Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एनसेलको माउ कम्पनीलाई ४० करोड क्रोनर घाटा, सुमार्गीको हेलो नेपालको सेयर बेच्ने

Posted on September 11, 2013September 11, 2013 by Salokya

निजी क्षेत्रको टेलिकम कम्पनी एनसेलको माउ कम्पनी युरोपको टेलिया सोनेराले ४० करोड स्विडिस क्रोनर घाटा खाएर अजय सुमार्गीसँग किनेको ‘हेलो नेपाल’को कम्पनी नेपाल स्याटेलाइटको सेयर बेच्ने भएको छ। बुधबार टेलिया सोनेराले यो घोषणा गरेको हो। टेलिया सोनेराले नेपाल स्याटेलाइटको सेयर झोदर इन्भेस्टमेन्ट नामको कम्पनीलाई बेचेको हो।

यस्तो छ 4 traders मा छापिएको विज्ञप्ति

STOCKHOLM–Swedish telecom operator TeliaSonera AB (TLSN.SK) said Wednesday it will sell back its indirect ownership in Nepalese regional operator Nepal Satellite to Zhodar Investment, booking a loss of SEK400 million from the deal.

MAIN FACTS:
-Uncertainty regarding the regulatory and legal environment for consolidation and granting of licenses in Nepal has increased.

-Pursuing an acquisition of Nepal Satellite is therefore not considered possible for regulatory reasons.

-The agreement enables TeliaSonera to concentrate on Ncell, which reduces the business risk and complexity of TeliaSonera’s total involvement in Nepal.

-Nepal Satellite’s operations are so limited that the consolidated financial statements will not be affected when the company ceases to be consolidated.

-TeliaSonera’s effective ownership of 57% in Nepal Satellite is the result of acquisitions made in 2011 and 2012. The purpose of the acquisition was to strengthen TeliaSonera’s operations in Nepal with a complementary brand.

-TeliaSonera is the majority owner of mobile operator Ncell which is Nepal’s largest mobile operator, with around 10 million subscriptions. Sales in Ncell were SEK2.7 billion in 2012.

-At 0707 GMT shares traded flat at SEK48.10.

टेलिया सोनेरा आफैले यस्तो विज्ञप्ति निकालेको छ-

TeliaSonera exits Nepal Satellite, focuses on Ncell in Nepal

11 September 2013
TeliaSonera has reached an agreement to sell back its indirect ownership in Nepal Satellite, a regional operator in Nepal, to Zhodar Investment. Over the past year, uncertainty regarding the regulatory and legal environment for consolidation and granting of licenses in Nepal has increased. Pursuing an acquisition of Nepal Satellite is therefore not considered possible for regulatory reasons.

The agreement enables TeliaSonera to concentrate on Ncell, which reduces the business risk and complexity of TeliaSonera’s total involvement in Nepal.

In connection with the sale, TeliaSonera will report a loss of circa SEK 0.4 billion. Nepal Satellite’s operations are so limited that the consolidated financial statements will not be affected when the company ceases to be consolidated.

TeliaSonera’s effective ownership of 57 percent in Nepal Satellite is the result of acquisitions made in 2011 and 2012. The purpose of the acquisition was to strengthen TeliaSonera’s operations in Nepal with a complementary brand.

Norton Rose Fulbright, K&L Gates, and UBS have been the principal advisors in the transaction which is expected to close within a month.

TeliaSonera is the majority owner of mobile operator Ncell which is Nepal’s largest mobile operator, with around 10 million subscriptions. Sales in Ncell were SEK 2.7 billion in 2012.

हेलो नेपालको सेयरमा यसरी ५७ प्रतिशतको हिस्सेदारी टेलिया सोनेरालाई भएको कुरा नियामक निकाय दूरसञ्चार प्राधिकरणलाई समेत जानकारी थिएन। न यसरी सेयर किनबेच गर्दा कुनै कर नै तिरिएको थियो। नेपालको कानुन अनुसार यसरी उस्तै खालका सेवा दिने दुई टेलिकम कम्पनी चलाउन पाइँदैन। यसबाहेक हेलो नेपाल बेच्दा जबर्जस्ती निकालिएका कर्मचारीहरुले एनसेललाई तारो बनाउँदै आन्दोलन गरिरहेका थिए। यो आन्दोलन एनसेलको टाउको दुखाइ भएको थियो।

कसलाई बेचेको हो ?

टेलिया सोनेराले हेलो नेपालको सेयर झोदर इन्भेस्टमेन्टलाई बेचेको भने पनि यो कम्पनीको पछाडि को छ प्रष्ट छैन। ब्रिटिस भर्जिन आइल्यान्डमा दर्ता गरिएको झोदर इन्भेस्टमेन्टले यसअघि पनि टेलिया सोनेरासँग व्यापार गरिसकेको छ। एनसेलको स्वामित्व टेलिया सोनेराले यही कम्पनीबाट किनेको हो। दुनियाँको आँखामा छारो हाल्नमात्र यसरी सेयर बेचेको नाटक गरेको हो कि भन्ने पनि शंका उत्पन्न हुन्छ। उता शम्भु थापाको फर्ममा छापा मार्ने राजस्व विभागले करोडौँको सेयर बिक्री हुँदा कर तिरेको छ कि छैन भनी जाँच गर्ला कि नगर्ला पनि हेर्न तम्तयार भएर बसे हुन्छ।

थप पढ्नुस्
स्विडेनको पत्रिकामा एनसेल भ्रष्टाचारको पर्दाफास
तीन प्रश्नको जवाफ दिन एनसेल मालिकलाई चुनौति

9 thoughts on “एनसेलको माउ कम्पनीलाई ४० करोड क्रोनर घाटा, सुमार्गीको हेलो नेपालको सेयर बेच्ने”

  1. Trivivan says:
    September 17, 2013 at 7:57 pm

    पक्का एन सेल ले मुलुक मा ब्रह्म लूट गरिरहेको छ, एसले सबै सम्बन्धित निकाय हरु को मुख मा टन्न माड हालेर टालिदिएको ले यो देश मा कुनै पनि हामी जस्ता नागरिक ले न्याय पौने कुरा सिर्फ गजडी हरु को गफ जस्तै हो. के गर्नु यो देश त अब सिर्फ दादागिरि गर्ने, गुण्ड हरु को सक्ति ले बनेका भ्रस्टहरु ले नै चलाउने भए, दुर्भाग्य हाम्रो कस्ता हरु लाई बिस्वाश गर्न पुगेम???

    Reply
  2. केसी says:
    September 12, 2013 at 10:31 am

    ब्रिटिस भर्जिन आइल्यान्ड भन्नेबित्तिकै संकास्पद लाग्छ मलाई त / जम्मा २७,००० जनसंख्या भएको यो ठाउँ tax Heaven को रुपमा पनि चिनिन्छ तेसैले थुप्रै फाईनान्सिअल कम्पनीहरु खोलेकाछन् त्यहाँ बाहिरकले / बैंकिंगको लागि Switzerland भनेजस्तैहो यो ठाउँ फाईनान्सिअल सर्विसको लागि/ International Consortium of Investigative Journalists ले गरेको अनुसन्धानमा त्यहाँ २१,५०० कम्पनी थिए जसमा रेप्रीजेंटेटीव डिरेक्टरमा भेटिए जम्मा २८ जाना ब्रिटिश नागरिक/ भन्नुको मतलब असली मालिक को हो नभनेरै कम्पनी खडा गर्न सकिन्छ/ ति मध्ये थुप्रै चाही बाहिरका ठुला कम्पनीहरुले गलत कारोबार गर्न (घाटा लुकाउन, नाफा लुकाउन, कम्पनीको नाफा बेक्तिगत बनाउन, कर छल्न, सम्पत्ति लुकाउन) प्रयोग गर्छन/
    भर्खरै जापानमा OLYMPUS कम्पनीले १९९०को दसकमा गरिएको लगानीको घाटा लुकाउन येही ब्रिटिस भर्जिन आइल्यान्डमा कम्पनी खडा गरेको थियो/ शेयेरको मूल्य घट्न नदिन र शेयेरधनिहरु लाई खुसि पर्न कागजमा घाटा लुकाउन खोजिएको थियो, यो काण्डमा OLYMPUS को प्रेसिडेन्ट, भाइस-प्रेसिडेन्ट र चिफ अडिटरले जेल जानुपर्यो/

    Reply
  3. प्रमोद says:
    September 12, 2013 at 5:46 am

    प्रचण्डको छत्रछाँया परेको कम्पनीमा छापा मार्ने कसको आँट ? लोकमान सिँह पो कसको आशिर्वादले बाँचेका छन र ?

    Reply
  4. मदनमणि says:
    September 11, 2013 at 10:07 pm

    यसबारेका फाइल एक वर्ष अगाडी नै अख्तियारले लगेको थियो http://doorsanchar.com/?p=578

    Reply
  5. kedar says:
    September 11, 2013 at 5:12 pm

    “शम्भु थापाको फर्ममा छापा मार्ने राजस्व विभागले ………” भन्ने वाक्यांसले मेरो ध्यान खिचो: बिबाद्स्पाद छापा मारियो तर:
    शम्भु थापा चैं चोखा छन् त ?
    तस्कर, भ्रस्टाचारी र हत्यारा समेतको मुद्धा लड्न लिने फिसको VAT तिरेका छन् त ?
    ल फर्म दर्ता बापत बार्षिक सुल्क तिरेको भनिएको कर र हरेक सेवा सुल्क बापत तिर्नु VAT एकै हुन् त ?
    उनले दर्ता गरेको मुद्धा उसै दिन सुनुवाई हुनु के हो ? अरु मुद्धाहरु तेसरी सुनुवाई हुन्छन त ?
    लोकतन्त्रबादी अगुवा भएकै कारणले उनका क्रियाकलापलाइ राज्यले अनुसन्धान गर्न नपाउने त ?
    बिबद्स्पाद प्रमुख भएको अख्तियारले गरेका हालका सबै कारबाहीलाई हाइ हाइ गर्ने हामीलाई सेवा सुल्कको VAT माराहरुलाइ के को लाभ दिन आतुर भएका हौँ ?

    Reply
    1. विनय says:
      September 11, 2013 at 9:37 pm

      हैन हामी नेपालीले नेपाली भाषा पनि राम्रो नबुझ्ने भयौँ ? यहाँ शम्भु थापाको फर्ममा छापा मार्ने सही छ कि गलत छ भनेर कहाँ लेखिएको छ ? शम्भु थापाको पक्ष र विपक्षमा तर्क र कूतर्क किन गर्नुपर्‍यो ? त्यहाँ त गर्नेले लाखौँ रकमको सेयर स्वामित्व हेरफेर हुँदा नियमअनुसार कर तिरेको छ कि छैन हेर्नुपर्छ पो भनिएको छ । एउटा विषयको ब्लगमा अर्कै विषयमा कमेन्ट गर्न किन आतुर हो मान्छेलाई ?

      Reply
  6. Resham says:
    September 11, 2013 at 4:09 pm

    मलाई संधै आस्चर्य लाग्थ्योकी एन्सेल ले कसरि येति बिघ्न आक्रामक बिज्ञपन दिञ्छ भनेर , रहस्यहरु सतहमा औंदैछां , जेहोस उसले नेपालमा विभिन्नखाले technology भित्रयाकै हो साथै यो कम्पनी ले प्रतिस्पर्ध नगरिदियाको भय आज हामी गरिब जनताले सायद आइ एस दि १००/मिनट, एस ति दि १०/मिनट र लोकल ५/मिनट तिरिरहेका हुनेथियौं होला .

    Reply
  7. Sisir says:
    September 11, 2013 at 3:48 pm

    नेपालीलाई ठगे जस्तो अन्त ठग्न अलि गार्हो भो जस्तो छ टेलिया सोनेरा ..

    Reply
  8. Niraj Chandra Poudel says:
    September 11, 2013 at 3:15 pm

    के अचम्म सुन्नु पर्यो यो ? हुन त नेपालको कानुन साना लाई मात्र लाग्छ, NCELL लाइ कस्ले के नै गर्न सक्छ र ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme