Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘फेसबुक’ले कसरी बाँड्ला ५ अर्बलाई इन्टरनेट?

Posted on August 21, 2013August 21, 2013 by Salokya

इन्टरनेट डट ओआरजीको फेसबुक पेजमा कभर फोटो बनाइएको नेपालीको फोटो
इन्टरनेट डट ओआरजीको फेसबुक पेजमा कभर फोटो बनाइएको नेपालीको फोटो

विश्वमा सात अर्ब जनसंख्या छ। तीमध्ये एक अर्बले मात्रै फेसबुक चलाउँछन्। साढे ४ अर्बसँग त इन्टरनेट पहुँच नै छैन। अमेरिका मै पनि १९ प्रतिशत जनसंख्यासित इन्टरनेट पहुँच छैन। यसैलाई ध्यानमा राख्दै फेसबुक संस्थापक मार्क जुकरबर्ग अहिले एउटा नयाँ अभियानको नेतृत्व गर्दैछन्- सबैलाई इन्टरनेटको पहुँच। स्वच्छ पानी, आधारभूत स्वास्थ्य जस्ता महत्त्वपूर्ण कुरा त सबैको पहुँचमा नभएको बेला जुकरबर्ग यो महत्त्वाकांक्षी योजनाको नेतृत्व गर्दैछन् र भन्दैछन्- कनेक्टिभिटी इज अ ह्युमन राइट।

अमेरिकी समाचार च्यानल सिएनएनसित कुरा गर्दै जुकरबर्गले ५ अर्बलाई इन्टरनेटको पहुँच पुर्‍याउने अभियान इन्टरनेट डट ओआरजीको बारेमा बताएका हुन्।

इन्टरनेट डट ओआरजीमा नेपालको राजधानी काठमाडौँको समेत फोटो उपयोग गरिएको छ।

इन्टरनेट डट ओआरजीमा प्रयोग गरिएको काठमाडौँको फोटो (सबैभन्दा दायाँ)
इन्टरनेट डट ओआरजीमा प्रयोग गरिएको काठमाडौँको फोटो (सबैभन्दा दायाँ)

कुरा त ठूलै गरेका छन् जुकरबर्गले। सिएनएनको न्यु डे कार्यक्रममा क्रिस क्युओमोसित कुरा गर्दै उनले भनेका छन्- “कम्प्युटर कहिल्यै छुन नपाएको भारतको गाउँमा हुर्कँदै गरेको बालकसहित जहाँ पनि, जसले पनि फोन पाएर अनलाइन भएर तपाईँ र मैले जस्तै इन्टरनेटको पहुँच पाउन सकून् भन्ने हाम्रो योजना हो”

यो कामका लागि उनले नोकिया, सामसुङ, क्वालकम, एरिक्सन, ओपेरा जस्ता ठूलाठूला कम्पनीको सहयोग पाउने भएका छन्। उनी आफैले यसका लागि एक अर्ब डलर लगानी गरिसकेको र अझै गर्ने बताउँछन्।

कुरा घुमाइफिराई फेरि उही नाफा कमाउनेतिरै जोडिन्छ। एक अर्बलाई आफ्नो नेटवर्कमा ल्याइसकेको फेसबुकले बाँकी ५ अर्बलाई आफूसित जोडेर नाफा कमाउनै यस्तो गरेको हो ? पक्कै पनि हो। बाँकी संख्या इन्टरनेटमा जोडिँदा फेसबुकलाई घाटा हैन, फाइदा नै हुने हो। तर जुकरबर्गले त्यो इन्टरभ्युमा भने यो अभियान नाफाका लागि नभएको दावी गरेका छन्। “यदि पैसा कमाउनेमै ध्यान दिने हो भने त अहिलेका एक अर्बसँग नै बाँकी ५ अर्बसँग हुने सामूहिक रकमभन्दा बढी पैसा होला, हामी त सबैमा इन्टरनेटको पहुँच पुर्‍याउन चाहन्छौँ”, उनले भनेका छन्।

फेसबुकमात्रै हैन सिएनएनका अनुसार अरु कम्पनीहरु पनि यस्तै अभियानमा लागिसकेका छन्। उदाहरणका लागि गुगलले रेडियो एन्टिनासहितको बेलुन उडाएर इन्टरनेट पहुँच नभएको ठाउँमा इन्टरनेटसित जोड्ने परियोजना चलाइरहेको छ। अल्काटेल र लुसेन्टले सेल टावरै नचाहिने खालको सस्तो लाइट रेडियो प्रविधि ल्याउँदैछ। फोन कम्पनीहरुले पनि १५ डलरभन्दा सस्तो पर्ने स्मार्टफोन विकास गर्दैछन्।

अबका केही वर्षमा प्रविधिको यो विकासले हाम्रो देशका दूर्गम स्थानमा कस्तो असर पार्नेछ भनी हेर्न पाइनेछ। के दुर्गम पहाडी र हिमाली भेगमा बस्ने वा सुगम तराईका गरिब नेपालीले कुलीन र पैसावालाहरुले जस्तै आफ्नो विचार स्वतन्त्र रुपमा फेसबुकमा स्टायटस लेख्न सक्लान् ? ट्विट गर्न सक्लान् ? हाम्रो स्वास्थ्य चौकीमा एउटा सिटामोल छैन तिमेरु चिकेन बर्गर महँगो भएको कुरा गर्छौ भनेर व्यङ्ग्य हान्न सक्लान् ? हाम्रोमा बत्ती छैन तिमेरु लोडसेडिङको चिन्ता गर्छौ भनेर झटारो हान्न सक्लान् ? हाम्रोमा पानी लिन ४ घण्टा पैदल हिँड्नु पर्छ तिमेरु ट्याङ्करले पानी ल्याएन भनेर कुर्लन्छौ भनेर पीडा पोख्न सक्लान् ?

जुकरबर्गे अभियान इन्टरनेटमा
वेबपेज
ट्विटर
फेसबुक पेज

17 thoughts on “‘फेसबुक’ले कसरी बाँड्ला ५ अर्बलाई इन्टरनेट?”

  1. Sisir says:
    August 22, 2013 at 2:21 pm

    उदेश्य त राम्रो हो तर इन्टरनेट चलाउन चाहिने आधारभूत सिक्ष्या पहिलो अवासेकता हो .. तेस्को लागि सिक्ष्यमा लगानी पहिलो सर्त हुन जान्छ .. भन्नुको मतलब येदि सकारात्मक नियतले गरिएको हो भने, यो ५ अरबलाई इन्टरनेट अभियानले सैक्षिक क्षेत्रमा ठुलो योगदान दिन सक्छ ..

    Reply
  2. Milan says:
    August 22, 2013 at 2:07 am

    ” हाम्रो स्वास्थ्य चौकीमा एउटा सिटामोल छैन तिमेरु चिकेन बर्गर महँगो भएको कुरा गर्छौ भनेर व्यङ्ग्य हान्न सक्लान् ? हाम्रोमा बत्ती छैन तिमेरु लोडसेडिङको चिन्ता गर्छौ भनेर झटारो हान्न सक्लान् ”

    यो चाही सार्है मिठो कुरा गर्नु भो है लेखक ले.

    Reply
  3. Biswash says:
    August 21, 2013 at 11:30 pm

    राम्रो उदघोष,
    यसरि संसारका एक-अर्काका सुख दुख साटासाट भए पछि बल्ल संसार भरिका श्रोत र साधान को पनि त्यहि अनुपातमा वितरण र ब्यबस्थापन हुने निश्चित छ | भ्रस्टाचार र अनियमितताको पर्दाफास एक क्लिक मै हुने भए पछि मान्छे सचेत र अनुशाशित हुनेछन | सफलताको लागि अग्रिम शुभकामना !

    Reply
  4. gamla says:
    August 21, 2013 at 8:25 pm

    सबैले आ आफ्नो छेत्रमा यसरि नै काम गर्ने हो भने स्वच्छ पानी र आधारभूत स्वास्थ्य पनि टाढा को कुरा हुने थिएन । जुकरबर्गलाई नाफा हुन्छ भन्दैमा बाकी विश्वलाई हुने फाइदाबारे नजर अन्दाज गर्न पनि त मिल्दैन । तपाई ले भने जस्तै दुर्गम पहाडी र हिमाली भेगमा बस्ने वा सुगम तराईका गरिब नेपालीले कुलीन र पैसावालाहरुले जस्तै आफ्नो विचार स्वतन्त्र रुपमा फेसबुकमा स्टायटस लेख्न सक्लान् , ट्विट गर्न सक्लान् , हाम्रो स्वास्थ्य चौकीमा एउटा सिटामोल छैन तिमेरु चिकेन बर्गर महँगो भएको कुरा गर्छौ भनेर व्यङ्ग्य हान्न सक्लान् , हाम्रोमा बत्ती छैन तिमेरु लोडसेडिङको चिन्ता गर्छौ भनेर झटारो हान्न सक्लान् , हाम्रोमा पानी लिन ४ घण्टा पैदल हिँड्नु पर्छ तिमेरु ट्याङ्करले पानी ल्याएन भनेर कुर्लन्छौ भनेर पीडा पोख्न सक्लान् भन्ने मलाई लाग्छ ।

    Reply
  5. AryaN says:
    August 21, 2013 at 8:09 pm

    मलाई त रमाइलो लग्यो समाचार पढ्दा, हरेक कुराको राम्रो नराम्रो हुन्छ | बिजुलीले करेण्ट लाग्छ भनेर बिजुली नबाल्ने, गाडी चड्दा मरिन सक्छ भनेर बाटो नबनाउने त ? विचार गर्नुष त पढ्न नपाउने हुम्ला जुम्ला का केटाकेटी हरुले बिजुली बनौन सक्छन इन्टरनेट बाट, किताब कापी नकिनिकन पढ्न सक्छन , गाऊ घरको जडिबुटी बाट औसधि गर्न सिक्छन, आफुले जिताएको नेताले कति सम्पति जोड्यो त्यो पनि थाहा पाउछन् , अनि mysansar मा येति राम्रो कुरामा पनि षड्यन्त्र देख्नेहरु को को रैछन त्यो पनि थाहा पाऊछन् नि कि कसो 😉

    Reply
  6. himali says:
    August 21, 2013 at 7:52 pm

    मेरो बिचारमा यो काम फेसबुक या गुगल एक्लै ले गरेर हुदैन .. यसको लागि फेसबुक,गुगल,सामसुंग जस्ता सबै मल्टिनेसनल कम्पनि साथै सम्बन्धित देशका सरकार हरु बीच हातेमालो र सहाकार्य हुनु जरूरी छ..शुभकामना ..

    Reply
  7. Shivaji says:
    August 21, 2013 at 7:03 pm

    भनेपछि ५ अर्व जानालाई गर्वै बाट बिगारेरै छाडनी भए हैन त?
    आफु बिग्रेर यो हालत छ?
    धरोधर्म सतोसत दिनको ५ घण्टा फेसबुक डोज नलिने हो भने लास्ट रद्दी हुञ्छ भन्या !

    Reply
  8. amrit subedi says:
    August 21, 2013 at 6:15 pm

    पहिले भात देउ !!

    Reply
  9. akhilesh says:
    August 21, 2013 at 3:26 pm

    राम्रो कदम हो अबको केहि वर्षमा इन्टरनेट को आवस्यकता बिजुली बत्तिको सरह हुन्छ
    I remember a great scientist once told ..in a few years internet will be like electricity and so these people like zuckerberg are working on it.

    बास्तबमा इन्टरनेट अहिले अपरिहार्य नै भैसक्यो.. जसरि जहाँ जहाँ बिजुली छ त्यहाँ त्यहाँ विकास छ …त्यसरी नै जहाँ जहाँ इन्टरनेट छ त्यहाँ त्यहाँ विकास छ ….. मान्छेले यसको सदुपयोग गर्न सिक्नु पर्छ.. आलोचना हैन ….अरुको आलोचना कम र काम धेरेइ गरूम त्यसमा नै सबैको कल्याण छ ….

    Reply
  10. Deep Shrestha says:
    August 21, 2013 at 1:18 pm

    खान लाई दुई छाक नपुगेको ठाउँ मा इन्टरनेट उपलब्ध गराउने कुरो आफैमा हास्यस्पद छ| बिश्व भरिको सूचना पाश्चात्य मुलुक हरु को अधिन मा राखने षड्यन्त्र मात्रै हो|

    अमेरिकी जासुसी संस्था सित को मिलोमतो मा बिश्व भरिको सूचना संकलन गर्ने संजाल बाहेक अरु केहि पनि हैन यो “फेसबुक”| पुर्व अमेरिकी जासुस एडवार्ड स्नोड़ेन ले उजागर गरेको तथ्य बाट पनि यो कुरा को पुष्टि हुन्छ कि “फेसबुक अहिलेसम्मकै सबै भन्दा भयानक जासुसी यन्त्र हो” (जुलियन असांज)|

    Reply
  11. Nabin Adhikari says:
    August 21, 2013 at 12:52 pm

    संसार भरिका ५ अर्ब मानिसहरु लाई इन्टरनेट दिने की गास, बास, कपास अनि सिक्ष्या दिने? घुमाइ फीराई कुरा को व्यापार मै जान्छ |

    Reply
  12. Dipak says:
    August 21, 2013 at 12:16 pm

    No matter how much does the cell phone cost; it will be not effect until Nepali network dosen’t be cheap for all leve users (on our country’s case) . I think the Government should carry on an effective network policy to encourage investor to invest this field. Of course it will be the end of monopoly market on internet and will help to safe the buying right of consumer.

    Reply
    1. Milan says:
      August 21, 2013 at 7:41 pm

      साथी, सरकारले गरेको कुनै काम सफल नहुने ठाउँमा Network मा लगानी गरेर सफल हुन्छ र ? अनि यो नेटवर्कमा लगानी चाही कुन Investor ले गर्ला ? Investor ले त पैसा कमाउने पो बाटो सोच्छ.

      Reply
  13. Suraj Regmi says:
    August 21, 2013 at 11:35 am

    जुम्ला को जुम्लीले सुडानको काली संग इन्टरनेट मा च्याट गर्दा बिस्व अझै साघुरिने छ ! जय Global Village!

    Reply
  14. Harke says:
    August 21, 2013 at 11:26 am

    नेपाली कबिले भनेका थिए….! “……..उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक…!”
    राम्रो तर निकै महत्वाकांक्षी योजना हो…हुनेले लगानी गर्नु त उत्तम हो !

    Reply
  15. hari says:
    August 21, 2013 at 11:22 am

    मलाइ त त्यो कभर भिडियो को 10-12 सेकेन्ड मा देखिने ठाउ पनि काठमाडौँ उपत्यका को कुनै ठाउ जस्तो लाग्यो. एक पटक हेर्नुस त.

    Reply
  16. Raju Rana - Mahendra says:
    August 21, 2013 at 10:32 am

    उपलब्ध स्रोत, साधन र उपकरण को स्वच्छ सदुपयोग गर्नु पर्छ … गार्हो हुदा हुदा पनि हिरा मोति को लागि मानिस धेरै अथक प्रयास पछि सम्भब गराउछ …

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme