Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अख्तियार जागेपछि अफिसै खाली होला जस्तो पो भो त गाँठे ! हाकिमदेखि पिउनसम्म हिरासतमा

Posted on August 23, 2013August 23, 2013 by Salokya

पदको दुरुपयोग गरेर भ्रष्टाचार गर्ने सरकारी कर्मचारीलाई कानुनको दायरामा ल्याउने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग केही दिन यता सक्रिय हुँदै भकाभक कर्मचारी पक्रन थालेको छ। एकै दिन एउटै अफिसबाट यति धेरै मान्छे पक्रने काम भइरहेको छ कि काम गर्ने मान्छे नै नभएर अफिसै खाली होला कि जस्तो पो हुन थालिसक्यो। विदेश जानेहरुलाई सबैभन्दा दुःख दिने ठाउँ वैदेशिक रोजगार विभाग र अध्यागमनबाट आज पनि थोकैमा ३५ जनालाई अख्तियारले हिरासतमा राखेको छ।

को को हुन् त उनीहरु ?

वैदेशिक रोजगार विभाग
शाखा अधिकृतहरु– निर्मला न्यौपाने, मन्जु शर्मा सुवेदी, अजिता शर्मा, मुक्तिप्रसाद खनाल, गंगाबहादुर भुजेल, ज्ञानेन्द्र शर्मा, पवित्र कुँवर

कम्प्युटर अधिकृत– हिराध्वज कार्की,

ना.सु.हरु– शंकर कार्की, रमेशकुमार अधिकारी, योगेन्द्रकुमार अधिकारी

खरिदारहरु– माधव भट्टराई, केशव बन्जारा,

भाषा अनुवादक (करार) रज उल्लाह,

कम्प्युटर अपरेटरहरु– सन्तोष सुवेदी, कृष्णप्रसाद खतिवडा,

कार्यालय सहयोगी- यशोदा थापा मगर

यसअघि मंगलबार पक्राउ परेकाहरु
वैदेशिक रोजगार विभागका निर्देशक रमेश मैनाली,
शाखा अधिकृत दीपक प्रसाद खतिवडा,
ना.सु. चन्द्रहरि लुइँटेल,
कम्प्युटर अपरेटर पप्पु कुमार साह,
कम्प्युटर अपरेटर रामप्रसाद पोखरेल,
अरबिक भाषा अनुवादक ओवैदुल्ला मक्सुद

अध्यागमन विभाग
शाखा अधिकृतहरु– भोजबहादुर ऐडी, रामचन्द्र कार्की, नरबहादुर बि.क., रामकृष्ण पराजुली, डिल्लीराम भट्टराई, दिवाकर शर्मा, गोपीप्रसाद पौडेल, रामचन्द्र खतिवडा, कमलबहादुर कार्की, विक्रमबहादुर सोमई

लेखा अधिकृत बाबुहरि पन्थी

ना.सु.हरु– रामकुमार ओझा, जयबहादुर सिंह, लिलारमण पोखरेल, वरिष्ठ अध्यागमन सहायकहरु– सन्जय नेपाल, नवराज कोइराला, रुद्रप्रसाद मरासिनी, चिरन्जीवी अधिकारी

यसअघि मंगलबार पक्राउ परेकाहरु
शाखा अधिकृत सूर्यप्रसाद दाहाल,
शाखा अधिकृत देवर्षि सापकोटा,
ना.सु. प्रदीपप्रसाद लामिछाने,
ना.सु. विश्वराज खरेल
कार्यालय सहायक जयनारायण नापित

लौ हेर्नुस् त बिजोग। वैदेशिक रोजगार विभागका त हाकिम अर्थात् निर्देशकदेखि पिउन अर्थात् कार्यालय सहयोगीसमेत पक्राउ परेछन्। हुनत एक पैसा खाए नि घुस भनेको घुसै हो। तर पिउन समातिएर ठूला चाहिँ छाडिएलान् भन्ने चिन्ता हो हाम्रो।

दोष के लगाइएको छ उनीहरुलाई ?
वैदेशिक रोजगार व्यवसाय गर्ने इजाजत पत्र प्राप्त कम्पनीहरुले पेश गरेका झूठा व्यहोराका कागजातलाई गैरकानूनी लाभ लिई गलत विवरणका कागजातहरुलाई आधार बनाई कम्प्युटर प्रवृष्टि गर्ने,
भाषा अनुवाद गर्ने,
ठीक छ भनी फाइल पेश गर्ने र
स्वीकृत गर्ने काम गरी वैदेशिक रोजगारमा जाने ७७ जना नेपाली नागरिकहरुलाई वैदेशिक रोजगारमा जान इजाजतपत्र दिने काम गरी उक्त काम कारबाहीको सक्कल फाइल नै कार्यालयबाट बेपत्ता पारेको

अब के हुन्छ ?
उनीहरुलाई अख्तियारले छानबिनका लागि हिरासतमा राखेको हो। छानबिनपछि अख्तियारले आरोप पत्रसहित विशेष अदालतमा मुद्दा दायर गर्छ। विशेष अदालतले गरेको फैसलापछि त्यसमा चित्त नबुझे सर्वोच्चमा रिट दायर गर्न पाइन्छ। सर्वोच्चको फैसला अन्तिम हुन्छ।

[तपाईँले माथि उल्लेख भएका पक्राउ परेकामध्ये कसैलाई चिन्नुभएको छ कि ? कस्ता थिए उनीहरु ? अथवा तपाईँलाई अख्तियारमा कसैविरुद्ध उजुरी पो गर्नुछ कि ? यहाँ क्लिक गरेर इन्टरनेटबाटै उजुरी गर्न पनि मिल्छ। अख्तियारले सार्वजनिक पदधारण गरेका अर्थात् सरकारी कर्मचारीले गर्ने अख्तियार दुरुपयोगमात्रै हेर्छ।]

71 thoughts on “अख्तियार जागेपछि अफिसै खाली होला जस्तो पो भो त गाँठे ! हाकिमदेखि पिउनसम्म हिरासतमा”

  1. अनोज शाक्य says:
    August 25, 2013 at 3:32 pm

    नेपालका घुस्याहाहरुको लागि त नेपालको कानुन नबोल्ने देउता जस्तै भएको छ । जस्तो जस्तो जजमान त्यस्तै त्यस्तै स्वाहा गर्दै सर्वसाधारणहरुलाई ठग्न र घुस खान पल्केकाहरुलाई कडा भन्दा कडा कार्वाही गर्नु पर्छ । जे कुरा पनि कानुन र नियमलाई देखाउदै घुस र ठग्न पल्केकाहरुलाई कहिले पनि छोड्नु हुँदैन । देश बिकासको लागि महत्वपूर्ण कदम हो ।

    Reply
  2. Sisir says:
    August 25, 2013 at 11:44 am

    जब सम्म यिनीहरु जेल जाकिएको समाचार औदैना तबसम्म हिरासतमा लिदैमा धेरै खुसि हुनु पर्दैन ,
    येस्तै नाटक १०-१५ वर्ष अगि पनि भएको थियो , तेती बेला तातोपानी भन्सार लगाएतका भन्सारका झन्डै २ दर्जन अदिकृत देखि पियुन सम्म एकै रातमा समातिएका थिय , तर कति जनालाई कारबाही भयो त , इस्मरण रहोश तेती बेला पनि भन्सारका खरदार, सुब्बा देखि पियुन सम्मका काठमाडौँमा स्रोत नखुलेका बिशाल आलिसान घरहरु फेला परेका थिए ,पत्रिकामा ति खरदार सुब्बाहरुका भब्य बंगला सहितको फोटोहरु छापिएका थिए , खै के भो त तिनीहरुलाई अहिलेसम्म ?
    लोकमानको परिक्ष्या हुने छ यो केसबाट ? देशका धमिरा भ्रस्ट यिनीहरुलाई जेल जाक्न सके जनताले पनि मान्ने छन् .. सुभकामना ..

    Reply
  3. razen says:
    August 25, 2013 at 1:31 am

    घुस खान नपाइने रहेछ भनेर कसैले पनि जागिर नखाई सबै बिदेसियेला भन्ने डर डर पो भो बा

    Reply
  4. Raju Rana - Mahendra says:
    August 24, 2013 at 8:03 pm

    बल्ल अख्तियार ले आफ्नो काम गर्यो सबै ले आफ्नो दिशा – निर्देश र जागिर खादाको दिन मा जुन कसम खाको थिओ त्यही अनुसार काम गरे सुधार हुन धेरै दिन लाग्ने थियन

    Reply
  5. हर्क बहादुर says:
    August 24, 2013 at 3:51 pm

    अपराध प्रमाणित भए पनि घटना सेलाए पछि केहि समय पछि यिनै कार्मचारी फेरी पुनबहाली वा कतिमा केसमा बढुवा भनेको सुनिएको मा त्यतो नहोस ,follow up होस,यहि छ कामना

    Reply
  6. शिव थापा says:
    August 24, 2013 at 3:27 pm

    यिनी घुस्खोरहरूको फोटो पनि हेर्न पाये हुने । कतै भेटियो भने मुखैमा थुक्न पाइन्थ्यो कि ।

    Reply
  7. सार्थक says:
    August 24, 2013 at 2:41 pm

    राम्रो कामलाई राम्रो नै भन्नु पर्छ त्यो चाहे लोकमानले गरेको होस् कि अरु कसैले | यहाँ जातपात चाही किन जोडी राख्नु पर्यो नि ? जातकै कुरा गर्ने हो भने पनि भ्रष्टचारको आरोपमा पर्नेहरु धेरै जसो बाउन हुन भने पक्रिने पनि त बाहुन क्षेत्री नै हुन् नि | किन त्यो कुरा चाही लुकाएको नि | सकारात्मक कुरा त जसले गरे पनि सकारात्मक नि हुन्छ नि कि कसो?

    Reply
  8. Dal Bahadur Saru says:
    August 24, 2013 at 11:45 am

    देशका भ्रस्ट कर्मचारीहरुलाई कानुनको परिधिमा ल्याउनु खोजेजस्तै बिना भरपाई (receipt ) मनपरी तबरले सरकारले तोकेको भन्दा चौबर पैसा उठाउने manpower कम्पनी हरुलाई प्रसय दिनेहरुलाई पनि यसरीनै कानुनको दायरामा ल्याउने पहल होस् , र देसमा सु-सासनको सुरुवात पनि होस् भन्ने मेरो कामना छ.

    Reply
  9. milan says:
    August 24, 2013 at 11:41 am

    नेपाल मा जति भ्रस्ताकारी छन् सबै लै जेल हाले हुन्छा. सरकारी अफिस खाली भय बैदेशिक रोजगार मा कमि आउछ.नेपाली हरु ले विदेश जानु पर्दैन नेपाल मै जागिर पाउने छन्

    Reply
  10. man limbu says:
    August 24, 2013 at 9:51 am

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रस्टचार बिरुद्ध तिब्र रुपमा कारबाही अगाडी बढाएकोले अब नेपालमा पनि केही हुन्छकी भन्ने हाम्लाई लाग्या छ .

    यो सकारात्मक कदमको हामी सबैले समर्थन गराऊ . लोकमान जस्तो निडर र प्रभावशाली व्यक्तिलाई सबै पार्टीले राजनैतिक नियुक्ति गरे देश को कायापलट हुने थियो….

    Reply
  11. Krishnaman Dongol says:
    August 24, 2013 at 8:55 am

    यो अत्यन्तै राम्रो काम भैरहेको छ अख्तियार बाट, एस्लाई नराम्रो तरिका वा बंग्याएर कुरा गर्नु भन्दा हिजो अख्तियार का प्रमुख ले कस्तो कम गरे वा आचरण देखाए भन्ने तर्फ़ जनमानस मा भ्रम को खेति गर्नु भन्दा यो सारै नै सराहनीय काम हो भन्न लाई कसैले लाज नमाने हुन्छ कि? बास्तव मा यो काम गर्नु नै उनको भोलि आउने अरु येस्तै प्रकृति क कार्य हरु को संकेत भनेर बुझेको छु मैले, सबै तर्फ़ एकै पटक कसरि हात हाल्न सकिन्छ होला त, त्यो स्यानो नाफ्री ले?? हो अझै धेरै तर्फ़, सेना,प्रहरी, ससत्र, हिजो को बिसेष प्रहरी, जहाँ थुप्रै भ्रस्ट उचचपदस्थ हरु देश लै हानी नोक्सानी पुराएर अरबौ रकम कुम्लायेरा आज विभिन्न बैंक, बिजुली, र तेस्तै ठुला ठुला व्यापार मा संस्था को समेत रकम लुटेरा अजै समाज मा अती बिसिस्ट
    व्यक्ति को ढोंग मा लुकेका छन् तिनी हरु लै जुन दिन कारागार मा देखिन्छ त्यो दिन मात्र एसले मुर्त रुप लिएको हामीले सम्झिने छौ. जय देश!

    Reply
  12. aryan says:
    August 24, 2013 at 8:35 am

    Please, please do not go over the surface value. The actions by CIAA may turn into a fiasco that of Surya Nath’s action in 2002. I do not think people inside CIAA know what they are doing. This might simply be a gimmick or a media stunt to distract people from on-going political events.

    Reply
  13. shukdev Tamang says:
    August 24, 2013 at 8:29 am

    ओहो, ल यो क्षेत्री बाहुनले देश दुबौने नै भयो, क गर्ने अख्तियार पनि उनीहरुकै हो./ तपाई आफै हेर्नुस त माथि अरु जातको कोहि छन्? हामीलाई न त जागिर नै दिन्छा, न त पद नै नेपालको सरकारी कार्यालय हरुमा, कति सम्मको भेदभाव गरेको छन् / त्यसैले विदेशिए भित्रि मन देखि दुख लगेर आउछ, सम्झेर ल्याउदा..
    माफ गर्नुस, जातित्व छुट्याएर कमेन्ट गरेको मा तर यो यथार्त हो नेपालको.

    Reply
    1. Ram Jha says:
      August 24, 2013 at 10:44 am

      सोमई भनेको मगर होइन ? मैले त रु जात को पनि देखे त? किन stereotyping गरेको साथी?

      Reply
      1. सुमन says:
        August 24, 2013 at 2:20 pm

        समग्रमा कुरा बुझ्नु छैन खालि एउटा मान्छे देखाएर ल तपाईहरुको पनि छ भन्न खोज्या हो झा बाजे? यस्तो कुतर्कना कैले सम्म दिईरहने? एउटा होइन ल मान्नुस दुइटा वा तीनजना नै छन् रे| के त्यो सही प्रतिनिधित्व हो? देखाउनलाई एक दुई जना राख्या छन् |

        लास्ट मिनटमा एयरपोर्टमा नचाहिदो यातना दिएर जबर्जस्ति घुस असुल्न खोजेको अनुहारहरु सम्झदा यी अध्यागमनका भ्रष्टलाई पाए सार्बजनिक ठाउँमा कोर्रा र सिस्नु पानी लगाउन पर्थ्यो जब सम्म खाएको घुस उगेल्दैनन| यी भ्रष्टका परिवार सन्तान हुँदैन केरे? कस्ता होलान अरुलाई यातना दिएर घुसमा पालिएका सन्तानको मुहार? घोचे पनि पाप लाग्ने होइन केरे|
        इनिहरुको निधारमा घुसखोरी भनेर टाटु गरिदिन्पर्छ र घरको ढोकामा पनि घुसखोरी भनेर पोती दिनपर्छ|

        Reply
    2. dipesh says:
      August 24, 2013 at 1:15 pm

      हाहा…हमुमानढोका गएर “ल हेर त अपराधमा त सप्पै यो जातहरुको पो रहेछन।” भने जस्तो कुरा गर्नु भो नि सर। युरोपमा दोस्रो बिश्व युद्धको समया चलेको नश्लबाद जस्तो। पहिले सोच्नुस त ति बाहुनहरु मात्रै किन त्यहा पुगे भनेर? अन्य जातिकालागि अधिकारको लागि यत्रो समय किन लाग्यो भनेर? ब्रिटिसहरुले किन बाहुन क्षत्रिजातिलाइ गोरखा भर्तिमा लिदैन भनेर सोच्नुस। हिमाल चढ्दा नेपालकै चुच्चानाक को किन खिसि उडाइन्छ सोच्नुस। काठमाडौमा दुखजिलो गरेर घर घरमा तरकारि बेच्दै हिड्ने तराइका दाजुभाइ कसरि हेपिन्छन सोच्नुस। कृपया माफ गर्नुस जब यो जात प्रतिको आरोप देखिन्छ तब नचाहदा नचाहदै पनि जातमा बाडिनु पर्ने अबस्था आउने रहेछ। अबत यस्तो अबस्था आउला जस्तो छ बालसखाहरु जसलाइ जातले कहिले हेरिएन तर अब त केहि भन्दा पनि ति मेर शत्रु म तिनका शत्रु भइएला जस्तो पो भो। यसो एउट कुरो नि, त्यसैले होला म त अहिले आफुलाइ “जैसि” भनेर भन्छु। न बाहुन, न क्षत्रि। न नेवा राज्य न शेर्पा न अरु। मेरै घरलाइ दरबार घोषणा गरिन्छ मेरै जातको राज्य बनाइन्छ, अनि मेरै पासपोर्ट। हाहाहा…..जातैमा जाने, परिबारबादमै जानेहो भने सबै आ-आफ्नै राज्य किन नबनाउने। तर त्यस्तो हुदैन। त्यसैले त्यहा बाहुन मात्रै भए भन्दा पनि किन हामिले तिनलाइ त्यहा बस्ने बाताबरण बनायौ भनेर पनि सोच्ने कि?

      Reply
    3. Iswor KC says:
      August 25, 2013 at 6:43 am

      तामांग जी, लेख्न मन त थिएन –

      कुकुर ले Tokyo भन्दै मा कुकुर लाइ नै तोक्नु मुर्खता हो तैपनि,

      नेपाको प्रहरी र एन. जी. ओ को तथायाँका ले के देखाउछ भने ‘नेपालमा चेली बेटी बेच्ने, लागु औषधि बेच्ने, मुर्ति हरु बेच्ने, र लुटपाट र छोरि चारी का अपराध गर्ने मा तामांग हरु बढी भाको कुरा ले के भान्छा ?
      नपत्याए,
      भू पु. आइ जी. पी. ‘दिल बा. तामांग देखि कुमार लामा सम्म लाइ हेरे भै हाल्छ नि/ अरु साना तिना त कति हो कति !

      तपाई जस्ता को कारण ले ‘नेपालमा भ्रस्टाचार बढ्ने र जातीय अपराध बढाउने का गर्छ/

      त्यसैले, आफ्नो कमजोरी लुकाउन आर्का लै गाली गर्नु राम्रो हैन /

      Reply
  14. Ayush P says:
    August 24, 2013 at 8:16 am

    नेपालमा करिब ५००,०० जना मानिसहरु सरकारी जागिर गर्छन | यत्रो सानो सलाईको बट्टा जत्रो देशमा किन यत्ति धेरै कर्मचारी चहियो| लौ काम गरे त ठिकै छ, तर अफिस मा हाजिर भएबापतको तलब बुझ्ने र कामगरे बापत अर्को नगद पुरस्कार चदौनु पर्ने, र कार्यालय समयमा राजनीति गर्न हिड्ने सबै लै निकाल्न मिल्ने व्यवस्था हुनु पर्छ| नेपाली सरकारी जागिरको साह्रै नराम्रो पाटो पनि यहि हो — कर्मचारीलै बर्खास्त गर्न निक्कै गारो छ |

    १) हायर र फायर सिस्टम हुनु पर्छ |
    २) ५००००० जना कर्मचारी घटेर २००००० पुर्याउनु पर्यो, सबै सार्वजनिक संस्थाहरु (कार्यकर्ता भर्ना पाल्ने भाडो) निजीकरण गर्नु पर्छ |
    ३) नेपाल भरि कुनै पनि कलकारखाना, निजि, सरकारी कार्यालय, स्कूल, कलेज, क्याम्पस बाट union हरु प्रतिबन्धित गरिनु पर्छ |
    ४)टोलै पिछे जनता को tax मा फुपू को सराद्दे गर्ने दलिय संयन्त्र का डाका हरुलाई पट कस्नु पर्छ र स्थानीय निकायको निर्वाचन हुनु पर्छ|
    ५) सबै सरकारी tender online गरिनु पर्छ |
    ६) नेपाल बन्द गर्ने लै चार पटे कपाल मुन्दन गरेर सार्बजनिक ठाउँ मा माफी मग्न लगेर १० वर्ष सजाय तोकिनु पर्छ |
    ७) सबै सरकारी जागिरमा पूर्ण रुप ले प्रतिस्पर्ध बाट आउने व्यवस्था गर्नु पर्छ |

    अनि गएर देश मा की होला, नत्र यस्तै हो|

    Reply
  15. राजेन्द्र भट्टराई says:
    August 24, 2013 at 7:49 am

    चीनको पूर्वरेलमन्त्रि Liu Zhijun आफ्नो २५ बर्षे कार्यकालमा एक करोड डलर भ्रस्टाचार गरेको अभियोगमा मृत्युदण्डको सजाय पाएका छन्/ यदि येसैगरि लोकमान कार्कीले साचिकै छानबिन गर्नेहो भने हालका नेपाली नेता देखि कर्मचारी र ब्यबसायीहरुको लाश आर्यघाटमा अन्तिम दाहसंस्कारको लागि कुनै दिन पनि खाली हुने थिएन होला/ सहि कामको लागि सलाम लोकमान कार्की लाई/

    Reply
  16. Jeevan Thapa says:
    August 24, 2013 at 7:38 am

    लोकमानले आफूमाथि लागेको सारा आरोप पखाल्ने राम्रो कदम चाल्दै छन् …२०% मात्र यस्ता भ्रस्ट कर्मचारीलाई कारबाही गर्न सके पनि जनताले ठुलो राहत पाउनेछन् !

    Reply
  17. raj says:
    August 24, 2013 at 7:35 am

    अपवाद बाहेक आफुले सके जति सबै गरेकै छन् | चाहे त्यो कर्मचारी होस् वा ब्यपारी/ब्यबसायी होस् वा नेता होस् | सबै जना जागिर सुरु गर्दा युवा नै थिए | तेही भएर नया केहि युवा गएर केहि हुने वाला छैन उनीहरु पनि बिस्तारै येही प्रणाली मा घुलमिल हुनेछन | २-४ जना राजनेता को खाचो छ | अब नेता को खडेरी भएको देशमा राजनेता कहाँ बाट पाउनु ? जति गरे पनि लोक मान बाट कति आस गर्न सकिन्छ ? सय सम्म पुग्ने हो भने गन्ति त एक बाट सुरु गर्नु पर्छ | हामीले त सुरु पनि गरेका छम जस्तो लाग्दैन | म त एक दिन त भ्रष्टाचार रहित वा न्यून भ्रष्टाचार भएको समाज को सृजना होला भन्ने कल्पना गर्न पनि सक्दिन |

    Reply
  18. rohan vicram shingh says:
    August 24, 2013 at 7:18 am

    बैदेशिक रोजगार बिभाग र अध्यागमनका भ्रस्ट कर्मचारीहरुलाई अख्तियारले समातेको अति राम्रो सुरुवात हो! साथै मालपोत, यातायात , अदालत , राजश्व, प्रहरी आदिका भ्रस्ट कर्मचारीहरुलाई भटाभट समात्नु पर्यो!
    भ्याटमारा ब्यापारी, भ्रस्टाचारको चाजोपाजो मिलाउने नेताका आसेपासे चम्चे दलालीहरु र ति सबैको संरक्षण गर्ने भ्रस्टाचारको मुख्य जरो पार्टीका नेताहरुलाई कारवाही भएको खोइ लोकमान जी….?????????????????????????????????????

    Reply
  19. yukta says:
    August 24, 2013 at 5:54 am

    एउटा हिन्दि उखान छ “लोहे लोहे को काटता है ” ,भू.पु.सुध्रिएको भ्रस्टचारी ले हाल को सबै भ्रस्टचारी हरु लाई लाई सिध्याउने भयो ! भ्रस्टचारी + भ्रस्टचारी = अब फुट्ने भयो पापको भकारी ! तर राजनैतिक भ्रस्टचारी हरु को पाप को घैंटो फुटाउने हिम्मत कहिले आउला ? सारा नेपालि जनता ले हेर्न बाँकि नै छ ! यिनी हरु त साना माछा हुन , ठुला माछा लाई अख्तियार ले जाल मा पार्ने कहिले ?

    Reply
    1. pratik says:
      August 24, 2013 at 11:42 am

      ठुला लाइ नि जेल हालेको त छनी तर के गर्ने, जेल बाट निस्कदा अबिर जात्रा गरेर काँध माथि राखेर ल्यौछं , अझै खुम सोल्टी निस्कदा त, ४०००० हो कि कति टि शिर्ट बाँड्ने कार्यक्रम गरेको छन् रे,

      Reply
  20. panta says:
    August 24, 2013 at 5:24 am

    नेपाल को नेताहरु लाई पनि खोर मा जाक्नु पर्यो./ कानून सबै मा बराबर लागु हुनु पर्यो / कर्मचारीलाई मात्र अख्तियार लाग्ने/ डेरामा इसटोब मा भात पकाएर फाटेको चप्पल लगाएर काठमाडौँ पसेका नेताहरु अरबौपति कसरि भएको नि ? अख्तियारले तिनीहरुलाई पनि कारबाही गर्नु पर्यो /

    Reply
  21. Suman Gurung (UK) says:
    August 24, 2013 at 5:23 am

    धेरै राम्रो काम गर्यो अख्तियार ले, फेरी दुइ चार दिन पछि ति हिरासत मा लिएयेका हरु सब छुट्छन बेकसुर को बिल्ला भिरेर. अनि दुइ को चार भ्रस्टाचार गर्छन येस्तै रैछ भनेर. यो माथि को नाम लिस्ट मा मेरो आफ्नै भेना परेछन बेक्तिगत रुपमा राम्रो मान्छे हुन् तर भ्रस्टाचार गरेकै हुन् भने कारबाही हुनु जरुरि छ.

    Reply
  22. द्रोण says:
    August 24, 2013 at 4:50 am

    साना साना भुरा माछा समातेर समस्याको को समाधान हुदैन , माउ माछा कहिले समात्ने हो अख्तियार ?

    Reply
  23. Prajit man says:
    August 24, 2013 at 4:08 am

    फेरि अर्को दुखको कुरो यसमा पनि ८०% बाहुन नै परेछन / देशमा ९% जनसंख्या ओगटेको यो जाति किन सबै कुरामा यति अगाडी छ? यो कमेन्ट धेरैलाइ मन नपर्ला तर सत्य यहि हो बाहुनबाद ले गर्दा देशले अधोगति मात्रै पायो निकाश कहिल्यै पाउन सकेन/ मैले जातिय भिन्नता लाइ खलल गर्न खोजेको पक्कै होइन/तर सबैले एक पटक सोच्नै पर्ने बेला भएको छ/ होइन भने सारा ठुला पार्टी सरकार, तथा सारा सरकारी निकाय सबै ठाउमा बाहुन हरुकै ७० देखि ८०% हालीमुहाली छ/ यसको मतलब यो होइन सबै बाहुन हरु सभ्रान्त छन् / तर अरु जातिको तुलना मा पकै पनि बाहुन हरु आगाडी अबस्य छन्/

    तर जे होस् ढिलो नै भय पनि केहि होला जस्तो छ आशा गरम केहि मात्र भयपनी घुस्याहा कम होलान यो देशमा/

    Reply
  24. laxubabu says:
    August 24, 2013 at 4:00 am

    भ्रस्ट हरु जेल गएको सुन्दा सारही खुशी लग्यो तर पारा भने ठिक लागेन/ नेपाल लै भ्रस्टाचार मुक्त गर्ने हो भने कारबाही ठुला भ्रस्ट नेता बाट सुरु हुनु पर्छ/ १३००० नेपाली को बलिदानी दिएर लडाकुको नाममा आएको पैसा घोटाला गरेर करोडौको अलिसान महलमा बस्ने छबिलाल दाहाल (उर्फ प्रचण्ड) लै सबैभन्दा पहिले जेल हाल्नु पर्ने हो / उमेर र बैस छउन्जैल जर्मनी मा बसेर बाउ प्रधानमन्त्री भएपछि सुजाता जोस्ट बाट सुजाता कोइराला को नाम लिएर देस लुट्ने सुजाता कोइराला लै जेल हाल्नु पर्यो / गदेउल गन्न माहिर हिसिला कामरेड लै कहिले जेल हाल्ने? एनी हरु कहले जेल जान्नन किन कि लोक मान को नियूक्ति नै एनिहरु को हात बाट भए को हो/ …..तर जे भए पनि साना ठुला जुन भए पनि भ्रस्टचारी हरु जेल परेको सुन्दा चै खुशी लग्यो/ अब पालो भ्रस्ट नेता हरु को हो /

    Reply
  25. kris says:
    August 24, 2013 at 3:16 am

    जसको सुना खोटी उसको हिया ढुक ढुक ‘ सुरु गरेको राम्रो कामको बिरोध गर्नेहरुपनि भ्रष्टाचारी वा उनीहरुकै मतियार होलान . नत्र एकैचोटी झाँगिएको बिशाल रूख ढाल्नु पर्ने हावादारी गफ चुट्दै लोकमानको विरोध किन ? रुख ढल्न त सैयौं चोटि बन्चरो बजार्नु पर्छ र चोइत्यौदै छिनाउनु पर्छ. वा टपरीमा भात खाँदा एक एकगाँस खाएर सक्नु पर्छ, अनि टपरी घूर्यानमा पुग्छ , सबी भ्रष्टाचारी भात दाल तरकारी जस्तै हुन , भ्रष्टाचारीका संरक्षक टपरी हुन , टपरी मिल्काउन दाल भात खाइसक लोकमान… गो ahead ..

    Reply
  26. Harke says:
    August 24, 2013 at 2:33 am

    यसै गरी पेरिस-डाँडा दरबार, बल्खु दरबार, सानेपा दरबार र लाजिम्पाट दरबार खाली गर्न सक्यो भने, लोकमानलाइ पाप पखाल्न काशी-स्नान गर्नु पर्दैन…..चेतना भया !

    Reply
    1. man limbu says:
      August 24, 2013 at 10:43 am

      निर्मल निवास दरबार छुट्यो नि हर्के ?

      Reply
  27. Mohan says:
    August 24, 2013 at 2:24 am

    यो लोकमान सिंह को देखाउने दाँत मात्र हो. खाने दाँत त मुख भित्रै छ. ओंठ खोलेर कहिले पनि बाहिर आउँ दैन . मुख बन्द गरेरै बुझो लागे रहन्छ.

    Reply
  28. Biswash says:
    August 24, 2013 at 2:10 am

    खै खुसि हुने कि दुख मनाउने ?
    खुद्रामा भ्रस्टाचार गर्नेहरु समातिने नाटक मन्चन भै रहदा होल सेलमा भ्रस्टाचार गरेकाहरु त साँढे भएर बसेका छन् | आफ्नो पाखुरा बजाएर खाए भने बस चढ्ने हैसियत समेत नभएकाहरु प्राडो र पजेरो चढेर हिंडेका छन् | तीनलाई तह लाउने कसले ?

    Reply
  29. Prostyam Lyamsol says:
    August 24, 2013 at 1:27 am

    के थाहा नाङ्लो ठटाएर हात्ती पो तर्साउन खोजेका हुन् कि कार्की बुढाले ? तपाईलाई के लाग्छ ? सानो माछालाई जालमा पारेर ठूला माछासँग डराउने हो भने के काइदा यो नखराको ।

    Reply
  30. Kapil says:
    August 24, 2013 at 1:24 am

    लाउडा , धमिजा, सुडान काण्ड
    को के होला खै

    Reply
  31. Tulsi Paudel says:
    August 24, 2013 at 1:22 am

    कारबाही गरे जस्तो स्वंग देखाएको मात्र हो / लोकमान कार्की आफै कुन “दुधले नुहाएको” सुद्ध मानिस हो र / केहि गरे जस्तो देखाएर ठुला भ्रस्टचारी उम्काउने मेसो मात्र त होलानी / नत्र कत्रा कत्रा ठुला भ्रस्टचारी खुलम खुल्ला खाईरहेकै छन् / जे होस् भ्रस्टचारी लै कारबाही गर्नु स्वागत योग्य काम हो /

    Reply
  32. Hillman Myagdi says:
    August 24, 2013 at 12:02 am

    अपवाद बाहेक मुलुक हाँक्ने शतप्रतिशत सरकारी निकाय (व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका) का कर्मचारी हरु भ्रष्टाचार र लूटमा डुबेको मुलुकमा अख्तियारको एक मात्र हाकिम लोकमान कार्कीले के नै पो लाछार्लान र खै| आखीर “मच्चियो मच्चियो थच्चियो” हुने त होला|

    Reply
  33. बड्का चौधरी says:
    August 23, 2013 at 11:57 pm

    बैदेसिक रोजगारलाइ त मैले पनि ८-१० हजार चढाएको छु .. अमेरिकाबाट घर बिदा मा नेपाल गएको, फर्किने बेलामा त श्रम इजाजत लिनु पर्छ पो भन्छ बा ‘ .. अमेरिकामा पढेर, काम गरेर नेपाल ग’को, फर्किने बेलामा त – श्रम इजाजत लिनु पर्ने, विदेशमा बस्ने तौर तरिका, बाटो काट्ने तरिका को ट्रेनिंग लिनु पर्ने अरे, नेपाली स्वस्थ बिमा लिनु पर्ने अनि स्वस्थ प्रमाणित गर्नु पर्ने .. म त तिन छक्क ..
    लौन त, नियम अनुसार गरम न त भनेको – त के सम्भव हुनु नि ? पाइला पिछे जुकाको जस्तै मुख लिएर – घुस माग्ने .. दुइ दिन त कोसीस गरि हेरे, किन पैसा खुवानु भनेर .. तर जब उड्ने दिन आउन लाग्यो अनि काम सुक्को भएन, तेस पछि त ” त्वं सरनम” भनेर काम गरौना लाइ ८ हजार बुझाए..
    मेरो लागि एजेन्ट चैं त्यो दक्खिन तिर पर्खाल बाहिर को photocopy पसल को मान्छे हो .. मलाई श्रम बिभाग कै हाकिम ले connection गरा’को तेसो गर्न .. अन्त्य मा पैसा खुवाए पछि राती ८ बजे सबै काम एकै छिन् मा सल्टियो … डाक्टर को रिपोर्ट, इन्सुरेंसे .. सब ठिक ठाक .. म त जिल्ल .. नेपाल मा खुल्लम खुल्ला डकैति .. सात वर्ष पछि नेपाल ग’को – first time जिन्दगीमा आफ्नै देश मा लुटिएको थिए – त्यो श्रम स्वीकृत बिभाग मा ..

    पछि मलाई लाग्यो – hidden video camera लियेयेर गएको भए हुने र’छ .. पहिले बुद्धि आएन ..

    श्रम स्वीकृत बिभागको को south पर्खाल को बाहिर रहेको photocopy पसल (नाम बिर्से), र बिमा आफिस को काम गर्ने हरु पनि एजेन्ट हुन् ..है ..

    Reply
    1. Basant says:
      August 24, 2013 at 12:28 am

      पदको दुरुपयोग गरेर भ्रस्टचार गर्ने सबै कर्मचारीहरुको नाम पढे हेरे, ९० प्रतिशत त बाहुन नै रहेछ अब म लाटोले हाम्रो देश कसले चलाएको रहेछ भनि बुझ्ने त मैले ?

      Reply
      1. harihar sharma says:
        August 24, 2013 at 4:15 am

        भ्रस्टचारी भनेका भ्रस्टचारी नै हुन्,
        किन बाहुन र सहन भन्दै कुरा मोड्नु पर्ने ?
        बिदेशी ले uskaeko जस्तो छ /

        Reply
      2. Hom Sharma says:
        August 24, 2013 at 6:25 am

        अर्को थपिनु भयो जातिबाद घुसाउन ! जात को कुरा नगरी खाएको पच्दैन ? .. It doesn’t matter what is the cast of those people ! anyone guilty of the crime must be punished !!

        Reply
        1. Basant says:
          August 27, 2013 at 5:25 am

          कुकुर लाइ घिउ नपच्या भन्या येही हुन्, यथार्त छर्लंगै छ, माथिको नाम सबै पढे हुन्छ मित्र अब जसलाई चित्त बुझ्दैन जानुहोस अख्तियार, चोख्याउनुस आफ्ना नाता कुटुम्ब ….

          Reply
      3. dipesh says:
        August 24, 2013 at 7:25 am

        मित्रले हँसाउनु भो। अपराधिको लिष्ट हेरेको त बाहुन कोहि रहेनछन भने जस्तो। अम्रिकामा काला जाति जति सबै अपराधि हुन्छन भने जस्तो। हिमाल चढ्ने वा त्यो क्षेत्रमा लाग्ने हेरोको सबै शेर्पा रैछन भने जस्तो। असन गाको सबै नेवारको को पसल रैछ भने जस्तो। नँया सडकमा त मित्र सबै माडेको पसल रैछ भने जस्तो। आरोप लगाउन सजिलो छ तर समाज किन त्यस्तो भो वा को कसरि त्यस्तो पेशातिर लाग्यो त्यो बुझ्न आज भोलि को कुरा मात्र हेरेर हुदैन। त्यसैले शायद जात जातिलाइ लिएर प्रतिकि्या जनाउनु भन्दा प्रबृति लाइ केन्द्रमा राख्दा केहि परिबर्तन उभोगति लाग्लाकि।

        Reply
      4. rajesh says:
        August 24, 2013 at 1:56 pm

        हरिहर, होम अनि दीपेश जी कुरा तितो छ तर सत्य हो l नेवार ब्यापर गर्छन, भलै थग्छ्न होला तर कर-बर ले हैन/गुरुङ मगर ब्रिटिश आर्मी नाक ले रगडेर छिर्छन अनि लड्छन सके मार्छन नसके मर्छन तर नाम चाई राख्छन/दर्जी दाजु कपडा सिलौनुहुँछ भलै हेप्ने समाज ले उनलाई दमाइ भन्लान तर इज्जत छ उनको/ तर यो नितान्त सत्य हो कि बाहुन हरु नातावाद -कृपावाद बात अनि चिप्ला भासन बात हाम्रो बुई चद्छन….जब सेवा गर्ने पालो आयो अनि हामितिरै थुक्छन पनि /अहिले सम्म हाम्रो देश मा इनै भाइरस ले खाइरहेको छ हाम्रो खुन / सत्य कुरा भन्न वा बुझाउन हनुमान-ढोका को घण्टा बजाएर सबैलाई बोलाउन्दै सुनाउन पर्दैन/ सुर्य पूर्वबाटै उदाउँछ अब यो प्रमाणीत गर्न के अब सुर्य लाई भुईं मा झारेर सबैलाई देखाउनु? मरिचमान हिजो मरेर गए भलै उनले तत्कालिन राजा को इशारामा मान्छे मारे होलान तर केहि गुण त थियो उनमा? -देश भक्त!!हाम्रो अहिलेको समाज गिरिजा जसले टनकपुर का जनता हरुलाई बिहानी को मिर्मिरे मै इंडिया पुर्याइदिए फगत केहि पैसामा इमान बेचे- तेस्तालाई देशभक्त अरे!, १५-१६ हज्जार को नर्बली दिने जसको रक्त-प्यास अझै मेटिएको छैन त्यो – सामन्तवादको नाशक अरे, जो गुण्डा पालेर देश चलौन्छु भन्ने सपना बोक्ने त्यो- कट्टर माओ-लेनिनवाद अरे….. अझ कति कति/ के इनमा बाहुनवादको गन्ध छैन / राम्रो हुन राम्रो गर्न पर्यो! सुनलाई गू मै खासाल्नुस न सबैले तेस्लाई हात्तैले टिपेर छाती मा लगौन्छ/ हिजो यही ब्लग मा एउटा गुरुङ गोर्खेले बेलायेतमा खुकुरी नचाउन्दा-ई भोटेलाइ जिउंदै झुन्ड्याउनु पर्छ भन्ने हामि एत्रा कालान्तर सम्म हामि नेपाली हरुमाथि डस्ने बाहुन लाई के भन्ने? कुनै बाहुन बाटो मा हिंड्दा बाजे नमस्कार भन्न रुचाउने अनि तेही बाहुन सुरुवाल खोलेर नाङ्गै हिंड्दा कस्तो नकचरो बाहुन रैछ भन्न नि नपाउने यो त- अरुले तपाई भनोस कि नभनोस आँफै मपाई भएन र हजुर!!……बाजे???

        Reply
      5. हर्क बहादुर says:
        August 24, 2013 at 3:48 pm

        त्यो भन्दा नि बिभिन्न कारणले गर्दा अहिले निजामती सेबामा नै बाह्मण क्षेत्री(र हागाँहरु) को सहभागिता बढी छ(मधेशीमा समेत धेरै बाह्मण क्षेत्री वा कुनै प्रकारले त्यस नजिकका नै छन) , त्यसले गर्दा त्यो बढी देखिएको हो।

        Reply
        1. Iswor KC says:
          August 25, 2013 at 7:02 am

          हर्के जी न आतिनुस ,
          तपाई को पनि पालो आउने वाला छ /
          कुनै पनि कानुन ले नदिएको ‘जातिएता’ बिरोधि घृणा को अपराध बढाउने काम मा तपाइँ कुन ‘एन.जी. ओ’ संग सम्बन्धित हुनु हुन्छा र त्यो एन.जी. ओ. ले के काम को लागि पैसा खर्छ गरेको ‘हिसाब किताब’ खोज्दा थाहा पाउनु होला/ कुन जात का बढी देखिन्छा /
          रात रहे अग्राख पलाए !
          त्यसैले, शान्ति को सास फर्ने हो भने दिमाग बात जातिबादी घृणा को ‘पिप’ पखालिहाल्न्स !! यसै मा सबै नेपालीको भलाइ छ /

          Reply
  34. Binod Paudel, Sudbury says:
    August 23, 2013 at 10:40 pm

    खुसि हुने बेला अलि भएको छैन / यो त सबै भ्रस्टाचार भनेको ठुला नेताहरुले मात्र गरुन भन्न को लागि गरिएको प्रपन्च हो / नत्र ४ दलका भ्रस्ट नेताहरुबाट छानिएको भ्रस्ट लोकमानले कर्मचारी समाउदै हिड्नु को कुनै अर्थ छैन / ति कर्मचारीहरुले त ठुला को सिको गरेका मात्र हुन / ठुलाले मालदार अड्डामा पठाए बापत घूस नलिने हो भने पनि धेरै कुरा नियन्त्रित हुन्थ्यो / भ्रस्टाचार को अन्त्य गर्नु छ भने जहिले पनि ठुला नेता र अड्डाका हाकिमहरूबाट सुरु गर्नु पर्छ, त्यो पनि एउटा भ्रस्टले सुरु गर्ने होइन /

    Reply
    1. man limbu says:
      August 24, 2013 at 10:38 am

      तपाई नै भ्रस्टचारी हो कि कसो ? भ्रस्टचार विरुद्ध को कारबाहीको बिरोध गर्छ बा .
      भ्रस्टचार भनेको भ्रस्टचार हो यो चाहे ठुलो ले गरोस या सानोले सबैलाई कारबाही हुनु पर्छ .

      Reply
  35. बिषम नेपाली says:
    August 23, 2013 at 10:26 pm

    भुराहरु समातेर ठूला माछा उम्काउन खोजेको त होईन होला नी !? कतै यो हात्तीको देखाउने दाँत मात्र त हुने हैन ! ठूलामाछाहरु ले छाती खोलेर ‘कोही छ हामीलाई समात्न सक्ने’ भन्दै चुनैति दिएको हेर्नुपर्ला र कुरी कुरी अख्तियार भन्नु पर्लानी । कुनै बेला, ‘मैले भ्रष्टाचार गरेको छु, मलाई कारबाही गर’ भनेर स्वघोसित काराबास जानेहरु पनि थिए रे भन्ने यो कानले सुन्नु परेको थियो । साच्चिकै हो की होईन कुन्नी । अब के हुने हो खै ।

    Reply
    1. इश्वर चन्द्र आर. says:
      August 24, 2013 at 8:46 am

      भुरा समात्यो भने भुरा ठुला हुन पाउदैनन ! माछा को आयु सकिदैछ ! अण्डा दिन पनि गाह्रो हुन्छ र नया भुरा जन्मिदैन – जन्म्यो कि समाई हाल्छ – माछा मर्छ अनि त्यो माछा को नामोनिसान मेटिन्छ ! ” गरेको कुरा लाइ कमसेकम सकारात्मक ढंग ले सोच्ने प्रयास त गर्नु पर्छ नि” यो वाहियात कुरा गर्ने हरु पनि गफाडी भ्रस्टचारी हुन् !

      Reply
  36. पारंगत राई says:
    August 23, 2013 at 9:58 pm

    मेरो प्रश्न लोकमान अख्तियारको प्रमुख भइकन कुनै व्यापारीको निगाहमा हेलिकप्टर चढेर मुक्तिनाथ दर्शन गर्न जान मिल्छ कि मिल्दैन? कुनै व्यापारीको यस किसिमको कृपा लिनु पनि एक किसिमको घुस लिनु सरह नै हैन र?

    Reply
  37. Lalit Narayan says:
    August 23, 2013 at 9:39 pm

    खाली भए झन् राम्रो l पढेलेखेका इमान्दार युवाहरु जति पनि छन् यो देशमा l त्यो भ्रस्टहरुलाई घोक्रे ठ्याक लगाइ अब त्यो खाली ठाउँमा यी नै युवालाइ रोजगार दिनु पर्छ l

    Reply
    1. AngSherpa says:
      August 23, 2013 at 10:31 pm

      ललित नारायण जी, संग सहमत छु,पढे लेखेका युवाहरु शिक्षित भएर पनि देशमा बेरोजगार भएर बिदेशिनु परेको छ/अव यी ठाउँहरु जति खालि भए पनि बर्षेनी त्रिभुवन बिश्वबिधालय बाट बिभिन्न बिषयमा विधा हाशिल गरेका बिधार्थी र बिदेशमा पढेका बिधार्थिहरुलाई पहिलो प्राथमिकता दिएर खालि ठाउँ भर्नु पर्छ र यी भ्रष्टहरुलाई अरव तिर बैदेशिक रोजगारमा खेदिनु पर्छ/प्रत्येक बिभाग,मन्त्रालयका कर्मचारीहरुको सम्पत्ति सुद्दिकरण गरिनु पर्छ/जागिर कुन तहको खाएको हो,त्यो तहको तलव माषिक कति हो र जागिर खाएको कति बर्ष भयो त्यो अवधिमा करोडौंको घर र गाडी चढ्ने सक्ने क्षमता सम्म पुग्छ पुगदैन सव छानविन गरेर यी भ्रष्टचारी हरुको सम्पत्ति जफत गरेर बिकास निर्माण कार्यमा लगानी गरिनु पर्छ/त्यसै गरि राजनीतिक दलका लाउके नेताहरुको पनि यसरि नै छाविन गरेर जफत गरिनु पर्छ/तव ठिक हुन्छ/

      Reply
  38. avaya says:
    August 23, 2013 at 9:36 pm

    “अख्तियार जागेपछि अफिसै खाली होला जस्तो पो भो त गाँठे !” ब्लगको सिर्सक राम्रो लाग्यो! येस्तै भैरेहैयो भने अफिसै खाली नहोला भन्न सकिन्न किनकि सबै भ्रस्ट छन् ! अनि, येनिहरु लाई जाक्न चै एउटा ठुलै कम्तिमा पनि १० बिघा जतिको खोर बनाउनु पर्ला जस्तो छ! तर काठमाडौँमा तेत्रो जग्गानै छैन! अनि, अब अख्तियारले गैरसरकारी संस्थान मा हुने भ्रस्टचार को पनि खोज गरोस अनि बिकासका स्होघोसित ठेकेदारलाई खोर मा हालोस्! सुभकामना!

    Reply
  39. Chetan Nepali says:
    August 23, 2013 at 9:13 pm

    राम्रो कुरा सुनियो, बैदेशिक रोजगारीको अवसर हेरी राख्नेहरुले यता तिर पनि ध्यान पुर्याउनु पर्यो ! अवसर त देशमै पनि पाउल जस्तो छ है !

    Reply
  40. Tika gurung says:
    August 23, 2013 at 8:48 pm

    कति लै मात्र समात्नु , रंगशाला टुडिखेल भरिन्छ नेपाल मा भ्रस्टचारी समात्ने हो भने

    Reply
    1. AngSherpa says:
      August 23, 2013 at 10:38 pm

      रंगशालामा हैन,बागमती र बिष्णुमतिमा पुर्याउनु पर्छ अनि मात्र नियन्त्रण हुन्छ /ही भने काठमान्डूको ठाउँ ठाउँमा भएको पानी नभएको इनारमा हालेर ढकनी लगाउनु पर्छ ठिक भै हाल्छ/
      अव त अति माथि पनि मह अति अत्याचार गर्यो,त्यसको फल यी भ्रष्टहरुले पाउनै पर्छ/अव चेतनशील युवा युवतीहरु,छात्र छात्राहरु यी भ्रष्टचारी नेता र कर्मचारीको गुलामी गर्न छाडेर यिनीहरुलाई सजायं दिन संगठित होउ/ अवश्य समस्य समाधान हुन्छ/

      Reply
  41. kedar says:
    August 23, 2013 at 8:46 pm

    अख्तियार नै जागेको भन्ने हो भने त पहिला पनी थियो अख्तियार, यो त लोकमान पो जागेको जस्तो छ….तर लोकमान यो पनी याद राखेस तिमि माथि लागेको कलंक चार दल भित्रका भ्रस्ट नेताहरु र माओबादि भित्र लाडाकु भत्ताको अरबौं भ्रस्टाचारको छानबिन र मुद्धा न चलाई पखालिने वाला छैन

    Reply
  42. rajesh says:
    August 23, 2013 at 8:44 pm

    हैन हो लाखे लोकमान ले एस्तो उपद्रो गर्ला जस्तो लागेकै थिएनौं हामि जनताले…….जे होस् जंगे नै रहेछ यो त! लु अब चाहि ती परजीबी, रक्त सोशक नेता हरुले चाहि लोक मान कहिले हट्लान भनेर कोटी-होम गर्दै होलान l जे होस् ई लोक मान चाहि हामि गरीब का रबिन-हूद नै भएर निस्केछन बा !! सलाम छ है लोक बा तिमीलाई यो गरिब को ………..

    Reply
  43. राम चन्द्र says:
    August 23, 2013 at 8:43 pm

    ठुलो माछा ले सानो माछा खायो ।

    Reply
  44. Basant says:
    August 23, 2013 at 8:29 pm

    योग्यता पुगेका बेरोजगार युवाहरु काम नपाएर सयौ लाखौ बिदेसिएका यतार्थ सबैको सामु छर्लंग छन् कामचोर र भ्रस्टहरुलाई तुरुन्तै पदमुक्त गरे बिकल्प जति पनि निस्किछ, पहिलो कुरा कुहिएको प्याज छानेर केलाउनु पर्यो अनि पो म जस्तो सामान्य जनता ले देश मा आएको परिवर्तन को अनुभव गर्न पाइन्थ्यो….

    Reply
  45. Hillman Myagdi says:
    August 23, 2013 at 8:27 pm

    धावनमार्गको अलकत्रा खाएर, निर्माण भएको ४ महिना नपुग्दै भत्कने, मुलुकलाई कडोरौको घाटा पुर्याउने, अन्तरराष्ट्रिय रूपमा मुलुकको छवी धुमिल्याउने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यस्थापन का राष्ट्रघाती कर्मचारी र ठेकेदार तिर पनि अख्तियारको नजर पुग्नु पर्यो|

    Reply
  46. Ram Thapa says:
    August 23, 2013 at 8:22 pm

    हैन हौ यो लोकमान ले केहि गर्छ कि के होउ?

    Reply
  47. Sonam says:
    August 23, 2013 at 8:21 pm

    धेरै राम्रो गरे तारिफ योग्य छ यसले निरन्तरता पाओस . यो नगरपालिकामा जाओस करमा जाओस, प्रहरी प्रशासनमा छिरोस, ठगि गर्ने हरेक निकायमा जाओस नागरिक फाट लगायत जिल्ला प्रशासनमा पनि जाओस . देश सुख शान्ति अमनचयन कायम होस् .
    देशमा कानुनी राज पनि रहेछ भन्ने जनतामा परोस आशाको दियो जागोस.

    Reply
  48. नरेन्द्र says:
    August 23, 2013 at 8:14 pm

    कति भ्रस्ट रैछ हाम्रो कर्मचारी तन्त्र, खोज्दै जाने हो भने सबै कर्मचारी जेल पर्छन होला। त्यस्तै भ्रस्ट छ नेपाली सेना र पुलिस पनि। पुलिस सम्म त हेर्छ क्यारे अख्तियार तर सेनालाइ छुन सक्दैन।सबै सुब्बा र साखा अधिकृत मात्रै परेछन् तिनका टाउके चाही कहिले पक्रिने। नेता तिर चाही कहिले काम सुरु गर्ने। धेरै भ्रस्टचार हुने मा मालपोत, नगरपालिका र गाबिस का सचिब पनि पर्छन त्यता सुरु गरे कहिले गर्ने। सुरुवात त गरेको छ तर मलाइ यो लोकमानमा त्यति बिस्वास चाही छैन। यसो हात्तीको देखाउने दात जस्तो गर्या होला, जब नेता, र आर्मी तिर का भ्रस्टलाइ पक्रन सुरु गर्छ त्यसपछि चाही केहि गर्यो भनौला।
    अझै पनि सेनाका अधिकृतले घरमा २-४ जना कामदार राखेर घरधन्दामा लगाउछन, तिनका परिवारलाइ रानी साप भन्न लगाउछन, त्यस्तो काम पनि गर्न नपाउने गराय हुने। अख्तियारले नै त यो हेर्दैन होला तर कसले हेर्छ कुनी? सरकारी जागिरे कर्मचरीलाइ घरको धन्दामा लगाउने पनि गैर कानुनी नै हो क्यारे मिल्ने भय हेरोस अख्तियारले त्यता पनि। यस्तै ससाना कुराले नै परिबर्तन हुने हो।

    Reply
    1. AngSherpa says:
      August 24, 2013 at 8:34 am

      नरेन्द्र जी,भ्रष्टचारको कुरा नै गर्ने हो भने नेपालका नेता र कर्मचारीहरु च्वाट च्वाट घिंडेर रोस्ट गरेर खुर्शानी संग च्वाम च्वाम खाए पनि चित्ता बुझ्दैन/ मित्र,भ्रष्टचार स्वदेशमा मात्र नभएर बिदेशमा रहेका कुटनीतिक आयोगहरुले बिदेशमा बसोबास गरेका नेपालीहरुलाई सहयोग गर्नुको साटो उल्टा दुखा दिएर पैंसा अशुल्ने गरेको कुराहरु तपाइँ हामीले नसुनेको र नदेखको हो र बि शेष गरि छाला काढेर खुएशनि हाल्नु पर्ने चाहिं भन्सार,सडक र सिंचाई ,जिल्ला कार्यलय,मालपोत,नापी,खानेपानी,प्रहरी प्रशासन,जव सम्म यी कुकुरहरुलाई दिइने सजायं कडाइका साथ् लागु गरिंदैन तव सम्म केहि हुनेवाला छैन/आफै बोक्सी आफै धामी हुने देशका नेता र कर्मचारीको चरित्रले देश नाङ्गोझार बनायो जनता बिदेशीको गुलामी बनायो/

      Reply
  49. Shivaji says:
    August 23, 2013 at 8:13 pm

    नया जोगी ले खरानी धेरै धस्छ भनेको येही हो !

    Reply
  50. Bhusan says:
    August 23, 2013 at 8:06 pm

    एसको जवाफ तिनीहरुको फाइल ok भएर बिदेस गएपछि तिनीहरुले पाएको छटपटी को result तिनीहरुलाई नै सोधेपछि तिनीहरुले ति म्यान पावर लाई कस्तो किसिमको दण्डित गर्नुपर्छ तेही आनुसार गर्दा राम्रो होला ! ध्रुब सत्त्ये कुरा ! जस्तो को १२ जना नेपाली लाई इराक मा भएको घटना बाट पुस्टि भै हल्छा नि !

    Reply
  51. dev says:
    August 23, 2013 at 8:01 pm

    ठिक काम अख्तियार को. सहि मान्छे छनिएछ अख्तियार मा.

    Reply
  52. लोकेन्द्र खापुङ says:
    August 23, 2013 at 7:51 pm

    जनआन्दोलन २०४६ लगत्तै एमालेले गठन गरेको कर्मचारी संगठन र त्यसको काउण्टरमा नेकाले गठन गरेको कर्मचारी संघहरू अब अख्तियारबिरुध्द आन्दोलनमा उत्रिनु बेर छैन। उत्रिए भने तिनलाई पनि एक-एकलाई खोरमा जाकेर उनीहरूले गरेको भ्रष्टाचार छानवीन गर्नुपर्छ। जो कर्मचारीले भ्रष्टाचार गरेको छैन, उनीहरु पक्कै पनि अख्तियारको कामप्रति खुशी छन्। आज अख्तियारको कामप्रति भ्रष्टाचारीहरू एवं Dixit (डिक-शीट) हरूबाहेक सबै नेपाली हर्षले गद्गद् छन्।

    जनताले तिरेको करबाट तलब खाएर जनताको काम गर्दा जनतासँगै घूस लिनेहरूलाई जतिसुकै सजायँ दिए पनि कम हुन्छ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme