Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यसरी हार्‍यो नेपाल

Posted on September 8, 2013September 9, 2013 by Salokya

goal
नेपालको पोस्टमा छिरेको यही एकमात्र गोलले नेपाल अफगानिस्तानसँग साफ च्याम्पियनसिपको सेमिफाइनलमा १-० ले पराजित भयो। हेर्नुस् अफगान खेलाडीले यसरी हानेको फ्रि किक किरण चेम्जोङले समाते पनि बल फुत्किएको थियो। अनि छेउमै भएको गोल गर्ने खेलाडी अहमदीलाई रोक्ने/छेक्ने कोही थिएन। 

kiran
किरण चेम्जोङले त्यो बल समातेका थिए।

kiran1
तर हातबाट फुत्कियो।
kiran2

kiran22

kiran33
फेरि समात्न खोजेका थिए, फेरि फुत्कियो।

kiran3
अफगानी खेलाडी अहमदी त्यो देखेर अगाडि आए।

kiran4
यतिञ्जेल किरणले बलमाथि नियन्त्रण गुमाइसकेका थिए।

kiran5
अहमदीले त्यही मौकाको सदुयोग गर्न खोजे। बल उनीतिरै आयो।

kiran6
किरण ढले, बल अहमदीको जिउमा ठोक्कियो।
kiran7
किरण सम्हालिन बाँकी नै थियो, अहमदीले बल तिर आँखा लगाए। नेपाली डिफेन्डरले भेउ पाउन सकेका थिएनन्।

kiran8
अहमदी बलतिर अघि बढे।

kiran9
अनि हाने पावरफूल सट।

kiran10
३२ नम्बरको जर्सीका नेपाली डिफेन्डर लाचार थिए। किरण त पछाडि परिसकेका थिए।

kiran11

अहमदीको बल जालीतिर।

kiran12

एक जना नेपाली डिफेन्डर अझै पोस्टमा थिए। तर उनले पनि भेउ पाउन सकेनन्।

kiran13

र, बल छिर्‍यो १० औँ मिनेटमा। यही गोल पराजयको कारण बन्यो।

penalty1
अनि ती दुई पटक हान्न पाएको पेनाल्टी मिस भएको !
penalty11
रोहित चन्दको पहिलो पेनाल्टी यो कुनामा गएको थियो जसलाई मन्सुर फगिरयारले रोके।

penalty22
तर रेफ्रीको सिटी अघि नै अफगान खेलाडी डि एरियामा अघि बढेको भन्दै लाइन्सम्यानले झण्डा उठाए। पेनाल्टी फेरि हान्नुपर्ने भयो।

penalty222

penalty2

रोहित चन्दले दोस्रो पेनाल्टी पनि ठीक त्यही ठाउँमा हाने। शायद उनले पहिले यही ठाउँमा हानेकोले गोलकिपरले अबको पल्ट अर्कै कुना च्यापेर हान्छ होला भनेर सोच्छ भन्दै त्यहीँ हानेका हुन् कि।

पेनाल्टी हान्न मिडफिल्डर रोहित छानिनु ठीक थियो त ? नेपालका अमेरिकी प्रशिक्षक ज्याक स्टेफानोस्की भन्छन्- पेनाल्टी जसलाई आत्मविश्वास छ उसलाई हान्न दिने हो। सामान्यतया हामी राजु तामाङलाई दिन्थ्यौँ। तर उनी मैदानमा थिएनन्। त्यसैले सबैभन्दा आत्मविश्वास भएको अर्को राम्रो खेलाडी भएकोले हामीले उनलाई हान्न दिएका हौँ।

अफगानी प्रशिक्षक युसुफ कारगरले चाहिँ यसो भने- “हामीले विदेशी प्रशिक्षक भएका चार टिमलाई हरायौँ, आशा गर्छौँ अर्को एउटालाई पनि हराउन सक्नेछौँ।” फाइनलमा भारतलाई हराएर बदला लिन पाए खुसी हुने उनले बताए।

penalty
पेनाल्टी पाउनुको कारण भने यो थियो।

missed
यो अन्तिम मिनेटमा नेपालले कर्नरबाट आएको बललाई झण्डै पोस्टभित्र छिराइसकेको थियो। नेपाली गोलकिपर किरण पनि विपक्षीको पोस्टमा आएका थिए। तर अफगान गोलकिपर फलामे बार जस्तै उभिएका थिए। छिर्न दिएनन् बललाई।

ल अबे खेलको प्राविधिक पक्ष बुझेकाहरुले तल कमेन्ट गर्नुस्, आखिर नेपालको कमजोरी के के थियो ?

युट्युबको भिडियो स्क्रिन क्याप्चर भएकोले फोटो प्रष्ट छैन। भिडियो नै हेर्ने भए तल हेर्नुस्-

दुई चोटी पेनाल्टी हान्न लगाएको दुवै चोटी गोल नभएको। दिक्क मान्नुभएको छ भने यो खेल हेर्नुस्, रेफ्रीले पाँच चोटी पेनाल्टी हान्न लगाएका छन‌्-

यसरी किन पेनाल्टी फेरि हान्न लगाइन्छ त ? फिफाको नियममा यस्तो छ-

Law 14 – the penalty kick
Position of the ball and the players
The ball:
must be placed on the penalty mark

The player taking the penalty kick:
must be properly identified

The defending goalkeeper:
must remain on his goal line, facing the kicker, between the goalposts until the ball has been kicked

The players other than the kicker must be located:
inside the field of play
outside the penalty area
behind the penalty mark
at least 9.15 m (10 yds) from the penalty mark

40 thoughts on “यसरी हार्‍यो नेपाल”

  1. anjan says:
    September 9, 2013 at 8:02 pm

    खेलाडी हरुको लेवेल धेरै राम्रो भैसकेको छ ……नेगेटिव कमेन्ट गरेर मोरल डाउन नगरिदिउ प्लिज. हर जित त भै हल्छा नि….. के मेस्सीले पेनाल्टी मिस्स गरेको छैन र ?

    Reply
  2. Raj says:
    September 9, 2013 at 4:47 pm

    with all the the respect to the Afgani keeper that he kept his post safe, the Penalty should have been in. You cant blame a keeper for stopping or not stopping the penalty but you can blame a player who cant make a goal in a penalty. A penalty should be turned into a goal. thats it.

    Reply
  3. cRIS says:
    September 9, 2013 at 4:04 pm

    खेल पुरै हेरियो अनि, निरास पनि| तर आशा लाग्दो खेल खेलेका थिए नेपाल टिमले| अहिले सम्म हेरेको खेलहरुमा मलाई उत्कृस्ट लागेको खेल| नेपाली खेलाडीहरुले सक्दो प्रयास गरेका हुन्| ११०% दिएका थिए| तर भाग्यले साथ दिएन|

    गोल किप्पर किरण चेम्जोङ्गले पहिलो गल्ति गरे: त्यो बाहिर जादै गरेको क्रस बल्ललाई उनले राम्रै देखेको हुनुपर्ने| अनि बाहिर जादै गरेको बललाई नियन्त्रणमा लिनु आवस्यक थिएन| insurance को लागी आफ्नो एक defender रबिन श्रेष्ठ पनि त्यहि थिए| यहि गल्तिले गोल खानु पर्यो|

    दोस्रो गल्ति: पेनाल्टी किक दुवै साधारण थिए| training ground मा हानेको जस्तो| डराई-डराई हाने जस्तो| confidence नै थिएन| मेरो choice हुदो हो त म: जुमानु राई या कप्तान (defender) लाई हनाउथे| दुवै एकै खेलाडीलाई हनाउने निर्णय चै मलाई सहि लाग्छ| दोस्रो चोटी किप्परलाई भन्दा पनि हान्नेलाई mentally benefit हुन्छ| तर पेनाल्टी जहिले पनि ५०-५० हो| त्यसैले म खेलाडीलाई दोष दिन्न|

    तेस्रो: नेपाली खेलाडीहरु एकदमै आत्तिएर (hyper) खेल खेल्दै थिए| कोचले र कप्तानले cool-down गराउन सक्नु पर्थ्यो| अर्को आकासे-बल धेरै खेल्नु/खेलाउनु पनि गल्ति हो| जुमानु राई र अनिल गुरुंगलाई penetration बल पास गरेर, ground bal लाई जोड दिनु पर्ने| जुमानु राईको खेल उत्कृस्ट थियो नेपाल पट्टि| उनले बल भेट्टाउना बित्तिकै गोल अटेम या defender हरु तितर बितर भै हल्लिएका देखिन्थे|

    कमजोरी: भारत खवासको position र उनको बल कन्ट्रोल फिक्का थियो| नेपाल टिमको midfielder शुन्य थियो| जेजति attack भए wings बाट नै भए| midfielder खेलाडी जन्माउनु पर्ने देखिन्छ| तुरुन्तै| रोहित चन्दको खेल midfielder होइन| बलहरु striker लाई feed गर्न नै सकेको थिएन, न त switch राम्ररि नै गरेको देखियो| खाली defend गरेको मात्र देखियो| अनिल गुरुंगको attempt गर्ने shot-selection पनि कमजोरी देखियो| उनले उपलप्ध कम्तिमा ३ सटमा एकदम कम्जोर, तेस्रो number को shot हानि राखेको देखियो| जस्तै उदाहरणमा: खुलस्त चै भारत संगको खेलमा एक मौका, किप्पर संग one-on-one को अबस्थामा उनले volley गर्ने सट थियो| ३ प्रकारको:
    १) Chip shot (किप्परको माथिबाट: conversion ratio: 85%)
    २) Grass or Bounce shot (किप्परको भुईमा हाने: ratio: 60%)
    ३) Thump shot (जुन उनले हान्यो: ratio: 50%) किनकि किप्परको हात छिटो चल्छ| reflexion मा हात चल्ने हुँदा बल रोक्न सक्छ|
    यो जस्तो गल्ति हिजोको खेलमा पनि देखियो| भारत खवासको free header एक defender ले जस्तो हानेको देखियो| यो level को खेलमा यस्ता technical mistake हरु हुनुहुन्न थियो| किरण चेम्जोंगको उक्त गल्ति बाहेक नेपाली टिमका खास खेलाडी किप्पर नै हुन्| world class खेल खेल्छन उनले| bal distributing kick एकदम राम्रो छ, D area (Danger area) मा उनले प्राय rule गरेको देखिन्छ| flexible पनि छ| winger हरुको cross-kick हरु पनि सुधार्नु पर्छ| midfielder, र header खेलाडीहरु पनि हामीले groom (scout) गरि खोज्नु पर्छ तुरुन्त| नत्र हाम्रा striker हरु भुत्ते नै भैरहने छन्|

    उमेशजी आफ्नो बिचार माग्नु भो, मैले दिए है| एक खेलाडीको हैसियतले|

    Reply
  4. anjeet says:
    September 9, 2013 at 2:43 pm

    नेपालको खेल अलि सुध्रेको हो तर technically नेपालले धेरै सुधार लेराउनु पर्छ/
    नेपालले किन Long Ball खेल्यो मैले बुझ्न सकिन / one – Touch पास खेल्दै D – Area भित्र लगेर गॉल हान्न try नगरेर किन D -Box बाहिरै बाट Long Shot हानेर one after another chance खेरै फाल्यो/

    India सँग को दुइतै गॉल D -Box भित्रै बाट सम्भव भाको हो / long range shot बाट हैन /

    बिमल is really a promising player . He Created couple of chances . he too tried to score from outside D -Area .

    हरेक खेल मा एक दुइ ओटा mistake त भै हाल्छ . Let ‘s not blame किरण & रोहित् for their mistakes .

    Good teams always create more chances & utilise it
    बिमल has frightening pace . lets build our team around him . If we fine -tune our technics such as playing less long pass ,try to beat off side trap with pacey players & try to score from within D Area , we will start beating the teams around us sooner rather than later

    Reply
  5. som tamang says:
    September 9, 2013 at 2:19 pm

    जित र हार कि लडाईको मैदान हुन्छ कि खेलको मैदान हुन्छा नेपालले हारेको छैन नेपाली खेलाडीहरुले मात्र हरेको हो यो अब नेपाली खेलाडी हरुलाई चेतना भया किन हार्यो भनेर म नेपाली खेलाडी मित्र हरुलाई के भन्न चाहन्छु भने लडाई को मैदान मा जे जति लडे पनि अन्तयमा बाच्नेको बिजय हुन्छा मर्ने को केहि रहने छैन तेस्तै खेल मैदानमा जति खेलेपनि जति पेले पनि गोल गर्ने को बिजय हुन्छ गोल गर्न नसक्ने को केहि रहदैन नेपाली खेलाडी हरुले खेल्न नजानेर होइन गोल खाको. यदि नजानेको भय खेल मैदान मै उभिन्न पौदैना थियो मात्र नेपाली खेलाडी हरु संग गोल गर्न सक्ने साहास छेमताको कमि थियो सिकार गरेर ल्याएर खान बेलामा सिकार फुत्किन्नु खान नसक्नु जस्तै थियो हो योही कुरा अब्ब सच्यावाना सके भोलिका दिन हरु मा नेपाली खेलाडी हरुले ठुलो फट्को मर्ने छ नेपालको छबि उच्हा रखन्रे छ

    Reply
  6. Prakash(Alaska) says:
    September 9, 2013 at 1:31 pm

    आज अलि धेरै सुत्न पाइने दिन भए पनि मिर्मिरे नहुदै उठेर नेपाल भर्सेज अफगानिस्तान को खेल हेरियो, नेपाल को जीत हेर्न आतुर थियो मन, मुटु पनि ढुक ढुक गर्दै हेर्दै गरे, नेपाल ले धेरै राम्रो खेलेर अफगानिस्तान लाइ दवाब मा राख्दै गयो , धेरै चोटी गोल गर्ने अवसर हरु पनि सिर्जना नभएका हैनन् तर गोल हुन सकेन,पेनाल्टी पनि मिस भयो , अन्तत खेल को परिणाम १-० ले अफगानिस्तान लाइ सुम्पनु बाध्य भयो / खिन्नता ले पोल्यो मन तर के गर्नु खेल मा हर जीत त हुन्छ नै… जे होस् नेपाली फूटबल टिम मा बिमल जस्ता नवजवान खेलाडी को उदियमान भएको छ र अरु पनि होलान साना भाइ हरु उनि हरुलाई पनि अवसर दिदै जाने हो भने आगामी दिन मा नेपाली फूटबल टिम ले पक्का सकारात्मक परिणाम ल्याउने छन् …बधाई छ नेपाली टिम लाइ डटेर खेलेकै हो….

    Reply
  7. moon gurung says:
    September 9, 2013 at 1:18 pm

    केहि हुदैन हो साथी हो अर्को पल्टलाइ कोशीस गर्नुस, हार र जीट खेलमा भैहल्छनि /
    तपाईहरुले राम्रो खेलेकै हो र एसरी नै कोशिस गरि अगाडी बढ्नु हुनेछ /

    मोहन ( हाल जर्मनी)

    Reply
  8. Yogen says:
    September 9, 2013 at 1:00 pm

    कसले भन्यो नेपालले हार्यो ? म भन्छु नेपालले जित्यो / खेलमा हार जित भन्ने कुरा भै नै रहन्छ / नेपालले उत्साहजनक खेल प्रदर्शन गरेर प्रमाणित गरेको छ कि हामी पनि कोहि भन्दा कम छैनौ / अन्तमा मेरो बिचारमा नेपालले राम्रो striker को खोजि गर्नु जरुरि छ /

    Reply
  9. Vijay says:
    September 9, 2013 at 12:56 pm

    हार जीत त भई नै राख्छ खेलमा तर, जित्दा प्रशंसा को बहार, र हार्दा छि छि दुर दुर चाही गर्नु भएन खेलाडी लाई ! यसो गर्दा उनीहरुको उत्साह मर्छ ! हार्दा पक्कै पनि खेलाडी हरुलाई राम्रो लागेको त छैन होला ! मैले सुने, पेनाल्टी मा चुकेपछि रोहित को फेसबूकमा गालीको बर्सात भयो रे, यो चाही पक्का असभ्यता भयो है………..

    Reply
  10. Prabin_Raut says:
    September 9, 2013 at 12:17 pm

    हार लाई पनि सहर्ष स्वीकार गरौ साथी हो . मिहिनेत राम्रै गरेको हो, स्तर पहिले भन्दा उकासेकै हो. Pressure मा पनि आफु भन्दा Technically strong Team हरु संग कडा pratispardha गरेकै हो . नतिजा आफुलाई जे हेर्न र सुन्न मन लाग्छ , त्यहि मात्र हुने भए सायद मान्छे ले खेल्ने खेल नभनेर computer program भने हुन्थ्यो होला. Well Done Nepalese Football Team . You gave your Best

    Reply
  11. Binod says:
    September 9, 2013 at 12:12 pm

    मा खुसि छु कि नेपाल हार्यो अब नेपाल को ध्यान फूटबल मा होइन कि क्रिच्केट मा हुनु पर्यो.बिरालो लै बाग बनाउँदा येस्तै हुन्छ बरु लोसे बाग लै सिखरइ बाग बनियो भने राम्रो हुन्छ . क्रिच्केट को वोर्ल्ड चुप क़ुअलिफ़्य को लागि नेपाली क्रिच्केट team लै सुप्पोर्ट गरौँ.

    Reply
  12. Omi says:
    September 9, 2013 at 11:48 am

    नेपाल हारेको ??? आज सम्म पनि मलाई बिश्वास लागेको छैन कारण, अफगानिस्तान का टेक्निकल र फिजिकल खेल को सामु नेपाली खेलाडी हरुको प्रयाश प्रसंशनीय देखियो, तर खेल हो हार र जीत त नियम हो, खेल मा गल्ति गर्नेले हार्छ नगर्ने ले जित्छ, नेपाल ले अब अरु अन्तरास्ट्रिय उपाधि को सपना देख्ने हो भने अनुभव लाइ प्लेयिंग ११ सेट छनौट को अप्सन को बुंदा मा केहि पछाडी सार्दा उपयुक्त होला भन्ने लग्छ …किन भने अनुभवी खेलाडी हरुको स्फुर्ति त मैदान मा देखिए झैँ लाग्छ ………..

    Reply
  13. Basant says:
    September 9, 2013 at 11:34 am

    कल्पनै गर्न नसक्ने प्रगति गरेका रहेछन हाम्रा खेलाडी हरुले, खेल अति स्तरिय लग्यो हार जित त भै नै हालिन्छ राम्रो खेल्दा पनि भाग्य ले साथ नदिदा खेल हरियो समग्र मा हारेर पनि जितियो अब येति राम्रा खेलाडी साथीहरु लाइ एन्फाले ललिपप बाडेर होइन इस्तारिय प्रसिख्छाक, प्रसिक्छां दिएर खेलाडी लाइखेलेर बाच्न सक्ने आधार तयार गर्नु पर्यो …एन्फाले टिकट बिक्रि online बाट गर्न सके अझ राम्रो प्रति व्यक्ति १० टिकट को साटो २ टिकट बाडे अझ बढी दर्शक खुशी हुन्थे कि ? आशा गरौ येति स्तरिय नेपाली खेलले निरन्तरता पाई नै राखोस

    Reply
  14. Sisir says:
    September 9, 2013 at 11:02 am

    सायद हिजोको दिन नेपालको लागि अलि सुभ थियन होला .. २-२ पेनाल्टी र हातमा आएको बल फुस्कौनु नै पराजयको कारण हुन पुग्यो .. खेल नेपाल कै नियन्त्रणमा नै थियो तर नतिजाको लागि गोल हान्नु पर्छ जुन नेपालबाट हुन सकेन .. नेपालले पहिले पहिले भन्दा अलि सुधारिएको खेल खेलेकै हो, इस्टामिन पनि राम्रै देखियो यो साफ प्रतियोगितामा तर अफगानी गोलकिपर नै नेपाली टिमको लागि पर्खाल साबित भए .. अफगानी गोलकिपर हिजोको नायक (हाम्रो लागि खलनायक ) हुन् .. कम्तिमा २-३ गोल त उनले बचायेकै हुन् ..
    नेपाली खेलाडी तुलनात्मक रुपले होचा हुनाले एर बल र लंग पास चाही जति कम खेल्यो तेती राम्रो .. अफगान टिमलाई फाइनलको सुभकामना ..

    Reply
  15. Aakar Bhushan Nepali says:
    September 9, 2013 at 10:51 am

    लडाईमा गएको सिपाहीलाई माया र हौसलाको सट्टा हारेर आयो भनेर आफ्नो frustration उनीहरु माथि थोपर्ने चाहिं पो नेपालीको पुरानो बानो हो कि | हामी fan हरुलाई त यतिको नमिठो लागेको छ भने बिचरा ति खेलाडीहरुलाई (सिपाही) कस्तो भएको होला ? एकपल्ट सोच्ने हो कि !
    “संघर्ष हो जीवन, जिबन संघर्ष हो………………………
    जिन्दगी यो हारजित भईरहन्छ……………………
    हार भयो भनेर दुख नमान, रात पछि दिन आउछ हेर बिहान”
    होइन त ?

    Reply
  16. Tenzing Gaba says:
    September 9, 2013 at 10:46 am

    खेल राम्रो थियो
    नतिजा राम्रो आएन
    यस्तै हुन्छ खेलमा ………. त्येसैले त् “खेल” भन्या नि

    Reply
  17. subarna says:
    September 9, 2013 at 10:36 am

    खा भनेर मुख सम्म ल्याएर २/२ चोती दिदा नि खान नजाने पछि भत्रो गर्नि रोएर हुन्छ। खेलाडीको के लगानी भाछ उल्टो पैसा आउछ। 18000 जनाले रू500 को टिकट काटेर गाछन सब निराश….. आफुले तिरेको 500को सहि सदुपयोग भएन…..

    Reply
  18. Nik says:
    September 9, 2013 at 9:58 am

    खेलमा हार र जीत भै नै रहने कुरा हो|हामी खेलेकै भएर हारेका हौँ|यो हराईलाई म त not meant to be को रुपमा हेर्न पर्छ जस्तो लाग्छ,किनकि बिचरा गोलकि को हाथबाट भकुण्डो चिप्लेको देख्दा देख्दै पनि यदि कसैले हाम्रो कमजोरी देख्छ भने हामि जे मा पनि negative सोंच्ने मान्छे कहलाउछौ|त्यसकारण यो हार मा पनि हामि बिजय देखौ|

    Reply
  19. s-raj says:
    September 9, 2013 at 9:52 am

    गलत डिसिजन र असावधान खेलाडीका कारण नेपालले इतिहास रच्न चुक्नु पर्यो ! यो भन्दा दुखद घडी अरु के नै हुनसक्छ र l राजनीतक असफलताबाट वाक्कदिक्क भयका हामि यसपालीको साफमा पूर्ण आशाबादी थियौ त्यो पनि शुन्यमा परिणत भो !

    Reply
  20. Nibedan Baidya says:
    September 9, 2013 at 9:51 am

    पांच पल्ट पेनाल्टी हान्न लगाए पनि आखिर मा गोल त भाको रैछ नि त् ….!!! किरण ले बल हात बाट फुस्के पछि बरु पन्च हान्देको भए हुन्थ्यो कि? राम्रो खेल्दा नि परिणाम आफ्नो मा पार्न नसक्ने नेपाल को पुरानै रोग हो, मलाइ लागेको अर्को कुरा पहिलो पेनाल्टी मा बल गुडाएकोले अर्को पल्ट अलिकति उठाएर हिट गरेको भए हुन्थ्यो कि? अनि हिट गरेको स्पीड निकै कम भो, जोड ले हिट गर्दा बाउन्स मा आको फेरी हान्ने चान्स हुन्थ्यो नि ? जे होस् हुनु भैगो ३ करोड नेपाली को मन रोइगो अब भबिस्य मा सुधार गरोस टीम नेपाल ले शुभ कामना ….!!!

    Reply
  21. Lakshman says:
    September 9, 2013 at 9:09 am

    निर्दोष पशु पन्छीको पंच बलि दियर र नागको मुख छोपेर खेल जितिन्छ भन्ने अन्ध बिश्वाश भयका गणेश थापा एंड कम्पनीले अब आफ्नै मुख छोप्नु पर्ने भएको छ / आफ्ना खेलाडी हरुलाई राम्रो स्तरिय प्रशिक्षण , कोचिङ्ग , अनुशाशन , आत्मबलको बिकाश , खेलाडीहरुको फिटनेस , सन्तुलित खानपान र बसोबासको व्यवस्था , लामो बन्द प्रशिक्षण र बढी भन्दा बढी अन्तर राष्ट्रिय खेलको अवसर दिनुको सट्टा पंच बलि र नागको मुख छोप्ने जस्ता २१औ सताब्दीको जमानामा सुन्दा पनि हासो उठ्ने काम गर्नुको सट्टा अब ठण्डा दिमागले सोच्नु पर्ने बेला आयको छ यदि नेपाली फुटबलको क्षेत्रमा केहि गर्छु र गरेर देखाउछु भन्ने हो भने /
    आफ्नो घरेलु मैदानको फाइदा उठाउदै हाम्रा खेलाडीहरुले धेरै रफ खेले / उनीहरुको ध्यान गोल गर्ने भन्दा पनि बिपक्षी खेलाडीलाई लडाउनु, घाइते बनाउनुमा नै थियो / आफ्नो टिम भन्दैमा हामी नेपाली हरुले हाम्रा खेलाडी हरुको एस्तो नराम्रो प्रवृतिको समर्थन गर्नु हुँदैन, खेल जहिले पनि अनुशाशित टिमले जित्छ , आत्मबल भएको टिमले जित्छ , हाम्रा खेलाडीमा अनुशाशन पनि छैन र आत्म बल पनि छैन / रेफ्री महोदय त गणेश थापा क़ा नातेदार जस्तै नै थिय , उनले नेपाली टिमको आँखा चिम्लेर समर्थन गरे तर पनि नेपाली टिमलाई भाग्यले साथ दियन ,पाएको धेरै अबसर पनि उनीहरुले गोलमा परिणत गर्न सकेनन /होचो कद भएका नेपालीहरुलाई आफु भन्दा अग्ला अफगानी खेलाडी हरु संग उफ्रेर हेड गर्न पनि धेरै समस्या भएको देखिन्थ्यो नेपाली टिमलाई दर्शक को समर्थन थियो , अफगानी टिमलाई भगवान को आशिर्बाद र नेपाली टिमलाई पंच बलिमा ज्यान गुमाउन पुगेका पशुपन्छी को सराप /

    Reply
  22. बिजय says:
    September 9, 2013 at 8:58 am

    कसम यती सारो पिडा अनी दु:ख त उनको बिवाह हुदा पनी भयको थीएन …जती नेपाल हार्दा भयको छ. तर ४ जना striker हुदा हुदा रोहित (Defender ) लाई पेनाल्टी हान्न दिनु अनी पेनाल्टी मा पनी पुन तेही side मा प्रहार गर्नु रोहित को भुल भयो अनी हीजो को खेल मा midfield मा पनी कमजोरी देखीयो जुन हार को अर्को कारण बन्यो……

    Reply
  23. Kamal Raj Joshi says:
    September 9, 2013 at 8:29 am

    किरण ढले, बल अहमदीको जिउमा ठोक्कियो। भन्ने फोटो मा
    यो त उसको हातमा लागेको हैन र? अनि यो त Hand बल हुनु पर्ने जस्तो लाग्छ मलाई त |

    Reply
  24. deepak says:
    September 9, 2013 at 8:26 am

    There are very nice Nepalese origin soccer players in US, UK, Canada and Australia. ANFA may not have known about this fact.because they are only picking up home based players. I would like to inform ANFA, several unknown players are playing very nicely in those countries.

    Reply
  25. Byas says:
    September 9, 2013 at 8:17 am

    मेरो बिचारमा सागर थापाले पेनाल्टी हान्नु पर्थ्यो वा कुनै स्टार प्लेयेर्ले . रोहितले सारै खराब पेनाल्टी दोहराइ हाने . धेरै अफ़्साइद हुनुनै राम्रो लछ्यन थिएन . दर्शकले अफगानी खेलाडी प्रति आदर नदेखाउनु र जथाभावी कमेन्ट गर्नु भनेको देशकै बेइजत्त हो .

    जे भए पनि नेपाली फुटबल खेलको स्तर बढेको चै पक्कै हो .

    Reply
  26. shakya basanta says:
    September 9, 2013 at 8:01 am

    खेलमा हार र जित हुन्छ र तब न त्यसलाई खेल भन्छ । तर चित्त बुझाउने एउटा बाटो पनि हुन्छ नि ? नेपाली टिम मा गोल गर्न सक्ने स्त्राइकर को कमी धेरै देखियो । गोल रक्षक को बडी आत्मबल ले गर्दा नि हार को सामना गर्नु पर्‍यो । र दुई पटक पाएको स्वर्णम मौका चुकाउनु पनि काम मुर्खता थिएन । अन्तिम समयमा बिमल को फ्री किक्क लाई सदुपयोग गर्न नसक्नु नै नेपाल ले हार बेहर्नु पर्‍यो । नेपाली टिममा उत्कृष्ट प्रदर्शन गर्ने मा बिमल घरती मगर । सविन राइ । अनिल गुरुङ । सगर थापा । को खेल प्रसनीय थियो। जय नेपाल । जय फूटबल .

    Reply
  27. Subhaash Siddhi Udaas says:
    September 9, 2013 at 7:48 am

    छोटकरी मा भन्ने हो भने , हाम्रा खेलाडी र नेताहरुमा आत्मविश्वास थोरै र अन्धविश्वास थेग्नै नसकिने गरी धेरै मात्रामा रहेको हुनाले खेल मा हार्ने गर्दछन . र यही कुरो , सिंहदरबारको कुर्सीमा बस्न कालो बोकाको वलि दिनेहरुले पनि प्रमाणित गरी नै सकेको छ…यी दुवै वर्गलाई वैज्ञानिक शिक्षाको ठूलो खाँचो छ. चेतना भया …!

    Reply
  28. Surya says:
    September 9, 2013 at 7:39 am

    सार्है मन खिन्न भो तर नेपालले उत्त्कृष्ट खेल प्रदर्शन गरेको थियो. त्यसको लागि सबै खेलाडीहरुलाई बधाई दिनै पर्छ. सायद नेपालको यति राम्रो खेल मैले यस भन्दा अघि देखेको थिएन. खेलमा प्रगति भएको छ. सबै खेलाडीहरुले आ-आफ्नो ठाउँमा राम्रो खेलेका थिए. अलि बढी अन्तराष्ट्रिय खेलहरु खेलाउनु पर्छ. अनुभव दिन सक्यो भने नेपाली फूटबलको भविष्य उज्ज्वल छ.

    अर्को कुरा यहाँनिर भन्नै पर्ने हुन्छ – फुटबलले पुरा देशलाई एकजुट बनाई दियो. सबै नेपालीले सिर्फ देशको झण्डा बोकी देशको मात्र नारा लगाएको धेरै भो देख्न नपाएको. जय नेपाल!

    Reply
  29. बासु says:
    September 9, 2013 at 7:25 am

    मेरो विचारमा पाएको पेनाल्टी गुमाउनु (पहिलो त गणना नै भएन, अफ साइडको कारणले) मात्र हार्नुको कारण होइन | यसमा पासिंगको कमजोरी, ट्याक्टिसको कमी, एड्जस्टमेन्ट टाइमिङ र गलत क्यारी अन हुन् हारको कारण |
    नेपाली टिमले मेहनत गरेका हुन् तर उल्लेखित कारण सहित | खेलाडीहरुलाई दर्शक, व्यवस्थापनको दबाव अवश्य हुन्छ र प्यारापिटमा बसेर कराएको जस्तो सजिलो पक्कै हुन्न | तर ति मैदानमा जितकै उदेश्यले उत्रिएका हुन् अन्यथा उदेश्य लिएर होइन | त्यसकारण माथिका कमजोरीहरुपनि मैदान बाहिर नै छोडिनु पर्थ्यो | तर हा दैव …भने झैँ भयो |

    Reply
  30. Shiva says:
    September 9, 2013 at 7:17 am

    नेपाल आफ्नै गल्तीले हारेको हो..पेनाल्टी मेस्सी ले नि धेरै चोटी मिस्स गरेको छ,,रोनाल्डोले नि गरेको छ ,,रोहित कान्छा त बच्चै छ अब सिक्यो नि ठिटा ले .जहाँ सम्म दिफेंदर लाइ पेनाल्टी हान्न दिने कुरो छ गोलकिपर ले त हन्छ पेनाल्टी :D…हुन्छ कैले कै तर दोहोर्याएर चै दिन नहुने हो ज्याक सोल्तालाई नि जितम भन्ने थियो होला हानला बिदेसी लिग खेलेको एक्लो खेलाडीले भनेर …हावा खायो …..पेनाल्टी त सहि हानेको हो तर त्यो भन्दा नि सहि चै अफगानको गोलकिपर भान्जा रिचा च्याप्प समतो हौ … नत्र केटाहरुले समग्रमा राम्रै खेलेका हुन् दर्सक बिना गोल निरास भएनी खेल हेरेर भने पक्कै सन्तुस्ट भएको हुनु पर्छ … अजै धेरै साफ बाकि छ अजै धेरै वोर्ल्ड कप बाकि छ …. खेलाडीलाई गाली गरेर अपसब्दा ब्यक्त गरेर आफ्नु औकात देखाउनु भन्दा खेल भावना लाइ स्विकारम …हार्यो त हार्यो अब हार्यो भनेर रुने कि खेलाडी हरुलाई अजै राम्रो प्रशिक्षण दिने ? नेपाल को खेल स्तर पक्कै सुध्रिएको छ आसा गरम अब १००० को टिकेट ३००० मा किन्नु नपरोस ….जय नेपाल !

    Reply
  31. neeraj says:
    September 9, 2013 at 7:04 am

    खेल हो , जीत हार हुन्छ . हर्दा निरास हुनु स्वभाविक भए पनि टिम लाई गाली गर्नु ठिक होइन. पेनाल्टी मा गोल गर्न पर्ने तर रोहित चुक्यो. कस्ता कस्ता ठुला खेलाडी ले पनि पेनाल्टी चुकाका छन . कहिले कहिँ हुन्छ.प्रेसर र ब्याड लक को कमाल. समग्र मा टिम ले पुरा टुर्नामेन्ट राम्रो खेलेको कुरा को पनि मुल्यांकन गर्नु पर्छ. यो जीवन को अन्तिम खेल पनि होइन, न त अन्तिम टुर्नामेन्ट नै. आज जति निरासा भए पनि भोलि को दीन फेरी आसा बोकेर औंछ. जित्ने अवसर फेरी पाइन्छ. यसरी राम्रो खेल्दै गए जित पनि हात लाग्छ. खेल र खेलाडी लै प्रोत्साहन गरौँ. सफलता एक दिन हात लाग्छ.

    Reply
  32. पुष्प says:
    September 9, 2013 at 6:29 am

    ‘ज्योतिष’ अलि गतिलो परेनछन् कि के हो !

    Reply
  33. bikas says:
    September 9, 2013 at 2:34 am

    ठिकै छ सालोक्यजी, टिकटको पैसा त जोगिने भो नी ५-६ करोड़, हारे पछि न खेलाडीहरुलाई apartment न जुनी भर लाई रू १० हजार को पुरस्कार. Actually our players were better than the Afghans only luck was not with them. No one to blame, it’s just our boys’ misfortune.

    Reply
  34. Chasmilate Pradhan says:
    September 9, 2013 at 2:23 am

    Well from the moment of the final whistle till now i have been looking the bitter comments against our own Nepali Players. I don’t think they played to loose. yeah it hurts that they failed but cant we look over in another way that they tried their best & their best wasn’t enough today to make it happen.
    Every one is blaming Kiran & Rohit.. yeah they failed but why dont you guyz see that Kiran was at the D-box of Afghanistan at the last few minutes. dont u see his dedication there. If he had intended to lose of Nepal then he wouldn’t be running out all over the field leaving his post.
    Rohit has been playing continuously stable game through out the tournament producing some awesome moments that lead us to victory, why cant we see that.
    Lastly why are we forgetting to parise other players like sandip who created some of the awesome shots creating wonderful opportunities. Bharat & Jumanu who played risking their lives, Sagar who always been their standing as a backbone of the team.
    All I wanna say is I am proud being Nepali & I am proud of my Nepalese Team. Today wasn’t the day for us, So better luck next time.

    Reply
  35. indra says:
    September 9, 2013 at 2:09 am

    केटा हरु ले राम्रो खेलेका हुन्, राम्रो खेल्दा हाई हाई अनि अलिकति गल्ति हुदा गाली गर्नु ठिक होइन / पेनाल्टी हान्दा confidence थियन त्येस्मा सुधार गर्नु पर्छ र short pass मा आभ्याश बढी गर्नु पर्छ /

    Reply
  36. TIRTHA says:
    September 9, 2013 at 2:08 am

    आज त साह्रै दुख लग्यो, गोलि खादा पनि येति धेरै दुख्दैन थियो होला आजको हार ले मन दुखायो, समग्रमा भन्नु पर्दा नेपालको खेल पहिला को भन्दा धेरै improve भाको हो आज bad luck ले गर्दा हारेको भन्नु पर्ला.

    Reply
  37. bishnu kharel says:
    September 9, 2013 at 1:27 am

    i think nepal didnt deserve the second penalty , though nepal had many opportunities !

    Reply
  38. amrit subedi says:
    September 9, 2013 at 12:29 am

    खेल मा जित हार स्वाभाविक हो, तर कस्तो खेल्यो भन्ने कुरा पहिलो हो, आज को नेपालको खेल साचिकै उच्च स्तरिय थ्यो, नेपाल ले कयौ पोस्ट चार्ज गर्यो, अफगानीलाइ पुरै दबाबमा राख्यो, फेयर प्ले मा अफगान भन्दा धेरै फेयर खेल्यो, तर हार्यो, पहिलो पेनाल्टी मिस गरिसकेछी खेलाडी प्रेसर मा हुनु स्वाभाविक हो, फेरी दोस्रो पेनाल्टी पनि उही खेलाडी लाई नदिनु पर्थ्यो ! आजको हारले नेपाली फुटबल प्रति माया बढेको छ मेरो !

    Reply
  39. ashok says:
    September 9, 2013 at 12:08 am

    आजको खेलमा चाहिने भन्दा ज्यादा आशा गरिएछ, अहिलेसम्म पनि मन नमिठो मानिरहेको छ ! अब बिमल घर्तिमगर जस्ता स्टारहरू नजन्माएसम्म हामी नेपालीले पाउने खेलको नतिजा येस्तै हुन्छ !

    Reply
  40. Pawan says:
    September 8, 2013 at 11:47 pm

    कोहि पनि खेलाडी हर्चु भनेर खेल्दैन ,
    जीत अनि हार लाइ स्वीकार्न सिक्नु पर्छ , जे भएपनि यो फूटबल कै कारणले केहि समय राजनीतिक घेरा भन्दा बाहिर निस्किएर सोच्ने मौका पाइयो
    आखिर जीत मा नि रमाएका नै थियेऔ नि , आइले हार्दैमा नाना भाति गालि नै गरीहलना चै हुन्न है

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme