Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

वैज्ञानिक अनुसन्धानको नाममा मानव तस्करी धन्दा

Posted on August 29, 2013September 1, 2013 by Salokya

logo
अपडेट १: वेबसाइट अहिले सुचारु गरिएको छ।
अपडेटः भगुवा पठाउने स‍ंस्थाको वेबसाइट बन्द-
कोस्टा रिकामा बेपत्ता हुने गरी चार जना नेपाली पठाउने संस्थाले आज अपराह्नदेखि आफ्नो वेबसाइट बन्द गरेको छ। वेबसाइटमा अहिले ‘बन्दै गरेको छ, पछि आउनु होला’ लेखिएको छ। आज बिहान यो ब्लग लेख्नुन्जेल साइट सुचारु थियो। हत्त न पत्त वेबसाइट बन्द गरेबाट पनि यो संस्थाको बदनियत रहेको बुझिन्छ। वेबसाइट बन्द गरिए पनि यहाँ क्लिक गरी साइट कस्तो थियो हेर्न सकिन्छ। संस्थाको फेसबुक पेज भने यो लेख्दासम्म सुचारु छ।
**************************
मूल ब्लगः National Institute of Natural Sciences बाट आपसी सहयोगको संभावना खोज्ने भन्दै युनिभर्सिटी अफ कोस्टा रिकाको निमन्त्रणामा त्यहाँ पुगेका चार जना सुटुक्क भागे। घटनाले कोस्टा रिकामा ठूलै हङ्गामा मच्चियो। तर उनीहरुलाई पठाउने नेपाली संस्था भने मुखमा दही जमाएर बसिरहेको छ। यसबारे उसले कुनै प्रतिक्रिया दिएको छैन। न वेबसाइटमा, न आफ्नो फेसबुकमा। यसैबीच सोही संस्थाले अमेरिकाका प्रतिष्ठित विश्वविद्यालयहरुलाई पनि त्यहाँ आउने व्यवस्था मिलाइदिन अनुरोध गरेको प्रमाण फेला परेको छ। सिधै अमेरिका जाने प्रयास असफल भएपछि उनीहरुले कोस्टा रिका रोज