Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

स्कूल पढाउने मास्टरको तलब कति?

Posted on August 19, 2013August 19, 2013 by Salokya

सामुदायिक स्कूलहरुको एसएलसीको नतिजा कति निराशाजनक भयो, तपाईँहरुले हेरिहाल्नुभयो। के स्कूल पढाउनेहरुलाई राम्रो तलब दिइँदैन?
सामुदायिक स्कूलमा पढाउने मास्टर मास्टर्नीहरुको तलब कति छ? हेर्नुस् यो साउन महिनादेखि लागू भएको तलबमानको व्यवस्था अनि भन्नुस्-

तलबमान अनुसार माध्यमिक स्तरमा पढाउनेले बढीमा ३१ हजार ७३० रुपियाँ तलब पाउँछ। यो सेनामा महासेनानीभन्दा बढी र प्रहरीमा वरिष्ठ उपरीक्षकभन्दा बढी हो। दुई विषयभन्दा बढीमा एसएलसी फेलहरुले समेत १३ देखि १४ हजारबीचमा तलब पाउँछ। विस्तृत हेर्नुस्-

samudaik

केही ‌औँलामा गन्न सकिने निजी स्कूललाई छाड्ने हो भने अधिकांशले दिने तलब योभन्दा निकै कम छ। भुक्तभोगीहरु कोही छन् भने निजी स्कूलको तलबमान तल कमेन्टमा लेख्न सक्नुहुन्छ।

46 thoughts on “स्कूल पढाउने मास्टरको तलब कति?”

  1. Pramod Gurung says:
    August 24, 2013 at 9:03 pm

    hemanta jee
    U wrote about Janajati and other things !! can u really speak any of the Native language that Janajati people do speak/read and write?
    I guess u have a fair knowledge of English Language- by this are u competent enough to compete in English Language with a British or American? it is the same problem for Janajati to compete in Nepali Language with you Braman and chettri whose native language has been used as a national language in a country where 120 other languages are spoken. Lets be fair to everyone- lets adopt an international language, English along with Nepali (as in India) and see who are more competent and who just talks doing nothing like our Braman Neta, Leaders

    Reply
  2. Kiran Ram Ranjitkar says:
    August 21, 2013 at 10:05 pm

    in comparison to the performance , salary of government teachers are high. Private schools pay far low to their teachers.However, government teachers are not committed to their responsibility.

    Reply
  3. Bishwaraj says:
    August 20, 2013 at 9:35 pm

    सरकारी स्कुलमा पढ्ने बीद्यार्थी भनेको गरीब जो नीजी स्कुल पठाउने हैसीयत नभएका गरीब बाबु आमाका छोरा छोरी हुन् र त्येहाँ पढाउने गुरुहरु पनी गरीब बीद्यार्थी जस्तै हुन्- बीद्यार्थी कती पास फेल भन्दा पनी दुर्गम गाउँमा बसेर आफ्नो समय जीवन त्यो ठाउमा त्याग गर्नु नै ठुलो कुरो हो- शुद्द सच्चा गुरुहरुको तलब संग पुलीस आर्मीको , मालपोतको हाकीमको तलबको तुलना गर्नु उचीत हैन- पुलीस / आर्मी / ब्यारेकमा सुत्छन, खान्छन, सरकारी लुगा लगाउछन , जनताले तिरेको पैसाबाट सहुलीयत लीनछन्- भ्रष्टाचार गर्छन- येही कारणले मेरो बिचारमा अझै पनी रु- ५,००० जती कम नै छ-

    Reply
  4. p dahal says:
    August 20, 2013 at 7:14 pm

    निजि बिद्यालय का शिक्षकले यो भन्दा कम तलब र सुविधामा काम गर्छन / निजि बिद्यालयको पढाइ सरकारी भन्दा राम्रो मानिन्छ / सरकारी शिक्षक स्थाई हुन् अनि बढी राजनीति गर्छन / निजीको शिक्षक कामका आधारमा राखिन्छ / नेपालका डाक्टरहरुले जति काम गरेपनि मासिक २४ हजार भन्दा बढी तलब पाउदैनन / सबै शिक्षक अस्थाई हुनुपर्यो अनि तलब चाहि performance based ( काम अनुसार माम ) हुनुपर्ने जस्तो लाग्छ / आफ्नो आफ्नो विचार हो /

    Reply
  5. Hari says:
    August 20, 2013 at 11:43 am

    I think the salary given to the school teachers are satisfactory. This is nothing for our daily life everybody knows. But until and unless there is a pressure on the work improvement is quite impossible. The same thing is happened to the govt. school teachers as well. Who cares if the classes are running smoothly, who cares how the teacher treats with students and the chapter that he/ she has to teach. There is no any inspection and there is no any routine. They can complete a chapter either in a month or in one day nobody cares. Why to care ,because a person who is responsible to care and input the rules don’t have any relations with these school as his/ her children might be in the boarding school those who are students of these govt. school or those who have some relations with these school don’t know what should be done. So the teachers have some benefit with this and they do as they like as they have the freedom.
    Regarding the boarding school there is pressure with the teachers but there is again freedom to owners and they do as they like. Either they pay salary to the teachers or don’t pay. They have some freedom because the one that is responsible to take care with these is still in deep sleep.
    I was also a teacher of boarding school in Kalanki for class 9,10. During my job interview they asked me one question ” परि आएको खण्डमा के तपाई ले ९ र १० लाइ पनि पधाउन सक्नु हुन्छ ?” I said yes, why not after all i had completed my bachelors so they gave me the appointment letter as a science teacher of 5-8 and the salary was 5000. But they always said me to go for class 9 and 10 as the teacher is absent. After one month I knew the teacher was not absent but actually there was no any science teacher. It was the trick of the owners to appoint a teacher in less salary and save the money for their party. There was no any option for me so I had to work.

    Reply
  6. raj says:
    August 20, 2013 at 2:29 am

    साथीहरुको कमेन्ट हेर्दा हाँसो उठेर आयो एकपटक आफ्नो बिगत फर्केर हेर्नु त तपाईहरुलाई यो कमेन्ट लेख्न अनि यो न्युज पढ्न कसले सिकाएको हरेकमा त लागु नहोला तर नेपालको सरकारी बिध्यालयमा पढेका प्रया जसोलाई एस एल सि फेल भाका सिक्षकले ने कखग सिकाएको हुनु पर्छ धन्य तपाईहरु जस्तो शिक्षत बनेर बिदेशमा त भाँडा माझेका छैनन यि शिक्षकले साथीहरु राम्रो कुरालाई राम्रो भन्ने बानी बसालौ सधै अरुलाई सरापेर कहिले पनि कसैको भलो हुदैन नेपालमा जे जस्तो भए पनि देशको लागी सबै भन्दा बढी योगदान यिनै शिक्षकको छ यि हुने थिएन भने आजा तपाईहरु यसरी कमेन्ट लेख्न योग्य हुनु हुने थिएन एकपटक आफ्नो बिगत हर्नु कसरी अनि कसले सिकयो कखग अनि Abcd ………………..

    Reply
  7. shyam says:
    August 19, 2013 at 10:49 pm

    यदि राम्रै संग एस .एल .सी पास गरेर माथि उल्लेखित तलब खानु नौलो कुरा होइन …..उनि हरुको लगानी पनि उतिकै हुन्छ तर हाम्रो गाउ मा एस.एल.सी .मा फस्ट डीभिजान ल्याएर , एम . ए सम्म पास गरेर निजि स्रोतमा मा. बि र +२ पढाउने मास्टर ले बल्ल बल्ल महिनाको २० हजार पाउछन तर ५ क्लास मा २ पटक फेल भएर बन बिभाग मा जागिर खाको बनपाले ले भने कसरि कसरि महिना को १ लाख कमाउछ !!!! अनि कसलाई के भन्ने …..

    Reply
  8. Biswash says:
    August 19, 2013 at 10:20 pm

    राम्रो ! पूलिश र आर्मी मात्रै होइन , डाक्टर र इन्जिनियर भन्दा पनि बढी तलब हुनु पर्यो शिक्षक को अनि बल्ल नेपालको शैक्षिक गुणस्तर माथि जान्छ !

    Reply
  9. nabin says:
    August 19, 2013 at 9:22 pm

    अहिले licence नेकलना s . l . c पास हुनु पर्ने रे ..अब driver हुनु भन्दा s . l . c अनुतिर्ण मास्टर नै भए राम्रो होला जस्तो छ…

    Reply
  10. नवीन लोपचन says:
    August 19, 2013 at 8:44 pm

    कसैलाई वा कुनै जाति जातिलाई गिराउने अभिप्रायले भनेको होइन तर वास्तविकता बोध गराउन खोजेको मात्रै हुँ|
    हाम्रा नेपालका सरकारी बिद्यालयहरुमा दुई दशक अघि ९० प्रतिशत शिक्षक र निरीक्षक मा जागिरे वाहुनछेत्री समुदायका थिए तर छेत्रीलाई उछिनेर वाहुल्यमा वाहुन पर्छन| अहिले आएर मधेसी समुदायकाहरुले २५ प्रतिशत ओगटेका छन्|
    अरु जातिको प्रतिशत नगन्य छ, चान्स पनि छैन एक दुई फटाकफुटुक देखिएको बाहेक, त्यसैले लागेका छन् अरबतिर|
    सरकारी शिक्षक जागिरेमा प्राय जसोले बिहार युपी र बनारसबाट वा कीर्ते प्रमाणपत्र प्रस्तुत गरेको बुझिएको छ| खोजि गर्ने चासो कसैलाई छैन किन भने लहरो तान्दा पहरो गर्जने डर| मेडिया पनि मौन छ, कुन नेताले के भन्यो त्यसैमा लेख्न व्यस्त|
    शिक्षा हेर्ने मन्त्रालयका हाकिमहरु र शिक्षकका छोराछोरीहरु समेत नीजी स्कुलमा पढ्छन|
    अब सरकारी क्षेत्रमा शिक्षाको गुणस्तर किन बढ्न सक्दैन तर तलबमान नीजी स्कुल सरह वा बढी छ, त्यो आफैं बुझ्न सक्नुहुनेछ|
    शिक्षा मन्त्रालयका कर्मचारीहरु यस अर्थमा महाअपराधी हुन किनभने उनीहरुले नेपालको भविश्यसंग खेलवाड गर्दै आएका छन्|

    Reply
    1. hemanta says:
      August 19, 2013 at 10:05 pm

      नबिनजी, बाहुन छेत्रीको कुरा हैन क्षमताको कुरा हो, जनजातिले लाहुरे बनेर ल्याएको पैसाको बाहुन छेत्रीले आरीस गरेको छ र ? अरुलाइ दोष देखाउने समयमा मेहनत गरेको भए तपाइंहरुपनि अबस्य पर्नु हुन्थ्यो

      Reply
    2. Sagar Sarma says:
      August 20, 2013 at 12:44 am

      नबिन जी,
      कुरो ठिकै नै हो | तर अर्को एउटा बास्तबिकता भनेको हाम्रो जनसंख्याको राम्रै प्रतिसत पनि बाहुन छेत्री छन् | अनि अर्को एउटा कारण के पनि हो भने पढ्ने पढाउने काम मा बाहुन छेत्री हरु धेरै पहिला देखि नै लागेका पाईनछन् भने अरुहरु तेत्ति पाईदैनन् | अन्य जातजातिका दाजु-भाई दिदि बहिनि हरु पनि अब उत्तिकै सक्षम भैसकेको अब को परिस्थिति मा हामीले ले राम्रो कुरा पनि देख्नु पाउछौ | तपाई ले नै अबगत गराए जस्तै मधेसी हरु पनि अगाडी नै छन् यो पेसा मा | राइ लिम्बु, अनि गुरुङ मगर हरु मेरा आफ्नै सिक्षक कति छन्| तर बाहुन होश छेत्री होश नेवार होश मधेसी होस् , लेप्चन होश सेरचन होस्, तर नक्कली प्रमाण पत्र सहित को मास्टर न होस् | हाम्रा छोरा छोरी को भबिस्य को सवाल छ, हाम्रो देश को भबिस्य को सवाल छ!

      Reply
  11. Pawan Khanal says:
    August 19, 2013 at 8:02 pm

    कम्ति मात्रै होइन मित्रहरु अत्यधिक निजि बिद्यालयहरुमा समयमा तलब नदिएका नपाएका कुरा थाहा नभएका होइनन / स्कूल पडाउन छोडेर खाडी मुलुक आउनु भएका दाईहरु मैले भेटेको छु /

    Reply
  12. bista jay says:
    August 19, 2013 at 7:54 pm

    गजब छ नेपालको सिक्छा प्रणाली !एस एल सी फेल भएका त्यो पनि २ बिषय लागेका मास्टर सायाब लाई मुरी मुरी धन्यवाद छ!त्यस्ता मास्टर ले के को students लाई phadhhaula .
    सवै कुरा राजनीति ले बिगारेको हो.school मा phadhhaunu को सट्टा गफ गरेर बस्ने मास्टर सयब हरु!जी सी ओ ले अनुगमन नगरें अनि त्यतिकै भट्ट खाएर फचौने अनि मनै हु भन्ने गर्छन जी सी ओ महोदय ! skill लाई scale भन्ने सरहरू!सलारी त्यो बादी भयो सरहरुलाई ! सरकार ले सलारी मात्र बढाउने कम गर६ अनि तासको गुणस्तर हेर्दैन !

    Reply
    1. कविराज says:
      August 20, 2013 at 8:28 am

      जय जी

      SLC भनेको सानो पढाई होइन है. त्यो पढ्नलाई १० वर्ष को अथक परिश्रम चाहिन्छ. १० वर्ष भनेको सानो समय होइन. यो त एउटा नेपालीको सरदर आयु को १३% हो. एउटा मास्टर्स पढेको ले मास्टर्स लाई नै पढ़ौदछ भने SLC पढ़ेकोले पाँच कक्षा सम्मलाई पढाउन किन नसक्नु? तर केहि बाल मनोबिज्ञान मा ट्रेनिंग पायो भने र उ रहरले पढ़ौदछ भने अवस्य उ राम्रो शिक्षक हुन सक्दछ.

      Reply
  13. bijay says:
    August 19, 2013 at 5:18 pm

    यो तलब सलब केहि होईन शिक्षकहरु राजनीति दलका झोले भएर पढाई बिग्रे , राजनीति दलको नेताको चाकडी गर्ने र दलको हलिया गर्न छाड्ने हो भने ९० प्रतिशत नतिजा राम्रो आउछ जसका लागि अभिवावक र सबै मिलेर यस्ता कामलाई निरुत्साहित मात्र होईन बन्देज लगाउनु पर्छ सरकारको तलब जनताको कुत वाट आउने हो जबताको काम गर्न जे काम लगायो त्यहि काम गर्ने हो यदि राजनीति गर्ने हो भने पेशा छाडेर राजनीतिमा आउने हो नत्र यसरि देश उभो लाग्दैन.

    Reply
  14. रविन says:
    August 19, 2013 at 4:50 pm

    नेपाली सरकारी शिक्षक को कम त पार्टीको झन्डा बोक्ने र आफ्नो अन्य काम गर्ने विधार्थीलाई ढुंगामुडा तोडफोडमा उक्साउने.

    अनि सरकारी पैसा बालुवामा पानी बराबर जनताको छोरा लाटाका लाटै.

    जव सम्म जिम्मेवार सरकार र परिणाममुखी दर्जा कायम गरि कडा रुपमा निगरानी गरिन्न तव सम्म यस्तै हो हालत

    Reply
  15. Himal kc says:
    August 19, 2013 at 4:39 pm

    I’m an English teacher and I have been teaching in a public school in Dolakha for six months. A public school as well can produce a good result if the school management and teachers are dutiful. one of my students secured first division with distinction in last year’s slc and it was possible because of his sincierity and hard work. You will not find any student out of the class after the bell rings and if one of the teachers is absent, another teacher goes to his class. In average the result of past three years is more than 70 percent and before two years the pass percentage in slc was 96. In addition the school charges no fees in +2 and more than 70 students are enjoying the facility. If you want visit this school, i will always be happy to welcome you with open arms. Please send me an Email.

    Reply
    1. Raju Rana - Mahendra says:
      August 19, 2013 at 5:15 pm

      इंगलिस ग्रामर मा धेरै त्रुटी पाय – एउटा English Teacher को हैसियत ले यसलाई तत्काल सुधार्नु पर्ने देखे …

      Reply
      1. dinesh says:
        August 19, 2013 at 7:52 pm

        कहाँ गल्ति देख्नु भयो तपाइंले ??
        गल्ति औंल्याउने औकात छ ?

        अनि तपाईं त नेपाली होइन ? अनि किन त्यति धेरै गल्ति त नेपाली मा ?

        Reply
        1. Hari Govind says:
          August 19, 2013 at 9:38 pm

          लेख्नेले अंग्रेजी टिचर भनेर लेखेकोले होला, अर्कोले फ्याट्ट त्रुटी देख्यो अनि पढ्ने एकजनाले गल्ति नै देखेंन| जसले जस्तो पढाई गरेका छन् त्यस्तै देख्छन र लेख्छन|
          आफुलाई लागेको पनि सानोतिनो सायद हतारमा होला त्रुटी भएको देखियो|
          लौ राजु राना महेन्द्रनगरले खोलिदिनुपर्यो अंग्रेजी शिक्षकको त्रुटी|

          Reply
      2. Udaya says:
        August 19, 2013 at 9:28 pm

        मिस्टर राजु, मलाई त हिमाल के. सी. भन्दा तपाइको नै इंग्लिश ग्रामर बुझाईमा शंका लाग्यौ है !! कमेन्ट गर्नु भन्दा अगाडी अलि विचार गर्नु भएको भए राम्रो हुन्थ्यौ कि !!!!

        Reply
    2. Hari Govind says:
      August 19, 2013 at 9:41 pm

      In average the result of past three years is more than 70 percent and before two years the pass percentage in slc was 96.

      यो के भन्न खोजिएको हो अलि प्रष्ट पार्नुहोला|

      Reply
    3. sushil says:
      August 19, 2013 at 9:48 pm

      spelling error!
      sincerity or sincierity?

      Reply
    4. milan sharma says:
      August 20, 2013 at 1:34 am

      The writing is great, whoever writes, there will be typos and some mistakes. His writing is great. Minor errors are:
      Second sentence: Even a public school…..delete as well
      sincerity
      One..not one
      I, not i
      comma missing in couple of places..

      Reply
  16. Raju Rana - Mahendra says:
    August 19, 2013 at 4:19 pm

    बैज्ञानिक र टेक्निकल शिक्षा प्रणाली ले मात्र नया र बेरोजगारी नेपाल को सम्भावना रहनेछ तसर्थ हाम्रा गुरु हरु लाई सम्मान जनक ढंग ले ब्यवास्थिक गरि शिक्षा मा नया रणनीति अपनाउनु आजको आवस्यकता र माग हो

    Reply
  17. भाइ काजि श्रेष्ठ says:
    August 19, 2013 at 4:14 pm

    बडो गज्जब पो भएछ बा…………. भने पछी सबै गल्फ तिर छिरेका जान्ने सुन्ने पढेका पनि अब नेपालमा नै परिवार संग फर्केर खै के खै के नेपाल नै फर्के हुने रैछ जस्तो .,……

    Reply
  18. shree basanta says:
    August 19, 2013 at 3:53 pm

    सरकारी स्कूलमा पढाउनेलाइ त्यति नदिएर के गर्ने ? आधा त पार्टीलाई चन्दा र लेवीले लगिहाल्छ | स्कूलमा टिकीरहन चौथाई चाहि कार्यकर्तालाई दारु पानिको बन्दोबस्तमा गैहाल्छ नत्र हुत्याएर कता पुर्याई दिन्छन कता | विचरा बाँकी कति हुन्छ र घर परिवार पाल्नलाई ? त्यसमाथि चकको धुलो, अभिभाबकको गाली, त्यस्तै स्कूल परे विद्यार्थीको मुक्काको हिसाब त कता हो कता | यी सबै हेर्दा अझै पुगेन कि ?

    Reply
  19. Limbu HarataraH says:
    August 19, 2013 at 2:38 pm

    व्यक्तिगत कुरा र सत्य मलाई थाहा छैन! माथिको तलब तालिका देखेर भने इर्ष्या लागेको छ, के ३१,००० ले सिकाएको शिक्षा र बिध्यार्थी त्यस्तै हुन् त? कर्मचारी पनि त्यस्तै हुन् जो सामान्य आधारभूत कुरा लेख्न पनि समस्या?

    Reply
  20. inu says:
    August 19, 2013 at 2:13 pm

    हो निजि स्कूल को अवस्था अझ दयनीय र भयाबह छ . कुन चाही निजि ब्यबसाय मा राम्रो छ र ? निजि स्तर बाट केहि गर्यो भने ति नै सरकारी जागिरे कुर्लनछ्न कि हामीले गर्ने लागेको त हो नि निजि स्तरमा कम गर्नेहरु धेरै मिहेनत गर्छन न भए टिक्न गार्ह्रो न खाऊ भने दिनभरिको शिकार भने जस्तै हो सरकारी काम कहिले जाला घाम अनि परिणाम पनि उस्तै नि

    Reply
  21. पेशल says:
    August 19, 2013 at 1:58 pm

    आफुले ब्यबस्थापन पढियो | १ बर्से बि एड नगरी भएन, के थाहा फ्याट्ट ………..

    Reply
  22. Buddha says:
    August 19, 2013 at 12:42 pm

    गाउ मा लोकल नेता हरु को सिफारिस मा मास्टर भएका slc फेल , skill लै scale लेख्ने , slc मा १०० मा १० पास हुन्छन तर , गाउ मा टोपी लगाएर हिड्ने बिहान देखि रातिसम्म नमस्कार खाने तेस माथि तेत्रो तलब पनि खाने ????????????? तर गुरुलाई गाली गर्दा पाप लाग्ला भन्नु पर्यो !!!!

    Reply
    1. कमल शर्मा यु ए इ says:
      August 19, 2013 at 3:10 pm

      बुद्ध जी, गाउमा लोकल नेताहरुको सिफारिसमा मास्टर भएका slc फेल , skill लै scale लेख्ने , slc मा १०० मा १० पास हुन्छन तर , गाउ मा टोपी लगाएर हिड्ने बिहान देखि रातिसम्म नमस्कार खाने गुरु हुन सक्दैनन् त्यसैले गाली गरे पनि पाप लाग्दैन डर नमान्नुस!

      Reply
  23. rubi says:
    August 19, 2013 at 12:29 pm

    कतिपय निजि स्कूलहरुले त अझ सित्तैमा पढाउन लगाउञ्छन, महिना मरे पनि तलब नै दिंदैनन, तलब माग्यो भने मनलागे बस नलागे जा भन्छन, बिचरा सर मिसहरु अनुभबको लागि भए पनि सित्तैमा पढाइ रहन्छन /

    Reply
  24. कमल शर्मा यु ए इ says:
    August 19, 2013 at 12:27 pm

    असल नागरिक बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने गुरूहरूको तलब कमसेकम सामान्य जीवनयापन गर्न कठीन नहुने गरी हुनुपर्छ सायद यसमा दुइ मत नहोला तर यहाँ प्रश्न केहो भने यहि तलवको आधा भन्दा कम तलवमा पढाउने निजि विधालयका शिक्षकले दिने गुणस्तर सामुदायिक स्कूलका शिक्षकले किन दिन सक्दैनन? वा दिनुपर्ने हो या होइन ? उनि हरु विधार्थीको भविष्य प्रति बफादार हुनुपर्ने हो कि होइन ? यो कुरा सरकारी तलव खायर राजनीतिक पार्टीको पिछलग्गु बन्ने शिक्षकले बुझ्नु पर्ने कुरा हो|

    Reply
  25. harihar sharma says:
    August 19, 2013 at 10:56 am

    ऒऒऒऒऒओह , यो तलब देख्दा त शिक्षा तिरै लाग्नु पर्ला जस्तो छ /
    TU को lecturer को तलब नयाँ मा १७००० जस्ती छ क्यारे /
    तर सुकुले मास्टर को त बाबा /
    तर निजि स्कुल मा तेस्तो छैन है /
    भक्तपुर मा २००० देखि ४००० मा अध्यापन गर्ने हरु करीब कुल शिक्षयक को ५०% जस्तो होला है /
    नपत्याउनु भा को?
    गयर बुझ्नुस / प्रशासन मा होइन, teacher लाई सोध्नुस /

    Reply
  26. कबि राम "दुखि" says:
    August 19, 2013 at 10:42 am

    मा पेप्सीकोला मा आबस्थित तहाको नाम चलेको स्कूल मा ७ – ८ मा विज्ञान पढ़ौचु , मेरो तलब छ रु ३५०० ! यो बधाई चढाई होयिन ,एथार्थ हो !

    Reply
  27. राम चन्द्र says:
    August 19, 2013 at 10:42 am

    सरकारी तलब गोजिमा …..
    पार्टीको झन्डा रोजिमा ।

    Reply
  28. Sisir says:
    August 19, 2013 at 10:33 am

    नियुक्ति : शिक्षक
    पेशा : राजनीति र निजि टयूसन
    तलब : १३८४० – ३१७३०
    नतिजा : ७० – ८० % बिद्यार्थी फेल
    राज्यको लगानी : गैल भैस पानिमे

    Reply
  29. mohini.thakuri says:
    August 19, 2013 at 10:18 am

    s.l.c मा अनुतिर्ण हुनेहरुले जब त्यसरी पढ़ौछ भने त्यहा शिक्षा को स्तर कस्तो होला फेरी राज्यले कति धेरै लगानी गर्दो रहेछ शिक्षामा ?प्राथिमिक शिक्षक त्यो नि एस. एल.सी .फेल अनि तलब १४००० सम्मको ???गज़ब छ नेपाल को शैक्षिक नीति वाह !!!

    Reply
  30. पुष्प says:
    August 19, 2013 at 8:30 am

    हो, निजी विद्यालयहरूको तालिका तयार गर्ने हो भने त योभन्दा दयनीय देखिनेछ । एउटा मान्छेलाई असल नागरिक बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने गुरूहरूको तलब कमसेकम सामान्य जीवनयापन गर्न कठीन नहुने गरी हुनुपर्छ । शायद यस्तै दयनीय तलबमान पनि हाम्रो शिक्षास्तर उकासिन नसक्नुको एउटा कारण हुनसक्छ ।

    Reply
  31. सन्जय झा says:
    August 19, 2013 at 8:19 am

    मेरो एउटा साथी ग्यालेक्सी स्कूल ग्यानेश्वरमा ९-१० कक्षालाइ बिग्यान र गणित पढाउँछ। पैसा चाही ७,०००/- छ। घरमा पनि कापी जाँची रहन्छ। भात खानलाइ चामल मोरंग बाट ल्याउछा

    Reply
    1. suresh says:
      August 19, 2013 at 9:12 am

      मैले कतिले यो भन्दा नि कममा काम गरेको सुनेको छु तर तपाईले कुन ग्यालेक्सी को कुरा गर्नु भएको हो प्रष्ट भएन,अरु कुनै ग्यालेक्सी को कुरा गर्नु भएको भए थाहा भएन तर ज्ञानेश्वर भनेकोले त्यो ठुलै ग्यालेक्सी को कुरा गर्नु भएको भए चै अलि पत्यार लागेन किनकी ७००० नै भए ९-१० लाई पढाउने होईन होला।र राजधानीमा साधारणतय ९-१० लाई बिज्ञान र गणित एउटै शिक्षकले पढाउदैन(धेरै ठाँउमा बच्चाहरुलाई मात्र हो एउटै मिसले ६ पिरियड लिनु हुने)

      Reply
      1. Ramesh says:
        August 19, 2013 at 3:48 pm

        मैले अझ त्यो चोर नै हो ,५००० हजार मात्र दिन्छ दास जसरी लगाउछ १२ कक्षामा पनि त्यहि मान्छेलाई पढाउनु लगाउछ भनेको भए अझ बढी लाईक आउथ्यो होला है, बुझ्नु छैन हल्लाको पछि लाग्ने देश भन्थे देखियो यहाँ, न केहि प्रमाण छ न केहि आधिकारिता नै छ एउटाले भन्दियो अरुले आफ्नो रिस पोख्यो,देश किन बिकाश नभएको धेरै कारण खोजी रहुनु पर्दैन ,अब यति भनि सके पछि लाइकको आशा त पक्कै गर्दिन,सोच्न सक्नेले सोची हाल्छन

        Reply
        1. Rajan Upriti says:
          August 19, 2013 at 7:35 pm

          नेपालमा प्रत्येक क्षेत्रमा श्रम शोषण छ | म नेपालमा १९९३ मा कान्तिपथमा अवस्थित “Beltronix” भन्ने कम्पनिमा इन्जीनीयरको हैसियतमा काम गर्थें | उबेला मेरो मासिक तलब ने.रु. १,५०० थियो | त्यो त्यति बेलाको सरकारी अफिसको पियुनको तलब भन्दा अलिक बढी हुन पुग्थ्यो | हाल म अमेरीकामा बस्छु | काम चुनौतिपूर्ण भए पनि पैसामा चै यहाँ शोषण छैन | नेपालमा प्राइभेट कम्पनीले कति शोषण गर्छन भन्ने कुराको कुनै लेखाजोखानै छैन | अझ नैतिकताबिहिन “पतित” मनस्थितिका साहुहरू भएका कम्पनीले त कर्मचारीको बिवशताको फाइदा उठाउने नै भयो नि |

          Reply
    2. Kamal Bhandari says:
      August 20, 2013 at 9:12 am

      साथीहरु अरुलाई गाली गरेको र नकारात्मक कुरा लेखेको मात्र कति लाइक गर्नु है . बास्तवमा म पनि बोर्डिंग स्कुलबाट पिडित थिए तर पछि जब म ग्यालेक्सी गए त्यहाँ मलाई सरकारी स्कुलमा भन्दा २५ प्रतिशत तलब बढी दिन्थे र त्यो नै त्यहाको नियम हो त्यो भन्दा बढी दिदैनौ भन्थे जबकि नियम अनुसार ५० प्रतिशत बढी दिनु पर्थ्यो . संजय जी को साथी कुनै अरु ठाउमा केहि काम गरेर ग्यालेक्सीमा पढ़ाउछु भनेर धाक पो लगायो कि . हाम्रो मा त आलु खाएर पेडा को धाक भन्ने उखान पनि छ क्यार .

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme