजी , यस्तै माहोलले गर्द पनि आफुमा पनि अरुको खानु हुन्न भन्ने भावना आउदो रहेछ।
एउटा कुरा थपी हालौँ रामजी नेपालमा पुलिस प्रशासन प्रती जनताको विश्वाश नभएकोले पनि होला भेटाएको समान पुलिस मार्फत फिर्ता भएको कमै सुन्न पाईन्छ। फेरी नेपालमा त भेट्दै नभेटेको पैसा पनि भेटेर फिर्ता गरेँ भनेर समाचार छापिन्छ पछी यो झुट्टो हो भनेर थाहा हुन्छ, अनी त्यस्तो मान्छेलाई पनि केही कारबाही हुन्न। 🙂 क्या त केही समय अगाडि कती हो पैसा भेटेर फिर्ता गरेको भनेर कान्तिपुरमा छापिएको थियो नि तर पछी त्यो झुट्टो रहेछ भनेर थाहा भयो त्यो पनि त्यो केटीलाई सिँदुरे जात्रा र सम्मान गरे पछी। कती नेपाली संस्थाहरु पनि त्यो केटीलाई सम्मान गर्न पुगेका थिए नि नामका लागि तर यो झुट्टो कुरा गर्ने केटीलाई के सजाय भयो भने चाँही मैले अहिले सम्म कान्तिपुरमा पढन पाएको छैन तपाईंलाई थाहा छ भने share गर्नुस् है 🙂
मैले पनि २ बर्ष अघि mobile हराएर पुलिसको मा रिपोर्ट गर्न गएको त् सुरुमा नै सोध्यो
Police,,,,,,which brand? which model ?
Me ,,,,,,,,, apple , iPhone 3gs
Police …… Oh good resale value, that mean just Forget it , I lost mine too(smiles)
इंडिया मा त यो सित पैसा छ अरे वन्ने थाहा पाए वने गुण्डा हरुको लाइन नै पछी लाग्छ . तेसैले पैसा मोजामा लुकारा लगेको अनुभब छ मा संग.तेसैले मुम्बई २ नम्बर मा यो चाही पताउन अलि गारो भो मलाइ .
फिनल्याण्ड को मान्छे हरु सभ्य छन् भन्ने त थाहा थियो तर मुम्बई कहाँ बाट दोस्रो स्थान मा आयो यो चाही ठुलै प्रश्न मेरो मन मा उठिरहेको छ।
कतै मुम्बई ले घुस त दिएन ?????? कतै पर्स फिर्ता गर्ने मान्छे को साठ गाथ त थिएन प्रस्न गम्बिर छ अब CID को ACP PRADHYUMAN लाई खबर गर्नु पर्ला जस्तो छ गाँठे !!!! 🙂
इंडिया is developing rapidly. Entrepreneurs, professionals and everyone here have very high level integrity. I have been staying in Bangalore for quite some time and am amazed at the change in the attitude and style of Indian citizens. May be spirtiutal gurus like Sri Sri , Ramdev, Asharam etc are responsible for this? Even the auto driver considered the most infamous cheat in India at times amazes me by displaying occasional honesty.
मेरो पनि रमाइलो घटना छ,काठमाडौँ मा घर बनाउदा मेरो विदेश बाट आएको नोकिया ६६०० नाम को महगो( त्यो बेला को) मोबाइल घर बनाउने ज्यामी ले चोरेर स्विकुच्चा ठोक्यो आज ९ बर्ष भो न मोबाइल आयो न ज्यामी को मुख नै देखे/
फिंनिसहरु कानुनमा जन्मने र नियेममा हुर्कने हुनाले एस्तो भाको हो !
in 2009 winter around Dasain I was coming back from Nepalgunj to Bardiya. On the way I lost my bag(quite big), and I did not notice. I had some silver and gold jewellery ,one Cannon camera, two expensive mobile set. ten thousand rupees, almost all of my cards. I did not know where did I drop it but realised when I reached Gulariya. I lost all of the hope but returned back with my brother. On the way back from a ghumati a very young boy started calling me and returned my bag. He was waiting for me. He was sure I will come back and he recognised me. To reach gulariya from that place takes 45 min so he was waiting for me for more than one hr. He was a student of 8th standard and was working part time in a bicycle repair place. The owner of that repair centre was very cunning but he was standing there for me to return my bag safely. When I asked him if he know what is in the bag…he replied it was not his bag ans why should he check.
I offered him 2 thousand rupees that he could use for his studies..he denied. I gave him my number and ask him to contact me whenever he is in need of any help. Till now I haven’t heard from him. But I still remember his face. He is Mahatma Gandhi for me. That bag was full of things that worth more than 2 lakhs. But I was feeling like beggar in front of that youth. Because nothing could buy his honesty. I am sure he is doing very well in his life and winning heart of people around him (the most important thing that we can earn). I wish him best.
I lost one of the expensive mobile phone in 2008 and the same year a bike in Gulariya. I got it back by some unknown people who found them. I got them back in a week. Those people were trying to find me. I lost my watch and a gold ring also before that..people returned it to me. I never lost anything in Bardiya. The most amazing place and wonderful people. I love Gulariya.
कथा त हृदयस्पर्सी छ । तर “बाईक हराएको अनि भेट्टाएर दिएको ” रे ? खेलौना बाइक हो कि क्या हो ।
फिनल्याण्डको अर्को सहर Tampere ma मेरो mobile खसेर हराएको थियो, अनि मैले मेरो साथि को phone बाट मेरो mobile मा SMS गरेर malie सम्पर्क गर्न number दिएँ. पछि मैले फोन लिन आउनु भन्ने message पाएँ र फोन फेला पर्यो.
सबै कुरा पत्याए तर मुम्बई दोस्रो स्थान मा परेको चाही अलि पचेन… म मुम्बई घुम्न जादा taxi मा मेरो बाग छुटेको थियो । तेस bag मा मेरो सबै documents हरु अनि ५०,०००/- जति पैसा पनि थियो. त्यो police मा रिपोर्ट गर्दा पनि फिर्ता भएन । अहिले मुम्बई दोस्रो स्थान मा देखे पछि अच्चम भए ।
निकै वर्षअघि भारतको तिरुवनन्तपुरम यस्तै सर्वेक्षणमा एशियाको पहिलो स्थानमा आएको थियो। मुम्बई पाँचौँ स्थानमा आएको जस्तो लाग्छ।
कुन जमाना मा हुनु हुन्छ ? भारत ले भौतिक रुप् मा मात्र होइन , चरित्र र सोच मा पनि छलांग लगाई रछ. No country can have physical progress until it has people with high level of integrity. Nepal ma mero uncle le sarbajanik thaun ma eauta paani ko dhara lagaideda tuti tin din ma chori bho. Aba aafai sochnus.
सिड्नी मा मेरो २००८ मा mobile हरायो. फोन गरे, एउटाले बसमा भेट्यो लिन आइज भन्यो र मैले मेरो मोबिले भेटे.
केहि दिन आगाडी मैले एउटा iphone ५ भेटे. फमिली को फोटोहरु थियो, मैले त्यसमा mum भन्ने नुम्बेर्मा फोन गरि हाले, फेरि आजकाल find मी फोन भन्ने app ले भेत्तौना सक्छ सिम निकालेन भने , र फोन कुरे भने मान्छेले फोन नगरेर पुलिस लै भन्ला भन्ने पिर. फोन राख्ने मनसाय थिएन नत्र सिम निकालेर फल्दिये क को find my फोन.
घुम्न आका मान्छे रहेछन, सारै खुसि भए र wine लिएर आए, .
मेरो पहिला को अनुभब ले गर्दा नै सायद फिर्ता गरे नत्र कसलाई आरुको फोन कुर्ने तेन्सिओन.
दुइ वर्ष अघि म अमेरिका आउने क्रममा मेरो पर्स London स्थित हीथ्रो एरपोर्ट मा चेक पोइन्ट मा
छुटेको थियो . पछी मैले इमेल मार्फत सम्पर्क गर्दा त्यहाँ नवेतिएको जवाफ पाए. पर्स मा २०० Dollor र केहि Nepali rupaiya थियो .
तेस्तै ३ वर्ष जति अघि काठमाडौँमै एकजना श्रीलंकन साथीले पर्स हराएकी थिइन्. एकजना साथीले फेला परेछन्. आइ.डी. मा नाम हेरी फेसबुकमा खोज्दा अर्को साथीलाई मिउचल फ्रेन्ड देखे पछि फेसबुक मै ‘श्रीलंकाको दुतावासमा तेरो साथीको पर्स छोडेको छु लिन जान भन’ भनेर म्यासेज गरे.
झन्डै २ वर्ष अघि मैले माइक्रोबसमा भेटेको मोबाइल खलासी संग झगडा गर्दै आफुले लिएर सम्बन्धित मान्छेलाई फोन गरेर फिर्ता गरेको थिएँ. मेरो दाइको पर्स २ चोटी हराएको, एक पटक पैसा सहित र अर्को पटक बिना पैसा फिर्ता भएको छ. धेरै आफन्त र साथीहरुको हराएको मोबाइल भने फिर्ता भएका घटना छैनन्.
फिर्ता भएको, भेटिएको खबर बिरलै सुनिन्छ नेपालमा. मोबाइल, पर्स हराएपछि भेटिने आशा कमै हुन्छ. सायद भेटाउने मान्छेको पेसाले पनि फरक पर्छ. बस, माइक्रोबसको चालक, सहचालकहरुले भेटे भने १०० मा मुस्किलले १ जना जति मात्र होलान फिर्ता गर्ने. विद्द्यार्थी, जागिरे हरुले भेटमा अलि बढी सम्भावना होला. धनाड्य खानदानकाले, लाहुरेहरुले, पैसा कम भए पनि राम्रो नैतिकता भएकाले भेटे फिर्ता हुने सम्भावना धेरै होला.
समग्रमा भन्दा गरिवी र आजभोली धेरै देखा परिरहेको निम्न नैतिकताले गर्दा नेपालमा भने इमान्दारहरुको संख्या कम नै देखिन्छ.
मैले लगभग ४ बर्ष पहिले बाइकमा अफिस आउदै गर्दा वालेट (पर्स) खसायेछु अनि सरस्वति कलेज नेर पुग्नासाथ थाहा पाए खसेको | रश-आओर थियो, जाम ले गर्दा फर्केर खोज्न जाने स्थिति थिएन | २ हजार रुपयाँ, लाइसेन्स र अफिस को आइडी कार्ड थियो त्यसमा | गैरीधारा पुग्नेबेलामा फोन आयो अपरिचित नम्बर बाट | उठाएँ ; फोन एकजना मान्छे जसले मेरो पर्स खलासीले टिप्दै गर्दा देख्नु भाको रहेछ अनि त्यसलाई पक्रेर मेरो आइडी कार्ड बाट नम्बर लिएर फोन गर्नुभाको रहेछ | खलासीले पर्स दिन नखोजेपछि तेस्को पनि नम्बर लिनुभयेछ | फोन मै वहाँ ले मलाई त्यो खलासीको फोन नम्बर र गाडी नम्बर टिपाउनु भयो | जब फोन गरें खलासी लाइ , त्यसले त मलाई blackmail पो गर्न थाल्यो ; पैशा को माया मार्नुस खर्च भैसक्यो…मलाई reward पनि चाहिन्छ .. etc etc | मैले police को लफडा गर्न चाहिन ; बरु अफिस बाट ५ जना बाइक लिएर गयौं | फोन गरें, त्यो खलासी केटो आयो तर अझै blackmail गर्दै थियो | अति भएपछी तेस्लाई हप्काउन थालें ; हामीहरु हात-खुट्टा बाँधेर भनेपनि लीइ छाड्ने प्लान बनाएर गका थियौं | अन्त्यमा डराएर निकालेर दियो | साथीले त कत्ति पनि reward नदिने भन्दै थियो तर मेरो मन अलिक मानेन ; so gave him 1,000 rupess. But funniest part was yet to begin. He started saying like 1000 was not enough…hahaha. We just gave damn and grabbed our bikes and got away.
I called back to that gentleman and thanked him. I wished i could meet him and thank him face-to-face; but he was kinda busy on his work.
In kathmandu it’s very hard to find such kind and civilized people.
काठमाण्डूमा दुइ पटक मोबाईल फोन हराएको छु. एकपटक ठमेलको बाटोमा र अर्को पटक आफ्नै ओफ़्फ़िसमा. ओफ्फिस्मा हराएको बेला पुलिस रिपोर्ट पनि गरेको थिए. अहिले सम्म केहि पनि फिर्ता पाएको छैन.
सिंगापौरमा एकचोटी मोबाईल हराएको बेला पोलिस लाई खबर गर्दा लगभग २ मिनेटमा उनीहरुले खोजतलास गरेर १० मिनेट भित्र पाएको चै थिए है.
विदेशमा त थाहा भएन, हाम्रै नेपालको पाटन सहरमा चाहिँ मैले आफ्नो पर्स हराएको थिएँ । अलिअलि पैसा पनि थियो, ड्राइभिङ्ग लाइसेन्स, डेबिट कार्ड र अन्य केही काजगातहरू पनि थियो । प्रहरी चौकीमा रिपोर्ट पनि गरेँ, करीब ९ महिना भैसक्यो फिर्ता पाइनँ । तीन महिनासम्म लाइसेन्स नभएर अत्यावश्यक काममा बाहेक मोटरसाइकल पनि चढिनँ, लाइसेन्स नभएकोले । त्यसपछि फिर्ता पाउने आशै रहेन, लाइसेन्सको प्रतिलिपि बनाएँ ।