Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यी हुन् नेपालका हिरो- विमल घर्ती मगर

Posted on September 4, 2013September 4, 2013 by Salokya

विमल घर्ती मगर। फोटोः योपेश प्रधान
विमल घर्ती मगर। फोटोः योपेश प्रधान
१३ औँ मिनेटमै गोल गरेर पाकिस्तानले लिएको अग्रता निर्धारित समय ९० मिनेटसम्म पनि कायम थियो। खेल इन्जुरी टाइममा गइसकेको थियो। नेपाल पराजयको सङ्घारमा थियो। तर नेपालीको नाक राख्न वरदान भएर आए १५ वर्ष चानचुन दिनका विमल घर्ती मगर। सिनियर राष्ट्रिय टोलीको तर्फबाट पाकिस्तानविरुद्ध पहिलो गोल गर्ने विमल घर्ती मगर शायद साफको इतिहासमा सबैभन्दा कान्छा गोलकर्ताको कीर्तिमान पनि राखे। उनले उमेर समूहमा भने गोलको वर्षा गरिसकेका छन्। दशरथ रंगशालामै भएको यु–१६ च्याम्पियनसीपको समूह चरणका तीन खेलमा उनले ६ गोल गरेका थिए। त्यसमा पाकिस्तानविरुद्ध दुई गोल र भुटानविरुद्ध चार गोल समावेश थियो। त्यस्तै उनले एएफसी यु–१४ फूटबल फेस्टिबलका चार खेलमा ८ र जापानमा भएको यु–१४ फूटबल फेस्टिबलको चार खेलमा ७ गोल गरेका थिए। साफ च्याम्पियनसिपका लागि प्रशिक्षणको बेला कुवेतको अल अरबी एससीसँग भएको दोस्रो रोजाईको नेपाली राष्ट्रिय फुटबल टोलीको खेलमा विमलले ह्याट्रिक गरेका थिए। खेलमा नेपाल ८-२ ले विजयी भएको थियो।
विमल घर्ती मगर। फोटोः योपेश प्रधान
विमल घर्ती मगर। फोटोः योपेश प्रधान

प्याब्सन कप र रुपन्देही जिविस कपमा उनी म्यान अफ दि सिरिज भएका थिए।

१३ वर्षमा एन्फा एकेडेमी (बुटवल)बाट खेल्न थालेका विमल नवलपरासी भुताहा निवासी हुन्। घरमा आमा र बहिनी छिन्। बुबा छैनन्। प्रहरीमा काम गर्थे उनका बुबा। दुर्घटनामा मृत्यु भयो।

डेढ वर्षदेखि ललितपुरस्थित एन्फा एकेडेमीको होस्टेलमा बसिरहेका छन् उनी। अहिले कक्षा १० मा पढिरहेका विमलले उमेर समूहका खेलाडी भएकाले तलब पाउँदैनन्, तर होस्टेलमा खान–बस्न पैसा पर्दैन। सबै एन्फाले व्यहोरेको छ।

साफ जिते टिमका सदस्यका रुपमा उनले पनि काठमाडौँमा अपार्टमेन्ट र आजीवन मासिक १० हजार रुपियाँ भत्ता पाउनु पर्ने हो।

हेर्नुस् उनले गरेको गोल

साफ यु १६ मा नेपाल भुटानविरुद्ध ७-० ले विजयी हुँदा विमल एक्लैले चार गोल गरेका थिए। हेर्नुस् भिडियो

पाकिस्तानविरुद्ध बराबरी गोल गरेपछि के भन्छन् विमल ?

41 thoughts on “यी हुन् नेपालका हिरो- विमल घर्ती मगर”

  1. suvash thap magar says:
    September 10, 2013 at 4:33 pm

    अब यदि नेपालले थप कुनै अन्तराष्टिय प्रतियोगिताको शिल्ड उचाल्छ भने बिमल भाई संलग्न टिमले मात्र त्यो पनि चाँडैमा ६ बर्ष नत्र १० बर्षमा डायरिमा लेखेर राख्दा हुन्छ ।

    Reply
  2. kishan gulmeli says:
    September 4, 2013 at 11:55 pm

    जस्ले जे भने पनि हिजो बिमल भाई टिमका नायक बनेकै हुन म त टि.भी हेर्दै उदाश मन बनाएर बसेको थिए तर एका एक म लगाएत सारा नेपालीको उदाश मनलाई खुसि मा बदलेका थिए तर यसको हकदार सम्पूर्ण नेपली टीम हुन्. यदि फाइनल सम्म खेल्ने हो भने राम्रो टिमवर्कको खाचो महशुस गरेको छु over all राम्रै छ भोलि पनि राम्रो प्रदर्शन गर्नु नेपाली टीम लाई शुभकामना .

    Reply
  3. ram chitwan says:
    September 4, 2013 at 8:10 pm

    धन्देबाद बिमल घर्ति मगर भाई लाई मगर समाजको तर्फबाट उज्वल भबिश्यको
    शुभकामना

    सुभ प्रभात

    Reply
  4. Jiwa says:
    September 4, 2013 at 5:13 pm

    भाई बिमल जस्तो खेलाडी आज नेपाली फूटबल जगतमा निकै खाचो छ !

    Reply
  5. Nilima says:
    September 4, 2013 at 4:58 pm

    टिम को कुरा गरौ / टिम लाई हौसला दिउ / व्यक्ति को कुरा नगरौ / एउटा व्यक्ति लाई मात्रै हिरो बनाएर अरु खेलाडी को योगदान लाई अबमुल्यांकन नगरौ/
    नत्र व्यक्ति बादी र स्वार्थ हाबी हुञ्छ/ अनि सबै ले आफ्नो लागि मात्रै खेल्छन , टिम को लागि खेल्दैनन/ नेपाल ले धेरै हार खानु को मुख्य कारण नै यहि हो/

    Individual खेलाडी को मुल्यांकन coach , manager र बोर्ड लाई गर्न दिउ /
    हामी साधारण नागरिक भएको ले टिम को हौसला लाई बुलन्द बनाउ , जसले गर्दा अब इंडिया संग को खेल राम्रो होस् अनि जित हाम्रो पक्ष्य मा होस्./
    जय नेपाली फूटबल टिम /

    Reply
  6. Bal says:
    September 4, 2013 at 4:41 pm

    बिमल भाइको यो सानो उमेरमै यतिठुलो योगदान देश र नेपाली खेलको लागि Sarai सर्हानिय Chha uhanko उतार utar प्रगतिकोकामना Ani Aja मलाई कता kata नेपाली valiball राष्ट्रिय खोलादी सिपोरा Gurung Ko याद आइ रहेछ कतै बिमल को पनि Tyastai नियतित हुनुपर्ने Haina सम्भंदित निकाय र रस्त्रलाई samaya Mai चेतना भया

    Reply
  7. Rabindra Basnet says:
    September 4, 2013 at 1:50 pm

    भावनात्मक कुरामा धेरै बहकिने के हामी । विज्ञ के भन्छन् पढौँ
    विमलले अन्तिम समयमा गोल गरेर आफूलाई प्रमाणित गरे पनि उनलाई यस्तो दबाबमूलक खेलमा नछिराएको भए राम्रो हुन्थ्यो । आज गोल गर्न नसकेको भए विमल फ्लप हुन्थे । गोल खाएपछि जित्नैपर्ने दबाब रहेको खेलमा युवा खेलाडीलाई धेरै दबाब हुन्छ । जगजित छिर्नु अघिसम्म दबाबका कारण विमलले आफ्नो पोजिसन हेक्का गर्न समेत सकेका थिएनन् । अफसाइड होला भनेर हरेक मुभमा उनी बलभन्दा सहायक रेफ्रीतिर हेरिरहेका थिए । सेन्ट्रल फरवार्ड खेलेको मान्छे एकपटक रविनको ठाउँ लेफ्ट ब्याकमा पुगेका थिए – एन्फाका विकास निर्देशक सञ्जीव मिश्र
    – See more at: http://www.nagariknews.com/sports/football/story/6814#sthash.fAWxzsxs.dpuf

    Reply
    1. sanjay says:
      September 4, 2013 at 5:15 pm

      असहमति छ एन्फाका विकास निर्देशक देखि किनकि बिमलले पहिले पनि उधुम मचाई सकेको रैछ त सानै उमेरमा. अनि जित्ने पर्ने दबाबमा खेलेर खेल जित्ने हैन त्यसमा त स्किल भएको तर दबाब महसुस नगर्ने खेलाडीको महत्वो हुञ्छ . नेपाललाइ दबाब थेग्न सक्ने हैन गोल हान्न सक्ने खेलाडी चाहिएको छ . नेपाली टिमले दबाब त जहिले पनि ठेगेकै छ नि ‘गोल हान्न नसकेको दबाब’ . जय नेपाल .

      Reply
    2. जय says:
      September 4, 2013 at 11:57 pm

      म सहमत छु सन्जय जी को कमेन्ट संग जसले त्यत्रो देशको इज्जवत बचायो जसले टीमलाई बाहिरिनबाट बचायो उसैलाई यस्तो नेगेटिभ कमेन्ट गर्ने मान्छेको concept कस्तो होला

      Reply
  8. amrit says:
    September 4, 2013 at 1:47 pm

    कस्तो हीरो बनाको हो. बिमल ले सब भन्दा झुर गमे खेलेको थ्यो. लास्ट मा कागे गॊअल गर्यो भन्दै मा आर्को गेम मा सुरु देखि नै खेलाउला.

    Reply
    1. योगेश आदी says:
      September 5, 2013 at 4:14 am

      “जो जीत वही सिकन्दर” अमृतजी !! Game is all about luck too… बिमलको बिगतको खेलकुद वृतान्त पनि हेर्ने कि ? राम्रो नभई एन्फाले किन छनौट गर्थ्यो र ?

      Reply
      1. amrit says:
        September 5, 2013 at 8:40 am

        योगेश जी बिमल ले जितेको हैन match नेपाल ले जितेको हो . तेसैले नेपाल team सिकन्दर हो. मैले बिमल नराम्रो player हो भन्न ख्जोजेको हैन. तर तेस game मा बिमल को प्रदर्सन अरु को तुलना मा सबै भन्दा कम्जोर थ्यो. उसले गरेको गॉल मा उसको कुनै स्किल ले गर्दा भएको हैन. उसको shoot एउटा national player ले गरेको भन्न नि लाज लाग्ने खालको थ्यो. यसरि उसलाई नै सबै क्रेडिट दिदा खटेर खेलेका र राम्रो प्रदर्सन गरेका खेलाडी लाइ नकारात्मक संदेश जना सक्छ र सबै सेल्फिश भै आफ्नो लागि मात्र खेल्ने हुन सक्छन. तेसैले team प्रदर्शन लाइ encourage गरौ. हावा मा गॉल गर्ने लाइ हीरो नबनाऊ.

        Reply
  9. bmaya says:
    September 4, 2013 at 1:30 pm

    गिरि सकेको नुर उठाउने मौका दिएकोमा बिमल घर्ति मगरलाई सलाम !! यी सपुत हुन् देशका ! अब नेपाल सेकेन्ड राउण्डमा जाने पक्का भयो…भोलि इंडिया लै ३-० ले जित्नु पर्छ…अनि हेरौं नेपालको शान …!

    Reply
  10. Limbu HarataraH says:
    September 4, 2013 at 1:28 pm

    वाह, मेरो पनि शुभकामना ! गेम भनेकै बिना जेठ्ठा, कान्छा, रंग बिनाको, ताल बिनाको, साइज बिनाको तर नियमसंग हुने हुनाले उनीलाई अहिले नै अरुसंग नदाजौं, मात्र उस्को खेल, अध्यन, परिवारको बारेमा केहि पो गर्ने कि हामीले, नेपालले?

    Reply
  11. प्रकाश नेपाली says:
    September 4, 2013 at 12:23 pm

    घर्तिमगर हो बिमल तर सारा नेपाल उस्को गोलमा गौरब गर्छ किन?? किनकि सबैभन्दा पहिले उ नेपालि हो।

    Reply
  12. Bigyan says:
    September 4, 2013 at 11:52 am

    So interesting game……….साच्चै नै खुसि लाग्यो … सबै खेलाडी लाई धन्यबाद , खास गरेर बिमल भाई लाई…. धेरै धेरै देशको इज्जत बचाएको मा….. यस्ता प्रतिभा को राष्ट्र सम्मान गर्न सक्नु पर्छ ….
    Well done Bimal , We’d like to see more from U………… Keep it up…

    Reply
  13. shital tamang says:
    September 4, 2013 at 11:32 am

    सानै उमेरमा पनि देशको लागि योगदान दिने नेपाली सुपुत्रलाइ
    हामी सम्पूर्ण नेपाली को तरफबाट धन्यबाद अनि उज्जल
    भाबिस्येको को सुव- कामना…………

    Reply
  14. निहारिका शर्मा says:
    September 4, 2013 at 11:04 am

    तोहरकाके वहुत वहुत वधाई बा बौआ । हम्निके मंगलवारके खेलमे पाकिस्तानके तरफसे पहला गोल भईलाके बाद वहुत डर लागल । अन्तिममे तोहरके तरफसे जौन गोल भईल वो वेरा हम्निके आँख रसाईल रहलख ।

    Reply
  15. Pawan says:
    September 4, 2013 at 10:50 am

    बिहिबार को खेलमा पनि सुरु बाट नै खेलाउनु पर्छ बिमल भाई लाई/ भाई तिमि खेल हामी आउने छौ रंगसालामा / बदाई छ तिमीलाई हिजो को खेल को लागि /

    Reply
  16. raj gautam says:
    September 4, 2013 at 10:30 am

    पछिको नेपाली क्यापटेन हुन् उनि

    Reply
  17. Raju Rana - Mahendra says:
    September 4, 2013 at 10:14 am

    लौन खुसि लाग्यो आफ्नै जिल्ला बसी पो परेछन —धेरै धेरै शुभकामना ..आउदा दिन मा नि अझ प्रगति को कामना

    Reply
  18. संजय झा says:
    September 4, 2013 at 10:06 am

    यो लडकाले चाही खेलमा केही गर्ला जस्तो छ। तर नेपालीहरुको कद सानो हुने भएकोले कठिनाई हुन्छ।त्यसकारण यो भाइलाइ अलिक डाइट पेलाउनु पर्दछ। उमेर सानै रहेछ राँगाको खुट्टोको सुप र कुरीलोको जुस पिलाउने हो भने भाइले नेपालाँ मेसीको काम गर्न सक्छ।

    Reply
    1. eklavya says:
      September 4, 2013 at 1:03 pm

      संजयजी सोह्र बर्षको केटो के heman हुनुपर्यो मेस्सीको कुरा गर्नु हुन्छ उ मात्र कस्तो देखिन्छ तपाइलाई …खेलमा कलाको पनि स्थान हुन्छ र बिमल संग त्यो सबै गुण छ समयनुसार उसको body structure पनि बन्दै जानेछ हतार नगर्नुस …..रिसानी भए माफ ….

      Reply
  19. LalitThapa(lt bro) says:
    September 4, 2013 at 10:00 am

    Hi Bimal you are the future star of the Nepali football.Best of luck for your comming days.

    Reply
  20. anand says:
    September 4, 2013 at 9:46 am

    हुने बिरुवा को चिल्लो पात …….. गोल को खडेरी बाट गुज्रिरहेको नेपाली टीम मा गोल मेसिन बन्न सकुन ……… शुभकामना …………..

    Reply
  21. Nab says:
    September 4, 2013 at 8:55 am

    Salute to बिमल ! अब देशमा नया आधुनीक रंगशाला चाहीयो ! ४० बर्ष पुरानो दशरथ रँगशालाको बिजोग छ! धन्न केही भयन ! यी चोर नेताहरूले देश को पैसा जती सबै लुटीसके, अझै लुटदै छन नत्र त अहीले सम्म त एउटा नै भयपनी भब्य रँगशाला त बन्नुपर्ने हो ।

    Reply
  22. Sarad says:
    September 4, 2013 at 7:59 am

    Bimal you should kick leaders just like that. ..

    Reply
  23. लोर्के says:
    September 4, 2013 at 7:55 am

    हैन नेपाली हरु नेपाल को भन्दा पाकिस्तानी को समर्थक छन् कि क्या हो ? रातो मा पनि क्लिक गरेका छन् त /

    लोर्के

    Reply