Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अफगानिस्तानद्वारा नेपालको सपना चकनाचुर, किरणको हातबाट बल फुस्कने, रोहितको दुई-दुई वटा पेनाल्टी नछिर्ने

Posted on September 8, 2013September 8, 2013 by Salokya

nepal-niras
रङ्गशालामा पञ्चबलि गर्दैमा र नाग छोप्दैमा सबै खेल जितिन्छ भन्ने सोच्नेलाई आजको खेलले लक मात्र हैन ब्याडलक पनि हुन्छ भनेर देखाइदिएको छ। खेलको १० मिनेटमै अनुभवी गोलकिपर किरण चेम्जोङले समातिसक्दासक्दै पनि फुत्केको बललाई गोल गरेर अफगानिस्तानले अग्रता लियो। तर गल्ती त्यही एउटा मात्र थिएन। खेल सकिन आँट्दा नसोचिएको पेनाल्टी रोहित चन्दले मिस गरे। नाटकीय घटना ! पहिलो पेनाल्टी हान्दा मिलेन भनेर फेरि पेनाल्टी हान्न दिइयो। तर दुर्भाग्य, त्यो पेनाल्टीमा पनि इन्डोनेसियाको लिगमा खेल्ने चन्दले गोल गर्न सकेनन्। अन्त्यमा खेल अफगानिस्तानले १-० ले जित्यो र नेपालको गृहभूमिमा उपाधि जित्ने सपना चकनाचुर भयो।

खेलको अन्त्यतिर रेफ्री र लाइन्सम्यानले पनि नेपालको पक्षमा निर्णय गरिदिएकै हुन्। विमललाई फल गर्‍यो भनेर रेफ्रीले नसोचेको पेनाल्टी दिए। पहिलो पेनाल्टी मिस हुँदा लाइन्सम्यानले झण्डा उठाइसकेका रहेछन्। पेनाल्टी हान्नुअघि नै अफगानी खेलाडी बक्सभित्र पसेको आरोपमा त्यो पेनाल्टीलाई मान्यता नदिई फेरि हान्न दिइएको थियो। अफगानिस्तानले कडा विरोध गर्‍यो। तर रेफ्रीको निर्णय भनेको रेफ्रीको निर्णय! यल्लो कार्ड पाए बरु धेरै कराउनेले। नेपालको विरोधमा यस्तो निर्णय भएको भए त के भइसक्थ्यो होला। तर दोस्रो पटक पेनाल्टी हान्दा पनि रोहितले बल छिराउन सकेनन्। पहिले जुन छेउमा बल हानेको हो त्यही ठाउँमा उनले हाने। पहिले जता डाइभ गरेको हो त्यतै डाइभ गरेर अफगानी किपरले बल रोके।

नेपालको एउटा गल्तीलाई अफगानिस्तानले अवसरमा बदल्यो तर अफगानिस्तानले एउटा पनि गल्ती गरेन। बरु मौका पाउँदा र दिइँदा समेत बराबरी गर्ने अवसर नेपालले गुमायो। पञ्चबलि र नाग छोप्नेहरुलाई राम्रै शिक्षा भयो। अन्धविश्वासको पराजय भयो।

नेपाली खेलाडीहरु ! राम्रै खेलेका थिए। तर आज दिन थिएन हाम्रो। किनभने अफगानिस्तानले अझ राम्रो खेल्दिए।

बेकारमा फुटबल हेर्दा लास्टमा त्यो पेनाल्टी हान्दा कम्ता मुटु ढुकढुक गरेन। भगवान बिजी छ भनेर थाहा हुँदाहुँदै पनि बेकारमा ‘हे भगवान, पेनाल्टी होस्!’ भन्ने मुखबाट निस्कियो। भगवानले पनि कति दिउन् भन्या, दुइटा अवसर त जुटाइदिएकै हैन र। भाग्यमा छ भन्दैमा डोकाँ दूध अट्दैन क्यारे!

अफगानिस्तानले साँच्चै राम्रो खेल्यो। यत्रा विपक्षी समर्थकको अगाडि खेल्नु सजिलो थिएन। गोलकिपर त हिरो नै भए उनीहरुको देशमा।

तपाईँले चाहिँ यो खेललाई कसरी लिनुभयो ? आफ्नो विचार तल कमेन्टमा राख्नुस्।

खेलको प्रमुख अंश हेर्नुस्-

पूरै खेलको रेकर्ड हेर्नुस्-

*************************************

पुरानो ब्लग
Nepal_main वर्षौँदेखि उपाधिको खडेरी लागेको बेला यस पटक नेपाल साफ च्याम्पियनसिपमा उपाधिको दावेदार बन्दैछ। त्यसका लागि आज एउटा प्रमुख तगारो अफगानिस्तान रहेको छ। पछिल्लो समयमा राम्रो प्रदर्शन गर्दै आएको अफगानिस्तानसँग खेल त्यति सहज हुनेछैन। तर स्ट्राइकरहरु जमिरहेको र अहिलेसम्म अपराजित यात्रा गरेकोले नेपालको आत्मविश्वास बढेको छ। त्यसमाथि आफ्नै माटोमा १२ औँ खेलाडीका रुपमा रहेका हजारौँ समर्थकहरुको समर्थनका बीच नेपालले जितको क्रम जारी राखोस्, शुभकामना ! यो खेलकै लागि बिहानैदेखि तीजमा पशुपतिमा भन्दा लामो लाइन टिकट लिनेहरुको लागेको खबर आएको छ। यही खेलका कारण ड्यास माओवादीले आजका लागि गरेको बन्द फिर्ता लिइसकेको छ। खेल साढे छ बजे सुरु हुनेछ। खेलको लाइभ भिडियो तपाईँ भित्र हेर्न सक्नुहुनेछ। साथै लाइभ ट्विट पनि।

ट्विट
Tweets about “#SAFF2013”

टिकट छिट्टै सकियो

एन्फाले टिकटको भाउ बढाएर ५ सय र १ हजार बनाए पनि टिकट लिन मान्छेहरु बिहान चारै बजेदेखि पुगेर लाइन लागेका रहेछन्। केही घण्टा मै सबै टिकट बिकेर एकै दिन एन्फाले एक करोड रुपियाँ कमायो। इमेज च्यानलको भिडियो हेर्नुस्‌—

सुरक्षा चिन्ता

यो प्रतियोगितामा त नेपाल अहिलेसम्म अपराजित नै छ। तर पछिल्ला केही प्रतियोगितामा नेपाल हार्दाको अवस्थामा दर्शकले असभ्य व्यवहार देखाउँदा आयोजकको रुपमा नेपालको त बदनाम भएको छ नै, एन्फाले महँगो जरिवाना पनि तिर्नुपरेको छ। त्यसैले एन्फाले यी सामान रङ्गशालामा नलान अनुरोध गरेको छ।
anfa

तर त्यति सामानमा मात्र यो सीमित छैन। एक दर्शकले आफूले आस्थाका लागि लगाएको मालासमेत सुरक्षा गार्डले फ्याँकिदिएको भन्दै चित्त दुखाएका छन्-

@salokya मलाई सारै मन दुखेको छ 🙁 मेरो माला पनि फालिदिए ! मेरो आस्था थियो त्यो केहि को लागि लगाएको थिएँ ! अभद्र सुरक्षा गार्ड हरु 🙁

— फन्नी केटो™ ‏ (@SumitPunter) September 8, 2013

@salokya यी यो फोटो को माला ! लान पाइदैन भन्यो ! 10 मिनेट रिकोइस्ट/डिस्कस गर्दा पनि भएन pic.twitter.com/IY1QHHSo0S

— फन्नी केटो™ ‏ (@SumitPunter) September 8, 2013

@salokya अस्ति भारत संग को खेल हेर्न गएको थिएँ !

— फन्नी केटो™ ‏ (@SumitPunter) September 8, 2013

@salokya संझिंदा त अब कहिले रंगशाला नछिरु जस्तो लाग्छ ! हान्ने ले जुत्ता खोलेर नि हान्थे होलान ! भित्र चुरोट लाइटर लगेर पिउदै थिए देखेनन !

— फन्नी केटो™ ‏ (@SumitPunter) September 8, 2013

80 thoughts on “अफगानिस्तानद्वारा नेपालको सपना चकनाचुर, किरणको हातबाट बल फुस्कने, रोहितको दुई-दुई वटा पेनाल्टी नछिर्ने”

  1. Arun Kumar Mahara says:
    September 13, 2013 at 12:01 pm

    २ पेनाल्टी मीस गरेकोमा त सारै नै दुख लागेको छ तर पनि नेपालले यसपाली राम्रै खेलेको थियो……आउँदो दिनमा अवस्य सफलता हासिल गर्ने छ नेपालले…..आशा गरौ..

    Reply
  2. dilip gurung says:
    September 9, 2013 at 6:25 pm

    सारै दुख लाग्यो| वर्ल्ड कपमा आफ्नो मन पर्ने टीमलाइ सपोर्ट गर्नु र नेपालको लागि साफ कपको सपोर्ट गर्नुमा धेरै फरक हुने रहेछ| को कसले के गल्ति गरे सबैलाई थाहा नै छ| तर सब भन्दा दुख लाग्दो कुरो नेपालले अफ्गानिस्तान भन्दा धेरै राम्रो खेल खेल्दा खेल्दै पनि जित्न सकेन| अर्को पालीको लागि शुभकामना|

    Reply
  3. Resham says:
    September 9, 2013 at 1:45 pm

    नेपालले आक्रामक तवरले राम्रो प्रदर्शन गरेकै हो . तर अफ्घान गोलकिपर को अगाडी घुंडा टेकना पर्यो . यस्तालाई मान्नेहो बास्तविक हिरो . हामित बिमल घर्ति मगरले गोल गर्यो भन्दैमा भावनामा दगुरेर के के हो के के कमेन्ट लेख्न पुग्यौं साथै ओवर कन्फिदेंत भयौं .कसैले गोल गर्नु भनेको त टिम ओर्क र टिम स्प्रिट को साथमा striker लाई मिलेको संयोगले मात्र हो जस्तो लग्छ. आशा गरौँ अब हुने साफ मा जित हाम्रै हुनेछ.

    Reply
  4. dambar says:
    September 9, 2013 at 11:56 am

    पशुपति मा जानु को साटो २ ४ चोटी पेनाल्टी अभ्यास गरेको भए गोल त हुन्थ्यो कि???? भन्ने मलाई लागिराछ ….

    Reply
  5. बेखालाल नेपाल says:
    September 9, 2013 at 11:49 am

    बिहानै टिम नेपाल पशुपतिको दर्शन गर्न गएको थियो! तीज खेल्ने नारीहरुको नजर पर्या हो कि जस्तो लाग्यो??

    Reply
  6. DINESH says:
    September 9, 2013 at 10:55 am

    रातभर निन्द्रा आएन झल्झली किरण को मिस्टेक र रोहित को पेनाल्टी मात्र सम्झी रहे हे भगवान कस्तरी हार्छ त नेपाल ले अहिले सम्म पनि सपना हो कि बिपना जस्तो लागि रहेछ आखिर दुइ पेनाल्टी पायर पनि जित्न सक्दैन भने कसरि जित्ने हो फूटबल अब बिपक्छी लाई पिटेर जित्ने हो कि क्वाँ क्वाँ रोयर जित्ने हो गणेश थापा ले भन्नु पर्यो

    Reply
  7. Jeevan Thapa says:
    September 9, 2013 at 10:47 am

    २ ओटा पेनाल्टी गुमाउदा सारो मन दुख्यो !!! अग्रिम बधाई दिएको पनि काम लागेन!!! खै नेपाली खेलाडी हरुले इन्डियालाई त जितियो जाबो अफगानिस्तान भनेर हल्का रुपमा लिगे जस्तो लाग्यो मलाई त !!

    Reply
  8. Yogi says:
    September 9, 2013 at 5:05 am

    १) त्यो ह्यान्ड बल गोल भाको हो….राम्ररी हेर्नुहोस
    २) रोहित चन्दले दोस्रो चोटी पेनाल्टी मिस गर्दा अफगानी खेलाडीले रोहित लाई थुकेको देखिन्छ…

    Reply
  9. Madhu says:
    September 9, 2013 at 1:37 am

    २-२ पटक पेनाल्टी मिस्स हुँदा रिसले आगो भाकै हो……हामि कहिले कहीं विदेशमा खेल्ने भन्ने बित्तिकै बढी भाउ दिन्छ्म….सायद आज त्यसैको नतिजा पाए जस्तो छ…..तर नेपालले रेफ्रीबाट उपहार पाएको अवसर भन्ने कुरा चैं सारै बकम्फुस लाग्यो…..कुनै पनि रेफ्रीले कसैलाई उपहार दिन्दैन…..अनि अफगानिस्तान सारै राम्रो खेल खेल्ने टिम भन्ने कुरा पनि त्यसतै त्यस्तै हो….१ पटक भन्दा बढी टार्गेटमा बल नहानेको टिमले सार्है राम्रो खेल्यो भन्ने अवस्तापनि देख्दिन म…..तर खेलाडीहरु राम्रा नै हुन्…..सारै राम्रा भएको भए नेपालले धेरै नै गोल खाने थियो….अन्तमा पक्कै पनि खेलमा खेल भन्दा नतिजा महत्वपुर्ण हो….तर इतिहासमा हामीले धेरै गोल खाएको पनि बिर्सन भएन….र खेल सुधारोन्मुख हो कि होइन भन्ने कुरा हो….नेपाली टिमले आफ्नो खेल कौशलतामा निकै सुधार गरेको देखिन्छ……खेलमा हार जित हुन्छनै….तर पेनाल्टी मिस्स हुँदा बढीनै दुखालागेको हो….तर वोर्ल्ड कपमा धेरै पेनाल्तिका अवसरहरु मिस्स भएको देखिएकै छ……त्यहि भनेर चित्त बुझाउनु पर्ने भो यसपाली चैं….आगामी दिनहरुमा अझै निखारिएको खेल हेर्न पाइयोस….शुभकामना नेपाली टोलि लाइ!!!!!!!!!

    Reply
  10. Salil says:
    September 9, 2013 at 1:29 am

    Thank you the Nepalese National Football team for your brave attempt. We back you in your loss, which is ours as well and I am sure it paves way for victories in the future. You played entertaining football and created plenty of chances. The pot of gold does not seem too far…

    Reply
  11. eklavya says:
    September 8, 2013 at 11:46 pm

    नेपाल सधै राम्रो खेल्छ र आश पनि देखाउछ ..तर..फिनिसिंग भने कहिले चित्त बुझ्दो भएन सायद कोहि आउला कुनै दिन गोल मसिन मेस्सी जस्तो भन्नु पर्यो अहिले भने चित्त बुझाउनु बाहेक अरु विकल्प छैन …नेपाली टिमलाइ बधाई सेमीफैनल सम्मको सफलताकोलागी ….

    Reply
  12. Rajendra Adhikari says:
    September 8, 2013 at 11:18 pm

    कोई कोईले रेफ्रिले सहयोग गरेको, २ वटा पेनाल्टी दिएको, गिफ्टमा पेनाल्टि पाएको जस्ता कुरा गरेका छन्, तर समरण रहोस्, रेफ्री भनेको नियम अनुसार चल्छ, भावानामा बग्दैन । नेपालले नियम अनुसारनै पेनाल्टी पाएको हो । अफ्गानस्थानको किपरले नेपालको खेलाडीलाई लात्ताले हानेकोले पेनाल्टी पाउनै पर्थो । दोस्रो पेनाल्टी चाहिँ अफ्गानस्थानका खेलाडी पेनाल्टी हान्नु भन्दा अल्ली अगाडिनै भित्र छिरेकोले नियम अनुसार तेस्तो अवस्थामा गोल भएमा भैहाल्यो , नत्र अर्को पेनाल्टी दिनुपर्ने नियम अनुसार नै पाएको हो ।

    Reply
  13. resham says:
    September 8, 2013 at 10:32 pm

    खेलमा हार जीत भन्ने भई हाल्छ तर गोलकिपरको गल्ती र दुईचोटी पाएको पेनाल्टी मिस गर्दाचाहिं सारो नमज्जा अनि नमिठो लाग्यो । खेलाडीहरुले खेलचाहिं राम्रो खेलेका हुन । एउटै कुरा गोल नगर्दा नै समस्या भयो । अब खेलाडीहरुलाई एकदमै राज्यले सही प्रकारले लगानी गर्नु प¥यो । अगामी दिनहरुमा हुने खेलहरुको लागि अहिले देखि तयार पार्नु प¥यो । बोका र कुखुरा वलि दिएर खेल पक्कै जितिदैन । खेलाडीहरुलाई सुविधा अनि राम्रो तालिम लामो समयदेखि गराउनु प¥यो ।

    Reply
  14. kaluram thapa says:
    September 8, 2013 at 10:31 pm

    खेललाई खेलकै रुपमा लिदा लिदै पनि , आफ्नो देशले हार्दा अलि मन अमिलो हुदो रहेछ. फुटबलको पुर्बाधर बिकाशमा सबैको हातेमालो भयमा, भबिस्यमा खेलको नतिजा हामीले सोचेजस्तै हुनेमा आसबादी छु.

    Reply
  15. vim limbu says:
    September 8, 2013 at 10:31 pm

    म्याच फिक्सिङ त भएन ? नत्र भने दुइ दुइ चोटी पेनल्टी किक पाउदा पनि एकै ठाम मा दुइ दुइ चोटी किन हान्नु पर्ने ? तेत्रो अन्त रास्टृय खेलाडी भैसक्या खेलाडी को त्यो डिसिजन एक्दम नै गलत थियो ।हामी कहिल्याइ फूट्बल नखेलेको ले नि तेस्तो डिसिजन गर्ने थिएनम । खेल खेल नै हो भन्ने ठाम सम्म राखेनन । हदै बेइज्जत भो प्रभु,,,,,,,,,,,,,,,,,,,

    Reply
  16. Binod Paudyal says:
    September 8, 2013 at 10:27 pm

    My frustration began after watching the first five minutes, and I had predicted to my friends that Nepal would lose. I liked Nepal’s attack but they seemed little nervous and random. I don’t mean Nepal did not play well, of course they stopped Afghanistan from scoring more goals. But few mistakes, among others, were bringing Bimal too early (I understand he scored a goal against Pakistan, but obviously he is very inexperience and immature in international matches, and experience and expertise count a lot in matches), and allowing Rohit to shoot out a penalty. I didn’t understand why Rohit, a defender, was allowed to shoot the penalty. We had very good strikers. As a great fan of football and a player myself, I would say Rohit’s shot was too naive and predictable. So, he ruined a golden opportunity for Nepal (I thought the referee would give a yellow card or may be red card to the goal keeper, but surprised us with a penalty). Although there were many free kick shots by Sundeep and others, most corner kicks were worse–those shots were mostly too low, and other times mis-spaced.
    But Nepali team performed so well, overall. We lost because Afghanistan team was better.
    Hats off to young Nepal team!

    Binod
    Salt Lake City
    USA

    Reply
  17. Binod says:
    September 8, 2013 at 10:25 pm

    My frustration began after watching the first five minutes, and I had predicted to my friends that Nepal would lose. I liked Nepal’s attack but they seemed little nervous and random. I don’t mean Nepal did not play well, of course they stopped Afghanistan from scoring more goals. But few mistakes, among others, were bringing Bimal too early (I understand he scored a goal against Pakistan, but obviously he is very inexperience and immature in international matches, and experience and expertise count a lot in matches), and allowing Rohit to shoot out a penalty. I didn’t understand why Rohit, a defender, was allowed to shoot the penalty. We had very good strikers. As a great fan of football and a player myself, I would say Rohit’s shot was too naive and predictable. So, he ruined a golden opportunity for Nepal (I thought the referee would give a yellow card or may be red card to the goal keeper, but surprised us with a penalty). Although there were many free kick shots by Sundeep and others, most corner kicks were worse–those shots were mostly too low, and other times mis-spaced.
    But Nepali team performed so well, overall. We lost because Afghanistan team was better.
    Hats off to young Nepal team!

    BP

    Reply
    1. Suraj Regmi says:
      September 8, 2013 at 10:52 pm

      I didn’t understand one thing. Why was the first penalty not given? And, why referee would give the keeper yellow/red card?

      Reply
  18. Dhan says:
    September 8, 2013 at 10:23 pm

    नेपाली टिमलाई ठुलै बोक्सी लागे जस्तो छ | लौन अलि राम्रो झारफुक गर्नु पर्यो अनि गह्रा काट्नु पर्यो | रेफ्रीलाइ चै मुरी मुरी धन्यबाद छ | कसैले गर्दैन तेती ठुलो सहयोग त 😀

    Reply
    1. Suyesh says:
      September 8, 2013 at 11:09 pm

      पेनाल्टी एउतै हो दुइ वटा पाएको हैन. पहिलो नमिलेको ले दोश्रो पटक हान्न लगाएको हो. अझ पहिलो disallow गरेको छिरेको भए…अनि दोस्रो नाछिरेको भए नेपालले लाइन्स्मन लाइ दोष लगाउन बाकी राख्थेन. Gift मा पाएको पेनाल्टीले गर्दा नेपालले जितेको भए..अफगानिस्थानमाथि unfair हुन्थ्यो. गेम ५०-५० थियो अफगानिस्तानले नेपाली किपरको गल्ति को फाइदा उठायो. नेपालले रेफेरीले दिएको गिफ्ट लै convert garna सकेन…ज्यादै फितलो पेनाल्टी प्रहार थियो.

      यो भन्दा राम्रो अवसर नेपाली टोलिले सायदै पाउथ्यो. येत्रो समर्थन र घर मा खेल्दा त गरेनन. जहिल्यै राम्रो खेलेको हो तर unlucky भयो भन्नु बेकार छ. Performance means nothing if it does not get results.

      Afghanistan टिमलाइ बधाई ….तेस्तो hostile atmosphere मा पनि तारिफ योग्य प्रदर्शन. म्याच सकेपछि निरास नेपाली प्लेयर हरुलाई सान्त्वना दिदै थिए. true sportsmanship spirit and hats off to them.

      तर दोष जे भए नि बाबुरामको हो…तेस्ले रंगसाला मा हेर्न गएको ले हारेको हो.

      Reply
  19. Rajan Upriti says:
    September 8, 2013 at 10:19 pm

    खेद को कुरा | बोका, कुखुराको भोग, पशुपतिको दर्सनले नेपाल लाइ जित दिलाउन सकेन | अन्धविश्वासमा जकडेको हाम्रो रुढिबादि परम्परा बाट माथि उठेर कहीले हाम्रो टोलीले खेल कुसलतामा ध्यान केन्द्रित गर्ने होला ?

    Reply
  20. Arjun says:
    September 8, 2013 at 10:18 pm

    Congratulations to Afghanistan!!!!!
    Not only for winning the game but for raising the bar of South Asian football. Just my opinion, we were not in a true form to beat these guys. They played a very balanced game. Something was not right with the Nepalese game chemistry today.
    I wish there were more league games, club games, in this region where the players could be mixed for competitions…something that would expose our players internationally.
    No matter what happens, I do wish to convey my well wishes to all the players. May our standard rise, and one day, one ( at least or all of the teams) of the team from SAARC get to play in the world cup.
    Congratulations to all the players for their effort.
    Finally, let us not pour our political frustrations over opposition players. Let us give them a warm feeling such that they could be our ambassador of tourism. Its the hospitality and tourism that will get us off the political rut to the way to independence from our idiot netas. I do not want to compare the leaders to “KUKUR”……becasue I love my dog.
    Last but not the least, Rohit please do not blame yourself for the loss. It was not our lucky day.
    Best wishes to the Nepali team for the future.

    Reply
    1. Basant says:
      September 9, 2013 at 11:50 am

      पन्च बलि का victim पशु प्राणी ले मर्नु अघि सरापे जस्तो लग्यो …

      Reply
  21. कमल शर्मा यु ए इ says:
    September 8, 2013 at 10:15 pm

    खेल हो हार जित त स्वाभाविक हो तर राम्रो अवसर पाउँदा पनि त्यसको सदुपयोग हुन् नसकी खेल हार्दा बढी नरमाइलो हुदो रहेछ |

    Reply
  22. Raju Rana - Mahendra says:
    September 8, 2013 at 10:12 pm

    खेल मा राम्रो खेल्नु एउटा ठाउँ मा छ तर फुटबल मा राम्रो खेलेर मात्र हुन्न गोल पनि हुनु पर्छ –आज करोडौ नेपाली मा भयको नैरस्यता ले नि छर्लंग पर्छ – फुटबल मा राम्रो खेल्नु भन्दा नि गोल हान्नु र हुनु पर्छ पाशा..आज को पेनाल्टी रोहित लाई हान्न दिनु नै गल्ति
    १. पेनाल्टी सिधा पोस्ट मा हान्नेको भय नि गोल हुने थियो किनकि गोलकिपर एक न एक साइड मा लड्ने थियो.
    २. पेनाल्टी हान्ने समयमा रोहित मा कुनै कन्फिदेंस नै देखियन
    ३. अब युवा लाई अवसर दिनु पर्छ

    Reply
  23. muna says:
    September 8, 2013 at 9:59 pm

    To Nepalese team-
    जीतमा मात्र होइन तिम्रो
    हारमा पनि साथ दिन्छु
    चर्कियो मुटु मेरो पनि
    तैपनि दुखः बडी लिन्छु
    भुलेर आज को हार
    हिजो तिम्ले देको खुशी संजी लिन्छु
    राम्रो खेलेयु खुशी लग्यो
    अन्तिम सम्म डटी लड्येउ, यसको निम्ति बधाई दिन्छु

    Reply
  24. Sonam Sherpa says:
    September 8, 2013 at 9:51 pm

    नेपालि क्षमता ग्रास बलमा हो शुरु देखि नै बढी एयर बल खेले जबकी अफगानी टिम शारीरिक रुपमा अग्ला थिए यसबाट मिडफिल्ड कमजोर छ भन्ने प्रष्ट देखियो खासै बल सप्लाई हुन् सकेन यद्धपि केहि खतरनाक आक्रमण चाहि भाकै हो अन्तमा पाएको पेनाल्टी पनि नाग र पन्चबलिले छेके जस्तो छ हारमा दुख लागनी स्वाभिकै हो हारजित जहा नि हुन्छ नेपालको लगानी गुलेली स्तरमा छ यसर्थ बाघ मार्न सकिन्न . खेलाडीलाई दोष दिने ठाउँ छैन . दोष बिना लगानी परिणाम खोज्ने राज्यको हो
    एन्फाले टिकटमा लापरबाही र अन्धविश्वासको सहारा लिनु कमजोरी थियो कोचले पाच जना स्त्राईकर राख्नु गल्ति थियो जबकि सन्तोषको ठाउमा एकजना मिडफिल्ड राखेको भए हुन्थ्यो .

    Reply
  25. sujan says:
    September 8, 2013 at 9:49 pm

    एक पटकको गल्तीलाई माफ गर्न सकिन्छ तर दुई दुई पटक एउटै तरिका बाट गरेको गल्ती होईन …… जसरि कुनै डा. ले हजारौको ज्यान बचाए पनि उसको गल्तीले कुनै एक जनाको ज्यान जान्छ भने त्यो माफी योग्य गल्ती हुदैन त्यसरि रोहितले आज गरेको गल्ती उसले खेलेका सयौ राम्रो खेल हेरेर नज़रअन्दाज़ गर्न सकिदैन् …… आज रात भरि दिमागले के के सोच्ने हो …….

    Reply
  26. anurodh says:
    September 8, 2013 at 9:48 pm

    हार त अवश्यम्भावी नै थियो । बढी आशा गर्नु हाम्रो कमजोरी हो ।

    Reply
  27. dipak says:
    September 8, 2013 at 9:37 pm

    हामी लाइ आजको खेलले अतेन्त निरास बनायको छ |कमि कमजोरी को राम्रै संग केलायर आगामी दिनमा अगाडी बढ्नु बाहेक अर्को उपाय छैन |

    Reply
  28. शरद-क्षितिज पारीबाट says:
    September 8, 2013 at 9:36 pm

    खेलाडी लाइ गालि नगरौं है….. राज्यले ‘बाल’ दिने होइन भोलिका दिन देखि….. रु.५० को रिचार्ज हाल्न बा-आमालाई फोन गर्न पर्छ भोलि अनि के को गालि गर्नु नि….दाम्मी खेले… बधाई छ अनि आगामी दिनका खेलमा हाम्रो जितको अपेक्षा !

    Reply
  29. Ngwang says:
    September 8, 2013 at 9:31 pm

    पन्चबलिले अड्केको पेनाल्टीको कारण फुटबल ईतिहास बनाउने मौका चुकायो

    नेपाल १-० ले हार्यो दुख लाग्यो पाएको पेनाल्टी पनि दुई चोटी मिस गरे पछि रिस पनि उठयो नेपालि मात्र होईन नेपाललाई माया गर्ने बिदेशी दर्शक टि भी मा रोएको देख्दा मन कुडियो खोई लगानी सुन्यमा ठुलो नतिजा खोज्नु हुन्न भनेर चित्त बुझाए झन मलाई पहिल्यै लागेको थियो पन्च बलिले माखो मार्दैन यसरि हुदो हो त ब्राजिललाई माथ ख्वाईन्थ्यो।

    अब अरु कुरा छोडौ बिमल घर्ति मगर जस्ता उदियमान खेलाडि धेरै उत्पादन गरौ, लगानी गरौ, हौसला प्रदान गरौ यस्ता कुराले धेरै समस्याको हल हुन्छ । युद्धले जर्जर देशका खेलाडीले एक गोल ठोक्दा गोलि ठोके जस्तो लाग्यो। जे होस् खेल भन्ने कुरा भाईचाराको लागि पनि हो चित्त पनि बुझाउनु पर्ला खेप हारे नि मन हारेको छैन
    बिहान ९ बजे लाईन बस्दा टिकट पाईंन नेपालले बरु १ घन्टामा १८ हजार टिकट बेच्ने रेकर्ड तोडे अनि सबै कालाबजारी अब यस्तो नहोस खेल नबुझेका नेताले नि खेल बुझुन बुझेकाले केहि गरुन केहि गरेकाले अझ केहि गरुन र युबाहरुलाई हौसला दिउन

    Reply
  30. Shiva says:
    September 8, 2013 at 9:27 pm

    “गुनेस” तापालाई थाहा थियो नेपाल हार्छ भनेर तेइ भएर अपार्टमेन्ट र दस हजारको कथा सुनायॊ अनि टिकेट को दाम बढायो एकै दिनमा खेलप्रेमी दर्सक को करोड उठायो लास्ता नेपाल हार्यो अब को सान्त्वना म्याच हेर्न को जाला एस्तो मंगो टिकेट किनेर …?? मा त १० रूप्पे टिकेट को भनेनी जान्न 🙁 really bad day 🙁 निद्रै लागेन हो घोच्यो देस प्रेम ले ….. 🙁 🙁

    Reply
  31. क्षीर धोज says:
    September 8, 2013 at 9:26 pm

    सारा नेपालीलाइ दुख लागेको छ आजको खेलमा ! तर नेपाल बिधुत प्राधिकरणलाई ठुलै राहत मिलेको छ ….!!!

    Reply
  32. Ghanshyam says:
    September 8, 2013 at 9:24 pm

    सारै मन दुख्यो, रेफ्रीले र लाइन्स म्यानले नेपाललाई साथ् दिएको थियो, दुइ दुइ चोटी पनि पेनाल्टी गोल गर्न नसक्नु खेलाडीको कमजोरी देखिन्छ, अबदेखि नेपालीको फुटबल गेम कहिल्येइ हेरिन्न, खेलाडीको ठुलो गल्ति हो

    Reply
  33. isor says:
    September 8, 2013 at 9:22 pm

    अरु केई होइन नाग महाराज लाई बाबुराम को आखा लाग्य जस्तो छ भन्नु पर्ला /

    Reply
  34. Neparoos says:
    September 8, 2013 at 9:18 pm

    As being a loyal football of Nepal, im gutted to see us losing, like everyone else but i was disappointed to see the way we played, not like we didnt play good game and create any chances but we choose to play long ball again. We were givin the ball so cheaply at the time when we were supposed to be holding it. We game them time to settle down instead of pressing them in their own half by playing short passes. There were hardly 5 or 6 movement in the midfield, just was long ball again and again. When our players and coaches gona realize WE ARE NOT TALL ENOUGH TO WIN THE BALL IN THE AIR??? That said, 4 out of 5 goals we scored were from set pieces and only one was from open game and that was a cracking goal from Jumanu. So what about sticking with the short passes and killing the game with set pieces??? we shall wait and see.
    Anyway, talking about Rohit’s penalty, i was more than happy when the ball was given to him but there wasnt any power and placing in that pelanty. I was surprised to see him going for a placing instead of burrying that goal in. Not only once but twice. I hope he wont get any stick for missing that penalty. He is a future of a country. We should get over it and stick with our team. nuf said.

    Anyway

    Reply
  35. Trivivan Chaturvedi says:
    September 8, 2013 at 9:15 pm

    जित्यो जित्यो जित्यो सबै नेपानी हरु को विश्वास लाई खरानी ले जित्यो. नालायक गोल्कि र नालायक पेनाल्टी हान्ने मात्र होइन कि आतिथ्य को धनि देश भनेर चिनिने राष्ट्र का गौरवसाली नेपाली हरु ले पाहुना टीम प्रति देखौन नसकेको अलिकति पनि सदासयता को लागि सायद भोग्न परेको हार हो कि यो, एउटा स्पोर्ट्स म्यानशिप त देखिनु पर्थ्यो नि गॉल खाए पनि दर्शक दिर्घा बाट खोइ त हाम्रो संस्कृति कता हरायो?? सायद तेही हो कि हाम्रो हार को कारण??

    Reply
    1. Dhan says:
      September 8, 2013 at 10:37 pm

      सदासयेताको कुरा गर्नेले आफ्नो देशको खेलाडी प्रति पनि अलिकति सम्मान देखाउने हो कि ? जिते भने चै नायक नत्र नालाएक !

      Reply
  36. gorkhali nepali says:
    September 8, 2013 at 9:11 pm

    खेल खेल्नु अगाडी रंगशाला मा पन्चबलि दिने,नाग छोप्ने रे,बरु बलि को ठाउ मा आफ्नै खुट्टा जिउ लाइ राम्ररि व्यायाम गराएको भए,नाग छोप्ने होइना कि आफनै home ground मा यत्रो दर्शक को माया सहित को उत्साहजनक support पाउदा पाउदा अझ २-२ वटा पेनाल्टी पाउदा पाउदा हार्ने हरु नाक छोपेर हिड,,,,ब्लेक मा १००० हजार हजार मा टिकेट काटेर हेरेको ब्यर्थै भयो अब मल्दिव्स ले जीत्ने भो

    Reply
  37. Suraj Regmi says:
    September 8, 2013 at 9:11 pm

    सालोक्य “हामी समर्थकलाई त यस्तो भो, बिचरा रोहितलाई अहिले कस्तो भइरा होला ! गाली गर्नुअघि सोच एकचोटी। मिस गर्छु भनेर त कसले हान्छ र !”
    एकदम ठिक, नेपाली टिम ले ६० – ७० मिनेट भन्दा अगाडी राम्रो खेलेको थियो ! नेपाली खेलाडी लाइ दोष दिनु भन्दा पनि म अफगानी गोलरक्षक को क्षमतालाइ कदर गर्छु !

    Reply
  38. बासु says:
    September 8, 2013 at 9:07 pm

    धेरै पछि आज नेपालको फुटबल विदेशी माटोमा बसेर लाइभ हेरियो | मोर्निंग वाकलाइ छोडेर खेल हेर्न बसियो | अनि ब्लड प्रेसर बढाइयो | किनभने धेरै राम्रा अवसर र अमूल्य समय नेपालले गुमाउंदै थियो | दौडिएर मात्र हुन्न भन्ने बुझ्न जरुरी छ नेपाली खेलाडीले | खसी बोका बलि दिएर मात्र हुन्न भन्ने बुझ्नु जरुरि छ |
    नेपालको खेल नराम्रो थिएन तर त्यसमा मैले देखेको कमजोरी: एक्यबद्धताको कमी, पासिंगको कमी, क्यारी अन गर्नेमा गलत तरिका र एडजस्टमेन्ट टाइम लिने बानी | यि कारणले गर्दा आज नेपाललाई फाइनल तर्फको यात्रा बन्द गरिदियो | 🙁
    विदेशी भूमिमा अफगानिस्तानले राम्रो खेल्यो | उसको कीपर पनि बलियो नै रैछ |
    भारतसंगको खेलमा दिएको एक गोल माथिको कमजोरी बिनाको थियो या भाग्यले साथ दिएको थियो त्यो चाहिं भन्न गाह्रो भयो | किनभने त्यो खेल हेर्ने अवसर जुरेन |

    आजको खेल हेर्ने अवसर जुराइदिने माइसंसार डट कमलाई धन्यवाद |

    Reply
  39. Suraj Regmi says:
    September 8, 2013 at 9:06 pm

    अन्तिम अन्तिम मा नेपाली खेलाडीले आफ्नो जात देखाए! खेल हार्न लागियो, भनेर अफगानी खेलाडी संग झगडा गर्न समेत गए ! एउटा अफगानी खेलाडी ले फल गर्दा फल हैन भन्दा, रेफ्री ले फल दीसकेपछी पनि अफगानीलाइ मुक्का हाने कुनै नेपाली खेलाडी ले ! पछी पछी पनि एक पछि अर्को गर्दै अफगानी खेलाडी लाइ फल गरिरहेका थिए !
    तर मलाई नेपाली टिम हारेको मा पनि तेती दुख लागेन ! अफगानी टिम साचिकै बेजोड को रहेछ ! डिफेन्स लाइन तेस्तो राम्रो नभए पनि स्ट्राइकर हरू राम्रा थिए अझ गोलकीपरको त् कुरै नगरौ !

    Reply
    1. Shree... says:
      September 8, 2013 at 10:13 pm

      रेफ्री को दोष छ येस्मा, सुरु मा नै foul खेल्न उक्सायो, पन्हेलो कार्ड नदिने कसम खाको रैछ.. आफगानी खेलाडी फ़ोउल खेल्यो सुरु मा , रेफ्री ले नजर अन्दाज गर्यो, न फ्री किक न त पन्हेलो कार्ड, अनि त के छ र.. नेपालीले पनि सुरु गर्यो फ़ोउल खेल्न… अफगानी ले त फ़ोउल त सुरु देखि नै हो खेलेको, बिचार रेफ्री कसम तोड्ने पर्यो अन्तिममा… तर सुरु को फ़ोउल नजर अन्दाज गर्ने थाहा पाको अफगानी ले राम्रै फाइदा उठायो.. त्यो सुरु को गोल, hand ball थियो, सुरु मा भाको होला, रेफ्री ले दियो! तर अभागी नेपाल

      Reply
      1. Suraj Regmi says:
        September 8, 2013 at 10:25 pm

        पहेलो कार्ड नदेखाउने कसम खाको थियो भन्ने चाही कसले भन्यो नि ?

        Reply
        1. Shree... says:
          September 8, 2013 at 10:46 pm

          मैले भनेको! माथि पढ्नु भएनकि क्या हो.. यो रेफ्री को psychology राम्रै संग बुझ्न सकिन्छ,warning एक पल्ट पो दियिन्छा… हरेक पल्ट नै खाली वार्निंग..फाइनल मा जाने टिमहरु भनेको ले, पहेल्नो कार्ड सकभर कम दिने सोचिंछा ताकि फाइनल रमाइलो होस् भनेर, पहिलो हाल्फ़ सम्म खै त पहेंलो कार्ड.. मैले त रेफ्री ले कार्ड ल्याउन भुल्यो कि भनेको हैन रैछ.. 🙂

          Reply
  40. nabaraj says:
    September 8, 2013 at 9:00 pm

    उडायो सपना सबै हुरी ले

    Reply
  41. ASALI KURA says:
    September 8, 2013 at 8:59 pm

    तपाइले उठान गर्नु भएको सिर्शक अत्यन्त सान्दर्भिक छ . GLOBALIZATION को दुनियामा पंचबली बलि दिने मुर्कट्ठारू कहाँ छन् ऐले ? हेर्नुस AFGHANISTAN देश को हालत …. दिनहु १०० को दरमा मनिष मरेका छन् , CRICKET मा उही अगाडी छ … FOOTBALL मा उही अगाडी छ . यी मुर्कट्टा हरुले ति अबोध जनावरको बलि चढाए … BADLUCK को कुरा गरौ त त्यै बाट गरौ .

    चोर नेताहरुलाई झन्डै लाख को तलब , गाडी , पेट्रोल , अलिसान महल यी भोका खेलाडी लै क छ ? ANFA चुर्लुम्म CORRUPTION मा डुबेको छ , त्यहाको BADLUCK चै कसले देखेको छ ? नाग छोप्ने , बोको काट्ने … तयारी सुन्य छ अनि खेलाडीलाई F*** YOU भन्ने ? यो हाम्रो कस्तो संस्कृति हो ?

    ति चोर नेता र नीति का भरौटेहरुले गर्दा आज यो गति भाको हो … हामी यस्तो गति बाट कहिले जाग्छौ खोइ ???

    Reply
  42. RAJKUMAR says:
    September 8, 2013 at 8:52 pm

    नेपाली खेलप्रेमी जनताले राखेको सकारात्मकता र सपोर्ट एकदमै राम्रो लग्यो तर नेपाली खेलाडी ले २ टा पनेल्टी पाउदा पनि गोल गर्न नसकेर सबैको आशामा पनि फेरिदिए |

    Reply
    1. rajesh says:
      September 8, 2013 at 9:08 pm

      नेपाली खेलाडी हरु “खेल जितिहालिन्छ नि भन्ने”सुरुवाती over confidence का कारणले पनि हारेको हो र अफगानी हरु खेल जसरि पनि जित्ने पर्छ भन्ने मनसाय लिएर खेलेकाले पनि जितेका हुन् l कुनै पनि team लाइ सानो र कुनै पनि शत्रुलाई सानो ठानियो भने त्यो ठुलो भुल हुन्छ भन्ने यो खेल ले देखाएको छ l खैर! जे भो सारै नमज्जा भो केटाहरुले मिहेनत चाही गरेकै थिए l हिजो सम्म नेपालले जितेको नेताहरुको पदचाप रंगशाला मा पर्ना साथ् देशको राजनीति जस्तै भताभुङ्ग भो ! छ्या!! ई कुकुर हरु जता-जता आउछन प्रलय बोकेरै आउछन l

      Reply
  43. Basanta Thapa,Maryland,USA says:
    September 8, 2013 at 8:52 pm

    गोलकिपरको गल्ति र पेनाल्टी मिस गर्दा मन भित्रका खुसि दुखमा परिणत भए \अब यो घाउ चाडै निको कहा होला र ! आराम ले सुत्ने दिन चाडै उठी खेल हेर्न कत्रो उत्साह र प्रेम नमज्जाले पानीमा भिज्यो ! !

    Reply
    1. rajesh says:
      September 8, 2013 at 9:19 pm

      पेनाल्टी मिस गर्छु भनेर कसले हान्छ र ? खेलाडी हरुले रास्ट्रिय भावोना बात ओतप्रोत भएर खेलेकै हुन्,यसमा रोहित को केहि गल्ति छैन l जित्ने त जित्वा नै भए तर हाम्रा खेलाडी हरु हारेर पनि उनीहरुको खेल शैली अनुसार हाम्रो मन जितेर सिकन्दर भएका छन l आज नराम्रो भो, अर्को पाली यो नदोह्रियोस l र एन्फाले अब देखि कुनै पनि नेता हरुलाई stadium मा छिर्न निषेध गरोस इनिहरु हाम्रो देशका दशा हुन्- जित्ने खेल ईन्कै थोबदा देखेर बिग्रिएको हो यो कुरा मलाई मात्र हैन हामीलाई लाइराछ l

      Reply
  44. Uttam Bhattarai says:
    September 8, 2013 at 8:49 pm

    बाबुराम भट्टराई जस्ता नालायक नेताहरु दशरथ रंगशालामा खेल हेर्न छिरेकाले नेपाल ले खेल हार्यो

    Reply
  45. Shankar says:
    September 8, 2013 at 8:46 pm

    लास्तई झुर भयो नि !!!

    Reply
  46. Suraj Regmi says:
    September 8, 2013 at 8:45 pm

    अफगानिस्तान को गोलकिपर Oliver Kahn र Casillas भन्दा कम छैन ! जस्तो बल पनि रोकिदिन्छ !

    Reply
  47. Yogen says:
    September 8, 2013 at 8:37 pm

    आजको फुटबलमा नेपालले राम्रो खेलेर हारेको छ /
    खबर भित्रको खबर अनुसार अब नेपाललाई कोच गर्न UK CHELSEA क्लबको कोच JOSE MOURINHO आउदै छ रे /

    Reply
    1. prabin lama says:
      September 8, 2013 at 9:14 pm

      हाहा हाहा कत्ति हास्नु मत हसेरै मर्चुकी के हो सोल्टीको कुरा सुनेर जोशे मोर्हिनो लाइ पाल्नु को लागि त प्रचण्डको अहिले सम्म कमाएका कालो धन सबै खानौदनी पुग्दैन हो सोल्टी …..अनि जोशे मोर्हिनोले कोच गर्दैन म्यानेज मेन्ट गर्छ ल…

      Reply
  48. xyz says:
    September 8, 2013 at 8:34 pm

    It is all because greedy ANFA raising ticket prices. It is so true as Afghan Captain saying at the start of the game: “The crowd may be with them but the god is with us.”

    Reply
    1. Suraj Regmi says:
      September 8, 2013 at 9:01 pm

      Someone give this guy a brain. How can a player’s ability be determined by ticket prices? Even if the ticket prices were increased, all seats were booked before the game started. The main reason why Nepal lost is because of the world-class goalkeeper Afghanistan has. The final game will be amazing as it will be Afghanistan vs probably Maldives where Afghanistan has the best goalkeeper and Maldives has the best striker.

      Reply
  49. Rabin says:
    September 8, 2013 at 8:34 pm

    नेपालले राम्रै खेल्यो तर दुइ दुइ पटक पाएको पेनाल्टी पनि खेर फाल्यो . थुक्क दुर्भाग्य .

    Reply
  50. MILAN says:
    September 8, 2013 at 8:33 pm

    जित हातपार्न त आत्मबल चाइञ्छ.२-२ पल्ट को पेनाल्टी मिस्स गर्नी ले कैले इतिहास रच्छ ?

    Reply
  51. anil pun says:
    September 8, 2013 at 8:33 pm

    बलि दिएर नागराजाको आँखा छोपेर,पशुपतिनाथ धाएर पनि कही खेल जितिन्छ त।खेल सुधार्नु पर्यो।राम्रो खेल्छु र जित्छु भन्ने आत्मबल हुनु पर्यो।गल्ति पनि एउटा गरे त ठिकैथ्यो,त्यत्रो अवसर पाउदा पनि एकगोल नगर्नु लाजमर्दो कुरा हो।

    Reply
    1. dilip gurung says:
      September 9, 2013 at 6:28 pm

      मित्र, बिश्वासको कुरो हो| पशुपतिनाथ धाएर खेल हार्ने पनि होइन नि|

      Reply
  52. shreesh thapa says:
    September 8, 2013 at 8:28 pm

    २ चोटी पेनाल्टी पाउदा पनि गोल गर्न नसकेको प्रति घोर आपत्ति ….लक् पनि नभएको होकी के हो पहिले पोलमा लाग्यो पछि पेनाल्टी मिस्टेक उफ्फ़ यो त भएन यार ….

    Reply
  53. बासु says:
    September 8, 2013 at 7:29 pm

    म लाइभ हेर्दै छुँ | अहिले हाफ टाइम छ | तर यत्रो खेलको आयोजकले हाफ टाइमलाइ सदुपयोग गर्न सकेको/जानेको देखिनं | कुनै सांस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रम प्रस्तुत गरेको भए दर्शकहरु कति खुशी हुन्थे होला |
    फेरी अचम्म, मौकाको फाइदा उठाएर एन्फाले टिकटको भाउ बढाएछ | धेरै विक्री हुने सम्भावना देखे पछि भाउ बढाउने कस्तो लोभी लालची व्यवस्थापन ?
    जे होस्, अबको बाँकि मिनेटमा नेपाल विजय होस् भन्ने कामनाका साथ |

    Reply
  54. bj says:
    September 8, 2013 at 7:28 pm

    हे पशुपतिनाथ! रक्षा गर प्रभु ! मात्र आज I

    Reply
  55. nish shar says:
    September 8, 2013 at 6:50 pm

    आज नेताहरू गेम हेर्न गए कि क हो?

    Reply
  56. naresh says:
    September 8, 2013 at 5:02 pm

    नेपाल २ अफगानिस्तान १ हुन्छ |
    final चाही maldives संग हुन्छ |
    नेपाल ले नै जित्छ |

    Reply
  57. कृष्ण,पर्देशी says:
    September 8, 2013 at 4:51 pm

    आजको खेल जीत्दै, फाइनल यात्रा सुनिस्चित गरेर नेपाल र नेपाली को सिर ठाडो गर्छन भन्ने पुरा आशा का साथ अग्रिम बधाई दिदै यो परदेशी भुमि बाट खेल हेर्न आतुर भएको अवस्था हो!! जय देश, जय नेपाल!!!!

    Reply
  58. Raju Rana - Mahendra says:
    September 8, 2013 at 4:39 pm

    आफ्नै भूमिमा हुने खेल मा एउटा दबाब हुन्छ जित्ने पर्ने जसको कारण खेलाडी ले आफ्नो स्वाभाविक खेल खेल्न सक्दैनन् कहिले काहि — तर आज को खेल लाई दबाब को कारण नभई एउटा उर्जा को रुप मा लिई सारा नेपाली को मन राख तिमीहरु लाई अग्रिम सुभकामना छ

    Reply
  59. Pasang says:
    September 8, 2013 at 2:01 pm

    गाऔं गीत
    हाम्रो नेपाल, हामी नेपाली
    हाम्रा खेलाडीको हुन्छ
    हुन्छ जीत……….

    Reply
  60. man limbu says:
    September 8, 2013 at 1:35 pm

    आज नेपालले १ गोल को बिरुद्द ० सुन्य गोल ले अफगानिस्तान लाई हराउने मेरो ज्योतिस शास्त्रले देखाउछ ..मेरो निजि भबिस्य बनि मात्र है

    Reply
  61. कमल थापा says:
    September 8, 2013 at 1:23 pm

    नेपालले हार्दैन, हार्दै नहार्ने नेपाल को छोरो! शुभकामना!!! कमल थापा

    Reply
  62. Nik says:
    September 8, 2013 at 1:19 pm

    आज फेरी एउटा इतिहास रचिने भो|विश्वाश राखम जित हाम्रै हुनेछ|

    Reply
  63. ganesh [aus] says:
    September 8, 2013 at 1:17 pm

    हामि सबै मिलेर prey गरौ नेपालले आजको खेल जित्छ हैन जित्नुपर्छ …….

    Reply
  64. ashok says:
    September 8, 2013 at 12:19 pm

    हे नागराजा ! नेपाली फुटबल टीमले आजको खेल जितेको देख्ने नेपालीहरुको चाहना पुरा गरिदेउ ! जय नागराजा !

    Reply
  65. शरद-क्षितिज पारीबाट says:
    September 8, 2013 at 12:05 pm

    सफलताको लागि हार्दिक शुभ-कामना !! राम्रो खेल्नोस हार-जित त खेलमा हुन्छ नै मात्र खेल यादगार बनोस… एउटा नयाँ इतिहास रचोस आज खेलले !!!! सम्वन्धित निकायले पनि खेलाडीलाई आकस्मिक दशैका खसी उपहार जस्ता स्किम दिनु भन्दा खेलेरै बाँच्न पुग्ने वातावरण निर्माण गरेर खेलाडीको मनोवल बढाए बेस हुने थियो !

    Reply
  66. anand says:
    September 8, 2013 at 11:55 am

    Good Luck Team Nepal…… सर्बत्र निराशा छाएको समयमा आशाको संचार गर्ने र बिखन्डनका रेखा हरु मेट्दै सम्पूर्ण नेपाली लाई राष्ट्रिय एकतामा एक ढिक्का पार्ने अभिभारा पुरा गर्न शुभकामना ……………………

    Reply
  67. Sudip Adhikari says:
    September 8, 2013 at 11:33 am

    हाम्रो देश ले जित्नु पर्छ! इतिहास कोर्नु पर्छ! साफ गेम मा पहिलो पटक उपाधि जित्नु पर्छ!
    जय पशुपति नाथ!!यो पाली आँखा खोल प्रभु!!ओम नमःशिवाय !!

    Reply
  68. Suraj Regmi says:
    September 8, 2013 at 11:32 am

    नेपाल लाइ अग्रिम बधाई !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme