Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ल भन्नुस्, तपाईँको विचारमा चुनाव होला कि नहोला

Posted on September 25, 2013September 25, 2013 by Salokya

election सँगैको फोटो एक जुगमा एक दिन आउने भनेर उतिबेला प्रचार गरिएको संविधान सभा निर्वाचनको भोट खसाल्दै गर्दाको हो। समय क्रमले हामी नेपालीले एकै जुगमा दुई पटक संविधान सभाको भोट खसाल्न पाउने भएका छौँ, जुन विश्वको इतिहासमा कहिल्यै पनि भएकै थिएन। मङ्सिर ४ मा हुने भनिएको निर्वाचनका लागि यतिबेलासम्म उम्मेदवार मनोनयन दर्ता सुरु भइसक्नु पर्ने थियो। तर एक साता सारियो त्यसलाई र अब १४ गतेदेखि सुरु हुँदैछ। वैद्य माओवादी चुनावमा सहभागी नहुने र बिथोल्ने भनिरहेका बेला सेना परिचालनको व्यवस्था समेत बाधा अड्काउ फुकाएर गरिसकिएको छ। १४ गतेदेखि मनोनयन दर्ता सुरु हुने भए पनि कतिको मनमा शंका छ- चुनाव हुने हो कि हैन। तपाईँलाई के लाग्छ- के मङ्सिर ४ मा नै चुनाव होला त ? आफ्नो विचार तल कमेन्टमा वा भित्र अनलाइन मत दिएर व्यक्त गर्नुस्।


election_FPTP

samanupatik1
samanupatik2

28 thoughts on “ल भन्नुस्, तपाईँको विचारमा चुनाव होला कि नहोला”

  1. Rai Yang pitang chhu Oxford, Belaayat says:
    October 1, 2013 at 4:36 pm

    प्रथम त चुनाव हूदै हुदैन भै हाल्यो भने पनि केहि ख्यान्स्ने होइन किन कि कसैको बहुमत आउदैन | मिलिजुली सरकार हुनेछ |त्यो पनि ५ वटा भन्दा कम्ति दल मिलेर सरकार बन्ने सम्भावना नै छैन |यस्तो मिलिजुली बन्ने सरकारले विकास के गर्न सक्छ र? धेरै दल मिलेर बन्ने हुनाले मन्त्रीमंडल जम्बो हुनेछ |यसैले आ-आफ्नो दुनो सोझाउने काम मात्र गर्नेछ |

    Reply
  2. pawan says:
    September 27, 2013 at 12:17 pm

    कार्तिक को पहिलो हप्ता सम्म बजेट ध्वस्त भईसके पछि चुनाव चैत्र मा सर्छ यो चुनाव इतिहासकै खर्चिलो साबित हुनेछ

    Reply
  3. sharad chandra dahal says:
    September 26, 2013 at 5:07 pm

    नेपालमा दोश्रो सम्भिधन्सवाको निर्वाचन अब फेरि कहिले हुदैन.|भारत र अमेरिकाको पैसा pachaunakai लागि केहि शिर्ष नेताहरु चुनाबको सुगा राती गरिरहेका मात्र हुन्|सरकारले चुनाब भन्ने पर्यो|निर्वाचन आयोगले पनि तलब भट्ट पचौना चुनाब भन्ने पर्यो|दुताबासको खल्तीमा नेता,नेताको खल्तीमा कार्यकर्ता परेको आजको अवस्थामा चुनाब हति आयो फुस्सा मात्र हो

    Reply
  4. bhawani bhattarai says:
    September 26, 2013 at 11:31 am

    एउटा कविता याद आयो…

    हामी आफु खुसि मिल्न नसक्ने
    कसैले मिलाई दिनु पर्ने
    हामि आफु खुसि कहिल्यै छुट्टीन नसक्ने,
    कसैले छुट्याईदिनुपर्ने
    पुरानो क्यारमबोर्डको गोटी हौ
    एउटा मनोरंजन खेल को सामग्री,
    एउटा खेलाडी माथि आश्रित,
    आफ्नो गति हराएका
    एउटा स्ट्राइकरद्वारा संचालित..
    हो हामी मानिस कम र बर्ता गोटी हौ..

    साभार:भूपी शेरचन, घुम्ने मेच माथि अन्धो मान्छे, साझा प्रकाशन, पृष्ठ:१५-१६

    Reply
  5. सिर्जने says:
    September 25, 2013 at 10:28 pm

    प्रचण्डले सबैलाई थाङ्ग्नामा सुताईरा’को छ / उसको अन्तिम लक्ष्य सत्ता कब्जा हो, चुनाउ सुनाउ, गणतन्त्र “भन्ने कुरा” मात्रै हुन् / चुनाउ नै भए नि एमाओबादिले बहुमत ल्याउदैन भन्ने यो चप्परचण्डाल लाइ पहिल्यै थाहा छ / जति धेरै गोलमाल र लफडा गर्न सक्यो उति सत्ता हत्याउन सजिलो हुने भा’को ले प्रचण्ड डबल रोल ट्रिपल रोल खेल्दै छ / बैद्य बा संग पनि एसको भित्रि सल्लाह हुन सक्छ, सकेसम्म तिमीहरु गोलमाल गर, पछि मिलिभगत गरौला भनेर /

    Reply
  6. JB Gurung says:
    September 25, 2013 at 10:27 pm

    चुनाउ हुन्छ तर फेरी पनि संबिधान बन्दैन, बने पनि पाँच वर्ष पनि टिक्दैन l ३६ सालमा आन्दोलन गरेर लाएको संबिधान ४६ साल सम्म चलेन, त्यसपछि आएको संबिधान ५६ पुग्दा सम्म थोत्रो भै सक्यो, अन्तरिक संबिधान ल्याउन २० पल्ट फेरबदल गर्न पर्यो, तर त्यसलाई पनि अहिले सम्म कति चोटी हो संसोधन गरेको र कति चोटी गर्न बाँकि छ त्यो l नेपाली नीति निर्माता, राजनीतिज्ञ, संबिधानविद हरुमा दुर्दर्सिता त छैन नै भन्ने देखि सक्यो तर नैतिकता नि पो छैन पहिलो कुरा त l पार्टी गत पनि नभनु व्यक्तिगत स्वार्थ हेरेर काम गर्ने बनि परिपाटी छ नेता हरुको l

    Reply
  7. Dhan says:
    September 25, 2013 at 9:29 pm

    हुदैन किन भने चुनाब भयो भने संबिधान लेख्नु पर्छ संबिधान भयो भने कानुन अनुसार चल्न पर्छ / कानुन अनुसार चल्यो भने यो सबै नेता जेल जानु पर्छ किन कि सबै नेता हरु डाका अनि ज्यानमारा , फटाहा अनि घुसखोर मात्र छन् / नत्र पहिला नै ४ वर्ष मा के हेरेर बसे नि यो चुनाब भन्ने जनता लै झुक्याउने र पैसा खाने मेलो मात्र हो……………

    Reply
  8. द्रोण says:
    September 25, 2013 at 9:22 pm

    सब्मिधान ,देश को बिकास र निकास लाइ एकातिर पोको पारेर राखौ |

    हाम्रो नेता भनौ ( हाम्रा त् अति पापी छन् ,देखिहालियो ) बा बिस्श्वको कुनै पनि नेता हातमा भएको पावोर तेसै छोड्छ ?

    चार दल ले तेसै निस्कन्टक राज गर्न पाएको छ , अलि चुनाब बिथोले आउदो दिर्घ काल राज गर्न पाउछ | फेरी पुछार ले हाती हल्लाउन पाएको छ अहिले भए , तपर्तुइया तरिकाले येन जी वो मार्फत बिदेसी ले आफ्नो एजेन्डा लाद्न पाएको छ एस्तो मा चुनाब कसरि हुन्छ ?

    हाम्रा चार्दाले नेता ले चुनाब पछि पनि जिते (त्यो ग्यारेन्टी छैन ) फेरी सत्ता नै पाउने हो ,
    हातको चरा छोडेर रुख को ताक्ने त्यति मुर्ख छ यिनीहरु ?

    Reply
  9. Prakash Paudel says:
    September 25, 2013 at 7:05 pm

    एक मनले सोच्ने हो भने त्यही थोत्रा अनुहार हरुलाइ के भोट दिनु । यी भातमारा हरु आखिर आफ्नो भागलाइ पर्खेरबसेका त हुन नि । तर के गर्नु कानो मामा नै भए पनि बेस नभएको भन्दा त भनेर मात्रै हो ।

    Reply
  10. shyam says:
    September 25, 2013 at 5:04 pm

    चुनाव हुनु पर्छ नभए भारतको राष्ट्रपति शासन/ सैनिक शासन (राणा शासन) शुरु हुन्छ| किरण वैद्यहरुले यो कुरा किन नबुझेका? भारत नेपाल यस्तै अस्थिर भै रहोस भन्ने चाहन्छ अनि नेपालमा भारतका दलालहरु त्यहि कुरालाई साकार पर्न खोज्दैछन|

    Reply
  11. shree basanta says:
    September 25, 2013 at 4:32 pm

    यो संबिधान सभाको चुनाव हुन्छ हुँदैन अढाई महिना भन्दा कम समय बाँकी हुँदा पनि शंकाकै बिषय छ | किन त ? किनभने चुनाब गराउन ती पार्टी मात्रै तातेका छन जसले फेरी उही सत्ता र सुबिधामा रमाउने सपना देखेका छन | अनि यिनीहरुनै चुनाब गराउन विदेशसंग आफ्नै देश माथि दबाब सिर्जना गराएका छन | चीन गयो त्यहाँ बाट चुनाब गराउनु राम्रो हुने कुरा लेराउञ्छ्न भारतको त कुरै भएन थाहा छंदैछ त्यहाका नेताहरु यहि आएर सबै नेताहरुलाई होटेलमा उर्दी लगाएर निर्देशन दिएर गएको | बैद्य लगाएत तेत्तिस दललाई समाबेश नगरी चुनाब गर्न गार्हो छ त्यो पनि थाहा छ उता सत्ता सुबिधा हत्याउन उपाय त गर्ने पर्यो अनि आफैले सिर्जना गरेको विदेशको प्रेसर पनि छ | यी चार दल जसरि पनि चुनाब गराउन लागि पर्छन | यिनीहरुलाई जनताको चासो छैन | भएको भए पहिला नै संबिधान बनि हाल्थ्यो | पहिला भन्दा २५/३० लाख मतदाताको नाम कम छ | जनताको चुनाव प्रति कुनै प्रतिक्रिया छैन | बिरोधि दलहरको आफ्नै शर्तहरु छन | फेरी अहिले कठपुतली निर्दलीय सरकार छ | चुनाव भै हाले फेरी कति भोट हाल्न जालान ? एउटा शक्ति शशक्त रुपमा यसको बिरुद्धमा सडकमा उत्रेको उत्रेइ गर्छ जसको प्रतिकार गर्न सेना प्रहरीलाई हम्मे मात्र होइन गार्है हुन्छ | मिचिने पिसिने जनता नै हुन्छन |

    Reply
  12. dharmendra says:
    September 25, 2013 at 4:19 pm

    चुनाब हुन्छ , हुनुपर्छ , नत्र हाम्रो पहिचान हराई सके पछि बैध्य लै दोष दिएर केहि हुने वाला छैन / आ-आफ्नो ठाउँ बाट जे जस्तो समर्थन गर्न सकिन्छ गरौँ / बन्द ,बहिस्कार र अराजकताको बिरोध गरौँ

    Reply
  13. Man Limbu says:
    September 25, 2013 at 4:15 pm

    नहुने कुरै छैन चुनाब अवस्य हुन्छ
    चुनाब नगराएर के हत्यारा, भ्रस्टचारी सामन्ती राजा ल्याउन खोजेको हो यी चुनाब विरोधीले?

    कदापी नोसोच राजाबादी तिमि हरुलाई नेपाल बाट धपाईने छ अझ नेपाल मा राजा ल्याउने प्रयास गरे

    Reply
  14. saru says:
    September 25, 2013 at 4:06 pm

    चुनाव के को लागि भन्ने नै मैले त बजेको छैन. लोकतान्त्रिक संविधान बनाउने हो भने त्यस को सिधान्त त छँदै छ यी भेड़ी गोठ जम्मा गरेर केहि हुने वाला छैन भनेर प्रमणित त हामी गरिब नेपाली को अरबौ रुपिया खर्च गरेर पहिलो संबिधान सभा तुहारेर हेरी नै सक्यो. आखिर जापान जस्तो देश मा एक महिना भन्दा कम समय लगाएर बनाएको त्यो पनि अमेरिकी हरु ले बनाई दिएकै संबिधान बाट दोश्रो विश्व युद्ध बाट तहस नहस भएको देश बाट अहिले सब भन्दा बिकसित राष्ट्र भयैकै छ. सब भन्दा त पहिलो संविधान सभा असफल बनाउने तथा कथित ठुला नेता हरु ले नैतिकत को आधार मा राजिनामा दियेरो राष्ट्र सम्मुख माफी माग्नु पर्छ र नया पुस्त हरु ले राजनीति सम्हालेर इम्मांदर पुर्वक काम गर्ने हो मात्र यो देश विकाश को पाठ मा लम्किन सक्छ. चुनाव नै गर्ने हो भन्ने संसद को चुनाव गरेर संविधान चाही संविधान को expert हरु बाट बनाए हाम्रो देश ले यो चुनाव को अरबौ को खर्च बाट बच्न सकिन्छ र त्यो पैसा देश को विकाश मा लगाउनु पाइन्छ जस्तो लाग्छ. नत्र बाँदर लै नरिवल जस्तो हुनेछ यो देशमा. जय नेपाल

    Reply
  15. Bijaya says:
    September 25, 2013 at 3:21 pm

    नेपालको पहिलो संबिधानसभाको निर्बाचनको नतिजा पश्चात आजसम्म पनि नेपाली राजनीतिमा सबैभन्दा बलियो शक्तिको रुपमा नेकपा एमाओबादी रहेको कुरालाई नकार्न सकिदैन| नेपाली कांग्रेस र एमाले यो अबधिमा खालि आफ्नो अस्थित्व/उपस्थिति जोगाउन मात्र सफल भएका छन्| आफ्नो शक्तिको बलमा एमाओबादि र यसका धेरै नेताले अकुत मात्रामा सम्पति/शक्ति आर्जन गरेका छन्| वैद्य समूह एमाओबादीबाट अलग हुनुको एउटा प्रमुख कारण यहिनै हो| अब हुने भनिएको संबिधान सभाको चुनाब पछि एमाओबदिले पहिलो संबिधानसभाको तुलनामा आधामात्र सिट जित्ने कुरा उनीहरुलाई राम्रोसंग थाहा छ| तसर्थ यो चुनाब हुन् नदिनु एमाओबादिको हीतको पक्षमा हुने हुदाँ चुनाब हुने कुरामा म बिस्वस्त छैन| अन्तिम समयमा गएर बैद्य समूह सित पुन बार्ता गर्ने र सम्भावित द्वन्दबाट देशलाई बचाउने नाममा यिनीहरुले आगामी चुनाब पक्कै केहि महिना पछिको लागि सार्छन| यसबाट बैद्य समूहपनि खुसी, एमाओबदिपनि दङ्ग, नेपाली कांग्रेस र एमाले पार्टीभित्रको गुटबन्दीको कारणले ति पार्टीका टिकट नपाउनेहरु पनि खुचिङ्ग भन्न सफल र मधेसी दलहरु चुनाबबाट हुन सक्ने मधेसी दल बीचको अन्तर्द्वन्द बाट पनि जोगिने| नेपाली जनता बाहेक अरु सबैका लागि यो चुनाब नहुनुनै लाभदायक छ| धन्यबादं

    Reply
  16. मजबूर खान says:
    September 25, 2013 at 2:55 pm

    विदेश मा बसेको धेरै भयो अब नेपाल मै गएर जिबन चलाउन केहि गर्नु पर्ला भनेको एक थरि भन्छन निर्बाचन हुन्छ अर्को थरि भन्छ हुन दिन्न. हुन नदिनको लागि पक्कै बन्द हड्ताल नै होला परमुख अस्त्र ..यो बैद्य को के बुद्दि आको बरु आयुबेर्दिक वोखाती बेचेर बसेता जनाताको हित पनि हुन्थ्यो येसो अलिकति धर्म पुन्ने पनि मिल्थ्यो..येसरी जनतालाई दुख देर कुन महान नेता बन्न खोजेको खै.

    Reply
  17. Sri Ram says:
    September 25, 2013 at 12:47 pm

    अहिले त माओबादी ले जाल फलेको छ ! अलिक पछि ए माओबादी ले हुन दिदैन जब थाहा लाग्छ कि अब को चुनाव मा पहिले भन्दा vote कम आउछ !

    Reply
  18. sanjay says:
    September 25, 2013 at 12:29 pm

    चुनाबको अर्थ के जबकि ठुला दलहरु आपसी समजदारी भन्दै तारे होटेलमा बैठक बसी संबिधान जारी गर्न चाहन्छन! यस्तै हो भने किन अर्भौ सकेर नाटक गर्ने आखिर जस्तोसुकै संबिधान बने पनि नियम कानुन मिच्ने नेता इनिहरुनै हुन्

    Reply
  19. robei says:
    September 25, 2013 at 12:04 pm

    हुन्छ किन नहुनु, भारत,श्रीलंका,बांग्लादेश,पाकिस्तान आदि मा पनि चुनावको बेला सना तिना घटनाहरु, बहिस्कार सधैँ हुन्छन,खै त चुनाव रोक्या? नडाराई गरौं। बैध्यले भाग नलिए पनि फरक पर्ने वाला छैन।सक्छन भने सबै जनतालाई कन्भिन्स गरेर राजाको चुनाव जस्तो बहिस्कार गरेर देखाउन न।

    Reply
  20. Nab says:
    September 25, 2013 at 9:28 am

    चुनाव भए पनी नभय पनी हुने वाला साँचाीकै केही छैन । आखीर संसद मा जाने हरू फेरी त्यही चोर,डाका, ज्यानमारा,भ्रष्ट , घुस्याह, बलात्कारी, र देशद्रोही हरू का जथ्ता त हुन , अब पनी यीनीहरू ले पायो भने यो देश को ताल गीद्दले बरू हड्डी राख्ला यी भुस्या संसदहरूले त नाम नीसाना राखदैनन ल । होइन हो हाम्रो देशमा अलीकती भयपनी world class का ब्यकत्तीत्तो भएका २१शताब्दी को जीम्मेवारी सम्भालन सक्ने politicians छैनन की क्या हो । म त ख़ाली सबै अनपढ़ र भ्रष्ट हरू मात्रै देख्छु त । यस्ता हरू लाई कसरी भोट दीने हो खोई । संसार कहा पुगीसकेको छ हाम्रो भने जहीले पनी बिजोग छ । धन्य अझै नेपाली भन्न पाएछु है …

    Reply
  21. xyz says:
    September 25, 2013 at 9:26 am

    There will be no elections in November. The big worry is: there will never be elections in Nepal or Nepali people may have to wait longer period of time to have next elections. The reasons why there will be no elections in November include:
    1. Strong opposition from Baidya faction.
    2. Willynilly, wishy washy attitude of the four political parties
    3. Army demand for Rs3 billion allocation – every institution seems to be in a mood to extract as much as possible from the state.
    4. The real interest of the President to differ elections.
    5. The government is not interested in holding elections – the real interest of the ministers lies in prolonging the current situation.
    6. Prachanda playing double role.
    7. It is external actors who are interested in elections, not common Nepali people.Just watch out TV who is funding this ad?
    8. Technical flaws in elections like 5 million missing voters
    9. The real interest of the Election Commission is to differ elections – Mrs Ila Sharma is back after a junket with her daughter in Australia – Do you still think a jagire like Nil Kantha interested in holding elections on time?

    Reply
  22. Neel Paudel says:
    September 25, 2013 at 9:13 am

    संवैधानिक नेपाल आजको आवश्यकता हो . कसैको धम्कीको भरमा चुनाव रोकिन्न .जनताको चेतना स्तर २१ औं शताब्दी कै छ सिर्फ नेताहरु सोचाई मात्र कबिला युगको भएकाले जे पनि बोल्छन जे पनि गर्छन .यी अवसरबादीहरुलाई तह लगाउन पनि संविधानको आवश्यकता छ .यसपालीको चुनावमा सबै प्रकारका साम्प्रदायिकबादलाइ परास्त गरी अखण्ड नेपालका पक्षधरलाई विजयी गराउनु पर्छ .पहिला झैं हुत्तिहाराहरुलाई जिताउनु हुन्न .नीतिमा आबद्ध सदाचारी व्यक्तिलाई जिताएर पठाऊँ .संबिधान बन्छ ~चुनाव हुन्छ .जनता आफ्नो मत जाहेर गर्न आतुर छन् .हुत्ति भए बैद्द्यबाले पनि चुनाबमा भाग लिएर आफ्नो हैसियत हेरुन …..

    Reply
  23. B. Adhikari says:
    September 25, 2013 at 9:09 am

    चुनाव हुन्छ

    चुनाव हुने आधार बलियो बन्दै गएको छ। चुनाव नभए भने दलहरुको अस्तित्व नै समाप्त हुने डर छ किनभने यस्तो सून्यताको स्थिति लामो समयसम्म रहन सक्तैन। यो सून्यतामा अर्को शक्ति (सेना?) सरकारमा आउन सक्छ। त्यसकारण दलहरुले चाहेर पनि, नचाहेर पनि चुनाव गराउनु पर्ने वाध्यता छ, उनीहरुको। यो तथ्यको आधारमा चुनाव हुन्छ, तर साना तिना झडपहरुका साथमा।

    बी अधिकारी

    Reply
  24. अनोज शाक्य says:
    September 25, 2013 at 9:07 am

    चुनावसम्मको माथिको समय तालिका हेर्दा चुनाव हुँदैन । हामी नेपालीहरु पिसाब चुहीसकेपछी कट्टु खोल्ने बानी छ । खिलराज रेग्मी सँगमात्र चुनावगर्ने जादुको छड त छैन नि । यदी साचैनै नेपालको राजनीतिलाई स्थिर गर्दै लानको लागि संबिधान सभाको चुनाव २ बर्ष पछी गर्दा नै उपयुक्त होला । त्यसो गरियो भने अहिलेका बुढा नेताहरु पनि गली सकेको हुन्छ । नयाँले मौका पाउछन । यदी जनताहरु साचैनै सचेत हुने हो भने २ बर्ष सम्मको लागि कसैले केही दवाब पनि नदिने,अहिलेको मन्त्री मण्डलको कार्य सम्पादन पनि राम्रै छ । कुर्नु र हेर्नु भन्ने कुरालाई पनि जनताले व्यबहारमा उतार्ने हो कि ? हतर पतरको काम लतर पतर किन गर्ने ? आखिरी समयको बर्वाद हामी जनताहरुको हुने हो । २ बर्ष पछी चुनाव गरियो भने राजनैतीक ब्यापारीहरु पनि आफ्नो बाटो लाग्छन कि ?

    Reply
  25. ramesh babu says:
    September 25, 2013 at 8:46 am

    अलि गारो छ भए पनि ज्ञानेन्द्र ले गराएको चुनाब झैँ पो हुन्छकी ? फुटी सके पछि बैध्ये बा पनि औटा छुटै राजनैतिक पार्टी हो भन्ने कुरा प्रचण्डले नि राम्रो संग आत्मसात गरेर हेप्न र पेल्न छाड्नु पर्छ! बैध्येबा जे भएनी सच्चा मुक्ति कामी लडाकु हरु बैध्येबा तिरै धेरै छन् र यिनले फेरी दोन्ध नाचर्कौलान भन्न सकिन्न , बैधेबा हरु पनि बेस्सी आड्ये हुनहुन्न है, तपाई हरुकै खिचातानी ले गर्दा येस्सो हेर्दा चुनाब भयोभने कमल थापा लेपो पद्कौला जस्तो छ है विचार गरौ.

    Reply
  26. yukta says:
    September 25, 2013 at 8:18 am

    आज को कान्तिपुर दैनिक को खबर अनुसार सेना ले पनि सेना परिचालन को लागि ३ अर्ब १४ करोड सरकार संग माग्यो रे उता बैध ले चुनाउ बहिस्कार गरेर जे पनि हुन सक्छ है भन्ने धम्कि पूर्ण भाषा बोल्दैछ आखिर चेपुवा मा पर्ने त सर्व साधरण नेपालि जनता नै त हो डराई-डराई भोट हाल्न एक-दुई जना छाडेर अरु केहि जाला , त्यसैले चुनाउ त सरकार ले सेना प्रहरी लगाएर सम्पन्न त गर्ला तर भोट को प्रतिशत भने पक्का घट्ने छ !

    Reply
  27. harihar sharma says:
    September 25, 2013 at 8:15 am

    १) चुनाब ड्यास माओबादी बिना हुन्न /
    २) यदि फौजदारी मुद्दा, अफियो प्रमाणित व्यतीलाई चुनाब लड्न दियो भने म चुनाब नै बहिस्कार गर्छु /

    Reply
  28. K.S. says:
    September 25, 2013 at 7:37 am

    यो सब चार पार्टी प्राइभेट लिमिटेड कम्पनी को देखाउने नाटक मात्र हो . कहिले रअ को कुरा, कहिले २०४७ साल को संबिधान ब्युताउने कुरा गरेर हिड्न थालेको छ प्रचंडे , कहाँ बाट हुन दिन्छ चुनाब,

    यी ४ पार्टी लाइ थाहा छ अब आउने चुनाब मा जनता ले नराम्रो संग सडक मा पुर्याउने छ, त्यहि भएर कुनै हालत मा पनि यी ४ पार्टी ले नै नौटंकी निकालेर चुनाब हुन् दिदैन .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme