Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पञ्चबलिमात्र हैन, उद्‌घाटन खेल अघि गोलपोस्टमा कुखुरा काटेर रगत चढाइँदो रहेछ

Posted on August 26, 2013August 26, 2013 by Salokya

मैदानमा कुखुरा बलि चढाउँदै। फोटोः विकास कार्की
मैदानमा कुखुरा बलि चढाउँदै। फोटोः विकास कार्की

साफ च्याम्पियनसिपमा भाग्यले नठगोस् र दशा टरोस् भनेर एन्फाले मध्यरात दशरथ रङ्गशालाको उत्तरी भागमा पञ्चबलि दिएको खबरले धेरै जना छक्क परेको देखियो। पञ्चबलि अर्थात् भेडा, बोका, हाँस, कुखुरा र अन्डाको भोग। दशा टार्नलाई गरिएको यो कामबाहेक हरेक जस्तो महत्त्वपूर्ण प्रतियोगिताको उद्‌घाटन खेल अगाडि दुईतिरैको गोलपोस्ट र खेल सुरु हुनुअगाडि बल जहाँ राखिन्छ, त्यहाँ कुखरा काटिन्छ भन्ने चाहिँ धेरैले थाहा नपाएको झैँ देखियो। खेलाडी र खेलका फोटो मात्र हैन खेलपछाडिका फोटोहरु पनि खिच्न खप्पिस फोटो पत्रकार विकास कार्कीले यसबारे फोटो फिचरै एक पटक छापिसकेका थिए। तर यो पञ्चबलिको जस्तो त्यतिबेला खासै चर्चा भएको थिएन।

bikash2
यी फोटो चार वर्षअघि कोकाकोला कप अन्तरविद्यालय राष्ट्रिय फुटबलको उद्‌घाटन खेल हुँदाताकाको हो। उदघाटन खेलअघि मैदानको बीच भाग र दुवैतर्फका गोलपोस्टमा कुखुरा बलि दिने चलन रहेछ। त्यतिबेला भने खेल सुरु हुने समय भइसक्दा पनि कुखुरा आइपुगेन। लौ परेन फसाद्। तर परम्परा कहाँ तोडिन्थ्यो र ? पहिलो खेल सकिएपछि दोस्रो खेल केही समय रोकेर भए पनि एन्फा अधिकारीहरुले बलि दिएरै छाडे।

bikash3

bikash4

यस्तो अन्धविश्वासी परम्परा यहाँ मात्र हैन, विदेशतिर पनि पाइन्छ। दक्षिण अफ्रिकामा भएको पछिल्लो विश्वकप फुटबल याद छ नि तपाईँलाई। त्यतिबेला खेल मैदानमा गोरु बलि दिने कान्ड कम चर्किएको थियो ! यसको विरोधमा इन्टरनेटमा हस्ताक्षर संकलनै भएको थियो। अदालतमा मुद्दासमेत पर्‍यो। तर न्यायाधीशले यो सल्टाउने काम नेताहरुको हो भन्ने फैसला गरिदिए। अन्ततः जोहानसवर्षको सकर सिटी स्टेडियममा २५ मेमा गोरु काटेरै छाडियो। परम्परा अनुसार पूजापाठ नाचगान सबै भए। पशु अधिकारवालाहरु उफ्रिए पनि फिफा यो मामिलामा बिल्कुल चुप बसिदियो।

अनि अस्तिको हप्ताको मात्रै कुरा त हो नि। युएफा च्याम्पियन्स लिग क्वालिफायर म्याच हुनुअघि मैदानमै कजाख फुटबल टोलीले एउटा भेडा बलि चढाए। अन्धविश्वासीहरुको विश्वासलाई झन् बल दिने गरी खेल उनीहरुले नै २-०ले पनि जिते।

मैदानमा बलि दिएपछि लग्दै गरेको भेडा।
मैदानमा बलि दिएपछि लग्दै गरेको भेडा।

हेर्नुस् भिडियो

यस पटक पञ्च बलि दिएर नेपालले साफ च्याम्पियनसिपमा जस्तोसुकै नतिजा ल्याओस्, नेपालभित्रैबाट यसको कडा विरोध भएको छ। हेर्नुस् ट्विटरका केही प्रतिक्रिया-

एन्फाले पूजा र पञ्जबली दिँदैगर्दा उही @karki2006 दाइ ठ्याक्क रंगशाला पुगेछन् र फोटो क्लिक पारेछन् 🙂 pic.twitter.com/CLvBTHvlvK

— Krishna Dhungana (@kpdhungana) August 25, 2013

अन्तर्राष्ट्रिय फुटबलमा सधैं निराशा भोग्दै आएको नेपाली राष्ट्रिय टोलीको सफलता कामना गर्दै एन्फाले दशरथ रंगशालामा पञ्चबलि दिएछन् कस्तो लाचार

— बिमल {Bimal} (@dearbimal) August 25, 2013

एन्फाले नयाँ नारा यस्तो बनाए कसो होला? "पुजा र पञ्चबलीः फुटवलको शसक्त टिम निर्माणमा लगानी ।"

— binaya guragain (@binayaji) August 25, 2013

मासु खान मन लाको भए सिधै किनेर खानु नि! के को पन्च बलि दिनु पर्थ्यो खेल सुधार्ने निहुमा………#एन्फा

— मनिष शर्मा (@meromanish) August 25, 2013

अरु देशमा खेल सुधारन राम्रो अभ्यास गर्छन, नेपालमा चाही खसी काट्छन । जय होस, एन्फा ।

— Rabindra Rai (@NepRedFan) August 25, 2013

एन्फाको अध्यक्ष पदमा बसेर फेरी लुट्ने मौका खुशि हुदै बलि दिएको हो ! खसी काटेर खेल जित्ने भए नेपाल सधैं हरेक खेलमा विश्व च्याम्पोन हुन्थ्यो

— रबिनबाबु (@brlrabinbabu) August 25, 2013

खसीको मासु किनिसाध्ये छैन एन्फा का पदाधिकारीलाई मासु खान मन लाग्यो अनि दिए पंचबली

— अमृत दहाल (@oops_u) August 25, 2013

पंचबली नदेनी क्रिकेटमा नेपालको प्रगति भाको छ CAN मा भन्दा एन्फा मा डलर धेरै आउछ आजकल मटन महँगो छ मासु खाने आइड्या हो यो

— अमृत दहाल (@oops_u) August 25, 2013

लौ के के सुन्नु पर्ने हो ?? फूटबल को जीत र पूजा + बलि Directly Related हुन् कि कसो?? टिम जिताउन पूजा र बलि रे !!! एन्फा बौलायो जस्तो छ

— आकाश (@4evr_ur) August 25, 2013

फुटबलको विकास हुन्छ भने प्रत्येक नेपालीले एक छाक बलि दिन तयार छन् एन्फा! काम गरेर देखा, नाटक होइन! #ANFA

— Zarathustra (@abhikhanal7) August 25, 2013

गणेश थापाले एन्फा अदक्ष पद बलि नदिएसम्म जति पञ्जबलि दिएपनि नेपाली फुटबल माथि उठ्दैन! #ANFA

— Zarathustra (@abhikhanal7) August 25, 2013

अहिंसा परमोधर्म भनेर हिन्दू धर्मले नै भनेको हो। बीचमा कुन स्वार्थी तत्वलाई मासु खान मन लागेर देउताको नाम घुसाएर खाने दाउ गरेपछि बलि प्रथा आएको हुनुपर्छ। यसैलाई पछ्याउनेहरु एन्फामा रहेछन्। उनीहरुले विश्वका उदाहरण दिएर परम्पराका नाममा आफ्नो बचाउ गर्ने त होला।

33 thoughts on “पञ्चबलिमात्र हैन, उद्‌घाटन खेल अघि गोलपोस्टमा कुखुरा काटेर रगत चढाइँदो रहेछ”

  1. Pingback: साफमा आज पाकिस्तानसँग नेपाल भिड्दै; उपद्रो गर्न केही दर्शक कुख्यात छन्, संयमित बनौँ है ! « Mysansar
  2. prabash says:
    September 2, 2013 at 2:05 pm

    बकवास हरु….आफुहरु मेहनत गर्नु छैन…कुखुरा बलि चधौचा…पापीहरु..

    Reply
  3. धर्मेन्द्र खड्का says:
    August 31, 2013 at 3:37 am

    खेल लगन परिश्रम र कठोर अभ्यासले जित्ने हो, अबोध पशुलाइ खेल मैदानमा बलि दिएर खेल जित्ने भए मिस्सी र पेले अभ्यास गर्न छोडेर खसी बाख्रा काट्दै हिड्थे होला !
    … अबोध पशु बलिको अन्धविश्वासमा हैन हाम्रा खेलाडीको आफ्नै परिश्रम र खेल कौशलताले आजबाट हुने साफ च्याम्पियनसिप नेपाली टोलिले जित्न सफल होस्
    ………….तिन करोड नेपालीको शुभ कामना !!!!

    Reply
  4. raja says:
    August 27, 2013 at 8:08 pm

    साथी भाई हो जब सम्म नेपाल को फूटबल मा गणेश थापा .र .उन का साथ मा ति भुसिया कुकुर हरु हुन्छन ,नेपाल ले कहिले पनि फूटबल जित्दैन र बिकाश पनि हुदैन……वहा को कार्यकाल हेर्नुना…एन्फा मा सासन गरेको सायद २० बर्ष भयो होला ..आज सम्म कुनै पनि मेजर tournament नेपाल ले जितेको छैन…….नेपाली फूटबल मा अकलौती राना सासन छ …यो राना सासन को अन्त हुनु पर्छ….त्यस पछि मैदान मा दिने बलि पर्था को पनि अन्त हुन्छ …

    Reply
  5. dhan says:
    August 27, 2013 at 6:44 pm

    थुइक्क नेपाल का पदाधिकारी अनि पद ओगटेर बसेका मुल साग हरु त्यो बलि सलि केहि चधाउन पर्दैन राम्रो तरिका ले खेलाडी चयेन गर्ने र भौतिक पुर्बधर राम्रो संग बेबस्थापन गर्ने अनि खेल मा बेबस्थित तालिम दिने हो भने ….

    Reply
  6. बेखालाल नेपाल says:
    August 27, 2013 at 8:31 am

    पाखण्डी एन्फा, ढोंगी गणेश थापा| फुटबलमा नेपाल हार्यो त बेचारा पशु के दोष? ढुंगे युगमा छ कि के हो एन्फा???

    Reply
  7. Chetan Nepali says:
    August 26, 2013 at 9:59 pm

    मैले बारम्बार भन्दै आएको कुरो “यो एउटा अर्को नमुना” हिन्दु सभ्यताको जसलाई आज पनि हाम्रा केहि नेपाली दाजुभाइहरु कुरै नाबुजी हाम्रो हिन्दु धर्म भन्दै गर्व गर्छन !

    यो कुनै पनि हालतमा धर्मको कार्य हुनै सक्दैन, जबसम्म यस्ता कुरा ति पहेलो, सुन्तला र सेतो रंगको बस्त्र (धोति) धारण गरेका पुरेत (ब्रह्मन्हरु) ले बुज्दैन, समाज उभो लाग्दैन !

    Reply
  8. shree basanta says:
    August 26, 2013 at 5:16 pm

    अर्कालाई मारेर आफ्नो जय जय गर्ने संस्कृति हो हाम्रो | मार र काट्को भर्यांग चढेर सत्तामै पुगीदो रहेछ | प्लेन बिग्रियो बलि दिने, बन्यो फेरी बलि दिने, पहिलो चोटी उडेर नया ठाउँ पुग्यो त्यहाँ बलि दिने त्यस माथि बरसै पिछे दशैंमा बलि दिने | सबैको उदेश्य हो जीवको पाएसम्म मासु नभए हाड छाला बाँकी नराख्ने | तेस्को टाउको किन गोल पोस्टमै काट्नु पर्ने ? सबैको अगाडी रट रट टाउको काट्ने एस्तो संस्कृतिले बच्चालाई के सिकाउछ ? पशुपन्छी त के बिचरा उनीहरुको सुनिदिने को छ र ? जसको टाउको जसले काटे पनि तेस्को टाउको पनि एक दिन अबस्य काटिन्छ | अब फेरी नरदेवीमा नरबलि शुरु गर्न धेरै कुर्नु पर्दैन होला |

    Reply
  9. resham says:
    August 26, 2013 at 3:38 pm

    खेल जित्न त खेलाडीहरुलाई पो राम्रो तलीम दिनु प¥यो । बरु यस्ता खशीका मासु काटेर दिनदिनै खेलाडीलाई खुवाएर राम्रा फुटबल प्रशिक्षक झिकाएर खेलाडीलाई तालीम दिए पक्कै नेपालले खेल जित्नेथ्यो होला ।

    Reply
  10. राम चन्द्र says:
    August 26, 2013 at 1:34 pm

    कोठा तिर मासु सँग झोल
    मैदान तिर आसु सँगइ गोल ।

    Reply
  11. himalibabu says:
    August 26, 2013 at 1:27 pm

    पशुको आत्माले सरापने छ यिनीहरुलाई … त्यसैले कहिले नि खेल जित्न सक्दैन.. …
    हिमाली बाबु

    Reply
  12. मदनमणि says:
    August 26, 2013 at 10:54 am

    आफ्ना पूर्विय परम्परा र संस्कारको विरोध गरेर क्रान्तिकारी देखिने ढोंग झै नगरौ।

    पछिल्लो समयमा पूर्वको विरोर र पश्चिमको फलो गरेर क्रान्तिकारी र अझ के भन्छन्, त्यो अग्रगामी भएँ भन्ने भ्रम नपालेकै राम्रो।

    Reply
    1. Niraj Gurung says:
      August 26, 2013 at 1:29 pm

      पूर्व पश्चिमको कुरै हैन यो रिति र कुरितीबीच भेदको कुरा हो । पूर्व भए पनि पश्चिम भए पनि कुरितिको विरोध गरौँ, समयानुकूल परिवर्तन गरौँ

      पूर्वीय परम्परा र संस्कारमा त नरबलि र सति प्रथा पनि थियो । ती समयानुकूल भएनन् र परिवर्तन भए ।

      Reply
      1. मदनमणि says:
        August 26, 2013 at 6:24 pm

        रीति र कुरीतिको परिभाषा के? कसले गर्ने?

        Reply
        1. Niraj Gurung says:
          August 26, 2013 at 6:46 pm

          कुरीति- हटिसकेका नरबलि, सति प्रथा र हटाउन बाँकी बलि प्रथा
          रीति- तपाईँ पूर्वीय परम्परा र संस्कारका पक्षपातिलाई थाहा होला
          परिभाषा कसले गर्ने- हामीले गर्ने । हामी जो अहिले जीवित छौँ । हामीभन्दा अघिकाले कुरीति ठान्दै नरबलि र सति प्रथा हटाए । अब हामीले बलि प्रथा हटाउनु पर्छ ।

          Reply
        2. Rajan Upriti says:
          August 27, 2013 at 8:33 am

          समय र शिक्षा ले |
          फोटोमा सुट चैं किन लगाको नि, त्यो पनि हाम्रो संस्कार हो ?

          Reply
        3. madan bajracharya says:
          August 28, 2013 at 12:31 am

          मदनमणि ज्यु

          समयले अस्विकार गरिने सबै प्रचलन कुरीति हो/ समयको गति सिट बढ्न नसक्ने सबै अधोगतिमा लागेका हुन्/

          Reply
    2. Rajan Upriti says:
      August 27, 2013 at 8:19 am

      फूटबल कहिले देखि हाम्रो संस्कार भयो ? यो संस्कृति र संस्कार होइन, अन्धविस्वाश हो | तपाइँ जस्ता अर्ध शिक्षित व्यक्तिहरुले संस्कार भनेको के हो बुझेको भए हामि यति पिछडिने थिएनौ होला |

      Reply
    3. धर्मेन्द्र खड्का says:
      August 31, 2013 at 3:41 am

      त्यसो भए केहि बर्ष अघिका सति प्रथाहरुलाई पनि सुरु गरौ अखिर ति पनि हाम्रै सस्कार परम्परा कै अंश थिए कसो मदन मणि ज्यु !!!मर्ने बेलामा हरियो काक्रो !!!

      Reply
  13. rabindra says:
    August 26, 2013 at 9:51 am

    ल भैगो साथी हो कमेन्टमा मात्र आफुलाई पशु प्रेमी न देखाऊ खान मा माशु भएन भने भाग मा बसिदैन होला

    Reply
    1. Niraj Gurung says:
      August 26, 2013 at 1:30 pm

      मासु खान मन लाग्नेले खाओ न, घरमा लगेर काट
      देउतालाई बीचमा ल्याएर देउताको नाममा रङ्गशालामा काटेर देउताको बदनाम नगर भनेको हो

      Reply
  14. chandra says:
    August 26, 2013 at 8:24 am

    २१सौ सताब्दी मा यो भन्दा अन्ध बिस्वासी र वाहियात काम केहि छैन जस्तो लाग्छ मलाई! बलि ले काम गर्ने भए राजा बिरेन्द्र को हत्या हुने थिएन, पूर्व राजा ज्ञानेन्द्र साह को राजगद्दी जाने थिएन, त्येत्रो गोर्खाली हरुलाई भारत र बिदेस मर्न पठाएर (बलि जस्तै त भयो नि) राणा शासन जाने थिएन!

    एउटा कुखुरा को बलि र पंचाबली को त के कुरा, त्यो सिम्रौन्गढ़ जस्ती लाग्छ जहाँ १० लाख बलि दिने कु भन्दा पनि अति कु –संस्कार छ नि, त्येही काम काठमान्डूमा गरे पनि नेपाली फुटबल टिम ले world cup कहिल्यै जित्तैना – १००%! चेतना भया!!!

    Reply
  15. indra pd thapa says:
    August 26, 2013 at 7:33 am

    नसक्नेले एस्तो गर्ने हो ,जाँचमा पास हुनकालागि सरस्वतीलाई लड्डु चधाउछन अनि खेल जित्न प्रयास गर्ने होइन बलि चधाउछन …..कति नाटक गरेको …

    Reply
  16. अनन्त रिसाल says:
    August 26, 2013 at 6:08 am

    लाछी, भोगी, दूर-जन, दुखी, खान्छ मारेर मासु,
    आफ्ना को हुन्? जिवन नबुझी, मर्छ, झारेर आँसु-
    पिउँदा पिउंदै, रगत अरुको, जीव जाने मलामी
    चिन्ता,प्यासा, छ अझ? सकिए? पापी, ज्यूँदो जवानी

    Reply
  17. Sangam says:
    August 26, 2013 at 5:57 am

    पहिले पहिले बिर मसान जगाएर ले खेत जोत्या सुन्या थिए साएद ANFA ले पनि बिर मसान जगाएर फुटबल जित्न खोज्या जस्तोः छ …. जय बिर मसान . ओम ईम हरिम क्रिम फट खसी मास झ्हुआम स्वाहा !!! गणेश थापा सरिरस्य पशु माशु मम …!!

    Reply
    1. Rajan Upriti says:
      August 27, 2013 at 8:24 am

      मन्त्र गडबड भयो, ” गणेश थापा पशु सरिरस्य माशु मम: …!! “

      Reply
  18. सुमन says:
    August 26, 2013 at 5:00 am

    परम्परा नै फलो गर्नु हो भने सांकेतिक रुपमा समय सापेक्षित बनाउन पांच वटा अण्डा फोरेर गरे कसो होला? आफ्नो घरमा, पसलमा र व्यक्तिगत रुपमा जलले जे गरे नि यसरि सार्बजनिक रुपमा यो काटमार प्रथा तु. बन्द गरिन पर्छ| त्यही पनि सरकारको ढुकुटीको पैसाले|
    सरकारको ढुकुटीको पैसाले सबै काटमार र जाँड रक्सि प्रचलन निषेधित गरिन पर्छ| ईन्द्र जात्रा होस् वा हाँडीगाउँको जात्रा| गर्ने परे पनि सांकेतिक रुपमा मात्र तर छोटो मिठो|
    बुद्ध जन्मेको देश खालि मुखमा मात्र जपेको छ|
    बरु इन्जिनियर एसोसिएसनले पैसा र समय खर्च गरी मेडियामा बिज्ञापन दिएर प्रचारमा ल्याएको (अघिल्लो ब्लगमा) “अमानवीय” र “अबैज्ञानिक” शब्दहरु त् यँहा पो हुबहु लागु हुने देखियो|

    Reply
  19. samrat~ says:
    August 26, 2013 at 4:05 am

    नेपाल सति ले मात्र सरापेको देश हैन अब पशु ले पनि सराप्छ. थुक्क अन्ध बिस्वासी अनपढ जंगली हरु. पशु बलि दिएर अहिले सम्म किन एउटा पनि साफ च्याम्पियेन शिप जित्न न सकेको तेसोभये ???

    Reply
  20. द्रोण says:
    August 26, 2013 at 2:06 am

    खानेवालोको खानेका बहाना चाहिए |

    २५० बर्स लामो अन्ध बिस्वास लाइ हामीले तोडेउ, उनीहरुले जस्बर्जस्ती रोकेको बिकास को मूल लाइ हामीले खोलेउ भन्नेले , सिंगापुर र स्वित्जर्ल्यांड को सपना बाढ्ने ले अरु माखो समात्न न सके पनि यी सामान्य सुधार त् गर्न सक्थे कि ?

    Reply
  21. Samratrana says:
    August 26, 2013 at 1:52 am

    थुक्क अन्धविस्वास, मान्छे कै बलिदेउ worldcup जित्छौ , जंगली युगमै छौ , केवल – कपडा, गाडी इत्यादी प्रयोग गर्छौ, दिमाग प्रयोग गर्न थालन हो , पढेलेखेका पशुहरु

    Reply
  22. बासु says:
    August 26, 2013 at 1:37 am

    “नाच्न नजान्ने आँगन बाङ्गो” भन्ने उखान चरितार्थ पो गरे त | कोहि सत्ता र शक्ति बचाउन बलिको सहारा त कोहि पाखुरा, चाल र बुद्धिले जित्न होइन बलिकै सहाराले जित्न खोज्नेलाई देश बचाउन र देश अगाडी बढाउन हाम्लेपनि यिनलाई बलि चढाउनु पर्ला जस्तो पो छ त गाँठे | क्यै होला जस्तो छ |

    Reply
  23. jit says:
    August 26, 2013 at 1:17 am

    नेपालले नाजित्नु कारण थाहा भयो.

    Reply
  24. Hillman Myagdi says:
    August 26, 2013 at 12:35 am

    यो अरु केही होईन पुजाको नाममा सरकारी बजेट सिध्याउने काम र हिन्दु पुरातनवादी मानसिकताको उपज हो| “बर्ड फ्लू” लागोस यिनीहरुलाई|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme